२०६० सालमा म दार्चुला जिल्लाको पार्टी इन्चार्ज भएँ । त्यहि समयमा पार्टीको सिनियर नेता बझाङ, दार्चुला र बैतडिको संयोजक थियो । म सुरुसुरुमा इन्चार्ज भएकी थिए । मैले पनि कसैको सहयोग लिनु पर्ने थियो । नयाँ भूगोल थियो । भरखर मेरो दाई अम्मर बहादुर विक म्यागदीमा सहिद हुनु भएको थियो । म मानसिक रुपमा पनि विक्षिप्त थिएँ । म मेरो नेतृत्व प्रति विवश्त थिए । नेताले कार्यकर्तालाई गर्ने व्यवहार गर्लान भन्ने थियो । भूमिगत पार्टी राती–राती संगठनको काममा हिड्नु पर्ने । त्यो मान्छे मेरो नेता थियो । म उसको नजिक हुन स्वभाविक थियो । त्यहि समयमा दाई सहिद भएको भावनात्मक रुपमा पनि नजिक थिए । एउटै जिल्लाका भएर पनि होला । तर विड्म्बना त्यो मान्छेले राती एक्लो भएको समयमा मसंग यौन सम्बन्ध राख्यो । मैले पनि त्यो समयमा त्यसको प्रतिवाद गर्न सकिन । म आफै कुण्ठित भए । सबै कुरा गुम्यो भन्ने भान भयो । सबै सकियो । केहि बाँकि रहेन भन्ने लाग्यो ।
कति ठूलो सपना थियो । त्यो सपना टुट्यो । मेरो कमजोरीको फाइदा नेताले लियो । उसले मसंग सहमती लिएर अथवा हामीवीच कुनै प्रेम वा भावनात्मक रुपमा कन्भिन्स भएर यौन सम्बन्ध भएको होइन । त्यो त आकस्मिक भएको थियो । तर पार्टीले सहमतिमा भयो भन्ने सोच्यो । मैले प्रतिवाद गर्न सकिन । म माथि अन्याय भयो ।
समयमा पहल कदमी लिन नसक्दा उसले गरेको गल्तीको सजाय मैले पनि भोग्नु प¥यो । एक बर्ष सम्म पार्टीले साधारण सदस्य नरहने गरि डोटीमा श्रमशिविरमा राख्यो । उसलाई अछाममा साधारण सदस्य नरहने गरी श्रमशिविरमा राख्यो । त्यहि समय देखि यो पुरुष मानसिकता, पुरुषवादी चिन्तनको शिकार भएपछि त्यो समयमा विवाह प्रति नै वितिष्णा जाग्यो । महिलालाई हेप्ने प्रवृतिको विरद्ध लाग्नु पर्छ भन्ने लाग्यो ।
एक बर्ष पछिको कार्वाहि सकिए पछि पुन पार्टी काममा लागे । एक चोटीको अर्काको गल्तीको सजाय मैले पनि भोगे । त्यसपछि लामो समय सम्म त्यो पिडाले मलाई छोडेन । त्यो बाट मुक्त हुन पनि मलाई लामो समय लाग्यो । विवाह नै गर्नु हुदैन भन्ने जड मानसिकता छैन । सांस्कृतिक केस घटे पछि पुरुषवादी मानसिकताले पार्टी र समाजमा काम गर्ने कुरा भइहाल्यो ।
विवाह गर्ने उमेर अहिले पनि छ । तर अहिले मेरो उमेरका साथिहरुले विवाह गरिसकेका छन् । म अहिले कालीकोट जिल्लाको नेकपा–माओवादी को इन्चार्ज छु । अहिले पनि सहिदका सपना, जनताको जिवन स्तर जहाँका त्यहि छन् । त्यसको लागि पुन क्रान्ति हुनसक्छ । शान्तिपूर्ण रुपमा केहि परिवर्तन त हुन्छ तर आमूल परिवर्तन हुदैन ।
