Monday, July 31, 2017

६९ वर्षमा एसइई पास गरेका दुर्गा कामीको पिडा..कसले सुन्ने ?

विभेद बिरुद्ध अभियान - साउन १६ – ६८ वर्षीय दुर्गा कामी नेपालमा चर्चित छन् । उनी सबैभन्दा बढी उमेरका छात्र हुन् । उनी हजुरबुवा बनिसकेका छन् । तर, उनले यो उमेरमा आएर पनि पढाइ पुरा गर्ने निर्णय गरेका छन् ।गरिबीको कारण कामी बालक अवस्थामा आफ्नो पढाइ पूरा गर्न पाएनन् । तर, अब उनी आफ्नो शिक्षक बन्ने लक्ष्य पूरा गर्न चाहन्छन् ।आफू अध्ययनरत स्याङजा जिल्लाको कालभैरव उच्च माविमा पुग्न उनले लठ्ठीको सहायताले एक घण्टा लामो यात्रा छिचोल्नुपर्छ ।

६ केटाकेटीका पिता र ८ केटाकेटीका हजुरबुवा दुर्गा कामीलाई पढाउने शिक्षक भन्छन्, ‘आफ्ना पिताका उमेरका मानिसलाई पढाउनु यो मेरो पहिलो अनुभव हो ।’दुर्गा कामीसँग पढ्नेहरु उनलाई बा भन्छन् । जसको नेपाली अनुवाद पिता हुन आउँछ ।

समाचार एजेन्सी रोयटर्सका फोटो पत्रकारलाई दुर्गाले बताए, ‘आफ्नो पीडा भुल्नका लागि स्कुल जान्छु ।’ पत्नीको मृत्युपछि उनी एक्लोपनबाट बच्न चाहन्छन् ।बढी उमेरका बाबजुद पनि उनी भलिबललगायतका स्कुलका सबै गतिविधीहरुमा भाग लिन्छन् ।

दुर्गा कामी भन्छन् कि उनी आफ्नो जिन्दगीको अन्तिम क्षणसम्म पढ्न चाहन्छन् । उनको आशा छ कि यसले अरु ब्यक्तिहरुको पनि पढ्नका लागि उमेरको छेकबार हट्नेछ र पढ्नका लागि प्रेरणा मिल्नेछ ।
 छोरा बुहारीबाट हेलित भएर कसैको सहारा नपाए पछी म केहि गर्छु भन्ने जोश जागरका साथ कालाभैरव उच्च माविमा भर्ना भई अध्यन गरेका थिए। उनी एसईई परिक्षामा उत्रीण भएपछी निकै हर्षित छन्।उमेरले नेटो काटिसकेता पनि घर परिवार र समाजबाट कुनै किसिमको साहारा नपाएपछि समय विताउने माध्यमको रुपमा पढाई रोजेको उनी स्वयं बताउँछन् । फेदीखोला-३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातीनाकाका हजुरवुवा बनिसकेका छन भने दुर्गेकी श्रीमती १५ वर्ष पहिले नै बितेकी हुन् ।सुरुमा कक्षा ३ मा खहरे प्राविमा भर्ना भई पढ्न सुरु गरेका उनले कक्षा ६ देखि काला भैरव उच्च माविमा निरन्तर पढेपछि अहिले एसईई परीक्षा दिएका हुन ।  उनले  एसईई परीक्षामा सफल भएपछी अब  क्याम्पस पढ्न धेरै ठाउमा धाएको सुनाए । क्यानाडा नेपाल संगको अन्तर्वार्ता लागू औषध कारोबारमा साइलो छोरा लाइ कतारमा मृत्यु दण्ड दिने खबरले दुखित बनेको दुर्गा कामीले छोरा बुहारीबाट हेलित भएर दिन रात भोगेको दुख र, सन्तानले गरेको अपहेलना र नागरिकता नपाएको  एव पढ्न नपाएको कुराले सवै लाइ भावुक बनाएको छ ।

Sunday, July 30, 2017

आमा रोग लागेर थलिइन्, बाबुले आत्महत्या गरे, छोराछोरीको बिचल्ली (भिडियोसहित)

