Sunday, November 30, 2014

दलितको समस्या, भाषाको फरकपन सबै अनुभव गर्न पाएँ -दिया मास्के

नेपाली चलचित्रमा फरक धारकी नायिका खोज्नुपर्दा दिया मास्केको नाम पहिलो नम्बरमा आउँछ। हिमालपारिको कथा बोकेको ‘कागबेनी’ होस् कि यौनमनोविज्ञानमा आधारित चलचित्र ‘साँघुरो’, दियाले परिष्कृत काम गरिन्। दिया अभिनीत ‘सुनगाभा’लाई नेपाली जुरीले ओस्कारमा पठाउन योग्य नेपाली चलचित्रका रूपमा मनोनीत गरेको छ। नाटकमा अब्बल दिया कत्थक तथा भारत नाट्यममा पनि पारंगत छिन्। अहिले चलचित्र उद्योगमा निकै आशा गरिएको अनुप बराल निर्देशित चलचित्र ‘फिटकिरी’ सबैको प्रतीक्षामा छ। ‘फिटकिरी’ मा ग्लामरस नायिकाका रूपमा प्रस्तुत हुन लागेकी दियासँग कुराकानी।
तपाईं आफूलाई कस्ती नायिका मान्नुहुन्छ ?
म त नायिका नै होइन, कलाकार मात्र हुँ। मलाई नायिका भनेर सम्बोधन गर्दा कस्तो-कस्तो लाग्छ।

मन परे पनि नपरे पनि तपाईं नेपाली चलचित्रकी नायिका नै हो, के भन्नुहुन्छ ?
हो, कलाकार शब्दले अलि फराकिलो अर्थ दिन्छ। नायिकाहरू ग्ल्यामरस हुन्छन्, उनीहरूमा तडकभडक हुन्छ, कलाकारमा सबैथोक हुन्छ। म कलाकार हुनुअघिसम्म पनि एक्टर हुन्छु भन्ने सोच्दिनथें। किनभने मेरो विचारमा युवतीहरू कलाकार हुनु भनेको नायिका हुनु नै थियो। मलाई त्यो कुरा खासै जच्दैनथ्यो।

नायिकाप्रति नै किन नकारात्मक भाव ?
सम्भवतः अचेतन मनमा नायिकाप्रति मेरो खासै राम्रो भाव थिएन। नेपाली चलचित्रले नायिकालाई ग्लामरस आइटमभन्दा बढी महत्व दिएको छैन भन्ने लाग्थ्यो। जब काम गर्न थालें, मैले राम्रा मानिसहरूको साथ पाएँ। अभिनयमा एकैपटक फराकिलो क्षेत्रमा पाइला हाल्ने अवसर पाएँ।

अहिले पनि हिरोइनलाई नराम्रो मान्नुहुन्छ ?
अहिले मान्दिनँ। हिरोइनको अर्थ मैले मुख्य कलाकारको अभिनयको कुरा गरेकी हुँ। त्यस किसिमको अभिनय मबाट हुन्छ भन्ने लाग्दैनथ्यो। म अभिनय गर्न सक्छु भन्ने लाग्दैनथ्यो। अहिले सम्झदा लाग्छ, सम्भवतः म यो विषयमा नेगेटिभ थिएँ कि ?

त्यही भएर सधैं उमेरभन्दा बढी उमेरको भूमिका निर्वाह गर्नुभएको हो ?
मैले चाहेर गरेकी होइन, निर्देशकहरूले त्यस्तो भूमिका दियालाई ठिक हुन्छ भनेर दिनु भएको हो। नभन्दै त्यस्ता अभिनयले निकै प्रशंसा पनि पाए।

तपाईं अभिनय गर्न चाहनुहुन्नथ्यो भने यो क्षेत्रमा किन प्रवेश गर्नुभयो ?
म कलाकारभन्दा पनि राम्रो डान्सर हुँ। मैले इलाहावाद नाट्य संगीत विश्वविद्यालयबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेकी छु। सानो छँदा निर्देशक तुलसी घिमिरेको ‘दुई थोपा आँसु’मा बालकलाकारका रूपमा नृत्य गरेकी थिएँ, जून त लग्यो ताराले.. मा। सानैमा गरेको उक्त अभिनयले नै मलाई यो क्षेत्रमा तान्दै लगेको रहेछ।

यो क्षेत्रमा आउनुको जस कसलाई दिनुहुन्छ ?
सानैमा मलाई नृत्यमा पारंगत बनाउने अमर शिशु स्कुल तथा अभिनयमा ल्याउने निर्देशक अनुप बराल।

तपाईं काठमाडौंकी केटी, पहिलो पटक दलनमा अभिनय गर्न पश्चिम नेपाल जाँदाको अनुभव कस्तो थियो ?
त्यो दलितका विषयमा निर्माण गरिएको टेलिश्रृंखला थियो। मैले जातभातको कुरा सुनेकी थिएँ तर फिल्डमा त्यस्तो दृश्य देखेकी थिइनँ। पर्वत जिल्लाको खोला गाउँमा ३ महिना बस्दा नेपालको फरक रूप देख्न पाएँ। दलितको समस्या, भाषाको फरकपन सबै अनुभव गर्न पाएँ।

तपाईंले दलनमा पाकी महिलाका रूपमा काम गर्नुभएको छ, तपाईं नराम्री पनि देखिनुभएको छ, चित्त दुखेन ?
२०-२२ वर्षीया युवतीले त्यसरी पाकी महिलाका रूपमा अभिनय गर्न पाउँदा त खुसी लाग्यो, तर सधैं यस्तै भूमिका पाइने हो कि भन्ने चिन्ता पनि थियो।

कागबेनीदेखि साँघुरोसम्म आइपुग्दा पनि तपाईं यस्तै चरित्रमा देखिनुभयो, किन ?
निर्देशकहरूको आँखामा म यस्तैमा राम्री देखिन्छु भन्ने पर्‍यो कि ? जबकि म बोल्ड क्यारेक्टरमा पनि उत्तिकै फिट छु भन्ने लाग्छ। वास्तवमा मेरो कला आम दर्शकले हेर्नै पाउनुभएको छैन।

अभिनयमा तपाईंको क्षमता कति उपयोग भएको होला ?
सम्भवतः १५ प्रतिशत।

नृत्यमा नि ?
म कत्थक र भरत नाट्यममा पोख्त छु। म नृत्यकै लागि जन्मिएकी हुँ । सुनगाभामा मेरो नृत्यप्रतिभाको केही अंश देखाउने अवसर पाएकी छु। अहिलेसम्म दर्शकले मेरो नृत्यको ५ प्रतिशतजति मात्र प्रतिभा हेर्न पाउनुभएको छ। म नृत्य र अभिनयमा धेरै राम्रो गर्न सक्छु।

कुन अभिनयमा पारंगत छु भन्ने लाग्छ ?
मेरो स्टयान्डवाई कमेडी निकै राम्रो छ। म बोल्ड युवतीको भूमिकामा युवकहरूलाई गलाउन सक्छु।

त्यही भएर फिटकिरीमा बोल्ड र आधुनिक युवतीको भूमिकामा देखिनुभएको हो ?
हो, यो चलचित्रपछि मेरो जवानी देख्न पाइनेछ। नेपाली चलचित्रका लागि म बल्ल तरुनी भएँ। मेरो नृत्य प्रतिभालाई पनि फिटकीरीमा राम्रैसँग प्रस्तुत गरेकी छु।

यति बोल्ड चरित्र निर्वाह गर्दै हुनुहुन्छ। दर्शकको नजरमा भने तपाईं अझै ननग्ल्यामर हिरोइन हुनुहुन्छ, कसरी पत्याउलान् र ?
म बोल्ड र ग्लामरस छु। अब कसरी छु, त्यो त चलचित्रको प्रदर्शनपछि नै थाहा हुन्छ, जहाँसम्म मेरो क्षमताको कुरा छ, मलाई त्यसको प्रचार गर्न आउँदैन। आफ्नो मार्केटिङ गर्ने कुरामा म झुर छु। संसारभरका नायिकाहरू स्पेसल फोटो सुट गर्छन्, यहाँ पनि गरिन्छ। मैले भने अहिलेसम्म त्यस्तो फोटो सुट नै गराएकी छैन।

तपाईंले काम गरेका धेरैजसो चलचित्रमा अन्तरंग दृश्यहरू छन्, अविवाहित युवतीले यस्ता दृश्य गर्नुपर्दा के सोच्नुहुन्छ ?
त्यसलाई म केवल कामका रूपमा हेर्छु। अविवाहित युवतीलाई सुटिङ स्पटमा त्यस्ता दृश्य दर्जनौं व्यक्तिका अघि गर्नुपर्दा सहज लाग्न सक्दैन। तैपनि म भाग्यमानी छु, किनभने मैले असल निर्देशकहरू पाएँ। उहाँहरूले त्यस्ता दृश्यमा काम गराउँदा एकदमै सहज वातावरण बनाइदिनुहुन्छ।

तपाईं केही समयदेखि एक जना निर्देशकको प्रेममा हुनुहुन्छ भन्ने बजार हल्ला छ, के भन्नुहुन्छ ?
बजार हल्ला कहाँ सत्य हुन्छ र ?

त्यसो भए प्रेममा हुनुहुन्न ?
मैले कहाँ त्यसो भने र ? म सानैदेखि आमा-बुवाको प्रेममा छु, साथीभाइको प्रेममा छु। प्रेमबिना को बाँच्न सक्छ र ?

तरुनी युवतीले आफ्नो श्रीमान् छान्ने खालको प्रेमको कुरा गरेको।
हुन सक्छ, तरुनी युवतीले आफ्नो प्रेमी खोज्नु कुन ठूलो कुरा भयो र ?

यो त कूटनीतिक उत्तर भयो। स्पष्ट शब्दमा भन्न मिल्दैन ?
के भन्नु ?

प्रेममा हुनुहुन्छ कि हुनुहुन्न ?
छु।

विवाह कहिले गर्ने ?
प्रेम हामीले गर्‍यौं। विवाह गर्नु उपयुक्त छ कि छैन भनेर सोच्ने जिम्मा भने परिवारलाई दिएका छौं। परिवारले स्वीकृति दियो भने विवाह गर्छौ।


किन बिर्सने जातपातका कुरा ? - सञ्जीव

पशुपति शर्मा र देविका केसीको तीज गीतका विषयमा बहस चर्केको रहेछ । यो बहसमा विभिन्न पक्ष-विपक्षका तर्कमा खासै नयाँपन देख्न सकिनँ । मेरा तर्क पनि पूरानै हुन् । तिनलाई यो सन्दर्भमा दोहोर्‍याउन उपयुक्त ठानेर यो ब्लग लेख्दैछु ।

सर्वप्रथम, शर्मा र केसीको गीत र यसले दलितको मनोभावनामा पुर्‍याउने असरका विषयमा सेतोपाटीमा प्रकाशित भोजराज विश्वकर्माको लेख नै पर्याप्त छ । यस विषयमा मेरो थप भन्नु केही छैन । खोक्रो राष्ट्रियता र कोरा जातिवादले धमिल्याएको जातीय प्रश्नका सेरोफेरोमा म आफ्ना विचारलाई सीमित पार्नेछु ।

नेपालमा विशेष गरि उच्चजातका शहरीयाहरू माझ जातपातका कुराप्रति विशेष वितृष्णा छ जसलाई शर्मा र केसीको गीतले राम्रैसँग उजागर गरेको छ । यो सोचको बढ्दो प्रभावस्वरूप जातपातका कुरा नगरौँ, हामी सबै नेपाली हौँ, जातपात कलहको बिउ हो आदि तर्क सोसल मिडियादेखि सामान्य कुराकानीमा मात्र होइन गीतसंगीतमा पनि प्रशस्त ठाउँ पाउन थालेका छन् । यस सन्दर्भमा केही समयअघि निस्केको हरिवंश आचार्यको 'खोक्रो सारङ्गी' भन्ने गीत पनि उदाहरण हुनसक्छ ।

यो भावना इमानदार होला, तर सतही र घातक छ । यसले न त विगतमा विभेद भोगेका र हालसम्म पनि भोगिरहेका समूहलाई सम्मान गर्छ न त सकारात्मक परिवर्तनका लागि आधार तयार पार्न सघाउँछ । जातपातविरोधी सतही राष्ट्रवादी सोचभित्र उच्चजातका मानिसको दम्भ र उनिहरूले मन पराउने खोक्रो आदर्श लुकेको छ । 

हामीले बुझ्नुपर्ने र स्वीकार गर्नुपर्ने कुरा के हो भने नेपालको जातीय संरचना र यसको राज्यसंयन्त्रसँगको सम्बन्धका कारण हिन्दू जात समूहमा तल्लो जातमा पारिएका र अल्पसङ्ख्यक जनजाति समूहले विभेद र असमानता भोगेका छन् । यो विभेदका सामाजिक-सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामहरू छन् । जुन समूहले विभेदको सामना गर्नुपरेको छ त्यसले मात्र स्पष्ट रूपमा यी आयामहरूको अनुभुति गर्न सक्छ । नेपालमा कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशत दलित र ५० भन्दा बढी सीमान्तीकृत जनजाति समूहले विगतको राज्यले प्रश्रय दिएको संरचनात्मक विभेद भोगेका छन् जसको अन्त्य हालसम्म भइसकेको छैन । 

डोकाले छोपेर, मनबाट निकालेर, बिर्सेर, बेवास्ता गरेर -यो विभेद हराएर जाँदैन । "हामी सबै नेपाली हौँ, जातपातको कुरा बिर्सौं" भन्ने भावना विभेदको सही उपचार होइन । भोका र अघाएका; खुट्टा भएका र नभएका; होचा र अग्ला समान गतिमा कुद्न/उफ्रन सक्दैनन् । 

