Tuesday, December 29, 2015

अझै अछुत छन् कला निर्माण गर्ने हातहरु

काठमाडौ, पौष १४, विभेद बिरुद्ध अभियान  – मैतीदेवी स्थित सेतो पुल नजिक धोवी खोलाको छेउमा एउटा तामा पीतलको भाँडाको कारखाना छ । कारखानाका मालिक हुन् । सिन्धुली झाङ्गाझोली घर भएका विनोद दाहाल । तर कारखानाका कामदारहरु सवै दलितहरु छन् । उनको कारखानामा विश्वकर्मा जातिका १५ जना कारिगढहरुले काम गर्दै आएका छन् । विनोद दाहालले यो कारखाना सुरु गरेको झण्डै बीस वर्ष पुगिसकेको छ । उनको कारखानामा उत्पादन तथा निर्माण निर्माण गरिएका तामा तथा पित्तलका सामाग्रीहरु लोकल वजार असनमा पु¥याईन्छ । त्यसपछि अन्यत्र पठाईने गरिएको छ । निर्माण सामाग्रीहरु विषेशगरी पुजाका अईटमहरु कलश, ताउली, थाली, पाला, त्रिसुल, गाग्री, खरकुँडा, करुवा लगायतका सामाग्रीहरु छन् । उद्योग चलाउन वढि मात्रामा कोईला आवस्यक पर्छ । त्यसैगरी ग्याँसको प्रयोग हुन्छ । तर अहिले मुलुकमा परेको राजनीतिक तथा आर्थिक नाकावन्दीका कारण ग्याँस सहज पाउन सकिएको छैन, उनले भने, यहाँ काम गर्ने कारीगढहरुले कामको प्रकृति हेरेर दिनको पाँच सय, छ सय देखि हजार रुपैयाँ सम्म कमाउने गरेका छन् । यता त्यही कारखानमा काम गर्दै आएका मुरारी विकले भने जाडो या गर्मी जुनसुकै समयमा हात खुट्टा खिँयार काम गर्दा समेत साँझ विहानको छाक टार्न मुस्किल भएको छ । उनले यसरी हात खुट्टा खियाउदा पनि वर्षको एकपटक दशैं मान्दा ऋण काढ्न पर्छ ।
 उनका वावुवाजेले पनि यही तामाका भाँडा वनाउने काम गर्दै आएका थिए । हुन त पेशाका हिसावले तामाका भाँडा वनाउने जाति भनेर विश्वकर्माभित्रका टमटाहरुलाई वुझिन्छ । परम्परादेखी वाउ वाजेले गर्दै आएका यी विश्वकर्माका जातिको पुख्र्यौली पेशा कही कतै संकटमा परिसकेको छ । वाउले गरेको विँडो थाम्ने छोराहरुको रुची फेरिनु पनि एउटा कारण हो । अर्काे पेशामा लगानी गर्न नसक्नु । आफ्नो पेशामा आधुनीकरण गर्न नसक्न त छदैछ त्यसमाथी जातिय हिनतावोधले पनि अहिलेका युवा पिंढीहरु आफ्नो पेशालाई निरन्तरता दिन सकिरहेका छैनन् । आर्थिक रुपमा केही वलियो हुनेले यही पेशालाई व्यवस्थित गर्दै गईरहेको उदाहरणहरु पनि भेटिन्छन् । यो त अपवाद मात्रै हुन सक्छ कि आफ्नै जातिको परम्परागत पुख्र्यौली पेशा भनेर टमटाहरुले आर्थिक लगानी गरी व्यवसायलाई विस्तार गरेको । 
केहीले आफ्नो पेशालाई संरक्षण गर्न थालेका पनि होलान् । तर केही गैर दलितहरु यो पेशामा आफ्नो भविस्य देखेर व्यवसायलाई वलियो आर्थिक लगानी गरेर दलित तथा गैर दलित समुदायका कामदारहरुलाई काम लगाएर आफु मालिक हुन पछि परेका छैनन् । श्रेष्ठ टेलरिंग पनि यसको एउटा उदाहरण हुन सक्छ । त्यसैगरी वाँसवारी छाला उद्योग पनि एक हो । अहिले वाँसवारी छाला उद्योग वन्द भईसकेको अवस्था छ । सुन पेशामा आफ्नो हक जमाउनेहरु पनि थुप्रै गैरदलितहरु छन् । 
तर जे सुकै होस जुनसुकै जाति, धर्म, संस्कार र मान्यता वोकेका मानिसले जुनसुकै पेशा गर्न छुट छ । । पेशाकै आधारमा कसैले कसैलाई भेदभाव वा छुवाछुत गर्न मिल्दैन । र यो कानुनसंगत वर्जित भएको कुरा हो । नयाँ संविधान २०७२मा पनि उल्लेख छ । हुन त दलितका पेशा जोसुकैले गर्दै आएपनि दलितले अग्राधिकार पाउनुपर्ने माग दलित आन्दोलनले विगतदेखी उठाउदै हो छ । र पेशालाई सम्मान गर्नुपर्ने कुरा पनि एकातिर छ । दलितहरु पेशाले ईन्जिनियरहरु हुन् । दलितका हरेक जातिभित्र एउटा न एउटा परम्परागत कला र सीपको खानी रहेको छ । कसैसँग जुत्ता वनाउने सीप छ, कसैसँग कपडा वनाउने । कोहीसँग हात हतिरयार भाँडा कुडा वनाउने कला । तर तिनै ईन्जिनियहरु अझै पनि अछुत वन्छन् जवकी उनीहरुले तयार गरेका सवै कुरा चोखो हुन्छ ।

दलित अनलाइन बाट

No comments:

Post a Comment