मङ्सिर ७- विभेद बिरुद्ध अभियान - केहि अघि मेरा एक बिस्वकर्मा थरका मित्रले दमाइ थर कि युवती संग बिहे गरे । बिहेको बिषयलाई लिएर उनलाई आफ्नै समुदायका सयौ मानिसहरुले आफ्नो जातका राम्रा राम्रा केटीहरु हुदा हुदै दमाइ भईस? भनेर तथानाम गाली गरेका रहेछ्न। दलित–दलित अन्तर्जातीय विवाह गरेका हामलाई दलित–गैरदलित अन्तर्जातीय विवाह गरेको जोडीलाई जस्तै धमकाउने , हातखुटा भाच्छु भने , यी कुरा सुन्दा गोपाल जी, ती आफुलाई गैर दलित बाट उत्पीडन भयो ,विभेद भयो , सक्छौ भने गैर दलित लाइ हाम्रो छोरी बिहे गरेर देखाउ भन्दै कुर्लने दलितहरुको सोचाईको स्तर र अनुहार देखेर म आफै लज्जित भए भन्दै मित्रले म संग यसरि वितृष्णा पोखे । यथार्तमा मित्र संग भएको ब्यबहारले त् दलित समाजलाई अन्तरघुलनबाट आफै बन्चित गर्ने दलितहरु एकता त् के गैर दलित संग अन्तरघुलन पनि हुन् नसक्ने मात्र हैन यसरि दलित गैर दलित बीच अन्तरघुलन नहुनु भनेको विभेदको खाडल यथाबत राख्न झन् मदत पुराउने निस्चित् छ । सम्भवत यहि कुराहरु मनन् भएर होला बिगत केही बर्ष देखि सामाजिक संजालमा दलित समुदायको एकताका बहसले राम्रै ठाउँ पाएका छन्। दलित एकता भएँन , दलित एकता बनाउन र दलित समुदायको हक अधिकार स्थापित गर्न , स्वाभिमान जोगाउन यसो गर्नु पर्छ, यसरी दलित समुदायको विकास गर्न सकिन्छ भनेर बहस चलेको चल्यै छ। तर हामी दलितले खोजेको एकता के हो ? दलित समुदायको हक अधिकार स्थापित गर्ने तय तरिका र दलित समुदायको साझा पिडा , हकहित र विकास के हो ? एकता र विकासमा हाम्रो योगदान के हुने? भने कुरोको चुरोमा भने सवैले अनदेखा गरिरहेका छौ ।
सात दशक लामो समयदेखि दलित समुदायले जातीय विभेदको अन्त्य तथा सामाजिक न्यायका लागि आन्दोलन गर्दै आए ,राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएका एकै पिडा, उत्पीडन र उदेशय बोकेर देखिएका संघ, सस्था र समुहहरू धेरै खुलेका छन् जसको उदेश्य हेर्नु भो भने छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माण गर्ने र दलित समुदायलाइ स्वाभिमान पुर्वक बाचन पाउने बनाउन हक अधिकारका लागि पर्ने भन्ने छ । हिजो सम्म सवै दलितहरुको पिडा उत्पीडन समस्या एकै हो र सवै मिल्नुको बिकप्ल छैन भन्दै हामीले अगुवा मानेकाहरुले अहिले सम्म एकता भन्दै पाठ पढाए । आज सयुक्त दलित समुदायबाट आ -आफ्ना समाजमा विभाजन भएर अन्तरघुलन लाइ लतारेर एकता र बिकासको कुरा गरिरहेका छन् ।नेपाली समाजमा आफुहरुले भोगेको विभेद र भेदभावको स्वरुपलाई हेर्ने हो भने यो समस्या सबैको साझा समस्या हो भन्ने नि प्रस्ट छ ।तर धेरै साथिहरु जुन जुन दलित सस्थामा आबद्धता हुनु हुन्छ वहाहरु सिमित यौटा जातिमा गासिएर संकीर्ण सोच पालेका छन् । म फलानो समाज भनेर हिडेका छन् जसले गर्दा अझै पनि आर्थिक सामाजिक राजनीतिक स्तर बाट शोषण र पीडा व्यहोर्न आफु र सम्पूर्ण दलित समुदाय बाध्य भएको छ । दलित समुदाय भनेर एकता हुनु भनेको पहिले दलित हुन र दलित भनेर चिनिन सक्नु पर्छ । यौटा सिमित समुदायमा मात्र नभै उत्पीडन भोगेका ति ६० लाख सबै दलित समुदायको प्यारो बन्न सक्नु पर्छ । तर बिडम्बना दलित समुदाय भित्र अझै सम्म पनि सबैको समान अवसर सहभागिता र भेदभावको खडेरी छ ।
