विभेद बिरुद्ध अभियान-काठमाडौं, कात्तिक ६ । दलित अधिकारकर्मीहरुले छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
दलित महिला संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सहभागी महिलाहरुले समाजमा अझै दलितप्रति गरिने विभेदको अन्त्य नभएको भन्दै कानुनी व्यवस्थाको कडाइका साथ लागू गर्न माग गरेका थिए ।
कार्यक्रममा संघले हालै विभिन्न ५६ ओटा जिल्लामा गरेको अनुगमनमा ९० प्रतिशत अन्तरजातीय विवाह असफल रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
No comments:
Post a Comment