Monday, July 11, 2016

बदलिदो समयसंगै आफै लाइ बदलिन निसीका दलित समुदायका युवा एकजुट भएर लागे

कविता घर्तीमगर-  २७  असार, विभेद बिरुद्ध अभियान -समय जति परिवर्तनशिल छ त्यतिनै समाज पनि परिवर्तन हुदै गएको छ । पछाडी परेको र पारिएको समुदाय एउटा हो बागलुङ जिल्लाको निसी गाउँ विकास समितीका दलित समुदाय । पहिल्यै देखि त्यस स्थानमा बसोबास गर्दै आएका दलितहरु गैरदलितहरुको खेतबारीमा दैनिकी ज्यालामजदुरी गर्ने र लोग्ने मान्छे छिमेकी भारत गई २/४ पैसा कमाएर परिवार पाल्ने अनि जिवन निर्वाह गर्ने गरेका थिए ।
उनिहरुका छोरी १३/१४ बर्षमै फुपुको छोरासंग विहे गराईदिने र छोरालाई १-२ कक्षा पढाएर अलिकति अक्षेर चिन्ने भएपछि हातमुख जोर्न पैसा कमाउन भारत पठाउने गरिन्छ । त्यस स्थानमा यसरी साधारण तरिकाले जिवनयापन गरेका त्यस स्थानका दलितहरु अझै पनि अपेक्षा अनुसारको दलितजनशक्ति पाउन मुकिल छ । हिजोका दिनमा ज्याला मजदुर गरि कसरी जहान पाल्ने र कसरी जिवन निर्वाह गर्ने भन्ने मात्र सोच भएका समुदायहरु अहिले जुर्मुराउदै कर्तब्य बहन र अधिकार खोजी गर्ने क्रममा छन । सरकारले दलित समुदायलाई हरेक क्षेत्रमा केन्द्रित गर्नकोलागी विभिन्न सेवा सुविधादिन थालेपछि विस्तारै त्यस स्थानमा दलित समुदाय शिक्षा क्षेत्रमा पनि संख्यात्मक रुपमा बृद्धि भैरहेको छ ।
गाविस मै पहिलो पटक २०६५ सालमा ज्ञानेन्द्र माध्यमिक विद्यालयबाट सन्तोष विकले एस.एल.सि. पास गरेका थिए । त्यससंगै हरेक बर्ष अरु समुदायको तुलनामा कमै संख्यामा भएपनि एस.एल.सि पास गर्ने गरेका छन तर शिशु कक्षा देखि ५/६ कक्षा सम्म भने दलित समुदायकै विद्यार्थीको सँख्या बढि देख्न सकिन्छ । त्यसबाट शिक्षा क्षेत्रमा देखिएको यो माहोलबाट भविश्यका लागी केहि सम्भावनाको आशा गर्न सकिन्छ समाज परिवर्तनमा । ज्याला मजदुरी गरेर जिवननिर्वाह गर्ने हिजोका दलित समुदाय आज विस्तारै कानुनका विषयमा जानकारी लिदैछन् । विस्तारै उज्यालो हुने र बनाउने माध्यम खोजदैछन त्यस स्थानका दलितहरु ।


भरतसिह सुनार
समाज बदल्नुपर्छ सुरुवात आफैबाट गनुपर्छ भन्ने धारणाले त्यस स्थानका दलित समुदायका युवा एकजुट भएर लागिपरेका छन । हालै मात्र भरतसिह सुनारको नेतृत्वमा दलित समुदाय समिती गठन भएको छ जसको उपाध्यक्षमा नैनसिह घटान, सचिवमा मिलन कामी, सहसचिवमा राजकुमार विक, कोषाध्यक्षमा भानसिह विक तथा सदस्यहरुमा विरवल विक, लालसरा सुनार, निम बहादुर विक, सेरमान विक, थकबहादुर विक र गौचन्द्र सुनार, जमानसिं विक, कुमार विक, शेर बहादुर विक, जितेन्द्र सुनार, लक्ष्मण विक, भागिलाल परियार, तारा बहादुर विक, रवि विक, धन बहादुर विक, कुम बहादुर विक, सन्तोष विक, हरि पवक, विमल विक, लजिम विक, जमान विक, भोगिराम विक,राजु विक, दिल बहादुर विक मिन बहादुर परियार , लक्षण विक, ज्ञान बहादुर विक, हिरा बहादुर विक ,हिमलाल विक, ताल बहादुरविक मन बहादुर विक, धाल बहादुर विक,कुमविर विक लगाएत रहेका छन । त्यस्तै सल्लाहकार समितीमा भुल बहादुर विक ,रण बहादुर विक, नर बहादुर विक, हिरा बहादुर विक, राजिव विक रहेका छन । निसी दलित युवा क्लवको नामले ९८१ नम्बरमा जिल्लाा प्रसासन कार्यलय बागलुङमा दर्ता भएको क्लवले विभिन्न उद्देश्य बोकेको छ ।



