Monday, October 13, 2014

मेरा साना दुःखले आज्र्याको जीन्दगी हो र यार !’- गायक शिव परियार

गायक शिव परियार आफ्नो जीन्दगी कसैसँग साट्न चाहँदैनन् । ‘मलाई साट्न मन लाग्दैन, १३ वर्ष भइसक्यो साधना गरेको,’ परियार भन्छन्, ‘मेरा साना दुःखले आज्र्याको जीन्दगी हो र यार !’ अनलाइनखबरका लागि राजकुमार श्रेष्ठसँगको अन्तरंग कुराकानीमा उनले आफ्नो जीवनका केही गुप्त रहस्य यसरी खोले
शिव परियार र नेपाली संगीतको सम्वन्ध ?
- नेपाली संगीत उद्योगमा गजलको पुनर्जागरण गराउने काममा शिव परियारको भूमिका विशेष छ ।
कसरी ?
-हामीले सिक्दा संगीत धेरै सिक्यो भने स्वर बिग्रन्छ भन्ने मान्यता थियो । तर, मैले गायक हुन सकिँन भने राम्रो मास्टर हुन्छु भनेरै सिकेँ । १४ वर्ष भयो, अहिले पनि सिकिरहेको छु ।
संगीतमा गायनप्रधान गीतहरु नेपाली संगीतमा थिएन । मैले गायक पनि संगीतमा गायक हावी हुनसक्छ भन्ने गरेर देखाएँ । संगीतमा सजिलोसँग बाँचिरहेकाहरुलाई ‘गाह्रो रहेछ’ भन्ने अवस्था सिर्जना गरेको छु ।
तपाईले सिनियर र समकालीनलाई नगेनेको भन्ने कारण पनि त्यही होला हैन ?
गर्लफ्रेण्डसँग डेटिङमा जाँदा नै उसलाई देखेको हो । भरतपुरमा उसलाई देख्नासाथ यो केटीसँग विवाह गर्नुपर्छ भन्ने लाग्यो । दिमागमा के-के भो, के । १०/१५ दिनमा बिहे गरेँ ।
-सिनियरलाई केका आधारमा मान्ने ? हामीकहाँ सिर्जनाभन्दा उमेरका आधारमा मानिन्छ ।
म अरुलाई श्रद्धा गर्छु । तर, अरुको चिजलाई सम्मान गर्दै मैले आफ्नो कुरा राख्छु, यसमा रिसाउन जरुरी छैन । कतिपय ठाउँमा गीत मात्र गएर हुँदैन, बोल्नु पनि पर्छ । यसलाई पूर्वाग्रह राख्नेले के-के भन्छन्, त्यसको पछाडि लागेर सकिन्न ।
गायक नभएको भए शिव परियार के हुन्थ्यो होला ?
-खै मलाई त कहाली लाग्छ । एउटा सरदर नेपालीको जीवन कस्तो हुन्छ ? कि श्रम गर्न विदेश गइन्थ्यो होला नभए प्राविधिक लाइनतिर लागिन्थ्यो कि अर्को घरमै हलो जोतेर, भैंसी पालेर बसेको हुनसक्थेँ ।
अहिले त स्टार भइसक्नु भो हैन ?
-स्टार त होइन । जूनकिरी टाइपचाहिँ भइयो । नेपालमा स्टार हुन गाह्रो छ । जूनकिरी भन्दा ठीक हुन्छ ।
आफ्नो जीवन कोसँग साट्न पाए साट्नुहुन्छ ?
-मलाई साट्न मन लाग्दैन । एकदम माया लाग्छ । कसैलाई दिन्न भन्नेजस्तो हुन्छ । बरु जीन्दगी थोरै अभावमै बितोस्, आउने सन्ततीलाई राम्रो शिक्षा-दीक्षा दिन पाइयोस् । तर, साट्न मन लाग्दैन । १३ वर्ष भइसक्यो साधना गरेको । कम दुःख गरेको छु । मेरा साना दुःखले आज्र्याको जीन्दगी हो र यार । म अरुसँग यो जीन्दगी साट्दिँन ।
जीवनमा सबैभन्दा बढी खुसी भएको क्षण ?
-धेरै छ । तर, दुईवटा विशेष छन् । ०५९ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा पहिलो हुँदा । मैले ‘जति बिस्र्यो तिम्रो याद आउन खोज्छ किनहोला …’ बोलको गाएँ । दुई दिनसम्म रेडियोमा लाइभ गाएपछि तेस्रो दिन प्रथममा शिव परियार भन्यो । बल्खुमा बस्थेँ । खोलामा राति १२ बजे नुहाएको छु खुसीले । प्रथम भएँ भनेर खुसीले सात दिनसम्म राम्रोसँग खाना खाइँन ।
अर्को, नेपाली आधुनिक संगीतमा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय युवा कोषद्वारा नारायणगोपाल युवा संगीत सम्मान २०१३ ले सम्मान गरिएको थियो । यो दुबै क्षणलाई म सबैभन्दा गरिमामय क्षणको रुपमा लिन्छु ।
सबैभन्दा बढी पश्चाताप लागेको क्षण ?
