Saturday, February 28, 2015

दार्चुलामा दलित छात्र छात्रालाई प्रदान गरिने छात्रवृत्ति रकम अपुग

दार्चुला । ०७१ फागुन १५ गते 
दलित छात्र छात्रालाई प्रदान गरिने छात्रवृत्ति रकम अपुग भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दलित छात्रवृत्तितर्फ ३ हजार ३ सय १५ जना छात्राहरूलाई १३ लाख २६ हजार रुपियाँ अपुग भएको हो ।कक्षा १ देखि कक्षा ८ सम्मका १५ हजार ६ सय २४ जना विद्यार्थीको लागि ६२ लाख ४९ हजार ६ सय रकम आवश्यक हुन्छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रामदत्त भट्टले भनेमन्त्रालयबाट १२ हजार ३ सय ९ विद्यार्थीको लागि ४९ लाख २३ हजार ६ सय रुपियाँ मात्र निकासा गरेको छ ।

रकम नै अपुग भएपछि जिल्ला शिक्षा कार्यालयले प्रति विद्यार्थी शून्य दशमलव ७८ प्रतिशतका दरले रकम वितरण गरेको छ शाखा अधिकृत भट्टले भनेसबैलाई पुग्ने गरी दिएका छौँ । मन्त्रालयले प्रति विद्यार्थी ४ सयका दरले दलित छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

छात्रवृत्ति रकम थप गर्न मन्त्रालयसँग माग भएको छभट्टले भनेबँाकी निकासा भएपछि सबैलाई पूरा कोटा अनुसार वितरण गरिने छ । विद्यालयहरूले पनि शिक्षाबाट प्राप्त बजेटकै आधारमा बाँडफाँड गर्ने तयारी गरेका छन् । रकम कम पुगेकोले विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर छात्रवृत्ति रकम बाँडफाँड गरिने शङ्करपुर उमावि पस्तीका प्रधानाध्याक धनञ्जय पन्तले बताए ।

पार्टीभित्र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड - राजेन्द्र ताम्राकार


काठमाडौं १२, फागुन । दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले पार्टी राजनीतिमा जबसम्म दलित महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दैनन् तबसम्म उनीहरुको हक, हित र अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । 
दलित महिलाले आ–आफ्नो पार्टीमा सशक्त र अर्थपूर्ण सहभागिताका लागि सामूहिकरुपमा लड्नुपर्नेमा जोड दिनुभएको छ । दलित महिलालाई आफू क्रियाशिल पार्टीको नीति, नियम, विधि, विधान बुझेर अगाडि बढ्न दिर्नेशन दिनुभएको छ । त्यसपछि मात्रै दलित महिलाको पार्टीमा दबाब दिनसक्ने हैसियतमा बढेर जाने उहाँको ठहर छ । 
दलित महिला संघद्वारा काठमाडौंमा आयोजित ‘राजनीतिक संरचना’ विषयक दुइदिने तालिमको उद्घाटन गर्दै अध्यक्ष सोबले दलित महिलाले राजनीतिक संरचनाको कुरा गर्दा पार्टी राजनीतिको मात्रै कुरा गर्ने नभइ समग्र पार्टीभित्र र सरकार, राज्यका विभिन्न अङ्ग, क्षेत्र लगायतका संरचनाका विषयमा जानकारी लिनु आवश्यक रहेको बताउनुभयो । Inline image 2



राजनीतिमा दलित महिलाको सशक्त उपस्थिति र अर्थपूर्ण सहभागिता नभएकै कारण आजपनि दलित महिलाहरु पार्टी राजनीतिमा भोटबैंङ्कको रुपमा मात्र उपयोग भएको उहाँले बताउनुभयो । 
दलित महिलाको राजनीतिक सहभागिताका साथै उनीहरुको समग्र विकासका लागि सबैभन्दा पहिले उनीहरुलाई शिक्षित बनाउनुपर्नेमा जोड दिँदै यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
तालिमका सहभागीलाई स्वागत गर्दै दलित महिला संघकी महासचिव कला स्वर्णकारले विभिन्न राजनीतिक दलमा आवद्ध दलित महिलालाई सङ्गठित र सशक्तिकरण गराउँदै मुलधारको राजनीतिक दलमा उनीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । 
दुइदिनसम्म सञ्चालन भएको तालिममा राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले राज्यको राजनीतिक संरचना, राज्य सङ्गठनका प्रकार,  सङ्घात्मक – बहुकेन्द्री – स्वशासित एकाइ, एकात्मक – एककेन्द्री – विकेन्द्रित एकाइ, सङ्घीयताका विशेषता ः स्वशासन र साझा शासन, राज्य सञ्चालनका पद्दति, शासकीय स्वरुपका प्रकार, प्रतिनिधित्व प्रणाली, नेपालका आन्तरिक अवसर, आन्तरिक चुुनौती र मुलमन्त्र, संविधान, लोकतन्त्र लगायतका समसामयिक विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । 



तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक जिल्लाका नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायतका पार्टीबाट आएका २१ जना दलित महिला नेतृहरुको सहभागिता रहेको थियो । 
फागुन ११ देखि दुइदिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण दलित महिला संघकी वरिष्ठ सदस्य रेणु सिजापति र कार्यक्रम व्यवस्थापक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो । 

जनयुद्धले स्थापित गरेका दलितका मुद्दा अहिले अलपत्र - दुर्गा सोव

फागुन १४,
शहीद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका सन्दर्भमा जनयुद्ध पक्षधर दुईवटा संगठनले काठमाडौंमा संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । एमाओवादीसम्बद्ध दलित मुक्ति मोर्चा र विप्लव नेतृत्वको माओवादीसम्बद्ध
दलित मुक्ति मोर्चाले संयुक्त रुपमा स्मृति दिवस मनाएका हुन् । कार्यक्रममा “माओवादी आन्दोलन र दलित मुक्तिको अन्तरसम्बन्ध” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य तिलक परियारले माओवादी क्रान्तिकारी आन्दोलनको अभिन्न अङ्गका रुपमा दलित मुक्तिको अन्तरसम्बन्ध रहेको चर्चा गर्दै माओवादी आन्दोलनबाहेक कुनै पनि राजनीतिक शक्ति, गैर सरकारी संघ–संस्था वा वैदेशिक दातृ संस्थाका अनुदानले दलित मुक्ति असम्भव रहेको बताउनुभयो । दलितको समस्या पहिचानको समस्या नरहेको बताउँदै उहाँले वर्गीय राजनीतिको केन्द्रमा रहेर मात्रै दलित उत्पीडनबाट मुक्ति हुने कुरा बताउनुभयो ।

त्यसैगरी दलित मुक्ति मोर्चाका अध्यक्ष तथा सभासद् दलजीत श्रीपालीले वर्तमान संविधानसभाबाट दलित मैत्री संविधान लेख्न असम्भव भएकाले दलितहरुले आन्दोलनबाट दबाव दिनुपर्ने धारणा राख्नुभयो । शहीद कुनै पार्टी वा जाति विशेष नहुने भन्दै उहाँले त्याग, बीरता र बलिदानको बाटोमा अग्रसर भएमा मात्र सच्चा रुपमा शहीदको सपना पुरा हुने बताउनुभयो । नेकपा माओवादीका केन्द्रीय सदस्य तेजबहादुर मिजारले आफ्नो पार्टीले क्रान्तिमार्फत नै राज्यसत्ता लिइछाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले “कि भष्म हुने कि राज्यसत्ता लिन”े मात्र विकल्प रहेको चर्चा गर्नुभयो । दलित महिला संघका अध्यक्ष दुर्गा सोवले जनयुद्धले स्थापित गरेका दलितका मुद्दा अहिले अलपत्र परेको चर्चा गर्दै नयाँ संविधानमा दलित मुद्दा सम्बोधनका लागि सडक दबावको खाँचो औल्याउनुभयो । जनमोर्चा नेपालका सचिव जे.बी द्यौलाकोटी, देशभक्त नेपाली जनता दलका अध्यक्ष वीरबहादुर के.सी., वादी विकास समितिका उपाध्यक्ष पुष्प वादी, दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर वि.क.लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जनयुद्धका शहीद परिवार दलित मुक्ति मोर्चाका तत्कालीन महासचिव तथा शहीद प्रेम बराइलीकी जीवनसंगिनी रुक्मीणी रानामगर (अस्मिता) तथा शहीद रामगोपाल विशुन्के कि सहोदर बहिनी स्वस्तिका विशुन्केलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । राजकुमार हिङ्माङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पदम विश्वकर्माले गर्नुभएको थियो भनें स्वागत मन्तव्य रोहित हिङ्माङले गर्नुभएको थियो ।

मैले आफूलाई “दमाईंको छोरो” नलेखेर “दमिनीको छोरो” लेख्दा किन तहल्का ?

