पौष -१३ , विभेद बिरुद्ध अभियान । आज भन्दा १०० वर्ष अगाडि नेपाली समाजले नारीलाई हेर्ने दृष्टिकोणलाई सरल तरिकाले उतारिएको चलचित्र झोला आजै मात्रै युटुवमा हेरे । हेरे पछि सय बर्ष अघिको त्यो दृस्टीकोण र केही दिन अघि रास्ट्रपति माथी भएको जनकपुरको घट्ना, धर्मका नाममा मन्दिर चोख्याउने र लाल्छना लगाउने ती मनुवा पात्रहरुको झलझली सम्झना भयो । अन्धविश्वासको फोहोरी पोखरीमा टाउको सम्म चुर्लुम्म डुबेकाहरूबाट यो १०० बर्ष बीच धेरै अमानविय घटनाहरु घटे र घटी रहेका छन् । आज मैल एक बर्ष अघिको र केहि दिन अघि घटेको दुइ घटनाको प्रसंग यो लेख मार्फत जोड्न चाहेको छु ।
पहिलो प्रसङ दलित समुदाय माथिको अमर्यादित हर्कत :- गत बर्ष रौतहटस्थित पिपरिया दोस्तिया–८, भीमडावरमा पुजा गर्न गएका दलितका लागि मन्दिरको ढोका बन्द गरियो । जव पुजा गर्न पाउने अधिकारको कुरा गरे तब सार्वजनिक स्थानमा हिँडडुल गर्ने अधिकार माथि समेत प्रतिबन्ध लगाइयो । दलितहरूका घरघरमा सामूहिक आक्रमण गरियो।बनुबुतो गरेर बनाएका आफ्नै छाप्राहरूमा बस्न पाउने अधिकारबाट समेत वञ्चित गर्न खोजियो।एकातिर समाजमा भइरहेका परिवर्तन अस्वीकार गर्ने मात्र नभई कानुन र ऐनलाई धोती लगाउँदै देवालय , मठमन्दिर, देवीदेवता र धार्मिक ग्रन्थसँगै वैदिक ज्ञानमाथि एकाधिकार कायम गर्दै आएका गैरदलित समुदायका मालिक र चुनाव अघि दलितका लागि हाम्रो पार्टिले समानता र अधिकार दिन्छ भन्दै घर घर धाउने नेतालाई दलितहरूको मन्दिर प्रवेश पनि स्वीकार्य भएन। अर्को तिर राज्य पनि दोषीलाइ कारवाही हैन आक्रमणकारीहरूकोे उन्मुक्ति सर्तमा मिलापत्र गर्न लागि पर्यो ।यसरी दलितहरूको सामाजिक हैसियत कस्तो छ भन्ने सवालमा सम्बन्धित संस्कृतिक परिवेश र राज्यको कानुनले खेलेको प्रमुख भूमिका बाट देखियो ।
दोस्रो प्रसङ्ग महिला समुदाय माथिको अमर्यादित हर्कत :- एउटा स्वास्नी मरेको विधुर रास्ट्रपति देवालय र सार्वजनिक ठाउमा पछिल्लो एक दश्क देखि समानित गर्न तम्सिनेहरुको अघि जब विवाह पञ्चमीको अवसरमा भएको धार्मिक क्रियाकलापमा सरिक हुन रास्ट्र प्रमुख भएकी एकल नारि विद्यादेवी भण्डारी मन्दिर प्रवेश गरिन , तब मधेशी मोर्चाका कार्यकर्ताहरूले अत्यन्त अशोभनीय , अमर्यादित र अमानवीय व्यवहार प्रदर्शित गरे।भण्डारी मन्दिर प्रवेश गर्दा विधवा अल्छिनी मन्दिरमा पसेको जस्ता अपशव्द प्रयोग गरि जल छर्किने काम गरे ।बिधुवा नारि प्रति सहानुभूति देखाउनुको सट्टा अल्छिनी , संघारे राँडी , कुलंघारनी , लोग्ने टोकुवा’ आदि ईत्यादि गाली गलौज प्रक्षेपित गरी उपहास गर्न पोख्त यो समाजको मानसिकता ले यो सयौ बर्षमा महिला भएकै कारण गरिएको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिला जगतको अपमान गर्दै आइ रहेको छ । यसरी एका तिर हिजो सति प्रथा हुदा देखि आज लोकतान्त्रिक गणतन्त्रमा महिला रास्ट्रपति हुदा सम्म महिलाहरूको सामाजिक हैसियत कस्तो रहेछ भन्ने सोच्न बाध्य पारेको छ भने अर्को तिर समाजमा हाबी भएको पुरुषवादी सोच जसले महिलालाई सधै पुरुष भन्दा मुनि राख्नु पर्छ भन्ने संकुचित सोचले ग्रस्त पुरुषबादी सोचको जालोको चित्रण गरेको छ ।