आशिष विश्वकर्मा- विभेद बिरुद्ध अभियान -साउन १५ - इटहरी। सुनसरी बराह नगरपालिका ८ सालबन्दीकी ४५ वर्षीया बालकुमारी रसाइली बिरामी भएर ओच्छ्यान परेको २ वर्ष भयो । आर्थिक अभावका कारण उनले राम्रोसँग उपचार पाउन सकेकी छैनन् । त्यसमाथि उनलाई उनका नौ जना छोराछोरीको पालन पोषणको समेत चिन्ता छ । नवौं सन्तानको रुपमा दुई वर्षअघि उनले कान्छी छोरी पाइन् । छोरी जन्माउँदा अपरेशन गर्नुपरेको थियो । अपरेशनको खर्चसमेत चन्दा उठाएर विराटनगरको नोबेल अस्पतालमा अपरेशन गरिएको थियो । तर उनको घाउ निको भएन । आर्थिक अभावकै कारण राम्रोसँग उपचार नभएपछि सोहि ठाउँमा हर्निया भएर उनले दोस्रो अपरेसन गराइन् । दोस्रो पटक विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई महिना बसेर उपचार गराइन्, त्यो खर्च पनि गाउँलेले नै ब्यहोरिदिए ।
मजदुरी गरेर परिवार पाल्दै आएका श्रीमान पदम रसाइली श्रीमती बिरामी भएपछि उपचारतिर लागे । जसको कारण उनको घरमा आगो बल्न छाड्यो । एकातिर आर्थिक अभावका कारण श्रीमतीको उपचार गर्न नसकेको पीडा, त्यसमाथि मजदुरी गर्न पनि नपाउँदा परिवारमा दुई छाक खान नै समस्या हुन थाल्यो । परिवारको बिजोग देख्न नसकेपछि पदमले आठ महिनाअघि नजिकै रहेको कोशीमा हाम फालेर आत्महत्या गरे ।
श्रीमानले आत्महत्या गरेपछि रोगले भन्दा श्रीमानको वियोगले बढी छाती चिरियो । कमाएर खुवाउने श्रीमान नै गुमाएपछि उनको परिवार अहिले मागेर खान बाध्य छ ।
ऐलानी जग्गामा बस्दै आएको यो परिवारसँग न सुत्ने, बस्ने ठाउँ राम्रो छ न ओढ्ने आच्छ्याउने नै । पानी परेको दिन घर चुहेर बसि नसक्नु हुन्छ । खान लाउनै समस्या भएपछि यी बालबालिकाहरुले पढ्नसमेत पाएका छैनन् ।  भिडियो /समाचार साभार :-न्यूजलय