मैले आफूलाई “दमाईंको छोरो” नलेखेर “दमिनीको छोरो” लेख्दा किन तहल्का ?केही समयअघि साथी सन्दीप पौडेल भेटिए । प्लस टु सँगै पढेका पौडेलसँग लामो अन्तरालपछि भेट भयो । सिंहदरबारको पूर्वी गेटअगाडि मण्डला थियटरको छेउको चिया पसलमा ।
उनीसँग सात वर्षपछिको भेटमा मलाई उनको विषयमा जान्ने उत्सुकता बढ्यो ।
उनी प्लस टु सिध्याएर दुबई गएका रहेछन् ।
मैले उनको थर र अन्य विषयमा ख्याल गरेको थिएँ । तर उनले मेरो थरचाहिँ याद राखेका रहेनछन् ।
मलाई सोधे । मैले ‘दर्नाल हो’ भनें ।
उनले अलिक अनौठो पारामा तुरुन्तै सोधे, ‘यो दर्नाल भनेको के हो ? यो कुन जातभित्र पर्छ ? बाहुन, क्षेत्री र नेवार ?’
फिस्स हाँस्दै भनें, ‘मेरो अनुहार हेर र भन न, म को जस्तो देखिन्छु ?’
अलिक केही जान्न खोजेको भावमा उनले भने, ‘तिमी कि बाहुन हो या त क्षेत्री ।’ उनी रोकिए ।
उनलाई म को हुँ भन्ने जान्न धेरै नै उत्सुक भएजस्तो अनुहारको हाउभाउले बताइरहेको थियो ।
मैले अलिक ठट्टा गर्दै भनें, ‘म बाहुनजस्तो छु कि मजस्ता छन् बाहुनहरु ?’
उनले थपे, ‘तिमी बाहुनजस्ता छौ । मलाई लाग्छ, तिमी बाहुन हुनुपर्छ ।’
म उनलाई अल्मल्याउन चाहन्नथें अनि भनें, ‘म दलित हो ।’
‘ओ नो । इम्पोसिवल’, उनी झस्किए ।
‘आर यु सिरियस ?’
‘या आई एम सिरियस’, म फिस्स हाँसें ।
‘ओ गड । आई डन्ट विलिभ इट’, उनी उत्तेजित भए ।
फेरि उनले भने, ‘आर यु सिरियस ?’
फिस्स हाँस्दै मुन्टो तल–माथि गर्दै मैले सहमति जनाएँ ।
अनि उनले सोधे, ‘दलितभित्रको के हो तिमी ?’
अब उनलाई पत्यार लागेको हुनुपर्छ ।
मैले दमाईं भने । उनले मेरो हासोसँग हाँसो मिसाउँदै भने, ‘तिमी दमाईं ? त्यसो भए तिम्रो नागरिकतामा दमाईं नै होला होइन ?’
मैले हाँस्दै जवाफ दिएँ, ‘दर्नाल नै छ । बुबा र आमाको चाहिँ दमाईं नै छ ।’
मेरो जवाफ पूरा नहुँदै सोधे, ‘तिमीले किन दमाईं नलेखेको त ? थर परिवर्तन गर्न खोजेको हो ? त्यसो भए किन दर्नाल त ? बाहुन–क्षेत्रीको कुनै थर राखेको भए हुन्थ्यो नि ।’
उनको प्रश्न र उत्तरमा मलाई अलिक चित्त बुझेन । कतै मनको भित्र–भित्र चिसो लाग्यो ।
मैले जवाफ दिएँ, ‘दमाईं नै लेख्न सकिन्छ । किन लेख्न नसक्नु नि ? म धेरै ठाउँमा लेखाउने पनि गर्छु । मलाई लाज छैन । र थर परिवर्तन गर्नु पनि छैन ।’
उनले भने, ‘त्यसो भए अब मलाई कुनै ठाउँमा दमाई लेखेको देखाउनु है ।’
मैले केही बोलिनँ ।
हामी त्यो दिन १ घण्टाजति कुराकानी गरेर छुट्यौं ।
त्यस रात मेरा मनमा धेरै कुरा खेले । मैले निर्णय गरें- आजदेखि मेरो फेसबुकको नाम परिवर्तन गर्छु ।
तर दमाईं लेख्ने कि दमिनी लेख्ने भन्नेमा फेरि कलम अड्कियो ।
मैले पुनः निर्णय गरें- ‘मेरा बाबु हुन् वा होइनन्, मलाई थाहा छैन । त्यो मेरी आमालाई नै थाहा होला । तर पक्कै पनि आमाचाहिँ मेरी नै हुन् । यसकारण ‘दमिनीको छोरो’ लेख्ने विचार गरें ।’
केही दिनमै मैले फेसबुकको नाम ‘दमिनीको छोरो’ लेखें । फेसबुकमा म्यासेज आउनेको चाप बढ्न थाल्यो । उहाँहरुले लेख्नुभएका केही मत यहाँ प्रस्तुत गर्न चाहन्छु ।
गोरखाका दलित थर भएका साथीले लेखे- ‘सर, तपाईंले आफ्नो बाबुलाई जिउँदै मार्नु भो कि क्या हो ? या बाबुको पत्तो छैन ? यो त राम्रो भएन । बाबुको नामबाट पहिचान दिनुस् ।’
धादिङका दलित थरकै अर्को साथीले भने, ‘सर तपाईंको साहसलाई मैले मानें । तपाईंजस्ता मान्छेले यसरी नै खुलेर लेख्नुपर्दछ, आफ्नो पहिचान के हो भनेर ?’
यी साथीले केही समय पछि आफ्नो नाम पनि आफ्नै समुदायको राखे ।
चितवनका एकजना कोइराला थर भएका साथीले भने, ‘साथीले आफ्नो यस्तो साहसको कुनै अर्थ राख्दैन । मेरो विचारमा तपाईंले आरक्षण पाउन यस्तो नाम लेखेको हो जस्तो लाग्छ । यस्तो नाटक नगर्नुस्, तपाईंहरुलाई सरकारले आरक्षण दिने भनेर तोकिराखेको नै छ ।’
उनलाई धेरै उदाहरण दिएर बुझाउने कोसिस गरें तर उनी अहिलेसम्म पनि कन्भिन्स भएका छैनन् ।
काठमाडौंमै बस्ने श्रेष्ठ थरकी एकजना केटीसाथीले अनौठो टिप्पणी गरिन् । उनी मेरो क्लासमेट हुन् । उनले भनिन्, ‘तिमीले मेरो दिदी, भिनाजु, दाजुभाइ र बहिनीहरुलाई अनफ्रेन्ड गर ।’
मैले ‘किन’ भनेर सोधें ।
उनले जवाफ दिइन्, ‘मेरो परिवारले तिमी दमाईं हो भन्ने थाहा पाए भने तिमीलाई किन साथी बनाएको भनेर गाली गर्छन् ।’
मेरा मित्रता कसैको घरपरिवारमा द्वन्द्व ल्याउनका लागि त पक्कै थिएन ।
त्यसैले मैले उनीसँगै उनका परिवारजनलाई नै ब्लक लिस्टमा राखिदिएँ ।
यस्तै धेरै साथीसँग झगडा परेको छ । धेरै साथी मेरो ब्लक लिस्टमा छन् । यो मेरो रहर होइन, बाध्यता हो ।
अहिले मेरा धेरै साथीहरुले सोध्ने गर्छन, ‘तिमीले किन दमिनीको छोरो लेखेको ? के तिमी पनि चर्चामा आउन खोजेको हो ? लेख्नै थियो भने दमाईको छोरा लेखेको भए हुन्थ्यो । किन दमिनीको छोरो लेख्यौ ?’
यस्तै यस्तै धेरै सवाल आए । कसैलाई के उत्तर दिएँ, कसैलाई के ।
तर धेरैले त आरक्षण खानलाई सजिलो हुन्छ भनेर भने । कत्तिले आफ्नो थर यसरी नै खुलाउनुपर्छ भनेर जस पनि दिए ।
तर राम्रोभन्दा नराम्रो दृष्टिकोणले हेर्ने धेरै भए । कत्तिले मलाई दमिनीको छोरो भनेर चिन्ने पनि भए । अझै पनि धेरै मान्छेलाई पत्याउन गाह्रो छ, म दलित हुँ भनेर । आफूलाई चिनाउन नै मैले दमिनीको छोरो लेखें ।
source: esamata
मञ्जुल शान्तिका लागि साझा अभियान (कोक्याप) सँग अावद्ध अधिकारकर्मी हुन् ।

