वीरगन्ज (पर्सा), ७ पुस । पर्साको ग्रामीण भेगमा रहेको मुसहर बस्तीका बालबालिका शिक्षाको पहुँचभन्दा अझै पनि बाहिर रहेका छन् । स्थानीय शिक्षकका अनुसार मुसहर बस्तीका अभिभावकले नै उनीहरुलाई विद्यालयमा पठाउँदैनन् । जिल्लाको सेढवा, महादेवपट्टी, पटेर्वासुगौली, जगरनाथरपुर, बिजबनियालगायतका गाविसमा रहेको दलित समुदाय मुसहरका बालबालिका शिक्षाको पहुँचबाट अझै पनि बाहिर रहेका छन् ।
सरस्वती निमावि शैकरशरैयाका शिक्षक रामदेवप्रसाद थारूले विद्यालयमा मुसहर जातका बालबालिकाको उपस्थिति एकदमै न्यून हुने गरेको र अभिभावकले नै जानीजानी विद्यालयमा विद्यार्थीलाई नपठाएको जानकारी दिनुभयो ।
जिल्लाको सेढवाका स्थानीय मुसहर अगुवा शिवनाथ माझी मुसहरले आफ्नो बालबालिकालाई विद्यालयमा पठाउनुभन्दा पनि काम सिकाउनु महत्वपूर्ण हुने भएका कारणले विद्यालय नपठाएको बताउनुभयो ।
No comments:
Post a Comment