बर्दिया/ सानोश्री गाविसकी एक महिलालाई गत ५ कात्तिकमा सामूहिक बलात्कार गरेको आरोप लागेका तीन युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कार गरेको आरोपमा ताराताल गाविस–५ का विजय भन्ने सुनील सुनार, यामबहादुर परियार र बलराम कोइरालालाई पक्राउ गरेको हो । तिनैजनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो ।
स्थानीय कुसुम्बाबजारमा लाग्ने हाटबाट फर्कंदै गरेकी २८ वर्षीया विवाहित महिलालाई उनीहरूले बलात्कार गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले घटनापछि फरार रहेका तिनैजनालाई उनीहरूले प्रयोग गरेको मोबाइलको लोकेसनका आधारमा पक्राउ गरेको जनाएको छ ।
कोइरालालाई आफ्नै गाउँ तारातालबाट र अरू दुईजनालाई सोरहवाबाट पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख एसपी वीरेन्द्रकुमार बस्यालले बताए । अदालतबाट म्याद थपेर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको एसपी बस्यालले जानकारी दिए ।
No comments:
Post a Comment