Wednesday, March 30, 2016

उत्तेजनाले समाज परिवर्तन हुँदैन ,समाज चेतनाले बदलिन्छ -बुद्ध परियार


विभेद बिरुद अभियान -चैत्र १७ -प्रसङ्ग त्यहि एसिड आक्रमण को हो जसमा एक दलित युबक जीवन बिक ले प्रेममा पाएको धोखा र जातीय रुपमा सहनु परेको अपमान अनि छुत-अछुत को भेदभाव का काराण आबेशमा आएर,उत्तेजनाले  बदला को मनसायले,प्रतिसोध को लागि नेपाली किशोरी हरु संगिता मगर र सीमा बस्नेत माथि एसिड ले आक्रमण गरि एस.एल.सी. को मुखैमा घाइते बनाएर अस्पतालको शैया मा पुराएको छ 
          
छोएको  नखाने ,अछुत ,पानी नचल्ने जात भनेको  धेरै चोटी सुनेको  र  धेरै चोटी  भोगे को पनि थिए मैले, तर दलित शब्दकहिले सुने को थिइन , सायद पहिलो पल्ट २०५४/५५  सालतिरको परियार सेवा समाजको बार एसोसिएसनको  भेला मा सुन्ने मौका पाएको थिए ,पानी नचल्ने ,छोएको  नचल्ने जात हरुको साझा नाम दलित हो भनेरतेस्पछि  कति ठाउँ मा सुने सुने,कहिले दलित  गैरदलित कोझगडा को समाचारमा  सुने ,कहिले  दलित हरु लाई मन्दिर पस्न नदिएको समाचार मा सुने ,कहिले जबर्जस्ति मन्दिर प्रवेश को घटना कोसमाचार मा सुने ,कहिले छुवाछुत को बेबहार मा भएको झगडा को समाचारमा सुने,सुने धेरै रुप  प्रसङ्ग मा दलित सब्द सुन्ने मौका पाए,बिस्तारै बिस्तारै दलित राजनीति,दलित मुक्क्तिउत्पीडित,उपेछित,समानताजातिय समानता जस्ता सब्द हरु पनी मेरो कलिलो दिमागमाभर्ने मौका पाए ,अनि त्यसै गरि तिनै शब्द अनुसार काम गर्न खोलिएका संघ संस्था अनि दलित को नाममा खोलिएको राजनैतिक पार्टी हरुकोभ्रात्री संगठनहरुको नाम हरु पनी सुने चिने  त्यसताका प्राय जसो समाचार हरु मा दलित लाई मन्दिर मा प्रवेशगर्न निदिएको अनि हुलका हुलमानिस, नेतागण हरु दलितका संस्था का प्रतिनिधि हरु गएर जबर्जस्ति मन्दिर प्रवेश गराएका घटना हरु,धारा छोएको निहुमा दलित ले कुटाइखाएको अनी काठमाडौं बाट एकहुल अगुव हरु गएर  स्थानिय  दलित सज्जनहरु जम्मा भएर फेरी तिनिहरु लाई ढाड भाचिने गारीठोकेको,चियपसलमा ,मन्दिरमा ,धारमा ,गाउमा ,टोलमा जाहासुकै छुवाछुत को घटना हुँदा सज्जनज्ञानी ,भद्र भलाद्मी दलित मित्र हरु लेउत्तेजित भएर बादला लिएको समाचार हरु सुनिन्थ्यो अनी हामी सबै लाई पनि लग्थ्यो ठीक गरेछन्यसरी मजा चखाएपछी मात्र तिनिहरुलेचेत्छन ,हामीलाई दबाउने हरुलाई  यसैगरी  तहलगाउनु पर्छ,अनी  मात्र हैन  भन्दा पहिले का अनी  पछी का दलित तन्नेरी हरु ले बिभेदको घटना को बादलामा गरिने उपचार् कारुपमा सिकेको अनी सिक्ने यही हो अनी यही सिकाइ  बुझाई को पारीणाम  निरन्तरता हुन जीवनबिक।
         