सबाल्टर्न र बौद्धिक बोसो - ख्याम विश्वकर्मा

सत्य निरपेक्ष हुँदैन । सत्ताको आडमा टिकेको हुन्छ, सत्य । सत्ताधारीले आफूअनुकूल सत्यको निर्माण गरेको हुन्छ । तर सत्ताधारीको रथ ज्ञानको पैँयामा अडेको हुन्छ । त्यसैले दार्शनिक नित्से भन्छन्– ज्ञान नै सत्ता हो अर्थात् नलेज इज पावर । जब जिन्दगीसँग जोडिएका सवाललाई तथ्यपरक ढंगले गभ्मीर रुपमा व्याख्या विश्लेषण गरिन्छ, तब नयाँ ज्ञानको उदय हुन्छ । फ्रान्सेली विद्वान मिसेल फूकोका अनुसार यसप्रकारको ज्ञान निर्माणको प्राज्ञिक कार्य अर्थात ‘डिस्कोर्स’का माध्यमबाट नयाँ सत्य पहिल्याउन सकिन्छ, जसले सत्ताधारीको सत्ता पल्टाइदिन सक्छ ।
Taralal
लेखक डा तारालाल श्रेष्ठ
ज्ञान, सत्य र सत्ताको यो सम्बन्ध जातीय विभेदको जंजीरले बाँधिएका दलित समुदायको मुक्तिका लागि महत्वपूर्ण आधार बन्न सक्छ । नयाँ ज्ञानको उदयसँगै नयाँ सत्य पनि उद्घाटित हुन्छ, जसले नयाँ सत्ताको निर्माणसमेत गर्दो रहेछ भन्ने कुरा हामीले तीन दशकयता हाम्रै देशमा भएका राजनीतिक परिवर्तनबाट पनि बुझ्न सक्छौं । ज्ञानका माध्यमबाट राजनीतिक सत्तामा परिवर्तन सम्भव छ भने जातीय विभेदबाट मुक्ति किन सम्भव छैन ? अवश्य छ । यसका लागि एउटा गतिलै डिस्कोर्सको जरुरी छ । तारालाल श्रेष्ठको हालै प्रकाशित ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’लाई यसै सन्दर्भमा हेर्न सकिन्छ ।
सबाल्टर्नका विषयमा विद्यावारिधि गरेका डा. श्रेष्ठको विचारमा दलितहरु पनि सबाल्टर्नै हुन्– ‘अनेक आयामबाट सबैभन्दा पीँधमा हुत्याइएका, बहिष्कृत, सीमान्तकृत, आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन असंगठित समुदाय’ (पृ. २७) । सबाल्टर्न अभियन्ताहरुका विचारमा सबाल्टर्नहरु बोल्न सक्दैनन् किनकि तिनीहरुसँग बोल्नका लागि चेतना नै हुँदैन । तिनीहरु निरीह हुन्छन्, पराधीन हुन्छन्, अधीनस्थ हुन्छन् र आफ्ना लागि लड्नुभन्दा पनि मालिकको स्वार्थका लागि आफूलाई समर्पण गर्नुमा नै आफ्नो हित देख्छन् । आफ्नो लागि बोल्न न त तिनीहरुसँग ‘एजेन्सी’ नै हुन्छ, न त ‘स्पेस’ नै । त्यसैले मार्क्स, ग्राम्ची, स्पीवाकको उदाहरण दिँदै लेखक ‘एकेडेमिक एक्टिभिज्म’का लागि आव्हान गर्छन् । भन्छन्– ‘…सबाल्टर्नप्रति समर्पित सामूहिक बौद्धिक हस्तक्षेपले ठूलै प्रभाव पार्न सक्छ । उत्पीडित समुदायप्रति समर्पित बौद्धिक व्यक्तित्व एकै ठाउँमा उभिएर सामूहिक अभियान थाल्नु अपरिहार्य छ’ (पृ. २९) ।
दलितहरु कसरी सबाल्टर्न हुन् र तिनका लागि किन बोल्नुपर्छ भन्ने विषयलाई अर्थ्याउन डा. श्रेष्ठले दलितसम्बद्ध सन्दर्भ–सामग्रीको आधारमा मात्रै नभई आफ्नै जिन्दगीका अनुभूति तथा विभिन्न व्यक्तिसँगका भलाकुसारीसमेत उल्लेख गरेका छन् । दलित बस्ती, भुटानी शरणार्थी शिविरलगायत अक्स्फोर्ड र जवाहरलाल नेहरु विश्वविद्यालयसम्मका संस्मरण उल्लेख गरेका छन् । यसबाट उनले एकातिर गैरदलित, खासगरी बाहुनहरु संस्कारको सत्ताले लादेको जातीय भेदभावलाई कसरी धु्रवसत्य ठान्दछन् भन्ने देखाएका छन् भने अर्कोतिर दलितहरु कसरी निम्छरो जीवन बाँचिरहेका छन् भन्ने चर्चा गरेका छन् । हाम्रो दिमागमा जातीय उँचनीचको भाव कतिसम्म भरिएको छ भने विश्वविद्यालयमै प्राध्यापन गर्ने गैरदलित भए पनि दलितका विषयमा चर्चा गर्नुलाई मात्रै पनि जातै गिरेको ठान्ने गरेको लेखकले चर्चा गरेका छन् । सामाजिक संस्कारमात्रै होइन जातीय विभेदको अर्थराजनीति झन् सारो सन्त्रासमय छ । दलित समुदायको सामाजिक समावेशीकरणका लागि लागू गरिएको आरक्षणलाई गैरदलितहरुले आफ्नो भाग खोसिएको अर्थमा बुझेका छन्, त्यसैले आरक्षणलाई विफल बनाउन या त दलितको क्षमतालाई सोझै नजरअन्दाज गरिन्छ या त फेरि उनीहरुको आत्मबललाई कमजोर बनाउन अनेक जालझेल गरिन्छ । भारतीय विश्वविद्यालयमा चिकित्साशास्त्रको अन्तिम वर्षमा अध्ययनरत एक दलित विद्यार्थीलाई उनैका गुरुले भेदभाव गरेर फेल गरेपछि उक्त विद्यार्थीले आत्महत्या नै गरेको उदाहरण पेस गर्दै डा. श्रेष्ठले हाम्रो समाजमा व्याप्त जातीय पूर्वाग्रहलाई उजागर गरेका छन् । देशै त्यागेर समुद्रपार गएको भए पनि गैरदलितहरु छुवाछूत त्याग्न सक्दैनन् भन्ने कुरा पनि राम्ररी चर्चा गरिएको छ ।
जातीय श्रेष्ठतालाई नै अन्तिम सत्यमान्नेहरु अझ बढी क्रुर बन्दै गइरहेको सन्दर्भमा दलितहरु भने झन्—झ्न निम्छरा देखिन्छन् डा. श्रेष्ठको विश्लेषणमा । दलितहरुले संगठित रुपमा जातीय विभेदविरुद्ध आन्दोलन गर्न थालेको सत्तरी वर्ष पूरा भइसक्दा पनि यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने नेता जन्मिन सकेका छैनन् । अगाडि आएका दलित अगुवाहरुसमेत कोही सत्ताधारीले आफ्नो सत्ता जोगाइराख्न फालेको प्रलोभनको पासामा परेर हराए भने कोही अवसर नपाएर गुमनाम भए । केही सक्रिय नेताहरु पनि जात, उप—जात, राजनीतिक आस्था आदिको बहानामा आपसी द्वन्द्वमा लिप्त देखिन्छन् । एकथरी अगुवाहरुले त दलित शब्दकै कारण उनीहरु पछि परेको निष्कर्ष निकालेका छन्, मानौं कि दलित शब्दको साटो ‘शिल्पी’ राखियो भने उनीहरुको पहिचानै फरक हुन्छ । शब्दले मुक्ति दिन्थ्यो भने त गान्धीले उहिले भगवानका सन्तान भनेर ‘हरिजन’ नाम जुराइदिएकै थिए । नेपालमा पनि त आफ्नो थर ‘नेपाली’, ‘पुजारी’ आदि राख्ने गरेकै हो, तर नेपाली दलित समुदाय आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न लडाइँ लडिरहेका छन् । दलित प्यान्थरलगायत विभिन्न दलित आन्दोलनको चर्चा गर्दै यो शब्दलाई आन्दोलन र मुक्तिको प्रतिविम्बका रुपमा लिनुपर्ने डा. श्रेष्ठको सुझाव मननीय छ ।
दलित आन्दोलनले अपेक्षित उपलब्धि पाउन नसक्नुका पछि अन्य कारणका अतिरिक्त उनीहरुबीचको आपसी झगडा पनि हो भन्ने कुरालाई डा. श्रेष्ठले ससन्दर्भ विस्तृत व्याख्या गरेका छन् । केही दलित वुद्धिजीवीबीच इमेलमा गरिएको विवादलाई लेखकले पुस्तकमा समेटेका छन्, जुन पुस्तकको उद्देश्यका हिसाबले आवश्यक हो जस्तो लाग्दैन । पहिलो, यो विवादले समग्र दलित आन्दोलनलाई प्रतिनिधित्व गर्दैन । दोस्रो, बौद्धिक व्यक्तिहरुबीच आलोचना—समालोचना हुनु अस्वाभाविक पनि होइन । घटनाको एउटा पक्षलाई मात्रै हेरेर दलितभित्र फुटैफुट छ भनेर लेखिरहँदा संगठित दलित आन्दोलनको ७० वर्षमा भएका संयुक्त संघर्ष र त्यसले प्राप्त गरेका उपलब्धिलाई अन्याय हुन्छ । अहिलेका उपलब्धि संयुक्त दलित आन्दोलनकै देन हो, जसलाई नजरअन्दाज गरिएको छ । ‘पराधीन सबाल्टर्न जुट्नेभन्दा फुट्ने आधारमात्रै देख्छन्’ (पृ. २७) भन्ने भनाइ प्रमाणित गर्न नै यस्ता प्रसंग उठाइएको देखिन्छ, जसले पुस्तकलाई नै हलुका बनाउन सक्छन् । यसो भन्दा दलित आन्दोलनमा देखिएका विकृति बाहिर ल्याउनु हुँदैन भन्न खोजिएको होइन । दलित आन्दोलनभित्र अन्तरद्वन्द्व पनि छ, यसका पछाडि विभिन्न कारण हुन सक्छन् । त्यसको खोजी गर्नु र तथ्यपरक विश्लेषण गर्नु प्राज्ञिक जगतको पनि काम हो । तर, केही घटनालाई सामान्यीकरण गरेर वा सकारात्मक पक्षलाई नजरअन्दाज गरेर गरिएको विश्लेषण एकाङ्कीजस्तो पनि देखिन्छ ।
दलित आन्दोलनका अतिरिक्त सामाजिक सचेतनाको अभियान, मिडिया, लैंगिक बहस, साहित्य, मनोरञ्जन, र राजनीतिक आन्दोलनमा दलितको उपस्थिति र प्रतिनिधित्वलाई समेत छुट्टाछुट्टै भागमा सविस्तार चर्चा गरिएको छ, यस पुस्तकमा । सामाजिक अभियानबारे छलफल गर्दा भारतीय र नेपाली उदाहरणलाई समेत उल्लेख गरिएको छ जहाँ रामकृष्ण परंहस, विवेकानन्द, कविर, ज्योतिराव फूले, अम्बेडकरदेखि सन्त ज्ञानदिलदास, योगमाया तथा विभिन्न दलित संघसंस्थाले चलाएको सामाजिक परिवर्तनका प्रसंगलाई समेटिएको छ । मिडियामा दलितहरुको अवस्था र प्रतिनिधित्वको चर्चा गर्दा पनि भारतीय र नेपाली सन्दर्भलाई जोडिएको छ, जसका आधारमा मिडिया दलितमैत्री हुन नसकेको लेखकले विश्लेषण गरेका छन् । दलित महिलासम्बन्धी विश्लेषण गर्दा यसअघि प्रायः चर्चा नगरिएको ‘मुलक्करम (स्तनकर)’को उल्लेख गरिएको छ । दुई शताब्दीअघि दक्षिण भारतको केरलामा प्रचलित यस व्यवस्थाअनुसार दलित महिलाहरुले आफ्नो वक्षस्थल ढाक्न राज्यलाई कर तिर्नुपर्थ्यो । यसको विरोधका लागि नंगेली नामक एक दलित महिलाले आफ्ना दुवै स्तन काटेर राज्यलाई बुझाएकी थिइन्, जसलाई लेखकले ‘दलित आन्दोलनकी आमा’का रुपमा चित्रण गरेका छन् । लेखकको आफ्नो विषय भएर पनि होला दलित साहित्य र सौन्दर्यशास्त्रबारे उनले गरेको विश्लेषण तुलनात्मक रुपमा खँदिलो लाग्छ । जनजागरणका लागि गाइएका गीत, कवितादेखि दलित र गैरदलितका दर्जन बढी सृजनाका साथै अनुवादबारे आलोचनात्मक चर्चा गरेका छन्, लेखकले । चलचित्र र प्रस्तुतिकलाबारे समेत भारत र नेपालका केही उदाहरण प्रस्तुत गरिएको छ, जहाँ दलितहरुको विषय निराशाजनक ढंगले उठाइएको लेखक बताउँछन् । तर, नेपालमा निर्माण भएको र दलित साहित्य तथा चलचित्रबारे अध्ययन, बहस, छलफल हुँदा छुटाउनै नहुने टेलिचलचित्र दलनबारे भने उनको विश्लेषण छैन ।
यी विषयबारे लेखकले वास्तवमा मिहेनतपूर्वक विभिन्न सन्दर्भ–सामग्री जुटाएर चर्चा गरेका छन्, जसको कदर गर्नुपर्छ । तर सन्दर्भ–सामग्रीको अधिक प्रयोग कहिलेकाहीँ दुरुपयोग पनि बन्न पुग्छ, खासगरी तिनले लेखकको आफ्नो दृष्टिकोणलाई नै ओझेलमा पारिदिए भने । सन्दर्भ–सामग्रीलाई लेखकले प्रयोग गर्नुको साटो लेखकलाई नै उल्टो प्रयोग गरिदिए भने बहकिने डर हुन्छ । यस पुस्तक पढ्दा पनि त्यो आभाष हुन्छ । पुस्तकमा विभिन्न विषयमा पक्ष–विपक्षमा उठेका मुद्दालाई उनले सन्दर्भ–सामग्रीका रुपमा प्रयोग गरेका छन् । तर, धेरैजसो अध्ययन पढ्दा लेखकको विश्लेषणचाहिँ के हो भन्ने खुट्याउन सकिँदैन । सन्दर्भ–सामग्रीलाई थुप्य्राउने मात्रै काम भएको छ, विश्लेषणचाहिँ देखिँदैन । लेखकको पोजिशन के हो भन्ने पनि छुट्टिँदैन ।
पुस्तकको सुरुमा दलितमाथिको जातीय अत्याचार लेखकलाई साह्रै बिझेको जस्तो देखिन्छ, यसको अन्त्यका लागि लेखकले आफूलाई पुस्तकभरि नै क्रान्तिकारी राख्ने प्रयास गरेका छन् । तर, उनी आफैले कूटनीतिक भाषामा एक दलित युवकलाई ‘हेर्दा दलितजस्तो नदेखिने’ भनेर दलितहरुको शारीरिक रुपलाई अवमूल्यन गरेका छन् । त्यस्तै उनले कवि श्रवण मुकारुङका मुखबाट दलितहरुको संस्कार ‘दिने नभई हात थाप्ने’ भन्ने कुरा भनाएका छन् । यसले लेखक स्वयं दलितबारे के सोच्छन् भन्नेबारे भ्रम सिर्जना गरेको छ । त्यसरी नै कतिपय सन्दर्भ असान्दर्भिक लाग्छन्, जस्तो कि ‘सामाजिक आन्दोलनको सेरोफेरो’को चर्चा गर्दा उनी राजा राममोहन रोय, रामकृष्ण परंहस, अम्बेडकर, दलित प्यान्थर आदिबारे चर्चा गर्छन् र अपर्झट लुइस डुमोको होमो हाइर्राकस किताबको प्रसंग उठाउँछन् जो सान्दर्भिक लाग्दैन ।
जातीय विभेदबारे अधिकाधिक जानकारी दिन खोजेको भए पनि लेखकले यसलाई सिलसिलेवार रुपमा प्रस्तुत नगरी मिसमास गरेकाले पाठकलाई अन्योल बनाउँछन् । त्यसरी नै थुप्रै पटक प्रसंग दोहोरिएका छन् । दलित शब्दबारे धेरै वटा अध्ययनमा उस्तै–उस्तै खालको प्रसंग दोहोर्‍याइएको छ । यसरी आएका प्रसंगले पुस्तक पढ्न झण्झटिलो बनाएका छन् । अनुसन्धान मूलतः प्रक्रियामा निर्धारित हुन्छ, प्रक्रियालाई भन्दा परिणामलाई जोड दिने लेखकको दृष्टिकोणका कारण पनि हुनसक्छ प्रसंगहरु असरल्ल छरिएका छन् ।
सन्तुलन वस्तुगत लेखनमा अत्यावश्यक तत्वका रुपमा लिइन्छ । तर विषयवस्तुमाथि लेखकले गरेको विश्लेषणमात्रै होइन लेखक स्वयंले समेत आफूलाई सन्तुलनमा राख्न नसकेको प्रतीत हुन्छ, यस पुस्तकमा । सामाजिक चेतनाका अभियानबारे विश्लेषण गर्दा उनले गैरदलितबारे जति चर्चा गरेका छन्, त्यति दलित अभियन्ताहरुबारे गरेका छैनन् । योगमायाबारे छुट्टै च्याप्टर छ भने दलित अभियन्ताहरुको केवल नाममात्रै । चर्चा गरिएका दलित अभियन्ताहरुलाई पनि बढी त आलोचनाकै लागि प्रस्तुत गरिएको छ । जस्तो कि सर्वजितले ‘टोक्नु न बोक्नु’को जनै लगाएर बाहुन बन्न खोजेको, रुपलाल पलायनवादी भएको आदि । विगतलाई तत्कालीन आँखाले हेर्ने वा तत्कालीन सन्दर्भबारे विश्लेषण नगरी वा विषयवस्तुको गम्भीरतालाई भन्दा कसैले गरेको हल्का विश्लेषणका आधारमा गर्ने भन्ने बारेमा लेखक पनि बहकिएको देखिन्छ । भारतीय चिन्तकहरुबारे आलोचक नदेखिएका लेखक समसामायिक नेपाली दलित लेखकहरुबारे भने बढी नै आलोचक देखिन्छन् । सरोज दिलुले टिआर विश्वकर्माबारे लेखेको जीवनीलाई ‘स्वस्फूर्त नभई सुनियोजित’ भएको आरोप लगाएका छन्, जसलाई उनले पुस्तकमा पुष्टि गर्ने आधार दिन सकेका छैनन् । सुभाष दर्नालको स्मृतिग्रन्थलाई ‘अतिरञ्जित’ भनेका छन् । मनोहर बमरेलको ‘दलित मुक्ति कसरी हुन्छ’ नामक पुस्तकलाई अर्ति–उपदेशले भरिएको ‘भद्दा पुस्तक’का रुपमा चर्चा गरेका छन्, जसले ‘कागज मसीको नास र बनविनास’मात्रै गर्छ । यसका अतिरिक्त गैरदलितहरु एस्सेन्सियल्ली परपीडक हुन् र दलितहरु एस्सेन्सियल्ली पराधीन हुन् भन्ने उनको विश्लेषण पनि आग्रहपूर्ण छ ।
वास्तवमा दलितले भोग्दै आएको भेदभाव दलितलाई मात्रै होइन, यसले गैरदलितलाई पनि पिरोलेको छ । त्यसैले दलितबारे गैरदलितले लेख्नु र बोल्नुपर्छ, त्यसको विशिष्ट महत्व छ । साथसाथै त्यसरी बोल्दा या लेख्दा त्यो आग्रहपूर्ण भने हुनु हुँदैन । दलितसम्बन्धी लेखनीको अध्ययन गर्दा अधिकांश लेखकले दलितलाई या त अत्यन्तै कमजोर वर्गका रुपमा चर्चा गरी उनीहरुमाथि सहानुभूति राख्ने गरेको पाइन्छ या फेरि अर्ति–उपदेश दिएको पाइन्छ । दुवै प्रवृत्ति गलत हुन् । त्यसो त राजनीतिशास्त्रका प्राध्यापक गोपाल गुरुले भनेझैं अभिव्यक्तिको संरचना पनि सामाजिक संरचनाभन्दा बाहिर हुँदैन । उनका अनुसार समान आधारमा बोल्ने अर्थात ‘टकिङ टु’ भन्दा पनि दलितका सवालमा या त उनीहरुलाई सन्दर्भबाटै बाहिर राखेर उनीहरुबारे बोलिदिने (टकिङ फर) गरिन्छ या त फेरि उनीहरुलाई आफूभन्दा तल राखेर अर्ति–उपदेश दिने (टकिङ डाउन) गरिन्छ । हिजोआज त गफगाफ गर्ने (टकिङ अबाउट) कार्य नै बलियाहरुको हतियार बन्न पुगेको छ, जसलाई सबाल्टर्नहरुको हतियार पनि भनिन्छ । बौद्धिकहरुको लेखनीले आग्रह–पूर्वाग्रहबाट माथि उठेर निस्पक्ष रुपमा वस्तुगत ढंगले समस्याको समाधान खोज्न सघाउनुपर्ने हो, जुन नेपाली दलितका सवालमा अति कम छ । दुर्भाग्यवश डा. श्रेष्ठको यस पुस्तकले यस कमीलाई पूरा गर्न सक्ने देखिँदैन ।
जातीय विभेद सामाजिक संरचनासँग गहिरो गरी जकडिएको छ जसलाई सत्य मान्नेहरुले यसमा कुनै समस्यै देख्दैनन् । उनीहरुलाई विभेद विभेदजस्तो नै लाग्दैन, बरु यसो गर्नुलाई उनीहरु आफ्नो जन्मसिद्ध अधिकार ठान्छन् । त्यसैले मान्छेहरुले मानिआएको यसप्रकारको सत्य र त्यसैको जगमा अडेको सत्तालाई पल्टाउन गतिलै संकथनको जरुरी छ भनिएको हो । यो नेपाली दलित अभियन्ताहरुका लागि निकै ठूलो चुनौती हो । डा. श्रेष्ठको ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’लाई यही चुनौतीको सन्दर्भमा हेर्न सक्ने हो भने जातीय मुक्तिको संकथनमा नयाँ लहर आउन सक्छ ।

source:-esamata 
अनुसन्धानकर्ता ख्याम विश्वकर्मा आत्मसम्मान अभियान (डिग्निटी इनिसियटिभ) सँग सम्बन्धित छन् 

