Wednesday, October 5, 2016

बुटवलमा दलित एकता संजालको परिचयत्मक तथा दिपेश सुनार राहत बितरण कार्यक्रम सम्पन्न

विभेद विरुद्ध अभियान -२० असोज बुटवल ,दलित एकता संजाल नेपाल आई सि सि ले रुपन्देही को बुटवलमा दलित एकता संजाल परिचयत्मक तथा दिपेश सुनार राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
दलित एकता संजाल युएइको एकलाख पचास हजार र दलित एकता संजाल नेपाल बहराइनको पचास हजार सहित दुई लाख रुपयाको चेक स्व दिपेस सुनारको आमा भगवती सुनार र श्रीमती तारा सुनारलाई हस्तान्तरण गरेको छ । बरिस्ठ समाज सेवि छबिलाल बिस्वकर्मा अबुधबी शेख प्यालेस बाट आएको १८,२६० रुपया पनि नगद हस्तान्तरण गरिएको छ ।
सम्पर्क सम्योजक शिव कुमारी बिक को अध्यक्षता मा भएको उक्त कार्यक्रम आशा बिस्वकर्माले कुसलता पुर्बक सन्चालन गर्नु भएको थियो ।दलित एकता संजाल नेपाल आइ सि सि का सचिब दधिराम परियार प्रमुख अतिथ्य रहेको सो कार्यक्रम मा विशेष अतिथी मुक्ती समाज केन्द्रिय सल्लाहकार जोगलाल बिस्वकर्मा , अन्टार्टिकामा प्रथम पटक पुग्ने भुवन सिं बिस्वकर्मा ,दलित बर्ग उत्थान का रबि बिस्वकर्मा अतिथी हरुमा नेपाल कमर्सियल आर्टिस्ट ग्रुप का एचबी रम्तेल , युबा दलित नेता सुरेन्द्र बिक,दलित मुक्ती मोर्चा रुपन्देही इन्चार्ज ओम प्रकाश सुनार ,दलित महिला संघ मनु खड्काथोकी ,परियार सेवा समाज रुपन्देहीका लोक बहादुर नेपाली ,सयपत्री बचत तथा ऋण सहकारीका हरि रम्तेल बुद्धराज गोतामे थानेस्वर रसाली लगायत को उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरु सबै बोल्दै संजालले दलित समुदायमा परेको विभिन्न आपत बिपतमा परेका लाई मानबिय सहयोग गर्दै दलित समुदायको मन जित्न सफल भएको र नेपाली दलित आन्दोलोनमा उदाउँदो र आशा लाग्दो संस्था भएको कुरा ब्याक्त गरेका थिए ।
दिपेस सुनार लाई गरेको सहयोग गर्ने संस्था दलित एकता संजाल युएइ र बहराइन लाई सबैले धन्यबाद दिए ।प्रमुख अतिथी दलित एकता संजाल नेपाल आइ सि सि सचिब दधिराम परियार ज्यु ले संजाल को लक्ष्य उद्देस्य र भाबी कार्यक्रम को बारेमा प्रकाश पार्दै जातिय विभेदको बिरुद्द सबै एक भएर अघि बढ्नका लागि संजालको नारा” दलित एकता आजको आबस्यक्ता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीको सहभागिता ” नै उपयुक्त रहेको उल्लेख गर्नु भयो। दलित एकता संजाल नेपाल युएई का अध्यक्ष बिनोद कुमार गोतामे ज्यु ले तयार पार्नु भएको स्व दिपेश सुनारको शब नेपाल पठाउन संजाल युएईले गरेका विभिन्न अबस्थाका झलक र आय ब्याय सहित कार्यपत्र सबैलाइ बाचन गरेर सुनाइएको थियो ।दलित एकता संजाल नेपाल आइ सि सि महासचिव खिर बहादुर परियार र दलित एकता संजाल बहराइनका अध्यक्ष पदम बिस्वकर्माको शुभकामना पत्र पढेर सुनाइएको थियो ।
उक्त  कार्यक्रमको बिच रुपन्देहीका विभिन्न दलित समुदायका प्रतिभा श्रस्टा हरुलाइ आउदा दिनमा अझ प्रगतीको लागि  हौसला बढाउन सम्मान गरिएको थियो ।अन्टार्टिकामा प्रथम पटक पुग्ने नेपाली भुवन बिस्वकर्मा , एम बि बिएस डा. मनिश बिस्वकर्मा, आर्केटिक इन्जिनियर जीवन रम्तेल ,रास्ट्रीय खेलाडी बिपना परियार सबैलाई प्रशंसा पत्र प्रदान गर्दै  खेलाडी बिपना परियारलाई थप रु – ५००० पुरस्कार  प्रदान गरिएको थियो । समाज सेवि  छबिलाल बिस्वकर्मा धन बहादुर सुनार र चुडामणि बिक लाई स्व  दिपेश सुनारको  शब नेपाल पठाउन उल्लेख्य भुमिका खेलेको हुदा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो।त्यसै गरि दलित एकता संजाल युएइ र दलित एकता संजाल बहराइन लाई पनि प्रसंसा पत्र द्वारा सम्मान गरेको छ ।
अन्तयमा कार्यक्रम सम्पर्क संयोजक शिव बिस्वकर्माले  रुपन्देहीमा दलित एकता संजाल नेपाल को पहिलो कार्यक्रम भए पनि उत्साह सहित सबैको उपस्थित रहेको मा खुसी ब्याक्त गर्दै पछिल्लो दिनमा अझै व्यापक गर्न सकिने भन्दै उपस्थित अतिथी हरु  आमा बुबा दाजु भाइ दिदी बहिनी सबै लाई धन्यवाद ज्ञापन गर्दै दलित एकता संजाल नेपाल  रुपन्देही  डि सि सि को नामावली घोषणा गर्नु भएको थियो ।दलित एकता संजाल नेपाल रुपन्देही डि सि सि को नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष – शिवा खडका
प्र,उपा, – कृष्ण सुनार
दि,उपा, बासुदेव बिश्वाकर्मा
तृ,उपा, अमृता कालिराज
सचिब   – बुद्ध राज गोतामे
सह स,  – छबी नेपाली
सदस्य- शुक माया परियार
सदस्य – बिवा गहतराज
सदस्य – पृथ्वी हरिजन
सदस्य – उजेली बिश्वाकर्मा आशा बिक ११ सदस्यीय आज गठन भएको छ भने बाकी दलित समाबेशी र नगरपालिका गाबिस समेटी २५ सदस्यीय बनाइने  दलित एकता संजाल युएईका  अध्यक्ष  बिनोद  गोतामेले  जानकारी दिएको जयल न्युजमा खवर छ 

No comments:

Post a Comment