आज एक नेपाली चेली एसिड आक्रमण ले घाइते  असक्त अवस्थामा अस्पातल को शैया मा लडिरहेकिछिन भने तेही घटनाघटाऊने एक दलित  युबक त्यस  अपराध को सजाय भोग्न बिना कुनै सन्कोच  पश्चाताप प्रतिक्ष्या गरिरहेको छ। एउटा श्रमाजिवी समुदाय कोसदस्य अनी एक गरीब  श्रमजिवी बाबु को योग्य  सक्ष्यम सन्तान ले यती ठुलो योजना का साथ घटना घटायो  भनेर विश्वाश गर्न पनि गाह्रोछ, तर यो सत्य हो  घटना घटेको  अनी अपराधी एक दलित युबक हो भन्ने साबित भाईसकेको एस अवस्थामा मैले पढ्दै छु अनी सुन्दैछु किजतिये बिभेद ले निम्त्यएको घटना हो रे यो भनेर तर  मान्न तयार छैनसिँगो दलित  समुदय को बदनाम  भो रे  मान्न तयार  छैन ,घटना निम्त्याउने दलित   समुदाय को सोच  तेस्ले सिकएको पाठ अनी दलित आन्दोलन लाई सहिदिशा दिन नसक्ने दलित राजनीति हो 
       हाम्रो दलित राजनीति ले दलित मुक्ती को आन्दोलन लाई कहिल्यै शही दिशा दिन सकेन, कहिले धन कमाउन दलित राजनीति को प्रयोग भयो त कहिले आफ्नो आफ्नो चर्चा र प्रसिद्धी कमाउन दलित राजनीति प्रयोग भयो ,हामीले कहिल्यै पनि दलित समुदय को क्ष्यमता मा विश्वाश गरेनौ कहिले ति लाखौं दलित तन्नेरी हरु को क्ष्यमता मा विश्वाश गरेनौ, कहिले श्रम बिना ज्याला खोज्यौ त कहिले मेहेनत बिना प्रतिफल खोज्यौ। लडेर ,जुधेर , झगडा गरेर,जबर्जस्ती गरेर ,कसैले गरेको छुवाछुत को व्यबहारलाई बादला  लिएरै समाज परिवर्तन हुन्छ भन्ने सोच्यौ ,कसैले मन्दिर पस्न दिएन हजारौं को संख्यामा  मान्छे जम्मा गरेर  उनिहरुको   टाउको फुटाउनु मा  हाम्रो जीत अनि हाम्रो मुक्त्ति देख्यौ , खोज्यौ, कसैले हामी ले छोएको खाएन पिटेर तह लगायौ ,कसैले तल्लो जात भनेर हेप्न खोज्यो ढाड भाचेर तह लगायौ,तर कहिले सोचेनौ कि समाज ले किन हामीलाई  हेप्यो , किन छोएको खाएन ,किन तल्लो जात र दलित भन्छ कहिले सोचेनौ हामीले । हामीले दलित शब्द लाई बेच्यौ मात्र ,हामी दलित र दलित को पिडाको कथाहरु सुनेर रोमन्चित भयौ मात्र तर कहिले माथि उठ्न खोजेनौ,हामी अछुत नै रहन खोज्यौ , हामी दलित नै भनिन र बनिरहन चाह्यौ ,हामी तल्लो जात भनिने र हेपिने प्रबिर्तीमै बाँच्न चाह्यौ ,हामीले नबिन तरिका हरुको खोजिगरेनौ त्यसकारणले सधैं पछाडि पर्यौ , हामीले अनि हाम्रो राजनीति ले उत्तेजनाले समाज परिवर्तन गर्न खोज्यौ तर यो बिर्सियौ कि समाज उत्तेजना ले परिवर्तन हुदैन समाज चेतना ले बदलीन्छ,हामीले नि:सुल्क शिक्षा पछी माग्यौ तर जागिर पहिले चाहियो हामीलाई, हामी चेतन शील बनेनौ तर समाजले सचेत नागरिक सम्झ्योस भन्ने चाह्यौ, बिहान उठेर अनुहार धुन जनेनौ तर सधैं नुहएको सम्झुन अरुले भन्ने सोच्यौ,दिनको  सुरुवात जाड र रक्सी पिउदै गर्छौ हामी तर कसैले जडिया भनेको पचाउन सकेनौ ,सफा चिटिक्क पर्न जानेनौ तर हामी सबैतिर सबैले सफा छ भनोस भन्ने  सोच्यौ,महिनौ नधोएको कपडा लगाएर धुस्रे फुस्रे बनेर हिड्छौ तर पनि हाम्ले छोएको सबैले खाओस भन्ने सोच्यौ हाम्ले, सरसफाइ मा कहिले हाम्रो ध्यान जादैन, हाम्रो घर परिवार मा राम्रो बोलिबचन सिकाउन सकेनौ हामीले ,अरुले सुन्दा पनि लाज नमानी फोहोरी शब्द हरु प्रयोग अर्दै झगडा गर्छौ तर समाज मा सम्मनित स्थान खोज्छौ हामी,समानता खोज्छौ हामी तर समान बन्न खोज्दैनौ ,छोएको खाओस भन्ने सोच्छौ हामी तर घिन्लाग्दो बनेर हिंड्न छोड्दैनौ,घर भित्र पस्न नदिएको मा दुखी हून्छौ हामी तर कसैले घर भित्र पसाउन योग्य बन्दैनौ हामी , स्मरण रहोस् घिन्लाग्दो फोहोरी ले छोएको दलितलेनै खाँदैन अरुकोत केकुरा ।हामी आफु लाई कहिले बादलदैनौ तर समाज हाम्रो लागि बदलीएको हेर्ने रहर पालेर हिड्छौ र समाज बदलिएन  भने प्रतिसोध लिन्छौ हामीले अनी हाम्रो दलित आन्दोलन ले हाम्रो समुदाय लाई आज साम्म पढाएको पाठ यही हो अनी यही पाठ को  एक कुसल पात्र हुन जीवन बिक ।
      हामि दलित अगुवा हरुले सफल बन्न सफल हुन कती चोटि नेताज्यु हरु को खुट्टामा ढोग्नु पर्‍यो होला ढोग्यौ,काहा धाउनपर्छ धायौ ,कस्लाई भन्नु पर्छ भन्यौ हाम्ले अनी बाल्ल पायौ सफलता, सफलता नपाउन्जेल अनेक सपना बेच्छौ अनी सफलता पाए पछी साली  च्यापेर पोखरा तिर लग्ने प्रबिर्तीले नेत्रित्व गरेको राजनीति हो हाम्रो दलित राजनीति , सुन्दा कसैलाई अचम्म लाग्ला ,अनि समन्धित हरु लाई रिस पनि उठ्ला तर यथार्थ एही हो,नाम र दाम पाइन्छ अनि ठालु पल्टिन पाइन्छ भनेर दलित राजनीति मा लागेका अनि पार्टी का नेता को खुट्टा ढोगेर सफल बन्ने अनी कहिले जाजरकोट को कार्यक्रम को फोटो ,कहिले कास्की को दलित समुदायले गरेको अभिनन्दन भनेर फेसबूकमा लेख्न र फोटो टास्न  गरिने राजनीतिले,नेत्रित्वले डोहोराएको समुदाय हो हाम्रो समुदाय जसले पिडा र जातिय बिवेदमा उत्तेजित हुन सिकायो ,कसैले हेप्यो जात को कुरा गर्यो प्रतिसोध लिन मात्र सिकायो ,सफल र सबल बनेर तिनीहरुलाई जित्न कहिले सिकाएन, मन्दिर पस्न नदिदा नाराबाजी जुलुश र हानाहान गर्न सिकायो सिमेन्टको घरमा राखेकै देउता पुज्नु जरुरि छैन पसल बाट देउता को फोटो किनेर घर मै पुजागरे पनि आनन्द त्यही मिल्छ भनेर सिकाउन सकेन ,छोएको कसैले खाएन बिरोध गर्न कुटाकुट गर्न सिकायो आफ्नो खाउ अरुले छोएको खाओस नखाओस त्यो उसको कुरा हो भनेर सम्झाउन सकेन, हाम्रो लागि गरिएको भनिएको राजनीति र त्यस्का ठेकेदारहरुले कहिलेपनी तिमी सफा बन्न सिक सधैं ,राम्रो बानी अंगाल,सबैसँग राम्रो व्यबहार गर , खराब अदात छोड ,घर परिवार मा राम्रो बातावरण बनाउ राम्रो सस्कार को बिकास गर ,आफुलाई बदल तिम्लाई हेर्ने समाज को हेराइ आँफै बदलिने छ ,तिमी आँफैमा बलियो बन  तिम्लाई हेप्ने समाज आँफै कम्जोर हुनेछ ,ब्यक्ती आफु आफु मा परिवर्तन ल्याउ समाज आँफै परिवर्तन हुन्छ भनेर सिकाउन सकेन ,सिकयो त केवल जतिय बिभेद हामी माथि को अन्याय हो , त्यसको लागि दन्ड नै दिनु पर्छ भनी सिकायो ,पछी पर्नु र अछुत भनिनु हामी नबनेर हो यथास्थिती मै बस्नाले हो भनेर चेतना दिन सकेन बरु कनुन मा साजय को ब्यबस्था गर्न लागिपर्‍यो ,तर याद गरेन कि द्न्ड ले मनीस को मस्तिक मा प्रतिसोध मात्र बढाउछ भनेर ,कुनै गैर दलित लाई भेद्भाव गरेको खन्डमा सजय दियो भने उस्को मानमा छुवाछुत को भावना कम हुनुको साटो झन झन बढाउने काम गर्छ , झन प्रतिसोध मात्र बढाउछ भनी बुझ्न सकेन। आज भोली हाम्रा केही केही  साथी हारु बिनासन्कोच हामीलाई आफ्नो घरभित्र लान थालेका छन ,  सङै बसेर खान्छन ,समाज मा पनि सम्मान  पाउन थालेका छौ हामीले ,आजकल काठमाडौं मा कोठा खोज्न जादा बिरलै जात सोधिएको पाईन्छ,आन्तर जतिय विवाह गर्नेको संख्या दिनानुदिन बढेको पाईन्छ,यो सबै चेतना ले भएको हो ,बिस्तारै सिछित हुँदै गएको हाम्रो समाज को नतिजा हो यो ,दलित अगुवा हरुले बेबस्था गरिदिएको १०००००/- रुपैया इनाम ले हैन नत तिन्ले गरेको सार बिहिन भाषाण र दण्डको ब्यबस्था को कारणले हो । मत भन्छु राज्य कोश र  बिदेशी सहयोग सिद्ध्याउनै पर्दैन दालित मुक्तिका लागि, फगत दलितहरु को साथ साथै सम्पूर्ण नेपाली समाज लाई  गुणस्तरीय शिक्षा निशुल्क गर्ने माग मात्र  हामी सम्पूर्ण दालित हरुले बोकेर हिंडे पुग्छ ,आँफै उन्मुलन भएर जानेछ हाम्रो समाज बाट जतिय विभेद, समाज बदल्न हाम्रा अगुवा हरुले गरेको जस्तो नाटक हरु मन्चन  गरिरहनु पर्दैन ,बर्सौ देखी चलिआएको चलन हरु कसैले चटक गरेर, मन्त्र फुकेर तुरुन्त हटेर जादैन,तेस्कलागी पर्खनु पर्छ ,यो एउटा प्रकृया हो ,समय लाग्छ, चेतना चाहिन्छ, ज्ञान चाहिन्छ , चेतना दलितमा  मात्र भएर हुन्न पुरै समाज मा फैलनु पर्छ र त्यसको आधारनै  नि:सुल्क र फराकिलो शिक्षा हो।
         हामी, हाम्रो राजनीति अनी हाम्रा  होनहार दलित राजनीतिग्य हरु ले सिकेको अनी  सिकाएको  पाठ को नतिजा हुन जीवन बिक,जीबन बिक अपराधी हैनन नत यस घटना घट्नु मा उनीएक्लै दोशी हुन,उनी त एक प्रतिनिधि पात्र मात्र हुन,योजनाकार र कथाकार त हामी, दलित अधिकारकर्मीहरु कार्यकर्ताहरु ,   बुद्धिजिविहरु,हाम्रो राजनीति अनी हाम्रा दलित राजनीतिग्य हरु होउँ,हामी ले दिन सक्ने र दिएको चेतना को स्तर हेर्ने हो भने त यस्ता कैयौ घटनाहरु घट्थे होलान र अझै घट्नै बाँकी होलान , कयौ जीवन बिक हरु हात मा एसिड लिएर फेरी कोही माथि प्रहार गर्न तयार छन होला,हाम्रो समाज को चेतना को स्तर हेर्दा त डर्लाग्दो अवस्था सिर्जना हुने खतरा अझै बाँकी छन कती जस्तो लाग्छ । घटना हाम्रो सोच र सिकाइ हरुले घटाएको हो,दोशी जीवन बिक मात्र हैन सिंगो दलित समुदाय हो जास ले आज सम्म उत्तेजना बढाउने र मान्छे उचाल्ने र भिडाउने र घटनाहरु निम्त्याउने बाहेक यो समाज लाई केही सिकाउन सकेन त्यसैले घटना जो घट्यो त्यास्को जिम्मेवारी तमाम दलित अग्रज , अनी दलित हरुले लिनु पर्छ जस्ले भिड उचाल्नु मै परिवर्तन देख्यो,हिङ्सा मा विश्वाश गर्‍यो,कानुन भन्दा माथिउठेर अत्मनिर्णय गर्न सिकयो ।
         हामी सधैं हाम्रा तुक बिनाका लामो पट्यार लाग्दो भाषाणहरु मा भन्नेगर्छौ  हामी दलितहरु सोझा ,इमानदार र श्रमजिवी छौ भनेर तर हामी आफुलाई आन्याय पर्दा सबैले एसिडका फोहाराहरु छ्याप्दै हिंडेउभने भोली खुडा , खुकुरी  हानिएला बन्दुक पड्किएला समाज अपराधी बन्दै जाला याद राखौ । अनी यो पनि याद राखौ हाम्ले यसरीनै समाज को सोच बदल्न खोज्यौ भने हाम्रो सोझोपन अनी इमन्दारिता माथि प्रश्नउठ्न थाले के गर्ने ?हम्रो श्रम माथि विश्वाश गर्न छाडियोभने के गर्ने ? हाम्रो श्रम बिक्न छोड्यो भने के गर्ने ? के खाने ?स्थिती कती भयबह हुन सक्छ सोचौ,सबै बिदेशिएर पनि सम्भव छैन र हामीलाई  हाम्रो स्वभाव था छ र हामी त्यहा पनि आफ्नो कला देखाएर छोड्छौ र त्याहा पनि  टिक्दैनौ आनी के गर्ने ? अनी यो पनि याद राखौ बिभेद गर्‍यो भनेर जस्लाई  एसिड छ्याप्दै हिड्छौनि, उनिहरु को जमात हाम्रो भन्दा बिशाल छ ,उनिहरुले पनि हामीले जस्तै आफ्नो मर्यादा बिर्सें भने के हुन्छ? कहाँ भाग्ने ?  के गर्ने ? बिरमी हौ हामी जस्ले आन्याय पर्दा अरुलाई प्राहर गर्छौ, आघात पुर्याउछौ ,सभ्य समाज को मर्यादा  र आफ्नो मानवता लाई बिर्सेंर,जलाएर गरिने यस्तो कुकर्म ले सभ्य समाज को कल्पना गर्नु र मुक्ती को आशा गर्नु मुर्खता हो । 

