Tuesday, January 19, 2016

दलित पीडा दर्शाउने चलचित्र “चौरङ्गा”


माघ ५ , विभेद बिरुद्ध अभियान । चलचित्रमा दलित परिवारको कथा देखाइएको छ, सन्तुको माध्यमबाट प्रतिरोध देखाइएको छ भने, सन्तुको आमाले आफ्नो कलाबाट मुखियाबाट काम लिने कोसिस पनि गर्छिन् ।

चलचित्र हेर्दा यो हाम्रै नेपाली समाज वरिपरि घुमेको कथा जस्तो लाग्छ । दलित हुनुको पीडा, दलित र गैर दलितबीचको सम्बन्धका संवेदात्मक उतारचढावहरु, प्रेम र यौनको जातीय पाटोजस्ता कुराहरु हेर्दा यो नेपाली समाजभन्दा फरक लाग्दैन । अझ दमनको प्रतिरोधको दार्शनिक पक्षलाई समेत यसले झनै राम्रोसँग उठान गरेको छ । वर्ग चेतना विकसित भएपछि मात्रै सही प्रतिरोधको विकास हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ ।

निर्देशक – विकाश रंजन मिश्र
अभिनय–संजय सुरी, तनिष्ठा तटर्जी,सोहम मैत्रा, रिद्धि सेन


बलिउडमा पृथक धारका चलचित्रहरुको इतिहासमा चौरङ्गा थपिएको छ । यसै हप्ता रिलिज भएको चलचित्र चौरंगा त्यस्ता दर्शकहरुका लागि बनेको छ, जसले चलचित्रमा यथार्थ हेर्न चाहन्छन् ।
बलिउडमा अश्लील र काल्पनिक कथानकमा आधारित चलचित्रहरुबीच होडबाजी चलिरहेको बेला चौरङ्गा रिलिज भएको हो । यो फरक कथ्यमा आधारित छ नै, कलाका दृष्टिले पनि उत्कृष्ट रहेको छ ।
चलचित्रका निर्देशक विकास रञ्जन मिश्र स्वयम् यस्तो क्षेत्रबाट आएका हुन, जुन भारतमा अशिक्षा,गरिबी, जातीय विभेद र नक्सलवादी आन्दोलनका कारण चर्चित छ । झारखण्डबाट पहिलोपटक मुम्बई आएर पहिलो चलचित्र निर्देशन गरेका मिश्रले यसमा अमिट छाप छोड्न सफल भएका छन् । यद्यपी पृथक धारका सामाजिक विभेदका कथाबस्तुमा आधारित चलचित्रमाथि सेन्सरको कैंची चलाउने प्रवृत्ति भने यसपाली पनि नदोहोरिएको होइन ।
चलचित्र चौरंगा २००८ मा झारखंडमा भएको एउटा सत्य घटनाबाट पे्ररित छ । अर्थहीन संवेदनाहरु जन्माउने मसाला भरिएको चलचित्र भन्दा पृथक चौरंगाले मानवीय संवेदना, विभेद, दुख, प्रमोदलाई सांकेतिक र बिम्बात्मक ढंगले प्रस्तुत गर्न खोजेको छ । मानवीय समस्यालाई समेत कलात्मक तरिकाले प्रस्तुत गर्न मिश्र सफल भएको देखिन्छ ।
चलचित्र दुईजना दलित किशोर भाइ सन्तु (सोहम मित्रा) र बजरंगी (रिद्धी सेन) को हो । उनीहरुसँगै जोडिएका छन्– आमा (तनिष्ठा चटर्जी) गाउँको मुखिया (संजय सुरी) र मंदिरको पुजारीको पनि अहम् भुमिका छ ।

