Saturday, April 18, 2015

दलित सौन्दर्यशास्त्र र साहित्य भाग दुई – निनु चापागाईं

ख. गीत, गीतिकाव्य र गीतिनाटक
दलितका बारेमा सम्भवतः सबैभन्दा बढी गीतहरू रचना भएका छन् र यसमा पनि वर्तमान अवस्थामा शीर्ष स्थानमा शरद पौडेल र मोदनाथ प्रश्रितको नाम उल्लेख्य छ । पौडेलका गीतहरूको स“गालो ‘दीपशिखा’ (तेस्रो संस्करण, २०६१) भित्र समावेश दलित विषयक केही गीतहरूका शीर्षक हुन्– ‘उठौं अछूतहरू उठौं‘, ‘पीर थपिन्छ भने बिदा पाउ“m’, ‘रगत चल्छ, श्रम चल्छ’ । अन्तिम गीतमा गीतकारको अभिव्यक्ति छ ः

रगत चल्छ, श्रम चल्छ, शीप चल्दछ
तर पनि किन हाम्रो पानी चल्दैन ?Ninu chapagai
यो कस्तो हो चालचलन कस्तो रिवाज हो ?
मान्छे बीच बीच पनि किन भेदभाव हो ?
संविधानमा कानुनमा सबथोक ढल्दछ
कुचलन यो तर पनि किन ढल्दैन ?
जन्म उस्तै मरण उस्तै उस्तै जिन्दगी
कुचलनमा मस्त हु“दै जिउनु हुन्न कि ?
हिंड्यौ भने अभियानमा सबथोक फुल्दछ
हिंड्ने आ“ट नै नगरेमा केही फुल्दैन
दुखी मनको एकतामा पहाड ढल्दछ
आफैं फुट्यौं भने हाम्रो दुश्मन ढल्दैन ।
प्रश्रितका ‘जान्न म ता मन्दिरमा आमा’, (२०२५) ‘सुन कामी साइ“ला दाइ’ (२०२५) र ‘म पनि मान्छे हु“’ (२०५०) जस्ता गीतहरू प्रकाशनमा आएका छन् । यस क्रमको अन्तिम गीत यस्तो रहेको छ ः
म नहु“दा संसार नै थियो बा“झो पर्ती
मेरै श्रम पसिनाले मुस्कुरायो धर्ती
जड्डल फा“ड्न मेरै आरन बन्चरो बनाउ“छ
कोदाली र फरुवाले बा“झो जमिन खन्छ
मेरै श्रम छ हजुरको जम्मै गास–गासमा
मेरै रगत् पसिना छ हरेक बास–बासमा
तर पनि मलाई सधैं अछूत नै गन्ने ?
आफ्नै अन्नदातालाई किन छिःछिः भन्ने ?
शरद पौडेलको गीति नाटक ‘गुमा’ (२०६०)मा रचनाचारले दलितहरूका बीचको आपसी छुवाछूत र भेदभावलाई गीतिनाटकको मूल विषयका रूपमा लिएका छन् । नेपाली साहित्यमा पहिलो पटक दलितभित्रको आन्तरिक भेदभावको विषयले प्रवेश पाएको छ । नाटकको निष्कर्षका रूपमा अन्तमा रचनाकारले भनेका छन् ः
जातभातको रीत र’छ सामन्तको खेल ।
समाजलाई फुटाएर राजगर्ने झेल ।।
धनीले नै गरीबमाथि खेल्ने राइ“दाइ“ ।
नगरेमा विरोध यसको हाम्रो भलो नाइ“ ।।
आऊ हातेमालो गरौं उठाऊ“ मुठ्ठीलाई ।
मुख खोली हुंकार गरौं दुष्ट थितिलाई ।।
लड्दा हामी नाङ्गाहरूको जाने के छ र ?
जित्दा सारा संसार जित्छौं गुम्ने के छ र ?