          कुरा यहाँ केवल जीवन बिक को मात्र हैन ,अनी ति निर्दोस दुई किशोरि हरु को मात्रा पनि हैन कुरा यहाँ सिँगो राष्ट्र को छ , हाम्रै गलत  सोच्ले प्रेरित भएर  अपराधी बनेका जीवन बिक  र उनी जस्ता अरु सबैलाई हतोत्साहित गर्नेहो र उनिहरु मा नयाँ सोच र नयाँ भावना बिकास गर्ने हो अनी हामी आफ्नो राजनीति र आन्दोलन लाई शही बाटो मा लानेहो भने र साथ-साथै यि नविन किसिम का घटना हरुले समाजमा  हामी प्रती बन्दै गएको गलत सोच लाई हटाउनु छ भने ,जीवन बिक को हात बाट भएको अपराध ले  हाम्रो समुदाय माथी  लागेको कालो पखल्नु छ भने अनी हामी दलित अझै पनि सोझा ,इमान्दर छौ ,अझै हामीलाई हाम्रो सिप र श्राम मा विश्वाश छ भनी देखाउनु छ भने बेला अझै टरेको छैन सम्पूर्ण दलित समुदाय ,दलित कार्यकर्ताहरु ,दलित बुद्धिजिवीहरु ,दलित अगुवाहरु ,अधिकर कर्मिहरु सबैले हिम्मत जुटाएर सम्पूर्ण दलितहरुको इज्जत र इमान दाउमा परेको यस घडीमा एसिड आक्रमण को उक्त घटनामा घाइते ति दुई  किशोरिहरु तथा ति  छोरीहरुका आमा हरु सँग घटना को नैतीक जिम्मेबरी लिदै दुइहात जोडेर माफि मग्नु को बिकल्प छैन । सबैको जय  होस्।  


-बुद्ध परियारको बल्ग बाट साभार 

सिक्वेल फिल्म ‘बाटो मुनीको फूल २’मा पनि छुवाछुत प्रथालाई नै प्राथमिकता

१७ चैत - विभेद बिरुद अभियान - जातिय छुवाछुत प्रथामा आधारीत ‘बाटो मुनीको फूल’ फिल्मको दास्रो सिक्वेल फिल्म ‘बाटो मुनीको फूल२’ को अफिसियल प्रोमो सार्वजनिक भएको छ । सिक्वेल फिल्म ‘बाटो मुनीको फूल २’मा पनि छुवाछुत प्रथालाईनै प्राथमिकतामा राखिएको छ । २ मिनेट लामो फिल्मको प्रोमो रहेको छ ।उक्त प्रोमोमा द्धन्दका साथै पैसाको लागि युवतिहरुले आफ्नो शरीर बेच्नुपर्ने दृश्यलाई प्राथमिकतामा राखिएको छ । ‘बाटो मुनीको फूल २’ फिल्म यहि बैशाखको १० गतेबाट सम्पुर्ण दर्शकहरुमाझ प्रदर्शनमा आउने भएको छ । फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका छन् । मान कृष्ण महर्जनको सिनेमाटोग्रफि रहेको फिल्म ‘बाटो मुनीको फूल २’लाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मलाई सिुवर्ण थापाको निर्देशनमा भिम न्यौपानेले निर्माण गरेका छन् । त्यस्तै फिल्ममा रहेको नृत्य निर्देशन भने गोबिन्द प्रभातले गरेका हुन् ।

बैशाखको १० गतेबाट दर्शकमाझ प्रदर्शनमा आउन लागेको ‘बाटो मुनीको फूल २’ फिल्ममा येश कुमार,बाबु बोगटी,अशिष्मा नकर्मी,रीमा बिश्वकर्मा,दिलिप रायमाझि,ऋचा शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म ‘बाटो मुनीको फूल २’ सामाजिक यथार्थ कथाबस्तुलाई पर्दामा उतारेको छ । ‘बाटो मुनीको फूल२’ फिल्मको पहिलो फिल्म ‘बाटो मुनीको फूल’पनि निकै हिट फिल्म हरेको थियो । फिल्मको कथा र संगीत पनि नायक तथा गायक यस कुमारकै रहेको छ ।

