Wednesday, September 28, 2016

‘तिमेरु कामी, दमाई पढेको पनि मन पर्दैन ,तिमेरुलाई हामी पढाउन पनि सक्दैनौ

विभेद बिरुद्ध अभियान- असोज १२ गते -विराटनगर– निमोनियाका दीर्घरोगी विद्यार्थीलाई प्रधानाध्यापकले तल्लोस्तरका गालीगलौज गर्दै आफ्नै कार्यकक्षमा आत्महत्या गर्न दबाब दिएको खुलासा भएको छ ।
मधुमल्ला–३ मोरङको नुनसरी निम्नमाध्यमिक विद्यालय प्रधानाध्यापक हेमचन्द्र श्रेष्ठले कक्षा आठमा अध्ययनरत १४ वर्षीय सुमन परियार (रणपहेली) लाई गयल भएको विषयमा आफ्नै कार्यकक्षमा गालीगलौज गर्दै आत्महत्या गर्न दबाब दिएको खुलासा भएको हो ।

२० दिन विद्यालय जान नसकेका परियार उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै असोज पहिलो सातादेखि विद्यालय जान थालेका थिए । प्रधानाध्यापक श्रेष्ठले किन विद्यालय नआएको भनेर गालीगलौज गरेपछि सुमनले आफू बिरामी परेको जवाफ दिएका थिए । तर, विद्यार्थीको वास्तविकता ख्याल नगरी प्रधानाध्यापक श्रेष्ठले ‘तिमेरु कामी, दमाई पढ्नै चाहँदैनौ, मलाई तिमेरु पढेको पनि मन पर्दैन । तिमेरुलाई हामी पढाउन सक्दैनौ । अरु पनि स्कुल आउँदैनन्, कोही पनि मेरो स्कुल आउनुपर्दैन’ भन्दै अपमानजक तरिकाले गालीगलौज गरेका थिए ।

पीडित विद्यार्थी, उनका बाबु कुमार परियार र आमा मैना परियारका अनुसार साथीहरुकै सामु प्रधानाध्यापकबाटै अपमानजनक व्यवहार गरेपछि सुमनले पढ्दै गरेको विद्यालय जान इन्कार गरेका थिए । बिरामीबाट तंग्रिएको छोराले विद्यालय जान नमानेपछि बाबुआमाले कारण सोधिखोजी गरेका थिए । विगत बिर्सेर विद्यालय जान बाबुआमाले सम्झाउँदा पनि उनले नमानेपछि विद्यालय स्थानान्तरण गराउने निधो भएको थियो । बाबुआमाले उनलाई उपचार गराउने र मामाहरुसँगै राखेर काठमाडौँमा पढाउने निर्णय गरेका थिए ।

परिवारको निर्णयअनुसार सुमनका बाबु कुमार छोरा सुमनलाई लिएर विद्यालय स्थानान्तरण प्रमाणपत्र लिन असोज पहिलो साता विद्यालय पुगेका थिए । स्थानान्तरणपत्र माग्दा प्रधानाध्यापकले अपमानपूर्ण व्यवहार गर्दै कुनै पनि हालतमा प्रमाणपत्र नदिने दाबी गरे । प्रधानाध्यापकको कुरा सुनेपछि कुमार परियारले ‘छोराले बरू मर्छु तर त्यो स्कुलमा पढ्दिनँ’ भनेका छन् भोलि कुनै अनिष्ट भए विद्यालयलाई नै क्षति पुग्ने बताउँदै विद्यालय स्थानान्तरणपत्र मागेका थिए । कुमारको आग्रह सुनेपछि आक्रोशित प्रधानाध्यापक श्रेष्ठले आक्रोशित हुँदै ‘छात्राले खेल्ने स्पिरिङको डोरी ल्याएर सुमनको गलामा बेरेर के रे यो मर्छ अरे लु तुरून्त मरेर देखाओस् भन्दै आत्महत्या गरेर देखाउन आफ्नै कार्यकक्षमा दबाब दिएका थिए । विद्यार्थीको गलामा पासो लगाएर आत्महत्या गरेर देखाउन दबाब दिएपछि सुमनले गलाको डोरी फुकाउने प्रयास गर्दा प्रधानाध्यापकले लठ्ठीले घोच्दै चाँडो मर्न आदेशमात्रै दिएनन् यातनासमेत दिए । स्थानान्तरण प्रमाणपत्र लिन गएका बाबुछोरा प्रधानाध्यापकको अभद्र व्यवहार सहेर लुरुलुरु घर फर्कन बाध्य भए । आर्थिक अवस्था कमजोर भएका उनीहरुले प्रधानाध्यापकले दुव्र्यवहार गरे पनि बाहिर ल्याएनन् । प्रहरी र गाउँ–समाजमा उजुर गरे उल्टै झन्झट सहनुपर्ने डरले उनीहरु चुपचाप बसे । तर, सुमनका साथी र आफन्तले उक्त घटना थाहा पाएपछि चर्चामा ल्याएका थिए ।

सुमनका बुवा दसँैअगाडि नै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाले मुद्दा–मामिला परे बाधा आइपर्ने त्रासमा थिए । सुमनकी आमा मैनाले भनिन्, ‘झमेलामा नपरौँ भन्ने लागेको थियो । तर, जति सहन खोज्यो उति घाउ दुख्न थालेको छ । न्याय दिलाइदिनेको आसमा छाँै ।’

घटनाबारे स्थानीय अधिकारकर्मीले थाहा पाएपछि प्रधानाध्यापक र पीडित परिवारलाई प्रहरीमा उजुर नगरी विद्यालयमै छलफल गरेर मिलाउने योजनामा थिए । उनीहरुले छलफलका लागि सोमवार (असोज ११ गते) पीडित परिवार र दलित अधिकारकर्मीलाई विद्यालयमा बोलाएका थिए । घटना अत्यन्तै दुव्र्यवहारपूर्ण भएकाले दलित अधिकारकर्मी र पीडित परिवारले मात्रनभएर समाजका अगुवाले समेत मिलापत्र गराउन दिएनन् । प्रधानाध्यापकले आफूबाट गल्ती भएको र लिखित रुपमा माफी माग्न तयार रहेको बताउँदै आए पनि सिंगो समुदायलाई नै अपमान गरेर दुव्र्यवहार गरेकाले उनलाई कानुनअनुसार सजाय दिन माग गरिएको अधिकारकर्मी गोपाल नेपालीले बताए । कतिपयले प्रधानाध्यापकले राजीनामा दिएमात्रै माफी दिन सकिने अडान लिएका छन् ।

प्रधानाध्यापक हेमचन्द्र श्रेष्ठले सुमन लामो समय विद्यालय नआएकाले सामान्य हप्काएको तर अन्य दुव्र्यवहार नगरेको बताए । प्रधानाध्यापक श्रेष्ठले भने, ‘मैले सुमनालाई पासो लगाएर मर्न भनेको छैन । तल्लोस्तरको गालीगलौज पनि गरेको थिइनँ

सिनो खान नछाडे नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाले कारवाही गर्ने

प्रेम सुनार- विभेद बिरुद्ध अभियान-  असोज १२ गुल्मी । गुल्मीको विकट गाविस ह्वाङ्गदीमा दलित समुदायले सिनो खान नछाडेपछि नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदी गाउँ कमिटीले कारवाही गर्ने निर्णय गरेको छ ।
संगठनका जिल्ला सदस्य तथा नेकपा माओवादी केन्द्र ह्वाङ्गदी गाउँ कमिटीका अध्यक्ष समेत रहेका तुलबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको दलितहरुको भेलाले सिनो खाएको थाहा पाएको पहिलो पटक पाँच हजार रुपैयाँ जरीवाना गर्ने दोश्रो पटक थाहा पाए १० हजार र तेश्रो पटक थाहा पाए प्रशासनमा उजुरी दिएर कारवाही गराउने निर्णय गरिएको हो ।
अध्यक्ष विश्वकर्माले दलित समुदाय एकताबद्ध नभएसम्म गलत संंस्कार र विकृति विसंगती हटाउन नकिने बताए ।उनले दशै तिहार जस्ता चाड पर्वहरु भड्कीलो गरी नमनाउने, जाँड रक्सी सेवनबाट झै झगडा र अन्य कुनै गलत कार्य निम्तिन सक्ने भएकाले त्यस प्रति हरेक परिवारका सदस्यहरु सचेत हुनु पर्ने सुझाव दिए ।
डेढ सय घरधुरी दलित समुदाय रहेको ह्वाङ्गदीमा कतिपय दलितले गाईको मासु समेत खाने गरेको आरोप विगतमा लाग्ने गरे पनि अहिले त्यस्तो नरहेको र यहाँका दलित समुदायमा शिक्षा र सभ्यताको विकास समेत भएको अध्यक्ष विश्वकर्माले बताए ।आर्थिक अवस्था भने अझै पनि कमजोर रहेको बताउँदै उनले सरकारी निकायले आय आर्जन मुलक कार्यक्रममा जोड दिन आग्रह समेत गरे । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा ह्वाङ्गदीकी उपाध्यक्ष विना बिश्वकर्माको अध्यक्षतामा वसेको भेलामा सचिव सोनु विकको सञ्चालन रहेको गुल्मी न्युज मा खवर छ  ।

मधेसी दलित महिलाको अर्थपूर्ण सहभागितामा जोड

विभेद बिरुद्ध अभियान- जनकपुरधाम, असोज १२ गते । मधेसी दलित महिलाहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि उनीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । दलित महिला सङ्घद्वारा अयोजित मधेसी दलित महिलाका सवाल, चुनौती र सम्भावना विषयक कार्यशालाका सहभागी आठ जिल्लाका मधेसी दलित महिलाले उक्त कुरामा जोड दिएका हुन् ।
उनीहरुले अवसरबाट वञ्चित गरिएका मधेसी दलित महिलाका लागि बहुआयामिक अवसरको सिर्जना गर्नुपर्ने माग समेत गरेका छन् । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका मधेसी दलित महिला सहभागी भएको उक्त कार्यशालाले २१ बुँदे जनकपुर घोषणा पत्र समेत जारी गरेको छ । 
घोषणा पत्रले राजनीतिमा मधेसी दलित महिलाको पहुँच बढाउन, पहिचानसहितको कलष्टरभित्र मधेसी दलित महिलाको आरक्षण, शैक्षिक विकासका लागि नयाँ शैक्षिक नीतिको निर्माण, सुरक्षित आवास र रोजगारीको सुनिश्चितताको आवश्यकता ठहर गरेको छ ।
त्यस्तै, अन्तरजातीय विवाहका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था र घरविहीनलाई घरको व्यवस्था गर्नुपर्ने, प्रसूति र सुत्केरी भएका महिलाका लागि पोषण सामग्री र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने जारी घोषणा पत्रमा उल्लेख छ ।
मधेसी दलित महिलालाई जबर्जस्ती सिनो फाल्न लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाहीको व्यवस्था गर्नुपर्ने, बोक्सी भनी अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्ने, विद्युत्, खानेपानी, दुरसञ्चार जस्ता सेवामा विशेष सहुलियत उपलब्ध गराउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।
घोषणा पत्रमा भनिएको छ – हरूवा, चरूवा प्रथाको अन्त्य, उचित ज्याला निर्धारण र घरेलु हिंसाबाट मुक्ति दिलाउन सरकारले यस सम्बन्धी अभियान नै सञ्चालन गर्नुपर्दछ । 
सो अवसरमा सांसद कमला विश्वकर्माले मधेसी दलित महिलालाई राजनीतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक अधिकार, पहुँच र प्रतिनिधित्वबाट वञ्चित गराइएको छ भन्दै मधेसी दलित उत्थानमुखी विशेष कानुनको आवश्यकता छ भन्नभयो ।