देशप्रतिको माया आकाशबाट बर्सिने होइन -यसका लागि ठोस आधार चाहिन्छ । कसैका मनमा देशप्रतिको माया पलाउन उसले सबैभन्दा पहिला देशले पनि आफूलाई माया गरेको अनुभूति गर्न सक्नुपर्छ ।

यदि इतिहासको कुनै पक्ष वा समय दुखद थियो भने त्यसको परिपूरणका लागि त्यसका स्मृति नामेट बनाउने होइन झन् गाढा बनाउनु आवश्यक हुन्छ । विगतका आततायी र दुःखद युद्धका स्मृतिलाई संगहालयमा राखिनुको उद्देश्य युद्धप्रतिको मोह होइन, त्यसको संझनाले भविष्यमा हामीलाई युद्धले निम्त्याउने विनाशप्रति सचेत बनाओस् भन्ने हो । त्यसैगरि, हाम्रो समाजमा विद्यमान जातीय विभेदलाई हामीले हाम्रो स्मृतिबाट हटाउने होइन, यसलाई गाढा बनाएर राख्नुपर्छ ।  पशुपति शर्मा र देविका केसीको गीतका विषयमा भइरहेको बहसमा विद्वान र चेतनशील मानिसहरूले विगतलाई बिर्सन गरिरहेको आग्रह आश्चार्यलाग्दो छ ।

त्यसमाथि, नेपालमा जातीय विभेद विगतको कुरामात्र पनि होइन । यसको उपस्थिति र प्रभाव समाजमा हालसम्म पनि कडारूपमा विद्यमान छ । दलित वा सीमान्तिकृत समुदायले समाज र राज्यबाट अनेकन विभेद र असमानता खेपिरहेका छन् हालसम्म । 'हामी सबै नेपाली बनौँ' भन्ने बकम्फुसे नाराले यसको अन्त्य गर्दैन ।

जातीय प्रश्नको कोरा समाधान खोज्ने उग्र जातिवादीका गतिविधिले नेपालमा समता र समावेशिताका मुद्दालाई धमिलो बनाएको तथ्य नकार्न मिल्दैन । आज दलित अधिकारका विषयमा हुनेगरेका टिप्पणीको अश्लीलताको आधार यो पनि हुनसक्छ । जातीय मुक्तिका नाममा उछृङ्खल र अव्यवहारिक शैलीका राजनीतिक भाँडभैलोमा संलग्न जातिवादी र तिनलाई निसर्त समर्थन गर्ने सीमित बुद्धिजीविले समावेशिताका मूल प्रश्नलाई बहकाइदिएका छन् -जसबाट समावेशिता र समताका प्रयत्नको व्यवहारिकतामा शंका गर्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ जसलाई दुखद मान्नुपर्छ ।

यसो भन्दैमा दलित र सिमान्तिकृत जातीय समुदायले भोगेको विभेद र असमानतालाई नकार्नु उचित र शोभनीय हुँदैन । जुन राज्यसंरचनाले दलित र सिमान्तीकृत जनजाति समूहलाई विभेद भोग्न बाध्य बनायो त्यसको संस्कार र संरचनामा ठोस परिवर्तनबिना तिनै दलित र जातीय समूहलाई त्यही राज्यप्रति आस्थावान बन्न प्रेरित गर्नु भद्दा ठट्टामात्र हो ।

पशुपति शर्मा र देविका केसीको गीतले उत्पन्न गरेको तरङ्गले हामीलाई आफ्नो समाजको थिति र संरचनाका विषयमा सोच्न बुझ्न झक्झक्याएको होला । यो परिणामलाई सकारात्मक मान्नुपर्छ । तर, गीत आफैंमा नेपालका उच्च जातका मानिसको मनमा रहेको सतही राष्ट्रवादी सोचको उदाहरण हो जुन हामीले चाहेको सुधार र प्रगतिको खिलाफमा छ ।

गीतमा भनिएको जस्तो उच्च जातका मानिसहरूले आफ्ना छोराछोरीको विवाह दलितसँग हाँसीखुशी गराएको कुरा कोरा कल्पना हो । दलित र अन्य जातका सदस्यका बिच भएका वैवाहिक सम्बन्धका कारण सामाजिक वहिष्करणमा परेका र मारिएका समेत घटना देखिरहेका दलितलाई शर्मा र केसीको गीतले गिज्याएको छ -सम्मान गरेको छैन । 

सकारात्मक परिवर्तन न त कोरा र अवास्तविक कल्पनाको जगमा उभिन सक्छ न त लालुपाते सतही राष्ट्रवादको आडमा जीवित रहन । दलित र जनजातिको सम्मानका लागि उनिहरूका गीतमा अन्तर्निहित भावना र संवेदनालाई चिन्न आवश्यक छ । शर्मा र केसीको गीत मेरो विचारमा उत्ताउलो तीज गीत मात्र हो जुन शहरीया उच्चजातका मानिसको कोरा बुझाइमा आधारित छ ।

दलितलाई गैरभौगलिक प्रदेश : संसारमा भूगोल नै नभएको प्रदेश हुन्छ ?

डा. भिमार्जुन आचार्य
आगामी माघ ८ गते नयाँ संविधान आउने कुरामा यहाँको बुझाई र बिश्लेषण के छ ? 
हामीले देखेको कुरा बोल्ने हो । घटनालाई विश्लेषण गर्ने हो । माघ ८ गतेको कार्यतालिका अनुसार संविधान आउने सम्भावना देख्दिन । त्यसमा धेरै कारणहरु छन । सायद अन्तिमसम्म प्रयासहरु भए भने संविधान बन्ने सम्भावना रहला ।
अझै पनि कार्यतालिका प्रभावित भएको छैन ? कसरी तपाईले माघ ८ भित्र संविधान बन्न गाह्रो छ भन्नु भो । 
यसको मूल कारण छ । प्रभाव त हिजो आज बाट शुरु भै सक्यो । संविधानको कार्यतालिका अनुसार भदौको अन्तिम सातासम्म संविधानसंग जोडिएका विवादित विषयहरुलाई मिलाउनुपर्ने उहाँहरुको कार्यतालिका छ । भदौको अन्तिम सातासम्म ती विवादित विषयहरुलाई टुङगाएर संविधानसभाको पूर्ण बैठकमा त्यसको प्रतिवेदन पेश गर्ने र कुनै नयाँ कुरा आयो भने त्यसको सम्बोधन गर्न संविधानसभामा लाने कुरा छ । त्यो चिज चाहि हिजो आजको कार्य गराईमा त्यो देखिएन । असोज महिनामा त संविधानको मस्यौदा नै तयार हुनु पर्छ जसलाई राजपत्रमा प्रकाशित गरेर आमनागरिकमा छलफमा लार्नुपर्छ । यससम्बन्धी कुनै त्यस्तो गाह्रो देख्दिन । तर राज्य पुनृसंरचनाको विषयमा प्रवेश नगरेको कारणले गर्दा मलाई लाग्छ माघ ८ गतेको सम्भावना छैन् । मानसिक तयारी हुदाँ खासै फरक नपर्ला । १०० प्रतिशत बन्दैन भन्दा पनि जनतामा निराश आउछ । त्यो भन्दा पनि कार्यतालिका अनुसार ल्याउनु भनेर चाहना राख्दा राम्रो हुन्छ होला ।
दलहरुले त माघ ८ को विकल्प नै छैन भनेका छन ? संविधानसभा अध्यक्षले त्यो मिति भन्दा तलमाथि हुदैन भनीराख्नु भएको छ ?अहिलै नै बन्दैन भन्दा नकारात्मक असर पर्न जान्छ कि ? 

नकारात्मक जादैन । हामीले सार्वजनिक ठाँउमा झुट बोल्दा सक्दैनौ । नेताहरुलाई चाहि छुट हुन्छ होला । तर हामी जस्तो मान्छेले झुट बोल्ने भन्ने हुदैन । संविधान कार्यतालिका उहाँहरुले बनाएको हुनाले संविधान ल्याउछु भन्ने कुरा बाध्यता हो । मेरो पनि कामना छ । माघ ८ गते के चुनौतिहरु देख्छु भन्दा संविधानको नाममा नेपाल र नेपालीहरुले धेरै समय खर्चिए । यो अति भो । नेपाली जनतालाई एक थान संविधान चाहिएको छ । उहाँहरुले सके त माघ ८ भन्दा अगाडी नै संविधान जारी गरे हुन्छ । तर प्रश्न के हो भन्दा उहाँहरुले भदौको तेश्रो सातामा विवादित मुद्धाहरु जसरी टुङाउने प्रतिवद्धता जुन गर्नु भएको थियो त्यो नगरि सकेपछि, कुनै पनि हालतमा संविधान जारी हुन सक्दैन ।

तपाईले भनेको यो एकथान संविधान भनेको के हो ? 
होइन, लोकतान्त्रिक संविधान हो । नेपाल र नेपालीहरुको संविधान हो । संविधान एक थान आउने भएको हुनाले एक थान भन्या हो । संविधान वहुवचन हुदैन । कहिले काही केही नेताहरुले आर्दशका कुरा गर्दछन । त्यो गलत कुरा हो । हामीले आमनागरिकलाई अहिले देखिनै के भन्नुपर्छ भने संविधानका केही सिमाहरु हुन्छन । सक्ने कुराहरु संविधानमा सम्बोधन गर्ने हो नसक्ने कुराहरु संविधानकावादहरु नाराहरु संविधानमा आउदैन । त्यो कुराहरु आमनागरिकमा हामीले भनेनौ भने भोली संविधान आएको वेला नागरिकमा भएको कुन्ठाहरु आउन सक्छन । मैले के भनेको भन्दा संविधान लेख्नको निम्ति दलहरु व्यवहारिक हुन जरुरी छ । त्यो भनेको जनताका अधिकारका कुरा संविधानमा लेख्नुहोस । उत्पीडितका कुराहरु छन, दलितका कुराहरु छन ती सबै संविधानमा लेख्न सकिन्छ । तर नसकिने कुराहरु किन भन्दै हिड्ने ? त्यसैले जति सक्दो छिटो एउटा यो अध्यायको अन्त्य गर्ने ।
तपाईले भनेजस्तो संविधान भित्र लेख्नै नपर्ने कुराहरु पजि दलहरुले लेख्न लागेका छन छ र ? 
यहि निर त हाम्रो कमजोरी । अहिलेको संंविधानभित्र भएका मुद्धाहरु आधा भन्दा धेरै मुद्धाहरु हाम्रो संविधानमा सरोकार नै राख्दैन । तपाईले सिंङ्गो देशलाई देशान्तर गदै हुनुहुन्छ । राज्यपूनसंरचनाका विषयहरु जातीयका, पहिचानका र जातीय राज्यका त्यो संविधानका सम्पूर्ण रुपमा मुद्धा नै होइन । जुन २१ औ शताब्दीमा लेखिने संविधानमा जुन कुरा उठाउन नमिल्ने थियो । त्यो मुद्धा उठाई राख्नु भएको छ । मेरो भाषामा त्यो मुद्धा नै होइन । उत्पीडित दलित जातीको कुरा एउटा कुरा हो । त्यो जायज कुरा हो । संविधानले सम्बोधन गर्नुपर्ने कुरा हो । राज्य संरचनाको कुरा त्यो सहि छ । जातीय राज्य कुरा यो देशमा सबैभन्दा उत्पीडनमा परेको समुदाय दलित हो हिजो संविधानसभाले राज्य दिने भन्यो । हिजोको प्रस्तावित १४ प्रदेशमा ९ वटा जातीय प्रदेश भए । सबैभन्दा उत्पीडित वर्ग दलितले भन्यो मेरो स्थान कहाँ छ ? दलितलाई के जवाफ दियो भन्दाखेरी दलितलाई हामीले गैरभौगलिक प्रदेश दियौ भने । संसारमा भूगोल नै नभएको प्रदेश हुन्छ ? यो भन्दा नचाहिने मुद्धा कहि हुन्छ ? मैले के गर्न खोजेको भन्दा हामीले उठाएका कयौ मुद्धाहरु नचाहिने छन । त्यस्ता मुद्धाहरुमा हामीले समय खेर नफालौ । यो कुरालाई तपाई बढाउनु भयो भने संविधान लेखिदैन, लेखिए पनि संविधान काम लाग्दैन ।
संविधानसभाले जुन काम गरिराखेको छ यो हिजोको संविधानसभाले गरेको काम हो । मतलव हिजो गरेकै काममा संविधानसभा घुमिराखेको छ । जुनजुन कुराहरु सहमति भएका थिएनन । ती कुराहरु यथावत नै छन । यसले पनि ढिलाई गर्छकी ? 
हो त, हाम्रो चाहना माघ ८ गतेनै संविधान आहोस भन्ने हो । यो दलहरुको प्रतिवद्धता हो । उहाँहरुले निर्वाचनको बेला माघ ८ गते संविधान जारी गछौ भनेर भन्नु भो । उहाँहरुले कार्यतालिका बनाउदा माघ ८ गते नै लेख्छौ भनेर कार्यतालिका बनाउनु भो । हामीले त्यो भनेको होइन । हामीले दिएको समय त चार वर्षको लागि हो । २ वर्षमा लेख्छौ भनेर भनेको भएपनि हामीले आपत्ति गर्ने थिएनौ । तर प्रश्न के हो भनेदेखि जे सक्नु हुन्छ त्यो भन्नु होस हाम्रो कामना त्यो हो । नहुनी कुरामा नागरिकलाई वेबकुफ र उल्लु बनाउने तपाईहरुलाई अधिकार छैन । माघ ८ पनि त्यहि हो क्या । केही कामहरु उहाँहरुले गर्नु भो तर केही गर्नु भएन । त्यहि कारणले संविधान जारी भएन । हिजो जुन मुद्धामा हामीले संविधान सभालाई असफल बनायौ त्यो मुद्धामा उहाँहरु प्रवेश नै गर्नुभएको छैन् । त्यो मुद्धा भनेको राज्यपुनसंरचनाको, संघिय राज्यको हो । भन्दै हुनुहुन्छ म माघ ८ गते भित्र संविधान ल्याउछु । ल्याउनुहोस स्वागत छ । तर जुन चिज नहुने हो त्यो चिज किन बोल्नुहुन्छ ? त्यो नबोल्दा जनतामा हिनता हुदैन । अझै पनि समझदारी र व्यावहारीक भएमा संविधान आउन सक्छ । आहोस भन्ने हाम्रो कामना हो । 
प्रस्तुतिः पुरन दर्नाल