आफ्नो घरमा दलित बसेको भन्दै घर चोख्याउन पूजापाठ

दाङ, १७ चैत,विभेद बिरुद्ध अभियान । तुलसीपुर नगरपालिका– ३ श्रीगैंका एक दम्पत्तिले आफ्नो घरमा दलित बसेको भन्दै घर चोख्याउन पूजापाठ गरेका छन् । श्रीगैका सीता भण्डारी र उनका श्रीमानले रोल्पा नुवागाउँ– ६ का नन्दुकुमार विक र उनकी श्रीमती भीमा विकलाई कोठाबाट निकाली घर चोख्याउन पूजापाठ गरेका हुन् ।अध्ययनको सिलसिलामा गत असोज ५ गते भण्डारीको कोठा भाडामा ल्याई बस्दै आएका दुबै जनालाई कोठाबाट निकाली मंगलवार पूजापाठ गरेको पीडित नन्दुकुमार विकले बताए । १५ महिने भेट्नरी पढ्दै आएका विकलाई पटक–पटक घरमालिक भण्डारीले दलित भन्दै मानसिक तनाव दिँदै आएको विकको भनाई छ । तुलसीपुरबाट प्रसारण हुँदै आएको रेडियो प्रकृतिमा “विषय हाम्रो विचार तपाईको” भन्ने रेडियो कार्यक्रममा फोन गरेको थिएँ । रेडियो कार्यक्रम घर साहुकी छोरीले सुनेकी रहेछिन् । मैले रेडियोमा नाम र थर भनेपछि त्यो कुरा उनीहरुले आफ्नो ठूली आमालाई आएर भनेछिन । त्यसै दिनदेखि मलाई तल्लो जातको मान्छे बसेको भन्दै कोठा छोड्न लगाइयो” विकले भने । 
जात थाहा पाएपछि घरसाहु सीता भण्डारीले “हाम्रो घरमा अशान्ति, अशुद्ध, झगडा र श्राप परेको कुरा आज मैलै ज्योतिषकहाँ गएर हात हेराउँदा थाहा पाएँ । त्यसैले तपाईहरु घरबाट निस्कनुस्” भनेको विकले बताए । घर साहु भण्डारीले “हामीले मान्ने कुल देवताले पनि सानो जातका मान्छेलाई घरभित्र भित्राएको थाहा पाएर हाम्रा हात, खुट्टा शरीर काम्ने दुख्ने भएका छन् । त्यक्तिमात्र नभई यदि श्रीमानले थाहा पाउनु भएमा उहाँ काम्नु हुन्छ । त्यसैले यो सब नहुँदै समस्याको समाधान गर्न कोठा खाली गरिदिनुस् भन्दै भण्डारीले आफूलाई बताएको विकले सुनाए ।
दलित भन्ने थाहा पाउँदाको दिनदेखि नै घर साहु सीताले कोठा खाली गर्न आग्रह गरे पनि अहिलेसम्म कोठा नछाडेको विक परिवारको भनाई छ । भण्डारीले कोठा खाली गर्नका लागि बरु अन्यत्रै कोठा खोजेर तयार पारिदिएको बताइन् । विक परिवारले कोठा छाड्न नमानेपछि मंगलवार बिहानमात्र सँगैको अर्को कोठामा ओड्ने ओछ्याउने विस्तारा, भाँडाकुँडा लगेर राखिदिएर उनीहरु बस्दै आएको कोठा चोख्याउन पूजापाठ गरेको विकले बताएको भनाइ छ ।
यस्तै घर साहु सीता भण्डारीले विकको परिवार बसेको कोठामा मरेको मान्छेको हड्डी भएको बताउँदै ग्रहशान्ति मात्र गरेको बताएकी छिन् । ज्योतिषकहाँ गएर देखाउँदा घरको दक्षिण कोठामा मरेको प्रेतआत्मा छ । त्यसैले घर बान्नुपर्छ भनेपछि मात्र आफूले पूजापाठ गराएको सीताले दावी गरिन् । “रातको समयमा श्रीमान र छोराको गला खै कसले अचेट्छ । त्यसैले यसको समाधान गर्न मैले पूजापाठ गरेको हुँ” उनले भनिन् ।
ग्रह शान्ति गराउन पुगेका पण्डित डा. गंगादत्त शर्माले कुण्डलीमा हेर्दा उक्त कोठामा प्रेत आत्मा देखिएको कारण ग्रहजब गरिदिएको बताए । यो बाहेक अन्य कुरा आफूलाई थाहा नभएको बताउँदै यदि जातीय रुपमा विभेद भएको रहेछ भने यो गलत भएको उनले बताए । पीडित विकले पीडकलाई कानुनी कारवाहीको माग गर्दै राष्ट्रिय दलित आयोगमा समेत निवेदन दिएको बताएका छन् । त्यसैले गर्दा विकको दम्पतिले पीडकलाई कानुनी कारवाहीको माग गर्दे सबैमा सहयोग गरिदिन आग्रह गरेको खबर पहिलो पेज डट कममा छ । 

Tuesday, March 29, 2016

देश बिदेशका घटनाहरु .......युक्तलाल बिश्वकर्मा

चैत्र १६ , विभेद बिरुद्ध अभियान - जातीय छुवाछुत प्रथा सामाजिक कुरीति र अन्धविश्वासको परिचायक हो | सदियौ देखिको जातीय अपमान र पीडाको पीडाबोध हो | जसले मानवीय जीवनको आत्म स्वाभिमान माथि गम्भीर रुपले ठेस पुरयाउने काम गरेको छ | जातका आधारमा कोही छुत हुने कोही अछुत हुने | धर्म र संस्कारको पगरी गुथेर आफुलाई उच्च स्थानमा पदासिन गराउने अहंकारबादी सोच र चिन्तनले मानिस मानिस बिच विभेदको पर्खाल चुलिदै गयो | सानो र ठूलोको विभेद कथित जातीय छुवाछुत प्रथामा अत्यन्तै नीर्घिनी बन्दै गयो | जसका कारण मानब जाति र उसले सिर्जना गरेको सभ्यतालाई समेत दुस्प्रभाब र प्रदुषित पार्ने काम भएको छ | कला कौशल र सिर्जनाका धनि जसको श्रम र सिर्जनाले सामाजिक जीबनपध्दति एबम संरचना क्रियाशील ,परिष्कृत र जिबन्त छ | समाज शुसोभित र चलायमान छ | अझ भन्ने हो भने  सामाजिक इज्जत र प्रतिष्ठा निरन्तर संचालित छ | तर समाजका निर्माता, भरणपोषणकर्ता र सृष्टि विधाताहरु क्रुर अमानवीय जातीय कुप्रथाको सिकार बन्न बाध्य छन् | प्रत्यक्ष वा अप्रत्यक्ष जानिदो वा नजानिदो ढंगवाट कुनै न कुनै रुपमा उत्पीडित दलित समुदायमाथि गरिने सम्पूर्ण खाले विभेदको अन्त्यको निम्ति जागरण र जागृतिका स्वरहरु घन्काई छुवाछुतको समुल अन्त्य गर्न गीत र संगीतको महत्वपूर्ण भूमिका रहेको हुन्छ |
                                                                    दलित समुदायहरु स्वयमनै कला र सिर्जनाका खानी हुन् | संगीतका पारखी हुन् | सामाजिक रीतिथिति र संस्कृतिका हरेक बिधिबिधानमा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको छ | जन्म देखि मृत्यु सम्मका मानवीय जीवनका हरेक आबश्यकताहरु दलित समुदायको सिप र कलासंग जोडिएका छन् | समाज संचालनको महत्वपूर्ण हिस्सा ओगटेका दलित समुदाय माथि जातीय छुवाछुत जस्तो अमानवीय क्रियाकलाप हुनु अत्यन्तै लाजमर्दो र घृणित कार्य हो | जातीय छुवाछ्त प्रथा समाजमा रहेसम्म समाजको उन्नति र प्रगति सम्भव छैन | देशलाई प्रगति र समृध्दीको दिशातर्फ अग्रसर गराउनु पर्ने बर्तमान सन्दर्भमा हामी बिचको बैरभाव र कटुताले हामी कति पछाडी धकेलिएका छौ भन्ने कुरा हामीले हाम्रो इतिहास र बिकसित राष्ट्रहरुको विकासक्रमको एतिहासिक पृष्ठभूमिको अध्यनबाट सहजै बुझ्न सक्छौ | अत हामी बिचको एकता र सद्भावले मात्र बिकासको अग्रतालाई प्राप्त गर्न सक्छौ |   
                            
