Wednesday, April 1, 2015

वर्गीय, जातीय, लिङ्गिय विभेदका तगाराहरु – पुर्णबहादुर विश्वकर्मा

पोखरा, १५ माघ- नेपालमा हुदा खाने वर्ग र हुने खाने वर्ग गरि दुइ प्रकारका वर्ग त छन् । सबै  कम्यूनिष्ट र कांग्रेसले वर्ग बिहिन समाजको लागि अपनाउनु पर्ने सिद्धान्त भनेको र भन्दै आईरहेको पनि वर्ग संघर्È नै हो । तर मैले बुझ्न नसकेको मुख्य कुरा पहाडिया खस, हिन्दु सामन्ती राज्य ब्यबस्थामा आधारित हाम्रो समाजमा धनि गरिवको समस्या त आफ्नो ठाउमा छ“दैछ । त्यो भन्दा पनि विकराल समस्या भनेको मान्छेले मान्छेलाई छुन नहुने, पशु पन्छी पुजिने तर मान्छेलाई छुन समेत नहुने धार्मिक तथा सामाजिक संस्कारको बिरुद्ध पनि झन् ठुलो संघर्È गर्नु पर्ने आवश्यकता छ ।
माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओको देशमा पनि यस्तै नेपालको जस्तो जातीय तथा सामाजिक संरचना भएको भए सायद वर्गीय संघर्È भन्दा पहिले जातिय संघर्È गर्थे होला र ? खुकुरीको पिर अचानोलाई के थाहा ? भने जस्तै नेपालको राज्य सत्ता पुरानो हिन्दु सामन्ती संरचनामा आधारित छ भने अहिले सम्मको राज्य संचालक समेत हिन्दु, सामन्ती अहंकारबादीहरु नै छन् । जसरि चीनमा वर्ग संघर्षको साथ साथै महान सांस्कृतिक क्रान्तिलाई समेत एकाकार गरेर संचालन गरिएको थियो । त्यसरी नै नेपालमा पनि धर्मको नाममा गरिने हरेक क्रियाकलापले समाजमा र जातीय विभेदमा के कति असर पारेको छ त्यसलाई विश्लेÈण गरेर हरेक पार्टीका कार्यकर्ताहरुलाई प्रशिÔित गर्न आवश्यक छ ।
नेपालको बर्तमान शिÔा नीति यस्तो छ कि, हामी देख्छौं, विज्ञान प्रविधिको कुनै शाखामा स्नातकोत्तरमा पढ्ने विद्यार्थी समेत बिहान उठेर टिभिमा राशिफल हेर्छ । अनि दिउसो आफ्नै ‘भाग्य’ बाट धोका खाएर सडकको चिसो पेटीमा पछारिन पुगेको एक मगन्तेसंग हात देखाएर ‘लक’को फैसला गर्दै विश्वास वा अविश्वासको मानसिकतासाथ परिÔा कÔतिर प्रवेश गर्छ । यसरी हरेक प्रश्नको समाधानको लागि प्रयोगशालाको शरणमा जाने विज्ञानको छात्रले समेत आफुले पढेको विज्ञानका प्रमाणहरु र आफ्नो मिहिनेत प्रति हैन । ग्रहदशा र भाग्य प्रति विश्वास गरेको देखिन्छ । त्यसैले यान्त्रिक रुपमा विज्ञानका सुत्रहरु पढ्नु, तर विज्ञानवादी चेतनाको विकास नहुनुको परिणामले उसलाई समेत यस स्थितिमा पु¥याएको हो । धर्मले समाजमा पारेको प्रभावलाई हेर्ने हो भने लिंगीय विभेद त्यतिनै बिकराल छ । हरेक हिन्दु नारीले आफ्नो पतिको दिर्घायूको कामनाको लागि अनेकौ तिर्थ वर्त गर्दछन तर कुनै पुरुÈले आफ्नो पत्नीको लागि दिर्घायुको कामनाको लागि बस्नु पर्ने एउटा पनि तिर्थ बर्त भेटिदैन ।
