विभेद बिरुद्ध अभियान -२ फागुन, काठमाडौं । तेज विश्वकर्मा पाँच वर्षका थिए, जब उनले आफ्नो घरमा रहेको लाल्टिनमा तेल हाल्न खोजे । तर, एकाएक लाल्टिन पड्कियो र तेजको शरीरमा आगो सल्कियो ।उनको शरीर ७० प्रतिशत जल्यो । उनको मुख पग्लिएर छातिमा टाँसिन पुग्यो । उनी खान र बोल्न नसक्ने भए । तरल पदार्थ खाएर उनले आफ्नो प्राण धान्न थाले ।तर, पटक-पटकको शल्यक्रियापछि तेज ठीकठाक भएका छन् र उनको अनुहारको तेज फर्केको छ ।
उनी अहिले २१ वर्षको भएका छन् । उनले बिहे पनि गरे र एउटा छोरा पनि जन्माए । श्रीमती र छोरासँग अहिले उनी सुखमय दिन बिताइरहेका छन् ।तेज भन्छन्, ‘त्यतिबेला मैले आफ्नो अन्धकार भविश्य र अनिश्चित जीवनबारे सोचेर कयौं रात काटेँ । तर, शल्यक्रियापछि मेरो जीवनले नयाँ मोड लिएको छ । म अहिले पुनर्जन्म पाएको जस्तो महसुस गरिरहेको छु ।’
तेज र उनको परिवार बस्ने गाउँमा बिजुली पुगेको थिएन त्यतिबेला । उनीहरु मट्टतिेलबाट बल्ने लालटिनमा निर्भर थिए ।
त्यस दिन लालटिन पड्किएपछि उनका बाबुआमा आएर छोराको शरीरमा लागेको आगो निभाए । तर, त्यतिञ्जेल उनको शरीर धेरै जलिसकेको थियो ।
दुर्गम पहाडी गाउँमा बस्ने भएकाले बाबुआमाले उनलाई तुरुन्तै अस्पताल पुर्याउन सकेनन् । तेजको घाउको उपचार गर्न उनीहरु घरेलु जडिबुटीमा भर परे । ‘घाउ चहर्याएर, पोलेर खपिनसक्नु हुन्थ्यो,’ तेज सम्झिन्छन्, ‘हरेक दिन बित्दै जाँदा म मृत्यु नजिक पुग्दै गएको जस्तो लाग्थ्यो ।’केही समयमा घाउ त ठीक भयो तर, तेजको अवस्था दर्दनाक भयो । मुखको तल्लो भाग पग्लिएर छातिमा बिलिन भएकाले उनी डरलाग्दो देखिन्थे । तेज भन्छन्, ‘मानिसहरु मलाई देखेर डराउँथे । त्यो देखेर म विरक्तिन्थेँ । यस्तो बेकारको जीवन के बाँच्नु जस्तो लाग्थ्यो । अन्ततः म घरबाहिर निस्किनै छाडेँ । स्कुल जान छाडेँ । सबैसँग टाढिएर घरभित्र कैद भएर बसेँ ।’
दुर्गम पहाडी गाउँमा बस्ने भएकाले बाबुआमाले उनलाई तुरुन्तै अस्पताल पुर्याउन सकेनन् । तेजको घाउको उपचार गर्न उनीहरु घरेलु जडिबुटीमा भर परे । ‘घाउ चहर्याएर, पोलेर खपिनसक्नु हुन्थ्यो,’ तेज सम्झिन्छन्, ‘हरेक दिन बित्दै जाँदा म मृत्यु नजिक पुग्दै गएको जस्तो लाग्थ्यो ।’केही समयमा घाउ त ठीक भयो तर, तेजको अवस्था दर्दनाक भयो । मुखको तल्लो भाग पग्लिएर छातिमा बिलिन भएकाले उनी डरलाग्दो देखिन्थे । तेज भन्छन्, ‘मानिसहरु मलाई देखेर डराउँथे । त्यो देखेर म विरक्तिन्थेँ । यस्तो बेकारको जीवन के बाँच्नु जस्तो लाग्थ्यो । अन्ततः म घरबाहिर निस्किनै छाडेँ । स्कुल जान छाडेँ । सबैसँग टाढिएर घरभित्र कैद भएर बसेँ ।’