जातीय छुवाछुतको अन्त्य गरि समतामुलक समाज निर्माणगर्ने उध्देश्यका साथ संगीतको माध्यमबाट चेतनाको अभिबृध्दी गर्ने उध्देश्यले संदेशमुलक गीतहरुको संगालो दलित आवाज दलितहरुको एकताको आवाज हो |  यसलाई केहि बर्षबाट सार्वजनिक गरिएको थियो तर अपेक्षाकृत ढंगबाट यसको प्रचार प्रसार हुन सकेन | ढिलै भएपनि सबैमा संगीतको यो आवाज तरंगित भई जातीय छ्वाछुतका विरुध्दमा एकताबध्द हुन उत्प्रेरणा जागोस भन्ने अभिप्रायले गीतलाई सार्बजनिक गरिएको हो | यसले दलितहरुको समस्यालाई उजागर गर्ने र समाजको कुसंस्कारलाई जरैदेखि फ्याल्ने काम गरेको छ | चाहे गाउमा होस् चाहे शहरमा जहाँ सुकै हुने विभेद खासगरी जातीय छुवाछ्त अन्त्य गर्न गीतले संदेश प्रवाहित गरेको छ | यसै गीति एल्बमबाट देश बिदेशका घटनाहरु ...... यहाहरु समक्ष प्रस्तुत गरिएको छ | देश बिदेशका  विभिन्न घटना र बिषयबस्तुका संदेशहरुलाई गाउका दुर दराजमा गई संदेश प्रवाह गर्ने काम गन्धर्व दाईहरु सामाजिक तिरस्कार भोग्न बाध्य छन् | उनीहरु सूचना र संचारका संवाहक हुन | सारंगी रेट्दै मधुर भाकामा गीत गाउँदा सबैका मन मुटु , खुसी र हर्षले चुम्छन अनि झुम्छन  | खुसी र आनन्दको बर्षा हुन्छ | तर बिडम्बना कला र सिर्जनाका खानी उहांहरु माथी अपमान गरिन्छ र घृणा गरिन्छ | त्यसर्थ देश बिदेशका घटना सुनाउने उहाँहरुलाई जातीय छुवाछुत अन्त्यका लागि र अछुत भन्ने नामै मेटाउनका लागी आव्हान गरिएको छ | त्यसै गरि सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सफाई मजदुर माथी पनि ज्यादै अशोभनीय ढंगको ब्यबहार छ | यो व्यवहार पनि न्याय संगत छैन | त्यसर्थ हामी कल्पना गरौ सडकका गल्लि र चौकहरु सफा गर्न १ दिनमात्र ढिला गर्ने हो भने यहाँ कस्ता समस्याहरु देखा पर्छन होला ? त्यसर्थ उहाँहरु माथी जुन किसिमको अपमान छ यस्तो अपमान अब सहेर बस्ने होइन जुझारु एकताका साथ छुवाछुतको अन्त्य गर्न र अछुत भन्ने नामै मेटाउनका लागी एकजुट हुनुपर्ने संदेश पनि गीतले प्रदान गरेको छ |                                                                                       यसैगरी गाउँघरका झुपडीमा आरन चलाई कृषिका महत्वपूर्ण सामग्रीका सिर्जनाकर्ता कामीदाई प्रति पनि यहाँ अपमान छ | उनीहरुले हसिया कुटो फाली लगायतका सामग्री नबनाउने हो भने कृषि ब्यबसायका साथै अन्य कार्यहरु संचालन  हुन सक्दैन | त्यसैले उहाँहरुलाई पनि जातीय अपमानको विरुध्दमा एकजुट हुन् र अछुत भन्ने नामै मेटाउन गीतले अनुरोध गरेको छ | शुभ साइतको प्रतीकको रुपमा पन्चे बाजा बजाई साइतको शुभारम्भ गर्ने कलाका पारखी दमाई दाईहरु माथि पनि यस्तै खाले विभेद छ | अत राष्ट्रिय पोशाक दौरा सुरुवाल टोपी समेतका निर्माता समेतलाई पनि जातीय मुक्तिको अभियानमा लामबध्द हुन र अछुत भन्ने नामै मेटाउन जोडदार रुपमा आग्रह गरिएको छ | यहाँ जातीय छुवाछुत उल्लेखित जाती समुदायलाई मात्र होइन | सम्पूर्ण दलित समुदाय प्रति सामाजिक अपमान छ विभेद छ र तिरस्कार छ | सामाजिक रुपले हरेक क्षेत्रमा विभेदका घटनाहरु यथावत रुपले कायमै देखिन्छ | परिवर्तित समयमा शिक्षा र चेतनाका कारणले जातीय मुक्ति आन्दोलनमा सहभागिता बृध्दि पनि भएको छ | उत्पीडित दलित समुदायको आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा केहि परिबर्तनका संकेतहरु पनि देखा पर्न थालेका छन | यो परिस्थितिमा जुन परिवर्तन हुनु पर्ने हो त्यो हुन सकेको छैन | राज्यले दलित समुदायको उत्थान र विकास गर्न जुन किसिमको तत्परता देखाउनु पर्ने हो त्यो खासै हुन सकेको छैन |                                                                                            राज्य व्यवस्था परिवर्तनको हरेक आन्दोलनमा उत्पीडित दलित समुदायको महत्वपूर्ण भूमिका रहेको छ तर व्यवस्था परिबर्तन संग संगै जुन किसिमको अपेक्षा हामीले गरेका हुन्छौ त्यो पूरा हुन सकेको छैन | बिभिन्न चरणमा भएका घोषणा र नियम कानुनहरु ब्यबहारिक रुपमा कार्यान्वयन हुन नसक्दा कागजी खोस्टाको रुपमा मात्र सिमित भएको छ | २०६२ / ०६३ को ऐतिहासिक जनक्रान्तिले राज्य व्यबस्था परिबर्तन भयो | राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भई संबिधान सभाको दोस्रो निर्वाचनबाट नेपालको संबिधान २०७२ जारी भईसकेको छ | बहुप्रतिष्ठित संबिधानले नेपालका बिभिन्न जाति जनजाती पिछडा क्षेत्र सिमान्तकृत दलित महिला भूगोल सबैको अधिकारको प्रत्याभूत गरेको छ | अहिलेको संविधानले सबैको न्याय गरेको छ | दलित समुदायको सम्बन्धमा पनि राम्रो भएको विश्लेषण गरिन्छ | संबिधान राम्रो हुँदैमा त्यसको कार्यान्वयन पक्ष कमजोर भयो भने अधिकार सुनिश्चित हुन सक्दैन | हामीले बिगत बाट यही कुरा सिकेका छौ | त्यसैले अबको हाम्रो भूमिका पनि संबिधानलाई ब्यबहारिक कार्यान्वयनका लागि दवाब सिर्जना गर्ने र दलित अधिकारलाई सुनिश्चित गराउनु पर्दछ | यो देश हामी सबैको हो भन्ने महशुस सबैमा हुनु पर्यो | श्रमजीबी बर्गहरु परिश्रम गर्ने तर आफ्ना लागी नभईकन शोषक र सामन्तीका लागी भयो । जसका कारण धनि सधै धनि भईरहने गरिब सधै गरिब सधै गरिब भईरहने व्यवस्था कायम भईरह्यो | काम गर्ने कालु मकै खाने भालु भनेझैँ हुनु भएन | अब पालो काम गर्ने श्रमजीबीको हो | श्रमको उचित कदर गर्ने र श्रमलेनै देशलाई सिंगार्ने हो भने देश पनि साच्चै प्रगतितर्फ उन्मुख हुन्थ्यो | त्यसर्थ प्रगतिशील राज्यव्यवस्था कायम गर्नका लागी सबै खालका विभेदको अन्त्य हुनु पर्दछ | जातीय छुवाछुत त समुल रुपैमै अन्त्य हुनु पर्दछ | यसैका लागि यो सन्देशमुलक गीतको सिर्जना गरिएको हो | यस गीतले जागरण र जागृतिको लहर सिर्जना गर्न अबश्य मध्दत पुर्याउने छ | यस गीतलाई वृतचित्रको रुपमा चित्र संयोजन गर्नुहुने सुवास विश्वकर्मालाई धेरै धेरै धन्यवाद | साथै यो गीतको प्रचार प्रसारमा भूमिका निर्वाह गर्नुहुने आदरणीय पत्रकारहरु गोपाल सिवा, शान्तराम बिडारी, अग्नि चौलागाई प्रति पनि आभार व्यक्त गरिन्छ | यस गीतलाई आफ्ना शब्दद्वारा सिंगार्ने सावित्री बिश्वकर्मा मिठासपूर्ण स्वरकी धनि आभा मुकारुङ लगायत गीतलाई प्राबिधिक रुपले सहयोग गर्नुहुने सम्बध्द सबैमा साधुबाद | छुवाछुत प्रथाको समुल अन्त्य गरि समतामुलक समाज निर्माणमा यो गीत अबश्य पनि सफल हुनेछ र देश बिदेशका घटनाहरु सबै सुनाउनेलाई गाउँघरमा घुमी घुमी सारंगी रेट्नेलाई भन्दिनु है भन्दिनु सबै एक भई उठ्नलाई अछुत भन्ने नामै मेट्नलाई भन्ने गीतको बोललाई चरितार्थ बनाउन सक्छौ |                               
लेखक  एबम प्रस्तुत गीतका संगीतकार युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य  हुनु हुन्छ     

