Monday, October 20, 2014

कहिलेसम्म जातीय विभेद - एच डी खड्का


आजको २१ औं शताब्दी सूचना प्राविधिको युग विश्व एउटै बन्ने जमर्कोमा लागेको छ । विश्वमा ठूलो-ठूलो परिवर्तन आयो । सूचना प्राविधिका कारण नयाँ-नयाँ खोज अनुसन्धानमा मानिस लागेका छन् । तर हाम्रो देश नेपाल २१ औं शताब्दीमा होइन हामी त त्यो पुरानो १७ औं शताब्दीको जातीय छुवाछुत परम्परालाई अंगाल्दै आइरहेका छौं । हामी ठूला-ठूला क्रान्ति अनि परिवर्तनका कुरा गर्छाैं अनि धाक लगाउँछौं । तर भन्नु र व्यवहारमा लागू गर्नु गाह्रो छ । त्यो लागू गर्ने खुबी भएका व्यक्ति शायद यहाँ को नै छ र भए सायद आज देशमा यो अवस्था आउने थिएन । खुल्ला माचबाट हामी सजिलै जातीय विभेद अन्त्य भएको घोषणा गर्छौं । जातीय छुवाछुतको अन्त्य कहाँ नै भएको छ र यसको जग त निकै लामो छ । जुन जरा राष्ट्रपति भवनदेखि िसंहदरबार हुँदै मन्त्री तथा नेताका घरबाट कुना-कुना गाउँ-शहरका बस्तीमामात्र फैलिएको छ । समग्र रुपमा भन्नुपर्दा जातीय विभेद नेपालभरी नै ज्यूँका त्यँु छ । पुनः कहिल्यै निको नहुने क्यान्सर जस्तो भएर समाजमा खुल्ला रुपमा बसेको छ । यदि बसेको छन् भने किन आनाकानी गर्छौं एउटा समतामूलक सभ्य समाज निर्माणका खातिर किन देशवासी जनता एउटै मन्दिर पसेको हेर्न चाहन्नौं प्रुान्समा जस्तो कानून ल्याऊ अनि संविधानसभाको भवनबाट त्यो विगुल बजाऊ जातीय छुवाछुत विरुद्ध सचेतना दिवस जसले गर्दा समाजमा परिवर्तनको आभाष आओस् । सबै व्यक्तिले समान व्यवहार अनि अवसर पाउन् ता कि जातीय विभेद होइन ।
हुन त नेपालमा जातीय विभेद सार्वजनिक स्थलमा गर्न नपाइने कानून बनेता पनि व्यवहारमा आएको छैन । कारण सरोकारवाला पक्षका लाचारीपन र दलितहरुको अवस्था समाजमा नाजुक रहेको कारण पनि हो । उनीहरु शिक्षाको र आर्थिक हिसाबले सक्षम बनाउन नसकिएको अवस्थाले गर्दा यो समस्या जहाँको त्यिहं रहेको छ । अनि समाजमा रहेका उपल्लो जाति भनाउँदाहरुको हेपाहा प्रवृतिका कारण पनि समाजमा परिवर्तन आउन कठिन भएको छ ।
अब हामी सबै सचेत हुनुपर्ने बेला आएको छ यो जातीय छुवाछुत भन्ने एउटा पुर्खाबाट चल्दै आएको कुसंस्कार संझनु पर्छ । दलित पनि हाम्रो समाजको एउटा कि्रयाशील सदस्य हो हाम्रा हरेक सामाजिक कि्रयाकलापमा उसको भूमिका अग्रस्थानमा रहने सम्झनुपर्छ । हो उसले पनि समाजले अंगाल्दै आएको सांस्कृतिक सामाजिक राजनीतिक क्षेत्रमा भयरहीत वातावरणमा प्रवेश पाउनुपर्छ । गाउँघरमा पुजापाठ गर्न मन्दिर दलितका निम्ति पनि स्वतन्त्र हुनुपर्छ । उसले पनि देवतालाई पुजापाठ खुल्ला रुपमा कुनै धम्कीविना भगवानलाई भेट्न पाउनुपर्छ ता कि भगवान कसैको पेवा होइन । यदि होइन भने मठ मन्दिर सार्वजनिक स्थलमा होइन व्यक्तिगत रुपमा आफ्नो स्थानमा बनाउनु पर्छ । व्यक्तिगत रुपमा पनि दलित परिवार कतै बाटो बिराएर कुकर्मतर्फ लागे त्यसलाई सहि मार्गदर्शन गर्न समाजका प्रवुद्ध व्यक्तिको कर्तव्य हो ।
त्यसैले यहाँ कसैले कसैलाई नकारात्मक दृष्टि होइन सकारात्मक दृष्टि राख्नु पर्ने समय आएको छ । होइन भने ुमेरो गोरुको बाह्रै टक्काु भने झैं एक अर्कामा आरोप प्रत्यारोपको भावना विकास गर्ने हो भने िहंसाको जग पनि बस्न सक्छ त्यसैले हामी शान्ति भूमि नेपालका नेपाली एकचोटि गम्भीर भएर सोच्नुपर्छ । एउटा दलितले मन्दिर प्रवेश गरेको निहुमा सारा समाजमा नै िहंसा नहोस् अनि यी हाम्रा पवित्र आँखाले एउटै समाजका सदस्य कोही मन्दिर भित्र कोहि मन्दिर बाहिर भएको देख्न नपरोस सबैका हातले शान्तिका खातिर परेवाका जोडि खुल्ला आकाशमा उडाइयोस् र मान्छेले मान्छेलाई नचिन्ने पुरानो संस्कृतिको अन्त्य भई नयाँ नेपालमा नयाँ संस्कृति आओस जसले एउटै मन्दिरबाट समाजमा रहेको कालो जालो जातीय विभेदको अन्त्य भएको घण्टी बजोस् । यसका लागि दलित तथा सम्पूर्ण गैरदलित एक भई उठ्नु नितान्त आवश्यक छ ।

No comments:

Post a Comment