Friday, February 27, 2015

बाटो हराएको कम्युनिष्ट आन्दोलन- यादव देवकोटा

पछिल्ला दिनहरुमा संघीयताको कुरा गर्नासाथ जातीयता जोडेर संघीयताको विरोध गर्ने प्रबृति बढेको छ। चलिरहेको ब्यवस्था, छलफल र प्रयासविरुद्धको वकालत प्रिय मानिनु हाम्रो समाजको ऐतिहासिक संस्कार र परम्पराजस्तो भएर गएको छ। त्यही परम्परालाई समाएर एकथरिले जानीबुझिकन सार्वजनिक खपतकै लागि मात्रै भएपनि संघीयताको बिरोध गरेका छन्।

अर्कोतिर संघीयताबारे विगत एक दशकदेखि केन्द्रमा नेताहरुले जुंगाको लडाइ गरेपनि स्थानीय स्तरमा (तल्लो तहमा) जनतालाई कसैले पनि संघीयता भनेको के हो भनेर बुझाउने प्रयास गरेको छैन। नेपालको सन्दर्भमा संघीयताको बहस जातीय विभेदलाई मेटाएर जातीय समानता कायम गर्ने प्रसंगबाट उठान भएकाले पनि जातीय चश्माबाट हेर्ने अवस्था सिर्जना भएको पाइन्छ।

अमेरिका, स्विट्जरल्याण्डजस्ता संघीय देशमा बर्षौदेखि बसोबास गरिरहेका पढेलेखेको समूह पनि नेपालमा चलिरहेको संघीयताको बहससँग त्रसित छ, कतै यसले जातीय रडाको त मच्चाउँदैन भन्ने पिरलोले। अर्को, खाइपाइआएको जातिले परम्परादेखिको एकाधार गुमाउनुपर्ने भयका कारण योजनाबद्धरुपमा संघीयताबिरुद्ध चलाएको अफवाहले। यसो हुनुमा संघीयता पक्षधरहरुले तल्लो तहसम्म संघीयताबारे गम्भिरतापूर्वक कुरा बुझाउने चेष्टा नगर्नु र जातीय उत्पिडनबिरुद्धको आन्दोलनको कभरमा रहेका केही ब्यक्तिहरुले इतर समुदायको जिब्रो काट्ने र रगत चाट्ने स्तरको उत्तेजक उट्पट्याङ्ग प्रस्तुत गर्नुले पनि धेरै मानिसहरुमा त्रास पैदा गरेको छ। 

इतिहासको निश्चित समयमा निश्चित जातिमाथि उत्पीडन भएकै हो। निश्चित जातिले जातिकै आधारमा राज्यबाट निश्चित बिषयहरुमा अग्राधिकार, सुविधा, संरक्षण र सहुलियत पाएकै हो। इतिहासमा भएका कमजोरीहरुको बदला लिएर समस्या समाधान हुँदैन, त्यसले भीडन्तको अवस्था ल्याउँछ। सभ्य समाजले, सभ्य समाजहरुको योगमा बनेको राष्ट्रले आफ्नै नागरिकहरुमाथि निश्चित जात, लिङ्ग, क्षेत्र, समुदायको भएकै कारण, उनीहरुमाथि भएको शोषण, दोहन र असमानताका लागि नागरिकहरुसँग क्षमायाचना गर्छ र क्षतिपुर्तीका लागि राज्यको विविध इकाइ या तहमा विविध आरक्षण, संरक्षण, अग्राधिकार र सुविधाको प्रत्याभूति गर्छ। यसो गर्दा कसैको भाग खोस्नु पर्दैन, कसैलाई घृणा र गाली गर्नुपर्दैन।

सबैलाई सबै बराबर बनाउने नीति नियम तर्जुमा गर्छ र हरेक नागरिकलाई कुनै पनि आधारमा आफु हेपिएको, थिचिएको या शोषणमा परेको अनुभूति गर्नु नपरोस् भन्ने प्रत्याभूति दिलाउँछ। संविधानसभाले सर्बसम्मतिले पारित गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका आधारहरुबाट कसैले पनि पछि हट्ने सुविधा पाउन सक्दैन। त्यो बुझिबुझि पनि अनेक तर्ककुर्तक गर्नु मुकुन्द घिमिरे शैलीको लोकप्रियता या सार्वजनिक खपतको बाटो समात्नु मात्रै हो भनेर ठोकुवा गर्न सकिन्छ।

दुब्लाउँदै बर्गको सवाल

हाम्रो जस्तो पिछडिएको समाजमा तमाम उत्पीडन, भेदभाव, शोषणहरु चर्कोरुपमा संरक्षित हुँदै आएको छ। जात, लिङ्ग, क्षेत्र, बर्गबीचमा यस्तो चरम उत्पीडन डोलायमान हुँदै आएको छ। यहाँका समुदाय मिलेर बसेको छ, सब ठीकठक छ भनेर एकथरि मानिसले या त अज्ञानताका कारण भनिरहेका छन् या त पूर्वाग्रहका कारण। दलितमाथि छुवाछुत भएकै छ। कोही कुनै जातको भएकै कारण उसलाई फलानो कामका लागि योग्य भनेर योग्यता निर्धारण गरिएको छ। जब दलितहरुले हामीमाथि अपमान भयो, छुवाछुत भयो भनेर समानताको सवाल उठाउँछन् अनि समाजको एकता भंग हुने चिन्ता प्रकट गरिन्छ। तिनमाथि विभेद गरिँदा एकता भंग हुने चिन्ता नहुने र समानताको कुरा गर्नासाथ सामाजिक एकता र चार जात छत्तिस बर्णको फूलवारीको रटानको आत्मा बोली पनि बुझ्न सकिन्छ।

यो देश कहिल्यै पनि देशको सरदहभित्र बसोवास गर्नेहरुको साझा फूलवारी बन्न सकेन। बन्न दिइएन। हाम्रो समाज सदियौंदेखि चरम जातीवादी थियो र छ। अड्डा अदालतले सजाय दिँदा निश्चित जातको भएकै कारण एउटै कथित अपराधमा कसैलाई मृत्युदण्ड, कसैलाई कारावास र कसैलाई माफी मिनाह गरेको उत्पीडनको तथ्यलाई हामी इतिहास भनेर खुरुखुरु घोकि बसेकै छौं। जात थप्ने र झिक्ने खेलमा सत्तासीनहरुले शासकीय तागतको भरपुर दुरुपयोग गरेको सत्य भुलेर आज जसरी मुर्दा एकता र मुर्दा सामाजिक सद्भावको कुरा गरिएको छ, यस्ता योजनाबद्ध शान्ति चिन्ताको अन्तर्य पनि शोषणको ऐतिहासिक चेतनाबाटै प्रकट भएका छन्। तर पछिल्लो दिनमा जातीय उत्पीडनको मुद्धा जातिवादको स्वरुपमा बद्लिन थालेको संकेत दिएको छ। जातीय उत्पीडनबिरुद्धको आन्दोलन पहिचानको हकदावीको आन्दोलन हो। तर यो आन्दोलन वर्गीय आन्दोलनको मर्मबाट स्खलित भएर एकल जातीय पहिचान र बाँकी जातजातिमाथि तल्लो स्तरको आरोप प्रत्यारोपमा उत्रन थालेको छ, यसमा पहिचानको आन्दोलनमा रहेकाहरु नै अरु भन्दा बढी सचेत र चिन्तनशील हुनु जरुरी देखिन्छ।

यताका दिनहरुमा जब संविधान निर्माणको कुरा जोडतोडले चल्न थालेको छ, शोषणमा परेको यावत् समुदायहरुको कुरा प्राथमिकताबाट हराएको छ र जातीय सवाल मात्रै यो देशको एकमात्र समस्या हो झैं गरि छिनाझम्टी गरिएको छ। इतिहासको लामो कालखण्डभरि नेपाली समाजमा सबैभन्दा धेरै उत्पीडन ब्यक्ति, परिवार, लिङ्ग, क्षेत्र आदीभित्र पनि बर्गीयरुपमा कमजोर रहेकाहरुको गरिएको छ। कुनै जातिभित्र, लिङ्गभित्र, क्षेत्रभित्र, समुदायभित्र गरिखाने मजदुर, किसान, हरितन्नमहरुको सबैभन्दा बढी दोहन र शोषण गरिएको छ। उत्पीडन थोपरिएको छ। अहिले वर्गीय मुक्तिको सवाल हराएको छ। गरिखाने वर्गमाथि इतिहासमा सधैंभरि हुनेखानेहरुले गरेको चरम अमानवीय उत्पीडनको क्षतिपुर्ती, सहुलियत र अग्राधिकारको कुरालाई रछ्यानमा मिल्काइएको छ। 

आज जुन जोडतोडका साथ जातीय उत्पीडनको सवाल उठेको छ निश्चय नै सही भएको छ। तर जसरी जातीय कुरा मात्रै उठेको छ, यसमा निकै गम्भीर हुनुपर्ने अवस्था आएको छ। भूमिहिनहरुको बसोबासको सवाल, सुकुम्वासी, कमैया, मजदुरहरुले ओत लाग्ने छाप्रो बनाउन एकधुर जमिन पाउने कुरा आज संबिधान बनाउने सन्र्दभमा कसैले उठाइरहेको छैन। आगामी संघीय राज्यमा गरिखाने वर्गको प्रतिनिधित्व, अब हुने चुनावमा मजदुर, किसान, श्रमजीवि वर्गको प्रतिनिधित्वबारे एकदिन पनि संविधानसभामा वहस भएको सुनिदैन। अर्कातिर मजदुरको नाममा शालिकराम जमट्टेलजस्ता मानिसहरु अगाडी आएका छन्, वामदेव गौतमहरुले नेपाली किसानहरुको वर्गीय उपस्थितीको लज्जाजनक प्रतिनिधित्व गरेका छन्। काठमाडौंको मुटुमा पाँचतले, वाइस कोठे महल ठड्याएका चतुर मानिसहरु मजदुर आन्दोलनको नेता बनेका छन् र चुत्था मुल्यमा कारखानामा श्रम बेच्न बाध्य मजदुरहरुको पसिनामा मोलाहिजा गरेर कमिसन कुम्ल्याइरहेका छन्। आज कम्युनिष्ट भनिएका पार्टी र अशोक राइको संघीय समाजवादी पार्टीबिचको भिन्नता कसरी जँचिने हो थाहा पाउन सकिन्न। 