Sunday, September 25, 2016

सरकारको नीति तथा कार्यक्रममा भएका दलित सम्बन्धी कार्यक्रम :श्यामबहादुर मगराती

विभेद बिरुद्ध अभियान, असोज ९ – आ.व.०७३/ ०७४ को बजेट पारित भएकोछ । नयाँ संविधान जारी भएपछिको पहिलो पटक प्रस्तुत गरिएको बजेटले संविधान कार्यान्वयन, भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण, जलविद्युत र भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षालाई विशेष जोड दिएकोछ । समग्रमा अहिलेको बजेट आर्थिक सामाजिक रुपान्तणमा केन्द्रित रहेको देखिन्छ । सरकारले प्रस्तुत गरेको बजेटलाई दलित समुदायको आँखाबाट विश्लेषण गर्दा भने विगतको तुलनामा केही प्रगतिशील छ तर प्रर्याप्त भने छैन ।
वर्तमानको नीति तथा कार्यक्रमले समग्र दलित समुदायलाई आशा जगाएको छ । तर दलित समुदायका कतिपय सवाल सम्बोधन गर्न सकेको छैन । मुख्यतः दलित समुदायको ठूलो समस्या नै जातीय छुवाछूत तथा विभेद र गरिबी हो । नीति तथा कार्यक्रमले केही हदसम्म यसलाई सम्बोधनको प्रयास गरे ता पनि उचित कार्यान्वयन गरेको पाईंदैन । दलित समुदायको परम्परागत सीप र व्यवसायलाई आधुनिकीकरण गर्ने सवाललाई सरकारले यस पटकको नीति तथा कार्यक्रमले सम्बोधन गर्ने प्रयास गरेकोछ । किन कि राज्यको १३.२ प्रतिशत दलित समुदाय यही पेशा र व्यवसायमा आश्रित रहेका थिए ।
अहिले भने पूँजी लगानीका कारण उनीहरू पलायन र विस्थापित हुँदै गएका छन् । यस्तो अवस्थामा सरकारले दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण तथा प्रबद्र्धन गर्न ‘भगत सर्वजित शिल्प उत्थान तथा विकास केन्द्र’ स्थापनाको लागि बजेट विनियोजन गरेकोछ । दलित समुदायको परम्परागत पेशालाई व्यावसायिक सहकारीमा संगठित गरी आधुनिक व्यवसायमा रुपान्तरण तथा प्रबद्र्धन गर्न सहकारीमार्फत प्रोत्साहित गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रमले गरेकोछ । यस अनुसार प्रभावकारी रुपमा काम हुन सकेमा दलित समुदायको पेशा संरक्षणको अतिरिक्त रोजगारी सिर्जना भई गरिबी न्यूनीकरण गर्न र जीवनस्तर माथि उठाउन पनि सम्भव देखिन्छ ।
संसदले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको पनि एक दशक पुगिसकेकोछ । यसबीच छुवाछूत अन्त्यका लागि संवैधानिक, कानुनी तथा संरचनात्मक व्यवस्था समेत भएका छन् । तर यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा व्यवहारमा कुनै परिवर्तन भएको छैन । यस्तो परिस्थितीमा नीति तथा कार्यक्रमले प्रधानमन्त्रीको नेतृत्वमा जातीय छुवाछूत तथा भेदभाव उन्मुलन कार्यान्वयन उच्चस्तरीय समिति गठन गर्ने र प्रत्येक वर्ष जेठ २१ गते जातीय छुवाछूत तथा भेदभाव उन्मुलन दिवस मनाउने र जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर न्यूनीकरण सम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने घोषणा गरिएको छ । विगतमा यसलाई समावेश नगरिएको हुँदा सकारात्मक रुपमा लिन सकिन्छ । स्पष्ट रणनीति, कार्यक्रम र प्रर्याप्त बजेट सहित कार्यान्वयन गर्न सकेमा जातीय छुवाछूत तथा विभेद न्यूनीकरणमा साँच्चै प्रभाव पार्न सक्दछ ।
यसै गरी नीति तथा कार्यक्रममा दलित तथा लोपोन्मुख समुदायका कक्षा १० मा अध्ययनरत छात्राका लागि सौर्य ऊर्जामा आधारित २५ हजार सौर्य टुकी उपलब्ध गराउने, दलित तथा लोपोन्मुख समुदायका बालबालिकालाई सबै विषयमा उच्च शिक्षा निःशुल्क गर्दै उत्प्रेरणा छात्रवृत्ति कार्यक्रम संचालन गर्ने, वादी, हलिया, गन्धर्व, मुसहर, डोम, चमार लगायत अति सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालय छनोट गरी अध्ययनका लागि भौचरमा आधारित अध्ययन अनुदानको व्यवस्था गर्ने उल्लेख छ ।
नीति तथा कार्यक्रममा मुक्त हलिया, हरुवा चरुवा पहिचान गरी पुनःस्थापना गर्ने र दलित समुदायलाई केन्द्रित गरी विगतमा शुरु गरिएको जनता आवास कार्यक्रमलाई निरन्तरता दिएकोछ ।
राजधानीमा उच्च शिक्षा अध्ययन गर्ने विपन्न दलित समुदायको विद्यार्थीहरु दलित भएकै कारण डेरा नपाउने समस्या भएकोले उनीहरुको शिक्षा अध्ययनमा सहयोग पु¥याउनका लागि विजेश्वरीस्थित सहर्ष कपाली छात्रावासलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउने व्यवस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएकोछ ।
विगतमा अन्तर्जातीय विवाहित जोडीलाई दिईंदै आएको प्रोत्साहन रकमलाई पनि निरन्तरता दिएकोछ । जतिसुकै महत्वकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरिएता पनि सार्थक र प्रभावकारी रुपमा कार्यान्वय नभए उपलब्धि पनि हासिल नहुने अवस्था छ । यसर्थ ती नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तर्फ सबै उन्मुख हुनु जरुरी छ  ।-पाविल बाट 

Saturday, September 24, 2016

पार्टीभित्र को कम्युनिष्ट को गैरकम्युनिष्ट ? - सरोजदिलु

असोज ९- विभेद विरुद्ध अभियान ।सामन्तहरुको शोषण मैले आफ्नै आँखाले देखेको छु– मुखियाहरुले सीमसारको ऐलानी जग्गा आँखाले नदेखुन्जेल फाड्न र खनजोत गर्न लगाउथे । अनि फाडिएको जमिनमा खनजोत गरी अन्नवाली लहलह फल्ने भएपछि २।४ माना चामल दिएर फाडनेहरुलाई पाखातिर देखाइदिन्थे । यस्ता खनजोत गर्नेहरु सवै पाखो भिरालो, पहिरो जाने वा पानी नलाग्ने उब्जनी कमै हुने ठाउँमा स्याउलाको छाप्रो हालेर बस्ने गर्दथे । खोटाङ जिल्लाको जयरामघाट्देखि माधेवेशीतिर पनि लहलह धान फल्थ्यो, उखुबाट सखर बनाइन्थ्यो । त्यो माधेवेशीमा खनजोत गर्ने, उब्जनी गर्ने अन्नवालीको हुर्काउने र मुखियाको घरमा भित्र्याइदिने सवै गरिव किसान र दलितहरु हुन्थे । तर दिनभरी कामगर्दा तिनलाई २ माना अन्न दिएर कदुवा–सल्लेतिरका मुखियाहरुले सवै उब्जनीहरु लान्थे । जो हात पर्यो लियो । सामन्तहरुको खलोवारीमा मलाई ज्याला पुगेन भन्ने कसैको आँट हुदैनथ्यो । 

पञ्चायतको मध्येतिर आजका पार्टी नेतृत्वहरुले अधिकांश समय दलित समुदायकै झुपडीमा बसेर भूमिगत जीवन गुजारे । तिनले दलित झुपडीका चुलोचौका र दैनिक जीवनलाई नजिकबाट नियाले । दलितलाई मिठा सपनाहरु बाढ्दै उनीहरुकै मानो खाए । घरदलानमा पसेर खादै सपनाहरु बुनिदिदा दलितहरुलाई आफ्ना घरभित्र देवता प्रवेश गरेजस्तै भयो । छुवाछूत हुन्न, सवै समान, वर्गको अन्त्य हुन्छ । तिमी र हामी समान जाति समान हैसियतका हुनेछौं भन्दा कति हाम्रा चेलीवेटीहरु उनीहरुप्रति आशक्त भए, कतिपय युवा गैरदलित युवतीप्रति मोहित भए । 

२०४६ सालपछि स्कुल र गाउँतिर पसेका कार्लमाक्र्सका कान्छा छोरा झैं लाग्ने चुस्सदारी पालेका मानिसहरुले यी कथाहरु दोहोर्याए । “सामन्तहरुले हामीलाई वर्षौदेखि यसैगरी हाम्रो पसिना लुटिरहेका छन् । हामी मिहिनेत गछौं, अन्नवाली उनीहरु भित्र्याउँछन् । हामी जोत्छौं, जमिन उसको मात्र हुन्छ । सरकारी मान्छे उसको, जमिन उसको, उब्जनी उसको, ऊ त शोषक, अनि हामीहरु सधै शोषित उत्पीडित । त्यसैले अधिकार र वर्ग समानताका लागि हामी कम्युनिष्ट बन्नुपर्छ । कम्युनिष्ट बनेपछि साम्यवादी राज्यको स्थापना हुन्छ । सवैलाई समान न्याय हुनेछ, जातपात छुवाछूत रहनेछैन । हामीले जोतेको खेतवारी हाम्रो, हामीले फलाएको अन्नपात हाम्रो हुनेछ । हामीहरु नै हाकिम, मन्त्री, प्रधानमन्त्री हुनेछौं । त्यसवेला सामन्तहरु जेलमा हालिने छन् । त्यसैले कमरेडहरु! अव मुठ्ठी कसौं, वर्षौदेखिको उत्पीडनबाट मुक्त हौं, समाजवादी राज्यको स्थापना गरौं ।” यी सपनाहरुले हामीलाई कम्युनिष्ट बनायो । यिनै भाषणहरुले सामन्तसंग लड्ने साहस भरिदियो । परिणामतः हामी कम्युनिष्ट भयौं । गाउंका मान्यजन, नातागोतालाई चुनौती दिदैं दुश्मनी मोल्यौं । आफ्नै बावुआमा, काकाकाकी, मामामाइजुसंग हामी त क्रान्तिकारी, यो मुलुकको परिवर्तन गरी गरिव, दलित, किसान मजदुरलाई न्याय दिने योद्धाहरु भनेर घरभित्रै कलह रोप्यौं । विभिन्न राजनीतिक परिवर्तनमा कफन बाँधेर होमियौं । दलित, उत्पीडित पनि सरकारी हाकिम बन्ने, माननीय, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने सपना साचेरै पार्टीमा लाग्यौं । आजपनि सोही भरोसा र विश्वासमा पार्टीका लागि जीवन उत्सर्ग गरिरहेका छौं । अरुभन्दा इमान्दार, वफादार भएर दशकौं बितायौं । पार्टीका लागि नातागोता, इष्टमित्र, छिमेकी साथी भाईलाई वैरी बनायौं । 