अहिले सम्मको इतिहास हेर्दा पनि शान्तिपूर्ण रुपमा कहि कतै आमूलपरिवर्तन भएको छैन । अझपनि जनताको जिवनमा आमूल परिवर्तन गर्न क्रान्ति गर्नु पर्छ भन्ने मानसिकताका साथ पार्टी, सिद्धान्त, विचार र वर्ग प्रति कटिबद्ध छु ।
यौन र विवाहका बारेमा प्रस्टता थिएन
म सानै उमेरमा क्रान्तिमा लागे । त्यो समयमा दिल दिमागमा क्रान्ति भन्दा अरु केहि थिएन । पहिला उमेर पनि सानो थियो विवाहका बारेमा सोचिएन । संगठन निमार्ण, पार्टीको काममा नै व्यस्त भइयो ।
म सानै उमेरमा क्रान्तिमा लागे । त्यो समयमा दिल दिमागमा क्रान्ति भन्दा अरु केहि थिएन । पहिला उमेर पनि सानो थियो विवाहका बारेमा सोचिएन । संगठन निमार्ण, पार्टीको काममा नै व्यस्त भइयो ।
युद्धमा भएको पार्टीमा महिला र पुरुषको उमेर पुगे पछि हुने प्रेमलाई माक्र्सवादी तरिकाले हल गर्न सकेन । महिलाहरुले पनि सहज रुपमा पहल लिन सकेका कारण कार्वाही भोगे । पार्टीले पनि यो विषयमा वातावरण सहज बनाउन सक्नुपथ्र्यो । क्रान्तिकारी पार्टीमा अनैतिक र छाडा यौनलाई निरुत्साहित गदै जानु ठिक हो । माक्र्सवादी नैतिकता भन्दा बाहिर जानु हुदैन । तर कयौ विषयमा पार्टी अली कठोर पनि भएको छ ।
प्रेम र यौनका विषयमा छलफल चलाउने, सैद्धान्तिक रुपमा स्पष्ट पार्नु भन्दा एकोहोरा कार्वाहिको बाटोमा गयो । कयौ नयाँ आएका पार्टी क्याडरहरुलाई आफै निकास दिन नसक्ने पार्टीले सहज रुपमा नलीने हुदा कयौ समस्या आए । पार्टीले पनि कठोर नितिबाहेक अन्यबाटो देखेन ।
यसरी जोडिइन् राजनीतिमा
जनयुद्ध सुरुहुदा म कालीकोटको नन्दा मावि कोटबाडामा कक्षा ८ मा पढ्दै थिए । कणार्ली देशकै सबै भन्दा विगट मानिन्छ । त्यहि कर्णालीमा पर्ने कालीकोट जिल्ला पनि वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गीक विभेद थियो । त्यहि विभेदको विचबाट कम्युनिष्ट भइयो ।
जनयुद्ध सुरुहुदा म कालीकोटको नन्दा मावि कोटबाडामा कक्षा ८ मा पढ्दै थिए । कणार्ली देशकै सबै भन्दा विगट मानिन्छ । त्यहि कर्णालीमा पर्ने कालीकोट जिल्ला पनि वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गीक विभेद थियो । त्यहि विभेदको विचबाट कम्युनिष्ट भइयो ।
दाई खडक बहादुर विक गाँउको स्कुलमा शिक्षक हुनु हुन्थ्यो । घरको जेठो दाई नै शिक्षक भएकाले पनि होला मैले पनि स्कुल पढे । जवकि त्यो समयमा छोरीहरुलाई स्कुल पढाउने चलन कमै थियो । त्यो पनि दलितहरुमा अझ झन कम थियो । तर मैले भने पढ्ने अवसर पाए ।
दाई शिक्षकमात्र नभएर मोटो मशालको कार्यक्रता पनि हुनु हुन्थ्यो । मेरो घरमा राती राती बैठेक बस्नेछलफल गर्ने गर्थे । म त्यति कुरा बझ्दैन थिए । खासै चासो पनि थिएन । जब ठूलो भए अली अली राजनिति कुरा पनि बुझ्न थाले । स्कुलमा पढ्दा विद्यार्थीमा संगठित नभएर पहिला महिलासंगठनमा,व ाइसियल र पछि विद्यार्थी संगठनमा संगठित भए ।