एकातिर, दलित जुटौ , एकता हौ , अन्तरघुलन हौ भन्छौ तर कतिपय कुरामा हामीहरु सबै कुनै न कुनै यस्ता कृयाकलापका आफै दोषी छौँ । उत्पीडित समुदायहरुको एकता नहुदा , साझा अजेण्डा नहुदा समानता, समाजिक न्याय, सहभागिता र भेदभावबाट मुक्तिको समान लक्ष्य र चाहना बोकेका देशमा साठी लाख दलित समुदाय भएर पनि राज्यलाइ दबाब दिने शक्तिको रुपमा स्थापना हुन् सकेको छैन । हामि राज्यबाट युगौ देखि तिरस्कृत र बहिस्कृत भएका हाम्रा मुदाहरू किन एक हुन् सक्दैन ? सात दशकमा बल्ल बल्ल जुटौ एक हौ भन्नेर आत्मबोध हुन् थालेको बेलामा साझा चौतारी बाट समाज बनाउने आचरण किन भए त भन्नेबारे पनि खोज हुनु पर्छ । हैन भने कुनै दिन ओली ले भने झैँ सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो के को लभ पर्नु हिरो एकातिर, हिरोइन अर्कैतिर हुन्छौ । ठीक त्यसै गरि जब गैर दलितले सार्वजनिक ठाउमा डुम , डान्ग्रा भन्दै हामीलाई विभेद गर्छन त्यो बेला हामि दलित एकै पिडा भोग्दै आएका हौ भन्दै रुन्छौ तर जब समाज र राज्य संग कार्यनीति बनाएर लडौ , छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माण गरौ भनेर योजना बनाइन्छ अनि देखा पर्छ राजनीतिक स्वार्थ, आफ्नो समाजको स्वार्थ जसले गर्दा दलित आन्दोलनका मुद्दाहरुमा इमान्दारिताको खडेरी देखिन्छ ।
अर्को तिर उत्पीडनका बाबजुद पनि समाजका केहि बौदिक पढेलेखेका जानेका दलितहरु मिलेर बिभिन्न संघ सस्था बनाएका छन । एक पछी अर्को गरि नयाँ थपिएको दलित संघ सस्थामा लगभग कागजी उही नीति नियम र योजना बनेका छन् । संघ सस्थामा जोडिन पुग्ने जोसुकैले देख्न सक्छ हामिले भोगेर आएको उत्पीडनलाइ आधार मान्ने समता मुलक समाज निर्माणको लागि कार्ययोजना बनाएको र दलित सवै एक हुनु पर्ने योजना र एक्यबद्धताहरु लेखिएका हुन्छन । फलस्वरूप जोडिएको नया सदस्यले पनि जोडिएकै दिन देखि सस्था छिरेर मनुवाद भन्न सिक्ने एव राज्यको नीति निर्माता , गैर दलित र दलित नेतालाई गाली गर्दाको स्वाद लिन थाल्छ । यसैमा गर्व पनि गर्न सिक्छ ।
अहिले सम्मको निचोडलाइ हेर्ने हो भने दलित संघ सस्था बनेपछि त्यसको उपयोग कसरी गर्ने भन्ने सोच हामीमा विकासै भएको छैन । गाउँदेखी शहरसम्म दलितका मुद्धामा जिम्वेवार र जवाफदेही कसरि बन्ने,दलित समस्याबारे सार्थक बहस, छलफल गरी समस्या समाधानका उपयुक्त विधि खोज्न जरुरी ठानिएको छैन। एकताकै कुरा गर्दा हामीले हाम्रो साझा प्राथमिकता नबुझेको प्रष्ट देखिएको छ । सर्वसाधारणलाई एकता भनेको भेट हुने, पिकनिक गर्ने , रमाइलो गर्ने भोज भतेर खाने हो भनेर मात्र प्रतित भएको छ । जब