Thursday, July 2, 2015

बाँकेका दलित विद्यार्थीले सरकारले दिने गरेको १० प्रतिशत छात्रबृत्ति पनि पाएन्न

असार १७ गते ,विभेद बिरुद अभियान   सरकारले शिक्षामा सबैको पहुँचबृद्धिका दलित, गरीब, जेहेन्दार र अपाङगता भएका विद्यार्थीलाई हरेक बर्ष छात्रबृत्ति प्रदान गर्ने गरेको छ । तर बाँकेमा यस्ता थुप्रै विद्यार्थीले लामो समयदेखि छात्रवृत्ति समेत पाउन नसकेको पाइएको छ । बाँकेको राप्तिपारिका विद्यालयमा मात्रै नभई नेपालगन्ज र कोहलपुर आसपासका
विद्यालयमा अध्ययनरत दलित तथा अपाङगता भएका विद्यार्थीहरुले छात्रबृत्ति नपाएको गुनासो गरेका छन् । विद्यालयले छात्रबृत्तिका लागि शिक्षा कार्यालयमा सिफारिस नगर्दा उनीहरुले छात्रबृत्ति रकम नपाएका हुन् । छात्रवृत्तिको रकम शिक्षा कार्यालयबाट आएपनि विद्यालयले महिनौदेखि नदिएको विद्यार्थीहरु बताउँछन् । दलित विद्यार्थीले त सरकारले दिने गरेको १० प्रतिशत छात्रबृत्ति पनि पाउन नसकेको कोहलपुरका वीरबहादुर गन्धर्वले बताए । सरकारले तोकेको छात्रवृत्ति नपाएकै कारण कतिपय विदार्थीहरुले घरको आर्थिक अबस्था कमजोरीले गर्दा बीचैमा विद्यालय छोड्नु परेको छ ।
अपाङगता भएका विद्यार्थीहरुको शैक्षिक अवस्था, उनीहरुले पाउने सेवा सुविधा, उनीहरुलाई विद्यालयमा गरिने व्यवहार तथा भौतिक संरचना अपाङगमैत्री छन्छै नन् आदिबारे जिल्ला शिक्षा कार्यालय बाँकेले प्रभावकारी अनुगमन समेत गर्न सकेको छैन् । अपाङगता परिचय पत्र भएका विद्यार्थीहरुलाई समेत विद्यालयले छात्रबृीत्तका लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिस नगरिदिंदा उनीहरु छात्रवृत्तिवाट वञ्चित हुन पुगेको हुनसक्ने कार्यालयले जनाएको छ । यति मात्रै नभई शिक्षकहरुले अपाङगमैत्री व्यवहार समेत नगर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।
विद्यार्थीको गुनासो कार्यालयमा समेत पुगेपछि जिल्ला शिक्षा कार्यालय बाँकेले तत्काल परिचयय पत्र बनाई सकेका अपाङगता भएका विद्यार्थीलाई छात्रवृत्ति दिन सबै विद्यालयलाई निर्देशन दिइसकेको जिशिअ खनालले जानकारी दिए । विद्यालयबाट आएको सिफारिसका आधारमा जिल्ला शिक्षाले यस्तो रकम तत्कालै विद्यालयको खातामा पठाउने गरेको पनि उनले बताए ।

No comments:

Post a Comment