Monday, March 28, 2016

दलित अधिकारकालागि बृहत साझेदारीमा जोड

चैत्र १५, विभेद बिरुद्ध अभियान - अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले दलितलाई गरिने विभेद मानताविरुद्धको कार्य भन्दै कानुनीव्यवस्थाले मात्र त्यसको अन्त्य सम्भव नभएको उल्लेख गरेका छन् । उनले कानुनी व्यवस्थाविभेद विरुद्धको पहिलो खुटि्कलो मात्र रहेको बताएका छन् ।
दलित अधिकारकालागि अन्तर्राष्ट्रिय आयोग -आइसीडीआर) को साधारणसभा लाई सम्बोधनगर्दै राजदूत कार्कीले दलितमाथि भइरहेको अमानवीय व्यवहारको अन्त्यकालागि सबै तह र तप्काकामानिसहरुको साझा प्रयासआवश्यक रहेको बताए ।
नया संविधानमा दलित, आदिवासी जनजाति र महिला लगायत विभेदमा पारिएका समुदायको हकअधिकार स्थापित गर्नका लागि व्यवस्थाहरु गरिएको उल्लेख गर्दै यसलाई दलित अधिकारको क्षेत्रमा नेपालले गरेको प्रगतिको रुपमा प्रस्तुत गरेका थिए ।
उनले सामाजिक न्यायको क्षेत्रमा चेतना अभिबृद्धिका लागि आइसीडीआरले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दलित माथि भइरहेको विभेदको अन्त्यको लागि बृहतखालको साझेदारी र सञ्जालको आवश्यकता औल्याए ।
'दलितको मुद्दा दलितको मात्र होइन,'उनले भने, 'दलितले मात्र यस विषयमा कुरा उठाएर समस्याको समाधान हुन सक्दैन, बरु यसकालागि गैरदलित वा फरक सामाजिक पृष्ठभूमीबाट आएकाहरुसंग हत्तेमालो आवश्यक हुन्छ ।'
कार्यक्रममा राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य सचिव दुर्ग शोवले दलितमाथिको दुव्र्यवहार र विभेद अविकसित देशहरुमामात्रनभएर ति मुलुकबाट विकसित मुलुक पुगेकाहरुले त्यही पुर्याएको बताइन् । उनले अमेरिका र यूरोपमापुगेका नेपाली, भारतीयलगायत वर्ण व्यवस्थाभएका मुलुकबाट गएकाहरुले त्यहाापनि जातपातको कुरा गर्ने गरेको र दलितमाथिविभेद गर्ने गरेको उल्लेख गरिन् ।
आइसीडीआर दलितकाअधिकार सम्बन्धमा पैरवीगर्नकालागि स्थापितअन्तर्राष्ट्रिय संस्था हो । यसमा दलितअधिकारकर्मी, गैरदलित प्राज्ञिकहरु तथा मानवअधिकारका क्षेत्रमाकामगर्ने व्यक्तिहरु सम्मिलित छन् । यसको सन् २०१५ मा अन्तर्राष्ट्रिय दलित सम्मेलन अमेरिकाको राजधानी वासिंगटन डीसीमा आयोजना गरेको थियो । यसले बिशेष गरेर दलितकाअधिकार सम्बन्धमा अमेरिकी सरकार तथा संयुक्त राष्ट्र संघ जस्ताअन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्दछ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डीवी सागर विश्वकर्मले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय दलित नागरिक समाज सञ्जाल निर्माण गरिएको छ भने नेपाल र भारतमा राहतलगायतका गतिविधिहरु गरिरहेका छन् । त्यसैगरी जातीय स्वतन्त्रता इडेक्स -काष्ट पि|mडन इण्डेक्स) निर्माण भइरहेको छ । यसले विश्वका विभिन्न मुलुकमा भइरहेको जातीय विभेदको विषयलाई उजागर गर्नेछ । साधारणसभाले जातीयविभेद र अवस्थाकाबारेमा अनुसन्धान, विश्वविद्यालयहरुसंगको साझेदारी तथा युवा केन्दि्रत कार्यक्रमलाई अगामी दिनहरुमाजोड दिने रणनीति बनाएको छ ।
डा. डन जिमम्र्यानले सहजीकरण गरेको कार्यक्रममा अपि|mकन अमेरिकन लिगेसी फेमिलीका संस्थापक तथा अध्यक्ष जज रहुलमीनक्वन्दर, अन्तर्राष्ट्रिय विकास बिज्ञ रीकगोल्डलगायतले दलित अधिकारकालागि सबै तह र तप्काका व्यक्तिहरुसंगको साझेदारीमाजोड दिएका थिए । उनीहरुको भनाई थियो, बृहत साझेदारीले मात्रदलितहरुको अधिकार बहालीमा सफलताप्राप्त हुन्छ ।


कान्तिपुर बाट

Sunday, March 27, 2016

विभेद र छुवाछूत अन्त्यका लागि मार्च ८ को सान्दर्भिकता के छ ?

