विभेद बिरुद्ध अभियान - ८ असार, गुल्मी । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावमा गुल्मीको चन्द्र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी खीमा विश्वकर्माले लैंगिक बिभेद समाधान गर्ने चुनावी एजेण्डा लिएकी छन् ।नयाँ शक्ति पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी २१ वर्षीया विश्वकर्मा स्थानीय तह प्रमुखमा सम्भवतः गुल्मीकी सबैभन्दा कान्छी उम्मेदवार हुन् ।
जिल्लामा दलित र महिलाहरुले प्रमुख पदमा उम्मेदवारी नपाए पनि नयाँ शक्तिले भने दुबै क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको उक्त पार्टीका जिल्ला संयोजक तेजेन्द्र थापाले जानकारी दिए ।गाउँपालिका प्रमुख उम्मेदवार विकले समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य, बिकासको नयाँ शैली र महिला हिंसा मुक्त समाज बनाउने चुनावी ऐजेण्डा राखेकी छन् ।
उनले सामाजिक विभेद मुक्त तथा सामाजिक बिकृति समाज, स्वरोजगार युक्त सुन्दर, शान्त समृद्ध गाउपालिका निर्माणका लागि आफनो उम्मेदवारी रहेको बताइन् । महिला, दलित र युवाहरु प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकी बिकले आफूले जिते वढ्दो बेरोजगारी अत्य गर्नको लागी बिशेष योजना ल्याउने बताइन् ।
‘महिलाहरुलाई प्रमुख पदमा अझै पनि पुरुष समुदायबाट बिश्वास कम गर्छन’ उनले भनिन ‘त्यसको अत्य गर्न र महिलाले पनि पुरुष सरह केहि गर्न सक्छन् भन्ने उदारणीय पात्र बन्ने गरी काम गर्ने अबसर चाहिएको छ ।’महिला र दलित प्रति नीतिमा परिर्वतन भएपनि व्याहबारमा परिर्वतन नआएकोले त्यसको अत्य गर्न आफनो बिशेष भुमिका रहने उनको अठोट छ ।
गाउँपालिकाको प्रमुखका ठूला तीन दलमध्ये माओवादी केन्द्रले मात्र १ गाउँपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ भने अरु २ दलले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छैनन् । जिल्लामा रहेका १२ वटा स्थानीय तहमा नगर र गाउँपालिकाको पमुखमा पनि प्रमुख पदमा दलित उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार कम मात्रमा बनाएका छन् । ठुला दल मध्ये एमाले केहि वडामा र माओवादीले नगर प्रमुख र केहि वडा अध्यक्षमा उम्मेदवार बनाएका छन् ।
No comments:
Post a Comment