मंसिर २८- विभेद बिरुद अभियान । बिसे नगर्ची पृथ्वीनारायण शाहका बालिघरे दमाईं थिए । इतिहासकारहरुका अनुसार एक दिन पृथ्वीनारायण शाहले बिसे नगर्चीलाई गोरखा राज्य विस्तार गरी विशाल नेपाल बनाउन आर्थिक समस्या परेको बह पोखेछन् । बिसे नगर्चीले राजालाई आर्थिक संकट परेको बेला आफ्नो तहबाट सहयोग स्वरुप एक रुपैयाँ राजालाई टक्राए छ्न पनि । राजा रिसाएको देखेपछि बिसे नगर्चीले सरकार हजुरको राज्यमा कति घरधुरी छन् भनि मुसुमुसु हाँसेर अनुरोध गरेछन् । राजाले बाह्र हजार घरधुरी भएको मनन गरेपछि बिसेबाट जसरी नै सबै जनताबाट एक एक रुपैयाँ उठाउँदा पनि बाह्र हजार उठ्ने बुझेपछि पृथ्वीनारायण शाह खुसी हुँदै बिसेलाई धन्यवाद दिँदै दरबार फर्केछन् । यसरि एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्द मा परेका राजा पृथ्वी नारायण शाह लाइ यिनले थोरै थोरै खर्च ले पनी कसरी ठुलो काम गर्न सकिने र जनसहभागिता गराउने मेसो सुझाएका थिए । राजा पृथ्वी नारायण शाहले यहि सुझाव का कारण बिसे लाइ सधै उच्च मुल्याङकन गरिरहे ।
यसरी उच्च मुल्याङकन गरे पनि एकातिर राजा पृथ्वी नारायण शाह( बिस १९७९ -बिस १८३१)को नेपाल एकीकरण को अभियानमा सलग्न बिसे नगर्जी , धार्ने कामी,कालू सार्की तथा मणिराम गाइनेको महत्त्वपूर्ण योगदान भएर पनि जातपात र छुवाछूत प्रथालाई घटाउने तिर ध्यान गएको देखिदैन । भने अर्को तिर अहिले सम्म का साशकहरु ले दलित समुदायले एकीकरणमा पुर्याएको योगदानको कदर र चर्चा गर्न कहिले जानेनन र आवश्यक ठानेनन् ।
तिनै दलित समुदायका एक विलक्षण प्रतिभा इतिहास पुरुष अमर ब्यक्तित्व बिसे नगर्चीको उच्च सम्मान गर्न स्याङ्जा बहाकोट गा.बि.स. वार्ड न: ७ स्थित बिसे नगर्ची चोकमा रहेको शालिकलाई यहि पौष ४ गते बिहान १०:३० बजे सृजनशिल दलित उत्थान समूह र नौलो ससार नागरिक (परियार ) सचेतना केन्द्र बहाकोट-७ स्याङ्जाको आयोजना मा अनावरण गरिने भएको छ ।
माननीय सभासद श्री टेकु नेपाली ,बुद्धिजिबि महेन्द्रमान ब्यथित ,पत्रकार -मनोरथ शर्मा प्रमुख अतिथि रहनु हुने यस कार्यक्रममा नौमती लोक बाजा र बृहत् सास्कृतिक कार्यक्रम समेत गरिने योजना रहेको बताउदै कार्यक्रम संयोजक नवीन कुमार परियारले कार्यक्रममा गरिमामय उपस्थितिको लागि सवै सरोकारवाला दलित ,गैरदलित समुदायलाइ सहभागिताको लागि हार्दिक निमन्त्रणा समेत गर्नु भएको छ ।

No comments:
Post a Comment