१८४८ मा जारी कम्युनिष्ट पार्टीको घोषणापत्रमा लेखिएको छ–‘जुन अनुपातमा एक ब्यक्तिद्धारा अर्को ब्यक्ति शोषणको अन्त्य हुन्छ, त्यही अनुपातमा एक जातिद्धारा अर्को जातिमाथिको शोषण पनि अन्त्य हुनेछ। जुन अनुपातमा जातिभित्र वर्गहरुबीचको वैरभाव बिलाउँछ, त्यही अनुपातमा एक जातिप्रति अर्को जातिको सत्रुताको पनि अन्त्य हुनेछ।’ तर आज हामीकहाँ कम्युनिष्ट पार्टीहरुले जसरी ब्यक्ति र वर्गीय शोषणको कुरालाई भुलिरहेका छन् त्यसको अन्तर्यमा वर्गीय आन्दोलनलाई समाप्त गर्ने राष्ट्रिय–अन्र्तराष्ट्रिय योजनाबद्धता नै हो भन्न डराउनु पर्दैन। कार्ल माक्र्सले सर्वहारा वर्गको हितसँग बाझिने गरि अघि बढाइएका जातीय आन्दोलनको विरोध गर्नुभएको थियो। उहाँले पोल्याण्ड र हङ्गेरेली जातीय आन्दोलनको समर्थन गर्नुभएको थियो भने चेक र दक्षिणी स्लावहरुको आन्दोलनको बिरोध गनुभएको थियो। 

लेनिनले आत्मनिणर्यको अधिकार समग्रको हितको प्रतिकुल भएमा त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन्। लेनिन लेख्छन्–‘जहाँसम्म भिन्नभिन्नै जातिहरु एउटै राज्यमा रहेका हुन्छन्, त्यस्तो अवस्थामा माक्र्सवादीहरु कहिल्यै पनि र कुनै पनि मूल्यमा न त संघात्मक सिद्धान्त न त विकेन्द्रीयताको नै वकालत गर्छन् (जातीय प्रश्नमाथि आलोचनात्मक टिप्पणी)।’ कम्युनिष्ट आन्दोलनको मुलभूत मर्मप्रति सम्बन्धित पार्टी र आन्दोलन उदासिन हुँदै गएपछि समाज कसरी जातीय सवालमा गएर विभाजन र विवाद खडा गरि बस्छ भन्नेबारे जोसेफ स्टालिनले लेखेका छन्–‘एउटा उज्वल भविष्यप्रति आफ्नो विश्वास भएसम्म मानिसहरु जातीयताको भेदभाव नगरीकन सँगसँगै लडे पहिलो र साझा सवाल (वर्गीय सवाल) हरुमा। तर, जव मानिसहरुको मनमा शंका पस्यो, उनीहरु आ–आफ्नो जातीय छातामुनि ओत लिनेथाले (माक्र्सवाद र जातीय सवाल)।’ 

उनले जातीय उत्पीडनविरुद्धको आन्दोलनले जातिवादको स्वरुप ग्रहण गर्नुलाई महामारीको संज्ञासमेत दिएका छन्। उनले सोभियत अनुभवबारे लेखेका छन्–‘...जातिवादको छाल बढ्दो शक्तिका साथ अघिल्तिर लम्क्यो र त्यसले मजदुर वर्गलाई गाँज्ने खतरा पैदा भयो। जतिजति मजदुर आन्दोलन सेलाउँदै गयो, त्यति नै बढी जातिवादका फूलहरु फुले। यस कठीन घडिमा सामाजिक जनवादको एउटा उच्च कर्तव्य रह्यो–जातिवादको विरोध गर्नु र सामान्य महामारीबाट आम जनताको रक्षा गर्नु।’ उनले जातीय आन्दोलन अनिवार्य रुपले बर्गीय आन्दोलनको अधिनस्थ हुनुपर्ने उल्लेख गरेका छन्। तर आजको दिनमा हामीकहाँ वर्गीय आन्दोलन भर्सेलोमा परेको छ र झिनो स्वरमा कतै उठेको भएपनि त्यो जातीय मुक्तिको आन्दोलनको अधिनस्थ पारिइएको छ।

कम्युनिष्ट पार्टीले जातीय उत्पीडनबिरुद्धको आन्दोलनमा उत्पीडितहरुको पक्ष लिनै पर्छ। तर कुनै कम्युनिष्ट पार्टी तमाम सवालहरु छाडेर जातीय आन्दोलनमा विघटित हुन सक्दैन। एउटा माक्र्सवादी, कम्युनिष्ट पार्टी महिला मुक्ति अन्दोलनको नेतृत्वकर्ता बन्न सक्छ तर महिलावादी संगठनमा सिमित हुनसक्दैन। दलित मुक्ति आन्दोलनको नेतृत्वकर्ता बन्न सक्छ तर दलित संगठनमा सिमित हुनसक्दैन। माक्र्सवादी आन्दोलनले समाजका तमाम उत्पीडनविरुद्धको आन्दोलनको मुक्तिदस्ताको भूमिका निर्वाह गर्नुसक्छ, यसर्थ कि ती आन्दोलनहरु बैचारिकरुपमा दिग्भ्रमित नहोउन् र तिनलाई वर्गीय मुक्ति आन्दोलनको मुल सवालमा एकाकार बनाएर लैजान सकियोस्। कम्युनिष्ट पार्टीले नै हो, तमाम उत्पीडनविरुद्धको संघ्रर्षको नेतृत्व गर्ने। तर हामीकहाँको कम्युनिष्ट आन्दोलन नारा बेच्ने र पजेरो चढ्ने एमाले प्रबृतिको लम्पट झुण्डमा पतित भएको छ। 

हिजोआज त रगतको खोलो तरेर आएको पार्टीका नेताहरु नै कल्पनै गर्न नसकिने राजनीतिक बेश्याबृतिमा लिप्त भइखाएका छन्। एमाओवादी कार्यकर्ताहरु तल जमिनमा बसेर प्रश्न गरिरहेछन्–एमाओवादीको पहिचान के हो ? यो कम्युनिष्ट पार्टी हो कि जातीय पार्टी हो ? धनाढ्यहरुको, वुर्जुवाहरुको पार्टी हो कि मजदुर, किसान, गरिवहरुको ? एमाओवादी र कांग्रेस–एमाले–राप्रपा–राप्रपा नेपालबीच नाम र गफमा बाहेक काम र ब्यावहारमा भिन्न पहिचान के हो ? जसको आफ्नै पहिचान प्रष्ट छैन उसले उत्पीडित जातिहरुको पहिचान कसरी स्थापित गराउँछ ? 

वर्गको राजनीति, इमान र नैतिकताबाट माओवादी नेतृत्व कतिसम्म स्खलित भएको छ भने हालैको दिनमा चितवनस्थित शहीद स्मृति भवन बेच्नु हुँदैन, त्यसलाई शहिदको चिनोको रुपमा बचाइराख्नुपर्छ भन्ने माओवादीका केन्द्रीय सदस्य अनिल शर्मामाथि कार्यलय भवन बेच्न चाहने राम बहादुर थापाले आक्रोसको प्रकटीकरणका रुपमा कारवाही गरेका छन्। एमाओवादी नेताहरु त पैसाका लागि नाङ्गै सडकमा दौडन तयार भएको बडो दिग्मिगलाग्दो अवस्थासमेत देखिएकै हो। शिविर भ्रष्टाचार, जनसेनाको चेक खोसिएको प्रकरण, सुमार्गी मार्काका किस्साहरु हिसाब गरिसाध्य छैन। 

कम्युनिष्ट आन्दोलनको आज जुन बद्नामी र स्खलन भएको छ त्यो ज्ञानेन्द्र शाह, खुम बहादुर खड्का, चिरञ्जिवी वाग्ले, विजय गच्छदार, कमल थापा, सूर्य बहादुर थापा या पशुपति शम्शेरका कारण भइरहेको छैन। कम्युनिष्ट पार्टीकै बोर्ड टाँसेर पसल चलाउँदै जीवन उजिल्याइबसेका केपी ओली, पुष्पकमल दाहाल, बावुराम भट्टराई, झलनाथ खनाल,वामदेव गौतम, राम बहादुर थापाहरुबाट भएको छ। कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनकै हुर्मत लिने यस्तै पात्रहरुका कारण आज विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक हुनुपरेको छ। आज क्यासिनोको मालिकसँग कमिसन खाएर जुवाघर वन्द गर्न पाइदैन भन्दै जुलुश निकाल्ने पनि कम्युनिष्ट भनिखाएको छ, बर्षैपिच्छे घरमा स्वास्नीमाथि स्वास्नी थप्ने पनि कम्युनिष्ट छ। उद्योगपति र मजदुरबीच विचौलिया बनेर गोजी भर्ने पनि कम्युनिष्ट छ। धन्न विकेको छ कम्युनिष्ट होर्डिङ्ग बोर्ड विचौलिया स्टक एक्सचेन्जमा।

जनयुद्धमा तमाम उत्पीडित जातजातिबाट हजारौं मानिस सामेल भएका थिए। तर त्यहाँ एकल भाषा, एकल भेषको महेन्द्रीय राष्ट्रवादको फेरो समातेर सत्तामा पुगेको कुनै धनाढ्य लावती, तामाङ्ग, खपाङ्गी, गुरुङ्ग, घर्तीमगर, शेर्पा, विश्वकर्मा, महतो या झाको छोरा सामेल थिएन। कुनै आइएनजिओको स्थानीय ठेकेदार जातीय मुक्तिको नारा फलाकेर लडाइमा होमिएको थिएन। जुन जाति, लिङ्ग या क्षेत्रबाट गएपनि ऊ उत्पीडित बर्गबाट गएको थियो। हुनेखानेहरुको मुठीमा कैद अधिकारलाई खोसेर हुँदाखानेहरुको हातमा पुर्‍याउने आर्दश सपनामा सम्मोहित भएर लडाइमा सामेल भएको थियो।

एउटै जातिमा परस्पर विरोधी वर्गहरु रहेका हुन्छन्। आजको जातीय आन्दोलन हुनेखाने धनाढ्य वर्गको एकलौटी कब्जामा गएको छ। कथम् संविधानसभाले जातीय पहिचान लिपिवद्ध गरेपनि वर्गीय पहिचानको त्यहाँ कुनै गुन्जयास हुनेछैन। खाइपाइ आएको शासक जातिले त अरुलाई क्षतिपुर्ती स्वरुप केही छाड्नुपर्ला तर सम्बन्धित जातिभित्रको खाइपाइ आएको शोसक बर्गले चाँहि केही गुमाउनुपर्नेछैन। आरक्षण र संरक्षणको कोटामा ढलिमलि गर्न कुनै हरितन्नम जनजातिको सन्तान आइपुग्दैन, सदियौंदेखि शोषण र उत्पीडन गर्दै आइरहेको सम्बन्धित जातिभित्रको जमिनदार, शोषक वर्ग आइपुग्छ। शिक्षामा तिनैको पहुँच अकण्टक रहन्छ, जागिरमा तिनैलाई संरक्षण अक्षुण्ण रहन्छ, हिजो मालिक बर्गको रुपमा, आज जाति जनजातिको रुपमा। 

यताका दिनहरुमा लडाइमा सामेल झुत्रेझाम्रे राइ, लिम्बु, गुरुङ्ग, मगर, दलितहरुका सन्तान बेनाम छन् र पञ्चायतकालमा राज्य कोषमा लुट मच्चाएर पिता–माताले थुपारेको धनमा पश्चिमी डिग्री हासिल गरेर कुनै अमुक लावती या पहाड–मधेसको जमिनदारी या विर्ताले शहरमा महल ठड्याएका सुदखोरहरु जातीय आन्दोलनको कभरमा भयानक क्रान्तिकारी बन्ने होडमा छन्। हुनेखाने शासकवर्गका सन्तान, दरसन्तानहरु जातीय राजनीतिको झल्लरी ओढेर रातारात चोख्याइएका छन् र पीधमा रहेका शासक जातिभित्रका उत्पीडित वर्गसमेत नाकको आधारमा अपमानित गरिन थालेको छ। अब राजनीति पूर्णतया नाकको लम्बाइमा पुगिबसेको छ र वर्गको राजनीतिको क्षेत्रफल खुम्चिएर सकिएको छ या चिनोसम्म बाँकी नरहने गरि पैह्रो गएको छ।

आजको दिनमा जुनसुकै जात, लिङ्ग, क्षेत्र, समुदायको भएपनि आर्थिकरुपमा सम्पन्नहरुको एउटा जात निर्माण भएको छ–धनाढ्य, नवधनाढ्य जात। यो जात जुनसुकै समुदायको भएपनि राति ह्विस्की चियर्स गर्न एउटै टेवलमा जम्मा हुन्छ, जो सहरमा ‘एलिट क्लव’को रुपमा परिचित हुन रुचाउँछ। पछिल्लो दिनमा पुष्पकमल दाहालहरु वर्गीयरुपमा यही क्लवको सबैभन्दा भिआइपी मेम्वरमा रुपान्तरण भएका छन्। अरु बाँकी तमाम समुदाय अर्को जातमा ध्रुवीकृत हुन पुगेका छन्–हुँदा खाने अर्थात् गरिखाने मेहनतकसहरुको जात। आजको दिनमा सबैभन्दा बढी मानिस, परिवार, समुदायभित्र आर्थिक आधारमा सबैभन्दा चर्को भेदभाव र छुवाछुत सक्रिय छ। हुनेखानेहरुको हुँदाखानेहरुमाथिको छुवाछुत जातीय छुवाछुतभन्दा चर्को पीडादायीरुपमा प्रकट हुन थालेको छ। यसरी आज झन्झन् वर्गीय विभेद र उत्पीडन घनिभूत हुँदै गएको छ, तर त्यसविरुद्धको संघ्रष सन्निपातग्रस्त भएर विर्सजित गरिएको छ। 

