दशरथ सुनार व्यवसायी तथा समाजसेवी |
मेहनत गरे सफल भइन्छ भन्ने राम्रो उदाहरण बनेका छन् दशरथ सुनार । रुपाकोट–१, भीरचोक कास्कीका ४२ वर्षिय उनले निरन्तर मेहनत गरेकै कारण छोँटो समयमा व्यवसायमा सफल भएका हुन । २०५१ सालतिर सानो पुंजीबाट शुरु भएको सुनारको व्यवसायीक यात्रा अहिले करोडौं रुपैयासम्म पुगेको छ । महेन्द्रपुलमा रहेको रुपाकोट ज्योति सुनचाँदी पसलका सञ्चालक उनले करिव ३५ जनालाई रोजगारी दिएका छन् । निम्नमध्यम परिवारका सुनार विभिन्न सामाजिक क्षेत्रका काममा पनि क्रियाशिल छन् । उनी विश्वकर्मा समाज भवन निर्माण समिति, जनमुखि सहकारी संस्था, रुपाकोट–पोखरा सम्पर्क मञ्च र नेपाल सुनचाँदी व्यवसायी संघमा पनि आबद्ध छन् । दलित समुदायलाई माथि उठाउन शिक्षामा बिशेष ध्यान दिनुपर्छ भन्ने सुनारसंग पोखरापत्र–संवादका लागि महेशकुमार खातीले गरेको कुराकानी । व्यवसायमा कहिलेबाट लाग्नु भयो ?
२०४६ सालमा एस.एल.सी. पास गरेपछि पोखरामा क्याम्पस पढ्न आएको थिए । सा“झमा क्याम्पस पढ्ने र दिउ“सोमा काम गर्न थालेको थिए । त्यतिबेला मैले टोबाको चुरोट साईकमा राखेर बेच्ने गर्दथे । त्यसपछि कोकाकोला सेल्स गरे । बिस्तारै बजार चिन्दै गए । ठेलामा विभिन्न सामग्रीहरु बिस्कुट, चाउचाउ, कोकाकोला लगायत विक्री गर्थे ।
सुनचा“दीको व्यवसाय शुरु कहिलेबाट भयो त ?
म बजारमा मार्केटिङको काम गर्ने गर्दथे । त्यतिबेला मेरा सोमप्रसाद घिमिरे (सुनार)संग भेट भयो । अनि उहा“ले आफ्नो पुख्र्यौली पेशा गर्नुपर्छ भनेर भन्नुभयो । उहा“कै प्रेरणाले २०५१ सालमा एक सटर भाडामा लिएर व्यवसाय थालेको हू“ । मैले ग्रास लेबलबाट काम थालेको हू“ । शुरुमा सुनका विभिन्न सामाग्री बनाउन भन्दा पनि अरुका मर्मत सम्भार गर्ने गर्थे । अनि बिस्तारै कमाएको थोरै थोरै लगानी गर्दैगर्दा ठूलै पसल भयो ।
कति लगानिबाट शुरु गर्नुभएको नि ?
शुरुमा त्यतिबेला त्यहि २ लाख जतिबाट पसल शुरु भएको होला । महिनापिच्छे व्याज तिर्नुपर्ने हुन्थ्यो । संगै परिवार पाल्नुपर्ने पनि थियो । घरभाडा लगायत पनि थियो । ३ वर्षमा ऋण तिरेर सकें ।
पेशा व्यवसायमै लाग्नुपर्छ भन्ने प्रेरणा कसरी आयो ?
मेरा बावा आमाको ठूलो प्रेरणा छ । उहा“हरुले दुःख गरेर मलाई पढाउनुभयो । साथ दिनुभयो । साथै मेरी जीवनसंगिनि (बिना)को पनि ठूलो हात छ । दुःख सुख र अप्ठारोमा संधै साथ दिईन । अनि अर्को कुरा मलाई शुरुबाटै आफैले केहि गर्नुपर्र्छ भन्ने लाग्थ्यो । काम गर्नुपर्छ । काम भनेको सानो ठूलो केहि हुन्न तर गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले यसतर्फ नै लागे । प्रेरणाको कुरा गर्नुपर्दा घरपरिवार, अन्य आफन्तको पनि साथ र सहयोग पनि पाए । त्यो भन्दा पनि मुख्य कुरा आफ्नो लागि केहि गर्नुपर्छ भन्ने नै हो ।
तपाईले खास के गर्नु भएको थियो जसले गर्दा छोंटो समयमा व्यवसाय यसरी फस्टायो ?