- म ललितकतामा आइए पढ्दा अंग्रेजीमा ब्याक थियो । २९ नम्बर मात्र आयो । गवैया टाइपको संगत भयो । नपढ्ने, खाली गीत गाएर हिँड्ने । साथीहरु ट्यूसन हान्ने रहेछन्, आफू गाना-बजाना रमाइलो गर्‍यो । त्यसरी हिड्ँदा पढाइ ब्रेक भो, जसप्रति मलाई अहिले पनि पछुतो लाग्छ ।
संगीत त अहिले पनि पढिरहेको छु तर पनि एकेडेमिक पढाइ एसएलसी मात्रै भन्दा ग्लानी हुन्छ ।
तर, पढन्ते साथीहरुसँग बेलाबेला भेट्दा चस्स घोच्छ । साथीहरु तँ खतरा भनिदिन्छन्, त्यसमै चित्त बुझाउँछु ।
झूट कत्तिको बोल्नुहुन्छ ?
-मान्छेलाई हानी नहुने गरी बोल्छु । तर, झूट बोल्ने मान्छे देखेर साह्रै पारो तातेर आउँछ । म आफू पनि आफ्नो बचाउमा कहिलेकाँही बोल्छु ।
सबैभन्दा रीस उठ्ने कुरा ?
- मुढी छु । बाहिर त रीस उठे पनि दबाएर हिँड्छु । घरमा धेरै रिसाउँछु । यताको गिलास उता भयो भने पनि रनक्क दिमाग रक्नेर आउँछ । सबै कुरा आफ्नो ठाउँमा होस्, घरमा छिर्दा पनि फ्रेस भइन्छ भन्ने लाग्छ ।
सबैभन्दा बढी डर केसँग लाग्छ ?
आफ्नै करियरसँग । केही हुने हो कि ? धरापमा परेर टुप्पोबाट तल खसिने हो कि भन्ने लाग्छ ।
shiva-pariyarमृत्युसँग नि ?
मृत्युदेखि त किन डर लाग्नु र ? एकखालको नाम हुने काम गरिसकेँ । मृत्यु भन्ने चिज भयानक छ । तर, थाहा दिएर नआउने भएकाले डर लाग्दैन । यति गते, यति बजे आउँछ भन्ने भएको भए डर लाग्थ्यो होला । अहिले तुरुन्तै नमरिहालौं भन्ने चाहिँ लाग्छ ।
आफूले गाएको गीतमा सबैभन्दा झूर गीत ?
-एक दुईवटा गीत छन् । एउटा सबैले मलाई घृणा गरे पनि तिमीलाई वाहवाह गरुन् भन्ने हो ।
लिरिक्स राम्रो छ । तर, रुघा लागेका बेला गाएँ । तीन चार टेक लिएको थिएँ । तर, एकै टेक मिक्सिङ गरेछन् । मैले हजारौं पटक आग्रह गरें, बरु म पैसा लिन्न, बेसुरे गाना नगर न भनें । तर, मानेनन् ।
अहिलेसम्म आम मानिसले थाहा नपाएको गोप्य कुरा ?
- त्यस्तो केही छैन । एउटा क्षमता भएको मान्छे हुँ । नागरिकको हिसावले सामान्य मान्छेमा पर्छु ।
आफ्नै नजरमा आफ्ना कमजोरी ?
-२/४ वटा कमजोरी छन् । अलिक रिसाउँछु । ल्याङल्याङ-लुङलुङ गर्‍यो भने मलाई त्यो मान्छे तुच्छ लाग्छ । करोडपति छ, उसले एकपटक हात दिँदा म माथि पुग्छ भने पनि चाप्लुसी चाकडी गरेर हिँड्न आउँदैन । त्यसले घाटा पनि हुँदारहेछ । सीधा भन्दा फलामलाई फलाम, सलामलाई सलाम भन्ने सोच छ ।
अहिलेसम्म बिताएको क्षणमध्ये कुन चाहिँ फेरि आइदियोस् भन्ने लाग्छ ?
- विदेश जाने कार्यक्रम बारम्बार आइदियोस् भन्ने लाग्छ । हा … हा… हा… पैसो कमाइ हुन्थ्यो । दुःख हुँदैन्थ्यो ।
पैसा त धेरै कमाएको छ शिव परियारले भन्छन् नि ?
- त्यस्तो होइन । अहिलेसम्म कोठामै छु । घरको अवधारणा आएको छैन । गाउँको बिक्यो भने दुःख-सुख खाँबो गाड्ने ठाउँ बनाउन सकिन्छ कि भन्ने छ तर, अझै ४/५ वर्ष लाग्छ ।
जोडिएन भने पनि के भयो र ? बाबुले जोडेको सम्पत्ति छ गएर खाँबो गाड्छु । गीतले नेपाल हल्लिएकै छ, सकुञ्जेल हल्लाइरहन्छु । घर बनाउन सकिएन त के भो ?
जीवनमा रुनुभएको छ ?
-छु । चन्दन गुरुले कक्षा बन्द गरिदिनुभयो । सपनामा तुसारापात भो । गुरु पूणिर्मामा टीका लगाउन गएँ, गुरुको अगाडि गएर डाँको छोडेर रोएँ । त्यसरी अहिलेसम्म कहिल्यै रोएको छैन ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
- घरमा बस्छु । साथीहरुसँग भेट्ने, फिल्म हेर्न जाने गर्छु । सिजनल टाइपको बेफुर्सद हुन्छ । अरु १० महिना त फुर्सदै फुर्सद त हो नि ।
विवाह अगाडिको क्षण ?
- बहुत दुःखको समय भन्छु म । १२/१४ घण्टाको रियाज । कहिल्यै टाइममा नखाने । धून घीनलाग्दो । फुस्रो कपडा । धसिएको गाला, सुकेको छाती । थकित भएर राति ११ बजे कोठामा आएर भात पकाएर खानु पर्दाको पीडा …
विवाह ?
- मागी विवाह हो ।
पहिलो भेट ?
म पतीत भएर हिँडेको मान्छे होइन । तर, ग्यामर फिल्डमा लागेको मान्छे कतिपय बेला चुक्नु पर्ने, त्यस्तो अवस्थाबाट गुज्रनु पर्ने रहेछ ।
- भरतपुरमा पहिलो भेट भएको हो । विवाह गर्ने मान्छे कतिखेर कुन मुढमा आउँछ र कतिबेला लगन जुट्छ भन्ने थाहा नहुँदो रहेछ । २४ वर्षको थिएँ । उसलाई देख्नासाथ यो केटीसँग विवाह गर्नुपर्छ भन्ने लाग्यो ।
त्यसबेला गर्लफ्रेण्ड थियो । गर्लफ्रेण्डसँग डेटिङमा जाँदा नै उसलाई देखेको हो । तर, उसलाई देखेपछि दिमागमा के-के भो, के । १०/१५ दिनमा बिहे गरेँ ।
भनेपछि गर्लफ्रेण्डलाई धोका दिनुभएछ ?
-धोका खाइयो पनि, दिइयो पनि । हिसाब बराबर । गर्लफ्रेण्डको पनि अहिले जीवन राम्रै छ । त्यस हिसावले धोका भएन जस्तो लाग्छ ।
अहिले चाहिँ कस्तो केटी देख्दा पत्नीलाई भुल्नुहुन्छ ?
म सौन्दर्यलाई सम्मान गर्छु । म पूजारी पनि हुँ । राम्रो घमण्डी भयो भने नकार्छु । तर, अन्त्यन्त संकटको घडीमा पनि मलाई क्षमा दिएर केयर टेकरको रुपमा यो ठाउँसम्म ल्याउन मेहनत गरेको हुनाले श्रीमतीलाई कसैसँग तुलना गर्न सक्दिँन ।
त्योबाहेक ग्लामर फिल्डमा विना रमाइलोको मान्छे नै हुँदैन जस्तो लाग्छ । कहिलेकाँही त्यो बाटो पनि क्रस गर्नुपर्छ । त्यसमा म अछुतो छैन ।
भनेको धेरैसँग प्रेम गर्दै हिँड्नुहुन्छ ?
- लभ नै नभनौं । यो सबैको जीवनमा हुन्छ । म पतीत भएर हिँडेको मान्छे होइन । तर, ग्यामर फिल्डमा लागेको मान्छे कतिपय बेला चुक्नु पर्ने, त्यस्तो अवस्थाबाट गुज्रनु पर्ने रहेछ । नत्र यो क्षेत्र छोड्नुपर्छ ।
खाना बनाउन आउँछ ?
काठमाडौं आउँदा धेरै बनाइयो । अहिले पनि कहिले काहीँ बनाउँछु । मासु बनाउन जाँगर चल्छ । दाल बनाउँछु । पाहुना आउँदा खुवाउनु पर्‍यो भने गोलभेडा पोलेर सिलौटामा पिसेर चट्ट आचार बनाउँछु ।

No comments:

Post a Comment