दलितमाथि विभेदै विभेद - चाँदनी हमाल

बिभेद बिरूद अभियान, साऊन १५ – भोजपुरकी ११ वर्षीया बालिकाको जबरजस्ती करणी भयो । गत पुसमा गाउँकै २० वर्र्षीय दुर्गाबहादुर श्रेष्ठले जबरजस्ती करणी गर्दा उनी गर्भवती भइन् । ६ महिनापछि यही साउन पहिलो साता घटना सार्वजनिक भयो । 
गाउँका भद्रभलादमीले ती बालिका र युवकको बिहे गराएर घर भिœयाउने सहमति गरे । तर बालिकाकी आमा दलित भएकैले केटा पक्षले घरमा भित्र्याउन नसक्ने बतायो । केटाको साथमा उनलाई गाउँनिकाला गरेर सहरतिर पठाइयो । 
‘बेरोजगार केटाले सहरको कोठामा उल्टै ती बालिकामाथि दुव्र्यव्हार गरे,’ भोजपुरस्थित महिला विकास कार्यालयकी अधिकृत पुष्पलता उप्रेतीले भनिन्, ‘बालिकालाई परिवार र गाउँलेले संरक्षण नदिई त्यसरी पठाउनु गलत थियो ।’
करणी गर्नेलाई कारबाही गर्नुभन्दा जोगाउने मनसायले समाजले त्यसो गरेको थियो । सहरमा पुगेको केही समयपछि केटाले कोठामै एक्लै छाडेपछि बालिका अलपत्र परिन् । अलपत्र ती बालिकालाई अहिले मनोसामाजिक परामर्श र स्वास्थ्य परीक्षणका लागि विराट बालहेल्प लाइनमा पठाइएको जानकारी दिँदै उनले अब कानुनी उपचारमा लाग्ने बताइन् 
कक्षा सात पढ्दै गरेकी ती बालिका अब्बल छिन् । डिएसपी काजीकुमार आचार्यले पीडकलाई पक्राउ गरी अदालतमा जबरजस्ती करणीको मुद्दा चलाइएको छ । जातीय विभेदविरुद्ध कसैले उजुरी नगरेकाले जबरजस्ती करणी मुद्दा चलेको उनले बताए ।  
घरधनीबाट दुव्र्यवहार
मोतीमाया दर्जी (४९)को पुख्र्यौली घर झापा हो । रत्नबहादुर विश्वकर्मासँग बिहे गरेपछि उनका पाँच सन्तान जन्मिए । सन्तानलाई सुख दिनकै लागि काठमाडौं छिर्‍यो दम्पती । तर उ नले सुख पाइनन् । ‘ललितपुरको भैंसेपाटीमा डेरामा बस्दा मलाई दमिनी र कमिनी भनेर तीनतीन पटकसम्म कुटे,’ मोतीमायाले नागरिकसँग भनिन्, ‘पानी भर्न र पसलमा जान दिएनन्  ।’ 
आफ्नै कपडा सिलाउने पसलमा बसेकै बेला गत जेठ १८ गते घरधनीको पानीको व्यापार गर्ने गाडी खाल्डोमा प¥यो । ‘गाडी पसलतिर ढल्किँदा उनले कसरी चलाएको हो, झन्डै मरिएन’, भनिन् । गाडी घरधनी साहु गणेश खत्रीले चलाएका रहेछन् । उनले थाहा पाइनन् । पछि घरकी साहुनी सावित्री खत्रीले कोठामै आएर कराइन् ,‘तँ दमिनी कमिनीको अनुहार हेरेर मेरो व्यापार बिग्रियो, तुरुन्तै निस्केर जा ।’ उनले मोतीमायाको टाउकोमा ताल्चा प्रहार गरिन् । मोतीमायाका छोरा युवराजले पनि घरधनीबाट आमामाथि पटकपटक भएको दुव्र्यवहार देखेका छन् ।
घरधनीबाट दुईपटक दुव्र्यवहार भएपछि मोतीमायाले भैंसेपाटी प्रहरीमा गरेको उजुरी मिलापत्रमा गएर टुंगियो । पछिल्लोपटक घाइते भएपछि उनले फेरि प्रहरीले जाहेरी गरिन् । मुद्दा अदालतसम्म पुग्यो । तर घरभाडा नदिएको विषय अघि सारेर मुद्दा कमजोर पारियो । 
मुद्दामा ललितपुर जिल्ला अदालतले दुवै पक्षलाई पाँचपाँच सय जरिबाना फैसला गत असार ३० गते सुनायो । दोषीले कैद सजाय पाउने र आफूले क्षतिपूर्तिसहित न्याय पाउने  आस हरायो । ‘मैले त्यत्रो कष्ट पाएँ, कुटाइ खाएँ, त्यसको क्षतिप्ूर्ति खै ?,’ उनले प्रश्न गरिन्, ‘ममाथि भएको भेदभावको कुरा कसरी कमजोर भयो ?’
उनको मुद्दामा सहयोग गरेका अधिवक्ता प्रकाश नेपालीले सामान्य जरिबानासम्म सजाय भएको बताए ।  पीडकलाई सजाय नै भए पनि यसले पीडितलाई खासै न्याय नपुगेको उनको भनाइ छ । 
