काठमाडौं ,असोज २९, विभेद विरुद्ध अभियान । एकीकृत नेकपा माओवादीले दलितका तर्फबाट दलजीत श्रीपाइलीलाई मन्त्री बनाउने खवर प्राप्त भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले श्रीपाइलीलाई मन्त्री बनाउने तयारी गरेका खवर नेपाल सन्देशको अनलाइन सस्करणमा आज प्रकासित भएको छ । गृह सहित उपप्रधानमन्त्रीमा जाने नेताहरुको होड चलिरहेका बेला एमाओवादीको दलित मुक्ति मोर्चाका संयोजक समेत रहेका एमाओवादी भित्र स्वच्छ छविका नेताका रुपमा चिनिएका श्रीपाइलीलाई मन्त्री बनाउने तयारी भएको हो ।
नयाँ संविधानमा दलित हक अधिकार स्थापीत गराउृनकालागि महत्वपुर्ण भुमिका खेलेका श्रीपाइलीलाई मन्त्री बनाउन एमाओवादी स्थायी समिति एकमत रहेको स्रोतले दाबी गरेको छ ।उनी संविधान लेखन प्रकृयामा एमाओवादीबाट निकै सक्रिय भएर लागेका थिए भने व्यवस्थापिका संसदमा पनि उनको भुमिका महत्वपुर्ण रहेको छ ।
को हुन दलजित श्रीपाली ?
उनलाई सवैले चिन्ने नाम हो प्रशान्त । माओवादीले युद्ध शुरु गर्नुअघि उनलाई चिन्ने नाम थियो दलजित श्रीपाली । माओवादी सेनाको डिभिजन भाईस कमाण्डर भएर अवकाश लिएका प्रशान्त रुकुमको आफ्नो गाउँ गुनाम लाई युटोपिया बनाउन चाहन्थे । युटोपियाको अर्थ हो ‘आदर्श सामाजिक र राजनीतिकपद्धती भएको कल्पित दिप’ । यहि सपना मनभरी साँचेर २०५२ माघ २८ गते प्रशान्तले घर छाडेर हिंडे । युद्ध सजिलो नहुने कुरा अनुमान गर्न त्यति घोत्लिनुपर्दैन तर त्यो युद्धकालभरी एउटा कमाण्डरको परिवार कसरी बाँच्यो ?एक ठाउँबाट अर्को ठाउँमा घुम्दै भाँडाकुँडा बनाएर हिँड्ने भएकाले उनका पितालाई गाउँलेहरुले हेपेर घुमई कामी नाम राखिदिएका थिए । उनको वास्तविक नाम गणेश विके थियो । छोरो युद्धमा हिँडेकै कारण गणेश विकेले प्रहरीकोहातवाट धेरै पिटाई खाए । पटक–पटकको पिटाईले थला परेका गणेश २०५३ बैशाखतिरै उपचार गर्न जाने कुरा गर्न थालेका थिए । जाने बुझेको छोरो युद्धको मैदानमा भएकाले पैसाको अभाव र प्रहरीको जगजगीले गर्दा उनको उपाचार गर्ने सपना अधुरै रह्यो ।
अन्तत: २०५३ जेठमा उनि थला परे । थला परेर ऐया–ऐया भनेर ओछ्यानमा छटपटाईरहेका गणेशलाई पटक पटक प्रहरीले अप्रेसनका नाममा कुट्न थालेपछि उनको बाँच्ने सपनामा कुठाराघात हुन पुग्यो ।एउटा एक्सनमा हिंडेका वेला आफ्ना पिता विरामी भएको खवर पाएर घरतिर हानिए प्रशान्त । पिताको दर्दनाक अवस्था देखेर औषधी गर्न सदरमुकाम वा काठमाडौं लैजाने सोचे उनले। तर, त्यो सोचलाई ब्यवाहरिक रुप दिन असम्भव देखे, अनि एकोहोरो पिताको मुखमा हेरिरहँदा अचानक पिताले ‘जोगिएर काम गरेस, म त मर्ने भएँ तँ बाचेस’ भनेपछि निन्याउरो मुख लाएर प्रशान्त आफ्ना विरामी वुवालाई छाडेर हिंड्न बाध्यभए । ‘चाहेर पनि उँहालाई औषधि लिन मेडिकल सम्म पुग्ने अवस्थामा म थिईन्, म हिंडेको केहिवेरमा उहाँ वित्नुभएछ, जहाँनबाट खवर पाएँ’– प्रशान्तले भने ।
