विभेद बिरुद्ध अभियान -१२ चैत, सार्वजनिक
ठाउमा कथित दलित
समुदाय माथि हुने
बिभिन्न प्रकारका बिभेदहरु समय
समयमा हामीले सुन्दै
देख्दै भोग्दै आएका छौ
। दलितहरुलाई सार्वजनिक
छेत्रमा विभेद गरिनु उनीहरुलाई
स्रोत , साधनको पहुच बाट
सदैव टाढा राख्नु
, आर्थिक ,सामाजिक, सास्कृतिक हिसाबले अझ पछाडी
धकेल्नु र सर्वदा
शोषण गर्नका लागि
सजिलो बनाइ राखन
एक किसिमका समाजका
ब्यक्तिहरु सधै नेपाली
समाजमा क्रियाशील छन ।
समाजका यी क्रियाशील
परजीवीहरुले कानुन लाइ समेत
चुनौती दिदै अहिले
सम्म पनि सार्वजनिक
बन्देज मात्र हैन दलितमाथि
नाकाबन्दी गरी आक्रमण
समेत गर्दै आएका
छन् । दलितलाइ
सार्वजनिक उपभोगका बस्तु पनि
नाकाबन्दी गरिएको छ । दलितलाइ सार्वजनिक बाटो
, स्कुल , बन, पानी
जस्ता सार्वजनिक स्थलमा
समेत प्रवेश नदिने
र आफुहरुले भनेको
कुनै पनि कुरा
अस्विकार गरेमा कुट्ने पिट्ने
ज्यान मार्ने धम्कि
दिने र नाका
बन्दि गर्ने गर्दै
आइएको छ । सार्वजनिक समारोह, भोज
भतेर, धारापधेरा, मठमन्दीर
आदिमा अझैपनि अमानविय
व्यवहार गरिदैछ ।
नेपाली
समाजमा पानीको बिषयमा झगडा
भएको र गैर
दलितले भनेको नमानेको कारण
हजारौ अमानवीय घटनाहरु
घटेका छन ।
२०५९ सालमा दोलखामा
एउटा घटना भयो
जुन सुन्ने लाइ
समेत प्रहरी प्रसासनको
अकर्मयता देखेर लाज लाग्यो
। भिमेस्वर नपा
११ का कुमार
नेपालीले सार्वजनिक धारामा पानी
खादा उछिटिएर सोहि
ठाउका शिबहरि सुबेदीको
सामानमा पर्यो भनेर धारामा
नै निर्घात कुटे
र एक रात
प्रहरीमा नेपालीलाइ थुनाए ।
प्रहरी पीडक लाइ
कारवाही गर्नु साटो पिडितलाई
नै थुन् अग्रसर
भयो । केहि
बर्ष अघि मात्र
सिन्धुली जिल्लाको कुसेस्वर
दुम्जा गाबिसमा छेत्री बाहुनले
पानि खाने कुवामा
तल्लो जातिको किन
पानी लिन गयौ
भन्दै दिपक कोइरालाको
नेतृत्वमा बिष्णु पुर्कोटिलाइ ५०
हजार जरिवाना तिराउने
भनियो तर प्रशाशनले
यहि कुरा लिएर
निबेदन दिदा पीडकलाई
कुनै कारवाही गरेंन
। सार्वजनिक स्थलको
पानी छोएको निहुँमा केहि
अघि खोटाङ खाल्ले–६ का
२७ वर्षीया लक्ष्मी
परियारमाथि कुटपिट भयो तर
पीडकलाई कुनै कारवाही
भएँन ।
फूलबरीया
७ हाल मिर्चैया
नगरपालिकास्थित सार्वजनिक इनारको पानी
छोएको भन्दै लाल
यादवले कवितादेवी सदायलाई निर्घात
कुटपिट गरे ।
सुकुम्बासी परिवारकि कवितादेवीले १०
हजार ऋण उपचार
गर्नु पर्यो तर
न्याय पाइनन् ।
गत बर्ष वर्षौंदेखि
खानेपानीमा छुवाछुत भोग्दै आएका
घर नजिकै इनार
भएर पनि पानी
निकालेर खान नपाएको
थाहा पाएपछि ‘साझा
सवाल’ टेलिभिजन
कार्यक्रमको छायांकनको क्रममा नेपाली
चलचित्रका अभिनेता राजेश हमालसँग
इनारबाट पानी निकाल्न
दलित समुदायका दीपक
मरिकलाइ लिएर इनारसम्म
गए। तर, मलिकले
इनारबाट पानी निकाल्न
लाग्दा गाउँभरका महिला–पुरुषले
इनारलाई घेरा हालेर
मलिकलाई रोके ।