संघीयताबारे थप

हिजोआजको बहसमा देशले धेरै प्रदेश धान्दैन, थोरै बनाउनुपर्छ भन्ने कुरा बढी मुखरित हुन थालेको छ। त्यसो गर्दा केन्द्रभन्दा तल्लो तह स्रोतमा बलियो भएर केन्द्रलाई नटेर्ने अवस्था आउनेतिर ध्यान दिनु जरुरी छ। संघको नाम राख्दा त्यति धेरै विवाद गर्नुपर्ने देखिन्न। यहाँ भनिँदै आइएको नेवा प्रदेशलाई नेपामण्डल या पूर्वमा किराँत प्रदेशभन्दा कसैलाई आपत्ति हुनुपर्ने देखिन्न। नेपालमण्डल जातीय पहिचान पनि हो, ऐतिहासिक निरन्तरता पनि हो। मिथिला, भोजपुरा भनेर प्रदेशको नाम राख्दा त्यो ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सबै तवरले स्विकार्य नाम हुनसक्छ। 

नेपाल उसै पनि अल्पसंख्यकहरुको बसोवास रहेको भूगोल हो। यहाँ सबैभन्दा धेरै जनसंख्या रहेको भनिएको क्षेत्रीको १७ प्रतिशत, दलितको १३ प्रतिशत, बाहुन १२ प्रतिशत, थारु, मगरको ७ प्रतिशत, तामागं, नेवारको लगभग ५ प्रतिशत जनसंख्या रहेको छ। यस्तो अवस्थामा कुनै एकल जातिको पहिचानको आधारमा संघको नाम राख्ने अडान संविधान जारी गर्नबाट मुलुकलाई रोक्ने प्रयास मात्रै हुनेछ।

तर जसरी ऐतिहासिक कालमा रहेको किराँत या नेपालमण्डल या मिथिलाजस्ता नाममा पनि जातिवाद देखेर विरोध गर्ने प्रयास गरिन्छ यो त झन् संविधानसभालाई नै असफल पार्ने प्रयास हो। तर जसरी दुई जातिलाई मिसमास पारेर ताम्सालिगं–नेवा या तमुवान–मगरात जस्तो खच्चड नाम राख्ने प्रस्ताव गरिएको छ यसले पहिलो त सम्बन्धित जातिहरुबीच द्धन्द बढाउने नियत राखेको देखिन्छ, अर्को यसो गरियो भने तत्काल स्वायत्त राज्यको माग गर्नेतिर संघहरु अघि बढ्छन्, जसरी भारतमै पनि संघीय राज्यभित्र विभिन्न जातीय स्वायत्त राज्यहरुको माग अघि बढेको छ।
source:-setopati

Thursday, February 26, 2015

राष्ट्यि दलित आयोगबाट सूचिकृत जातिहरू र जातिका थरहरु

क) पहाडे मूल
  • गर्न्धर्व (गाइने)
  • परियार (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के)
  • बादी
  • विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमटा)
  • मिजार - (सार्की, चर्मकार, भूल)
  • पोडे (देउला, पूजारी, जलारी)
  • च्यामे (कुचीकार, च्याम्खल)

(ख) मधेशी मूल
  • कलर
  • ककैहिया
  • कोरी
  • खटिक
  • खत्वे (मण्डल खङ्ग)
  • चमार (राम, मोची, हरिजन रविदास)
  • चिडिमार
  • डोम (मरिक)
  • तत्मा (ताँती, दास)
  • दुसाध (पासवान हजरा)
  • धोवी (रजक हिन्दु)
  • पासी
  • बाँतर
  • मुसहर
  • मेस्तर (हलखोर)
  • सरभङ्ग (सरवरिया)
  • नटुवा
  • ढाँडी
  • धरिकर/ धन्कार

१. गन्धर्व जातिका थरहरु
१. गाइने २. गान्धारी ३. गायक ४. बैगार ५. गायन ६. कालोपौडेल ७.जोगी ८.कालाकौसी ९. सूर १०.तुर्की ११. बोगरी १२. भूषाल १३. कालिचन १४.सुरसमान १५. मेघनाथ १६. भाट १७.रसाइली १८.कालाशाह
२. परियार जातिका थरहरु
१. सुनाम २. नगवान ३. ब्रम्हदास ४. बर्देवा ५. रनम्याली ६. रनपहेली / रणपहेली ७. कालाथोकी ८. छिनाल ९. जनैदार १०. वर्मदास ११. सेवा १२. दर्नाल १३. गौरवाग १४. तिल्क्यानी १५. तिखत्री १६. रुकमेली १७. भेरीकार १८. कालीदास १९. घतानी २०. हिमाग / हेनमाङ २१. सुनदास २२. गोरखनाथ २३. रैका २४. वागदास २५. गुइदे/  गुईदेल २६. जैरु २७. बैज/ बैंजु  २८. बैजाकोटी २९. रामजाली ३०. नेपाली ३१. टेलर ३२. मास्टर ३३. सुकुरयाल ३४. कोटान्जली३५. कलाखाती/ कालाखाती ३६. पाचकोटी ३७. देउकाडी ३८. नागरी ३९. आउजी ४०. सिलाल/ शिलाल / शिनाल ४१. गजमेयर ४२. बागचन्द ४३. नगवाग ४४. दर्जी ४५. सुपयाल ४६. भित्रकोटी ४७. मित्रकोटी ४८. सिवा/ शिवा ४९. भेडेसिवा ५०. सेन ५१. सिलाधर ५२. विटालु ५३. कोखरे-कुखरे सिवा ५४. कटवाल ५५. नैबाग ५६. रनपौली ५७. मुडले ५८. बुडाप्रीथी ५९. सुनचेउरी ६०. साहिसमुन्द्र / समुद्रसी /  सस्मुन्द्र / साइ समुद्री ६१. देवल/देवाल ६२. फुडके ६३. रजवर ६४. सुकुटयाल ६५. नकबाध ६६. काखरे ६७. छिनाल ६८. मुडलेकार्की ६९. गौरी ७०. बाग ७१. त्रिखत्री/तिवारी ७२. घतानी ७३. सुकुवाट्याल ७४. कोटानजारी ७५. कालाखानी ७६. सुन्दास ७७. साइतपाच ७८. चित्रकार ७९. सिल्पकार ८०. बैकपी ८२. श्रमिक ८३. रणपाल  ८४. ठटाल ८५. हंसमुखे ८६. श्री ८७. खाती ८८. चण्डुचार ८९. दनोल ९०. नगर्ची ९१. ढ्याकी ९२. कढैवरी ९३. रचना ९४. दकास ९५. मोत ९६. दास ९७. लाखे ९८. रनवेहली ९९. चाहार १००. चौडल / चुडाल १०१. बाग्धास १०२. रजवास १०३. लाप्रे १०४. नेगी १०५. माले १०६. कनाल १०७. करुवाल १०८. माल्बोक१०९. पट्टेली ११०. वास्ताकोटी १११. राजगाइ ११२.घले / घलेख ११३. हुड्के११४. र्याइझ्याई / रयाइझ्यार११५. याग्ने ११६. सुँगुरे ११७. कार्कीडोली ११८. स्यावा ११९. बैजनाथ १२०. मौले पाँचकुरी १२१. सुतार १२२. मिस्त्रीकोटी१२३. डैणे १२४. कोटाजरी १२५. सिलाजोशी १२६. रैकाआउजी १२७. धगाले १२८. रैकाई १२९. सिं १३०. देउगाडी १३१. आवीखोली १३२. साउके १३३. नागरी १३४. पाल्पाली १३५. सुन्दार १३६. गौतम (गोतामे) सिवा १३७. हुणे १३८. शाही १३९. रत्न १४०.लाबर १४१.सुजी १४२.सेती सुरुवाल १४३.कालिकोटे १४४.वन्दारी १४५. अछामे १४६. असासै १४७. वाहक  १४८. चौहान १४९. दमाई परेल १५०.दमाई परियार १५१. देउकर १५२. ढोली १५३. धायकी १५४. रत्न/रत्ने १५५. रत्न परियार १५६. कँडेल १५७. खतिवडा १५८. कोइराला १५९. लामाघाते १६०. लुइँटेल १६१. मगर १६२.मैनाली १६३. महरा १६४. महाते १६५. माले १६६. नगर्ची १६७. नग्वाग १६८. नग्वान १६९. नौवाग १७०. नेगी १७१. नेपाल १७२. पाँचकोटी/पंचकोटी १७३. पोख्रेल १७४. राँइगाइ १७५. राना १७६. सूजी १७७. सुन्चिरी/सुन्चिउरी १७८. थागुन्ना १७९. थापा  
३. विश्वकर्मा जातिका थरहरुः
१. आग्री २. आचार्य ३. आफलधोती४. ओड ५. कसरा ६. लोहार ७. कालीकोटे८. कालीराज ९. कुमार्की १०. कैनी ११. कोली १२. कोइराला १३. खड्काथोकी १४. खपाङ्गी१५. खाती१६. गजमेर१७. गजुरेल १८. गदाइली१९. गदाल २०.गहतराज २१. गिरी २२. गोतामे २३. गावा २४. घताने २५. धमाल २६. घर्ती २७. घिमिरे २८. घामछत्ल २९. चुनार ३०. छिस्तल ३१. जाँडकामी ३२. टमटा ३३. ठगन्ना ३४. ठटरा ३५. नगरकोटी ३६. निरौला ३७. नेपाल३८. पन्थी ४०. पल्लय ४१. पहरी ४२. पाध्यवती ४३. पार्की ४४. पोखरेल ४५. पोर्तेल ४६. पौडेल ४७. पौडेली ४८. बराईली बराल वराली ४९. वुचेभाले ५०. बाँस्कोटा ५१. श्रीपाली ५२. दियाली ५३. दुधराज ५४. भट्ट ५५. भट्टराई ५६. भुसाल ५७. भुल ५८. माहिलीपार ५९. महर ६०. रसाइली ६१. रहपाल ६२. राजीलौहार ६३. सापकोटा ६४. सुन्च्युरी ६५. सुनधुवा ६६. सिगाउरे ६७. सिजापती ६८. सेतीपार ६९. सेतीसुरुवाल७०.सेतीमहर ७१.रामदाम ७२. रिजाल ७३. ल्वागुन ७४. साशंकर सदाशंकर ७५. शेरेला ७६. सोनाम ७७. हेमच्यूरी ७८. तिरुवा ७९. लाम्गादे ८०. सोव ८१. रुचाल८२. हर्मेल ८३. दर्नाल ८४. बुढाथोकी ८५. लुहार ८६. दुलाल
४. वादी जातिका थरहरु
१. दास २. राना ३. वादी ४. भाँड ५. हुँड्के धिताल ६. लेकाली ७. पहाडी८. कश्यप ९. चन्द १०. छिलेल ११. जोगी राजयोग १२. छिलाल १३. शिह १४. वैश्य १५. नगर्ची १६. खाती १७. छिन्वयाल १८. वसेल १९. गौतम २०. नेपाल २१. लेकाली २२. मगर २३. व्ाध्यकार २४. बाठा २५. नेपाली २६. छिनाल २७. वाहय २८. कालीयान २९. बैकार ३०. पौडेल ३१. दुमार्की ३२.पोखरेल ३३. सिमाल ३४. जुम्लेली ३५. हरिथंगा ३६. केसरी ३७. खनौटे ३८. बोरेसाहाँ
५. सार्की/ मिजार जातिका थरहरु मिजार - (सार्की, चर्मकार, भूल)
१. बस्याल २. नेपाली ३. रुचाल ४. बाह्रघरे ५. बम्रेल ६. छन्तेल ७. बसेल ८. नगरकोटी ९. धौलाकोटी १०. बङरेल ११. रामजाली १२. क्षेत्रेल१३. बयालकोटी १४. सत्याल १५. ढराई १६. देउला १७. कालो १८. सेतो १९. हिताङ २०. पहाडी २१. मजरकोटी २२. विसुङ्खे २३. टोटलाङ्गी २४. तोसाली२५. क्षेत्रयाल २६. बंग्रेल २७. बंजाडे २८. सामत २९. मिजार ३०. चर्मकार ३१. भूल ३२. मयार ३३. सेठी ३४. सेही ३५. विसंके ३६. रुचाल३७. एस।sे ३८. सि।sे। ३९. रम्तेल ४०. मग्राती ४१. भियाल ४२. बैलकोटी ४३.रोका ४४. बौडेल ४५. ठडोर ४६. अच्छामी ४७. दुलाल ४८. तोलाङ्गे ४९. पुरकोटी५०. कोल्हाल ५१. गौरीपाल ५२. परली ५३. पिपलबोटे ५४. कुल्चीयार ५५. संग्राम ५६. रोक्का ५७. मुंदेल ५८. श्रीवास्तव ५९. खरिबोटे ६०. मोटे६१. तोलाङ्गीसुयल ६२. खिलुङ्गे ६३. पुलामी ६४. रोइलाहिताङ ६५. सेजवाल ६६. संयल ६७. दाउलाकोरी ६८. चुडाल ६९. मूहल ७१. लमजेल ७२.मजावरी ७३. घिताङ्ग ७४. श्रीपाली ७५. सिरौते ७६. पाएली ७७. भिपाल ७८. थाक ७९. दावे ८०. मिजार ८२. बलकोटी ८३. तोलाङ्गे ८४. धुरमग्राती ८५. कालामग्राती ८६. काला ८७. उपरकोटी ८८. तोलाङ्गी ८९. पर्कोटी ९०. विमुन्खे ९१. रैकाल ९२. रोकापा ९३. गैरी ९४. श्रीमाल ९५. रोक्काशाही ९६. सुराना ९७. महरा ९८ बर्मा साखा ९९ कोइराला 
मिजारजातिका गैर दलितसंग मिल्ने थरहरु
गोतामे, हमाल, नेपाल, राठौर, रिमाल, िसंह, खड्की, गौतम, बुढाथोकी, सापकोटा, न्यौपाने, पौडेल, बोहरा, आचार्य, थपलिया, अधिकारी, पोखरेल, खतिवडा, उप्रेती, गिरी, दाहाल, चन्द, लम्साल, कोइराला, मगर, ठगुन्ना ।
कलर जातिका थरहरु
सरवरिया, विकाउ
ककैहिया जातिका थरहरु
राय
कोरी जातिका थरहरु
कुरील, गौतम, भारती
 खटिक जातिका थरहरु
कोली, सोनकर
खत्वे जातिका थरहरु (मडंल, खङग)
शर्मा, धानुक, बेल्दार, मण्डल
चमार जातीका थरहरु (राम, मोची, हरीजन, रविदास)
रैदास, महरा
चिडियामार जातिका थरहरु
सरनेरीया, सरनरिया, करौरीया, यादव, नट, बखु
डोम जातिका थरहरु
मल्लीक, मल्लि, महिल, गुसराम
तत्मा जातिका थरहरु ( ताँती, दास)
मण्डल, महरा, पात, बनौजिया
दुसाध जातिका थरहरु (पासवान, हजारा)
दुसाद, हजारी, पासमान
धोवी जातिका थरहरु (रजक, हिन्दु)
पथिक, कनौजिया, आर्या, पत्थरकट्टा, मगता, माहुत, कुशवडिया, मंगी, वाल्मीकि, शाकी, रमन, धावी, साफी, वैठ्ठा, निर्मलकार, रत्ना, बेठा, मेहता, मधैया, आर्य, मधेसीया, दास, राजधोव, कनेजीया, धोवी, रमण, राउत, माझी, धवल, सम्धी, एसर
पासी जातिका थरहरु
सूर्या, महतो, चौधरी, गौतम, तरसुहिया
बाँतर जातिका थरहरु
सरदार, माझी, धोकेवाल, राजवंशी, ढोकेवाज, माइती
मुसहर जातिका थरहरु
सदा, ऋषिदेव, हेमराम, भदरी, माझी, तिरुहुतिया, मधैया, ढोलबाजा, कहरिँया, रिखिकुल, तिरासक
मेस्तर जातिका थरहरु
राउत, मेहतर, जम्दार, मंगी
सरभङ्ग जातिका थरहरु (सरवरीया)
सरभोर, सरभङ्ग, धामी, बाँतर, नट