विभेदका मुद्दामा कानुनी रूपमा अधिकतम तीन वर्ष जेल सजाय र  एक लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था भए पनि यो मुद्दामा दाबी गरेबमोजिम क्षतिपूर्ति नपाएको उनले सुनाए । ‘अब पीडितले क्षतिपूर्तिका लागि पुनरावेदन दिन सक्छ,’ उनले भने, ‘यो मात्र हैन, अहिलेसम्मको अवस्था हेर्दा कुनै पनि जिल्ला अदालतले जातीय विभेदको एउटा मुद्दामा पनि जेल सजाय भनेर अन्तिम फैसला गरेको छैन ।’ 
पुनरावेदनतर्फ गर्दा विभेद मुद्दामा जेल सजाय सुनाएको नजिर छ । सेते दमाईंका छोराले उच्च जातकी केटी बिहे गरेपछि घर झगडामा उनको हत्या गरेको मुद्दामा सुर्खेत पुनरावेदन अदालतले विभेद विषयमा पनि एक वर्ष थपेर जेल सजाय सुनाएको नजिर छ । 
छुवाछुत पनि उस्तै
गुल्मीको एक गाउँमा होटलकी साहुनी शोभा कार्की र छोरा कृष्ण कार्कीले कर्णबहादुर सार्कीलाई भाँडा नमाझेको निहुँमा कुटे । चामलको भारी बोकेका कर्णबहादुरलाई पसलमा चिया खाएर हिँड्ने बेला शोभाले भनिन्, ‘भाँडा माझेर जा ।’ कर्णबहादुरले जबाफ दिएछन् ,‘चामलको भारी घर पु¥याएर फेरि आउँछु, अनि माझ्छु ।’ त्यसपछि शोभाले कर्णबहादुरलाई बजिया भन्दै धकेलिदिएपछि विवाद बढेको थियो ।
तराईमा झन् दर्दनाक 
सप्तरीको साबिक काचन गाविसका लीलाधर दास मन्दिरमा पूजा गर्न गएको निहुँमा त्यहाँका कथित उच्च जातिबाट कुटिए । गत असार १३ गते समृद्धि र सुस्वास्थ्यको कामनासहित गाउँको डिहबार थानमा पूजा गर्ने कार्यक्रम थियो । ‘डिहबार थानमा पूजा गर्दा मलाई यादवहरूले कुटे,’ लीलाधरले नागरिकँग भने, ‘पाँचजनाले कुट्दा मेरो काँधको हड्डी भाँचिएको छ ।’ 
कानुनले छुवाछुत नगर्नु भनेको थाहा पाएका उनी हिम्मत गरेर त्यो दिन थानमा पूजा गर्न गएका थिए । ‘देवता त सबैको हो, कि दलितको  देवता हुन्न भन्नप¥यो,’ लीलाधर भन्छन्, ‘पूजा गर्न जानुअघि प्रहरीलाई समेत भनेको थिएँ, तर पनि मलाई कुटे ।’ 
वर्षौंदेखि दलित परिवारले गाउँमा कुनै न कुनै बहानामा कुटाइ खाँदै आएको उनी सुनाउँछन् । उनको गाउँमा करिब पाँच घर दलितका छन् । कुटपिट घटनापछि खर्च अभावमा उपचार नगरी घरमै बसेका उनी अहिले विभिन्न निकायले उपचार खर्च जुटाइदिएपछि धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार गर्न पुगेका छन् । ‘बल्ल १५ दिनपछि डाक्टर भेटें’, उनले भने, ‘अप्रेसन गर्नुपर्छ भनेका छन् ।’ 
दलित भनेर कुटपिट गर्ने राजकुमार यादव, रामचन्द्र यादव, कासिन्दर यादव, जितेन्द्र शाहलगायतमाथि उनले किटानी जाहेरी दिएका छन् । उच्च जातिको दबाबले घटनाको जाहेरी ढिला गरी दर्ता भएको थियो । जाहेरीपछि कुट्नेहरू फरार छन् । अहिले पैसा दिएर मिलापत्र गराउन दबाब आइरहेको भन्दै लीलाधरले भने, ‘म मिलापत्र गर्दिनँ, आज पैसा दिएर मिलापत्र भन्छन् भोलि फेरि कुट्न आइहाल्छन् ।’ 
सिरहाको धनगढीमाई नगरपालिका, नैनपुरका दीपक मल्लिकको परिवारले अहिले पनि गाउँको इनारबाट पानी झिकेर खान पाउँदैन ।
तीनटा इनारमध्ये दुइटामा पण्डित लगाएर गाउँलेले पानी चोख्याएर खाए । उनीहरूले छोएको एउटा इनार भने नचोखिएको भन्दै गाईभैंसीका लागि पानी निकाल्ने बनाइएको छ । तीनवटै इनारमा मल्लिक परिवारलाई निषेध छ । विवाद अदालतसम्म पुग्यो । जिल्ला अदालतले आरोपित तीनजनालाई दसदस हजार जरिबाना तोक्यो, पाँचजनालाई सफाइ दियो । अनि मल्लिक परिवारलाई इनारबाट पानी झिकेर खान दिनू भनेर आदेश दियो । तर अदालतको आदेश कार्यान्वयन नभएको राम मल्लिकले बताए ।
जातीय विभेदले ज्यानै लिन्छ 