स्थानीयको आक्रोशका अगाडि हमालको
केही जोर चलेन
।न्यायको त् कुरा
छोडौ, पछी यहि
बिषयलाइ लिएर दीपक
मरिकले धेरै सास्ती
भोगे । मरिकको
समस्या पिडा अझै
ज्युका त्यु छ
। देशकै राजधानी
काठमाडौं जिल्लाको बुढानिलकण्ठ नजिकै
चुरिखेल् गाउ स्थित्
सार्वजनिक धारामा पानी छोएकै
निहुमा केहि महिना
अघि स्थानीय डम्बर
बहादुर परियारको परिवारलाई आफुहरूलाई
कथित उच्च जाती
हौ भन्ने ५०
/ ६० जना स्थानीय
नेवार समुदायको जत्थाले
घरमै गई आक्रमण
गरी अमानबिय र
असभ्य तरिकाले गरीको
कुटपिट गरे तर
न्याय के कति
पाए सवैको सामु
छर्लंग छ ।
अहिले पनि सार्वजनिक
धारमा पानी लिदा
पिडा धेरैले अनाहकमा कुटिनु परेको
छ, धेरैको गाग्री
कुचिएका छन् ।
धेरैको हात खुटा
भाचिएको छ र
धेरै लाइ बस्ति
छाडेर जान उर्दी
गरिएको छ ।
त्यसतै
गरि, गैर दलितले
भनेको नमानेको कारण
०५७ साल साउन
१३ गते सप्तरी
हरिपुर गाबिस २ मटिगढीका चमार समुदायले
मरेको भैसी नफालेको
भन्दै तत्कालिन गाविस
अध्य्क्ष समेत रहेका
बद्रि नारायण चौधरीको
अगुवाइमा चमार जातिलाई
आर्थिक , सामाजिक ,धार्मिक नाकाबन्दी
गरियो । सोहि
साल सप्तरीको कोचाबखारीमा
चमार समुदायले सिनो
फाल्न छाडेको रिसमा
चमार बस्तीमा मरेको
गाइ लगेर फालियो ।अझ
रोचक कुरा त
के छ भने
चमार जातिमाथि नाकाबन्दी
र बहिष्कार गरिएका
घटनामा न्याय त् परै
जावोस घटनाको बारेमा
प्रहरी प्रशासनमा छलफल चल्ने
क्रममा चमार जातिले
आफ्नो पेशा छाडेको
भनेर गैर दलित
बाट केहि चमार निर्घात
कुटिए तर प्रशाशन
रमिते भएर बस्यो ।गत
बर्ष मात्र रौतहटको
ब्रह्मस्थान भगवती मन्दिरमा स्थानीय
उमेश रामको विवाहपछि
दलितहरुले पुजा गर्न
जाँदा कथित उपल्लो
जातका व्यक्तिहरुले मन्दिर
प्रवेश गर्न नदिई
कुटपिट गरे ,दलित
बस्तीमा जेठ २४
गते गैरदलितले सामूहिक
आक्रमण गरे ,गैरदलितले
दलितलाई खेतबारी लगायतका स्थानमा
जान प्रतिबन्ध लगाए
। प्रहरी प्रशाशन
जातीय भेदभाव तथा
छुवाछुत (कसुर र
सजाय) अन्तर्गत कानुनि
उपचार गराउन भन्दा
पनि सामाजिक सद्भाव
कायम गराउने भन्दै
मिलापत्र गराउन उदत् भयो
।
यी
र यस्ता हजारौ प्रतिनिधि
घटना छन् नेपाली
समाजमा जुन एक
पछि अर्को फरक
ढंगले समाजमा जातपात
र छुवाछुत झन्
झन् ब्यापक र
जटिल बन्दै छ
। दलित समुदाय
माथि एक पछी
अर्को अमानवीय घटना
भै रहेको छ
। दलित समुदाय कै भएका कारण यस्ता अमानविय
घटना नेपाली समाजमा धेरै भएका छन् र नेपाली समाजमा दलित हुनुको नियति भोग्न विवश प्रतिनिधि
पात्रहरू धेरै छन् । प्रहरी र स्थानीयको दबाबमा
दबिएर बसेका हजारौ घटनाहरु छन् । गत महिना
धादिङ ज्यामरुङ गाउँ
बिकास समितिको दलित
बस्ति कुमाईगाउँमा एउटा
फरक किसिमको घटना
सार्वजनिक भएको छ
।
४२
घर धुरी सार्की
जातका बसोबास गर्दै
आएको धादिङ जिल्लाको
ज्यामरुङ गाउँ बिकास
समितिको दलित बस्ति
कुमाईगाउँमा गत फागुनको