१. समाजमा रहेको विद्यामान रहेको जातिय भेदभाव तथा छुवाछुत लगाएत सामाजिक कुरितिकुसंस्कार ,अन्धविश्वास,विकृतिविसंगतिहरु ह्ताउनको लागी अभियान सञ्चालन गर्ने ।
२. दलित समुदायको युवालाई संगठित गरि दलित समुदायका हकहित र अधिकारको बारेमा वकालत गर्ने तथा दलित समुदायको शारीरिक ,मानसिक ,बौद्धिक मनोबैज्ञानिक विकाश गर्नको लागी पहल गर्ने ।
३. विहानबेलुका सानोतिनो काम गरेर जिवन निर्वाह गर्ने दलित समुदायको अब्यवस्थित काम र कमाईलाई सुब्यवस्थित गर्ने र गराउने ।
४. दलित समुदायलाई आफ्नो कमाईबाट न्यनतम खर्च गरि बचत गर्ने प्रोत्साहित गर्ने ।
५. दलित समुदाय विकास र क्षमता अभिबृद्धिका लागी सिपमुलक ,आयमुलक तथा ज्ञानमुलक कायृक्रम सञ्चालन गर्ने ।
६. परम्परागत सिपलाई आधुनिकिकरण गरि ब्यवसायीक रुपमा परिमार्जन गर्न र बालीघरे प्रथाको अन्त्य गरि समाजमा स्वतन्त्रता पुर्वक बाच्ने वाताबरण सिर्जना गर्ने ।

यसरी क्लव गठन गरेर समाज परिवर्तन गर्ने सोचाई आफैमा सकारात्मक पक्ष हो । तर पहिलो पटक गरिएको यो नेतृत्व गर्न पाउने ब्यक्ति वा क्लवलाई एउटा अवसर हो भने नेतृत्वकालमा आफ्नो जिम्मेवारीलाई बफादारीका साथ निभाएर लागिपर्नु एउटा चुनौती हो । स्थानिय स्तरमा दलित युवाशक्तिले गरेको यो पहलसंगै त्यस स्थानदेखि विभिन्न देशमा बैदेशिक रोगजारका लागी गएका दलितहरुले समेत संगठित हुन प्रयास गर्नको लागी विभिन्न समिती गठन गरिएको छ ।
नेपालमा हालसम्म ३ वटा ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । जसमा वि.सं. २००७ सालको आन्दोलनले राणा शासनलाई समाप्त ग¥यो, वि.सं. २०४६ सालको जनआन्दोलनले ३० वर्षे पंचायती तानाशाही व्यवस्थालाई समाप्त ग¥यो भने जनक्रान्तिको स्वरुप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन वि.सं. २०६२/०६३ ले राजतन्त्रको अन्त्य ग¥यो । तर विडम्बना जनसंख्याको एक चौथाई हिस्सा ओगटेको दलित समुदायमाथि करिव ३५०० वर्षदेखि थोपरिदै आएको र २५० वर्ष लामो सामन्ती राज्यसत्ताको आडमा बाँचिरहेको जातीय छुवाछूत र भेदभाव राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदा समेत अन्त्य हुन नसकेको तीतो यथार्थ हाम्रा सामु जिवित छ ।
आठ बर्ष अगाडी पुनस्र्थापित प्रतिनिधिसभाले मुलुकलाई छुवाछूतमुक्त घोषणा गरेको थियो । त्यस घटनाले इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य दलित समुदायको मात्र होइन, सम्पूर्ण नेपालीको शीर उचो बनाएको थियो ।
दुःखको कुरा, आजसम्म हाम्रो समाजले त्यस घोषणालाई व्यवहारमा कार्यान्वयन गर्न सकेका थिएनौं । यही तथ्यलाई आत्मसाथ गर्दै र नेपाली दलित आन्दोलनको सम्मान गर्दै व्यवस्थापिका संसदको मिति २०६८ जेष्ठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०६६ पारित गरिसकेको छ भने राष्टिय दलित अधिकार आयोगको विद्येयक प्रक्रियामा निकै अघि बढिसकेको छ । जातीय विभेद रछुवाछूत जस्तो अपराधलाई उन्मूलन गर्नका लागि कानुनी प्रावधानहरु कडा पार्नु त छदैछ, त्यसबाहेक सामाजिक चेतना र राजनीतिक अभियानका रुपमा समेत यसलाई अघि बढाउन सकेमा अपेक्षित सफलता प्राप्त हुनसक्छ भन्ने विश्वासका साथ नेपाल सरकार मंत्रीपरिषद २०६८ जेष्ठ १९ गतेका दिन जेष्ठ २१ लाई जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्टिय दिवसको घोषणा गर्ने निर्णय गरेको छ ।

धौलाश्री बाट 

No comments:

Post a Comment