दाई शिक्षकको स्थायी जागिर छोडेर माओवादीको पूर्णकालीन भए । उनी पूर्णकालीन भए पछि प्रहरी आएर सोधपुछ गर्न थाले । हामी मानसिक रुपमा त्यसलाई सहन सक्ने, फेस गर्न सक्ने भइसकेका थियौ । २०५४ मा कालीकोटमा किलोसेरा टु अप्रेशसन भएको थियो । म त्यो समयमा एसएलिसि दिएर छापामार दस्ताको तालीम गदै थिए । त्यहि समयमा प्रहरी गाँउमा आएर खड्क बहादुर विक (प्रकाण्ड) लाई घेराहालेर मार्ने योजनामा आएका रहेछन् ।
सिआइडिको सुचनाको आधारमा आएका प्रहरीले जुन घरमा छापामा¥यो त्यो घरमा प्रकाण्ड थिएनन् । प्रकाण्ड अर्को घरमा बसेका भएर बाँचे । त्यहाँ नयाँ बर्षका व्यानर थिए । ती व्यानरलाई नै देखेर सुचना दिएको रहेछ । प्रहरी छापा मार्न घरभित्र जान थाले त्यो घरकि आमा आफ्नो नातीलाई मारिदिन्छन् भनेर घर भित्र जान थाल्नु भयो । प्रहरीले सोच्यो यो आइमाई माओवादी भगाउन जादै छ भनेर प्रहरीले गोली चलायो ती महिला घाइते भइन । आँगन भरी रगतको आहल जम्यो । त्यो देखेपछि जनताहरु जम्मा भएर आक्रोसीत भए । जनताले प्रहरीलाई लखेटे ।
विहान एघार बजेबाट सुरु भएको यो लखेटाई बेलुका पाँच बजे सम्म भयो । एकजना हबल्दार र एकजना प्रहरी मारिय र एक थान हतियार महिलाहरुले कब्जा गरे । नेपाली जनयुद्धमा यो घटनाले ठूलै महत्व पायो । गाँउका सर्वसाधारण, निहत्था महिलाले हसियाँ, बन्चरो जस्ता घरेलु हतियारले शसस्त्र प्रहरीलाइ लखेट्न मात्र सफल भएनन कि दुइजनाको भौतिक रुपमा नै सिध्याए र हतियार पनि खोसे । त्यो भन्दा पहिला माओवादीलाई घेरा हालेर गिरफ्तार गर्दा हामीले प्रहरीहरुलाई बल्क गरेर साथिहरुलाई भगाउन सफल भएका थियौ ।
छापामारको तालीम पछि २०५५ साल असारमा म पूर्णकालीन भए । एसएलीसी पनि पास गरे । कालीकोट जिल्लामा म पहिलो दलीत महिला हुँ एसएलसि पास गर्ने । त्यो भन्दा पहिले कसै दलित महिलाले एसएलसि पास गरेका थिएनन् ।
एकै पटक संसार पविर्तन हुदैन
जनयुद्ध सुरु हुने बििित्तकै सबैकुरा एकै पटक परिवर्तन हुन सक्दैन थियो, भएन पनि । आन्दोलन पनि यहि समाजमा रहेका विद्धमान असमानता, शोषण, दमनका विरुद्ध लड्नु पर्दा यहि समाजले आन्दोलनलाई पनि असर गर्छ । विभिन्न सोच–विचार, व्यवहार, चिन्तनले काम गर्छ । यहाँ भित्र पनि सामन्तवाद, आर्थिकवाद, व्यक्तिवादले काम गरेको देखिन्छ ।