दोस्रो साता अर्थात
फागुन १८ गते
आर्थिक स्तर बलियो
भएका मान बहादुर
बयलकोटीले सामाजिक सद्भाव कायम
गर्दै बाहुन छेत्री
, नेवार र दलित
समुदायको लागि छुटाछुटै
भोजको ब्यबस्ता सहित
आफ्ना ९ बर्षिय
छोरा बिनोद बयलकोटीको
ब्रतबन्ध गर्दै थिए ।पानीको
चरम अभाव रहेको
बस्तीमा झाडा
पखाला फैलिनु १
हप्ता अघि मात्र
भूकम्पमा काम गर्न
आएको फोकस नेपाल
नाम गरेको संस्थाले
१ हजार लिटर
क्षमताका हिलटेकका १२ वटा
काला ड्रमहरु बस्तीका
विभिन्न स्थानमा राखिदिएको थियो
। झाक्रेखोला मुहानबाट
एक दिन अघि
मात्र पानी ल्याएर
राखिएको उक्त पानी
भोजमा पकाउन र
पिउन प्रयोग गरिएको
थियो। भोज खाने गैर
दलितहरु लाइ भने
केहि भएन तर
दलित पटि भोज
खाने र पानीको
प्रयोग गर्नेहरु बीच झाडावान्ता र पखाला
फैलियो । एक्कासी
झाडा पखाला बाट बिरामी भएपछि सुरुमा १८ जना , एम्बुलेन्समा १३ जना पछि ल्याइएका सहित
गरि ६८ जना लाई सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुराइयो भने थप १३ जना लाई गाउकै स्वास्थ्य
चौकीमा र केहीलाई राजधानीको टिचिंग हस्पिटलमा सिकिस्त अवस्थामा पुराइयो ।
मिडियामा
विषाक्त खाना र
दूषित पानी पिउँदा
दलित बस्तीमा झाडा
पखाला फैलियो भन्दै
समाचार मिडियामा आयो ।
बर्षौ देखि पिउदै
आएको पानीको निहुमा
दलित र गैर
दलित झगडा गर्दै
आएको कुमाईगाउँमा
त्यस दिनको भोजमा
एक घरका गैर
दलितको भने अनुपस्थिति
रहेको पाइयो ।
त्यो घर तिनैको
थियो जसले कुनै
दिन सारा दलित
लाइ केहि गरेर
देखाई दिने धम्कि
बारम्बार पानीको निहुमा झगडा
गर्दा दिने गरेका
थिए । घटना
संगै गाउमा
कसैले पानीमा बिषादी
मिसाई दिएको भन्ने
हल्ला फैलियो । यस्तै
हल्ला र शंकाका
बीच दलित समुदायले
घटनाका मुख्य योजनाकारका रूपमा
कोहि छ कि
भनेर सत्य तथ्य
खोजि गर्न भनेर
सयुक्त रुपमा केहि
समय अघि पानी
बिषादी हुनुको कारणको खोजि
हुनु पर्ने भन्दै
धादिङ जिल्लाका सहायक
जिल्ला प्रमुख अधिकारी लिलाधर
अधिकारी सग भेटि
छलफल र निबेदन
दिए । तर
जाहेरी परे पनि
अहिले सम्म न स्थानीय
प्रहरी प्रशासनले कुनै आरोपितलाई
पक्राउ गरेको देखिन्छ, न
त दुवै पक्षलाई
मिलाउन पहल नै
गरेको देखिन्छ।
मिडियामा
समाचार आए पछि
र निबेदन परे
पछी प्रजिअ उमेश
ढकालले समेत दूषित
पानीको कारण पत्ता
लगाई कारबाही गरिने
प्रतिबद्धता व्यक्त गरे । तर
दूषित पानीको जाचका
बारेमा अहिले सम्म स्थानीय
प्रशासन् बाट आधिकारिक
कुनै रिपोर्ट सार्वजनिक
भएको छैन। यधपी ड्रमहरुमा
पानी भरेर राखिदिने
सामाजिक सेवा गर्ने
फोकस नेपालले नै
स्थानीय लाइ घटना
प्रति कोलिफर्म भेटीयो
भन्दै आएको छ
। खानेपानि सस्थांनले
भने पानीमा केहि
छैन पिउन लायक
को छ भन्दैछ ।
कोहि फुड पोइजन
ले हो भन्दैछन
भने सदरमुकाम स्थित
जिल्ला अस्पतालमा पुगेका १८
जनालाई उपचार गर्ने क्रममा जिल्ला
