विभेद बिरुद्ध अभियान, पूस ८ - जातीय बिभेद होस या अन्य कुनै किसिमको बिभेद भए पनि बिभेद गर्ने संस्कार धर्तीको सबैभन्दा बलियो अन्धिविश्वासको लिसो हो । मेरो एउटा लेखले त्यो लिसोको कुनै कुनोलाई उचाल्न सक्दैन भन्ने पनि थाहा छ । तर हजारौ बर्ष देखि राज्य र समाज बाट बिभेद भोगिरहेका,उपेक्षित र जातिय उत्पिडनमा परेका नेपालका दलित समुदाय अर्थात आफु उभिएको धरातलमा हाम्रा समुदायका जान्ने बुझनेहरुले आफु भित्र ज़रा गाडेर पालेको बिभेद देखेर केहि लेखन मन लाग्यो । लेखको सुरुवात केहि उदाहरण बाट गर्न चाहे ।
दुइ दशक अघि बाजुरामा दलित भित्र पनि छुवाछुत हुने गरेको एउटा पीडाको खुलाशा भयो । मार्तडी –८ बस्ने धर्मा नेपालीले मार्तडी ८ बस्ने जय बिक सँग बिबाह गरेकी रहिछन । माइती र श्रीमान पक्ष दुबै दलित भएपनि बिक भनेको ठुलो र नेपाली भनेको सानो थर मान्ने प्रचलनले श्रीमान पक्षकाले घरमा ल्याउन नदिएपछि २१ बर्ष देखी धर्मा नेपाली दुइ सन्तान सहित माइती घर बस्दै आएको खुलाशा गरिन । त्यस्तै केहि बर्ष अघि पर्वत माझफाट ८ का गुमा दर्जी र मीन बहादुर बिक बिच प्रेम सम्बन्ध भई गुमा गर्भवती भईंन । गुमालाइ भित्राउन तयार भएका मीन बहादुरलाइ परिवार ले आफु भन्दा सानो जात भित्राउन लागेको भनेर जाइ लागे पछि मीन बहादुर रातरात भारत गए । पछि गुमाले मीन बहादुर बिकको घरमा कयौ दिन धरना दिएर आगनमै सुत्केरी भईदिन।
यस्तै केहि महीना अघि एक राजनीतिक दलको भातृ सङ्गठनको चुनाबमा दलित दलितको सिङौरी खेलेको देखियो । प्रमुख पदमा एक दलितले अर्को दलितको अस्तित्व नै स्वीकार गर्न चाहेंनन । कार्यबाहक भएर संस्थालाई केहि गति दिएका दमाई थरका लाइ त्यही भित्रको अर्को कामी थरका ले नया कार्यसमिति प्रमुखको उमेदवारीमा अरु उठे छोडिदिने तर दमाई थरका उठे आफु नि उमेदवार दिने भन्दै सिङौरी खेल्दै बुरक बुरक भए । राजनीतिमा सायद यस्तो पनि हुन्छ होला तर लोकलाज पचाएर आफुलाइ गैरदलितको नेतृत्व स्वीकार हुने तर एकै उत्पीडन भोगेर आएका आफ्नै समुदायका हुदै नहुने जून उद्घोष गरे त्यसले भळै आफु लाइ दलित समुदायको मानूँन या नमानून तर यो समाजमा उत्पीडन भोगेको कथित दलितहरुको अज्ञानताको परिचायक जात्रा देखाए ।
यी त एक दुइ ओटा उदाहरण मात्र हो ।यस्ता हजारौ दलित समुदायका उदाहरण छन जसमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफू र आफ्नै जात ठुलो भन्ने संस्कार र स्कुलीङ हुदै आइरहेको छ । जसले गर्दा सामाजिक र राजनितीक रुपमा समता मूलक समाज बनाउ भने हामी कंही कतै नपुगेको र त्यो पूर्णतः फेल भइसकेको अहिले सम्मको हाम्रो बस्तुस्थिति हेर्दा प्रस्ट हुन्छ । आखिरी किन आर्थिक ,सामजिक, राजनितिक , धार्मिक रूपले पछाडि पारिएका तिनै दलितहरु समाजमा आर्थिक ,सामजिक, राजनितिक तहको एक तहमा पुगे पछि पनि किन आफ्ना समुदायका लाइ अभिप्रेरित