जनयुद्ध सुरु हुने बििित्तकै सबैकुरा एकै पटक परिवर्तन हुन सक्दैन थियो, भएन पनि । आन्दोलन पनि यहि समाजमा रहेका विद्धमान असमानता, शोषण, दमनका विरुद्ध लड्नु पर्दा यहि समाजले आन्दोलनलाई पनि असर गर्छ । विभिन्न सोच–विचार, व्यवहार, चिन्तनले काम गर्छ । यहाँ भित्र पनि सामन्तवाद, आर्थिकवाद, व्यक्तिवादले काम गरेको देखिन्छ ।
हामी सरकारमा त गएका हौ तर पुरा सत्तामा गएका होइनौ । पार्टी भीत्र पनि एकरुपता आउन सकेन । जनयुद्धले राजनैतिक,वैचारीक हस्तक्षेप ग¥यो । गाँउ गाँउमा चेतना पुगाएको जनयुद्धले नै हो । स्थानीय रुपमा जनसत्ताका अभ्यास भए ।
जब पार्टी खुल्ला राजनितिमा आयो त्यहि अनुसारको कार्यनीति बनाउने रणनिति थियो । पार्टी नेतृत्वले त्यता तीर ध्यान दिन सक्नु भएन । उहाँहरु सहरीया जिवनमा रुमलीय । पार्टी पनि एकमनावादी ढङगमा चल्न थाल्यो । नेतृत्वको देवत्वकरणमा बढी लाग्यौ । बिग्रीसके पछि रोक्न सक्ने अबस्था नै रहेन । नेतृत्वले नै क्रान्तिलाई यो खाल्डोमा हालेका हुन् । हो, हामीपनि जिम्मेवार छौ । पार्टी भित्र सामुहि निर्णय नहुदा एक–दुई व्यक्ति हाबी हुनु स्वभाविक हो । संस्थागत रुपमा पार्टी संचालन गर्नु पथ्यौ ।
अहिले नेपाली समाज कहि कतै सन्तुष्ट छैन । मान्छेसंग समस्याका चाङ छन् । यहि अवस्थामा समाज रहन सक्दैन । कहिन कहि गएर विस्फोट हुन्छ । त्यो विस्फोटलाई यदि क्रान्तिकारी शक्तिले समात्न सक्यो भने देशले निकास पाउन्छ । यदि सकेन भने त्यो अराजकतामा परिणत हुन्छ । देश झन जरजर अवस्थामा जान्छ ।
हो, अहिले क्रान्तिकारी शक्तिलाई चुनौती छ । एक क्रान्तिले सेट ब्याक खाएको अबस्थामा विचार निमार्ण र संगठन निमार्ण नै पहिलो काम हो । जनता निकास खोज्छ । उ चुपलागेर बस्न सक्दैन । त्यहि भएर समाजमा रहेका नयाँ अन्र्तविरोधलाई हल गर्नसक्ने कार्यदिशा चाहिएको छ । हिजैकै पार्टी,संगठन र विचारले अहिलेको नेपाली समाजको समस्या हल गर्न सक्दैन ।
नेकपा–माओवादीमा पनि यो परिक्षणको समय हो । यो पार्टीका नेताहरुलाई सहिदको रगतको माया छ । जनता प्रति जिम्मेवारी बोध हुन्छ भने आजसम्म भै गरेका साना तीना कमि कमजोरीलाई सच्याएर जानु पर्छ । अहिले खाई पाई आएका सुख सुबिधाहरुलाई लत्याउन सक्नु पर्छ । जसले त्यसो गर्न सक्दैन,त्यो नेता कार्यकर्ता आफै सकिने छ ।
उसले हिजो जनता संग गरेका बाचा,सहिद परिवार,घाइते,वेपत्ता परिवारसंग गरेका प्रतिबद्धता लाई भुल्छ भने जनताले कुनै पनि अवस्थामा माफ गर्ने छैन । कसै नेताले निजि सम्पति पनि जोडेका होलान् । तर त्यसलाई त्याग्न सक्ने कि न सक्ने परिक्षणको समय आउदै छ । सकेनौ भने हामीले हिजोको जनयुद्धको नेतृत्वलाई गाली गलौच गर्नुको औचित्य रहन्न ।
- source:-helloneta
No comments:
Post a Comment