विभेद बिरुद्ध अभियान, असोज ३- पहिलो पल्ट राजधानीमा मिस बिश्वकर्मा २०१६ सम्पन्न भएको छ । जसको उपाधी चेतकुमारी बिश्वकर्माले चुम्न सफल भएकी छन् ।सो प्रतियोगीतामा फस्ट रनेर अपको उपाधी भावाना लामगादे र सेकेन्ड रनर अपको उपाधी सुजान साह शंकरले हात पार्न सफल भएकि छिन । क्रियटिभ इनसाइट मिडिया प्रालिको आयोजनामा परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल मन्त्र सहित मिस बिस्वकर्मा २०१६ राजधानी स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
वन तथा भू संरक्षण मन्त्रि श्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका निर्णायकहरुमा गायक सिताराम पोखरेल, नायक रमेश उप्रेती सञ्चारकर्मी तथा मोडल सरोज केसी, सञ्चारकर्मी गीता अधिकारी र डा. आयुषमान घिमिरे रहेका थिए भने प्रमुख निर्णयकमा माननीय मिन विश्वकर्मा थिए ।
उधोगपति अनिल गजमेर, रश्मिला श्रेष्ठ, प्रकाश श्रेष्ठ, नायिका रुपा राना, नायिका सिर्जना बस्नेत, निर्माता राम थापा, दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा, शिब शर्मा, धिरज राइ, सरस्वति शाह, मनोज थापा, सागर श्रेष्ठ, उद्दब तमाङ, सिता कुवर, हेमलता राना, सिम्रन पौडेल, रेनु शर्मा, रबिना शाह ठकुरी, अन्जना मगर, बासुदेब खनाल, सन्दिप महत, महादेव त्रिपाठी, ध्रुब बिस्को, भरत समारीलगायत , नेपाल शसस्त्र पहरी वलका पूर्व डिएसपी गोपालप्रसाद विश्वकर्मा, औद्योगिक शान्ति नेपालका प्रमुख सन्दिप महत लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल नारा सहित युवा पिढिबाट नै सकारात्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने कार्यक्रमको मुख्य सोच रहेको कार्यक्रमका संयोजक राज बराइलीले बताए । उनले तथाकथित पुरातन सोच विरुद्ध जातियता पहिचानको लागि मिस बिश्वकर्माको आयोजना गरेको बताए ।-उद्धव तमाङको सहयोगमा
No comments:
Post a Comment