जातजातिको सङ्कुचित घेराभित्र बसेर दलित हुँ, भएँ भनेर मात्र के गर्ने ? - घिमिरे ‘मैदेली’


कुरा गर्नुहुन्छ र पनि ! केको यो जात र त्यो जात, यो दलित र त्यो दलित भनेर दलितका कुरा गर्नुहुन्छ ? आफ्नै जातिकाले आफ्नै जातिका हक अधिकारबाट पाउने भागबन्डा मुठ्याउँदै मुख मिठ्याउँदै गरेका छन् ! जाति, जनजातिकै कुरा गर्नुहुन्छ भने पनि क्षेत्री, बाहुन, मगर, तामाङ, गुरुङ, चेपाङ, थारु, दनुवार, कामी, सार्की चाहे जो जुन जातको भए पनि उहीउही वर्गका बाठाटाठानै दलित हुँ भनेर जिल्ला र केन्द्रबाट पाउने सुविधा लिएर मोटाएकै छन् । एउटै शरीरका अङ्गअङ्गमा त रङ्गढङ्ग नमिलाएर अङ्गभङ्गको राजनीति गर्ज खोज्छ मान्छे ! अनि को दलित चुप लागेर बस्न सक्छ ? 
आफूबाट आफ्नै दुईखुट्टालाई दलित बनाएर दलेको कुरा कुन दल र दक्षले बुझेको छ ? प्रत्येक शरीरबाट हामी खुट्टाहरू दलित भएका छौँ । नानाभाँतिका नाक ठड्याएर हिँड्ने मान्छेले जाबो खुट्टोलाई किन वास्ता गर्दोरेछ र ?
आजको दुनियाँमा दलित भनेर कुनै जातजातिमा मात्र मापन नगर्नोस् । मान्छेबाट मान्छेकै खुट्टो दलित भएका छौँ । हिँड्न नसकेर गलित भएका छौँ । जे पाए पनि खानेचाहिँ मुखले, सकिनसकी हिँड्नुपर्ने चाहिँ हामी खुट्टाले ? अनि यसरी दलिएपछि दलित भएनौँ त हामी खुट्टा ? हामी खुट्टाका अधिकार खोई ? कानुन खोई ? अझ त्यस्तै परे टाउको र छाती जोगाएर खुट्टामा गोली हान भन्छ रे कानुन ! भारी बोकाएर होस् वा भुँडी बढाएर होस् खुट्टालाई भारी बढाएर जोत्न पाएकै छन् । जात वर्ग लिङ्गका सबै मान्छेले । कानुन त मुकदर्शी भैसकेपछि कसको के लाग्छ ?
विश्वमा जतिकरोड मान्छे छन् ती सबैका खुट्टा दलित छन् । यहाँ जातजातिको सङ्कुचित घेराभित्र बसेर दलित हुँ, भएँ भनेर मात्र के गर्ने ? कार्य विशेष जो पनि दलित भएका छन् । पिछडिएका र थिचिएका कुनै वर्गलाई पनि दलित होइन भन्दैनौँ । दलितभित्रका पनि महादलित हामी खुट्टानै भयौँ भन्न खोजेका हौँ । जुन दलितभित्र पनि हामी खुट्टा झन्झन् दलित भएका छौँ । जातको कुरो नकोट्याऊँ । कार्यविशेष दलित बाहुन पनि हुन् । शिक्षा आदिका कारणले पिछडिएका मात्र नभई पढेलेखेका बाहुन पनि कार्यविशेष दलित नै भएका छन् । लौ हेर्नोस् त, कर्मकाण्डी बाहुन केरा र पेँडाका गुलियोमा भुलेर कामको ज्याला तोक्नै बिर्सेछन् । जजमान उसैले नछोएकी सुत्केरीलाई बाहुनले गएर वैदिकमन्त्र पढी कुशपानीले चोख्याइदिनु पर्दा र कसैले नछोएको किरियापुत्रीलाई त्यसैगरी चोख्याइदिनु पर्दा जजमानले जति दक्षिना दियो त्यसैमा चित्त बुझाएर फर्कनु परयो । हामी पनि पारिश्रमिकमा दलित भयौँ भन्छन् पुराना पुरेत । खनजोत गर्नेले दिनमा तोकियो चारपाँचसय ज्याला पाउँछ । आफू त सयपचास दछिनामा डल्लिनुप¥यो भन्दै त्यतिबेला दलित भएको महसुस पनित बाजेले गरेको हामी खुट्टाले सुनेका छौँ । यसरी दलिनेजति सबै दलित हुन् भन्ने हामीलाई लागेको छ ।
शतप्रतिशत सधैँ दलिने त हामी खुट्टा । हामीभन्दा धेरै दलिने को छ यस दुनियाँमा ? यो संसारमा ? मुलुकले नहेरे हामी अन्तर्राष्ट्रिय कानुनको शरणमा जान्छौँ । 
शरीरधारी दङ्ग छ तर खुट्टाको मर्म अर्कै छ । जुनसुकै जात, थर, वर्गको भएर के गर्ने ? धनीगरिब जोसुकै होऊन् । शरीरको तौलभन्दा ठूलो भारीसमेत बोकेर हिड्न बाध्य हुने हामी खुट्टा ! उता घुस, जुस, भुस जे खाएर मोटाए पनि त्यो भुँडीवाललाई बोक्नु परेको छ हामी दुईखुट्टाले । हाकिमसाहेबको ह्यामानको भुँडी गाडीबाट ओर्लनेबित्तिकै थाम्नुपरेको छ यही खुट्टाले । चोरफटाहाका मन र हातले बदमासी गर्छ अनि डाँडाकाँडा नभनी उसलाई जोगाउन कुद्नुपर्छ हामी खुट्टाले । अझ भाग्न सफल हामीलाई दागा धरेर भन्छन् भेटेको भए खुट्टो भाँच्थेँ। किन खुट्टो नै तारो हुन्छ ? कार्यालय बिदा होस्, काममा जान नपरोस् तर पनि झरीबादल, चीसोतातो नभनी हरेक प्रकार, प्रकृति र चरित्रका मान्छेलाई बोक्नु परिरहेको छ खुट्टाले । आजसम्म खुट्टाको समस्या कसैले बुझेको छ ? काँडो बिझोस्, गोलेनी फाटोस् घाउनै किन नलागोस्, सकीनसकी शरीर बोक्नै पर्छ खुट्टाले । कसले बुझेन खुट्टाको कथा र व्यथा ? मानिसको खुट्टा मानिसबाटै उपेक्षित छौँ । अपहेलित छौँ ।
पठ्ठी नानी मुखमा क्रिम पाउडर दल्छिन् तर तिघ्रादेखि तलका खुट्टाका भाग र भेग नाङ्गै राखेर अनुहारमा बैश देखाएर हिड्छिन् । उनीहरूबाट पनि खुट्टा दलित छौँ, पीडित छौं । गरिबले लाजमात्र छोपेर खुट्टातर्फ कपडाले छोप्न नसक्दाको खुट्टो पनि हामी नै हौँ । हिरोइनहरूले मुखमण्डलदेखि नाइटासम्म सिँगारे पनि खुट्टालाई अझै सकस दिन होला एकबित्ता अग्लो हिलजुत्ताले झनै सास्ति दिएका छन् हामीलाई । मान्छेले मुखले केही भन्यो, हातले केही गल्ती गरयो भने यही दलित खुट्टोलाई ताकेर तोकेर तेरो खुट्टो भाँच्छु भन्छन् । खुट्टा तान्ने धेरै छन् । खुट्टा समाउने, खुट्टामा छिर्की हान्ने खुट्टा तेस्र्याउनेजस्ता अवरोध खडा गर्छन् हामीलाईनै । 
साँच्चै भन्ने हो भने ज्ञानविज्ञानले पनि हामी खुट्टालाई त्यति हेरेको छैन । नाक, कान, आँखा, घाँटी, मुटु कलेजो, फोक्सो, किड्नी गुप्ताङ्ग केलाएर खेलाएर प्रत्येक अङ्ग हेर्ने छुट्टाछुट्टै डाक्टर भैसके । पुरुषले स्त्री अङ्ग र स्त्रीले पुरुषका अङ्ग हेरेर सही रोगको मात्रा मिलाएर लेख्ने डाक्टर भैसके । तैपनि आजसम्म खुट्टाको डाक्टर एउटा लेखिएको छैन, देखिएको छैन । हामीलाई दलितदलित गलितगलित बनाएका छन् सबै टाउकेहरूले ।
सुत्दा टाउकोलाई तकिया चाहिने, ओढ्दा टाउकोनै छोपिनुपर्ने, खुट्टो भने खाली ! बस्दा पुठोले कुर्सी, चकटी पाउँछ तर सधैँ दिनरात नभनी मान्छे बोकेर हिड्ने हामी खुट्टालाई सजिलो आसन कसले दिने ? लौ आफैँ भन्नोस्, खुट्टो कति दलित छ ? जात वर्ग लिङ्गका आधारमा दलित हुनेको बरु ज्यान पातलो हुँदा हामीलाई बोक्न हल्का होला, भकारीजत्रो भुँडी भएका खुरापाती हाकिम, पूरापाती ब्यापारीलाई डुलाएर हिड्न हामीलाई सधैँ हम्मेहम्मे परिरहेको छ । पहिले पहिले बरु बाबुले छोरालाई, सासूले बुहारीलाई खुट्टा माड्न लगाउँथे तेल दल्थे र त्यो परम्पराको पिँढी सर्दै जादा सबैका खुट्टाले राहत पाएका थिए । अहिले त्यो रुढ कुरो रुढी भयो । मसाज सेन्टरतिर गयो उल्टै इन्द्रियको सास्ति, पैसा नास्ति । पैसा नभई कसैका खुट्टा कसैले छुँदैन । नवबधूले जग्गेमानै श्रीमान्को खुट्टो छुन मोटो रकम मागेर मात्र छोएको त देखिहाल्नुभो । त्यसपछि न त रकम दिए न त खुट्टो छोइन् । खुट्टो सधैँ उपेक्षित, सधैँ दलित भएको छ । किन सघन उपचारदेखि सदन दुराचारसम्म खुट्टाको उपचार र उपकारका कुरा हुँदैनन् ? अब दोस्रो विधानसभामा पनि खुट्टाको सुनुवाइ भएन भने देशभरका हामी करोडौँ खुट्टा उचाल्छौं । यता जाम, उता जाम होइन खुट्टानै जाम गर्नेछौँ भन्ने खुट्टाको खवर सुनेपछि मैले पनि चुनाबमा भोटमाग्न गाउँपसेका नेताले जनतालाई मसारमुसुर गरेझैँ आफ्नो खुट्टामा आफैँले तेल दलेर मसारमुसुर गर्न थालेको छु ! 
ट्याङ्ला, कीर्तिपुर 

