जेष्ठ २१ - विभेद बिरुद्ध अभियान - आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ ।वि. सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
आर्थिक, सामाजिक, राजनितिक, साँस्कृतिक तथा जातिय हिसाबले दलित समुदायमाथि भएका उत्पिडिन अन्त्य गर्ने उदेश्यले यो दिवस मनाउन थालिएको हो ।
जातियता उन्मुलन भएको भनेर बर्षौअघिदेखी घोषणा गरिएपनि अझै त्यसको उन्मुलन भने भएको छैन । अझैपनि विभिन्न ठाँउमा त्यसले जरा गाढेर बसेको पाईन्छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा उत्पीडनमा रहेका सम्पूर्ण समुदायमा जातीय समानता र सदभावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले यस दिवसले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यको सामाजिक जागरण सिर्जना गर्न प्रेरणा प्राप्त हुने पनि विश्वास व्यक्त गरेका थिए ।
No comments:
Post a Comment