Monday, July 25, 2016

जात नमिले कै कारण मारिनु कहाँ सम्मको मानवता ? - रमा खड्का


साउन १० - विभेद बिरुद अभियान -  साउन तीन गते सोमबारको कुरा हो, सधैं झै म विहानै नौ बजे अफिस पुगेकी थिए । अफिस पुगेर पत्रिका पढिरहेकी थिए । ‘अन्तरजातिय विहे गरेका युवकको मृत्र्यु, शिर्षकको समाचार मेरो आँखामा ठोक्किन पुग्यो । निकै कोतुहल्ताका साथ समाचार पढे । यो दुखद खबर मैले मेरा सहकर्मी साथीहरुलाई पनि सेयर गरे ।
केहि साथीहरुले त्यो घटनाका बिषयमा पहिला नै जानकारी पाइसकेका रहेछन् । मनमा सारै दुख लागेर आयो त्यो समाचार पढ्दा ।

माया प्रेमले त ! न जात, न धर्म, न गरिब, न बर्ण, केहि पनि हेर्दैन । तर, यहाँ त तेहि जातका कारण कसैको ज्यानै गएको घटना सुन्दा साँच्चिकै माया प्रेमका ति कथा कहानी अनि ति मुना मदन, लैला मझनुहरु आफैमा अति लज्जित भैरहेको भान भयो । दिमागले नै एकछिन केहि सोच्न सकेन ।
यो नेपाली समाज देखेर नै वाक्क र दिक्क लागेर आयो । 

मायाप्रेमले त संसार जित्छ भन्थे तर, आफैलाइ नष्ट गर्ने यो कस्तो माया ?
तेहि पवित्र प्रेमको फुल च्यातेर फ्याँक्दै, कायरता ढंगले तिनै पवित्र प्रेमका पुजारीको मृत्यु भयो, हत्या भयो । र नेपाली समाज आज फेरि बेस्सरी गन्हाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका ६ होक्सेका १८ वर्षिया अजित ढकाल (मिजार) को मृत्यु भयो, कारण उनले अन्तरजातिय विवाह गरेका थिए । अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी युवतीसँग असार २५ गते प्रेम विवाह गरेको खबर त्यो अखवारमा छापिएको थिए ।
असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा अजितको प्रेमलाई छुट्याइयो । अजितको प्रेमविवाहलाई वाल विबाहको निहुँमा छुट्याइएको प्रती धेरै जनाको गुनासो त नहोला । तर,
वालविबाहको यति नजरअन्दाज गरिन्थ्यो भने, देशका बिभिन्न ठाँउमा अझै पनि वालबिवाह भैरहेका खबर सुनिनमा आउदैन्थ्यो होला ।

“जो होचो, उसको मुखमा घोचो” भने झै काभ्रेका दलित किशोर अजित मिजारलाई मात्रै वालविबाहको आरोप लाग्यो र उनको प्रेम उनिबाट खोसियो । प्रेम मात्रै खोसिएन अजितको श्वास पनि चुडिंयो ।
अजित मिजार र उनकी प्रेमिका वाहुन थरकी किशोरीलाई छुट्याइएको तिन दिन पछि अजितको लास धादिङमा डोरीले झुन्डिएको अवस्थामा फेला पर्यो । जो अति नै शंकास्पद र रहस्यमय थियो ।

यो घटना एका एका चौतर्फी फैलिसकेको थियो । सामाजिक न्यायका लागि बोल्ने र लेख्ने मेरो पेशा भनौ या रहर भएकाले यो घटनालाई मैले नजिकबाट बुझ्ने जमर्को गरे । 
मेरो अफिसमा स्टाफहरुबिच तेहि दर्दनाक घटनाका बिषयमा कुराकानी हुदै गर्दा अजित मिजारको लास आफन्तले माहाराजगंजस्थित टिचीङ् अस्पतालमा ल्याइएको खबर थाहा भयो । र, त्यसबारे रिर्पोटिङ्गका लागि म टिचीङ् अस्पतालतर्फ गए ।

टिचिंङ पुग्दा दिउसोको करिब साढे २ बजिसकेको थियो । टिचीङको प्राङ्गणमा पुग्दा त्यहाँ थुर्पै दलित अधिकार कर्मीहरु, संघ संस्थाका प्रतिनीधि, सांसद लगाएत पिडित अजितका  आफन्तहरुको ठुलो भिड थियो ।
सबैको अनुहारमा निकै निरासा र मलिनता देखिन्थ्यो । मेरो मनपनि निकै भारि भैरहेको थियो त्यो शोकाकुल दृष्य देख्दा । आँशु मात्रै खस्न सकेको थिएन । अस्पतालमा पुगेर मैले घटनाबारे सबिस्तार बुझ्ने प्रयत्न गरे । मृतकका बुवा हरिभतm ढकाल मिजारसंग केहि सोध्न खोजें उहाँ बोल्नै सक्नु भएन ।
मृतक अजितका दाजु दिपेन्द्र अलि अलि बोल्न सक्ने अवस्थामा भए पनि घरि घरि गला अवरुद्ध हुंदै थियो उनको पनि ।