बाहिर पढेर आएको बजरङ्गी गाउँ फर्कन्छ र सन्तुसंग समय बिताउन चाहन्छ । उता सन्तुको मुखियाको गोरी छोरी मोना (याना साहा) संग प्रेम बस्छ । दलित युवाले माथिल्लो जातिको र मुखियाको छोरीलाइ प्रेमपत्र लेख्ने आँट गर्छ । अर्कोतर्फ मुखियाको शारीरिक सम्बन्ध सन्तु बजरङ्गीकी आमासंग हुन्छ । मंदिरको पुजारी आँखा नदेख्ने र यौन कुन्ठित हुन्छ । उसको यौन कुन्ठाको कुनै सिमा नै हुँदैन ।
चलचित्रमा एकतर्फ वयस्कको यौन वासना छ भने अर्कोतर्फ किशोरावस्थाको कोमल प्रेम छ । समय वित्दै जाँदा आँखा अगाडी आउने सत्यतालाइ कसैले पनि स्वीकार्न चाहँदैनन् ।
बलिउडका केही चलचित्रमा मजदूर अभिनेतालाई मालिकको घरका सदस्यले सहयोग गर्ने स्वैरकल्पनाबाट यो चलचित्र जोगिन भने सकेको छैन ।
चलचित्रमा दलित परिवारको कथा देखाइएको छ, सन्तुको माध्यमबाट प्रतिरोध देखाइएको छ भने, सन्तुको आमाले आफ्नो कलाबाट मुखियाबाट काम लिने कोसिस पनि गर्छिन् ।
चलचित्र हेर्दा यो हाम्रै नेपाली समाज वरिपरि घुमेको कथा जस्तो लाग्छ । दलित हुनुको पीडा, दलित र गैर दलितबीचको सम्बन्धका संवेदात्मक उतारचढावहरु, प्रेम र यौनको जातीय पाटोजस्ता कुराहरु हेर्दा यो नेपाली समाजभन्दा फरक लाग्दैन । अझ दमनको प्रतिरोधको दार्शनिक पक्षलाई समेत यसले झनै राम्रोसँग उठान गरेको छ । वर्ग चेतना विकसित भएपछि मात्रै सही प्रतिरोधको विकास हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ ।

चलचित्रले एउटा नयाँ पृथक प्रयास थालेको छ । र, पनि यहाँ कथानक र कलाका दृष्टिले केही कमजोरी भने नभएका होइनन् ।
बलिउडका केही चलचित्रमा मजदूर अभिनेतालाई मालिकको घरका सदस्यले सहयोग गर्ने स्वैरकल्पनाबाट यो चलचित्र जोगिन भने सकेको छैन । मुखिया आफ्नी छोरी पढ्न गएकोमा खासै खुसि छैनन् र दलित विद्यार्थीहरुको खर्च उठाइरहेका छन् । मुखियाको घरमा धेरै नोकर चाकर छन् तर मोना आँखा नदेख्ने पुजारीलाइ हात समातेर पु¥याउन जान्छिन् ।
चलचित्र चौरंगा लाइ “ए” सर्टिफिकेट मिलेको छ । अनावश्यक रुपमा चलचित्रको ५ दृश्यमा सेन्सर बोर्डले कैंची लगाएको छ ।
चलचित्रको सिमित बजेटको कारण फिल्मको परिवेषमा अझै सुधार गर्ने ठाउँ हुँदाहुँदै पनि निर्देशकले सायद गर्न सकेनन् । चौरंगामा सबै कलाकारले आफ्नो भुमिकालाइ न्याय गरेका छन् । तर धृतमान चटर्जीले निकै प्रशंसायोग्य काम गरेका छन् ।
चलचित्र चौरंगा लाइ “ए” सर्टिफिकेट मिलेको छ । अनावश्यक रुपमा चलचित्रको ५ दृश्यमा सेन्सर बोर्डले कैंची लगाएको छ । निर्देशक निर्माता बिकाश मिश्राले यसलाई आफूमाथिको अन्याय भनेका छन् “चलचित्रमा कथानकको मागलाई अश्लीलरुपमा हेर्नु सेन्सरबोर्डको पूर्वाग्रह हो ।” उनले भनेका छन् । 
सेन्सर भएका ५ दृश्य मध्ये ३ दृश्य लवमेकिङ थियो भने अर्को एक दृश्य संवादमा गालीको प्रयोग भएको थियो । तेस्रोमा एक बालकलाइ कुवामा फाल्ने दृश्य थियो ।
भारतमा रिलिज हुनु अगावै चौरंगाले विदेशी सिनेमाघरमा राम्रो सफलता पाइसकेको छ । मियामी फिल्म फेस्टिवलमा चौरंगालाइ उत्कृष्ट इन्डियन चलचित्र अवार्डले सम्मानित गरिसकिएको छ ।
हेर्ने हैन त चौरङा ?

No comments:

Post a Comment