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर
रसिला अमात्यले विषाक्त
खानाका असरहरु देखा परेको
रिपोर्टमा देखिएको बताउदै आएकी
छिन । दलित
माथि भएको अत्याचारको
नमुना रिपोर्टमा यसरि
बाझिएको छ तर
सत्य तथ्य पता
लगाउने निकाय भने निबेदन
फाइलमा राखेर दलित मरून
या बाचूँन भन्ने
भावना लिएर मौनता
साधेर बसेको छ
।
२०६४
सालमा गोठमा गाइ
बस्तु मरेमा फाल्न
आफुहरुलाई बोलाईनु भनेको अपमान
गर्नु हो भन्दै
अब देखि आफुहरुले
नफाल्ने प्रतिबध्ता गरेका कुमाई
गाउँका दलित माथि
त्यस बेला पनि
केहि अगुवाहरुलाई सार्वजनिक
आक्रमण गरेका थिए ।तर
गैरदलितले छलफलमा भविष्यमा यस्ता
घटना नदोहोरिन बताए
पछी घटना गाउकै
एक बन्द कोठा
मा सामसुम भएर
मिलेको थियो ।
त्यस यता पानीको
बिषयमा दिनहु झगडा पर्दै
आएको ले गर्दा
बदलाको भावले कसैले नियोजित
ढंगले पानीमा बिषादी
मिसाउने काम गरेको
होकी भन्ने शंका
गर्ने आधारहरु देखिन्छन ।
एउटा गैर दलितले
दलित बस्ति लाइ
नै कुनै दिन
ठिक पार्छु भन्दै
अभिब्यक्ति दिन्छ
अनि भोजमा उ
र उसका परिवार
मात्र आउदैनन र दलित
जति विषादीको सिकार
हुन्छ तर पनि
घटनामा कसको दोष
छ ? भोजमा दलित
र गैरदलितमा अन्तर
गरेर झाडावान्ता र
पखालाले कसरि आक्रान्त
बनायो ? खोजि गर्ने
न प्रहरी प्रशासनले
आफ्नो दायित्व सम्झिन्छन
, न त् मानवअधिकारवादी
भनाउँदाहरुले नै उपयुक्त
सम्झिन्छ न त्
समाज परिवर्तन गराउँछु
भन्दै हिँड्ने दलित
अधिकारवादीहरु नै आफ्नो
दायित्व मान्छन ।एका तिर
यो देशमा दलितलाई
जसले जे गरे
पनि हुने भइ
सक्यो भन्ने मानसिकता
ब्यबहारिक हुदै आएको
छ । भने
अर्को तिर सिंगो
दलित समुदाय माथि
ज्यादती हुदा बोल्दिने
नेपाली समाज पनि
दलित मरून कि
बाचूँन भन्ने भावना लिएर
उभिएको छ ।
अन्त्यमा,
कुनै पनि नागरिक
र समुदाय माथि
अत्याचार हुदा बोल्दिनु
एक सचेत् नगारिकको
पहिलो दायित्व हो
र दायित्व बाट
हामी कोहि पनि बिमुख
नहऔ । बर्षौ देखि
दलित अछुत भनेर
अन्याय,अत्याचार, थिचोमिचो, दमन
अनि सांघातिक आक्रमण
गर्नेहरु लाइ सच्याउन
सके मात्र समतामुलक
समाज बन्न सक्छ ।
त्यसैले नेपाली समाजमा भएका अन्धकारलाई
हटाउन प्रहरी,प्रशासन,
पत्रकार,अधिकारवादी र नागरिक
समाज सबैको प्रयासमा
हाम्रो समाजमा विभेदका बेहुदा
हर्कत गर्ने दोषीहरुलाई
कारवाही गराउन र
पिडितलाई न्याय दिलाउन
प्रतिबद्ध र प्रतिबध्ताको
खाचो छ । त्यस्तै गरि यदि
गाउमा चलेको हल्ला
जस्तै कोहि कसै
बाट भोजको आडमा
पानीमा बिषाधि मिलाउने कार्य
यदि भएको हो
भने यो आपराधिक
कार्य हुनु दुर्भाग्य
मात्र होइन, उद्देश्य त
सम्पूर्ण दलितको समुदायको सामुहिक हत्या गराउने योजना होकि भन्ने
प्रतित हुदैछ । त्यसैले
यसलाई कानुनको
दायरामा ल्याएर हदै सम्मको
कानुनि कारवाही गरिनु पर्छ
।
No comments:
Post a Comment