दाजु दिपेन्द्रको मुखबाट एउटै शब्द अघि अघि निस्न्थियो ! ‘सत्य तथ्य के हो पत्ता लागोस, मेरो भाइको कसरी हत्या भयो ? कोले हत्या गर्यो ? किन गर्यो ?
खासमा अजितको मृत्यु कारण के थियो ? घटनाक्रममा के के भयो ?
काभ्रे पाँचखाल नगपालिका ६ होक्सेका १८ वर्षिया अजित ढकाल मिजारको मृत्युको कारण अन्तरजातिय विवाह हो । पाँचखालकै पराजुली थरकी युवतीसँग असार २५ गते प्रेम विवाह गरेका अजितको असार २७ गते माइती पक्षले बालविवाह भयो भनेर प्रहरीमा उजुरी गरेपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई छुटाइएको थियो ।
त्यसपछि केटीका आफन्तहरुले केटालाई धम्काउन थाले । ‘तँलाई तिन दिनमा देखाई दिन्छौं,  भनेपछि छोरालाई घरबाहिर नजान भनेर सल्लाह दिएको कुरा अजितका बुवा हरिभक्त ढकाल मिजार बताउछन् ।

छोरालाई अपठ्यारो हुन्छ की भनेर असार २८ गते ठुली आमाको घर आएका अजित २९ गते विहान क्याम्पस समेत गएको बाबु हरिभतm बताउछन् । कलेजबाट फर्के पछि आमालाई मोवाइलको चार्ज किन्न भनेर १०० रुपैंया मागेका थिए अजितले । पछि रिचार्ज नकिनेर ५० रुपौंया बहिनीलाई दिएर निस्केका थिए ।
दाजुभाईले सँगै खाना खाएर बसेका थियौं दिउसो २ बजे तिर म पानी लिन निस्कए, पानी लिएर घर फर्किदा त मोवाइल घरमै थियो भाई थिएन्, अजितका दाजु दिपेन्द्र भन्छन् ।

कतै साथीहरुको घरमा गएको होला साँझसम्म फर्किन्छ होला सोचेका थियौं पछि रातिसम्म नफर्के सम्म आफुहरुलाई शंका लाग्न थालेको दिपेन्द्र बताउछन् ।
तेहि राति ८ बजेतिर अजितले आफ्नो ठुली आमालाई पनि फोन गरेका रहेछन् । तर, आमासंग कुरा नभएपछि आमाले अजितका घरमा जानकारी गराउदा उनका दाजुले अजितले गरेको फोन नम्बरमा फोन डायल गर्दा गित सुनाउने र जे मनमा आयो त्यही फोहर कुरा बोल्ने गरेको दिपेन्द्रले बताए ।

त्यसपछि, अजित बेखर नै भए सदाका लागि । कता गयो, के भयो भनेर घरकाले धेरै खोजिनिती गर्दा कतै अत्तोपत्तो लागेन ।


अजितको लास धादिङमा भेटियो !


विवाह गरी छुटेको तिन दिन नबित्दै अजितको लास धादिङमा डोरीले झुन्डिएको अवस्थामा फेला पर्यो । मृत्यु निकै शंकास्पद भयो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको पिडीत अजितका आफन्त बताउछन ।

अजितका आफन्त र जिल्लास्थित दलित अधिकारकर्मीले उनको अजितको आत्महत्या नभई हत्या नै भएको भनिरहेका बेला पोष्र्टमाटमको रिर्पोटले पनि अजित आफै झुन्डिएर आत्महत्या नगरेको पुष्टि भएको छ ।


धादिङमा के भयो ? प्रहरी बेइमानीको प्रर्दाफास  !