राजनीतिमा तल्लो वर्ग - मेखराज परियार

मेखराज परियार( महामन्त्री -बहुजन शक्ति पार्टीका )
राजनीतिक दलहरूको क्रियाशीलताको इतिहास लामो छ। लोकतान्त्रिक धारको नेतृत्व गर्ने नेपाली कांग्रेस र कम्युनिस्ट् पार्टीको स्थापनाको सातदशक पार भइसकेका छन्। 
 
विभिन्न राजनीतिक निरंकुशतन्त्र र जहानिया शासन पद्धति र दलीय विहीनताका अलोकतान्त्रिक शासन एवं शासकविरुद्ध लडेको निकै गौरवशाली इतिहास छ, हाम्रा दलहरूको। विगतका ती सशक्त र सशस्त्रसमेतका आन्दोलनहरूले उठाएका जनपक्षीय सबालहरू र प्राप्त भएका महत्त्वपूर्ण एवं लोकतान्त्रिक विधि, खुला राजनीतिक र वैचारिक प्रतिस्पर्धा, सामाजिक न्याय, स्वतन्त्रता र अझ संघीयता, गणतन्त्र र धर्म निरपेक्षतासम्म आइपुग्दा त जनताले धेरै नै लाभ प्राप्त गरिसक्नुपर्ने हो।जनताका जीवनस्तर, सामाजिक सद्भाव र न्याय एवं आर्थिक उन्नतिका प्रशस्त सुमार्गहरू खोलिएको र एक उचाइमा जनताका चेतना, समृद्धि, समानता, शिक्षा, वैज्ञानिक ज्ञान र राजनीतिक चेतनाका उचाइ हासिल गरिसक्नुपर्ने थियो, तर हामी कति सफल भयौं त? 
 
आज पनि हामी सामन्ती व्यवस्थाको अन्त्य, जातीयलगायतका विभेद, अन्याय र अत्याचारको अन्त्य, भूमिहीन, मजदुर अथवा तल्लो वर्गको उन्नति र विकासका नाउँमा राजनीति गर्ने लज्जाबोधबाट मुक्ति किन प्राप्त गर्न सकेनौं? अब प्रश्न गर्ने बेला आएन र?लोकतन्त्र भनेको दल खोल्न पाउने व्यवस्था र आवधिक निर्वाचनमात्रै होइन। नेपालमा दल खोल्ने, सिद्धान्त र विचारको खेती गर्ने, लोकतान्त्रिक दल, कम्युनिस्ट् या राष्ट्रवादीका नाममा जनतालाई भ्रम सिर्जना गर्ने व्यवसाय असाध्यै फस्टाएको देखिन्छ। 
 
लोकतन्त्रका नाममा खोलिएको साना-ठूला दलहरू र कथित कम्युनिस्ट्हरूको फुटमा जनता क्रान्तिकारिता र सही गलतको भुमरीमा अलमल्ल फसेका छन्। आवधिक निर्वाचनमा मतदान गरी आफ्ना प्रतिनिधि छानेर पठाइरहेका पनि छन्। तथापि जातीय, क्षेत्रीय, लैंगिक आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक जस्ता विभेद, बहिष्करणमा पारिएका सोझासीधा जनता अर्थात् तल्लो वर्गको उन्नति खै किन हुन सकेन? के कुनै देवीदेवताका श्रापको कारणले उनीहरूको उन्नति रोकिएको हो त?
 
आजसम्मका राजनीतिक दलहरूको क्रियाकलापले के देखाउँछ भने कुनै आन्दोलनका बलिदानी त्याग र योगदानका निम्ति तल्लो वर्गलाई प्रयोग गरिँदै आएको छ। भोट माग्दा पनि सर्वहारा वर्गको, कमजोर र उत्पीडित समुदायको हितको विषय उठाइन्छ। 
 
नेपाली कांग्रेस पार्टीको मूल धर्म लोकतन्त्र हो। लोकतन्त्रमा सबैभन्दा कमजोर वर्गको उन्नति प्रमुख सर्त हुन्छ। तर त्यो पार्टीले सधैं किन सामन्ती, पुँजीपति वर्ग, धनाढ्य सम्पन्न वर्गको हितका निम्ति मात्रै काम गर्छ? कंग्रेसले नेतृत्व गरेको धेरैपटकका सरकार हामीले देखेका र भोगेका छौं। कांग्रेस सरकारले बनाउने कुनै पनि नीति, कार्यक्रम तथा बजेटमा कहिले पनि सीमान्तकृत, अशिक्षित, गरिब र निमुखाको उन्नतिका निम्ति ठोस कार्यक्रमहरू आउन सकेनन्। 
 
सधैं पुँजीपति वर्गको हितमा मात्रै उसका राजनीतिक र सामाजिक तथा आर्थिक एजेन्डाहरूले प्राथमिकता पाए। त्यसैले कांग्रेसको सिद्धान्त सामन्ती र पुँजीपति वर्गको हित गर्ने सबालमा आधारित हुन पुग्यो।
नेकपा एमालेले वृद्धा भत्तालगायतका कार्यक्रम सुरु गरी आफूलाई मध्यम वर्गको हितकर र तल्लो वर्गको सहयोगी शक्तिमा देखाउन खोजे तापनि ऊ पनि पुँजीपति वर्गकै पृष्ठपोषणमा लागेको र आफैं पुँजी जम्मा गर्ने एनजीओहरूका नाममा उच्च वर्गीय प्रतिनिधिकै शक्तिमा परिणत हुन पुगेको सत्य हो।
 
नेकपा माओवादीले गरेको दसवर्षे सशक्त विद्रोह त तल्लो वर्गको उन्नतिका निम्ति उठाइएका जबर्जस्त परिवर्तनको नायकत्व ठानियो। विद्राहदेखि शान्तिपूर्ण रूपान्तरणपछि समेत माओवादीका नेताहरूले प्रयोग गर्ने सहरिया, सुकिलामुकिला वर्ग र उच्च वर्गीय सामन्ती शासनविरुद्ध ओकल्ने कडा शब्दले लाग्थ्यो, साँच्चै यिनीहरू त तल्लो वर्गको सही प्रतिनिधि हुन्, तर अहिले त माओवादीले आफूले आफैंलाई ऐनामा हेरेछन् क्यारे, ती गालीका शब्द ओकल्नै छोडे। आफ्नै वर्गीय उत्थान भइसकेपछि जनताको उत्थानका विषयमा किन जान्ने हुनुपर्‍यो र माओवादीलाई भनेजस्तै भएको छ।यहाँ दलितले आत्मसम्मान र राष्ट्रबाट प्राप्त गर्नुपर्ने अधिकार नपाएर समस्या भएको छ। आदिवासी जनजाति, सीमान्तकृत जाति समुदायको धार्मिक, भाषिक, सांस्कृतिक र राजनीतिक अन्यायमा परेर समस्या आएको छ। त्यसैलाई पहिचानको मुद्दासमेत बनाइएको छ।
 
महिलालाई पुरुष प्रधान समाज र कानुनले समस्यामा पारेको छ। मधेसीलाई पहाडे शासकको थिचोमिचोको पीडामा परेको छ। मुस्लिमलगायत पुरातन र प्राचीन धर्मावलम्बीहरूलाई धार्मिक अधिकारको खाँचो छ। 
 
भूमिहीन, किसान, मजदुर र अपांग, तेस्रो लिंगी, समुदाय वर्गलाई सम्मानजनक स्थान र अधिकारको ग्यारेन्टी चाहिएको छ। प्रस्ट छ- दलित अधिकार खोज्नेले गरिब ब्राह्मणले पाउने अधिकार अस्वीकार गर्न सक्दैन।सबै जाति, वर्ग, लिंग, धर्म, भाषा, क्षेत्रलाई अधिकार चाहिएको छ। यो समुदाय समग्रमा तल्लो वर्ग हो। तल्लो वर्गको समृद्धि, उन्नति र विकास आजको राजनीतिक बहसको महत्त्वपूर्ण पक्ष हो।अहिले देश संविधान निर्माणका क्रममा भएकाले यो राजनीतिक संक्रमणकालको अन्त्य गरी स्थायित्व शान्ति र विकासतर्फ अघि बढ्ने समयमा हामी छौं। विकासका निम्ति स्थायित्व जरुरी छ। 
 
संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, धर्म निरपेक्षता, सामाजिक न्याय, समानता, समावेशी र स्वतन्त्रतालगायत महत्त्वपूर्ण उपलब्धिलाई संवैधानिकता दिने सवालमा विवादलाई तन्काउनु जायज होइन। जनतालाई अधिकारसम्पन्न बनाउने विषयमा छलफल केन्द्रित नगरी दलीय इगोलाई संविधानसभा असफल बनाउन कहींकतैबाट प्रयास गरिँदैछ भने त्यो स्वीकार्य हुँदैन। सिद्धान्तका विवादलाई नयाँ संविधानले टुंग्याउने विश्वास गर्न सकिन्छ। राजनीतिक कार्यक्रमका आधारमा दलहरूको प्रतिस्पर्धा हुने हुँदा जनता सचेत रहनेछन्। यो संविधानले तल्लो वर्गको उत्थानका निम्ति बाटो खोलिदिन सफल भयो भने संविधान पनि दीर्घायु हुनेछ।
 