आज कम्युनिष्टहरु सत्तामा पुगेको २२ वर्ष पुगिसकेको छ । प्रायजसो समय कम्युनिष्टहरु नै सत्ताका मालिक भएका छन् । ६ जना कम्युनिष्टहरु प्रधानमन्त्री बनिसकेका छन् । हाम्रो एमालेबाट मात्र ४ जना प्रधानमन्त्री बने, मन्त्री र उपप्रधानमन्त्रीहरु गनि साध्य छैन । संविधानसभाको सफल निर्माणपछि हाम्रै पार्टीका अध्यक्ष प्रधानमन्त्री, हाम्रै पार्टीबाट राष्ट्रपति निर्वाचित हुनुभएकोछ । तर कति सपनालु दलितहरुको घरवार वर्वाद भयो, कति कम्युनिष्टका नाममा सहिद भए, कति जोगी–लफंगा भए । सवै पार्टीका लागि । सरकारले उच्चपदमा थुप्रै नियुक्ती गर्यो, त्यहाँ उनै जग्गा फडाउने र माधेवेशीमा अन्नपात भित्रयाउने जाति–वर्गहरु मात्रै नियुक्ती हुन्छन् । दलित–उत्पीडितहरु मन्त्रीको कुरै छोडौं, मन्त्रीहरुका पिए पनि हुनपाउदैनन् । वर्ग समानताका कुरा फलाक्नेहरुको नजरमा उनीहरु सधै अयोग्य हुन्छन् । यतिसम्मकी तिनका मालिकहरुका त कुरा छोडौं,  सामान्य मन्त्रीका पिए बन्न पाएका टपरटुईया कार्यकर्ताहरु समेत २।४ महिना सरकारी गाडी घोडा चढ्न पाएपछि दलित उत्पीडित, शोषक वर्गका आफैं मालिक भएको महसुस गर्दैछन् । 

विडम्वना ः पार्टीहरु भित्रै विभेद उत्तिकै छ । हाम्रा नेताहरुमा दलित उत्पीडितले नमस्ते गर्दा उसैगरी फर्काउने फुर्सद छैन । फुर्सद नभएको पनि होइन, यो वर्गका लागि जोरहात उठाए सानो हुइन्छ की भन्ने मानसिकताले उनीहरुको मनमस्तिक ग्रसित छ। उनका आफ्ना वंश–गोत्रका लागि घाम तापेर, चिया खुवाएरै पनि कुरा सुनिदिन्छन् । पार्टी कार्यमा छुवाछूत विरुद्धका कुरा ज्यादा हुन्छन्, यही कुरा गरेर उनीहरु नै कमाई खाइरहेका छन् । संगै बसेर खान्छन्, भोकाका छन् र तिनका साथमा पैसा छैन भने जुठो पनि खाइदिन्छन् । तर सद्भाव, सम्मान र सम्वन्धमा भने यिनका वाजेवजैको जस्तै मानसिकता यथावत् छ । पैसा छ, आवश्यक परेको वेला हात माथी पारेर दिनसक्यो र कार्यक्रमहरुमा खर्च गरिदिन सक्यो भने नेताको नजिक होइन्छ, नत्र उही वालीघरेकै ब्यवहार छ, हाम्रा कम्युनिष्ट नेतामा । जतिसुकै योग्य भएपनि कमाई हुने, शानमान हुने पद दलितलाई कहाँ दिनुहुन्छ ? यो त मेरो भाइभतिजा, भान्जाभान्जी, ज्वाईचेलालाई पो ! भन्ने नातावाद नेताज्यूहरुका रगतरगतमा यथावत् बगिरहेकै छ । काम खटाउँदा ‘तपाईजस्तो क्षमता भएको ब्यक्ति पार्टीको सम्पती हो’ भनेर रुखमा चढाउने, फल झरेपछि ‘ला तँलाई’ भनेर लोप्पा खुवाउँदै ठाडो पुच्छर लगाएर भाग्ने काजीका छोराहरु हाम्रा पार्टीका असल र योग्य कार्र्यकर्तामा दरिन्छन् । जोसंग लुटेर, खोसेर ढाँटेरै ल्याएको भएपनि नेताका लागि खर्च गर्ने श्रोत छ, पार्टी निकायका शिर्ष पदहरुमा उनीहरुकै कब्जा हुन्छ । श्रोत नहुने तथा लाठीमुंग्री नगर्नेहरुले सानै पदमा भएपनि ‘आरक्षण देऊ न’ भनेर बिन्ती बिसाएर प्रवेश गर्नुपरेको छ ।  

राजनीति भनेको भावनाले चल्ने होईन, साम, दाम, दण्डभेद झुठ, वेईमानी, छलकपट्युक्त वक्रमार्ग हो । उनीहरुको बुझाई छ । यसो भनेको आदर, सम्मान, माया, नभई अरुलाई सिध्याएर जसरी पनि आफू मात्रै अगाडि बढ्नुपर्छ भन्ने हो । सामदाम, दण्डभेद भनेको मनुको शासकीय नीति थियो । पछि क्रुर तानाशाहहरुले अपनाउने विधि बन्यो । तर अहिले गणतान्त्रिक समयमा समेत सामदाम, दण्डभेदको चक्रब्युह बनाउने मनुवंशहरु हाम्रा पार्टीमा वलिया काजी–मुखिया भएर बसेका छन् । तिनै काजी, मुखिया र सामन्तका वंशवीर्यहरु अहिले क्रान्तीकारी कार्यकर्ता र नेता बन्दै गएका छन् । हाम्रो पार्टीमा मात्र होईन, सवै कम्युनिष्ट घटकहरुमा यिनीहरु हावी हुँदैछन् । 

दलित, सर्वहारा, विपन्न वर्गले पार्टीलाई आफ्नो मन्दिर ठान्दछ र नेताहरुलाई अभिभावक अनि देवता । त्यही घर र देवताबाट न्यायको अपेक्षा गर्दछ, जीवन जिउनुको सार्थकता ठान्दछ । उसले बुझेको राजनीति भनेको पार्टीमा आवद्धता लिएपछि जस्तोसुकै वलिदानी दिदैं ईमान्दारितापुर्वक काम सम्पन्न गरि पार्टीलाई वलियो बनाउनु हो । यसैले कुनैपनि आन्दोलनको अग्रमोर्चामा यिनीहरु छाती खोलेर लडेका छन्, सहिद भएका छन् । दलित, सर्वहारा वर्गका घरमा ओत नपाउने हो भने आज कुनै पनि पार्टी बन्दैन थिए होलान् । आज पार्टीमा जो मै हुँ भन्दैछन्, दलितहरु लडिरहँदा, तिनीहरु पार्टीहरुलाई गर्भमै तुहाउन हातहातमा कोर्र्रा लिएर उभिएका थिए । निरंकुश तानाशाहको द्धारदलानमा आआफ्नो विर्ता जोगाइदिनु पर्यो हजुर भनेर पुकार्दै थिए । तर पार्टी जन्माएका हौं भन्ने र हाँक्नेहरुले दलित–विपन्नका ती घरलाई कहिल्यै मन्दिर ठानेनन् । लुकाइछुपाई भात खुवाउने ती आमा र वन्दुकको नालबाट जोगाउने तिनै बाबाका हातहरुले नमस्ते गर्दा पनि तिनका हात उठ्दैनन्, आजकाल । 

माक्र्सवादी शक्तिको आधार भनेकै सर्वहारा मजदुर वर्ग हो । नेपाल र अहिलेको सन्दर्भमा मजदुर वर्ग भनेका दलित नै हुन्, जो श्रम गर्छन् । तर माक्र्सवादलाई भाँडो ठान्नेहरुका कारणले कम्युनिष्ट पार्टीहरु भित्र क्रमशः नव सामन्तवाद र त्यसका ठेकेदारहरुको वास जम्न थालेको छ । हाम्रो पार्टीसमेत विशेषतः नवौ महाधिवेशनपछि मिनी सामन्तहरु र तिनका इष्टमित्रहरुको नयाँ घेरामा फस्दै गएको छ । त्यो घेरावन्दीले पार्टीको जनाधार– दलित कालीगढहरुको हिस्सेदारीलाई अस्वीकार गर्दै यिनलाई नोकरसरह ब्यवहार गरेको तीतोसत्य हामीले भोग्दैछौं ।  