हाम्रो सरोकारको पछिल्लो श्रृखला हेर्न नभुल्नुहोला / मार्च ८ को सन्दर्भ र नेपालमा आम रुपमा महिलाहरु अझ त्यस भित्र पनि दलित महिलाहरुले भोग्दै आएका हिंसा, असमान व्यवाहार , विभेद र छुवाछूतको अबस्था र यसको समुल अन्त्यका लागि मार्च ८ को सान्दर्भिकता के छ ?
 राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी,राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले, अधिवक्ता मिरा ढुंगाना, तथा ५० भन्दा बढि सहभागिहरु बीचको अन्तरक्रिया ।

Saturday, March 26, 2016

नेपाल उत्पीडित जातीय मुक्ति समाजको अञ्चल भेला सम्पन्न

 बारा पथलैया,१३ चैत्र २०७२- विभेद बिरुद्ध अभियान । नेपाल उत्पीडित जातीय मुक्ति समाज नारायणी अञ्चल कमिटीको आयोजनामा अञ्चल स्तरीय कार्यकर्ता भेला बारा जिल्लाको पथलैयामा अबस्थित मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा  एक समारोहका बिच भब्य रूपमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीका सदस्य एबम पुर्व कृषि मन्त्री छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिश्वकर्माले २०४७ मा नेकपा एमालेले  संविधानका सम्बन्धमा असहमति जाहेर गर्दै राखेको २७ बुदे प्रस्तावहरु बर्तमान संविधानमा समेटिएको हुँदा बर्तमान संविधान उत्कृष्ट भएको बिचार व्यक्त गर्दै संविधान निर्माणमा एमालेले खेलेको भुमिकाको चर्चा गर्नुभयो । 
संविधानलाई समायानुकुल ढंगबाट परिवर्तन गर्न सकिन्छ यो धार्मिक ग्रन्थ, ढुङ्गाको अक्षर होइन जुनकी परिबर्तन गर्न नसकिने होस ।त्यसैले असन्तुष्ट पक्षले सबैखाले आन्दोलनलाई त्यागी मुलुकलाई समृद्ध बनाउनका लागि पनि अनुरोध गर्नुभयो । संविधानले सम्पुर्ण बर्ग क्षेत्र समुदायलाई  न्याय प्रदान गरेको छ त्यसैले यस्को कार्यान्वयनको लागि सबैले  विशेष गरि दलित समुदायले दवाब सिर्जना गर्नुपर्ने धारणा समेत राख्नु भएको थियोे । विशिष्ट अतिथि  मुक्ति समाजका उपाध्यक्ष एबम मध्यमाञ्चल इन्चार्ज सुन्दर बिश्वकर्माले  कानुन बनाई दलितका अधिकार सुनिश्चितता गराउने सबालमा सचेत हुनुपर्ने र निरन्तर दवाब सिर्जना गर्नुपर्नेमा जोड दिनुुभएको थियोे । 
यसैगरी नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश बिश्वकर्माले हाल सम्म भएका राजनैतिक परिवर्तन अर्थात २००७ सालको परिवर्तनले जहानिया राणा शासनको अन्त्य गरि पढ्न पाउने अधिकार दिएको ,२०४६ को परिबर्तनले सार्बजनिक स्थानमा हुने  बिभेदको अन्त्य गरेको र २०६२/०६३ को आन्दोलनले नेपाली जनतालाई नयाँ संविधान  दिई निजि स्थानमा पनि छुवाछूत गर्न नपाईने ब्यबस्था गरेको चर्चा गर्नुभयो  ।साथै  संविधानलाई कार्यान्वयन गर्नमा निर्वाह गर्नुपर्ने भुमिकाको बिषयमा पनि प्रकाश  पार्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सचिबद्वय प्रभु हजरा , अनुभुति बम नेपाली केन्द्रीय  सदस्य एबम नारायणी इन्चार्ज गणेश रसाइली सहइन्चार्ज दशरथ राम केन्द्रीय सदस्य लक्ष्मी नेपाली  नेकपा एमालेले बाराका सदस्य मनोज पौडेल लगायतकाले समसामयिक राजनैतिक अवस्था र दलित समुदायका अधिकारका बारेमा आआफ्नो धारणा राख्नु भएको थियोे  । 
कार्यक्रममा केन्द्रीय सल्लाहकार राम सिंह बिश्वकर्मा , पट्वारी बैठा केन्द्रीय सदस्यहरु युक्तलाल बिश्वकर्मा ,जित बहादुर बिश्वकर्मा चक्र रुचाल , मेघराज पासवान  लगायतकाको उपस्थिति रहेको थियो  । मुक्ति समाज नारायणीका अध्यक्ष सकल रामको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भुबन नेपालीले र कार्यक्रमको संचालन सचिब केशव रसाइलीले गर्नुभएको थियोे । कार्यक्रममा ५ वटै जिल्लाबाट जिल्ला तहका पदाधिकारीहरुको उत्साहजनक सहभागीता रहेको थियोे  ।

दलित एकता सञ्जाल नेपालको पूर्वाञ्चल स्तरीय भेला सम्पन्न


इटहरी,चैत्र १३  , विभेद बिरुद्ध अभियान  -मुलुकबाहिर ।मका लागि गएका दलितहरुले आफ्नो कमाईबाट केहि रकम आपत विपतच र दुःखमा परेका नेपालीहरुलाई छुट्याई दलित एकता सञ्जाल नेपालले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । 

समाजिक सञ्जाल फेसबुकमार्फत् उक्त संस्थाको गत दुई वर्ष अघि स्थापना भएको हो । सञ्जाल हालै समाज कल्याण परिषद् आवद्धता र काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता भएको छ । सञ्जालमा आवद्ध दलित युवाहरुले खाडी, यूरोप तथा विश्वका विभिन्न मुलुकमा सञ्जालको विस्तार गर्दै नेपालको पूर्व क्षेत्रमा समेत आइपुगेको छ । फागुन २९ गते सुनसरीको इटहरीमा पूर्वका १६ जिल्लाका दलित अधिकारकर्मी अगुवाहरुको भेला सम्पन्न गरेको छ । 
पूर्वाञ्चल स्तरीय भेलामा राप्रपा नेपालका नेता तथा नेपाल सरकारका स्थानीय विकास मन्त्री रामकुमार सुब्बा प्रमुख अतिथि रहनु भएको थियो । रमेश लामगादेको संयोजकत्वमा भएको सो भेलामा वरिष्ठ कलाकार मुरलीधर, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई, सञ्जालका महासचिव निरबहादुर सुनार लगायतका अतिथिहरु रहनु भएको थियो । 

सञ्जालले भुकम्पमा पीडितहरुलाई आठौं चरणसम्म राहत वितरण गरेको, रोगी विरामीलाई उपचारका लागि सहयोग गरेको, दुर्घटनामा परी अंगभंग भएका तथा मृत्यु भई बिचल्नीमा परेका आश्रित परिवारलाई आर्थिक, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको, दलित विद्यार्थीलाई अध्ययनका लागि सरसहयोग गर्दै आएको सञ्जालका कोषाध्यक्ष तथा नेपाल संयोजक विष्णु धमलाले जानकारी दिनु भएको छ । 
सञ्जालले हालसम्म आर्थिक तथा जिन्सि गरी करोड बढिको सहयोग गर्दै आएको छ । सञ्जालले सहयोग सँगै दलित माथि भएका सम्पूर्ण अन्याय नेपालीहरुकै प्रयासबाट समाप्त पारी समतामुलक समाजको निर्माणमा “दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीको सहभागिता” भन्ने मुल नारा लिएको छ । 
सञ्जालबाट समाजमा रहेका गरिब दुःखीलाई गरेको सहयोगको प्रशंसा गर्दै समाज रुपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सँधै तत्पर रहेको पूर्वाञ्चलका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले प्रतिबद्धता सहित शुभकामना दिएका छन् ।