निकै भावुक हुँदैप्रशान्तले थपे – ‘एक ट्याब्लेट पाएको भए वुवा बाँच्नुहुन्थ्यो होला, अहिले संझना आउँछ मन रुन्छ । प्रहरीको तिव्र खोजीकावीच मैले केही वोल्न सकिन् ।’गणेश विकेको इच्छा बमोजिम दोभानमा लाश जल्न थाल्यो ठिक त्यहि वेला प्रशान्त भने ओखरधाराको डाँडोमा एक घरलाई सेल्टर बनाएर दुरबिन बाट हेरिरहेको थिएँ । लाश जलिसकेपछि मलामी घरतिर फर्के तर प्रशान्त दुरबिन झोलामाप्याक गरेर आफ़्नो सहयोगीका साथ डाँडापारीको अर्को गाउँतिर लागे । किनकी उनि मसानघाट वा घरमा देखिएमा प्रहरीको शिकार हुनुपर्थ्यो । प्रशान्त संझन्छन, – ‘वुवाको लाश छुने अभिलाशा पुरा नहुँदा मेरो मन कैयौ दिन रोईरह्यो ।’युद्धकालभरि प्रहरीको भरुवा बन्दुकको निशाना उनको आमाको स्तन थियो । महिनौं बन्दुको कुञ्जाको प्रहार सहेकी शुकैदेवी विकेको अन्तत: छातीको रोगले पिरोलिन थालिन ।
आमाको छातीको समस्यालाई पनि उपचार गर्ने अनुकुलता जुरेन लडाकु कमाण्डर प्रशान्तलाई । माओवादी शान्तिप्रक्रियामा आईसकेको थियो तर सुर्खेत स्थित छैटौं डिभजनमा ब्यस्त थिए प्रशान्त । कुरा २०६४ सालको हो । आमा वित्दाको दिन दिउँसो प्रशान्तले फोनमा कुराकानी गरेका थिए । कुराकानी संझदै प्रशान्त भन्छन्–‘छोरा म विरामी भएँ, अलि ठिक हुँदैछ भन्नुभएको थियो तर बेलुका वित्नुभएछ । आमालाई दिर्घकालीन रोग थियो उनको उपचार हामीले गर्न सकेनौं ।’ आमा वितेको केही दिनमा माओवादी लडाकुका व्रिगेड कमाण्डर आफ्नी आमालाई गाडेको चिहानमा पुगे, लडाकुकै कम्ब्याट ड्रेसमा । प्रशान्त संझन्छन–‘चिहानमा सैनिक ड्रेसमै गएर फोटो खिचेँ र एउटा विसौना बनाएर म फर्किएँ ।’२०५०/५१ तिर रुकुमको प्राथमिक विद्यालय गुनाममा दरबन्वादीवला शिक्षक थिए प्रशान्त । जिम्मुवालहरुले बसिखान नदिएपछि उनले जागिर छाडे । २०५२ को माघ अन्तिम सम्म प्रशान्त परिवार सँगै थिएँ अर्धभूमिगत रुपमा । भूमिगत हुनुभन्दा केहि दिनअघि पार्टीले उनलाई हसिया-हथौडा अंकित टोपी र रातो कपडा गर्धनमा बाँधिदिएर विदाई गर्यो । उनि त्यसपछि घर गए बिदा हुनका लागि ।
धेरै दिनपछि आएको छोरो भनेर परिवारले कुखुरा काटेर सत्कार गर्यो उनलाई । त्यतिवेला प्रशान्त दुई छोरीका बा भैसकेका थिए । युद्धमा जान लागेको भनेर कसरी भन्नेमा दोधारमा परें परेका प्रशान्तले त्यो रात दियालेको उज्यालोमा ‘आमा’ उपन्यास पढे । ‘आमाले किन सुत्दैनस भनेर करकर गर्दा मलाई निकै गर्मी महसुस हुन्थ्यो भने ढोकाको कापबाट छिर्ने जलजलाको चिसो सिरेटोले शितलताको अनुभुत गराउँथ्यो ।’ – प्रशान्त संझन्छन् । तर त्यो रात उनले परिवालाई युद्धमा जान्छु भनेर भन्नै सकेनन् ।भोलिपल्ट दाउरा गएर फर्केका प्रशान्तले दाउराको भारी फ्याक्दै आमा नजिक गएर भने – ‘आमा मैले जागिर पनि छोडिसकेको छु, कलेज पनि छोडनुपर्ने भयो, साथीहरुले मलाई कमाण्डर भनेका छन् के गर्ने होला म त जानुपर्ने भयो ।’ – आमाले सहज स्वीकार्दै भनिन – ‘जाने– जाने यत्रो शोषण दमन छ, गरिखान पनि दिएका छैनन कति गोठ र जंगलमा बस्ने । अव लडेर जित्नुपर्छ ।’लेखपढ नभए पनि उनकी आमालाई त्यहाँको संघर्षले सचेत बनाईदिएको थियो । प्रशान्तले वुवालाई सोधेनन् । श्रीमतीले बच्चा देखाउँदै जाने निर्णय त गर्नुभो तर यि बच्चाको भविष्य के होला भन्ने कुरा गरिन् । प्रशान्त भन्छन् – ‘जहानले मलाई हेरिरहिन हेर्दाहेर्दै आँशुले उनको गह भरियो, केही वोलिनन् रुमालले आशु पुछिन् । काखिमा दाउरा चेपेर भित्र छिरेकी आमाले बुहारीलाई हप्काउदै भनिन् – ‘किन रुन्छेस, समाजमा यस्तो थिचोमिचो छ, जाओस ।’ साँझ उनका बालाई आमा आफैंले भनिदिईन – ‘छोरा लडाईमा जाने भन्छ, मर्छ बाँच्छ जे भएपनि एउटा छोरा गाउँको अन्यायको लागि शुरुदेखि लड्यो जाओस ।’ अनि त्यसको तिन दिनपछि प्रशान्तले घर छोडे ।हिड्ने वेला आमाले एउटा रातो रङको झोला र त्यसैमा जौको सातु, नुन खुर्सानी र ३ वटा चाउचाउ राखिदिईन,अनि टिका लागाउँदै आमाले आशिक दिईन –‘बाँचे बाँचिहालिस मरे पनि एउटा छोरो युद्धका लागि ।’युद्ध शुरु भएपछि परिवार सँग करिब–करिब प्रशान्तको सम्वन्ध सकिएको थियो ।
युद्ध शुरु भएको १८ दिनपछि पहिलोपटक परिवारलाई गाउँको एउटा मेशमा भेटेका प्रशान्तले दशवर्षको विचमा मुस्किलले १३ पटक भेटे ।प्रशान्तको परिवार बनि गरेर खान्थ्यो । बर्षभरी अर्काकोका काम गर्दा खान धौधौ हुन्थ्यो । हात मुख जोहो गर्ने टेन्सनका बिचमा प्रहरीको कुटाई अर्को महाटेन्सन भएर थपिएको थियो उनको परिवारमा । एकपटक सर्च अप्रेसन गर्दा प्रहरीले उनको ४ बर्षे छोरी विजयीलाई आमाको काखवाट खोसेर एकतला माथि झ्यालवाट मल खाल्डोमा फालिदिएको थियो । ‘यो सुन्दा पीडाले मेरो छाती छियाछिया भएको थियो’–प्रशान्तले भने । उनकी श्रीमतीले उनलाई श्रीमान भन्न पाईनन् दाई भनेर पन्छाउनुपर्थ्यो सरकारी पक्षलाई । युद्धकालभरी उनका परिवारका कपडा च्यातेर नांगै बनाउनु सामान्य जस्तै थियो ।प्रशान्तको कमाण्डमा नजिकैको जंगलमा आएका माओवादी छापामारको टिमलाई डोकोमा बोकेर खाना पुर्याउँदा उनकी श्रीमतीले उनलाई भेट्न पाउँथिन नत्र उनिहरुको भेट दुर्भल जस्तै थियो । युद्धकालभरी उनको परिवारले असाध्यैअप्ठेरो जिन्दगी जियो । पश्चिममा सवैभन्दा बढि प्रहरी अपरेशन भएको गाउँ गुनाम नै थियो र सवैभन्दा बढि टार्गेट भएको घर प्रशान्तकै थियो ।
उनका परिवारले प्रहरीको ज्यादतीबाट बच्न कहिले ओडार त कहिले बेसीको गोठमा बसेर समय कटाए । प्रशान्त भन्छन् ‘मेरो परिवार हिउद, बर्खा नभनि घर छोडेर निद्रा पुर्याउन जंगल छिर्ने गर्थे ।’ गाउँमा सँधै अपमान र हेलामा बाँचेको परिवारको एउटा सन्तान आज संविधानसभाको सदस्यको रुपमा संसदभवन छिरेको छ। आज उनको नाम र भूमिका फेरिएको छ । आज उनलाई सवैले माननीय सभासद दलजित श्रीपाली भनेर चिन्छन् डिभिजन सहायककमाण्डर प्रशान्त भनेर होईन ।

No comments:
Post a Comment