गर्नु , जोड़नु साटो एक अर्काको खुट्टा तानने र अपाचय हुने जस्तो भाव बुझाउछन ? माथिका यी उदाहरणहरु मैले यहाँ उल्लेख गर्नुको तात्पर्य यी तीन घटना बिच एक पछि अर्को गरेर ठयाकै १० / १० बर्षको फरक छ । समय बदलियो, माध्यम पनि बदलियो तर दलितको मानसिकता किन बदलिएन ? गैर दलितले हामीले छोएको खादैनन भन्ने दलितहरु हाम्रो समाजमा यस्ता पनि छन जो अर्को दलित समुदाय लाइ अछूत मान्दछन र उसले छोएको पानी पनि खादैनन ।माथिल्लो तह भनिएका दलितले तल्लो तहको भनिएको दलितलाइ आफ्नो घर भित्र पस्न नदिने समेत प्रचलन अझै छ। अझ कामीहरुले दमाई , गाइने र सार्कीहरुलाई अछूत मानने ,गाइनेहरु बादी र पोडेहरुलाई अछूत ठान्ने । तराईका तेली , कलवारहर मुसहर र डोमलाई आफु भन्दा तल्लो जातको अछूतको ब्यबहार अहिले सम्म पनि गर्छन । यदाकदा अंतरघुलन भई हाल्यो भने पनि दमाई र कामी बिच बाट जन्मिएको संतानलाइ कडारो, कामी र सार्कीबाट जन्मिएको सन्तानलाई अहिले पनि दलित समुदायमा बिटुला भनेर सम्बोधन गर्ने देखि ब्यबहारिक रुपमा माथिको उदाहरण जस्तै छुवाछुत र बिभेद गर्छन ।यस्ता छुवाछुत र बिभेदका घटना दशक सम्म पनि भोगेर पिल्सिएर आफै पात्र भएर समता मूलक समाजको चाहना राखने दलित समुदायमा पटक पटक र दलित भनिएका जाती बिच नै आफै जातीय बिभेद लाइ जीवंत राखिएको छ । कुनै समाजमा भएको बिक्रिती हटाउन पहिले त्यो बिक्रिती आफु बाट हटाउनु पर्ने हैंन ? फेरी किन जुन जुन चिज को अभ्यास हिजो आफु माथी गैर दलित बाट गरिदै थियो ति सबै चीज़ आज आफुले आफ़नो समुदायमा गर्दैछौ ? यसरी समता मूलक समाज कहिले बन्छ ?
समता मूलक समाज निर्माण गर्ने सामाजिक सोँच समाजमा स्थापित मूल्य मान्यतावाट निर्माण हुन्छ । जब यो सोँचमा दलित र दलित विचमा अन्तरविरोध हुन्छ तब यसलाई मनुवादी सोँच हावी भएको भनिन्छ । एकातिर आज धेरै दलित दलितबादी दृष्टीकोणको विकास भएको र भैरहेको अवस्था छ खुसीको कुरा हो तर जब जुट्छन तब कामी दमाई सार्की भनेर आफ्नो आफ्नो किताकाट हुन्छन् । हिजो दलितहरु भित्र जून बिभेद थियो त्यसैलाइ जीवंत राख्नन आ आफ्नो संस्था खोलेर एक दलितले अर्को दलितलाईं कमतर ठान्ने, एक दलितले अर्को दलितलाईं छुवाछुत गर्ने, एक दलितले अर्को दलितलाईं रँगभेद गर्ने, एक दलितले अर्को दलितको समस्या प्रति समानुभुतिको सट्टा सहानुभुति गर्ने खालको दृष्टिकोण र विचार प्रवृति डरलाग्दो हिसावले अगाडी आईरहेका छन् । दलित वा दलित समुदायको सम्बन्धमा रुपान्तरणको आवश्यकता रहेको बेला यस्ता खालको प्रवृतिले झन झन पछाडि धकेलने निश्चित छ।