संविधानले सबै वर्ग, समुदाय क्षेत्र, लिंग र विचारलाई प्रगति गर्ने ठोस बाटो खोलिदिने हो भने मात्रै उनीहरूको हित सम्भव छ। राजनीतिक विवादहरू थाती राखी यस सवालमा मतैक्य निर्माण गर्न सबै दलहरूको घैंटोमा घाम लाग्न जरुरी छ।
 
अधिकारहरूबाट बञ्चित समुदाय नै तल्लो वर्ग हो। भोकानांगाको कुनै राष्ट्रियता हुँदैन। भोको पेटमा नैतिक शिक्षा र उपदेशको के काम? लोकतन्त्र तल्लो गर्नको हितमा लक्षित हुनुपर्दछ। समाजमा रूपान्तरणको खाँचो छ।राजनीतिले सही मार्ग अवलम्बन गर्न सक्ने स्थितिमा राज्यका सबै साधनस्रोत पूर्ण परिचालन गरी समस्याग्रस्त जनतालाई सेवा प्रदान गर्नुपर्दछ। भूमिमाथिको सामन्तीलाई, सामाजिक-सांस्कृतिक उच्च जातीय अहंकार तथा राजनीतिक एकाधिकारको अन्त्य आजको आवश्यकता हो। 
 
अब देशले ध्वंस थेग्न सक्दैन। जनताले प्राप्त गरिसकेका उपलब्धिहरूको रक्षा गर्दै देशलाई आधुनिकीकरणतर्फ अग्रसर गराउनुपर्ने हुन्छ। हामीमा गरिब र धनीबीचको विशाल अन्तर कसरी न्यून गर्न सकिन्छ भन्ने प्रश्नले गम्भीर बनाएको छ। जनता धनी हुनै पर्दछ तर गरिब झन् कमजोर हुँदै जाने निराश स्थितिसमेत न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान पु:याउनु पर्दछ। जनता गरिब, अशिक्षित, असभ्य रहिरहने हो भने राष्ट्रिय विकास कसरी सम्भव हुन्छ?
 
सही राजनीतिक शासन व्यवस्थाको प्रतिविम्ब जनस्तरमा देखिन्छ। अत्यन्त लोकतान्त्रिक र धेरै कम्युनिस्ट पार्टीहरू भएको देशमा जनता त्यो पनि तल्लो वर्गको हविगत अत्यन्त दयनीय हुनु विडम्बना मात्रै होइन, लज्जास्पद पनि हो। राजनीतिलाई जीवनको उद्देश्य र धर्म मान्ने प्राणीहरूलाई यो प्रश्नले किन छोएन। नि:शुल्क शिक्षा, स्वास्थ्य, भूमि, पिउने पानी, रोजगारसमेत व्यवस्था गर्न नसकिएको परिस्थितिमा तल्लो वर्गको उत्थानका निम्ति यो राज्य र शासक दलहरू किन चुके? 
 
सधैं तल्लो वर्गको गलत प्रयोगमा आफ्नो राजनीतिक स्वार्थ प्रयोग गर्ने विकराल स्थितिको अन्त्यका निम्ति अब अभियान चलाउन जरुरी छ। गरिब निमुखा, जनताका बीचमा हुने गरेका कहालीलाग्दा भ्रष्टाचारको अन्त्य अबको लक्ष्य बनाउनै पर्दछ। संविधान निर्माणको विषय तल्लो वर्गको उत्थान गराउन सक्ने र पछि त्यसलाई कार्यान्वयनमा लैजान सके सबै उत्पीडित जाति, धर्म, लिंग, वर्ग, क्षेत्र अर्थात् तल्लो वर्गको हित र उत्थान सम्भव छ।अनि मात्रै राष्ट्र समृद्धि, स्थायित्व, शान्ति, विकास र समानताको मार्गमा अघि बढ्नेछ। अनि कोही नेपाली जनता उत्पीडनमा पिरोलिनुपर्ने छैन।
 
source: annpurnapost

दलितका साझा एजेण्डामा संयुक्त पहल गर्नुपर्ने - शिवजी गायक

काठमाडौँ, फागुन १३ गते ।
मिश्रित निर्वाचन प्रणालीबाट पनि दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनसक्ने बताइएको छ । सो प्रणाली अन्तर्गत पहिलो हुनेले जित्ने (प्रत्यक्ष) निर्वाचनमा पनि दलितको समानुपातिक उम्मेदवारी दिएर १३ प्रतिशत दलितहरु जितेर आउने व्यवस्था गरिनुपर्ने नेकपा एमालेका सभासद् एवं नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतमले बताउनुभयो । दलित र महिलाका लागि निर्वाचन क्षेत्र सुनिश्चित गरिनुपर्ने गौतमको भनाइ छ ।
उहाँका अनुसार मिश्रित निर्वाचन प्रणालीको समानुपातिकमा मात्र दलितलाई ल्याउने तर प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी नदिने वर्तमान अवस्थाको अन्त्य गरी दुवै प्रणालीमा समानुपातिक प्रतिनिधित्व र क्षतिपूर्ति वापतको थप १० प्रतिशत सुनिश्चित गरिनुपर्छ । सभासद् गौतमले नयाँ संविधानमा संघमा ३ प्रतिशत, प्रदेशमा ५ प्रतिशत र स्थानीयमा १० प्रतिशत थप अधिकारको सुनिश्चित हुने दावी गर्नुभयो ।
जागरण मिडिया सेन्टर र सामरी उत्थान सेवाद्धारा बुधवार आयोजित एक अन्तक्र्रिया कार्यक्रममा संविधानसभा भित्र दलित सभासद्हरुको सक्रिय भूमिका हुनुपर्ने बताइएको हो । दलितका साझा एजेण्डामा संयुक्त पहल गर्नुपर्ने सेन्टरका सचिव शिवजी गायकले बताउनुभयो । संविधानसभामा दलित सभासद्हरुको भूमिका त्यति सक्रिय हुन नसकिरहेको भन्दै उहाँले संयुक्त पहलका लागि छलफलको सुरुवात गर्नुपर्ने जिकिर गर्नुभयो । राजनीतिक एजेण्डा र संविधानसभाको विवादले दलितका साझा एजेण्डाहरु पनि प्रभावित हुन सक्ने भएकाले सजग रहन सभासद्लाई आग्रह गरिएको छ ।
शान्तिका लागि साझा अभियानका महासचिव सहेक बिश्वकर्माले दलित समुदायको सही प्रतिनिधित्वका लागि मिश्रित निर्वाचन प्रणाली नभई पूर्णसमानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताउनुभयो । मिश्रित निर्वाचन प्रणालीले दलितको समानुपातिक प्रतिनिधित्व गराउन नसक्ने उहाँको भनाइ छ ।

source:- gorkhapatraonline

दलित आन्दोलनले छुट्टै प्रदेशको पैरवी गर्न सकेन : सभासद जितु गौतम

विरु नेपाली
फागुन १४, जागरण मिडिया सेन्टर

सवैधानिक राजनीतिक संम्वाद तथा सहमती समिमतीका सदस्य, संविधानसभाका सभासद जितु गौतमले राज्य पुनर्सँचनाको वहस चलिरहदाँ दलित आन्दोलनले छुट्टै प्रदेशको वारेमा वकालत गर्न नसकेको बताउनुभएको छ । 
IMG_0886

जागरण मिडया सेन्टरद्धारा आयोजित एक अन्तक्रिया कार्यक्रममा उहाँले राज्यको पुर्नसंचना हुदा जनसख्याको आधारमा दलितले प्रदेश पाउन सक्ने क्षमता भएको तर्क गर्नुभयो । राज्य पुनर्सचनामा सामथ्र्य र पहिचानले धेरै महत्व र प्रभाव राख्छ, उहाँले भन्नुभयो, दलित समुदायको कोणबाट हेर्दा यी दुईटै कुरामा विशिष्ट क्षमता राख्न नसकेको देखिन्छ । तर सामथ्र्यभित्र दलित समुदायको जनसँख्याको उपस्थितीले चाँही धेरै महत्व राख्छ । सभासद गौतमले दलित आन्दोलनले यी दुईटै कुरामा अडान लिन नसकेका कारण संविधानसभामा यसको सुनवाई हुन नसकेको बताउनुभयो । उहाँले सामथ्र्य र पहिचानको आधारमा राज्यको पुर्नंसचना हुदा दलितले राज्य नपाउने भएपछि दलितलाई अवसर र अधिकार दिईने व्यवस्था भने संविधानमा सुनिश्चित गरिएको छ, उहाँले भन्नुभयो । यसका साथै उहाँले अघिल्लो संविधानसभाले सहमती जुटाउन नसकेको धेरैवटा महत्वपुर्ण मुद्धामध्ये शाषकिय, स्वरुप, निर्वाचन प्रणाली र न्यायलय नै प्रमुख हुन् भन्नुभयो । जसका कारण पहिलो संविधानसभामार्फत जनताले संविधान पाउन सकेनन् । 
IMG_0887

कानुनी रुपमा राज्यले १९१० को मुलुकी ऐन वनाएर दलितलाई खुला रुपमा वन्दि वनाएको उहाँको आरोप छ । राज्यले नागरिकलाई कुनै कसुर जेलमा राख्दा, क्षतिपुर्ति पाउने प्रावधान रहेझै वर्षाैदेखि वहिष्करणमा पारिएकाले दलित समुदायलाई त्यसको क्षतिपुर्ति स्वरुप भरणपोषण गर्नुपर्छ, उहाँले भन्नुभयो, “समानुपातिक अधिकार त्यसैपनि प्राप्त हुने भएको छ । तर समानुपातिकले मात्रै दलितलाई न्याय हुने अवस्था छैन, त्यसैले दलितलाई क्षतिपुर्तिको मुआव्जा वापत थप अधिकार दिने कुराको राजनीतिक रुपले स्वीकार गरिएको छ” ।
सामान्य प्रशाषन मन्त्रालयका पुर्व मन्त्रि समेत भइसक्नुभएका सभासद गौतमले मिस्रित निर्वाचन प्रणाली दलित तथा सिमान्तकृत समुदायको लागि उक्तम विकल्प हो, भन्नुभयो ।
IMG_0894
 संविधानसभामा दलित दलित वीच चुनाव लड्ने सुरक्षित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । २०६४ र ०७० को संविधानसभाको चुनाव मिस्रित निर्वाचन प्रणालीबाटै गरिएपनि दलहरुको वाध्यकारी नहुदा दलितको दलितको प्रतिनिधीत्व घटेको उहाँको भनाई थियो ।
उहाँले पहिलो संविधानसभाले संघमा ३ प्रतिसत, प्रदेसमा ५ प्रतिसत र स्थानियमा १० प्रतिसत दलितको प्रतिनिधीत्व हुने व्यवस्था गरेको भएपनि अहिलेको संविधानसभाको छलफल पश्चात दलितलाई जनसख्याको अलावा समग्रमा १० प्रतिसत थप अधिकारको व्यवस्था गरिएको बताउनु भयो । साथै उहाँले व्यवस्थापिका संसद र माथिल्लो सदनको व्यवस्था कति सख्याको हुने भन्ने कुरा संवैधानिक राजनीतिक सम्वाद तथा सहमती समितीले टुङ्गो लगाउनेछ भन्नुभयो । 
IMG_0895

हिजोको संविधानसभाले गरेका महत्वपुर्ण कामहरुका वारेमा उल्लेख गर्दै उहाँले मौलिक हकको धारा २७ को १,२,र ३ ले दलितको अधिकार सुनिश्चित गरेको छ भन्नुभयो । त्यसैगरी छुवाछुत विरुद्धको हक धारा ३३ ले १,२,३,४र ५ले यसलाई प्रष्ट पारेको उहाँको जोड थियो । दलितको नयाँ अधिकारको रुपमा धारा ५० मा सुनिश्चित गरिएको दलित समुदायको हकलाई उहाँले दलित आन्दोलनको उपलव्धिको रुपमा लिनुभएको छ । त्यस्तै पहिलो संविधानसभाले समावेसी आयोग वनाउने भनेको राष्ट्रिय दलित आयोगलाई अहिलेको छलफलले संवैधानिक आयोग वनाउने कुरामा सहमती गरेको छ, उहाँले भन्नुभयो, “राजनीतिक नियुक्ति र मन्त्रिमण्डलमा समेत दलितको प्रतिनिधीत्वलाई सुनिश्चित गर्ने कुरा संवैधानिक रुपमा उल्लेख गरिने भएको छ ”।