Saturday, December 26, 2015

काठमाण्डौमा जुत्ता सिलाउने सन्तोष रामको कथा

पौष , ११- विभेद बिरुद्ध अभियान – काठमाण्डौको जाडो सुन्यमा झर्दै छ । तराईको त कुरै नगरौं । दिन प्रतिदिन जाडो वढिरहेको छ । तर तराईको जाडोलाई भने मधेश आन्दोलनको रापतापले सेकिरहेको छ । तर जेसुकै होस्, जाडोको चिसोले चिस्सीने भनेका सर्वसाधारण मजदुर किसान, उत्पीडित र दलितहरु नै हुन् । उनीहरुलाई न मधेस आन्दोलनको प्रवाह छ । न कुनै पुषको चिसो सिरेटोको ।
सर्लाहीका शालीराम सार्कीलाई विहान ७ वज्न ढिला हुन्छ । सात वज्न नपाउदै जुत्ता सिलाउने सामानको वाक्सा वोकेर सडक पेटी कुर्न पुग्छन् । उनको डेली रुटिन नै वनेको छ, विहान सात वजे खाना खाएर घरबाट निस्कनु ।
उमेरले भर्खर ४० पुगेका उनी हेर्दा ४५ / ५० पुगे जस्तो देखिन्छन् । पुतलीसडकको चिसो सिंढीमा दिनभरी वसेर जुत्ता पालिस गर्दा पुग नपुग चारसय कमाउछन् उनी । यही कमाईबाट ४ छोरा र श्रीमती सहित ६ जनाको परिवार जसोतसो चलाईरहेको उनी वताउछन् । त्यही कमाईबाट उनले आफ्ना ४ भाई छोराको पढाईलेखाई पनि गराउदै आएका छन् । उनको एउटा छोरा वीए पढ्दैछन् भने तीन छोराहरु स्कुलमा पढ्दैछन् । उनी वागवजारको एउटा कुनोमा ४ हजार कोठा भाँडा तिरेर वस्दै आएका छन् ।

महोत्तरी लहवारपुर ७ का २७ वर्षीय सन्तोष रामको पीडा पनि उस्तै छ । उनी पुतलीसडक पेटी धाउनु रहर होइन्, बाध्यता हो । चिसो होस् या गर्मी उनको दैनिक गुजरा टार्ने साध्य हो, जुत्ता पलिस गर्नु । चार सन्तानका मालिक रामले दैनिक आम्दानी जम्मा चार सय छ । त्यही चारसयको आम्दानीले बालबालिका पढाउनु ,कोठाभाडा तिर्नु र साझ विहानको चुलो बाल्ने पीडाले बेलाबेलामा सताउँछ उनलाई । काठमाडौको चिसोसँग सडक पेटीमा जुत्ता सिलाउने २७ वर्षीय सन्तोष रामको कथा ।
यसरी नै सडकपेटीमा जुत्ता पालिस गरेर उनको वीस पच्चिस वर्ष वितेको छ । उनकोमा जुत्ता पालिस गर्न विद्यार्थी देखी सरकारी कर्मचारीसम्मका मानिसहरु आईपुग्छन् ।
तर मुलुकमा परेको आर्थिक नाकावन्दीको प्रभावले उनलाई पनि छोडेको छैन । अहिले उनको घरमा पनि ग्याँस सकिएको छ । ग्याँस नभएपछि दाउरा वालेर चुलोमा खाना पकाईरहेका छन् ।
त्यस्तै सर्लाही क्षेत्र नं २ अर्का हुलास रामको व्यथा पनि छ । तर उनले सर्लाही क्षेत्र नम्वर २ बाटै दोस्रो संविधानसभाको चुनाव जितेर आएका नेपाली काग्रेसका रामचन्द्र चौधरीले भने, दलितहरुको हकहितको लागि केही नगरेको गुनासो गरे । फेरी पनि उनलाई एउटा आसा के छ भने, आफ्नो छोरालाई सरकारी जागीर लगाउन पाए हुन्थ्यो ।

दलित अनलाइन बाट 

No comments:

Post a Comment