माथीका दुई घट्नाले परम्परागत मान्यता र अन्धविश्वासका कारण सदियौँदेखि महिला र दलित विभेदको शिकार हुँदै आएका छन् भनेर स्पस्ट पारेको छ । हाम्रो समाजमा आज पनि बोक्सीको आरोप लाग्नेहरू,विभेदको जातोमा पिसिनेहरु प्रायः गरीब, दलित, असहाय,एकल महिला, बृद्धहरू रहने गरेका छन । आर्थिक रूपले विपन्न त्यसमा पनि एकल महिलाहरू आज पनि समाजका हरेक ठाउमा बोक्सी र अलछिनिको आरोपमा प्रताडित हुदै आएका छन । दलित लाइ मनुवादी सस्कृतिले र महिलालाई पृत्तिसत्ताले गर्ने ब्यवहारको आन्तरिक पक्ष एउटै हो भनेर बुझाएको छ । दलित र महिलाका सवालहरुमा बाहिरी रुपमा आकाश जमिनको फरक भए पनि सामाजिक ब्यबहार , बास्तविक र गुदीकुरामा केहि पनि फरक छैन भनेर स्पस्ट भएको छ ।
एका तिर हाम्रो समाजमा महिला माथि गरिने दुर्व्यवहार वा यातनालाई समाजले पुरूषको अधिकार र महिलाहरूको दैनिकीको रूपमा स्वीकारेको छ भने दलितहरु आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा पहुँच नभएकाले उनीहरूले आफू माथिको हिंसालाई प्रतिकार गर्न नसकी सहेर बस्नुको विकल्प नभएको ठान्दै दैनिकी हिंसाको चपेटामा पर्दै आएका छन् भने अर्को तिर हिसा गर्नेहरु लाइ राज्य बाट पास्रय दिइ रहेको छ । जिबन भर अनबरत रुपमा दास झै सेवा गरि रहेका नेपाली समाजका ठूलो हिस्सा दलित र गरिव,दिन दुखी र महिलाहरुलाई अझै पनि सार्वजनिक ठाउँमा अप्मान गर्ने, हेलोहोचो गर्ने, मन्दिरहरुमा पुजारीले टीका नलगाउने, फुलप्रसाद मन्दिर बाहिरबाटै हात थापेर लिनुपर्ने र मन्दिर व्यवस्थापन समितिमा दलित र एकल महिला समुदायका व्यक्तिको प्रतिनिधित्व नगराइने ,सार्वजनिक मन्दिरमा पूजा गर्न जाने दलितलाई , एकल महिला लाइ पुजारीले नै भेदभाव गर्ने,अधिकांश दलित समुदायका र एकल महिलाले मन्दिर परिसरमै प्रवेश गर्न नपाउने कुसंस्कार परम्पराको रूपमा जिवित छ ।असमान शक्ति संरचना, पितृसत्तात्मक सोचमा परिवर्तन नहुनु, राज्यका विभेदकारी कानूनहरू, सामाजिक कुसंस्कार र कुरीतिहरू, कुप्रथाहरू, बनेका कानूनहरू पनि व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयनको अभावका नहुँदा महिला र पुरूषकाबीचमा र दलित र गैर दलित बीच असमान खाडल बनेको छ । यहि खाड्ल पुरिन मुलुकमा राणा शासन , बहुदल, प्रजातन्त्र र लोकतन्त्र सम्म परिवर्तन हुँदै आए पनि महिला र दलितलाइ मुलुकको गरिमामय पदमा मेहनत र क्षमता ले पुग्दा पनि सम्मान गर्न नसकेने यी सताब्दी अघिका डाइनोसरहरु सके सति बनाएर ज्युदै जलाउने , नसके पनि समाजमा धर्म परम्परा, सस्कार र जातको ओदान बनाएर मानव अस्तित्व नै संकटमा पार्ने गरि विभेद गरेर, चरित्रको बारेमा टिका टिप्पणी गरेर , हेलाहेचो गरेर आफ्नो बाकी रहेको पितृसत्तात्मक मनुवादी कुरुप नाङ्गो रूपमा देखाइ रहेका छन् ।
दलित र महिला आन्दोलनको ईतिहासलाई कोट्याउने हो भने यिनीहरु दुवैले आफुहरु सधै मनुवादी राज्यसता र पुरुषको प्रयोग गर्ने साधनको रुपमा प्रयोग भएकोले आन्दोलित भएका छन । श्रमजिवि वर्गीय मुलचरित्रका दलित र महिलाको काँधमा सधै महत्वपूर्ण जिम्मेवारी रहदै आएको छ भने गैर दलित र पुरुषहरु संधै बाहिरी राजनीतिक र निर्णायक भूमिकामा अग्रसर भएका छन् । फलस्वरूप समाज बिकासमा महत्वपूर्ण भूमिका रहदा रहदै पनि कहिले नेपाललाई असली हिन्दुस्थान बनाउने भन्दै, कहिले चार वर्ण छत्तिस जातको फुलबारी भन्दै र कहिले समाजमा वर्ण बिभाजन गर्दै तथाकथित मनुवादी शामन्ती कुसस्कार ,सति प्रथा , कुप्रथाहरु र धार्मिक सस्कारहरुको चक्र्भ्यु बनाएर दलित र महिलालाइ मनमौजी तरिकाले प्रयोग गर्दै शासकहरुले समाजको सबै भन्दा पिंधमा खसाल्दै शोसन गर्दै आएका छन् ।