Friday, September 23, 2016

एउटी ‘अछुत’ केटीका स्मृतिमा रहेका केही घटनाहरू - सविता विश्वकर्मा

असोज ७ , विभेद विरुद्ध अभियान - आफ्नो गाउँमा हुर्कादा होस् वा जिल्लाको सदरमुकाममा बसेर पढ्दा होस्, हाम्रो समाजले दलितमाथि गर्ने व्यवहार मैले देखेकी, भोगेकी छु। ‘अछुत’ माथि गरिने त्यो व्यवहारको पीडा कथित उपल्लो जातका मानिसले बुझ्न गाह्रो हुन्छ, त्यो स्वभाविक छ। तर आफ्नै आँखाले देखेको दलितमाथिको थिचोमिचोलाई नस्वीकार्ने र समाज सुधारका लागि आफू एकदम अघि सर्न नचाहनेहरू देखेर भने दिक्क लाग्छ। अझ कतिले त समस्यानै छैन जस्तो गर्छन! 
जसले भोग्छ, उसलाई कति पीडा हुन्छ भन्ने बुझ्न मानिसहरुलाई सजिलो होस् भनेर मैले एउटी ‘अछुत’ केटीका स्मृतिमा रहेका केही घटनाहरू समेटेर छोटो संस्मरण तयार पारेकी छु।
***
‘हिजो राति हाम्रो घरमा बसेर फर्किनेमध्ये एकजना दलित भएको थाहा पाएपछि मलाई आमाले बेस्सरी गाली गर्नुभयो। अबदेखि तपाईँलाई थाहा नदिइ कसैलाई घरमा ल्याउँदिनँ भनेर बाचा गरेँ, बल्ल आमाको किचकिच बन्द भा’छ। के गर्ने यार, म एक कदम अघि बढ्न खोज्छु, घरकाले मान्दैनन्,’ सहकर्मी साथीले सुर्ताउँदै भनिन्।
तिमी चिन्ता नगर, म अब तिम्रो दैलोमा टेक्न कहिल्यै आउदिनँ, मैले हाँसेर भनिदिएँ। मेरी साथीले मसँग साटेको उनको घरभित्रको कुराको मर्म बुझेरै मैले उनलाई ढुक्क पार्न त्यसो भन्नैपर्‍थ्यो। 
गाउँको निसासिने भेदभाव पछि छोडेर क्याम्पस पढ्न सदरमुकाम छिरेकी म शहरमा पनि विभेदकि सिकार हुनुपर्दा मन खिन्न हुन्थ्यो। कम्तीमा गाउँमा भन्दा केही ठिक छ, चित्त बुझाउने बाटो यतिमात्र थियो। 
***
उनै साथीको घर भएको सदरमुकामभन्दा केही पर मेरो गाउँ थियो। गाउँमा एकपटक गाविसले निर्णय गर्‍यो, आठदश घरधुरीलाई पधेँरो धाउन पायक पर्ने गरी हाम्रो घरको आगनमा धारो बनाउने। प्राय सबै टोलबासीले सहमति दिए। एउटा परिवारले भने अड्डी लियो- एकाबिहानै कामीको आगन टेकेर अझ उनीहरुकै मुख हेर्दै पानी थापेर लग्दैनौं, नयाँ धारो हाम्रै आँगनमा बन्नुपर्छ।  कुरो बिग्रियो, हाम्रो आँगनमा पानीको धारो लाग्न पाएन।
विवाद झन झन बढ्यो, मुद्दा मामिलासम्म चल्यो। गाउँघरमा सबै मिलेर बस्नै पर्थ्यो, सबलाई पानी चाहिन्थ्यो नै। बल्लतल्ल ‘बिच’को बाटो निकालेर समाधान खोजियो। दुबैतिरको बारीको साँध पारेर जुम्ल्याहा धारो बनाउने। पूर्वपट्टीबाट झर्ने धारोले एउटै मात्र त्यो कथित ‘छुत’ परिवारलाई पानी दिन्थ्यो, पश्चिमपट्टीको धारोले अरू बाँकी ‘अछुत’ हरुलाई। यसरी कामी परिवारको खेतको साँधमा जुम्ल्याहा धारो बनाएर विवाद समाधान भयो। अछुतहरुले मात्रै पानी थाप्ने पश्चिमपट्टीको धारोको पानी पिएर म हुर्किएँ। हामीले छुन नपाइने पूर्वपट्टीको त्यो धारो छुने हिम्मत कहिल्यै राखेनौं! 
***
घाँसको भारी लहरै बिसाएर हामी केटी जति घर नजिकैको चउरमा तु-तु खेल्दैथियौं। हाम्री दिदीले सास दबाएर, आँखा चिम्म गरेर तु-तु-तु भन्दै बेस्सरी चउरमा कुदिरहेकि थिइन्, अर्कोतिरबाट दाहिने कम्मरमा गाग्री बोकेर आइरहेकि कथित उपल्लो जातकी महिलालाई गल्तीले छोइदिइन्। अनि त के चाहियो र! दिदीले छोइदिएको त्यो पुरै पानी ती महिलाले घाँसको डोकोमा खन्याइदिइन्, दिदीलाई चउरमा पछारिन्, बेस्सरी कपाल समातेर चुइँचुइँ भुत्ल्याइन् र गाग्रीको पिधले टाउकै टाउकोमा हानिन्।
रिसले आगो भएकी ती महिलाले दिदीलाई गाली गर्दै भनिन्, ‘तलाई डंकिनी तेरो आँखा छैन्, अर्काले ह्वादेखि ल्याको पानी छुन्छेस्? उनले त्यसपछि प्रयोग गरेको अपशब्द म यहाँ लेख्न सक्दिनँ।
दिदी डरले धर्रर कापिन्, तर चुक्क पनि बोलिनन्। ‘कामी’ को छोरी भएर ‘उपल्लो’ जातले ल्याएको पानी छोएर गल्ती भएको कुरा दिदीलाई थाहा थियो! त्यो साँझमा बेस्सरी पिटाइ खाएकी दिदी पानी चुहाउँदै डोका बोकेर अघि लागिन्।
हामी उनको पछिपछि लाग्यौं। यस्तै पिटाइ आफूले पनि खाइने डरले अरुको गाग्री छोइने कुरामा हामी एकदमै सतर्क हुन थाल्यौं।
***
आमाले ठूलो स्टिलको थालमा सदरमुकामबाट किनेर ल्याएको काउली, चामल, आलु अनि मकैको खोस्टामा मसला, बेसार, अदुवा हालिसकेपछि भन्नुभयो, ‘जाउ त छोरी यो फलानाको घर दिएर आउ।’  आफ्नो समुदायभन्दा बाहिरकालाई बारीमा काम गर्न बोलाउनुपर्‍यो भने आमाले पकाइतुल्याई गरेको सरसामान उनीहरुकै घरमा पुर्‍याइदिने चलन थियो।
एका बिहानै ती सबै सरसामान लिएर उनीहरूको दैलो पुग्ने काम मेरो हुन्थ्यो। उनीहरुको घर भित्र छिरेपछि त्यो थाल रितिएर कति बेला म भएको ठाउँ आइपुग्थ्यो, थाहा हुन्नथ्यो। म भने बाहिरै कुरेर बस्थे, कहिलेकाही त लाग्थ्यो बरू एकछिन म पनि थाल हुन पाए! 
‘तपाईँले पकाएको यिनीहरू किन खादैनन्?’ रित्तो थाल फर्काउदै मैले एक दिन आमालाई सोधेँ। 
‘छोइन्छ रे के, पहिल्यैदेखिको चलन,’ आमाले उत्तर दिइन्।
मैले फेरि प्रश्न गरे, 'अनि कहिले हट्छ त?'
आमाले भनिन्, 'यिनीहरू जहिले मर्छन् तहिले।'
मैले फेरि मुर्मुरिदै भने, ‘मरिहाले पनि हुने नि!’
अनि आमाले मतिर हेर्दै भनिन्-धत् त्यस्तो भन्न हुँदैन।
गाउँमा अर्मपर्मका बेला हामीले चाँही उनीहरुले बनाएको खाजा अलग्गै टुसुक्क बसेर खान्थ्यौं, अनि एकैछिन पनि थकाइ नमारी काममा फर्किन्थ्यौं। त्यसैको पर्म तिर्न आएका उनीहरू भने खाजा बनाउने र खानेसहित एक दुई घन्टा धेरै समय पाउँथे! उनीहरुको जातैले पाकोरे! 
***
खेतीपाती नसकिकन हामीले स्कुल जान पाउने कुरै थिएन। खेतीपाती सकिदा स्कुलले दिएको बर्खे बिदा पनि सकिसकेको हुन्थ्यो। कक्षामा अरु साथीहरु पुराना भैसक्दा हामी नयाँ किताप बोकेर स्कुल पुग्थ्यौं। 
स्कुलमा एकपटक एउटा संस्थाले हामीलाई भित्ते पत्रिका लेखनको दुई दिने तालिम दिने भयो। टिभीमा आउने हिरोइन जस्तै एकजना महिलाले तालिमको उद्घाटन गरिन्। उनको कपाल केटा मान्छेको जस्तै छोटो थियो, उनलाई रातो लिपिस्टिकले साह्रै सुहाएको, उनी हाँस्दा उनको मिलेको दात देखिन्थ्यो, अनि गालामा डिम्पल। अचम्म भयो, उनले मसँगै बसेर नङपालिस लगाएको हातले भात खाइन्। दलित भनेर छोइछिटो नगरी उनले मसँगै बसेर भात खाएपछि म दङ्ग परेँ। पछि आमालाई पनि सुनाएँ। आमाले ‘बजारको मान्छे भएर होला नी’, भन्नुभयो।
जीवनमै पहिलो पटक तालिम पाएका हामीहरू कत्तिखेर भित्तेपत्रिका निकाल्ने होला भनेर तम्तयारी गर्न थाल्यौं। सबैभन्दा राम्रो अक्षर लेख्ने विद्यार्थी भनेर विद्यालयले मलाई पुरस्कार दिएकाले पनि लेख्ने जिम्मा मलाईनै आयो। सबै तयारी पुरा भएपछि  तीन जना साथीलाई लिएर एक जना शिक्षकको घरमा बसेर भित्ते पत्रिका लेख्न निस्किएँ। 
शिक्षकको छोरी, जो मेरो सहपाठी थिइन्, उनले हामीलाई आगनमै आएर स्वागत गरिन्। तर दैलो भित्र लगिनन्, अघिल्तिरबाट घुमाएर घरपछाडिको गोठमा लगिन्। मलाई भने उनी पढ्ने कोठा छिर्न कत्रो मन थियो, उनले आफ्नो घरमा कथाका थुप्रै किताब भएको सुनाएकी थिइन्। उनको 'ड्याडी'ले किनिदिएका रे।
‘यता शितल पनि छ र राम्रो हावा पनि लाग्छ यही बसेर लेखौ न है?’ गोठमा पुगेपछि साथीले आग्रह गरिन्।
गोठमा चाङ लगाएर राखेको चिरान काठ र धुस्यानमा बसेर दिनभरी अफ्ठेरोसँग भित्ते पत्रिका लेखेँ। मलाई दिनभरिनै नरमाइलो लाग्यो। 
मैले साँझ घर आएर आफ्नो दैनिकीमा लेखे, ‘पशुलाई जस्तै गोठमा लगेर दिनभरी राखिन्, चिउरा र भटमास गोठमै ल्याएर खान दिइन्, मलाई त्यो खाजा नभएर पशुलाई घास खान दिए जस्तै लाग्यो। हामीलाई भित्ते पात्रो लेख्न सिकाउन सर एकछिन पनि आएनन्, उनीसँग मलाई झनै रिस उठेको छ.....।’ 
त्यो दैनिकी लेखेको मयुर कापी एकदिन पढ्ने किताबको बिचमा मिस्सिएर स्कुलमा पुग्यो। एउटै बेन्चमा बस्ने साथीले कापी  पढिन्। त्यसपछि उनले अर्को रहस्य पनि खोलिन्: हामी विज्ञान विषय पढ्न हेडसरको डेरामा जान्छौं तर यो कुरा तिमीलाई कहिल्यै पनि थाहा दिएनौं।
लौ किन नि? मैले जिल खाँदै सोधेँ।
उनले बेलिविस्तार लगाएर भनिन्: हेडसरले नै हामीलाई नभन्नु भन्नु भा'को। तल्लो जातका विद्यार्थीलाई कोठामा ल्या’को थाहा पाए भने बस्नै दिन्न भनेर घरबेटीले भनेका छन् रे, त्यही भएर। छुट्टी भएपछि हामी सबै जना हतारिदै घर गएजस्तो गर्थ्यौं तर तिमीले थाहा नपाउने गरि हामी हेडसरकोमा पढ्न जान्थ्यौ। तिमीले गर्दा हामीले पनि पढ्न नपाइने हो की भनेर डरले हामी सबैले नभनेको हो।
त्यो सुनेर मेरो मन कति पोल्यो, तर मैले गर्न सक्ने केही थिएन। वर्षको अन्तिममा रिजल्ट आयो, उपल्लो जातका विद्यार्थी मात्रै आफ्नो कोठामा सुटुक्क बोलाएर बढाउने उनै हेडसरले रिजल्ट सुनाए। रिजल्ट सुन्न कान ठाडा पार्दै उभिएकी मलाई हेर्दै उनले भने, ‘ल बधाई छ, राम्रो मेहनत गरेर पढेकी रै’छौ, तिमी दोस्रा भयौ, फस्ट ब्वाइलाई झण्डैले जितेको।’
मैले भने, ‘धन्यवाद सर, अझै मेहनत गरेर पढ्छु।’ मलाई राम्ररी याद छ, मैले शिर ठाडो पारेर, मेरा आँखा हेडसरका आँखाबाट नहटाई त्यसो भनेकी थिएँ।
*** 
त्यो घटनादेखि आजसम्म समय धेरै बितिसकेको छ, म आज पनि शिर ठाडै पारेर बाचेकी छु। समाज पनि केहि बदलिएको छ। तर धेरै बदल्न बाँकी छ, त्यही कुरा कथित 'उपल्लो' जातका मानिसले जति चाडो बुझछन्, समाज परिवर्तनको गति त्यति तिब्र हुनेछ।-सेतोपाटी बाट

