९ असोज, अछाम । अछामको नाडा ३ मा झाडापखाला लागेका एक बालकको मृत्यु भएको छ । झाडा पखालाले शिथिल भएका ४ वर्षका टेकबहादुर विकको उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय नरेश शाहीले बताए ।
झाडापखाला लागेपनि धामी झाँक्रीको भर परेर फुकफाक गर्दा उनको मृत्यु भएको शाहीको भनाई छ ।अहिले उक्त क्षेत्रमा रहेको दलित बस्तीमा झाडापखालाको प्रकोप नै फैलिएको छ । गाउँमा चारजना भन्दा धेरै बिरामी छन् । प्रकोपलाई फैलन नदिन जिल्ला अस्पतालले २ जनाको टोली खटाएको छ ।
No comments:
Post a Comment