भोज भतेर र पिकनिकमा मान्छे धेरै थरिका जुट्न थाल्छन , अनि अगुवाहरु जाने बुझेकाहरुको पदको लोभ र अहमता बाझिन थालछन् अनि मधेसी दल जस्तै जुटने बेलामा छिन्नभिन्न हुदै समाज स्थापना हुदै गएका छन् । जसको नतिजा विश्वकर्मा समाज , मिजार समाज, परियार समाज, पोडे समाज भन्दै खुलेका छन् । यसरी खुलेका संस्थाहरू दलित समुदायको लागि आवाज उठाउन एकजुट हुने भन्दा पनि एक अर्कामा विभेदहरु कायमै राख्न स्थापित भएको जस्तो प्रतित हुन्छ । किनकि यिनीहरुमा दलित आन्दोलन विघटन हुने तथा कमजोर हुने पिर भन्दा पनि अरुको नेतृत्व नमान्ने र म फलानो समाजको हो .... पहिला आफ्नो घर बनाउ अनि मात्र सोचौला भने मानसिकता हावी भएको छ । हामी आफैंले यसरि किताकाट गरेर सर्वसाधारणलाइ समेत एकता भन्दा समाजमा जोडिन जति प्रोत्साहित गर्यौं त्यसले सम्पूर्ण समुदायको साझा पिडा बुझेर पनि राम्रालाई हैन हाम्रालाई भने झैँ किताकाट हुन् मलजल गरिरहेको छ । हामि फुटेर हैन जुटेर साझा एजेन्डा बनाएर जान सके सम्बोधन गर्न सके मात्र सामाजिक रुपान्तरण, न्याय, समानता र समावेशी राज्य स्थापित हुन सक्छ नत्र राज्य संग लडने दलित शक्ति कम्जोर भइन्छ भनेर यी जाने बुझेकाले चाहिँ सोच्नु पर्छ कि पर्दैन?
हाम्रो वास्तविकता यही एवं यस्तै छ र हामी यही वास्तविकताको धरातलमा उभिएर एकता भएन भनेर उफ्रिरहेका छौं। सायद हामीले खोजेको एकता पनि यस्तै हो कि ? एकोहोरो छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माणका कुरा गरिरहँदा हामीले आफू कति सभ्य छौं, आन्तरिक विभेदलाई निर्मुल पार्न हामि बीच हुन् सक्ने अन्तरघुलनलाई हामीले कसरी उपयोग गरेका छौं भनेर सोचेकै छेनौं। सोच्ने जरूरी नै ठानेका छैनौं, किनकी सबै ठेक्का त गैर दलितहरु को हो।यस्ता अनेकन् उदाहरण भेटिन्छन् तपाइँ हामी उत्पीडित समुदाय वरिपरी। थोत्रा गफ ठोकेर दलित एकताको गफ हाक्ने मित्रहरु हाम्रो वास्तविक चरित्र नै एकता बिरोधि छ , अन्तरघुलन हुन् नचाहने छ । भलै आफ्नो समाजको हक हितको पाटो महत्वपूर्ण होला तर सम्पूर्ण उत्पीडितहरुको मानसिक विकास त्योभन्दा झन् महत्वपूर्ण छ भनेर बुझ्न हामीले अब चै ढिला गर्न हुन्न । हामि सवै राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएको हो भने साझा मुदा र अजेण्डा बनाउ , सबै तह र क्षेत्रबाट छलफल गरौ । समस्याको कारण अन्यत्र खोज्नुभन्दा आफैँलाई प्रश्न गरेर वा सुधारेर समाधान पाउन सजिलो हुन्छ । प्रश्नहरु नसोधी र आत्मालोचना नगरी सुधार सम्भव छैन ।अनि समय मै एक पटक हामि सवैले आफुले आफैलाई एनामा गएर आफ्नो अनुहार हेर्दै आफ्नो मनलाई सोध्नु पर्छ कि 'जब एकै पिडा भएका , युगौ देखि राज्य बाट , राजनीतिक , आर्थिक , सामाजिक रुपमा उत्पीडनको सिकार भएका हामि दलित दलित बिचमा नै विभेद गरछौ भने,अन्तरघुलन हुन् सक्दैनौ भने, एकता हुन् सक्दैनौ भने गैर दलितले हामीलाई किन विभेद गरिरहेका छन भन्दैछौ ?'