Thursday, September 22, 2016

यस्तो छ, नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था : आहुति

असोज ६, विभेद विरुद्ध अभियान । नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज हो।पहिलो– उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भई तिब्बत हुँदै नेपाल प्रवेश गरेको मङ्गोल सभ्यता। दोस्रो– युरोपबाट मध्य एसियाको ककेसिया हुँदै मस्टोपुजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको खस सभ्यता। तेस्रो– युरोपबाट इरान हुँदै सिन्धुघाटी प्रवेश गरी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता। चौथोँ– मोहेनजोदारो र हडप्पाजस्ता भव्य सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भएर एवम् पटकपटक लड्दै नेपाल आइपुगेको द्रविड र आस्ट्रिक सभ्यता। यी चारै वटा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित महासभ्यता हुन्। र, पाँचौ– चौध सय वर्षअघि अरबबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता। यो पछिल्लो हो तर यो एउटा महासभ्यता नै हो। 
नेपाली समाज यी फरक–फरक पाँच महासभ्यतासँग सम्बन्धित दर्जनौ जाति र समुदाय रहेको समाज हो। उनीहरूका आ—आफ्नै वंश परम्परा, पुर्खा सम्बन्धी मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरू छन्। ती विषयहरू एक आपसमा फरक छन्। एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खा सम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम ज्ञान हुन्छ। गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकोले पनि त्यस्तो अर्को समुदायबारे अनभिज्ञता रहन मद्दत पुर्‍याउँछ। अझ यसोभन्दा झनै सही होला कि नेपाली समाजमा चल्दै आएको समग्र अर्थ–राजनीतिक ढाँचाका कारणले नै नेपाली समाजमा गोत्र, थर आदिबारे भ्रमहरू रहिरहेका छन्।
राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गरी आजको नेपालमा हिन्दू उच्च जातीय पहाडिया आर्य–खस अहङ्कारवादमा आधारित राज्य सत्ता सञ्चालन गर्न सुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति र अर्थतन्त्रमा एक छत्र पहाडिया हिन्दू उच्च जातीय दृष्टिकोण र मूल्य मान्यता लादियो, त्यसबाट कस्तो भ्रम जन्मिन पुग्यो भने पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुन्छ, उनीहरूको मात्रै सम्मानित थर हुन्छ, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुन्छ आदि–आदि।
यसप्रकारको राज्यको बलात् हस्तक्षेपकारी नीतिका कारण हिन्दू उच्च जातबाहेककाको त्यस्ता विषयमा जानकारी लिन अरुलाई वास्तै नहुने, रुचि नै नजाग्ने, उनीहरूका थर गोत्र सुन्दा पनि असभ्य मान्छेको कमसल परिचय जस्तो भान हुने स्थिति बन्न पुग्यो। राज्यको त्यसप्रकारको नीति अघि बढ्दै जाँदा उत्पीडितहरूलाई थर लेख्न नदिने, थर नै फेरेर लेख्न बाध्य पार्ने आदि काम हुँदै आए। यसको सबै भन्दा बढी मार दलितमाथि पर्‍यो जसको कारण कतिपय स्थानका दलित परिवारले आफ्नो वास्तविक थर गोत्र नै बिर्सिसक्ने स्थितिसम्म पुगेको देखिन्छ। त्यसैगरी हिन्दू उच्च जातबाहेकका जनजाति, दलित, मुस्लिम समुदायकाले पनि आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न मन नलाग्ने, हिनताबोध हुने वा कम्तीमा आफैभित्र मात्र चुपचाप अभ्यास गरिरहने दुर्भाग्यपूर्ण परिघटना घट्दै आयो।
गोत्र के हो?
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् (मोर्गन सन् १९६४)। अर्थात् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो। त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो। त्यसपछिका सबै जसो समाजशास्त्रीले पनि मानव समाजमा देखापरेको सुरुको गोत्र प्रणालीलाई एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन्।
यसप्रकार मानव समाजमा सुरुमा गोत्र भन्नाले एउटै पुर्ख्यौली रक्तखलकका मानिसको झुण्ड थियो। तर मानव समाज सात हजार वर्षभन्दा बढी लामो यात्रा गर्ने क्रममा सयौं जाति, हजारौं उपजातिमा विभक्त र विकसित भइसकेको छ। त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था, परिभाषा र बुझाइ आज जस्ताको जस्तै छैन। अर्को कुरा, मातृप्रधान समाज भत्केर पितृसत्तात्मक युगको पनि आज करिब सात हजार वर्ष बितिसकेको स्थितिमा आजका मानवशास्त्रीहरूले भने झैं कुनै पनि जातिमा रक्तशुद्धता भन्ने बाँकी छैन, कतै न कतै छ्यासमिस भइसकेको छ। त्यसैले गोत्र वा थरहरूबारे छलफल अब रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति गरिनु हास्यास्पद विषय हुन पुग्दछ, जस्तो कि अझै कतिपयले त्यस्तो गर्ने प्रयत्न गर्दछन्।
आजको विश्वग्रामको युगमा र प्रेम विवाह हावी हुँदै गएको समयमा गोत्र र थरको विषय एउटा सामान्य पारिवारिक वा व्यक्ति परिचयको अर्थमा मात्र कार्यकारी हुन थालेको छ। गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण अझै छ र सारमा विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस् भन्नाका लागि मात्र उपयोग भइरहेको छ। भविष्यमा थरहरू केवल परिवार र व्यक्ति परिचयमा मात्र सीमित हुने स्थिति आजबाट हेर्दा स्पष्ट देख्न सकिन्छ। यसर्थ, आज गोत्र र थरहरूको अध्ययन आफ्ना पूर्वजको लहरो पहिल्याउनेसम्मको यात्रा हो, त्यो पनि बाबुबाट मात्र वंश चल्दै आएकाले पुरुष पूर्वजको मात्र लहरो फेला पर्ने यात्रा हो। नेपालमा गोत्र र थर जस्ता विषयलाई पनि उत्पीडन, अपमान, शोषक वर्गीय मुल्य मान्यता निर्माणका सानातिना कलपूर्जा बनाइएको ऐतिहासिकता रहेकाले उत्पीडित समुदायले यी विषयका यथार्थलाई पनि सतहमा ल्याएर समता र अधिकारको लडाइँको अङ्ग बनाउनु भने अवश्य पर्दछ। कुनै पनि मानव समुदाय अर्को भन्दा कमसल होइन भनी पुष्टि गर्न यस्ता विषयले पनि गम्भीर महत्व राख्दछन्।
मानव समाजमा गोत्र जसरी सुरुआत भए पनि र तिनले समाज विकासमा जस्तो भूमिका खेलेका भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन भन्ने प्रष्टै छ। त्यस सन्दर्भमा हेर्दा नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गंभीर अध्ययन जरुरी छ र मूलतः हुन बाँकी छ। त्यसमध्ये हिन्दू गोत्र परम्परा भने एक प्रकारले रोचक पनि छ। वास्तवमा हिन्दू परम्परा जसलाई भनिन्छ, त्यो हिन्दू उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र दलितहरूलाई राखिन्न। हिन्दू उच्च जातीय गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात हिन्दू फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू उच्च जात हुन् भन्ने दावी त्यसमा पाइन्छ।
ती मुख्य ऋषिका चेला वा उपऋषिहरूको नामलाई चाँहि प्रवर भन्ने गरिन्छ। यसरी जो ऋषिका सन्तान हुन्, ती सबै उच्च जातीय मानिन्छन्; तब नीच मानिएका जातको वंश खलकलाई ऋषिसँग जोड्न मिल्ने कुरै भएन। त्यसैले दलितहरूको गोत्र र प्रवर ऋषिको नामसँग सम्बन्धित गर्न दिइएको छैन। जो जात घटुवामा परेर अछूत बन्न पुग्यो, त्यसको पनि पुरानो गोत्र क्रमशः खोस्दै लगेर आम ‘अछूत’ को परम्परागत गोत्रमै कायम गरिदिने प्रचलन चल्यो।
यसप्रकार हिन्दू उच्च जातीय गोत्र वास्तवमा हिन्दू वर्ण व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्; मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन। यो विषयलाई सामान्य विश्लेषणबाट पनि स्पष्ट पार्न सकिन्छ किनभने ऋषिहरू स्वयमको गोत्र के थियो? के ऋषिहरूभन्दा पहिले गोत्रमा आधारित समाज थिएन? समाजमा ऋषि स्वतः थोरै हुन्थे भने ऋषिबाहेकका बहुसङ्ख्यक मानिस जो हिन्दू नै थिए, तिनको गोत्र के थियो? ऋषिपछिका त आजका तागाधारी समुदाय भए तर ऋषिहरूसँगै बाँचेका मानिसहरू जो ऋषिका सन्तान होइनन तर हिन्दू नै हुन, ती तमाम ब्राह्मण र क्षेत्रीय बाहेकका वैश्यहरूको गोत्र पनि कसरी ऋषिकै नाममा रहन गयो?
यस्ता कैयन प्रश्नहरू छन्, जसको विश्लेषण गर्दा हिन्दू उच्च जातीय ऋषि नामका गोत्र र प्रवरहरू उच्च जातीय श्रेष्ठता सिर्जना गर्न बनाइएका मिथक मात्र हुन् भन्न सजिलै सकिन्छ। तर हिन्दू समाजमा दलितहरूको गोत्र, अझ ठोस गरी भन्दा आर्य–खसभित्रका दलितको गोत्र चाँहि कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई सङ्केत गर्ने खालका छन्। आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन्। एक, काशी। दुई, कोशल वा कौशल्य। र तीन, काशी कोशल। काशी भनेको हिन्दू तीर्थ काशी होइन। बरु काशी भनेको खस जातिको एउटा शाखा वा एक समयको प्राचीन नाम हो जुन जातिलाई छागल पनि भनिन्थ्यो। त्यसैगरी कोशल पनि खसभित्रको छाग जातिकै अर्को नाम हो। काशी कोशल भन्दा दुई वटै खसभित्रका प्राचीन जाति बुझाउँछ। गौतम बुद्धकालमा भारत वर्षमा भएका सोह्रवटा महाजनपदहरूमध्ये दुई वटा काशी र कोशल जनपदहरू थिए भन्ने तथ्यले पनि काशी र कोशल शब्दले प्राचीन पूर्खा नै जनाउँछन् भनी पुष्ठि गर्दछ। यसरी हेर्दा आर्य–खसभित्रको ‘अछूत’ वा पुहुनी गोत्रले बढी वंश परम्पराको त्यान्द्रो समातेको छ। यो गोत्र ब्राह्मणमा नहुनु र खसबाट हिन्दू बनाइएका केही क्षेत्रीमा चाँहि पाइनुले पनि यी गोत्र खस वंश परम्परालाई सङ्केत गर्ने स्तरका हुन् भनी भन्न सकिन्छ।
त्यसैगरी आर्य–खसभित्रका दलितमा प्रवर हुँदैन जुन ऋषिकै नाम हो बरु शाखा भन्ने हुन्छ। थरसँगै शाखा सोध्ने चलन नै थियो र अधिकांशको ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि हुने गर्दछ। यो ब्रह्मको अर्थ हिन्दू ब्रह्माजी होइन बरु यो ब्रह्मपुत्र नदीसँग सम्वन्धित छ। खसहरू विभिन्न बाटोबाट हिमालय काटेर दक्षिणतिर लागेका थिए। त्यसमध्ये एउटा शाखा ब्रम्हपुत्र नदीसँगै मानसरोवरबाट गङ्गा मैदानतिर लागेको बुझिन्छ। त्यसैले गोत्र र थरसँगै तिनको शाखा ब्रह्म बन्न पुगेको देखिन्छ। गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूको विभिन्न यात्री झुण्डलाई सङ्केत गर्ने परिचय बुझिन्छ जुन वैदिक आर्य उच्च जातीय गोत्र प्रणालीमा पाइन्न।
जात के हो?
हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। सुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा। त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो। कारण यही नै हो। जात अर्थात् श्रम क्षेत्र वा पेशा। यस प्रकार जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको –कतिपयका भनाइमा हुम्ला) सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यला; चर्म अर्थात् छालाको काम गर्ने चमार आदि आदि।
थर के हो?
थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ। नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन्। नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ। हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ।
थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः
क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल।
ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की।
ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य।
घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा।
ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला।
च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन्।
छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली।
ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा।
झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा।
-नेपालखवर बाट