अब पनि संविधान नबने आफ्नै जिउ डढाउँछु - ठाकुरचन्द्र गजमेर


० तपाईंको परिचय ?
- म सर्वहारा हुँ । जातीय छुवाछूत र जातीय विभेदको अन्त्यका लागि सानैदेखि दत्तचित्त भएर लागेको । हाम्रो पहिला घर बाग्लुङ हो, अहिले बुटवलमा छ । जेठ १६ गते खुलामञ्चमा घोषणासभा गरेर हामीले राष्ट्रिय सममुक्ति पार्टी स्थापना गरेका हौँ । म त्यसको केन्द्रीय अध्यक्ष छु ।
० के उद्देश्य हो यो पार्टीको ?
- ०५९ सालसम्म दलितहरूको नाममा होस् या वीपीको समाजवादी प्रजातन्त्र र मदन भण्डारीको जनताको बहुदलीय जनवादको नाममा जति पनि आन्दोलन भए, ती कुनै पनि आन्दोलनले जातीय विभेद र सीमान्तकृत जनताको पक्षमा केही गर्न सकेन । ०४६ सालमा बहुदलीय प्रजातन्त्रको बहालीपछि अबिर लगाउने धेरै थिए । म पनि अबिर लगाएर आन्दोलनमा सहभागी भएको थिएा । रानीपोखरीमा पुलिसको गोली चल्दा मसागै उभिएको एउटा साथी मर्‍यो । मचाहिा गोली चल्न थालेपछि भागेा । त्यो भीडमा पुलिसलाई सबभन्दा पहिला धक्का लगाउने मै थिएा । ०४७ सालको संविधानलाई विश्वको उत्कृष्ट संविधान भनियो । तर, ०५१ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि त्यो संविधान उत्कृष्ट थियो कि निकृष्ट, सबले थाहा पाए ।
० तपाईं विशेन्द्र पासवानको पार्टीमा महासचिव पनि हुनुहुन्थ्यो होइन ?
- हामीले दलित-जनजाति पार्टी गठन गर्‍यौँ । संविधानसभाको निर्वाचनमा ५२ जना उम्मेदवार प्रत्यक्ष निर्वाचनमा र ७४ जनालाई समानुपातिकमा खडा गर्‍यौँ । त्यसवेलासम्म कसैले सहयोग गरेका थिएनन् । मैले आफ्नोतर्फबाट लगानी गरेको थिएा । त्यसवेलासम्म मेरो उद्देश्य भनेको दलित र जनजातिको राज्यसत्ता स्थापना होस् भन्ने थियो । तर, संविधानसभाको निर्वाचनमा हाम्रो पार्टीका साथीहरूले कहीा पनि जित्न सकेनन् । अर्को कुरा, विशेन्द्र पासवानको बोलिमा जे आउने गर्छ, व्यवहारमा नआउने कारण म सममुक्ति पार्टी गठन गर्न बाध्य भएको हुा ।
० दलितको भूमिका यो देशमा कत्तिको छ ?
- माओवादीले जनयुद्ध सुरु गर्दा उसले दलित र जनजातिलाई आफ्नो टार्गेट ग्रुप बनायो । त्योभन्दा अगाडि कांग्रेस र एमालेले दलित-जनजातिलाई पर्चा, पम्प्लेट र झोला बोकाए । तर, माओवादीले बन्दुक र बारुद बोकायो । त्यो युद्धमा ११ हजार दलित मारिएका छन् । तर, प्रचण्डजी जब प्रधानमन्त्री बन्नुभयो, त्यसवेला उहााले मन्त्री बनाउनलाई एउटा पनि दलित भेट्नुभएन । दलित कार्यकर्ताले एकजनालाई मन्त्री बनाउनुपर्‍यो भनेर कुरा पनि राखे । तर, उहााले 'कोही पनि छैन' भन्ने जवाफ दिनुभयो । युद्धमा मर्नलाई ११ हजार भेट्टाउने, मन्त्री बनाउनुपर्ने भएपछि कोही पनि नहुने, यो कस्तो कुरा हो ? त्यसैले मैले भन्ने गरेको छु, प्रचण्डपथ भनेको ब्राह्मणवादको तेस्रो पार्ट हो । अहिले यथार्थमा के भयो भने, बिपीको सोसियल डेमोक्रेसी शोषक ब्राह्मकेसी हुन पुग्यो, मदन भण्डारीको जनताको बहुदलीय जनवाद जनैवादमा परिणत हुन पुग्यो र प्रचण्डजीको पनि त्यस्तै भयो । जेठ १४ गतेसम्म आइपुग्दा सबै राजनीतिक दलमा यथास्थितिवादी सोच र चिन्तन रहेछ भन्ने प्रस्ट भयो ।
० प्रचण्डले महेन्द्र पासवानलाई मन्त्री बनाउनुभएको होइन र ?
- उहााले आठ महिनासम्म कुनै पनि दलित पाउनुभएन । सरकार ढल्ने वेलामा महेन्द्र पासवानलाई मन्त्री बनाउनुभयो । हामीले वीरगन्जमा ०६५ फागुन २१ र २२ गते भारतीय मन्त्री रामविलास पासवानलाई बोलाएर एउटा कार्यक्रम गरेका थियौँ । काठमाडौं फर्किने वेला एयरपोर्टमा माओवादी नेता सिपी गजुरेल भेटिनुभयो । रामविलासले सिपी गजुरेललाई 'सबको अधिकार होना चाहिए' भन्नुभयो । सिपीजीले 'हाा-हाा' भन्नुभयो । मैले भनेँ, 'राजशाही तो खत्तम हो गया, फिर ब्राह्मणशाही लागू हुवा है, उसका नेतृत्व स्वयं प्रचण्डजी कर रहे है !' यसमा सिपीजीले आपत्ति जनाउनुभयो । मैले त्यही कुरा भनेँ, जनयुद्धमा पर्ने मान्छे चाहिादा ११ हजार दलित पाउने, अहिले मन्त्री बनाउनलाई एउटा दलित नपाउने ? यसपछि बल्ल महेन्द्र पासवान मन्त्री हुनुभएको हो । 
० ब्राह्मणवादको कुरा गर्नुभयो । के आधारमा ?
- दलित र जनजातिको अधिकारप्राप्तिको झुटा आश्वासन दिएर माओवादी, कांग्रेस र एमालेहरू ठूलो पार्टी भए । आज माओवादीको केन्द्रीय समितिमा एकल जातीय बहुमत छ । जनसेनामा ७ देखि १० प्रतिशतसम्म दलित छन्, तर कमान्डरमा एउटै छैनन् । अभिजात्य वर्गका कब्जामा त्यो पार्टी पुगेको छ । एक दुईजना समावेशी सिद्धान्तका आधारमा केन्द्रमा राख्नु नै पूर्णता हाइन । हामी चाहन्छौँ, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, कूटनीतिक नियोगदेखि सुरक्षा निकायसम्ममा त्यो कुरा लागू हुनुपर्छ । 
० माओवादीबाट बाहिरिएका कार्यकर्तालाई पनि समेट्ने भन्नुभएको थियो नि !
- प्रचण्डको झुटो नारा आज यथार्थमा देखिन थालेको छ । उहााहरूको वाद एकातिर, व्यवहार अर्कातिर, उद्देश्य एकातिर, काम अर्कातिर भएको छ । संविधानसभाका नाममा उहााहरूले राज्यलाई ब्रह्मलुट गर्नुभयो । निर्धारित मितिमा संविधान बनाउनुभएन । किनभने, उहााहरूलाई ब्रह्मलुट गर्न पुगेकै थिएन, त्यसैले एक वर्षको म्याद थपियो । आगामी एक वर्षमा पनि संविधान बन्दैन, म ग्यारेन्टी गर्छु । किनभने, उहााहरू दलित-जनजातिलाई अधिकार दिनै चाहनुहुन्न । यदि संविधान लेखियो भने केही न केही अधिकार दिनुपर्छ । त्यो अधिकार दिनुपर्ला भन्ने पिरले उहााहरू संविधान लेख्न चाहनुहुन्न । त्यो कुरा बुझेका र उहााहरूले गुलामका रूपमा प्रयोग गरेका कार्यकर्ता त्यहााबाट बाहिरिएका छन् । उहााहरू हामीसाग आउनुभएको छ । 
० कुन-कुन स्तरका छन् ?
- विभिन्न तहको जिम्मेवारीमा रहेका, जनमुक्ति सेनामा काम गरेर अयोग्य ठहर्‍याइएकालगायत सयाँै पूर्वमाओवादी कार्यकर्ता हुनुहुन्छ । प्रहरी-सेनाका द्वन्द्वपीडित अनि कांग्रेस-एमालेको जनैवादमा विश्वास नभएकाहरू पनि हामीसाग आउनुभएको छ ।
० तपाईं शाहीकालमा तत्कालीन राजासाग निकै भेट्नुहुन्थ्यो होइन ?
- कदापि हुन सक्दैन, गोकर्णमा एकचोटि ज्ञानेन्द्रलाई मैले भेटेको थिएा । मैले भनेा, 'महाराज, यदि दलित, जनजाति, आदिवासी, महिला र मधेसीलाई अधिकार नदिने हो भने माओवादीको मुद्दा यिनै वर्गका लागि उठाइएको छ, त्यसैले सरकारको श्रीपेच तीन वर्षभित्रमा जान्छ ।' मैले सुझाबपत्र पनि दिएा । राजाले मेरो कुरा मानेनन्, उनको श्रीपेच गयो । कांग्रेस र एमालेले पनि आफ्नो साख यथावत् राख्ने हो भने जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र सबैखाले विभेदविरुद्ध कडाभन्दा कडा कानुनी व्यवस्थाका लागि लागिपर्नैपर्छ । अहिलेसम्म राज्यले विस्थापित गरेका वर्ग र समुदायका लागि क्षतिपूर्तिसहित आरक्षणको व्यवस्था हुनुपर्छ । यदि यो मूल्य र मान्यता राज्यले अंगीकार गरेन भने न देशमा शान्ति हुन्छ, न देशको भविष्य नै सुरक्षित हुन्छ । नेताहरूको त कुरै छाडौँ ।
० तपाईंहरू आफैँ आफूलाई दलित भन्नुहुन्छ । दलित भनेको त नराम्रो अर्थमा भनिने शब्द होइन ?
-हामी पहिलो दर्जाको नागरिक हुन चाहन्छौँ । यो देशका सर्वहारा, शोषित, पीडित, दलित, मंगोल, मुसलमान, महिला, मधेसी र मंका खलः राज्यसत्तामा पूर्णरूपमा पहुाच स्थापित गर्ने अवस्थामा छैनन् । हामी त्यसैका लागि संघर्ष गरिरहेका छौँ । दलित भन्ने नाम समाजले दिएको हो । यो नामबाट हामीलाई मुक्त गर्न राज्यले चाहन्छ भने हाम्रो माग पूरा हुनुपर्छ । हामीले अहिले समवाद भनेका छौँ । त्यो भनेको समतामूलक समाज निर्माणमा सहायक हुन सक्छ । 
० माओवादी, कांग्रेस र एमालेमध्ये तपाईंहरूको एजेन्डा कहााबाट गतिलोसाग उठ्ला भन्ने लाग्छ ?
- सबै पार्टीका उद्देश्य गलत नहुन सक्छ, तर उनीहरूप्रति जनतामा विश्वास भएन । सम्पूर्ण पार्टी र त्यसका नेता फेल खाइसके । हामी उनीहरूमा सद्बुद्धि जागोस् भन्ने कामना गर्छाैं । हाम्रो मूल्य र मान्यतामा उहााहरू आउनुहुन्छ भने स्वागत गर्छौं । तर, उहााहरू टाढा भाग्न खोज्नुहुन्छ ।
० संविधानसभाको म्याद थपिएको छ । कसरी लिनुहुन्छ ?
- सत्ता र भत्ता बढाउनका लागि सबैले मिलेर म्याद थपेका हुन् । अबको एक वर्षमा संविधान बन्दैन भन्ने पनि निश्चित छ । मैले त जेठ १६ गते खुलामञ्चमै घोषणा गरिसकेको छु, कि यदि ०६८ जेठ १४ गते संविधान जारी भएन भने म आत्मदाह गर्नेछु । यदि त्यो मितिमा संविधान लेखिइहाले पनि त्यो संविधान ०४७ सालको जस्तै टालटुले हुन पुग्छ । 
० त्यो हुन नदिनलाई के गर्नुपर्छ ?
- समवादमा सबै आबद्ध हुनुपर्छ, राज्य समवादी गणतन्त्रतर्फ उन्मुख हुनुपर्छ । सबैखाले विभेदको अन्त्यका लागि राज्यले कडाभन्दा कडा कानुनको व्यवस्था गर्नुपर्छ । १० वर्षसम्म जेल सजाय र एक लाखसम्मको जरिवाना तोकिनुपर्छ । महिलाका लागि बक्र आरक्षणको व्यवस्था गरिनुपर्छ । अहिलेसम्म महिला आरक्षणका नाममा सुकिला-मुकिला महिलाले मात्र अवसर पाउादै आएका छन् । त्यो अन्त्य हुनुपर्छ ।
० के योजना छ ?
हामी पहिला शान्तिपूर्ण तवरले संगठन विस्तारमा लाग्नेछौँ । हामीसाग दीर्घकालीन र अल्पकालीन रणनीति छ । त्यस्तै परे हामीले सममुक्ति सेना पनि गठन गरिसकेका छौँ, युद्ध लड्नुपरे पनि तयार छौँ ।
० तपाईंहरूको पार्टी कुन स्रोतबाट चल्छ ?
- जनताले दिने सहयोग नै हो । जहाासम्म मलाई लाग्छ, नेपालमा रहेका सीमान्तकृत जनताको उन्नतिका लागि अन्तर्राष्ट्रिय समुदायले भविष्यमा सहयोग गर्नेछन् । 

सबै धर्ममा छुवाछूत -गोपाल बराइली

संघर्ष परिवर्तनका लागि नै हुन्छ। यदाकदा संघर्ष गरे पनि परिवर्तन हुन्न र त्यो संघर्षले कुनै परिणाम निकाल्दैन। नेपालको राजनीतिक आन्दोलनको इतिहास हेर्दा केही न केही परिवर्तन दिलाएकै छ। राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन वा राजतन्त्रविरुद्धको आन्दोलनले जनतामा केही न केही दिएको छ। 
 
धर्म निरपेक्षता, गणतन्त्र आदि पनि संघर्षकै परिणाम हो। तर अहिले धर्मका नाममा राजनीति गर्ने र राजनीतिको नाममा मुलुकलाई अस्थिरतातर्फ लैजाने दुष्प्रयास भइरहेको छ। जबकि नेपालका अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिरहेको छ। 
 
अब फेरि नेपाल हिन्दु राज्य बन्न सक्छ कि सक्दैन? कुनै कुरा सापेक्ष र निरपेक्ष मात्र हुन्छ भन्ने होइन, त्यो छुट्टै विषय हो। तर यहाँ धर्मले कसले के दियो र के दिएन भन्ने कुरा मुख्य कुरा हो। 
 
म कुन धर्म मान्छु, त्यो मेरो अधिकारको कुरा हो। धर्म नमान्ने पनि मेरो अधिकारको विषय हो, तर धर्मले मानिसलाई कुन बाटोमा डो:याउँछ भन्ने कुरा मुख्य हो। नेपाल बहुजातीय र बहुधार्मिक देश हो। यहाँ सबै प्रकारका धर्मले उत्तिकै महत्त्व पाएका छन्।
 