महिलाले आफ्नो पति देवको लागि लिने अनगिन्ति तिर्थ वर्त मध्ये स्वस्थानी वर्त पनि एक हो । जुन कथाको सुरु देखि अन्त्य सम्म सुन्दै जाने हो भने नारि एक अबला, परनिर्भर, दासी, सन्तान उत्पादनको लागि निर्माण गरिएकी पुरुÈको मनोरंजनको साधन मात्र होइन पुरुÈको नजरमा एक भौतिक साधन सरि मुल्यांकन गरिएको छ । सम्पूर्ण जीवन पूर्व जन्म, यस जन्म र अर्को जन्म वा स्वर्ग समेत पुरुÈको अनुमति बिना पाइला टेक्न नपाइने, नारीको सारा जिन्दगि पुरुÈकै उपर हुने जस्ता कथाले महिला उत्पीडनमा थप टेवा पुर्याएको छ । सतिदेविलाई विष्णुले छलकपट गरि मन नपरेका शिवसंग बिहे गराइ दिनु, ७० बर्Èका शिव भट्ट ब्राहम्णसंग ७ बर्सकी बालिका गोमाको बिहे हुनु जस्ता नारिको असस्मतामाथि नै कालो दाग लाग्ने सयौ दर्दानाक कथाले भरिपूर्ण स्वस्थानी वर्त कथालाई महिलाले पुरै बहिस्कार गनु पर्ने देखिन्छ वा सो स्वस्थानी बर्त कथाको पुस्तक नजलाउदा सम्म महिलाको दमन कायम रहने देखिन्छ ।
महिलालाई दासको कोटिमा झार्ने र महिलाको अधिकारको बिरुद्धमा रहेको उक्त स्वस्थानी वर्तको बहिस्कार गर्नुको सट्टा महिला अधिकारको लागि दिन भरि सडकमा घांटी सुकुन जेल कुर्लने भाÈण छाट्ने पुरुÈ प्रधान समाजको बिरोध गर्ने तर सा“झ घरमा गई फेरी त्यहि स्वस्थानीको बर्त बस्ने कथा सुन्ने र भोलिपल्ट फेरी नारी अधिकार र समानताका कुरा गर्दै हिड्ने समाजका शिÔित मध्यमा नै गनिने र कम्यूनिष्टको नेतृत्व समेत सम्हालिसकेका एकाध नारिहरुको क्रियाकलाप देख्दा टिठ लागेर आउछ । जहिलेसम्म नारीहरु द्वारा पुरुÈ प्रधान हिन्दु समाजमा आफुलाई निच कोटिमा राख्न टेवा पु¥याउने धार्मिक गतिविधिको वहिस्कार र अग्रगमन तथा प्रगतिशील कदमको अबलम्बन गरिदैन तव सम्म महिला अधिकारको कुरा गर्नु र सुर्य पश्चिम बाट उदाउछन भनेर विश्वास गर्नु उस्तै उस्तै हुन आउछ ।
आफ्नो अधिकार कसैले ट्रे मा सजाएर दिदैन दिने चिज पनि होइन र कहि“ कसैले दिएको इतिहास पनि छैनरअधिकार मागेर पाइने कसैको दया मायाद्वारा उपलब्ध हुने चिज पनि होइन अधिकार त संघर्È गरेर खोसेर लिने चिज हो । सदियौ देखि आफ्नो अधिकारको लागि लडिरहेका हामी जातिय, बर्गीय, Ôेत्रिय लिंगीय, उत्पीडनमा परेका सम्पूर्ण उत्पीडित बर्गलाई सहि बाटो पहिल्याउने शिÔाको आबश्यकता छ । त्यसैले धर्म के हो यसको फाइदा बेफाइदा, यसले समाजमा परेको दुरगामी असर लगाएतका कुरा हरुमा स्पष्ट नपार्ने हो भने हिजो जनयुद्ध कालमा पनि नजानि“दो प्रकारले जातिय विभेदको गन्ध आएकै हो ।
जनयुद्धकालमा मानिसको मनमस्तिष्क परिवर्तन नगरी किन भौतिक रुपमा मन्दिर भत्काउने, गाईको मासु बाहुन हरुलाई जबर्जस्ती कोचाउन आदेश दिने बाबुराम शान्ति प्रक्रियामा आए पछि पुजा पाठ र तिर्थ वर्तमा ब्यस्त हुने जस्तो अवस्था नैलो भन्न सकिदैन । हरेक धर्मले तर्क र जिज्ञासालाई खारेज गर्दछ र समाजलाई परिपक्क हुन कहिल्यै दिदैन । त्यसैले पार्टीमा वर्ग संघर्Èको संग संगै साँस्कृतिक संघर्È लाई पनि एकाकार गरेर लैजान जरुरी देखिन्छ ।
साभार:- पोखरापत्र (अधिकारकर्मी विश्वकर्मा हाल नेदरल्याण्डमा छन् ।)

No comments:

Post a Comment