सबैभन्दा ठूलो कुरा मेहनत नै हो । मैले सकेजति काम गरें । अनि मलाई मेरा ग्राहकहरुले विश्वास गर्नुभयो । माया गर्नुभयो । रुपाकोट ज्योति सुनचा“दी पसल भनेर खोज्दै आउनुभयो । अनि मेरा आफ्ना आफन्तदेखि लिएर चिनेजानका सबैको साथ र सहयोगले गर्दा बिस्तारै राम्रो भयो । सबैभन्दा ठूलो कुरा मैले विश्वास जित्नेगरी काम गरें । केहि खोट हुने ठाउ“ देखाईन त्यसैले गर्दा पनि होला ।
मेहनत कति गर्नुहुन्थ्यो तपाईले ?
कामलाई सानो कहिल्यै भनिन् । मेहनतका साथ काममा लागे । काम भनेको सानो र ठूलो हुन्न भन्ने मलाई संधै लाग्थ्यो । त्यसैले पनि निरन्तर परिश्रम गरिरहें । दुःखमा नआतिकन इमान्दारितासाथ हिंडे । जसले सबैको नजरमा राम्रो बनायो । मन जितिएछ ।
व्यवसायमा लाग्दाताकाका दिन सम्झ“दा अहिले कस्तो अनुभुति हुन्छ नि ?
शुरुमा त म गाउ“मा खेतवारी, गाईभैसी हेर्दै हुर्कियो । गाउ“मा दलित समुदायबाट पोखरा आएर संघर्ष गर्न पनि चुनौति धेरै थिए । त्यतिबेला धेरै दुःख र मेहनत गरेकै कारण पनि अहिले केहि राम्रो भएको छ । शुरुमा मैले त्यति मेहनत नगरेको भए अहिले यस्तो हुदैन्थ्यो होला भन्ने लाग्छ । जे होस् त्यतिबेला जे गरियो राम्रो भयो । परिवारको पनि साथ र सहयोग धेरै नै पाईयो । अहिले पुराना दिन सम्झदा त्यतिबेलाको समयमा पुगेर सोच्छु । कस्तो–कस्तो लाग्छ ।
अहिले व्यवसाय कस्तो चलिरहेको छ त ? अनि तपाईको पसल खोज्दै किन आउ“छन् त ?
ठिकै रामै्र छ भनौं । ग्राहक र आफन्तले माया गरिरहनु भएको छ । सबैले रुपाकोटे भन्दै बोलाउ“नुहुन्छ । खोज्दै आउनुहुन्छ । राम्रो चलिरहेको छ । ग्राहकको मनको कुरा बुझ्छु मैले । ग्राहकलाई मैले नि माया गर्छु अनि उहा“हरुले माया गरेर मेरो पसल खोज्दै आउनुहुन्छ । पारिवारिक वातावरण पनि हामीले दिने गर्छौ त्यसैले पनि होला ।
सुनचा“दीको व्यवसाय कस्तो खालको हो ?
यो संवेदनशिल व्यवसाय हो । यसमा सुरक्षाको पनि कुरा आउ“छ । व्यवहारदेखि लिएर कला र सिप पनि यसमा जोडिएको हुन्छ । विश्वकर्मा जातीको यो पेशा र कला बढि जोडिएको हुन्छ । यो अरुले पनि अंगाल्ने गरेका छन् । काम गरेर बाहिर पलाय हुन पर्दैन । मेहनत गर्ने हो भने राम्रो हुन्छ ।
व्यवसायसंगै समाजसेवामा पनि लाग्नुभएको छ नि है ?