विशेषगरी नेपालमा हिन्दु धर्मावलम्बीको संख्या धेरै छ। गणतन्त्र आउनुअघिसम्म नेपाल हिन्दु राज्य भएकाले पनि यहाँ हिन्दु धर्मावलम्बीको संख्या धेरै हुनु स्वाभाविकै थियो। तर गणतन्त्रको स्थापनासँगै सरकारले नेपाललाई धर्मनिरपेक्ष बनाएपछि सबै धर्म राज्यको नजरमा समान छन्। 
 
अहिलेसम्म धार्मिक स्वतन्त्रता कायम हुन सकिरहेको छैन। ज्ञात-अज्ञात तरिकाले एक धर्मावलम्बीले अर्को धर्मावलम्बीलाई घृणा गर्ने गरेकै छन्, जुन आफैंमा गलत छ। 
 
नेपालको कानुनले सबै वर्ग र समुदायलाई समान मान्छ, तर व्यहारमा त्यो देखिँदैन। त्यही कारण नेपालका एकतिहाइ जनसंख्या भएका दलित समुदाय राज्यको मूल धारबाट बाहिरै छन्। उनीहरूले मुलुकले यत्रो फड्को मारिसक्दा पनि अझै राज्यको मूलधारमा समेट्न अनुनय गर्दै आएका छन्। 
 
यो जस्तो दु:ख अरू हुन सक्दैन। नेपालको राजनीतिक परिवर्तनमा दलित समुदायले पुर्‍याएको योगदान अतुलनीय छ। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल दलित नै थिए। परापूर्वकालदेखि नै सांस्कृतिक आन्दोलनमा पनि दलित समुदायको उत्तिकै भूमिका रहेको कुरा बिसे नगर्चीको कथा सुने पुग्छ। 
 
राजनीतिक यात्रामा पनि पहिल्यैदेखि नै दलित सक्रिय थिए भन्ने कुरा नेपाली कांग्रेसको स्थापनाकालको इतिहासको पाना पल्टाएर हेरे पुग्छ, जुनबेला धनमानसिंह परियार पार्टीको महामन्त्री नै भएका थिए। तर अहिले दलितका कुरा मात्र हुने गरेका छन् कामचाहिँ शून्य। 
 
जुन सरकार गठन गरिँदा एकजना पनि दलित नअटाएको कुरा हेरे पुग्छ। यो सबै ब्राह्मणवादी चिन्तन र सोचको कारणले भएको हो। यसो भन्दा कुनै जाति वा समुदायले टाउको दुखाइरहनुपर्ने अवस्था छैन। 
 
नेपालमा यथावत् रहेको सो चिन्तन भोलिका लागि घातक हुन सक्छ, यसमा दुईमत छैन। किनभने ब्राह्मणवादी चिन्तन कायम रहिरहने हो भने एउटा ठूलो समुदाय राज्यको मूल धारबाट बाहिरै रहन्छ। उनीहरूले जहिले पनि अधिकारका लागि संघर्ष गरिरहनुपर्ने हुन्छ। 
 
त्यसले जातीय युद्धको खतरा उत्पन्न त गराउँछ नै, धार्मिक युद्ध पनि निम्त्याउन सक्छ। नेपालको पछिल्लो राजनीतिक अवस्था विष्लेषण गर्ने हो भने पनि जातीय युद्ध हुने प्रस्ट छ। सँगसँगै त्योपछि हुने भनेकै धार्मिक युद्ध हो। यदि जातीयसँगै धार्मिक युद्ध राज्यले सामना गर्नुप:यो भने राज्य सधैं संकटमा परिरहन सक्छ। 
 
कति दलितले हिन्दु धर्म मान्छन् भन्ने त यकिन छैन तर पनि अहिलेसम्मको अवस्था हेर्दा झन्डै ६० प्रतिशत दलितले हिन्दु धर्मको समर्थन गर्छन् भनिन्छ। बाँकीले क्रिश्चियन र अन्य धर्म पनि मान्ने गरेको राष्ट्रिय जनगणना २०६८ मा उल्लेख छ। 
दलितले समसंस्कृति, न्याय, अधिकार र समानता लागि मात्र शान्तिपूर्ण रूपमा आवाज उठाएका छन्, यसलाई कसैले पनि कमजोरीका रूपमा लिनु हुँदैन। 
दलितका लागि जुनसुकै धर्म अवलम्बन गरे पनि दलितका लागि उस्तै हो। किनभने सबै धर्म मान्ने गैरदलित समुदायबाट प्रताडित हुनुपरेको अवस्था अहिलेसम्म छ। दलितले हिन्दु धर्म माने पनि तिनै हिन्दु धर्मका अनुयायीबाट पीडित भएका छन्। 
 
विशेषगरी दलित र क्षेत्री र बाहुनबीचमा संस्कार र संस्कृतिमा केही अन्तर छैन। मृत्यु, विवाह वा अन्य संस्कार एकै हुन्छन्। मान्ने शैली एउटै हुन्छन्। पूजापाठ गर्ने विधि एउटै हो। काहीं केही फरक छैन तर दलित र क्षेत्री-बाहुनलाई हेर्ने समाजको दृष्टिकोण आकाश-पातालको फरक छ। किरात वा बौद्धधर्म मान्ने समुदाय र दलित समुदायले मान्ने संस्कारमा भने कतै पनि मेल खान्न। तैपनि दलित समुदायले यदाकदा यी धर्म मान्ने गरेको भेटिन्छ। 
 
धर्म परिवर्तन मान्छेको नैसर्गिक अधिकार हो, त्यसमा दुईमत छैन। तर दलित समुदायले बाध्यात्मक परिस्थितिमा धर्म परिवर्तन गरेका छन्। पहिले हिन्दु धर्म मान्दै आए पनि हिन्दु धर्मभित्र भएको जातीय विभेदबाट मुक्ति पाइएला कि भनेर कतिपय दलित क्रिश्चियन धर्ममा प्रवेश गरेका छन्, बौद्धधर्ममा प्रवेश गरेका छन्। 
 
माओवादी जनयुद्धमा अधिकांश दलित सहभागी भए। त्यहाँ लाग्दा जातीय मुक्ति होला कि भनेरै हो। कतिपय त सबै धर्मप्रति निराश भएर मौन पनि बसेका छन्। यो सबै हुनुमा धर्मभित्र हुने गरेको विभेद नै जिम्मेवार छ। जति धर्म परिवर्तन गरे पनि दलितका लागि मुक्ति सम्भव छैन।
 
हिन्दु धर्म दलित समुदायका लागि अहितकर भन्नेहरू धेरै छन्। किनभने हिन्दु धर्म मान्ने दलित, मन्दिरमा घण्टी र त्रिशूल बनाउने दलित, ध्वाजा बनाइदिने दलित तर त्यही मन्दिरमा दलित पस्न पाउँदैनन्। यो जस्तो अन्याय अरू के हुन सक्छ र? त्यसकारण पनि हिन्दु धर्मप्रति दलित समुदायको आक्रोश बढ्ने गरेको छ। यसको अर्थ हिन्दुबाहेक अरू धर्म ठीक छ भन्ने पनि होइन। 
 
छुवाछूत कुन धर्ममा छैन र? किरात धर्म मान्नेहरूले उत्तिकै छुवाछूत गर्छन्। किरात धर्म मान्ने समुदायले उनीहरूको घरमा पस्न दिँदैनन्, छाएको खाँदैनन्, बिहावारी चलाउँदैनन्, दलितले उनीहरूका कुल पूजामा उपस्थिति जनाउन पाउँदैनन्, यदि विद्रोह गरेर त्यहाँ पुगे भने देवता रिसाए भने फकाउन सुँगुर, राँगा काट्नुपर्ने अवस्था आउँछ। क्रिश्चियन धर्म मान्नेहरूले चर्चमा छुवाछूत नगर्लान् तर उनीहरूका घरपरिवारले उत्तिकै छुवाछूत गर्छन्। 
 
दलित समुदाय त यस्तो सहनशील समुदाय हो, जसले आफूभित्रका पीडा लुकाएर पनि समाजको हित खोजिरहेको छ। यदि दलित समुदायले साँच्चै धर्मको विरोध गर्ने हो भने त्यसले गम्भीर रूप लिन सक्छ। 
 
अहिलेसम्मको अवस्था भनेको दलितले समसंस्कृति, न्याय, अधिकार र समानता लागि मात्र शान्तिपूर्ण रूपमा आवाज उठाएका छन्, यसलाई कसैले पनि कमजोरीको रूपमा लिनु हुँदैन। र दलितले यो धर्मले अन्याय गर्‍यो भनेर हतारमा धर्म परिवर्तन पनि गर्नु हुँदैन। त्यसका लागि धर्मका अनुयायीले, विशेषगरी हिन्दु धर्मका अगुवाहरूले आफ्नो धर्मभित्र जातपात र छुवाछूत नरहेको आभास दिलाउन सक्नुपर्छ।
 
हिन्दु धर्म मान्नेले धर्मग्रन्थमा कतै जातीय भेदभावको कुरा नरहेको प्रस्ट्याएर आफूले मान्दै आएको जातीय प्रथा तोड्न थाल्नुपर्छ। मन्दिरमा पस्न रोक्नु हुन्न, घरमा पस्न रोक्नु हुन्न, दलितलाई सामाजिक अपमान गर्नु हुन्न, जहाँ-जहाँ धार्मिक प्रवचन हुन्छ, त्यहाँ-त्यहाँ छुवाछूत गर्नु हुन्न र गरेमा समस्या पैदा हुन्छ भन्ने कुरा भन्न सक्नुपर्छ। 
 
त्यो गर्न सकिएन भने कुनै बेला दलित समुदायले धर्म परिवर्तनको अभियान चलाउन सक्छन्। त्यसबेला पक्कै पनि राज्यका लागि असहज अवस्था सिर्जना हुन सक्छ। त्यसलाई रोक्ने काम धार्मिक संघसंस्था र त्यसका प्रवर्तकहरूले मात्र गर्न सक्छन्। त्यसका लागि सरकारी तदारुकता उत्तिकै आवश्यक रहन्छ। 

आफ्नै छोरीलाई बेचेको आरोपमा बाबु प्रहरी फन्दामा

मकवानपुर, १३ मंसिर । आफ्नै छोरीलाई बेचेको आरोपमा बाबु प्रहरी फन्दामा परेका छन् । छतिवन् ९ सुदामाका लालबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको जोरपाटीस्थित गलैँचा कारखानामा काम गराउन पठाउने भन्दै दुई छोरी बेचेको आरोपमा विक पक्राउ परेका हुन् । उनलाई सिबिन बाल हेल्पलाइनको सक्रियतामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीसहित गलैँचा कारखानामा काम गर्ने पदमबहादुर वाइबा र उनका भाइ सीतारामलाई पनि पक्राउ गरेको छ । छतिवनबाट हेटौंडा आउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

जग्गा विद्यालयलाई दिएर गोपाल परियारको ओडार बास

फोटो :मनिष दुवाडी (ओढारमा बसिरहेका गोपाल परियार)
धादिङ : वरिपरी थोत्रा लुगा । सम्पतिको नाउँमा थोत्रा लुगा, एउटा छाता र तीन ठाउमा गाँसेका केही जोर पुराना चप्पलहरु अनि अलिअलि घामपानी छेक्ने ओढार । यी थोत्राथात्रीलाई कपडा र ओढारलाई आफ्नो संसार ठानेर सलाङ गाउ विकास समिति–६ को निवुवाटारस्थित ओढारमा ५ वर्षदेखि ५७ वर्षीय गोपाल परियार बसिरहेका छन् । 
सानैमा बाबुआमा गुमाएका उनले काकासँग अंशमुद्धा जितेर पाएको २ रोपनी जग्गामध्ये एक रोपनी सलाङ–५ मैदानमा रहेको पञ्चमुखी माद्यमिक विद्यालयलाई दिएका थिए । 

सलाङका डिल्ली प्रसाद पाठकले २०३७ तिरै उनले विद्यालयलाई जग्गा दिएपनि त्यसको सट्टा उनलाई अर्के ठाउँमा विद्यालयको जग्गा दिएको बताए । काकासँग अंश मुद्धा परेपछि सधैै किचलो हुँदा बाँकी रहेको एक रोपनी जग्गा पनि सम्हाल्न नसकेपछि गाउँ छोडेर हिडेको बताए । 
 
अंशमुद्धा परेपछि गाउँ छोडेर हिडेका परियारले राजधानीमा सेनाको घरमा काम गर्दा चितवनकी युवतीसँग विवाह पनि गरेका थिए । तर एक वर्षको काखे छोरो लिएर माइत गएकी श्रीमती नफर्केपछि उनी गाउँ फर्किए । 
 
विहे गरेपछि ससुराली नगएका उनले श्रीमती र छोराको त खोजी गरेनन नै, गाउँ फर्किएर पनि बस्ने ठाउँ नहुँदा ओढारलाई घर बनाए । 
 
ओढारमा तीन वर्षसम्म एक्लै वसेका परियारलाई सलाङकै नेत्र मगरको घरमा एक वर्ष राखियो । तर अरुको घरमा बस्नेलाई आफुले भनेजस्तो सधै कहाँ हुन्थ्यो र । निधार खुम्च्याउदै परियारले भने, ‘घरको काममा सघाएवापत खान लाउन न पाएकै थिएँ तर खेतबारी जोतेको, मेलापर्म गरेको कामको ज्याला नपाएपछि फेरी यही ओढारमा आएँ ।’
 
