Wednesday, May 11, 2016

सिरहाका ५ सय गरिब–दलित छात्रालाई साइकल वितरण

विभेद बिरुद्ध अभियान, बैसाख  २९  । जिल्ला विकास समिति सिरहाले मंगलबार एक कार्यक्रमको आयोजना गरि सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, दलित ५ सय छात्रालाई साइकल वितरण गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले साइकल वितरण गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा जनकपुरमा गरिब दलित विद्यार्थीलाई वितरण गर्ने भनिएको साइकल मंगलबार वितरण भएको हो ।
भारतीय राजदूतावासको सहयोगमा उनीहरुलाई साइकल वितरण गरिएको हो । दूतावासले उपलब्ध गराएको ३२ लाख ४८ हजारको लागतमा उक्त साइकल टेण्डर प्रक्रियामा खरिद गरि वितरण गरिएको जिविसले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मानन्धरले टाढाको विद्यालयमा पढ्न जान गरीब दलित विद्यार्थीलाई साइकलले मद्दत पुग्ने बताएको कान्तिपुर मा खवर छ  ।

No comments:

Post a Comment