Wednesday, April 15, 2015

५० बर्ष पछि गुल्मी जिल्लामा दलित समुदायबाट स्थाई शिक्षक

प्रेम सुनार, गुल्मी, २०७२ बैशाख  २ । २०२८ सालको नयाँ शिक्षा लागु भए देखि फाटफुट रुपमा दलितहरुले पढ्न पाउने वातवरण सुरु भएको अहिले झण्डै ५० वर्ष पछि गुल्मी जिल्लामा दलित समुदायबाट पहिलो पटक माध्यमिक तहको स्थाई शिक्षक बनेका छन् रोम बिश्वकर्मा ।
गुल्मीको नयाँगाउँ –२ पुर्खेयौंली घर भई हाल रेसुङ्गा नगरपालिका–२ , तम्घास मिलनचोकमा वसोवास गर्दै आई रहेका ३९ वर्षिय बिश्वकर्मा ग्वादी माध्यामिक माध्यमिक विद्यालय, ग्वादी गुल्मीका अग्रेजी विषय माध्यमिक तहका स्थाई शिक्षक हुन् ।
उनि २०६९ सालमा शिक्षा सेवा आयोगको परिक्षा उतिर्ण गरी भदौ ११ गते देखि त्यस विद्यालयको नियुक्ती पाएका हुन् । गत दश वर्ष देखि रेसुङ्गा माध्यमिक विद्यालय तम्घासमा विज्ञान विषय पढाउँदै प्राय हरेक वर्षको एसएलसी परिक्षामा सतप्रतिशत विद्यार्थीहरु उतिर्ण गराउँदै आएका विश्वकर्मालाई उत्कृष्ट शिक्षकका रुपमा जिल्ला शिक्षा कार्यालय गुल्मीले समेत सम्मान गरेको थियो ।
२०३२ साल माघ १ गते पिता जंगबहादुर बिश्वकर्मा र माता वलिकुमारी बिश्वकर्माका कान्छा सुपुत्रका रुपमा जन्मीएका विश्वकर्मालाई तत्कालिन अवस्थामा दलित भएका कारण पढ्न त्यति सहज थिएन् । अन्य जातीका विद्यार्थी साथीहरुबाट पानी थापेर पिउदाको नमिठो अनुभव संगालेका विश्वकर्मा अझै पनि तथाकथित उच्च जातीका मानिसहरुले सहजै स्वीकार गर्न नसक्ने बताउँ छन् ।
२०५२ सालमा नयाँगाउँ उच्च माध्यामिक विद्यालयबाट विज्ञान शिक्षकका रुपमा अस्थाई नियुक्ती पाएका उनले २०५२÷ ० ५३ मा सोही विद्यालय र त्यस पछि गणेश माध्यमिक विद्यालय पिपलधारामा समेत पढाएका थिए । २०५२ सालको शिक्षा सेवा आयोगबाट २०६० सालमा प्रावि स्थाई शिक्षकका रुपमा शिक्षण पेशामा विधिवत प्रवेश पाएका उनले विद्यार्थीहरुको सफलता नै आफ्नो सफता मान्ने र उनिहरु संगै कक्षा कोठामा रमाउन पाएकोमा खशी व्यक्त गर्दछन् ।
मेहनत र लगनशिल भएर अध्यान गरेमा दलित लगायत सम्पुर्ण वर्गका विद्यार्थीहरुले राज्यको उच्च सुविधा लिने तहमा समेत पुग्न सकिन्छ भन्ने उनको अठोट रहेको छ । यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी डाक्टर भोेजराज काफ्ले संग पुष्टाई माग्दा उनले पनि दलित समुदायबाट उहाँ नै पहिलो माध्यमिक तहको स्थाई शिक्षक भएको बताए ।
‘ उहाँ योग्य र स्थापित शिक्षक मात्र नभई भद्र व्यक्ती समेत हुनुहुन्छ मैले उहाँलाई तारिफ गर्दछु ’–जिल्ला शिक्षा अधिकारी काफ्लेले भने–‘ उहाँ बाहेक दलित समुदायबाट माध्यमिक तहको स्थाई शिक्षक जिल्लामा अरु पाईएको छैन् । ’ शिक्षक बिश्वकर्मा भने यसलाई त्यति ठुलो विषय ठान्दैनन् । उनले भने – ‘ यो त्यति ठुलो विषय त लाग्दैन तै पनि दलित समुदायबाट माध्यमिक तहको पहिलो स्थाई शिक्षकका रुपमा मिडियाले परिचीत गराउन खोजेकोमा खुशी नै लागेको छ । ’
यसवाट सम्पुर्ण विद्यार्थीहरु भाई वहिनीहरुलाई थोरै भए पनि प्रेरणा मिलोस भन्ने आशा राख्दै उनले आफुलाई यहाँ सम्म पुराउन माता पिता, दाजु पुरन बिश्वकर्मा र सम्पुर्ण गुरु वर्ग प्रति आभार प्रकट गर्दछन् । उनले विज्ञान विषयमा स्नातक उतिर्ण गरेका छन भने अग्रेजीमा स्नाकोक्त गर्दै छन् ।

No comments:

Post a Comment