५ वर्षयता उनी ओढारमै छन् । दिनभर ज्यालादारीमा अरुको खेत जोत्ने, मजदुरी गर्ने र त्यहीँ खाने गर्छन । साँझमा सुत्न भने उनी निवुवाटारको त्यही ओढारमा फर्किन्छन । परियारले भने, ‘दिनभरी अरुको खेतवारीमा काम गर्छु, काम गरेको ज्याला पनि दिन्छन । काम गर्न नपाएको दिन सलाङघाटका होटलमा भाँडा माझेर भोक मेटाउँछु ।’
 
उनी काम गर्न जता गएपनि सुत्न भने यही ओढारमा आउँछन् । ‘यहीँ सुतेको पाँच वर्ष भयो, काम गर्न गएकै ठाउँमा बस पनि भन्छन तर बस्नै मन लाग्दैन’, उनले भने, ‘दिनभर गरेको कामको थकाई मेट्न नपाउदै उठ्न लाउँछन्, अरुका घरमा सुत्नुभन्दा यहीँ सुत्न मन लाग्छ । 
 
घाम लागेका बेला सजिलै भएपनि पानी पर्दा भने उनलाई सकस पर्छ । थोत्रे छाताले पानी छल्ने गरेको उनी बताउँछन् । भविष्यबारे चिन्तित हुँदै उनले शरीरले साथ दिएसम्म काम गर्ने बताए । ‘काम गर्न सकुन्जेल त खाउँला तर थला परेपछि के हाल हुने होला’, उनले भने, ‘कसैले यहीँ बेसीँमै छाप्रो बनाइदिए ज्याला मजदुरी गरेर ढुक्कले बस्ने थिएँ ।’

झड्केली छोरीलाई बलत्कार गरी गर्भवती तुल्याउने बाबु आठ वर्ष कैद

भक्तपुर, मंसिर १४ - झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र पिडीतलाई एक लाख क्षतिपूर्ती भराउने फैसला सुनाएको छ ।
श्रीमती गर्भवती भएको बेला झडेली छोरीलाई बलात्कार गर्ने धादिङ्ग ताल्ती-४ घरभई भक्तपुर कटुञ्जे-६ बस्ने २८ वषिर्य पशुपति विकलाई जिल्ला न्यायधिस बालेन्द्र रुपाखेतीको एकल ईजलासले फैसला सुनाएको हो । झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याएको ठहर भएको अदालतका सेस्तेदार खड्गराज अधिकारीले बताए ।
आफू गर्भवती भएपछि आफ्नै पतिले छोरीलाई डरधम्की देखाई पटक-पटक बलात्कार गर्ने गरेको थाहा पाएपछि पति बिरुद्ध पत्नीले प्रहरीलाई उजुरी दिएकी थिइन् । आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले गर्भ पतन समेत गर्न गराउन नमिलेको अदालतले जनाएको छ । निजलाई हाल सिविसले संरक्षण दिएको छ ।
अदालतको फैसला अनुसार पीडितलाई एकलाख क्षतिपूर्ति दिन विकले तत्काल भराउन नसक्ने भएकाले विकको सम्पत्तिबाट पछि असुल उपर गर्नेगरि तत्काल नेपाल सरकारले दिने फैसला गरेको छ । पिडीतको उमेर १४ वर्षमात्र पुगेको छ । गर्भवती बालिकाको संरक्षण गर्ने र उनीबाट जन्मने बच्चालाई आमाले संरक्षण गर्नसक्ने अवस्था नभएसम्म सिविसले संरक्षणमा राख्ने फैसला गरेको स्रेस्तेदार अधिकारीले बताए ।

दलित महिला संघद्वारा पत्रकार भेटघाट - राजेन्द्र ताम्राकार


काठमाडौं÷१४ मङ्सिर, दलित महिला संघ (फेडो) ले ‘लोकतन्त्र, न्याय, दिगो शान्ति र समावेशी संविधानका लागि दलित महिलाको राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ आगामी मङ्सिर १६–१८ सम्म संघको आयोजनामा हुन गइरहेको सम्मेलनबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।   

संघले आज राजधानीको मिडिया इन्टरनेशनलमा पत्रकार भेटघाटको आयोजना गरी मङ्सिर १६ देखि १८ सम्म हुन गइरहेको सम्मेलन र कार्यक्रमबारे आधिकारिक जानकारी गराएको हो । 
सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री शुशिल कोइरालाले आगामी मङ्सिर १६ गते विहान १०ः३० बजे ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा गर्ने कार्यक्रम तय भएको छ । 
संघद्वारा आयोजित पत्रकार भेटघाटमा संघकी अध्यक्ष दुर्गा सोबले तीनदिने सम्मेलन, संघको तयारी र भावी कार्ययोजनाबारे पत्रकारमाझ प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा अध्यक्ष सोबले दलित महिला संघ सवालमा काम गर्ने संस्था भएकाले अहिले नयाँ संविधान निर्माण प्रक्रिया चलिरहँदा अब बन्ने नयाँ संविधानमा दलित महिलाका के कस्ता मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषय सबैको चासो र चिन्ताको विषय हुनुपर्नेमा जोड दिनुभएको छ । 
संघद्वारा आयोजना गर्न लागिएको सम्मेलनमा मुलुकका ७५ वटै जिल्लाबाट दलित महिला प्रतिनिधीले भाग लिने र दलित महिलाका आम मुद्दामा सामूहिक छलफल चलाइने भएकाले पनि सम्मेलनको विशेष महत्व रहेको चर्चा गर्नुभयो । 
like us :- www.facebook.com/DalitSolidaritynepal 
तीनदिनसम्म चल्ने सम्मेलनमा नम्रता शर्माले ‘दलित महिलामाथि भएका हिंसाको अवस्था’ एमाओवादी नेता खिमलाल देवकोटाले ‘दलित महिलाको राजनीतिक सहभागिताको अवस्था र नयाँ संविधान’ डा. मुक्तसिंह लामाले ‘दलित महिलाको सामाजिक, आर्थिक तथा साँस्कृतिक अवस्था’ र पत्रकार अशोक दर्नालले ‘दलित महिलामाथि भएका भेदभाव तथा हिंसा सम्बन्धमा सञ्चार अनुगमन’ विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघकी अध्यक्ष दुर्गा सोबले जानकारी गराउनुभएको छ । 



कार्यपत्रमाथि अधिवक्ता मीरा ढुङ्गाना, शशी अधिकारी, उषाकला राई लगायतले टिप्पनी गर्ने कार्यक्रम रहेको जानकारी सोबले दिनुभयो । सम्मेलनले सहभागीबीच गहन छलफल गरी काठमाडौं घोषणापत्र जारी गर्ने र त्यसको कार्यान्वयनका लागि सरकार, राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला निकायसंग पहल गरिने पनि अध्यक्ष सोबले बताउनुभयो । 



पत्रकार भेटघाट कार्यक्रममा रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, कान्तिपुर, इमेज च्यानल, सगरमाथा लगायतका दर्जनबढी सञ्चारमाध्यममा क्रियाशिल ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

Saturday, November 29, 2014

म्याग्दीको अर्मनमा ११ सदस्यीय नेपाल दलित संघ गाउँ कार्यसमिति गठन

म्याग्दी, १३ असोज । म्याग्दीको अर्मनमा बिहीबार डिलबहादुर दर्जीको अध्यक्षतामा ११ सदस्यीय नेपाल दलित संघ गाउँ कार्यसमिति गठन भएको छ ।     समितिको उपाध्यक्षमा मनबहादुर किसान, सचिवमा सबिना बिक, कोषाध्यक्षमा धनकला बिक र सदस्यहरुमा सकबहादुर सुनार, मनमती बिक, मतिसरा बिक, मनबहादुर सुनार, सरिता सुनार, कोपीला सुनार र खुमबहादुर दर्जी रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा टकमाया सुनार, प्रेमबहादुर बिक र माया नेपाली रहनुभएको छ । 
बाबुराम थापाको अध्यक्षता र कृष्णकुमार मल्लको सञ्चालनमा सम्पन्न कार्यकर्ता भेलामा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सदस्य लोकबहादुर मल्ल, बिषेश अतिथि नेपाली काँग्रेसका जिल्ला सदस्य थमन घिमीरे बिक, मनबहादुर किसान, दिलबहादुर दर्जी, सबिना बिक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैविच  भकिम्लीमा बुधबार मनमाया बिकको अध्यक्षतामा ११ सदस्यीय नेपाल दलित संघ गाउँ कार्यसमिति गठन भएको छ ।

गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलित समुदायले लुटेर लगे

फोटो :दिवाकर भण्डारी (गढीमार्इमा काटिएका राँगा)
बारा : बाराको गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलि समुदायले लुटेर लगेका छन् । एक करोड ६० लाखमा ठेक्का लगाइएका राँगा ठेकेदारलाई लानै नदिई दलित समुदायले शुक्रवार राति सबै लुटेका हुन् । 

बलि सकिएलगत्तै ठेकेदारले राँगा तथा पाडा उठाउने तयारी गरेको अवस्थामा  बधस्थलमा दिउँसोदेखि अवरोध गर्न हजारौंको संख्यामा आएका दलितले राति लुटेका हुन् । करिब पाँच हजारको संख्यामा बलि चढाइएको राँगा तथा पाडाले भरिएको बधस्थल शनिवार बिहान भने खाली देखिएको थियो । 

यसअघि दलित समुदायले गढीमाईमा बलि चढेका रांगा बहिष्कार गर्ने बताउँदै आएका थिए । दलित समुदायका नेताहरुले महिना दिनदेखि नै सिनो बहिष्कारको अभियान चलाउँदै आएपनि उनिहरुको प्रयास निरर्थक बन्न पुग्यो । 

राजनीतिक दलमा आवद्ध दलितहरु सिनो बहिष्कार गर्ने अभियानमा सबै नेता एक भएका थिए । तर अन्तिम समयमा हजारौको संख्यामा आएका दलितले नेताको अभियानलाई बेवास्ता गर्दै बलि चढेका राँगा बोकेर घर लगेका छन् ।

हजारौको संख्यामा आएका दलितले बलि चढाइएको राँगा तथा पाडा प्रसादीको रुपमा आफुहरुले पाउनुपर्ने बताएपछि गढीमाई क्षेत्र हिजो तनावपूर्ण बन्न पुगेको थियो । 
करिब दुई सयको संख्यामा रहेका प्रहरीले बधस्थललाई घेरेर राखेका थिए । राँगा तथा पाडा उठाउन लागेको भिड्लाई तितरवितर पार्न प्रहरीले प्रयास गरेपनि ढुंगा गर्न थालेपछि प्रहरी पछाडि हटेको हो । 

गढीमाई मेला ब्यवस्थापन समितिका सचिव मोतीलाल कुशवाहाले राँगा तथा पाडा उठाउन आउनेको भिड्लाई हटाउन खोज्दा अर्को दुर्घटना हुनसक्ने खतरा बढेकाले आफूहरु पछि हटेको बताए । 
लाखौ संख्यामा भक्तजन रहेको मन्दिर क्षेत्रमा भागदौड मच्चिदा हुनसक्ने दुर्घटनाप्रति सचेत हुदै बल प्रयोग नगरिएको कुशवाहाको भनाइ थियो ।

मेलामा दलितहरूले सिनो उठाउन दिएनन्, राँगाको ठेकेदार क्षतिपूर्ति माग्ने तयारीमा 
बलिप्रथाको लागि चर्चित बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा यसपटक पनि राँगाको ठेक्का सफल हुन सकेन । पछिल्लोपटकको मेलामा नेपाल–भारतका दलितहरूले सिनो लिने अडानका बावजुद रु. ४१ लाखमा राँगाको ठेक्का लागेको थियो । यसपटक दलितहरूले सिनो बहिष्कार घोषणा गरेपछि रु. १ करोड ६० लाखमा ठेक्का लागेको थियो ।
     तर सिनो बहिष्कार गरेका नेपाल–भारतका दलितहरू आज एकाबिहानै राँगाको बलिदान हुने स्थानमा पुगेर सिनोको लागि विवाद खडा गरेका थिए । दिनभरि विवाद भएपछि समितिले दलितहरूको दबाब थेग्न नसकी साँझपख सिनो दलितहरूलाई दिने निर्णय गरेको थियो । राँगाको ठेकेदारमध्येका धीरज सहनीले बिहान साढे आठ बजेदेखि राँगाको बलि शुरू भएपछि दलितहरूले सिनोका लागि विवाद गरेका र आफूहरू सिनो उठाउन तयारी अवस्थामा रहे पनि उठाउन नसकेको बताए ।
     उनले सिनो उठाउनका लागि १२ सय कामदार, ४० वटा ट्रक र ट्रयाक्टरका साथै कलैयामा २ वटा र परवानीपुरमा १ वटा कोल्डस्टोरेजको व्यवस्था गरिएको बताए । उनले बलि चढेको राँगाको पेट काटेर आन्द्राभुँडी निकाली त्यसमा बरफ राखी कलैया र परवानीपुरको कोल्डस्टोरेजमा सञ्चय गर्ने र त्यहाँबाट छाला हटाएर मासु बिक्री गर्ने योजना रहेको बताए । दलितहरूले सिनो उठाउन समितिले निर्णय गरेपछि आफूहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको ठेकेदार सहनीको गुनासो छ ।
     ठेक्कासहित सम्पूर्ण खर्चको आकलन गर्दा करिब साढे तीन करोडको घाटा हुन सक्ने प्रारम्भिक अनुमान रहेको ठेकेदार सहनीले प्रतीकलाई बताए । समितिले ठेक्काबापतको रकम बुझेर सम्झौता गर्दा राँगाको बलिका लागि स्थान दिने, सुरक्षा दिने र आवश्यक सबै सेवासुविधाहरू उपलब्ध गराउने लिखत गरेको भएपनि सिनो उठाउने बेलामा विवाद साम्य पार्न नसकेको, सम्झौताबमोजिमको सुरक्षा दिन नसकेको सहनीले आरोप लगाए । 
    गत मेलामा दलितहरूले सिनो लुटेर लग्दा पनि करिब २३ सय सिनो उठ्न सकेको थिएन । अत्यधिक दुर्गन्ध फैलिएपछि तत्कालीन मेला समितिले खाल्डो खनेर सिनो व्यवस्थापन गर्नुपरेको थियो । 

