जाजरकोट,१८ जेठ - विभेद बिरुद्ध अभियान । ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन् । घाउ निको हुनाको साटो झन् झन् बल्झिँदै गएको छ । घुँडाको हाड कुहिन थालेको छ । अलि ढिलो गरे अर्बुद समेत हुन सक्ने चिकित्सकको भनाइ छ । तर अर्थ अभाव र काठमाडौँ लगिदिने आफन्त कोही नहुँदा यतिबेला उनी जिल्ला अस्पतालमा छटपटाइरहेका छन् भने आमा भीख मागेर खान थालेकी छिन् ।
“परिवारमा आमाछोरा मात्र हौँ अरु कोही छैनन्, एक जना जलबिन्दु भएर आँखा नदेख्ने आमा हुनुहुन्छ, उहाँ आफैँ अशक्त हुनुहुन्छ, मलाई उपचार गर्न कसले लगिदिन्छ ? ” वीरुले आँखाबाट आँसु झार्दै भने, “म कसरी उपचार गरूँ ? ” आफूसँग पैसा नभएको र काठमाडौँ लगिदिने मानिस कोही नभएकाले उपचार गर्न गाह्रो भएको उनले बताए । “कहिल्यै नगएको, नचिनेको ठाउँ कहाँ जाने, कोसँग जाने, न त आफूसँग पैसा छ” आफ्नो समस्या दर्साउँदै उनले भने ।“जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइदिएका थियौँ तर उनी गएनन्” जिल्ला अस्पतालका डा बोम बिसीले भने “उनको घुँडामा मासु प्रत्यारोपण गर्नुपर्ने अवस्था छ सुरुमै हामीले जान सल्लाह दिएका हौँ तर अहिलेसम्म गएका छैनन् ।”
घाउ पाकेर घुँडाको हाड समेत कुहिन थालेको र जति ढिला ग¥यो उति खतरा बढ्दै जाने डा बिसीको भनाइ छ ।
No comments:
Post a Comment