भदौ १९ - विभेद विरुद्ध अभियान ।
लोकतन्त्रमा राजनीतिक दल परिवर्तन संवाहक हुन्छन् तर नेपालको दलित समुदायका दल र तिनका नेताले जिम्मेवारी पूरा गरेको देखिएन। समग्रमा कुनै दलले पनि दलित समुदायका समस्यालाई दलको मूल विषय स्वीकारेनन् भन्ने कुराको उदाहरण दलित समुदाय लाई मस्यौदामा कानुन बनाएर भनेर लेखेर,महिनौं सम्म सडकमा आन्दोलन गर्दा नसुन्देर, संबिधानको मस्यौदामा संशोधन हाल्न नदिने उर्दी जारी गरेर, आफ्ना दलका सभासदको हैसियत दास सम्झेर जारी भएको हविप बाट प्रष्ट हुन्छ ।
शीर्ष/ सामन्त नेताहरुले गरेको कडा निर्देशन बाट आज ४० जना दलित सभासदहरु मध्ये २ प्रतिसत दलित सभासद ले सविधानसभामा संशोधन प्रस्ताव दर्ता गरेछ्न भने बाकिले पार्टी अनुशासनलाई शिरोधार्य गरेर दलले प्रस्ताव दर्ता गर्दिन्छ भन्ने बिस्वासको साथ आफ्नो दलको कार्यालयमा संशोधन प्रस्ताव दर्ता गरेर आत्म सन्तुष्टिको तक्मा लाएछ्न । पाटी कार्यालयमा मुखियाको पाउ मा संशोधन हाल्ने दलित नेताहरु प्रती मेरो नोट अफ डिसेन्ट छ ।
संशोधन प्रस्ताव पेश गर्नु नै ठूलो कुरा हो होइन र यस्को सार्थकता के कति हुन्छ ? त्यो आफ्नो ठाउँमा छ । तर समुदायको लागि बोल्न नसक्ने र मुखियाहरुको निगाहामा बसेको ले अर्थात अरुले बोकेकोले सिकार गर्न सक्दैन भन्ने उखान झै चरितार्थ गरेको छ ।
राज्यसत्तामा अधिकार स्थापित गर्नसक्ने सामर्थ्यैका साथ सयुक्त दलित आन्दोलन सुरु भएको भन्ने अभियन्ताहरु ले नै विश्वासमा रुमालिएर मुख ताक्नु भनेको अब आउने दशक राजनीतिक दलहरुले संबैधानिक रुपमा दलितहरु माथिको भेदभाव र बहिष्करणको सृखला नवीकरण गर्न दिनु , जुटेको आफ्नो बथान बाट छुटाएर एक्लो बनाइ निर्धो बनाउनु र दलित आन्दोलन जिवित राखेर मुखियाहरुको अघि म्याउ म्याउ गर्न बाध्य बनाउने रणनीति हो ।
हो यथार्थमा दलित समस्या समाधानको मुहान हरेक कोण बाट राजनीति हो भने यस्को अन्त्य पनि राजनीति नै हो।यहि यथार्थ बुझेर जे जस्तो अवस्था बाट भए पनि भोट र समुदायको एक्यवद्धता संगै तपाईंहरु संविधानसभा पुग्नु भएको हो । जहाँ तपाइँहरुले नीतिनिर्माता बनेर विकल्प खोज्न पाउने र परिवर्तनको मुद्दालाई अगाडि बढाउन पाउने ,सुझाव दिन पाइने ब्यब्स्था र अधिकार पाउनु भएको छ । यति हुदाहुदै पनि आफूहरु संविधानसभामा ‘मस्यौदामा संशोधन’ लेख्न हिम्मत किन गर्न सक्नु भएन ? तपाईहरुको आ आफ्नै दल र विचार होलान् तर कम्तीमा दलित समुदायको मुक्तिको सबालमा ठाउँमा किन जुटन, उठन भएन ? मुखियाले गर्दिन्छु भनेर बारम्बार धोका दिदा पनि पार्टीको इमानदार भरिया, पार्टीका नेताको चाकरी गरेर दलित समुदायको लागि भनेर गरेको राजनीति र यत्रो सयुक्त दलित आन्दोलनको लागि जुटेको समुदाय प्रती लजित मह्सुस किन गराउनु भयो ।
अहिले सम्म जुटेको जमातलाई मुखियाको पाउमा चढाउने दलित नेताकार्यकर्ताहरु तपाईंहरु नीति नियम बनाउने ठाउमा पुगेर बोल्ने , जुट्ने बेला जसरी आज नत्मस्तक हुनु भयो। त्यसले अब फेरि आउदा दिनमा तपाईहरु बाट सशक्त आन्दोलन हैन तपाईहरुले खाइपाई आउने सस्कार जोगाउन र निगाहा बचाउन हो भनेर बुझिने स्पष्ट भै सकेको छ ।
©गोपाल सिवा
alldalit.blogspot.com

No comments:
Post a Comment