Friday, November 28, 2014

नारायणगोपाल सम्मान खाती, योञ्जन र खालिङलाई

नारायणगोपाल सङ्गीत कोषले विसं २०७१ को नारायणगोपाल स्मृति सम्मान वरिष्ठ गायिका दिलमाया खातीलाई प्रदान गर्ने भएको छ ।
कोषले आफ्नो स्थापनाको २५औं वर्षको पूर्वसन्ध्यामा मरणोपरान्त वरिष्ठ सङ्गीतकार, रचनाकार र गायक एवम् सङ्गीत संयोजकद्वय गोपाल योञ्जन र दिव्य खालिङलाई पनि नारायणगोपाल स्मृति सम्मान अर्पण गर्ने भएको छ । 
सम्मानका साथ जनही २५ हजार छ ।सम्मान स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवसका अवसरमा मंसिर १९ गते प्रदान गरिने कोषले जनाएको छ । रासस

छोरा लुकाएर बुहारीको बिचल्ली बनाउने सासु नियन्त्रणमा

प्रेम सुनार गुल्मी । गत एक वर्ष देखि छोरालाई भारतमा लुकाएर राख्ने र यता गाउँमा बुहारीलाई विचल्लीमा पार्ने सासुलाई गुल्मी नेटा गाविसका महिलाहरुले नियन्त्रणमा लिएका छन् । नेटा गाविस वडा नम्वर ५ निवासी दिपक वि.क.लाई भारतमा राखी यता बुहारी कमला बि.क.लाई विचल्लीमा पार्ने सासु कान्छी बि.क.लाई शिव शंकर आमा समुह नेटा ६ का महिलाहरुले गाविस सचिव मेघराज पोखरेलको रोहवरमा नियन्त्रणमा लिई छोरा घर नबोलाए सम्म भारत जानबाट रोकेका हुन् । ‘उनि केहि दिन अघि भारतबाट घर आई बुहारीलाई बेवास्ता गर्दै भारत फर्किन लागेकी थिईन’ समुहकी अध्यक्ष रनमाया पुनले भनिन् –‘छोरालाई उतै भारतमा राख्ने यता बुहारीलाई विचल्लीमा पारे पछि उनलाई रोकेर राखेका छौं ।’ ‘विवाह गरेको चार वर्ष भयो गत एक वर्ष देखि दिपकले श्रीमति कमलालाई हेरविचार गर्न छाडेपछि उनको अवस्था कारुणीक रहेका छ’ पुनले थपिन–‘उनकी आमालाई भारत जान दिने हो भने उनका छोरा नआउने देखेर गाविस सचिव लगायतका भद्र भलादमी सहित आमा समुहले रोकेर छोरा नमगाए सम्म जान नदिने निर्णय गरेका हौं ।’ नेटा ६ स्थित कमलाका माईती गरिव छन् । दैनिक मजदुरी गरेर जिविका गरेकी १८ वर्षिया कमलाका श्रीमान दिपक सहित स–परिवार भारतमै नोकरी गरेर बस्ने र कमलालाई वेवास्ता गर्दै आएको अध्यक्ष पुनले बताईन्  