हो पहिलादेखि नै समाजसेवातिर पनि मेरो मन थियो । त्यसैले समय भएसम्म त्यसमा पनि लाग्ने गरेको छु । शिक्षा र स्वास्थ्यमा बढि काम गर्नुपर्छ भन्ने मलाई लाग्दछ । दलित समुदाय नै सबैभन्दा बढि अशिक्षित छन् । चेतनाको कमि छ । त्यसैले पनि शिक्षित बनाउन राज्य, संघसंस्था र व्यक्तिले सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ । मैले पनि त्यसमा केहि गर्न सकिन्छ कि भनेर सक्दो गर्ने प्रयास गरेको छु । शिक्षित भए धेरै राम्रो हुन्छ । व्यक्ति, परिवार हुदै देशलाई नै राम्रो हुन्छ । विभिन्न संघसंस्थामा आबद्ध भएर पनि नभएर पनि केहि गर्ने गरेको छु । दुईवटा बिद्यालयमा अक्षकोष स्थापना गरि जेहेन्दार र दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान हुदै आएको छ । सहयोग माग्न आउनेको उद्देश्य राम्ररी हेर्छु राम्रो गर्नेलाई खाली पठाउ“दिन ।
तपाईहरुकै अगुवाईमा मिस सुनार (विश्वकर्मा) भयो, विश्वकर्मा समाज भवन निर्माणमा पनि लाग्नु भएको है ?
सबैको साथ र सहयोगले देशमै पहिलो पटक मिस सुनार (विश्वकर्मा) भब्य रुपले सम्पन्न भयो । केहि कमिकमजोरी भएपनि समग्रमा धेरै राम्रो भयो । कार्यक्रम गर्दा लागेको खर्च कटाएर बचेको करिव ८४ हजार पनि शिक्षा र विश्वकर्माको भवनका लागि दिईसकेका छौं । सामाजिक काममा एक्लै लागेर हुदैन । सबैको साथ र सहयोग चाहिन्छ । हाम्रा दाजुभाई सबै लागौं । सबैले गर्दा जे होस् राम्रो भयो । आगामी दिनमा पनि निरन्तरता दिने सो“चमा छौं । विश्वकर्मा समाज निर्माणको कुरामा भन्नुपर्दा । पोखरामा हाम्रो भवन छैन । जग्गा खोजेर निर्माण गर्नुपर्छ भनेर केहि अघि हामी साथीहरु लागौं । करिव ३५ लाख जति पनि संकलन भएको छ । अब हामी निर्माणमा जुट्छौं । सबैको सरसल्लाहमा उपयुक्त स्थानमा जग्गा लिएर भवन निर्माण गर्नुपर्ने आवश्यकता छ ।
दलित समुदाय शैक्षिक, आर्थीक सबै हिसाबले पछि छन् उनीहरुको विकासको लागि के गर्नुपर्ला ?
सबैभन्दा पहिला शिक्षाकै कुरा आउ“छ । शिक्षाको आवश्यकता छ । जसले शिक्षा पाउ“छ उ बल्ल सचेत हुन्छ । अनि आर्थीक आर्जन गर्नपट्टि लाग्छ । दलित समुदाय सबै चिजले पछि छन् । बालबालिकालाई शिक्षा दिनुपर्छ बल्ल उनीहरुको जीवनको ढोका खुल्छ । व्यक्तिगत, संघसंस्था तथा राज्यले पनि शिक्षा प्रदान गर्नमा जोड दिनुपर्छ । अनि दलित समुदायका अभिभावकले पनि आफ्ना बालबालिकालाई आफ्नो गास कटाएर भएपनि पढाउनुपर्छ । यसतर्फ चेतना फैलाउनुपर्ने हुन्छ । शिक्षा नै सबैभन्दा ठूलो कुरा हो । हिजोभन्दा आज केहि परिवर्तन त भएको छ । अझै धेरै हुुनुपर्ने हुन्छ ।
तपाई एक सफल व्यवसायी हुनुहुन्छ, सफल बन्न के गर्नुपर्छ केही सुझाब दिनु न ?
मेहनत गर्न कहिल्यै पनि कन्जुस्याई गर्नुहुन्न । अरुको प्रगति देखेर ईश्या होईन, त्यसबाट केही सिकेर अघि बढ्ने सोच्नुपर्छ । खाली कहिलै बस्नुहुन्न । केहि न केहि गर्नुपर्छ । काम नगरे हुन्न । आफुलाई मन लागेको काम गर्दा हुन्छ । बेकारमा त्यसै बस्नु हुन्न । हिनता ठान्नुहुन्न । आफु, आफ्नो परिवार र देशकै लागि पनि केहि गर्नुपर्छ भन्ने सकारात्मक भावाना लिएर मेहनत निरन्तर गरे अवश्य शिखर चुमिन्छ होला जस्तो मलाई लाग्छ ।
No comments:
Post a Comment