धादिङको फुुर्के खोला गजुरीमा पुरानोको काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान विहान दुध बेच्न जाने स्थानीयले डोरीले झुन्डाइएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साँची राखेर मुचुल्का गरी प्राथमिक स्वास्थ्य चौकी गजुरीमा उनीहरुको भाषामा पोष्टमार्टम नै नगरि दरौदी खोलामा गाडि दिए । 

प्रहरीले वेवारिसे लास भएकाले स्थानीयको सक्रियतामा अजितको लास गाढेको कुरा उल्लेख गरेको छ । तर, कानुनतहः वेवारीसे लास भेटिएका त्यसका धेरै प्रकृया पुरा गरेर मात्रै लास गाड्ने नियममा छ । तर, यहाँ सामान्य प्रकृया पनि नपुर्याइ लास गाडियो देखियो । यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन ।

धादिङकै मेची महाकाली डटकमले अजित झुन्डिएको फोटोहरु जब फेसबुकमा सेयर गर्यो त्यसपछि बल्ल आफन्तले थाहा पाए की, अजित त यो संसारबाट बिदा भैसके छ । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडेकाले उत्खलन् गर्न नपाइने बतायो । 

त्यसपछि अजितका आफन्तले कानुनी उपचार र अजित मृत्युको सत्यतथ्य थाहा पाउन अधिकारकर्मी गुहार्यो । राष्ट्रिय दलित आयोगले गृहमन्त्रालय मार्फत चिट्ठी पठाएपछि साउन दुई गते गाडिएको लास उत्खन्न गरेर टिचिंङ अस्पताल महाराजगंजमा राती पुर्याइयो पोष्टमाटमका लागि । 

साउन दुई गते बेलुका तिर अजितको लासलाई टिचिंङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर विड्म्बना, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकोले फेरी पोष्टमार्टम गर्न नपाइने रिर्पोट दिएर अजितका आफन्तलाई फिर्ता पठायो । जुन झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको लासको प्रकृती हेर्दा पोष्टमार्टम नै नगरेको कुरा सामान्य मान्छेले पनि थाहा पाउथ्यो । 

त्यसपछि राष्ट्रिय दलित आयोगले गुह मन्त्रालयमा गएर दबाब दिएपछि पुनह पोष्टमार्टमका लागि अनुमति दिइयो र साउन ५ गते लास ल्याएको तिन दिन पछि पोष्टमार्टम गर्ने प्रकृया भयो । प्रहरीले आत्म हत्या गरेको भन्ने कुरा झुट सावित भएको छ । 

पिडीतलाई न्याय र दोसीलाई हदैसम्मको सजाय  !

कसैको हत्या गर्नु अपराध हो । त्यसमा पनि जातियता कारण भएको यो घटना झन जघन्य अपराध हो । नेपालको संविधानले पनि कसैलाई जातियता कारण कुटपिट भएमा त्यसलाई जघन्य अपराध मानेको छ । काभे्रका अजित ढकाल मिजार जसले अन्र्तरजातिय विबाह गरेकै कारण मारिनु पर्यो । 

जुन अहिलेको एक्काशौ शताव्दीको समाजका लागि सारै लाजमर्दो कुरा हो । कसैले कसैलाई माया गर्नु, आफ्नो जिवन साथी बनाउनु त्यो उसको नितान्त ब्यतmीगत कुरा भैसकेको बर्तमान परिपेक्षमा विबाह गर्दा जात नमिलेका कारण कसैलाई मारिदिनु कहाँसम्मको मानवता हो ? कतिसम्मको जातिय उग्रता हो ?

घटना जे घट्यो त्यसले सिङ्गों नेपाली समाजलाई लज्जित पारेको छ । 
अब, पिडीतलाई जति सक्दो उचित न्याय र दोसीलाई कडा कार्बाही गर्नतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । यहि घटनाका कारण समाजमा सदभाव बिर्गन दिनु हुन्न । गल्ती एक दुईले नै गर्छन तर, सिङ्गो समाज नै गन्हाउछ । त्यसैले यस्ता घटना फेरि नदोहोरिन सबैले सजकता अपनाउनु पनि जरुरी छ । 

साथै पिडीतलाई न्याय दिलाउन र दोसीलाई कडा कार्बाही गराउनका लागि कुनै ब्यतmी र संघसंस्था भन्दा पनि सम्पुर्ण सचेत नागरिक, मानवअधिकारकर्मी, नागरिक समाज, संचार जगत एकजुट भएर आवाज उठाउनुपर्छ । अहिले घटनालाई नजिकबाट राष्ट्रिय दलित आयोग, दलित अधिकारकर्मी, विभिन्न दलित संघसंस्थाहरु, बढि कृयाशिल देखिए पनि यो जातिय बिभेद राष्टकै समस्या भएकाले यसमा सरकार र सम्पुर्ण राजनितीक दल बढि अग्रसर भई आगामी दिनमा यस्ता अपराघ नघटुन भन्नका लागि संयुतm पहल हुन जरुरी छ । 
अनि मात्रै अजित मिजारहरु जातियताकै कारण मर्ने छैनन् । र यस्ता घटनाले हामी सबैको शिर निहुरिने छैन । 

(खड्का जागरण मिडिया सेन्टरमा आबद्ध छिन् ।)

No comments:

Post a Comment