तम्घासमा ४० को दशक सम्म दलितलाई खुवाएको भाँडाहरु पखाल्न लगाईन्थ्यो


प्रेम सुनार -गुल्मी २५ पुष ।  हालको ब्यस्त बजार भिमचोक, शहिदचोक, चिदीचौरमा कुनै दिन निरह ताल थियो रे भन्छन् बुढापाकाहरु । पछि सम्म हाल बस पार्क रहेको स्थान र चारखोला तिर डर लाग्दो झाडी देख्ने बुढापाकाहरु त जिवितै छन् । स्याल कराएर सुत्नै दिदैनथ्यो रे ।  २००९ साल अघि सम्म पुर्ण तः सुनसान गाउँ तम्घासको नामकरण कसरी रह्यो भन्नेबारे  दुई बेग्ला बेग्लै जनश्रुति छन् । कसैले तम्घासमा ताल थियो रे, जहाँ असाध्धै घाँस पलाएको र ताल र घाँसबाट तम्घास नामकरण गरिएको भन्छन् भने अलि धेरैको जनश्रुति अर्जुन लेकका तत्कालिन दुराचारी राजको  विहे गरेर ल्यादै गरेकी बेहुलीको कुमारीत्व हरणबाट तम्घास  नामकरण रहेको भन्ने छ । एक समयका चर्चित पण्डित उपल्लो तम्घासका ९५ वर्षिय फर्शुराम  पन्थीका अनुसार  देउरालीमा अर्जुन डाँडामा रहेका ति दुराचारी राजाले नाकाका रुपमा आफ्ना सेना तैनाथ गर्ने गर्दथे र विवाह गरेर ल्याईएकी बेहुलीलाई रोक्न लगाएर माथी दरबारमा पुराएर ति राजाले कुमारीत्व हरण गरेर मात्रै पठाउने गर्दथे । पछिल्लो चरणकी वेहुलीले मानिन् । उनि माथी जान त बाध्य भईन तर बेहुलासंग भनिन् मैले आफ्नो सत डगाउन दिने छैन, म त्यससंग लडेरै आफ्नो ईज्जत बचाएरै आउने छु यदि उसले मेरो ईज्जत लुट्यो भने यहाँ रगत बग्ने छ र मैले देह त्याग गर्नेछु भन्ने वाचा गरेर गईन । हालको तम्घासस्थान मन्दिर जो उपल्लो तम्घासको खलाचौरमा छ । त्यहाँ बेहुलीको बाचा अनुसार दुधको कुण्डली बनाईयो । माथी राजासंग कुमारीत्व बचाउको संघर्ष गर्दा गर्दै सकिनन् ति बेहुलीले अन्ततः उनले देह त्याग गरिन् र केहि बेर पछि त्यो दुधको कुण्डलीमा रगतको पोखरी प¥यो । त्यो देखेर के तमासा भयो यस्तो ? भन्दा भन्दै यहाँका बासीन्दामा तमासा शब्द ओंठमा झुण्डीन थाल्यो । फलतः तमासा तमासा अप्रभंस हुँदै तम्घास नामकरण हुन गएको पण्डित पन्थीको भनाई छ । कान्छा पण्डितका नामले परिचत उनि रेसुङ्गाका प्रभु यदुका नन्दका एक मात्र जिवित साँछी हुन् । उनले तत्कालानि रेसुङ्गा र तम्घासको बेली विस्तार सुनाउँदै भने–‘  यहाँ त पुरै झाडी थियो हाम्रा पिता पुर्खाहरु एउटै घरधुरले पचास साठी वटा गाई पाल्थे । ’ काठमाण्डौंका राण महाराजको घरमा पण्डित्याई गरेको अनुभव समेत संगालेका उनि विपि कोईराललाई राण विरोधी आन्दोलनका क्रममा उपल्लो तम्घासको आफ्नो घरमा आश्रय दिने पनि जिवित साँछी हुन् । उनका अनुसार तम्घासका पुरानाबासीन्दाहरु मध्ये हालको धागीधुममा तामाखानी थियो । त्यो खानी उत्खननका लागि भार्षे लगायतका स्थानबाट मगरहरु आए । उनिहरु बसोबास गरेको ठाउँलाई खानीगाउँ भन्न थालियो ।
त्यस्तै उनिहरु संगै यहाँ पन्थीहरु बसोबास गरेका थिए । उनै पन्थीहरु संगै भुजेलखर्कमा बस्ने चुँदरा, उपल्लो तम्घासका सुनार, चारीखोलाका चित्रेहरु , बसपार्क र बसोबास गर्ने जुत्ता सिलाउने मोची , बुढीचौर, खलाचौर लगायतका स्थानमा बस्ने दर्जिहरु आएका थिए । त्यस्तै मरासीनी पनि यहाँका पुराना बासीन्दाहरु हुन् । ८० को नेटो काटेका र तम्घासमा अग्रेजी विषय पहिलो पटक पढ्न सुरु गरेको दावि गर्ने साहु टोलका ताराप्रसाद पाण्डेका अनुसार हालको रेसुङ्गा माध्यामिक विद्यालय रहेको स्थानमा प्राध्यापकद्धयः सशी पन्थी र दीन पन्थीका बाबुले नुन चामल बोक्न हिड्ने ढाँक्रेहरुलाई बास बस्न मिल्ने पौवा बनाएका थिए । जसलाई धौले पौवा भनिन्थ्यो । त्यही धौले पौवाबाट गुरुकुल शिक्षा सुरु भएको थियो । ‘हामीहरु त्यो धौले पौवामा चिपलेटी खेल्थ्यौं, घोडाहरु पालिएको थिए पाण्डेले भने–‘ त्यहीबाट हामीले गुरुकुल शिक्षा लिएका थियौं । ’ उनका अनुसार हाट वजारका नाममा पुरानो बजार र यता साहु टोलमा तमाखु, भुर्रा, सिध्रा , गुँडहरु बेच्ने साना पसल थिए । पछि साहु टोलमा अर्घाखाँची माझकोटबाट भुवानप्रसाद श्रेष्ठका पिता मथुराप्रसाद श्रेष्ठहरु आए । त्यस भन्दा अझ पहिला पुरानो बजारमा आएर राजकुमार श्रेष्ठ, सुरेन्द्र कक्षापति लगायतका बाजे गणेशप्रसाद श्रेष्ठ आएर तम्घासमा पहिलो पटक पसल राखेका थिए । तम्घासका पुराना समाज सेवी नन्दराम भुसालका अनुसार उनको पसलको नाम पछि सम्म रुन्चेको पसलका रुपमा निकै चर्चित रह्यो । भुसाल भन्छन –‘ हालको तम्घास बजारका सस्थापक ब्यवसायीका रुपमा उनै गणेश श्रेष्ठ र वजार विस्तारक तत्कालिन बडाहाकीम चन्द्रमान थकाली थिए ।
पहिलो पटक तम्घासमा २००९ सालमा पाल्पाबाट प्रशासनिक  निकाय बस्न सुरु गरेको भुसालले बताए । त्यस अघि सम्म पाल्पा कै अधिनमा रहेको गुल्मीमा २००९ साल देखि गुल्मी अर्घाखाँची जोडेर एउटा प्रशासनिक निकाय बनाईएको हो ।’उनका अनुसार खास तम्घास बजार त २०१९ सालबाट विस्तार भएको हो । त्योे प्रशासनिक निकायलाई  गौडा भनिन्थ्यो र सानो खरले छाएको पौवामा बसेको थियो । पछि सहायहक अञ्चलाधिसा बस्न थाले’–भुसालले भने । २०१९ सालमा बडाहाकिम थकालीले भुजेलखर्कका चुँदराहरुको तल तम्घास खाल्डोमा रहेको बारी किनेर वजार विस्तार गराएको भुसालले बताए । ‘उति बेला कै जमनामा त्यस्तै तिन लाख जतिमा बडाहाकिम चन्द्रमान थकालीले चुँदराको बारी किनेर चार चार हजारका दरले घडेरी वितरण गरिएको थियो’–भुषालले भने –‘हामीले त अलि पछि किनेका हौं । ’ उनका अनुसार नेपालका सडकहरु मध्ये सबै भन्दा ढिलो पिच भएको तान्सेन तम्घास मोटरबाटो हो जो विस वर्ष सम्म कच्ची नै थियो । त्यस्तै यो सडक गुल्मेली जनता आफैले पन्ध्र वर्ष लगाएर खनेका थिए र २०३९ साल बैशख १ गते तम्घासमा पहिलो पटक ट्याक्टर आएको भुसाल बताउँ छन् । यो सडक खन्नमा तत्कालिन जिल्ला सभापति र पछि तिन तिन पटक राष्ट्रिय पञ्यतका सदस्य समेत रहेका बैकुठबहादुर चन्दको मुख्य भुमिका र अतुलनिय योगदान रहेको भुसालको ठहर छ । यो सडकलाई त बैकुण्ठ मार्ग नामकरण नै गर्नु पर्ने कुरा चलेको हो तर राजनितीका करण कुरै सेलाएको बताउँदै उनले चन्दको सम्मान स्वरुप बैकुण्ठ मार्ग हुनु पर्नेमा जोड दिए । २०३९ सालमा पहिलो पटक तम्घासमा गाडी आउँदा हेर्न आउनेको ताँती लागेको थियो । दुई तिन वर्ष सम्म त गाडी चड्नका रहरले विना काम पनि  युवा युवतीहरु गाडी चड्न डाईवर सित अनय विनय गर्दथे भने पछाडीबाट झुण्डीने केटा केटीहरुले हैरान पार्दथे । जति बेला तम्घासका अधिकांस घरहरु खरले छाएका थिए । भिमचोक  लगायतको वजार माथी सिडियो क्यावटरलाई  दिशा वस्ने गौंडाको रुपमा चेतनारण मरासीनीका  पिता र उनका दाई भाईले  त्यत्तिकै दिएको जमिन हो भन्छि । उनले सिडियो क्वाटर लगायतको प्रशस्त जमिन त्यति कै दिएका थिए ।  २०३९ देखि तम्घासमा गाउँका लाहुरे, जागिरेहरुले घडेरी किन्ने क्रम सुरु भयो । ४० को दशक सम्म हालको ब्यस्त बजार मिलनचोक देखि उता उदिनढुङ्गातिर घडेरीमा आँखा लगाउने कोहि थिएन् । स साना खरका झुपडी थिए ।
पहाड जत्रा डुङ्गाका विचमा बाटो खोलिएको थियो । अलि पैसावालाले यतैतिर घडेरी किन्दै थिए । अलि थोरै पैसा हुने तर बुद्धि भएकाहरुले  पछि भए होला नभए नहोला भन्दै दोधारै दोधारमा उदिन ढुङ्गातिर घडेरी किन्न थाले । यसै पंक्तिकार  शान्ति सेनाबाट आउदा उदिनढुङ्गको ४० हजार हात घडेरी खान छिःयस्तो ठाउँमा पनि के किन्ने भन्यो र राम्रै जग्गामा पैसा हालौ भनेर नवलपरासीको प्रगति नगरमा गएर किनेको थियो । अहिले उदिन ढुङ्गाको त्यही घडेरीको मुल्य प्रति हात डेढ लाख हुँदा ठुलो पछुतो लाग्छ । अझ  हातको दश आठ हजार भाउमा महंगो भयो भनेर न किन्नेहरु झन पछुतोमा छन् । अझ देउराली, अर्खाखाँची बस पार्क तिर त कसले आँखा लगाओस । उपल्लो तम्घामा त धेरै जसो ब्यवस्थीत शौचालय समेत नभएका स साना घरका झुपडीहरु थिए । पाहुनाहरु आउँदा मान्छेले देख्ने भएकाले झिसमेसीमा उठेर पाटाका कुनाकानीमा शौचालय बस्न जान्थे । खानी गाउँका घरहरु पनि प्राय उस्तै थिए । पालीसितको खरको छाना भएको खानी गाउँका घरहरुमा उपल्लो तम्घासका सुनारहरु कतै फुपु, कतै मामा माईजु भन्दै रक्सी खाना जान्थे । भैलोमा निकै नाच्ने भएकाले पुर्सुङ्गे भनेर चिनेने वालकृष्ण बरालका बाबु र म अर्थात उहाँ की दिदीको नाती पछ्याउँदै खानी गाउँ जान्थे । खै माईजु पहिला चाखम त रक्सी भनेर उहाँले भने पछि सिल्टीको बटुकोमा रक्सी दिन्थे, जो अहिलेको डेढ बोतल त्यही एउटा बटुकामा हुन्थ्यो । खानीगाउँले मगरहरु दिएर खाएर नसकीने ब्यबहारका थिए । प्राय घर घरमा सुँगुर पालिएको हुन्थ्यो । दशैं तिहारमा कालो सुँघुरको चोपीलो मासु, अझ रक्ती हालेको भुटुवा दुनामा राखेर सुनारहरुालई दलानमा दिन्थे तर बोलीचाली र ब्यवहारमा आफ्नोपन हुन्थ्यो । उपल्लो तम्घास लगायतका ठाउँमा भने ४० को दशक सम्म सुनार लगायतका दलितलाई खुवाएको भाँडाहरु पखाल्न लगाईन्थ्यो र भित्र लैजान परे त्यो भाँडामा थोरै पानी राखेर च्वास्स आगोको कैलो हालिन्थ्यो । त्यो दशक सम्म रेडियोको च्यादर ओढ्ने चलन थियो । उपल्ला् तम्घासबाट तल बजार झर्ने बुढापाका सुनारहरु जाडोले रेडियोको च्यादर भित्र लुकाएका हातहरु निकालेर आफ्नै छोरा सरहका उमेरका युवालाई पनि जदो भन्दै हात उठाउँथे । कतिपयले त त्यो ढोग पनि नर्फकाई मुख लुकाएर बाटो लाग्थे । म सानै देखि बुढा मावल उपल्लो तम्घास वसे । भट्ट मकै खाने चलन निकै थिई दिदीलाई ‘दि’भनेर बोलाउने गरेको म अहिले सम्म भुल्न सक्दीन् । तम्घास भाषा अलि लस्के भाषा थियो उति बेला । । जति बेला जहुँ र गहुँ तम्घासमा निकै हुन्थ्यो । कोदो कम रोप्थे । गहुँको सुख्खा रोटी खाने चलन थियो र खुव खाईयो । तिहारमा पकाएका फिनी रोटी र वटुक खैरेनी वुडियाँले माघे सक्रान्ती सम्म राखी दिनु हुन्थ्यो । । उपल्ला तम्घासका ब्राम्हणहरुका घरहरु अलि देख्न लायक थिए । सुनार मध्येमा जग्गा जमिनमा धनी बाटे साईला थिए र अहिले पनि छन् । जति सम्पत्ति , सक्दो पुग्दो भए पनि उनि बाटे साईला लगायतका बुढा पाका सुनारहरुमा अहिले सम्म पनि पुरानै लावाई खवाई, पुरानै ढवाक रहेको छ । उनिहरु कहिल्लै ठुल्याई पार्न जानेन् । ४० को दशक अघि सम्म तम्घासका अधिकांस सुनारहरु गाउँमा झोला वोकेर गहना कमाउन जान्थे । दिनभरी जोत्न आएका अन्य दलितहरुलाई आटो ढिडो र सुनारलाई दुध र भात अनि मतवालीकहाँ कुखराका भाले काटेर खुवाउने चलन थियो । कुखरा किन्न जाँदा यो भाले त फुली मुन्द्री  बनाउन सुनार बोलाएका छौ उसैलाई राखेका हुँ भन्थे ।  ४० को दशक अघि सम्म तम्घासका व्राम्हण क्षेत्री महिलाहरुको नाकमा  फुली र डोलो मुन्द्र देखिन्थ्यो भने खानी गाउँका मगर महिलाको नाकमा झुम्के बुलाकी, काडे फुली , हातमा काँडे वाल, गलामा चारनी आठनीको हारी, दशैको कोटको राम हेर्न जाँदा श्रीफुल, क्लीप, मडौरी ढुङ्री लगाउथे  । झण्डै दई दशक सम्म कानमा तम्घासे सुनारले बनाएका कल्ली कांडे मडवारी महिलाहरुको निकै रोजाईको गहना बन्यो । कसका कानका मडवरीमा कति लामा कांडा छन् ? दाँज्ने गरिन्थ्यो । पछि टप फुली, नथ्थाको चलन बढ्यो । कुनै समय दाँतमा सुन बाध्ने पनि महिलाहरुमा फेशन बढेको थियो ।  नाकमा दार्जलिङ्गे फुली, लामा लामा काँडा भएको झुम्के बुलाकी र मखमलको घलेकमा पनि तम्घासे मगर महिलाहरु सजिन्थे ।  छिटको गुन्यु , रातो मखमलको चोलो र पिलासको चोलो किनै चलेको थियो भने किनार सितको धोती, कालो आस्कोट (स्टकोट) सेतो कमिजमा  पाका पुरुषहरु सजिन्थे । त्यस्तै  शहरिया फेशन खोज्ने युवाहरु ३७ ईन्च सम्मका बेली वटन पाईन्ट ल्याफ्रे ल्याफ्रे पार्दै हिड्थे । त्यो बेला सेतो टेर्लिङ्गको सर्ट , रातो पोलीस्टरको पाईन्ट अमिता बच्चन बन्न लगाउँथे युवाहरु । पछि डिस्को डान्सर, प्यार झुक्ता नही हिट भए पछि मिथुन चक्रवतीको गेटअपमा तम्घासका युवा देखिन्थे भने युवतीहरु  पदमीनी कोहलापुरे मिनक्षी सोसाद्री र श्रीदेवि बन्ने होडमा थिए । । पछि नेपाली चलचित्र कान्छीले मार्केट लियो र शिव श्रेष्ठ अनि युगदेखि युग सम्म हिट भए पछि राजेश हमाल बन्न रुचाए युवाहरु ।उता गाउँमा भने युवाहरुरु टाईट जाँगे र जुत्ता मजा चाड पर्व,विवाहमा लगाउने गर्दथे । जसलाई राख्ने कपडा भनिन्थ्यो । गाउँका बुढा पाकाहरु प्राय धरो लगाउँथे । खेत रोपाई ताका त महिलाहरु पेट मिचीमिची हाँस्ने गर्दथे आली लगाउने र खोक चलाउने पुरुषहरुको धरो  एकाति खुस्केर । अझ रोचक पुराना कुरा कोट्याउनु पर्दा राती दुई तिन वजे उठेर एक देखि अर्को गाउँमा पुग्ने बुढापाकाहरु च्यादर ओढेर पारी पुग्ने र उज्यालामा हेर्दा त के को च्यादर हुन्थ्यो गोसेनीको खद्दरको गुन्युमा पो  भेटिन्थे  । अहिले जमना कहाँबाट कहाँ पुगी सक्यो ? सिंगापुरका फेशन अहिले तम्घासमा भन्दा बढि गाउँमा पुगेको छ । गत दशैंको सुनासान तम्घास बजार नियाल्दा खास तम्घास देखिएको थियो । जहाँ गाउँ घरे फेशन थियो भने उता गाउँमा शहरिया । तम्घासको बुढीचौर,थम्का , छापटोलामा अझै शहर छिरेको छैन र विकास हुन पनि सकेको छैन् । धागीथुम, यता भुजेलखर्क वेदुखर्क, कुँडापानी, भुजेलखर्कमा केहि विकास भएको छ । सान्त र हिमश्रृंखलाले मनोरम बसाईका दृष्टीले कुनै समय छिः भुजेलखर्क भन्नेहरुको आँखा त्यो गाउँमा परेको छ । भुजेलखर्कमा समस्या खाने पानीको थियो । जव बृहत पम्पीङ्ग सिष्टम खाने पानी पुग्यो तव त्यो गाउँमा घडेरी किन्नेको ताँती छ । तम्घास भएर पनि आग्लुङ्ग भन्दा पछाडी परेको ठाउँ हो वडा नम्वर ९ । जहाँको सिस्न्यारा, बुट्टाखुरी, नेटा लगायतका टोलका मानिसहरुले खाने पानी, मोटर वाटो लगायतको विकास सुविधा पाउन सकेको छैनन् । बुट्टाखुरीका दर्जनौं दलतिहरु सुकुम्वासी छन् । व्राम्हण क्षेत्रीहरुमा पनि गरिवी ब्याप्त छ । सोता गाउँमा पनि घाउघरे चल्ती चलन छ ।
त्यहाँ पनि एक दर्जन बढी सुकुम्वासीले जग्गा पाको गराउन सकेका छैनन् । तम्घासमा मोटरवाटो आएको अहिले झण्डै तिस वर्ष भई सक्दा ग्रामिण क्षेत्रका टोल टोलमा बाटो पुग्यो तर तम्घासका वडाहरुमा भने नपुग्नुको कारण के हो ? समग्रमा हेर्दा गुल्मीको ऐतिहाँसिक पृष्ठभुमी बोकेको चारपालाले नपाएर  तम्घासले सदरमुकाम पाउनुमा धार्मिक सत रहेको बताईनछ । ऋषेश्रृङ्गाको तपोभुमि रेसुङ्गाको काँख भएकोले पनि यस्तो अवसर तम्घासले पाएको नन्दराम भुसालको भनाई छ । महेन्द्र उच्च माध्यामिक विद्यालय रहेको  जमिनमा मानव वस्ती विस्तार हुनु अति ताल जमेको र त्यहाँ  नागहरु थिए भन्छन् प्रार्चय केशरबहादुर थापा । उनले भने–‘त्यति बेलै देखि यहाँ नागको पुजा गरिन्छ र उनलाई समखान पुराउन नसक्दा अथवा विधि विपरित भए विद्यार्थीहरुमा कुनै अप्रिय घटना हुने गरेको समेत छ ।’ यस्तो धार्मिक महत्व बोकेको र सदरमुकामका कारण जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेको तम्घासलाई अव भने मानिसको चहल पहल घट्ने हो कि भन्ने चिन्दा बढेको छ  । उता रिडी रुद्रवेणी सडक खण्ड ,यता साल झण्डी अर्घाखाँची पुर्कोटदह हुँदै ढोरपाटन जोड्ने निर्माणधिन मोटरबाटो सम्पन्न भएपछि तम्घासमा मानिसहरुको आवत जावत घट्ने देखिन्छ । अर्को कुरा सभाषद चन्द्र भण्डारीले प्रतिबद्धता जनाएको साल झण्डी तम्घास फास्टट्रयाक बन्यो भने रिडी, वलेटक्सार, गौडाकोट र ऐतिहाँसिक चारपाला पछाडी पर्ने हो कि भन्ने चिन्ता पनि स्थानियवासीले गर्न थालेका छन् । त्यस्तै सडक चौडा पार्ने सरकारको निति अनुसार दुख गरेर बनाएको घर पनि भत्काई दिने हुन कि भन्ने चिन्ताले ग्रसित छन् सडक छेउछाउँका वासीन्दाहरु । सवैको माग छ वैकल्पीक सडक खोलियोस । यसरी हिजोको तम्घासको रहन सहन, गाउँ वस्तीको अवस्थाको तस्वीर नियाल्दै खानीगाउँका प्रकाश भलामी समयको परिवतर्नसगै विकास भएको बताउँ छन् । - source:-gulmitoday.com