६० / ६५ लाखको जनाधार भएर पनि यत्रो ठूलो वर्गीय सम्बन्ध आफ्नो पक्षमा भएर पनि दलित आन्दोलनले सतरि वर्ष सम्म सफलता नपाउनुको कारण के हो भनेर कसैले मलाई सोध्छ भने यही उत्पीडन भोगने बीचको सिंगौरी, तल्लो जाती भनिएका बिच नै भएको जातीय बिभेद ,एक अर्काको अस्तित्व स्वीकार नगर्नु र आफु ठुलो जात हु भन्ने मानसिकता हो भनेर मेरो जवाफ हुनेछ । अझ एउटा उदाहरण सँगै स्पस्ट पॉर्न चाहे , जसरी जुन दलका भए पनि नेताको बोलि बाट जहिले पनि भारतले हेप्यो, भारतले यो गर्यो, त्यो गर्यो भनेर बताउँदै आएका छन । अनन्त यसरी कुनै बाह्य शक्तिलाई दोष दिंदै शक्ति सञ्चय गर्ने र सत्तामा पुग्ने बाटो बनाउने प्रवृत्ति देखाउदै आएका छन । आफु र आफ्नो दलको पटक पटक सरकारको नेतृत्वमा पुगे पनि राष्ट्रको उद्देश्य, अभीष्ट र दीर्घकालीन स्वार्थहरू पहिल्याउने र त्यसै अनुरूप विदेशनीतिका सिद्धान्तहरू निर्धारण गर्ने रास्ट्रीय स्वाभिमानका पद्धतिहरु चै बसाउन चाहि नसक्ने तर आफ्नो स्वार्थका लागि बाह्य शक्तिलाई ‘हाउगुजी’ बनाउँदै जनतालाई दिग्भ्रमित पार्ने जसरी राजनितिक दलहरुले कोशिश गर्ने गरेका छन्। ठीक त्यसै गरी सामंतवादी बर्नब्यबस्था ले समाजलाइ बिभिन्न जातजाति र बर्नमा विभक्त गराएर बिभेद सृजना गराएको एव जातिय संरचना, ठूला र सानो भनेर वर्गिकृत गरेर जातजातिहरु विच बिभेदको जून खाडल बनाएको छ त्यस्तै दलितदलित भित्र नै विभिन्न खाले भेदभाव तथा छुवाछुतले ठुलो खाडल बनेको छ । एकै उत्पीडनको शिकार भएका र मिलेर अघि बढ़ने पर्ने बेलामा अनेकौ संकटबाट गुजि्ररहेको दलितका नेतृत्वले अहिले पनि त्यही गैर दलित बाट यस्तो भयो उस्तो भयो भने ‘हाउगुजी’ बनाउँदै अस्त्र प्रयोग गर्न खोजेको देखिन्छ। फलस्वरूप हरेक दलितले गैर दलित लाई आरोप लाएका छन । गैर दलित बाट दलित हेपिएको भनिएको छ । तर ब्यबहारमा दलित भित्रकै आन्तरिक (दमै, कामी, सार्की,तेली , कलवार, मुसहर र डोम) बीच छुवाछुत कायमै छ त्यसलाई हटाउन सम्म ब्यबहारिक पहल भएको छैन, आफै बिच अंतरघुलन हूँन सकेको उदाहरण अहिले सम्म छैन ।एक जुट नभई, हाम्रो साझा मुदा र सोच नभई यो राज्य र समाजमाँ केहि हुने छैन भन्ने जान्दा जान्दै पनि हामीले आज सम्म त्यो संस्कारलाई बदल्न सकेका छैनौं । दलित समुदाय एक हौ भन्ने बृहत्तर सोंचबाट हामी खुम्चिदै आज आ-आफ्नै समुदायको स्वार्थका बिच बिचित्रको संस्कार अबलम्बन गरिरहेका छौं ।संकुचित सोंचको सानो घेराकै बिचमा बिकास भइरहेको हामीलाई आफ्नो समुदाय यस्तो र उस्तो भनेर तीब्र महत्वाकांक्षी बनि रहेको छौं र त्यसै अनरुप हामी आफैले स-सानो क्षेत्र र समूहको प्रतिनिधित्व गर्दै नेतृत्वमा रहनै पर्ने , आफूलाई सबैले स्वीकार्नै पर्ने र अन्यको अस्तित्व स्वीकार्नै नसक्ने एकोहोरो लेडेंढिपी लाई आफ्नो आदर्श बनाउंदैछौं । दलित समुदायको समृद्धि के गैर दलितले गरेर हुन्छ ? कि हामी आफैँले गर्नुपर्छ ?हामी सबै दलित सबै एक जुट भएर सहकार्य गर्यौं भने कुनै पनि काम असम्भव छैन भनेर गैर दलितलाइ सधै ‘हाउगुजी’बनाउने हाम्रो मानसपटलमा यो बिचार र सोच कहिले आउने होला ?

No comments:
Post a Comment