Tuesday, September 20, 2016

दुग्ध कर्मचारीले दमाई कामीको दुध नलिने भनेर अपमानित गरे

फिपराज वेघा- विभेद बिरुद्ध अभियान, मोरङ, असोज ५-  । दमाइ कामीको दुध नलिने भनेर अपशब्द बोलेर अपमान गर्ने इटहराका दुग्ध कर्मचारी प्रेम पौडेलले गल्ती स्वीकार गरेका छन् । दलित समन्वय समितिको पहलमा दलितमाथि जातिय अपमानित शब्द बोल्ने दुग्ध संकलक कर्मचारीलाई कार्वाहीको माग गर्दै कृषि सहकारी संस्थामा दिएको उजुरीको आधारमा आज भएको छलफलमा पौडेलले गल्ती स्वीकार गरेका हुन् ।
गत साउन ३१ गते इटहरा ६ का बलबहादुर शिवाले दुध लिने बारेमा सोध्दा प्रेम पौडेलले दमाईकामीको दुध लिदा बिक्री घटेकोले दमाई कामीको दुध नलिने भनेर अपमानित शब्द बोलेका थिए । कृषि सहकारीको कार्यलय परिसरमा भएको छलफलमा कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले दलितको दुध लिनुपर्छ भनेर इटहरामा शुरु गर्ने आफु नै रहेको बताउदै दलितको दुध नलिनु भनेर कुनै पनि कर्मचारीलाई सहकारीको निर्देशन नदिएको स्पष्ट पार्नु भयो । उहाले दुग्ध कर्मचारीले अपमानित भाषा प्रयोग गर्नु उनको कम्जोरी रहेको बताउदै तर दलित समन्वय समितिको उजुरीमा कृषि सहकारीको निर्देशन शब्द उल्लेख रहेकोप्रति आपत्ति जनाउनु भयो ।
समानता कहिले हुन्छ ?
धारा २४. छुवाछूत तथा भेदभाव बिरुद्धको हक: १. कुनै पनि ब्याक्तीलाई निजको उत्पती, जात, जाति, समुदाय वा शारीरिक अवस्थाको आधारमा कुनै निजि तथा सार्वजनिक स्थान मा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन।
कृषि सहकारीका सचिब रमेश बस्नेतले कुनै पनि हालतमा दलितको दुध नलिनु भनेर संस्थाको आदेश नरहेको र अपमानित शब्द बोल्नु कर्मचारीको ब्यक्तिगत गल्ती रहेको बताउनुभयो । नेकपा एमालेका गोपी चाँपागाईले अहिलेसम्म समाजमा जातीय सदभाव कायम रहेकोले यस्ता जातिय अपमानित गर्ने खालका शब्द प्रयोग गर्न नहुने बताउनुभयो । दलित समन्वय समितिका सदस्य केदार परियारले जातिय छुवाछुतको बिषयमा समाज सुधार भइ रुपान्तरण हुदै गइरहेको अबस्थामा दलित माथि यस्तो शब्द प्रहार गरी अपमानित गर्नु गंम्भिर गल्ती भएको बताउनुभयो । यसअघि करिब चार बर्ष तिनै शिवाको गाइको दुध लिएर बेचेका दुग्ध कर्मचारी प्रेम पौडेलले सहकारीको निर्देशन नरहेको बताउदै अन्जानबश बोलेको र अब यस्तो शब्द नदोहोर्याउने जानकारी गर्दै गल्ती स्वीकार गरेको नयाँ समाचार डटकममा खवर छ।

दलित मुक्ति आन्दोलनमा एउटा आयाम कविता संग्रह आफर

विभेद बिरुद्ध अभियान-काठमाडौं,४  भाद्र lउन्मुक्त पुस्ताको कविता संग्रह आफर  साेमबार राजधानीमा विमोचन गरिएको छ ।  शिल्पी थिएटर वत्तिसपुतलीमा आयोजित कार्यक्रममा शिल्पी नाटकघरका कलाकारले अभिनय मार्फत कविता मञ्चन गरेर पुस्तकको विमोचन गरेका हुन् ।
उन्मुक्त पुस्ताका तर्फवाट केवल बिनाबी, केशरी अम्गाइ,केशव सिलवाल, प्रकाश गुरागाइ, माधव घिमिरे अटल, मुक्तान थेवा, राजु स्याङ्गतान र हरिशरण परियारका प्रतिनिधी ३३ कविताहरु संग्रहित आफरलाइ समता फाउन्डेसनले प्रकाशन गरेको हो ।
आफर बिमोचन कार्यक्रममा कवि तथा समालोचक भुपाल राइ र साहित्यकार आहुतीले कविता संग्रहको वारेमा टिप्पणी गरेका थिए । समाजको सवैभन्दा पीँधमा पारिएको र हज्जारौं वर्षसम्म उत्पिडनमा परेको दलित समूदायको वारेमा यसरी एउटा एजेण्डा नै उठाएर कविता संग्रह प्रकाशन गर्नु आफैमा उदाहरणिय काम भएको टिप्पणी बक्ता द्धयले गरेका थिए ।
यसरी उन्मुक्त पुस्ताका कविता सुन्न आफुले ३५ वर्ष कुर्नु परेको कवि राइको टिप्पणी थियो । जातीय मुक्ति आन्दोलनका एजेन्डालाई माक्र्सवादीकरण कसरी गर्ने र कसरी लेख्ने होइन के लेख्ने भन्ने बहश उठान गर्नु आजका लेखकहरुको सिर्जनशील कार्य हुनेछ — राइले भनेका छन् ।
त्यसैगरी कवि तथा साहित्यकार आहुतीले उन्मुक्त पुस्ताले एउटा अभियानको थालनी गरेको टिप्पणी गरे । समाजमा हज्जारौं बर्षदेखी थिचोमिचोमा परेका सिमान्तकृतहरुको पीडालाइ कवितामा उनेर दलित मुक्ति आन्दोलनमा एउटा आयाम थपेकामा उनले श्रष्टाहरुलाइ बधाइ दिएका थिए ।
चित्रकारले आठ कविका आठ कवितामा क्यानभाष उतारेका थिए । देवेन्द्र थुम्केली, लालकाजी लामा, अजित कुमार शाह, नारदमणी हार्तम्छाली, केशवराज खनाल, भानु भट्टराइ, मनिष हरिजन, राजेश नेपाली लगायतका चित्रकारहरुले कविताको भावलाइ क्यानभाषमा उतारेका थिए ।
नेपाली साहित्यको इतिहासमा दलित सौन्दर्यशास्त्रमा आधारित भएर केही न केही त लेखिएको छ । तर संगठित रुपमा लेख्न नसक्दा तिनले समाजमा हस्तक्षेपकारी भुमिका खेल्न नसकेकोमा आफर मार्फत उन्मुक्त पुस्ताले विभेदविरुद्ध संगठित लेखन आरम्भ गरेको उन्मुक्त पुस्ताले बताएको छ ।

Monday, September 19, 2016

विश्वकर्मा समाज कतारद्वारा कलाकारहरु सम्मानित

विभेद बिरुद्ध अभियान - कतार,३ असोज । विश्वकर्मा सास्कृतिक परिवारका कलाकार हरु सम्मानित भएका छन । यही १६ सेप्टेम्वर २०१६ सुक्रवरको दिन विश्वकर्मा समाज कतारको दोस्रो विश्वकर्मा पूजा तथा शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो।
समाजका अध्यक्ष आमेरिकन रामदामको सभापतित्यो तथा समाजका सल्लाहाकार सम्योजक प्रेम कुमार बि क को प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा बिभिन्न सामाजिक कार्यमा सङ्लग्न दलित अधिकारकर्मिहरुको बिशेष अतिथी रहेको उक्त कार्यक्रममा समाज को बिभिन्न कार्यमा कलाकारिता क्षेत्रमा पुरएको योगदानको उच्च मुल्यङ्कन गर्दै सम्मान गरिएको थियो।
विश्वकर्मा समाज कतारका सास्कृतिक बिभाग सम्योजक शुरज बिसी तथा सास्कृतिक परिवार सम्योजक कृष्ण विश्वकर्मा “घयल”को आतिथ्यमा कलाकारहरु गैर आवसिय नेपाली तारा बिजेता २०१५ का कृष्ण बि सि, चर्चित न्रित्यकार निर्मला लकन्द्री, सुनिता सिन्चुरी, चर्चित न्रित्य निर्देशक बिराज राइ, न्रित्यकार सरोज बि क,भावना बि क, आधुनिक गायक सन्तोष विश्वकर्मा, लोक गायक देभ घिमिरे, सहयोगि धनराज विश्वकर्मा, लोक गायक दीपेन्द्र सुनार, तेसैगरी गङ्गा बि सि, आयुश बि सि, राम अन्जान पारीयार, इशा घतानी, ओम सङ्गम बि सि, सागर विश्वकर्मा, चर्चित लोक दोहोरी गायक रित  कुमार श्रेष्ठ,चर्चित लोक दोहोरी गायक तुल बहादुर पारीयार, सुसान्त कुवर लगायत लाई सम्मान गरेको छ ।
समाज ले सस्कृतिक बिभाग सम्योजक सुरज बिसी तथा सास्कृतिक परिवार सम्योजक कृष्ण विश्वकर्मा “घायल” लाई पनि सम्मान गरेको छ । उक्त कार्यक्रम मा सास्कृतिक परिवार का कलाकार हरु कृष्ण बि सि, रुबेन बि सि, सुवास गदाल, दीपेन्द्र सुनार, बाबुराम विश्वकर्मा, कमल बि सि लगायत ले भर पुर मनोरन्जन दिदै हल मा आसिन अतिथी तथा उपस्थित सबै लाई नचाउनु भएको थियो तेसैगरी चर्चित हास्य कलाकार सुरज बि सि ले सबै लाई हसाउनु भएको थियो ।
समाज ले कलाकार लाई मात्र नभै समाज लाई बिभिन्न क्षेत्र बाट सहयोग पुराउनु हुने समाज सेवी हरुलाई पनि सम्मान गरेको छ , भिम विश्वकर्मा ,अजय बि सि, बिकी विश्वकर्मा, चन्द्र विश्वकर्मा, मान सिङ लोहनी लगायत लाई सम्मान गरेको छ । विश्वकर्मा सास्कृतिक परिवार ले अब चाडैनै ब्रिहत सास्कृतिक कार्यक्रम को आयोजना गर्ने सास्कृतिक बिभाग सम्योजक तथा सास्कृतिक परिवार सम्योजक ले बताउनु भएको छ।