हाम्रो वास्तविकता यही एवं यस्तै छ र हामी यही वास्तविकताको धरातलमा उभिएर एकता भएन भनेर उफ्रिरहेका छौं। सायद हामीले खोजेको एकता पनि यस्तै हो कि ? एकोहोरो छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माणका कुरा गरिरहँदा हामीले आफू कति सभ्य छौं, आन्तरिक विभेदलाई निर्मुल पार्न हामि बीच हुन् सक्ने अन्तरघुलनलाई हामीले कसरी उपयोग गरेका छौं भनेर सोचेकै छेनौं। सोच्ने जरूरी नै ठानेका छैनौं, किनकी सबै ठेक्का त गैर दलितहरु को हो।यस्ता अनेकन् उदाहरण भेटिन्छन् तपाइँ हामी उत्पीडित समुदाय वरिपरी। थोत्रा गफ ठोकेर दलित एकताको गफ हाक्ने मित्रहरु हाम्रो वास्तविक चरित्र नै एकता बिरोधि छ , अन्तरघुलन हुन् नचाहने छ । भलै आफ्नो समाजको हक हितको पाटो महत्वपूर्ण होला तर सम्पूर्ण उत्पीडितहरुको मानसिक विकास त्योभन्दा झन् महत्वपूर्ण छ भनेर बुझ्न हामीले अब चै ढिला गर्न हुन्न । हामि सवै राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएको हो भने साझा मुदा र अजेण्डा बनाउ , सबै तह र क्षेत्रबाट छलफल गरौ । समस्याको कारण अन्यत्र खोज्नुभन्दा आफैँलाई प्रश्न गरेर वा सुधारेर समाधान पाउन सजिलो हुन्छ । प्रश्नहरु नसोधी र आत्मालोचना नगरी सुधार सम्भव छैन ।अनि समय मै एक पटक हामि सवैले आफुले आफैलाई एनामा गएर आफ्नो अनुहार हेर्दै आफ्नो मनलाई सोध्नु पर्छ कि 'जब एकै पिडा भएका , युगौ देखि राज्य बाट , राजनीतिक , आर्थिक , सामाजिक रुपमा उत्पीडनको सिकार भएका हामि दलित दलित बिचमा नै विभेद गरछौ भने,अन्तरघुलन हुन् सक्दैनौ भने, एकता हुन् सक्दैनौ भने गैर दलितले हामीलाई किन विभेद गरिरहेका छन भन्दैछौ ?'
मलाई ती दमाइ थर कि युवती संग बिहे गर्ने मित्र झैँ तमाम दलित हकअधिकार र एकताको गफ हाकेर आफुलाई ठुलै बुद्धिजिबि सम्झनेहरुलाई सोध्न मन लागेको छ 'के साच्चै दलितहरुलाई राज्यले अनि गैरदलितहरुले गर्दा नै पछडि परेको हो ? कि तपाईं हाम्रो अपरिवर्तनर्शील , अकाट्य सोचाईको स्तरले ?' राज्यबाट, गैर दलितबाट हामी उत्पिडनमा पर्यौ पनि भन्ने अनि तिनै उत्पिडनमा परिएको भन्ने गरेको हाम्रा आफ्नै समुदाय भित्र एक्ता गर्दै उक्लदै गर्नु पर्ने बेलामा तेरो र मेरो समाज भनि रहदा कसरी अनि कस्ले राज्य सामु आवाज उठाउँन कोरस गर्दिन्छ ? एकै पिडा भोगेको समुदाय हौ भनेर हिजो पछी लाउने अनि आफु नेता बन्ने अनि आज राज्य बाट पाएका सुबिधा दुवै हातले सोरेर आफु र आफ्ना लाइ सम्पन्न पारेर पछी लाग्ने लाइ अब तिमीहरु पनि अलग्गै समाज बनाउ भनेर बाध्य बनाइन्छ भने अन्य समुदायले तपाईं अनि तपाईंको समुदायलाई कुन नजरले हेर्लान ? के भोलि फेरी तपाइको पछी एकता गरौ भन्दै आउलान त् ?
एक पटक चिन्तन गरौ मित्रहरु, हामि हामि बीच विभेद लाइ जिउदो राखेर समतामुलक समाज भन्नु को तुक छैन , फलानो भन्दा फलानो सानो हो भन्ने कुराहरुमा अल्झिएर बल्ल तल्ल जुटेको जागेको नेतृत्व बिकास हुदै गरेको दलित समुदायलाइ हतोत्साहित गर्ने काम कसैले पनि नगरौ , जिम्मेवार बन्न सिकौ। सोच बदलौ । सवै समुदायको अपनत्वको विकासका लागि व्यापक छलफल र वहस गर्दै नयाँ शिराबाट दलित एकता गर्दै दलित शक्तिको रुपमा स्थापित हौ । जब सम्म हामिले सकारात्मक सोचको बिकास गर्न सक्दैनौ तब सम्म दलित समुदाय सुध्रने र अगाडि बढ्ने छैन ।
No comments:
Post a Comment