देउडामा आधारित गीतिकाव्य जुनी (२०६४) दलित समुदायबाट आएका नायक नायिकालाई आदर्शीकरण गरेर निर्माण गरिएको छ । सामाजिक विभेदको पर्खाललाई भत्काउन उनीहरू जनयुद्धमा सामेल हुन्छन् र त्यसमा सहादत समेत प्राप्त गर्दछन् । एक त देउडामा आधारित त्यसमाथि जनयुद्धको विषयले गर्दा यो काव्य विशिष्ट काव्य प्रमाणित भएको छ । यसका रचनाकार स्वयम् शिक्षण पेसा परित्याग गरेर जनयुद्धमा होमिएका एकजना प्रतिबद्ध, दलित समुदाय आएका साहित्यकार हुन् । उनको नाउ“ हो–विष्णुबहादुर वि.क. ।
ग. कथा विधातर्फ
जातपात र छुवाछूतप्रथाको विरोध गर्दै नेपाली साहित्यमा कथा लेख्न थालिएको झन्डै सात दशकभन्दा बढी समय भएको छ । ‘गोरखासंसार’मा वि.सं.१९८६ मा प्रकाशित कथा ‘एउटा गरिब सार्कीको छोरी’लाई यस विषयको पहिलो कथा मानिए तापनि दलित विषयक आख्यानका दृष्टिले वि.सं. २०११ साल महŒवपूर्ण देखिन्छ । यसै साल मुक्तिनाथ तिम्सिनाको ‘को अछूत ?’ शीर्षकको उपन्यास प्रकाशनमा आएको छ । यसलाई त्यतिखेर लगाइएको प्रतिबन्धबाट नै पुस्तकको महŒव कति थियो प्रस्ट हुन्छ । उपन्यासकार मुक्तिनाथले नेपालका दलितहरूले भोग्नुपरेको सामाजिक अपमान, तिरस्कार, विभेद र जीवनको अवस्थालाई उद्घाटित गर्नुभन्दा बढी समाजमा छुत र अछूतको सीमारेखा कसरी र किन बन्ने गर्दछ भन्ने कुराको उद्घाटन गर्नुलाई आफ्नो उद्देश्य बनाएका छन् । उपन्यासमा उपन्यासकारले दलित समस्या अन्य जातीय समस्या जस्तै वर्गीय समस्या हो र सबै दलितहरू सङ्गठित रूपले वर्गीय मुक्ति आन्दोलनमा संलग्न भएर अघि बढेको खण्डमा मात्र दलित समस्या समाधान हुन सक्छ भन्ने विचार प्रस्तुत गरेका छन् । तारानाथ शर्माको ‘रा“को’ शीर्षकको कथा, यज्ञप्रसाद आचार्यको ‘चतुरे सार्की’ शीर्षकको कथा र देवमणि ढकालको ‘सार्की’ शीर्षकका कथाहरू पनि यसै सालमा प्रकाशित भएका हुन् । ‘चतुरे सार्की’ले अछूतहरूले भोग्नु परेको यथार्थको चित्रण मात्र गरेको छ भने अन्य दुई कथाले दलितहरूमा विकसित भएको चेतना र सङ्घर्षको चित्रण समेत गरेका छन् । भवानीप्रसाद शर्माको जीवनमरणको (२०१३) शीर्षकको कथाले अछूत मानिएकी महिलास“ग विवाह गर्दा जातिच्यूत हुनुपर्ने त्यतिखेरको वस्तुगत सन्दर्भलाई प्रस्तुत गरेको छ । नेपाली साहित्यमा यसपछि लेखिएका कथाहरूले यिनै कथाको परिपाटीलाई पछ्याएका छन् । पारिजातको कथा ‘नैकापे सर्किनी’ (२०३९) ले दलित समुदायको आर्थिक विपन्नता र जीवन धान्नका लागि बालुवा खनेर परिवारको भरणपोषण गर्न बाध्य दलित महिलाको दयनीय स्थितिको चित्रण गरेको छ । खगेन्द्र सङ्ग्रौलाको ‘खरानीमुनिको आगो’ (२०२७) ले पनि दलितहरूले भोग्नुपरेको विपन्न आर्थिक स्थितिको चित्रण गरेको छ भने उनको अर्काे कथा ‘सङ्ग्रामबहादुर सार्की’ (२०५२) ले चाहि“ दलितमाथि भएको माथिल्लो वर्गको शोषण–उत्पीडनका विरुद्ध दलित समुदायमा विकसित हुन थालेको चेतनालाई प्रस्तुत गरेको छ । उनका ‘बलबहादुरको विद्रोह’, ‘बाली बिग्रेको अर्काे साल’ र बालकथा ‘मुखको अनौठो कथा’ पनि दलित विषयमा नै आधारित कथा हुन् । इस्मालीका कथाहरू ‘माछो माछो भ्यागुतो’, ‘हिरामन सादाको अठोट’, ‘मङ्सिरको अनिकाल’ (माछो माछो भ्यागुतो कथासङ्ग्रह, २०५२ मा सङ्ग्रहित) आदि कथाहरू पूर्वी तराइका मुसहर जातिका पात्रहरूका आधारमा निर्माण गरिएका छन् र उनीहरूको वास्तविक यथार्थलाई तिनमा चित्रण गरिएको छ । उनको कथा ‘हरिशरणरामको पुनरागमन’ (२०५४) ले शिक्षित चमार नायकले समाजबाट पाएको अपमानको चित्रण गरेको छ र दलितहरू सचेत भएको अवस्थामा मात्र जातीय विभेद र छुवाछूत समस्याबाट पार पाउन सकिन्छ भन्ने सन्देश दिएको छ । ऋषिराज बरालको कथा ‘विकासको कुलो (२०४२) तात्कालिक पञ्चहरूद्वारा दलितमाथि भएको शोषण एवम् अत्याचारमाथि आधारित छ भने उनको अर्काे कथा ‘उद्घाटन’ले चाहि“ दलितहरूको विपन्न आर्थिक अवस्था, उनीहरूमाथि हुने वर्गीय उत्पीडन एवम् दलितहरूमा विकसित भैरहेको चेतनालाई उद्घाटित गर्दछ । बरालको कथा ‘बल्ल थाहा पायो सुन्दरे कमरेडले’ नेपालको दक्षिणपन्थी संशोधनवादको दलदलमा फ“सेको कम्युनिस्ट पार्टीका नेताहरूले आफ्नै पार्टीका दलित कमरेडलाई कसरी उल्लु बनाएर आफ्नो स्वार्थसिद्ध गर्ने प्रयास निर्वाचनको प्रक्रियामा गरेका छन् र दलितहरू कसरी यस तथ्यका बारेमा सजग हु“दैछन् भन्ने जानकारी गराउ“छ । उनको कथा ‘कदमलाल तत्माको गीत’ नेपालको पूर्वी तराईका दलितहरूको परिवेश र यथार्थस“ग सम्बद्ध छ । कथाकार हरिहर खनालको कथा ‘अजम्मरी गाउ“’ (२०३७) ले दलित समुदाय र गाउ“का शोषकहरूका बीच भएको वर्गसङ्घर्षको कथालाई प्रस्तुत गरेको छ । विजय चालिसेका ‘अनुत्तरित प्रश्न’ (२०४४), अखबारका पन्नामा साटिएको अनुहार’ (२०४४),‘पारु’ (२०५६), ‘जोगी माया’ (२०५६), ‘काले गाइने’ (२०६२), ‘चेतनाको बीज’ (२०६२), ‘कम्लरी’ (२०६२) जस्ता कथाहरूले सुदूर पश्चिमको परिवेशमा दलित समस्या र जातीय विभेद, शिक्षाबाट वञ्तित दलितहरूको स्थिति र माथिल्ला वर्गका विरुद्ध दलितहरूले गरेको विद्रोह आदिका बारेमा चित्रण गरेका छन् । यस अतिरिक्त कपिल लामिछानेको ‘सान्चा’, घनश्याम ढकालको ‘एउटा विद्रोह’, नारायण ढकालको ‘शहरयन्त्र’, पुण्यप्रसाद खरेलको ‘चिठी’, पञ्चकुमारी परियारको ‘भ्रमले सिर्जिएका अन्तरालहरू’, पदम पौडेलको ‘दशैं’, रमेश विकलको ‘वीरेकी आमा’, विरही अधिकारीको ‘काली भूमिगत भई’, विवश वस्तीको ‘पिपिरे दमाई’ र हरिप्रसाद भण्डारीको ‘को अछूत ?’ जस्ता कथाहरूले पनि विभिन्न परिप्रेक्ष्यमा दलित समस्यालाई आआफ्नो तरिकाले प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । दलित समस्यालाई आधार बनाएर कथाहरू प्रकाशनमा ल्याउने अन्य रचनाकारहरूमा अर्जुन विश्वकर्मा, आनन्द राई, ख्यामु गाउ“ले विश्वकर्मा, टीकाराम रसाइली, ध्रुवकुमार परियार, नारायण रपाल ‘जोनास’, प्रेरणा विश्वकर्मा, बि.एन. बेगारी, यामबहादुर किसान, सरोज ओली आदि छन् । बादीबदिनीहरूको विशिष्ट समस्यालाई विषयवस्तु बनाएर सनत रेग्मी लगायतका कथाकारहरूद्वारा केही उल्लेखनीय कथाहरू पनि लेखिएका छन् ।
घ. उपन्यास विधातर्फ
उपन्यासको पङ्क्तिमा ‘को अछूत ?’ का अतिरिक्त खगेन्द्र सङ्ग्रौलाको ‘जूनकिरीको सङ्गीत’ (२०५६) र शरद पौडेलको ‘लिखे’ (२०६९) तथा ‘सिमानावारिपारि’ (२०६१) र के.पी. ढकालको ‘जुठेको नया“ घर’ समेत प्रकाशनमा आएका छन् । दलित समस्यालाई केन्द्रमा राखेर लेखिएको ‘लिखे’ पर्वत–बाग्लुङ् क्षेत्रका अति विपन्न सामाजिक, आर्थिक अवस्था र उपल्लो समुदायको चरम उत्पीडन भोगिरहेका दलितहरूको जीवन, समस्या र तिनको मुक्तिको विषयलाई आधार बनाएर लेखिएको उपन्यास हो । उपन्यासले स्वदेशमा दलित समुदायले भोग्नुपरेको यातना, अभाव, गरिबी र तिरस्कारको कथा–व्यथा मात्र होइन, रोजगारीका निम्ति भारत जान बाध्य दलितहरूले भारतमा भोग्नु परेको दयनीय अवस्थाको समेत चित्रण गरेको छ । दलित समस्याको निराकरणका निम्ति ‘लिखे’ उपन्यासको सन्देश नेपालको सन्दर्भमा निकै सान्दर्भिक र महŒवपूर्ण देखिन्छ । ‘…वर्गसङ्घर्ष र त्यसपछिको मुक्तिपछि छुवाछूत त्यसै मेटिइहाल्छ भनेर सोच्नु पनि हु“दैन । वर्ग त मेटिएला .. । तर वर्ण, यो जातपात भन्ने कुरा नमेटिन पनि सक्छ । तर यसो भनेर दलित जातिले आफ्नो मुक्तिको लागि छुट्टै सङ्घर्ष गर्ने भनेको होइन, त्यै वर्गीय आन्दोलनमा नै यो वर्णको, जातपातको आन्दोलनलाई पनि ठीकस“ग उठाउ“दै लैजान पर्छ । त्यसका निम्ति दलितहरूले नै सचेत र सङ्गठित भएर आफ्नो मुक्तिको लागि काम थाल्नुपर्छ । त्यसको निम्ति कत्ति पनि ढिलाइ गर्नु हु“दैन । अहिले नै पनि दलितहरूको शैक्षिक–सांस्कृतिक स्तर बढाउने, उनीहरूलाई अरू अरू जाति, जनजातिहरूस“ग घुलमिल गराउने, उनीहरूको आर्थिक थिति सुधार्ने र जे जति सकिन्छ दलित अधिकार प्राप्त गर्ने दिशामा अहिल्यैदेखि काम थाल्नुपर्छ ।’ उपन्यासमा व्यक्त विचारको सार यही हो । यसभन्दा पछि प्रकाशनमा आएको शरद पौडेलको अर्काे उपन्यास ‘सिमाना वारिपारि’ अझ सशक्त र परिष्कृत हुनुपर्नेमा वैचारिक स्पष्टता र स्तर, यथार्थको उपस्थापन, कलात्मक प्रस्तुति सबैमा पछि परेको पाइन्छ । खगेन्द्र सङ्ग्रौलाको उपन्यास ‘जूनकीरीको सङ्गीत’ पश्चिम नेपालका दलितहरूको विपन्न र दयनीय सामाजिक यथार्थलाई उद्घाटन गर्न निकै सक्षम रहेको छ तापनि दलित समस्यालाई समाधान गर्ने समुचित दिशा एवम् चिन्तन अघि सार्न भने असक्षम भएको छ । यसले दलित आन्दोलनलाई पथभ्रष्ट बनाउन र सुधारमा सीमित पार्न प्रयत्नरत गैरसरकारी संस्थाहरूका गतिविधिबाट नै दलितमुक्ति सम्भव छ भन्ने गलत विचारलाई प्रस्तुत गरेको छ । के.पी. ढकालको उपन्यास ‘जुठेको नया“ घर’ले पूर्वी नेपालका भोजपुर र संखुवासभा क्षेत्रका दलित समुदाय, विशेषतः सार्कीहरूको २०४६ पूर्वको जनजीवनलाई चित्रण गरेको छ र ब्राह्मण एवम् दलितका बीचमा भएको सङ्घर्षमा दलित समुदायको विजयलाई प्रस्तुत गरेको छ । वैचारिक अस्पष्टता, भाषागत त्रुटि, सुधारवादी चेत, कथ्य र पात्रको अस्वाभाविक विकास, बहुलवादी, सुधारवादी कम्युनिस्ट आन्दोलनको पक्षपोषण जस्ता कमजोरी उपन्यासमा प्रकट भएका छन् । तथापि सम्बन्धित क्षेत्रका दलित समुदायको यथार्थ चित्रण र दलित मुक्ति वर्गीय आन्दोलनबाट पृथक् रहेर हुन सक्तैन भन्ने विचार उपन्यासको सकारात्मक पक्ष हो । बाल उपन्यास ‘नया“ बस्ती’मा रचनाकार विजय आचार्यले ब्राह्मण केटी र सार्की केटाका बीचको अन्तरजातीय प्रेमविवाहको चित्रण गर्नुका साथै दलितहरूको हितका निम्ति खोलिएका भनिएका एनजीओहरूमा हुने गरेको दलितकै शोषणलाई उद्घाटन गर्ने काम गरेका छन् । वैचारिक पक्ष समृद्ध भए तापनि उपन्यासको कथ्यलाई विश्वसनीय रूपबाट प्रस्तुत गर्न उपन्यासकार केही कमजोर देखा पर्दछन् । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ दलितहरूको सामाजिक पृष्ठभूमिमा नै निर्माण भएको छ । उपन्यासको प्रसड्डमा भक्तबहादुर नेपालीको ‘उज्यालो गाउ“’ (२०४८) को उल्लेख पनि किन गर्न सकिन्छ भने त्यसमा जातिपाती र छुवाछूत नभएको समाजनिर्माण गर्ने आकाङ्क्षा छ र त्यसका लागि गरिएको काल्पनिक प्रयत्नको चित्रण समेत छ । मोदनाथ प्रश्रितको ऐतिहासिक उपन्यास ‘देशभक्त लक्ष्मीवाई’ (२०५८, सङ्कलित रचना, खण्ड–३) मा पनि छुवाछूतविरोधी भावनाहरू अभिव्यक्त भएका छन् ।
ङ. नाटकविधा
नाटकमा रणेन्द्र बरालीको ‘आफ्नै व्यथा’ (२०५६) ले दलित पात्रले सामाजिक जीवनमा भोग्नु परेका विभिन्न किसिमका विभेद र असमानतालाई व्यक्त गर्दै सङ्गठित रूपले वर्गीय मुक्ति आन्दोलन गरेपछि मात्र छुवाछूतबाट पनि मुक्ति पाउन सकिन्छ भन्ने सन्देश दिएको छ । होटेल, पसल आदिमा कसरी एकजना दलितले अपमान सहनु पर्दछ र प्रेममा समेत अन्तर जातीय विवाह गर्नु पर्दा के कस्ता समस्या आइपर्दछन् भन्ने कुरालाई यसले चित्रण गरेको छ ।
source:- majdooronline

No comments:

Post a Comment