मिस बिश्वकर्मा २०१६को उपाधि चेतकुमारीले चुमिन

विभेद बिरुद्ध अभियान, असोज ३- पहिलो पल्ट राजधानीमा मिस बिश्वकर्मा २०१६ सम्पन्न भएको छ । जसको उपाधी चेतकुमारी बिश्वकर्माले चुम्न सफल भएकी छन् ।सो प्रतियोगीतामा फस्ट रनेर अपको उपाधी भावाना लामगादे र सेकेन्ड रनर अपको उपाधी सुजान साह शंकरले हात पार्न सफल भएकि छिन । क्रियटिभ इनसाइट मिडिया प्रालिको आयोजनामा परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल मन्त्र सहित मिस बिस्वकर्मा २०१६ राजधानी स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
वन तथा भू संरक्षण मन्त्रि श्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका निर्णायकहरुमा गायक सिताराम पोखरेल, नायक रमेश उप्रेती सञ्चारकर्मी तथा मोडल सरोज केसी, सञ्चारकर्मी गीता अधिकारी र डा. आयुषमान घिमिरे रहेका थिए भने प्रमुख निर्णयकमा माननीय मिन विश्वकर्मा थिए ।
उधोगपति अनिल गजमेर, रश्मिला श्रेष्ठ, प्रकाश श्रेष्ठ, नायिका रुपा राना, नायिका सिर्जना बस्नेत, निर्माता राम थापा, दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा, शिब शर्मा, धिरज राइ, सरस्वति शाह, मनोज थापा, सागर श्रेष्ठ, उद्दब तमाङ, सिता कुवर, हेमलता राना, सिम्रन पौडेल, रेनु शर्मा, रबिना शाह ठकुरी, अन्जना मगर, बासुदेब खनाल, सन्दिप महत, महादेव त्रिपाठी, ध्रुब बिस्को, भरत समारीलगायत , नेपाल शसस्त्र पहरी वलका पूर्व डिएसपी गोपालप्रसाद विश्वकर्मा, औद्योगिक शान्ति नेपालका प्रमुख सन्दिप महत लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल नारा सहित युवा पिढिबाट नै सकारात्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने कार्यक्रमको मुख्य सोच रहेको कार्यक्रमका संयोजक राज बराइलीले बताए । उनले तथाकथित पुरातन सोच विरुद्ध जातियता पहिचानको लागि मिस बिश्वकर्माको आयोजना गरेको बताए   ।-उद्धव तमाङको सहयोगमा

२० हजार धरौटी तिर्न नसक्दा ६ वर्षीय बालक जेलमा

विभेद बिरुद्ध अभियान, ३ असोज- काठमाडौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।
नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती वताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएका आजको अन्नपूर्णमा समाचार छ । लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागकेको मानव बेचविखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।
आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ । बालबालिकालाइृे जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रकमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन ।

Saturday, September 17, 2016

दलित भएकै कारण सार्वजनिक रुपमै महिला माथी कुटपिट

बसन्त परियार , तुलसीपुर २- असोज-विभेद विरुद्ध अभियान  / दाङमा फेरि एक जना दलित महिलामाथि कुटपिट भएको छ । तुलसीपुर नगरपालिका वडा नम्बर १९ जस्पुर निवासी ६५ बर्षीया मोती परियारले आफुमाथि सार्वजनिक रुपमै कुटपिट भएको गुनासो गरेकी छन् ।भदौ ३० गतेका दिन तुलसीपुर नगरपालिका वडा नम्बर २० नवलपुरमा लागेको सुवाकोटी मेलामा नेपालगञ्ज निवासी अनिता भण्डारी लामाले आफुलाई अनाहकका कुटपिट गरेको परियारले बताएकी हुन । उक्त दिन भण्डारीको कुलपूजा थियो । र त्यो पूजापनि सार्वजनिक रुपमा आयोजना गरिन्छ । नवरपुरमा सुवाकोटी पूजाको दिनमा मेला पनि लाग्ने गर्छ ।
सुवाकोटी पूजामा धामिलाई हात (भाग्य जान्न) देखाउन प्रचलन पनि छ । परियार धामि संग हात देखाउन गएको आरोपमा उनीमाथि भण्डारीकी छोरी लामाले हातपात गरेको परियारको आरोप छ । परियारपनि अरु जस्तै लाईनमा बसेर हात हेराएकी थिइन । तर हात हेरेपछि स्वएंम धामिले नै कोही दलित हात हेराउन आएको छ कि ? भन्ने प्रश्न गरेछन् ।त्यतिकैमा धामिले सबैलाई हात हेराउने स्थान अर्थात देवताको थानवाट बाहिर जान आग्रह गरेछन् । सबै थानवाटवाट बाहिरिए । बाहिर निस्किएपछि भण्डारीकी छोरी लामाले परियारमाथि कुटपिट गरेको परियारको आरोप छ । परियार स्थानीय भएकोले उनलाई आसपासका स्थानीयअरुले पनि चिन्दथे ।
परियारले भनिन् ‘ उस्को चस्मा टाउकोमा थियो मोटी ज्यानकी थिई, एक्कासी मेरो घाँटी समातेर गालामा हिकाई ।’ लामाको आक्रमणवाट आफ्नो एउटा कानको सुनको टप समेत हराएको परियारको आरोप छ । लामाको आक्रमणवाट परियारको आँखा र घाँटीमा निलडाम शनिवार सम्म स्पष्ट देखिन्थ्यो ।
प्रहरीले घटनावारे बुझ्यो
यसैविच प्रहरी चौकी जसपुरले परियारको जाहेरीपछि लामाका माईती भण्डारी खलकलाई भेटेर घटनावारे जानकारी लिएको छ । चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक नयाराम कार्कीका अनुसार आरोपीत लामाले टेलिफोनमा आफु सोमबार दाङ आउने वचन दिएको बताए ।
यसैविच तुलसीपु नगर स्तरीय दलित समन्वय समितिले घटनाको भ्रत्सना गरेको छ । नगर संयोजक करण परियार र महासचिब बसन्त परियारले शनिवार एक विज्ञप्ति प्रकासित गरि दलित भएकै कारण सार्वजनिक रुपमै कुटपिट हुनु निन्दनिय घटना भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा घटनावारे सत्यतथ्य छानविन गरि दोषि उपर कारवाहीको माग गरिएको तुल्सीपुर अन्लाइनमा खवर छ ।

गीतसङ्गीत क्षेत्रमा जम्दै गायक डम्बर बिक

विभेद बिरुद्ध अभियान - काठमाडौ , असोज २ – सानैदेखी गायनमा रूची भएका एव कैलालीमा गाउ अनी स्कूलले आयोजना गरेका सांगीतिक प्रतियोगितामा प्रथम भएका गायक डम्बर बिक त्यस पछि नेपाल र भारतका बिभिन्न ठाउमा प्रस्तुति दिन पुगे । आफ्नो रुचिलाई सार्थक तुल्याउन केहि बर्ष देखि डम्बर काठमाडौंमा बसेर सांगीतित्र यात्रामा दौडिरहेका छन् । कैलाली जन्मथलो भएका गायक डम्बर बिक नेपाली गीतसङ्गीतमा नयाँ नाम हो ।
अथक मिहिनेत र प्रयासले सङ्गीत साधानाबाट खारिएका गायक डम्बर बिक काठमाण्डौ आरआर क्याम्पस बाट म्युजिकमा बि ए पास गरे संगै गीतसङ्गीतमा स्थापित हुनुमा निरन्तर उत्कृष्ट प्रस्तुति दिन लागि रहेका छन । बुबा झंकर बिक आमा धनसरा बिकका सुपुत्र गायक डम्बर केहि बर्ष देखि गीतसङ्गीतमा साधनारत छन् । उनले यहाँ सम्म आइपुग्दा संघर्ष नामको नेपाली गीति एल्बम पस्किसकेका छन् ।भारतीय गायीका संजीवनीको आवाज सहितको संघर्षको तिम्रो नजिक बन्दिन बोलको गीतले डम्बर गायक/संगीतकार भनेर सर्वत्र चिनिएका छन ।गित अति नै चर्चित बनेपछि केहि समय अघि मात्र यसको भिडियो समेत सार्वजनिक भएको छ ।शंकर बिक संगमको शब्दमा शिव परियारले स्वर दिएको सफलता नामक गीति एल्बममा संगीत भरि रहेका गायक/संगीतकार बिकले डा़ जनकराज शाहको शब्द र दिपक शर्माको संगीतमा केहि गितमा स्वरमा पनि दिइरहेका छन ।
पाश्र्व गायन, गीति लेखन र सङ्गीतमा अभ्यस्त मिलनसार र सहयोगी नेपाली साङ्गीतिक आकाशको चम्किलो तारा गायक/संगीतकार बिकले तिम्रो नजिक बन्दिन बोलको भिडियो सार्वजनिकको बेला हाम्रो संचार डटकम संग बोल्दै भने – म सानैदेखी गीतसंगीत भनेपछि हुरुक्कै हुने मान्छे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सधै भाग लिइरहने । अग्रज गायकहरुको गीत विद्यालयमा गाउथेँ । सबैले राम्रो छ भनेर तारिफ गर्थे । पुरस्कृत भएर घर आउथेँ ।परिवार सबै खुसी हुन्थे । त्यसले मलाई थप उर्जा दिलायो । सगीतलाई नै निरन्तरता दिइरहेँ । स्कुलमा गीत गाउँदा सबैले चाख मानेर मेरा गीत सुन्थे । मैले हरेक कार्यक्रममा गीत गाउनै पर्ने हुन्थ्यो । साथीहरुले डम्बरलाई गीत गाउन लगाउनु भनेर अनुरोध गर्थे । आज वहाहरुको अनुरोधलाई आत्मसाथ गर्दै अथक मिहिनेत र प्रयासले सङ्गीत साधानामा हिडिरहेको छु । तपाईहरुको साथ, माया र सुबेक्छा पाईरहु ।

Thursday, September 15, 2016

अनाथ बालबालिकालाई फेसबुक ग्रुपबाट सहयोग गर्दै ‘प्रिन्स सुनार प्रिन्सेस सुनारनी’