महाप्रतिवाद साप्ताहिक बाट साभार 

परियार सेवा समाज सुनसरीको दोस्रो सम्मेलन सम्पन्न


धरान, चैत्र १३  , विभेद बिरुद्ध अभियान  ÷परियार सेवा समाज सुनसरीको दोस्रो जिल्ला सम्मेलन धरानमा चैत्र ६ गते सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रबहादुर नेपालीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

समितिमा मणिराज सुनाम उपाध्यक्ष, गौरीमान परियार सचिव र सृजना परियार कोषाध्यक्ष सहित २५ सदस्यीय समिति रहेको छ । सम्मेलनमा तेस्रो केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक बलबहादुर सुन्दास प्रमुख अतिथि रहनु भएको थियो । विशेष अतिथिहरुमा व्यवस्थापिका संसदका सदस्य सुनसरी क्षेत्र नम्बर एकका सांसद कृष्णकुमार राई परियार सेवा समाज केन्द्रीय सम्मेलन आयोजक समितिका सह–संयोजक नारायण परिश्रमी रहनु भएको थियो ।
सम्मेलनमा नेकपा एमाले धरानका उपसचिव धनप्रसाद राई, नेपाली काँग्रेस धरान उप–सभापति महेन्द्र तामाङ, ब्राह्मण समाज धरान अध्यक्ष उद्धप अधिकारी, दलित उत्थान समन्वय समिति अध्यक्ष दिलबहादुर रामदाम, विश्वकर्मा कल्याण सेवा समिति अध्यक्ष लालबहादुर सिन्च्युरी, मिजार सेवा समाजका अध्यक्ष धनबहादुर हमाललगायतका अतिथिहरु रहनु भएको थियो । 
सोही सम्मेलनमा परियार समाजका दुई जना डाक्टर र एक जना इञ्जिनियरलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा डा. एलिन सुन्दास, डा. योजन त्रिखत्री र इञ्जिनियर केवल परियार रहनु भएको छ । 
दोस्रो जिल्ला सम्मेलन आयोजक समितिका संयोजक धनबहादु त्रिखत्रीको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा आयोजक समितिका सदस्य गौरीमान परियारले स्वागत मन्तव्य राख्नु भएको थियो भने आयोजक समिति सदस्य शेरबहादुर परियारले सञ्चालन गर्नुभएको थियो ।
महाप्रतिवाद बाट साभार 

जातीय विभेदको अन्त्य सबै मिलेरै गर्न जोड


धरान,चैत्र  ८   , विभेद बिरुद्ध अभियान  ÷दलित उत्थान समन्वय समिति धरानले ५२ औं अन्तर्राष्ट्रिय जातीय विभेद उल्मुलन दिवस चैत्र ८ (मार्च २१) का दिन धरानमा औपचारिक रुपमा मनाइएको छ । 
दिवसका अवसरमा नेपालमा अहिलेसम्म जातीय विभेद कायम रहेकाले त्यसको अन्तका लागि सबै एकजुट हुनुपर्ने कुरामा बक्ताहरुले जोड दिएका छन् । धरानमा भएको कार्यक्रममा सांसद कृष्णकुमार राई प्रमुख अतिथि रहनु भएको थियो । उहाँले कानुनी रुपमा अधिकार सम्पन्न भए पनि कार्यान्वयनमा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । इतिहासको गलत निर्णयले मान्छेले अहिलेसम्म सजाय भोगेकाले अब यसको अन्त्य गर्न लाग्नु पर्नेमा जोड दिनु भयो । 
धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले मानिसले नै विभेदको सुरु गरेकाले मानिसबाटै विभेद अन्त्यको अभियानलाई जारी राख्नु पर्ने र विभेदमुक्त समाजको निर्माण गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य प्रताप प्रकाश ल्वागुन, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रेम लकान्द्री, नेपाली काँग्रेस धरानका उपसभापति महेन्द्र तामाङ, नेकपा (एमाले) धरानका अध्यक्ष तारा सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, अनुगमन समितिका संयोजक लालबहादुर सिन्च्युरी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा दलित मुक्ति मोर्चाकी केन्द्रीय सदस्य उमिता बराइली, नेपाल पत्रकार महासंघका कार्यकारी सदस्य तथा दलित उत्थान समन्वय समिति अनुगमन समितिका सदस्य तारा लामगादे, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरानका प्रमुख मानबहादुर दियाली, विश्वकर्मा युवा समाजका अध्यक्ष युवराज शंकर, ब्राह्मण समाजका अध्यक्ष उद्धव अधिकारी लगायतका अतिथिहरु पनि उपस्थित हुन भएको थियो । 
धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा दलित उत्थान समन्वय समिति धरानका अध्यक्ष दिलबहादुर रामदामको अध्यक्षतामा सचिव शेरबहादुर परियारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा दलित समुदायका सयौं व्यक्तिहरुको सहभागिता थियो भने सञ्चारकर्मी र संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । 
मार्च २१ (चैत्र ८) संसारका १५५ राष्ट्रले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विभिन्न कार्यक्रम गरी मनाए । संयुक्त राष्ट्र संघले सन् १९६५ डिसेम्बर २१ मा सबै किसिमका जातीय विभेदको उन्मुलन (अन्त्य) गर्ने अन्तर्राष्ट्रिय महासन्धी घोषणा गरेको थियो । सन् १९६० मा दक्षिण अफ्रिकी महादेशको भिल्ले सहरमा गोरा जातीले काला जातीमाथि गरेको अन्याय र विभेदको विरुद्धमा काला जातिहरुले आन्दोलन सुरु गरेका थिए । १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकी सरकारले ६९ जना काला जातिको हत्या गरेको थियो । सोही कालो दिनको स्मरणमा मार्च २१ का दिन संसारका विभेदमा परेका जातिहरुले मुक्तिको उद्घोष गर्दै आएका छन् । संयुक्त राष्ट्र संघको उक्त महासन्धीलाई नेपालले सन् १९७१ जनवरी ३० मा नै हस्ताक्षर गरेको थियो ।
नेपालमा कानुनी रुपमा नै १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन मार्फत जातीय विभेदको कानुनी भेदभाव सुरु गरेका हुन् । वि.सं. २०२० सालमा राजा महेन्द्रले छुवाछुत गर्न नपाईने कानुन बनाएका थिए । वि. सं. २०४८ को संविधानले सार्वजनिक स्थलमा छूवाछुत गर्न नपाईने व्यवस्था गरेको थियो । वि.सं.२०६३ को अन्तरिम संविधानले कुनै पनि प्रकारका जातीय विभेद कानुनी रुपमा दन्डनीय र सामाजिक रुपमा गम्भिर अपराधका रुपमा परिभाषित गरेको थयो । वि.सं. २०६८ मा छुवाछुत कसुर र सजाय ऐन जारी गरेर छुवाछुत गर्नेलाई ३ वर्ष कैद वा २५ हजार जरीवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
नेपालको संविधान २०७२ ले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने अभियानका रुपमा पारित गर्दै नेपालमा कुनै पनि प्रकारका जातीय विभेद गर्न नहुने व्यवस्था गरेको छ । कानुन कार्यान्वयनको समस्या सँगै दलित तथा अन्य जो जातीय विभेदमा परेकाहरुको चेतना स्तरमा समेत न्यून रहेकाले भएका कानुनहरुको समेत उपभोग गर्न सक्ने अवस्था नरहेकाले जनचेतना र सभ्य तथा विभेदरहित समाज निर्माणमा सम्पूर्ण विश्वभरका मानव समुदाय एकभई कुसंस्कृति र सामाजिक विकृत्तिका विरुद्धमा गोलबन्द बन्न आवश्यक देखिन्छ । २१ औं शताब्दीका हामी मानव समुदायबीच सबैखाले विभेदको अन्त्य गर्ने प्रण गरौं । आफ्नो घरबाटै, मनबाटै भेदभावको अन्त्य गरौं ।

महाप्रतिवाद बाट साभार