लम्की (कैलाली), ८ वैशाख,विभेद बिरुद्ध अभियान ।
कैलालीको मसुरियाका दुई जना सात महिनादेखि साउदी अरबको जेलमा कष्टकर जीवन बिताइरहेका छन् । मसुरिया–२ महोलियाका ३५ वर्षीय दानबहादुर ऐर र २५ वर्षीय धनबहादुर विक साउदी अरबको एउटा जेलमा कष्टकर जीवन बिताइरहेका छन् । एजेन्ट र म्यानपावरको प्रलोभनमा परी उनीहरु विसं २०७० साल फागुनमा वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । होटलमा वेटरको काम लगाइदिने भन्दै डडेल्धुराका जगदीश धामीले उनीहरुलाई ललितपुर पाटनढोका नजिकै रहेको यस इम्प्लोइमेन्टले साउदीमा इलेक्ट्रोनिक लेवरको काममा पठाएको थियो ।

“एउटा काम लगाइदिने भन्दै अर्को काममा पठाइदियो” – ऐरकी श्रीमती दुर्गादेवी ऐरले भनिन् – “हाम्रा श्रीमान्को यस्तो अवस्था भयो ।” एजेन्ट धामीले सँगै गएका आफ्ना भाइहरुलाई सोही होेटलमा पठाएको र आफ्ना श्रीमान्लाई अर्को ठाउँमा पठाएको ऐरले बताइन् । साउदीका लागि रु एक लाख ७५ हजार ऋण गरेर विदेशमा पठाए पनि श्रीमान्को जेलमा यस्तो दुःख सुन्दा धेरै दुःख लागेको विककी श्रीमती सरस्वती विकले बताइन् । साउदी जानका लागि नेपाल सरकारले रु ७० हजार तोकेको छ । आफ्ना श्रीमान् साउदीको कुन जेलमा छन् भन्नेबारे उनीहरु अनभिज्ञ रहेका छन् ।
वैदेशिक रोजगारीमा साउदी गएका ऐर र विकले लेवरको काम गरे पनि तीन महिनासम्म काम गरेको मालिकले ज्याला दिएनन् । आफ्नो ज्याला दिलाइदिन सो म्यानपावर कम्पनीमा खबर गर्दा उक्त म्यानपावरले आन्दोलन गर्न सुझाव दिएको र आन्दोलन गर्दा साउदी प्रहरीले उनीहरुलाई जेल हालेको सरस्वती विकले बताइन् । मासिक एक हजार तलब पाउने भनी गएकामा तीन महिनासम्म ३०० र त्यसपछि ६०० मात्रै दिएपछि उनीहरु असन्तुष्ट भएका पारिवारिक स्रोतले बताएका छन् ।
उनका अनुसार ऐर र विक कात्तिकदेखि जेलमा रहेका छन् । म्यानपावरले छिट्टै नै उनीहरुलाई घर फर्काउने वातावरण मिलाउने आश्वासन दिए पनि अझै कुनै पहल नगरेको उनीहरुको दुःखेसो रहेको छ । श्रीमान्को रिहाइका लागि उनीहरुले विभिन्न ठाउँमा धाइसकेका छन् । श्रम विभाग, म्यानपावर कम्पनी, मानवअधिकारकर्मी, सुरक्षा निकायसम्म धाइसके पनि कतैबाट कुनै पहल नभएको उनीहरुले बताएका छन् । रासस
No comments:
Post a Comment