Thursday, August 6, 2015

दलित उत्पादन गरेको दूग्ध पदार्थ बिक्री भएन

साउन २१- विभेद विरुद्ध अभियान ।सार्वजनिक मात्रै होइन निजी स्थानहरूमा पनि जातीय भेदभाव गर्न पाइँदैन् । तर बम्घाको दमार गाउँमा दलितहरूले उत्पादन गरेको दुध घ्यू दलित भएकै कारणले नबिक्ने गरेको बताउँछन् ।झण्डै २५ घर परिवार दलित बस्ति रहेको उक्त गाउँमा अरु सबै बाहुन क्षेत्रीहरू भएको र आफूहरूले उत्पादन गरेको दूध घीउले बजार नपाएको उनीहरू गुनासो गर्छन् ।
 बम्घा-६ की ३५ सीता विकले भनिन् हामीले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री हुँदैन । गाउँघरमा मात्रै होइन दूध डेरीले पनि दलितसँग किन्दैनन् । उत्पादन भएको दूध घ्यू बिक्री हुने हो भने गुजारा चलाउन सजिलो हुनेसमेत उनीहरू बताउँछन् ।
बाहुन क्षेत्रीहरू एउटै टेबलमा बसेर चिया त खाँदैनन बम्घा-६ कै यशोदा विकले भनिन् । बाहुन क्षेत्रीहरूले सोझै दलितले ल्याएको खाँदैनौँ नभने पनि अप्रत्यक्ष रूपमा त्यस्तो व्यवहार देखाउने गरेको उनीहरूको भनाइ छ ।
 बम्घा-६ को दमार गाउँमा रहेका २५ परिवार दलित बस्तीले वर्षौँदेखि यस्तो समस्या भोग्दै आएको छ । बम्घा गाविसका सचिव प्रेमराज खनालले दमार गाउँमा पशुपालनको ठूलो सम्भावना भएको भए पनि छुवाछूतको समस्याले केही असर गरेको बताए । पहिले गाउँमा दलितहरूलाई दास बनाएर बसेकाहरूले अहिले उनीहरूसँगको समान अस्तित्व स्वीकार गर्न नसकेको खनालको भनाइ छ । दलित अधिकारकर्मी गजाधर सुनार यस समस्यालाई छुवाछूत र विभेदकै विषय भएको बताउँछन् । उनले आफूले पहिलो पटक यस्तो समस्याको बारेमा सुनेको बताउँदै यस्ता समस्याहरूलाई कानुनी पमै समाधान गर्नुपर्ने बताए ।

No comments:

Post a Comment