सन् २००६ मा काठमाडौंमा शुष्मा कोइराला ममेमोरियल ट्रस्टले निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन गर्यो । तेजका बाबुआमाले छोरालाई त्यहाँ लिएर गए, त्यहाँ उनीहरुले सर्जन डा. जसवन शाक्यलाई भेटे ।पहिलोपटक तेजलाई देख्दा आफू आत्तिएको बताउँछन् डा. शाक्य । उनले भने, ‘उनी हेर्दै डरलाग्दा थिए । आफ्नो काँधलाई माथि उठाउन सक्दैनथे । घाँटी हल्लाउन सक्दैनथे । उनका दाँतहरु पनि पग्लिएर झरेका थिए । उनको तल्लो अनुहार, घाँटी, छाति र पेटसम्म जलेर खत्तम भएको थियो ।’
डा. शाक्यले तेजलाई तुरुन्तै उपचारका लागि अस्पताल भर्ना गर्न परिवारलाई सुझाव दिएका थिए ।त्यसपछि बाबुआमाले उनलाई अस्पताल पुर्याए । त्यहाँ हप्तौं लगाएर अनेकन परिक्षणहरु गरिए । अन्ततः २००६ को जुलाईमा तेजको पहिलो शल्यक्रिया भयो ।त्यसपश्चात उनका ८ वटा शल्यक्रिया सम्पन्न भइसकेका छन् । यी सबै शल्यक्रिया निःशुल्क भएका थिए । डा. शाक्यले भने, ‘तेज अहिले निकै ठीक भइसकेका छन् । उनी नयाँ मान्छेजस्ता लाग्छन् । अब उनको थप शल्यक्रिया गर्नुपर्ने आवश्यकता छैन ।’
‘उनको शरीरमा घाउका दागहरु छन् जसलाई मेटाउन सकिदैन । तर उनको जीवन पूर्णरुपमा बदलिएको छ । उनलाई त्यतिबेला यत्तिकै छोडिएको भए उनको जीवन बर्बाद हुनेथियो,’ उनले भने ।
तीन वर्ष अगाडि तेज आफ्नै छिमेकमा बस्ने शर्मिला कुमारीसँग हिमचिम बढ्यो । उनीहरु प्रेममा परे । ‘उनलाई मेरो बारेमा धेरै पहिलेदेखि थाहा थियो, तर म उनको नजिक पर्न पनि हिच्किचाउथेँ,’ तेज भन्छन्, ‘शल्यक्रिया भएपछि म घरबाहिर निस्कन थालेँ । उनीसँग नियमित भेट हुन थाल्यो । उनी मप्रति सहानुभूति देखाउँथिन् । म एक दिन ठीक हुनेछु भन्थिन् । बिस्तारै हामीले एक अर्कालाई मन पराउन थाल्यौं ।’तर, तेजको विभत्स अनुहारले गर्दा केटीका परिवारले उनीहरुको सम्वन्धलाई स्वीकार गरेनन् । त्यसैले उनीहरुले २०१५ को नोभेम्बरमा भागेर बिहे गरे । अहिले उनीहरुसँग छोरा कपिल छन्, जो अहिले १० महिनाको भएका छन् ।
उपचारपछि तेजले आफ्नो पढाइलाई पनि निरन्तरता दिए । उनी अहिले स्नातक पढ्दैछन् र भविष्यमा एउटा शिक्षक बन्ने इच्छा राखेका छन् । उनले भने, ‘म डा. जसवनप्रति धेरै आभारी छु जसले मेरो जीवन परिवर्तन गरिदिनुभयो । उहाँ मेरोलागि पितासमान हुनुहुन्छ ।’(डेलीमेलबाट अनुवादित)अनलाइन खबर बाट
No comments:
Post a Comment