परम्परा देखि चली आएको चालचलन, सस्कृति , परम्परामा , संस्कार र धर्मको आडमा दमित भएर बसेका लाखौ लाख उत्पीडित समुदायहरु , महिलाहरु अब जागेका छन् ।छाँयाले सम्म बिष्टहरुलाई छोइन्छ कि भनेर तर्किएर हिड्नु पर्ने दलित र दैलो नाघेर बाहिर निक्लन अनुमति नभएको महिलाहरु ले समाजमा बिद्रोह गरेर , झोला र किताब बोकेर स्कुल जान अनुमति नभएको समाज मा मार्क्स , एङ्गेलस , माओ , बिपि र पुष्पलालका किताब पढेर र फोटो बोकेर बिद्रोह गर्दै प्रजातन्त्र /लोकतन्त्र प्राप्तिको लडाई मा खरो उत्रिएका छन् । फलस्वरूप अहिले मुलुक भौगोलिक ,सामाजिक ,सास्कृतिक र आर्थिक बिकास सहित समृद्धि नेपालको परिकल्पना गर्दै संघीयताको खाका अनुसार नीति नियम र कानुन बनाएर अघि बढ्दै छ । हिजो जातिय विभेद, महिला हिंसा विरुद्धका कुराहरु तथा विपन्न समुदायको सवलीकरण तथा सचेतिकरणको विषयहरुलाई समेट्न नसकी राज्य सताको नीति नियम र योजना कुरीकुरी बनेको बेला सार्वजनिक ठाउँमा रास्ट्रपति माथी भएको विभेद र अपमानित व्यबहारले एक पट्क फेरि मुलुकमा महिला, दलित वर्ग र समुदायका उत्पीडनको कारणहरु आम नेपालीले केलाउनुपर्छ भनेर प्रश्न उठाएको छ ।हिजो एकलमहिला लाई सति बनाएर पोल्नेहरु नै आज लोकतन्त्र र गणतन्त्र को लेप लाएर हामि माझ एक थरी मनुवा बिधवा(एकल नारी) लाई हेर्ने उहि मानसिकता बोकेर उभिएका छन है भनेर बुझाएको छ । यिनको बाहुल्यता भएको राज्य बन्यो भने हाम्रा समाजका हरेक बिधवा , गरिव , दिनदुखी आमा दिदिबहिनी र छोरी चेलीहरु फेरि पनि सति बनाएर पोलिन्छ, दलित वर्ग र समुदाय अछुत भएर बस्ने छन ।
मुलुकले यति ठूलो लोकतन्त्र र गणतन्त्र पाउने गरि परिवर्तन हासिल गरिसक्दा पनि रौतहटमा दलित समुदाय माथि भएको घटना र जनकपुरमा रास्ट्रपति माथि भएको घटना देखि समाजमा दिनहु पानी, धारा छोइएको निहूुमा कुटिनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु ,शिक्षा बाट वन्चित हुनु , चरम गरिबीमा जिवन विताउनु , मरेका सिनो फ्याकन लगाउनु , कठोर शारीरिक श्रम गर्न लगाईनु , वोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु गाउ निकाला गरिनु , मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरुलाई बन्देज लगाईनु , दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडिलाई शारिरीक र मानसिक यातना दिनु र हत्या सम्म गराइनु दलित र महिला लागि नियति नै बनिसकेको छ । यि र यस्तै दानविय व्यावहारहरुका कारण अहिले सम्म हामिले प्राप्त गरेका सबै उपल्वधीहरु अर्थहिन र महत्वहीन हुने सम्भावाना बढेको छ ।त्यसैले अन्धविश्वासको फोहोरी पोखरीमा टाउकोसम्म चुर्लुम्म डुबेकाहरूलाई आफू फोहोरमैं रमाइरहेको र यसले आगामी सन्तानलाई समेत रोगी बनाइरहने कुरा बुझ्न र बुझाउनु राज्यको बिशेष नीति नियम , कानुन बिशेश अधिकार र सरकारी जिम्मेवारी जरुरि छ । समग्रमा लोकतन्त्रमा, नया सविधानमा दलित समुदाय र महिला माथि भएको उत्पीडनको सम्वोधन हुनु पर्छ ।अनि मात्र हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले सार्थकता पाउन सक्छ र हाम्रो समाजमा रहेको यस्ता कुरितीहरुलाई जरै बाट उखेलेर फ्याँक्न सकिन्छ । हैन भने मन्दिर चोख्याउने र लाल्छना लगाउने ले दलित समुदाय र महिलाहरु लाइ विभेद, अपमान र असमताको आगोमा ज्युदै जलाएर दिनहु सति बनाइ रहन्छ ।

No comments:
Post a Comment