Monday, April 20, 2015

डोम जातिको सानै उमेरमा विवाह गरिदिने चलन

रौतहट । ०७१ वैशाख ६ गते
बालिकालाई बेहुली बनाउन पाइँदैनबालकलाई बेहुला बनेको सुहाउँदैन भन्ने नाराका साथ बालविवाह विरुद्ध विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको भए पनि त्यसको प्रभाव तराईका दलित जातिमा पर्न सकेको छैन ।बिर्तीप्रष्टोका गाविसकी सुगान्धिया मलिक डोमको चार वर्षको उमेरमा विवाह भयो । सोही गाउँकी चलावतीदेवी मलिक १४ वर्षकै उमेरमा आमा बनिन् । यो त उदाहरण मात्रै होडोम बस्तीहरूमा यस्ता धेरै बालिकाहरु बेहुली बनिसकेका छन् भने अधिकांश किशोरीहरू आमा बनिरहेका छन् । रौतहटको विभिन्न गाविसमा बसोवास गर्दै आएका डोमजातिमा अहिले पनि बालविवाह घटेको पाइँदैन ।

सुगान्धिया अहिले ५ वर्षकी भइन् । उनको विवाह गत वर्ष बारा जिल्लाको भवानीपुरका एक बालकसँग भएको थियो । सुगान्धिया जस्तै बिर्तीप्रष्टोका५ का दिनेश मलिककी ९ वर्षीया छोरी करिस्माको चार वर्ष अघि र सोही टोलकी १३ वर्षिया बिरनदेवीको १० वर्ष अघि विवाह भइसकेको छ  जिल्लाको समनपुरमर्यादपुरधरमपुरबरियारपुरटेङ्ग्राहा सन्तपुर(म)डुमरिया(म)हजमिनियाचन्द्रनिगाहपुरबिर्तीप्रष्टोका,कटहरियालगायत गाविसका सार्वजनिक तथा ऐलानी जमिनमा वर्षौदेखि बसोवास गर्दै आएका तराईका अति पछाडि पारिएका दलित डोम जातिका छोराछोरीको १० वर्ष भन्दा कम उमेरमा विवाह हुने प्रचलन अहिलेसम्म कायमै रहेको  छ ।

पहिलेदेखि नै सानै उमेरमा विवाह गरिदिने चलन रहेकाले डोम जातिले छारीछोरीको सानैमा विवाह गरिदिने चन्द्रनिगाहपुरका कैलाश मलिक डोमले बताए । कैलाशले तीन वटी छोरीको सानै उमेरमा विवाह गरिसकेका छन् । पछिल्लो पटक उनले ७ वर्षीया छोरी शिलाकुमारीको बारा जिल्लाको गञ्जभवानीपुरका एकबालकसँग विवाह गरिदिएका थिए ।किशोरी अवस्थामा नै आमा बन्दा डोमजातिका महिलामा विभिन्न शारीरिक समस्या देखा पर्ने गरेका छन् । डोमबस्तीका २० वर्ष उमेर पुगेका अधिकांश महिलाले दुई देखि तीनओटासम्म सन्तान जन्माइ सकेको भेटिन्छ । बिर्तीप्रष्टोका गाविसकी कनन्दीदेवी मलिकले भनिन् मलाई विवाह भएको सम्झना छैन१५ वर्षको उमेरमा सन्तान जन्माइ सकेकी थिएँ ।” छोरी ४५ वर्षको हुने बितिक्कै कुटुम्ब खोजी विवाह गरिदिने र १२÷१३ वर्षको भएपछि पतिको घर पठाइदिने डोम जातिमा चलन रहेको बिर्तीप्रष्टोका गाविसका ६० वर्षीय भोजिन्दर मलिकले बताए ।
रौतहट जिल्लामा ३९ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ । तराईका दलित जातिमा शिक्षाको कमीचरम गरिबी र ठूलो भएपछि विवाह गर्दा दाइजो बढी दिनुपर्ने जस्ता समस्याले गर्दा बालविवाहको प्रचलन अत्यधिक रहेको महिला तथा बालबालिका सेवा केन्द्र रौतहटका अध्यक्ष किरण ठाकुरले बताइन् । बालअधिकारको क्षेत्रमा सरकारी तथा बिभिन्न गैर सरकारी निकाय कार्यरत रहे पनि यी दलित जातिमा कानुनी तथा चेतनाको प्रचार प्रसार हुन नसकेको अधिवक्ता अनन्त अधिकारी बताउँछन् ।

No comments:

Post a Comment