३१ भदौ -विभेद बिरुद अभियान – आजकल फेसबुक चलाउने प्राय युवा ‘च्याट’ गरेरै समय बिताउँछन् । अधिकांश युवा ‘च्याट’ मा समय खेर फालिरहँदा केहीले भने ग्रुप बनाएर सामाजिक काम गरिरहेका छन् । फेसबुक ग्रुप मार्फत सदस्यबाट आर्थिक संकलन गरेर समाज सेवा गर्ने मध्येमा पर्छ ‘प्रिन्स सुनार प्रिन्सेस सुनारनी’ ।यो ग्रुपले सदस्यहरुलाई आर्थिक सहयोगको आह्वान गरेर अनाथ बालबालिकालाई सहयोग गरेको छ । गोरखा र स्याङ्जामा सहयोग गरिसकेको यो समूहले शुक्रबार बागलुङमा सहयोग गर्दै छ । बुटवलका अमित रसाइली, नवलपरासीकी रजनी रामदाम र रामेछापका जीवन घतानी यो ग्रुपका एडमिन हुन् । ग्रुपमा ९ हजार सदस्य कटिसकेका छन् ।
ग्रुपका सदस्यको एक समूहले बुधबार गोरखाको पालुङटार पुगेर भूकम्पपीडित बालबालिकाहरुलाई कलम, कापी, झोला र आर्थिक सहयोग गरेको छ । बाल दिवसको दिन समूहले पालुङटार नगरपालिकाको बाह्रपिर्केमा कार्यक्रमको आयोजना गरी ७ विद्यालयका ५२ जना दलित विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो ।ती ७ विद्यालयलाई खेलकुद सामग्री पनि समूहले हस्तान्तरण ग¥यो । कार्यक्रममा पालुङटार नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रामचन्द्र मरहठ्ठा, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बद्रि पौडेल, दलित एकता सञ्जाल गोरखाका अध्यक्ष किसन गान्धारी, कास्कीकी सचिव कमला गहतराजले सहयोग हस्तान्तरण गरे । फेसबुकबाटै अनाथ एवं दलित बालबालिकालाई सहयोग गर्ने योजना बनेको हो ।
एडमिनद्वय रजनी रामदाम र जीवन घतानी सहित समूहमा ८ जना सहभागी छन् । उनीहरु सामाजिक कामकै लागि पहिलोपटक भेट भएका हुन् । उक्त समूहले बिहीबार स्याङ्जाको तीनदोबाटे पुगेर २० जना विद्यार्थीलाई झोला र स्टेसनरीका सामान वितरण गरेको छ । समूहले शुक्रबार बागलुङमा २० जना विद्यार्थीलाई उक्त सामग्री वितरण गर्दै छ ।ग्रुपका एडमिन जीवन घतानीले युवाले सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका बेला दलित युवालाई संगठित गर्न ग्रुप बनाएको बताए । उनले ग्रुपका सदस्यले खाजा खर्च कटाएर आर्थिक संकलन गरेको जानकारी दिए ।
अर्की एडमिन रजनी रामदामले दलित बालबालिकाको शिक्षाका लागि देशैभर अभियान सञ्चालन गर्ने ग्रुपको लक्ष्य रहेको बताइन् । ग्रुपको अभियानलाई देशविदेशमा रहेका ३३–३४ जनाले आर्थिक सहयोग गरेका छन् । पहिलो चरणमा संकलन भएको १ लाख ७५ हजार रुपैयाँबाट सहयोग हस्तान्तरण गरेको रजनीले जानकारी दिइन् ।ग्रुपको अभियानलाई ८ वर्षका दुई बालबालिकाले पनि सहयोग गरेका छन् । अभियानलाई स्थानीय तहमा सम्बन्धित जिल्लाको दलित एकता सञ्जालले सहयोग गरेको छ ।

कतारमा अन्तराष्ट्रिय नेपाली दलित शक्तिको घोषणा तथा सन्देश सभा भब्यताका साथ सम्पन्न

क्षितिज किरण गैरे ,दोहा,३१ भदौ -विभेद बिरुद अभियान -“जातिय छुवाछुतको अन्त्य गरौ ,समानता मुलक समावेशी समाजको निमार्ण गरौ” भन्ने मुल नाराका साथ  सम्पुर्ण दलितहरुलाई एकताको मालामा बाधेर जातिय छुवाछुत मुक्त गर्ने पहलमा प्रवासबाटै आवाज उठाउने उदेश्यका साथ स्थपित अन्तराष्ट्रिय नेपाली समाजको भातृ संगठन अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार को “घोषणा तथा सन्देश सभा” मुस्लिम धर्मालम्बीहरुको पबित्र पर्व ईदको दोस्रो दिन कतारको दोहा स्थित नलनक्यान होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमका संगै भब्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपालबाट आउनु भएकी दलित आन्दोलनकी हस्ती नया शक्ति नेपाल सचिवालय सदस्य तथा दलित बिभाग संयोजक  शुशिला श्रीपाली, नया शक्ति नेपाल केन्द्रिय सदस्य तथा जनजाति नेतृ रिता गुरुङ, अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार बरिष्ट सल्लाहाकार दुर्गा सुनार,जनसम्पर्क समिति कतारका महामन्त्रि  मो. अजिजमिया,नेपाली एकता समाज कतारका धन बहादुर परियार,तम लोपा कतारका अध्यक्ष हुसेन खान,अन्ताराष्ट्रिय नेपाली समाज कतारका संयोजक बिबि रोषन खराल ,उपसंयोजक लाल भट्ट, प्रवत्ता धुर्व क्षेत्रि, नेपाली प्रवासी मन्च कतार का अध्यक्ष गणेश बाबु ,जन प्रगतिशिल मोर्चाका महा सचिब राम कुवर,पत्रकार महासंघ साखा कतारका अध्यक्ष गणेस बन्जाडे,समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई ,दलित एकता सन्जाल कतारका अध्यक्ष श्याम नेपाली ,परियार मित्रता समाजका केन्द्रिय अध्यक्ष सुमन नेपाली,नेपाली एकता समाज महिला बिभाग सचिब सन्जु सुन्दास,रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बसन्त थापा,प्युठान सेवा समाज कतारका उपाध्यक्ष बलदेव राना ,समाज सेवी मो. मुत्तदा ,लगायत  कतारमा रहेका बिभिन्न संघ सस्था का प्रतिनिधि तथा दलित अगवा, बुद्दिजिबी का साथै नौमति पन्चेबाजा सहित अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका कलाकारहरुको उक्त कार्यक्रमा उपस्तिथी रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतारका संयोजक कृष्ण परियारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रको शुरुवातमा नेपालबाट निमन्त्रणा गरिएका प्रमुख अतिथि र बिशेष अतिथिलाई धुमधामका साथ पन्चेबाजा बजायर स्वागत गरिएको थियो त्यस लगक्तै कतारमा रहेका बिभिन्न संगठनबाट आमन्त्रित अतिथिहरुलाई  स्वागत अतिथि आसन ग्रहण गरी राष्ट्रिय गान गाईएको थियो संगै दिप प्रजवलन गरी बिर सहिद हरु प्रति मौन धारण गरीएको थियो, लगत्तै ब्यानर अनावरण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो,कार्यक्रममा स्वागत मन्तब्य  संगठनका उपसंयोजक सोम परियारले दिनु भएको थियो ।कार्यक्रमको सन्चालन देव परियार तथा अनिल परियारले गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रम अन्तराष्ट्रिय सास्कृसतकि परिवार कताकार संयोजक क्षितिज किरण गैरे ज्यु ले सन्चालन गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ साखा कतारका अध्यक्ष गणेस बन्जाडे,दलित एकात सन्जाल कतारका अध्यक्ष श्याम नेपाली, नेपाली प्रवासी मन्च कतार का अध्यक्ष गणेश बाबु, अन्तराष्ट्रिय नेपाली समाज कतारका संयोजक बिबि रोषन खराल ,समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई , जनसम्पर्क समिति कतारका महामन्त्रि  मो. अजिजमिया, एकता समाज महिला बिभाग सचिब सन्जु सुन्दास लगायत आदिले आफ्नो मन्तब्य राखेका थिए ,साथै कार्यक्रमको बिचबिचमा नौ मति पन्चेबाजा र अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका कलाकार हरु द्वारा सांिगतिक प्रतुतिहरु पस्केका थिए । साथै कार्यक्रममा संगठनमा महत्वपुर्ण योगदान गरेका संगठनका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो 
कार्यक्रममा बिशेस अतिथि जनजाति नेतृ रिता गुरुङले अब दलितहरुले समाजमा रहेको जुन किसिमको छुवाछुत को कलंक भोगीरहनु परेको छ अब त्यसको अन्त्य हुनुपर्छ त्यसमा जनजातिहरुले पनि यस अभियानलाई साथ दिने मन्तब्य दिनुुभएको थियो   त्यसै गरी महिला ,दलित र जनजाती लगायत पिछडियको बर्गको हक र अधिकारको निम्ति सधै लडीरहने बताउनु भएको थियो ।

“घोषणा तथा सन्देश सभा” मा नेपालकबाट आउनु भएकी प्रमुख अतिथी सुशिला श्रीपाली ज्यु ले मुस्लीम धर्मालम्बीहरुको पबित्र पर्वको शुभ अवसरमा सम्पुर्णमा दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना दिदै सदियौ देखी दलितहरुले भोग्दै आयको जातिय छुवाछुत भेदभावको पिडा र छुवाछुतको मुक्तीको लागी संगठनले तयार पारेकोे  भिजन बारे प्रष्ट पार्नु भएको थियो ,साथै दलितहरुले अन्जुली थापेर पानी खानु पर्ने बिभेदको अन्तकोलागी अब सबै दलितहरु उठ्नु पर्ने ,छुवाछुतको अन्त्यकोलागी अर्जुन दृष्टी अनुुुसार अघिबढ्नु पर्ने बताउनु भएको थियो त्यसैगरी नयाँ शक्ति नेपालले दलितका हक र अधिकारका बिषयमा समावेश गरेका सबै कुराहरु प्रष्टाउनु भएको थियो ,संगसंगै नया शक्ति नेपालले तयार पारेको आगामी योजना तथा भिजन बारे पनि जानकारी गराउनु भएको थियो । लगत्तै प्रवासबाट अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार संगठन निम्न कार्यसमिति सहित घोषणा भएको जानकारी गराउनुभ भएको थियो ।कृष्ण परियार काे संयाेजक कार्यक्रम समिति चयन भयकाे छ जुन निम्न अनुसार रहेको छ ।
संरक्षक  – बिजय सुन्दास
सल्लाहकारहरु – दुर्गा सुनार
           देब परियार   
           रमेश सिंह खाती          
           क्षितिज किरण गैरे               
           लक्ष्मण नहवाग पाण्डे                
           हिमालराज बिश्वकर्मा                
           बिष्णु बिक
 संयोजक     – कृष्ण परियार
 उप संयोजक – सोम सुनाम    
  सचिव   –  भुवन बर्दैवा    
 कोषाध्यक्ष  – सुवास सुन्दास   
 सह–कोषाध्यक्ष – अनिल परियार   
 सदस्यहरु ः  – बिक्रम परियार         
          – धनबहादुर रुचाल  
         – राजु परियार   
         –  मनिलाल बिक            
          – रमेश परियार     
         – उमेश परियार    
          –बिशाल रनपाल    
           यम बहादुर परियार
कार्यक्रमको अन्तिममा अन्तराष्ट्रिय नेपाली दलित शक्तिकतारका संयोजक  एवम सो घोषणा तथा सन्देश सभाका सभापति श्री कृष्ण परियार ले अब प्रवासबाट पनि पनि अब दलित मुक्तिको भिजनलाई अगाडी बढायर सिंगो दलितहरुको हक र अधिकार प्राप्तीको लागी लागी पर्ने बताउनु भएको थियो त्यसै गरी आफ्नो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु भएका कलाकार ,बिभिन्न संघ सस्थाका  प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा हृदय देखी धन्यबाद आवार प्रकट गर्दै  दिदै कार्यक्रम समापन गर्नु भयको थियो  । 
यसै गरी सोही “घोषणा तथा सन्देश सभा” मा तिलिचन सदाको नेतृत्व सहित मधेशि समुहको सिंगो टिम नया शक्ति पार्टी÷अन्तराष्ट्रिय नेपाली दलित शक्तिमा प्रवेश गरेको छ जुन प्रवेशिहरुको नामवली यस प्रकार रहेको छ ।
१.गोबिन्द राम –अध्यक्ष
२.अरुन सदा –सचिब
३.राम कुमार –सदस्य
४.कुल देब सदा
५.सिताराम सदा
६.झुलल ठाकुर
७.सरेन सदा
८. प्रमोद सदा
९.गन सदा
१०. लुरी सदा 
त्यसैगरी अन्तराष्ट्रिय नेपाली दलित शक्तिकतारमा (नया शक्तिँ)प्रवेशिहरु
११.रबिन सिल्वाल  
१२. नर बहादुर राना 
१३. जम्बु राई
१४.कुशल श्रेष्ठ
१५.दान ब. मगर
१६ कुमार श्रेष्ठ