काभ्रे, पाँचखालका अजित मिजारको उच्च जातकी केटीसँग बिहे गरेपछि हत्या भयो । केटी पक्षबाट हत्या भएको उनका परिवारको दाबी छ । २०७३ असार ३१ गते उनको हत्या भएको थियो । उनको शव त्रिवि, शिक्षण अस्पताल, महाराजगन्जमा छ । भाइको हत्या भए पनि न्याय पाउने आशा नमरेको दाजु दीपेन्द्र मिजार बताउँछन् । उनले भने, ‘न्याय पाउने आशामा भाइको शव अस्पतालमै छ ।’ धादिङमा भाइको शव देख्दा निकै भक्कानिएका उनी त्यसपछि फेरि शव हेर्न जान सकेका छैनन् । ‘जुन दिन न्याय मिल्छ त्यस दिन हेर्छु भाइको शव,’ उनी भन्छन् । 
सरकारी अध्ययनले हत्या भएको देखाएपछि सरकारले दस लाख रुपैयाँ मिजार परिवारलाई क्षतिपूर्ति दिएको छ । तर, उनले आत्महत्या गरेको भनेर अदालतमा मुद्दा चलेको छ । त्यसमा दाजु दीपेन्द्रलाई पटक्कै चित्त बुझेको छैन । ‘खै न्याय दिने ठाउँ पैसामा बिक्छ जस्तो त लाग्दैन,’ मिजार भन्छन्, ‘कताकता हामीसँग पैसा नभएरै अन्यायमा पर्ने हो कि भन्ने शंका पनि लाग्छ ।’ जबसम्म अदालतले सही फैसला गर्दैन तबसम्म अजितको शव नउठाउने निर्णय उनको परिवारले गरेको छ । परिवारका दुई भाइ छोरामध्ये अजित कान्छा थिए । 
अजितले पराजुली थरकी युवतीसँग २०७३ असार २५ गते प्रेमविवाह गरेका थिए । असार २७ गते कम उमेरमा बिहे भयो भनेर काभ्रे प्रहरीमा केटीका परिवारले उजुरी गरेपछि दुवैलाई एकअर्कासँग छुटाइयो । तीन दिनपछि अजितको शव झुन्डिएको अवस्थामा धादिङको परेवाटारस्थित प्रतीक्षालयमा फेला परेको थियो । यसलाई अजितको परिवारले हत्या र केटी पक्षले आत्महत्या भन्दै आएको छ । 
खुट्टा लत्रिएको, त्रिपालको कच्ची डोरी घाँटीमा बँधिएको, राम्रोसँग नकस्सिएको, प्रहरीको चौबीसघन्टे ड्युटी गर्ने स्थाननजिकै घटनास्थल रहेको, शव डोरीबाट निकालेर हतारमा गाडिएको जस्ता विषय दलित नागरिक समाजको प्रतिवेदनमा उल्लेख  छ । त्यस्तै संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले पनि अजितको मृत्यु सम्बन्धमा आर्थिक प्रलोभनमा परेर प्रहरीले पोस्टमार्टमको गलत रिपोर्ट बनाएको उल्लेख गरेको छ । घटनाबारे काभ्रे प्रहरीले सन्तोषजनक जबाफ दिन नसकेकाले मिलेमतो रहेको आशंका उपसमितिको प्रतिवेदनमा उल्लेख छ । 
‘घटनाका मुख्य आरोपितमध्ये धु्रव भनिने भोजबहादुर पराजुली उनकी छोरी सम्झना पराजुली र मनोज भन्ने टेकबहादुर पराजुली ५०÷५० हजार धरौटीमा छाडिएका छन्,’ अजितले आत्महत्या गरेको भनी चलाइएको मुद्दामा सहयोग गरिरहेका अधिवक्ता मोहन शाहले नागरिकसँग भने, ‘भदौ ४ गते धादिङ जिल्ला अदालतमा पेसी छ ।’ उनका अनुसार पेसीमा डाक्टर बुझ्ने भन्ने अदालती आदेश छ । ‘अनुसन्धानले झुन्ड्याइएको देखिन्छ तर प्रहरी प्रशासनले झुन्डिएको हो भन्छ,’ शाहले मुद्दाबारे भने, ‘राज्यले आफ्नो गल्ती हो भनेर स्वीकार गरिसकेर क्षतिपूर्ति दिएको मुद्दा हो तर उसकै प्रहरीले पेस गरेको मुद्दामा कर्तव्य ज्यान नभनी आफंै मरेको भन्ने छ ।’ यहींनेर राज्य र कानुनले दलितलाई हेर्ने दृष्टिकोणमै विरोधाभास देखिएको उनी बताउँछन् । 
अजितले प्रमेविवाह गरेकी केटीले पनि पछिल्लो समय ‘होस्टाइल’ हुने किसिमले आफ्ना परिवारको पक्षमा बोलिरहेको उनले बताए । प्रहरीमा उनको बयान अजितकै पक्षमा रहे पनि अदालतमा अर्कै भन्दै आएकी छिन् । 
०००
सप्तरी पसेराका शिवशंकर दासले गाउँकै एक चौधरी युवतीसँग प्रेम गरे । तर प्रेम गरेको परिणाम उनले मृत्यु पाए । दलित समुदायका उनको उच्च जातकी केटीसँग प्रेम गरेकै कारण हत्या भएको मनवअधिकार आयोग, संसदीय समिति, जागरण मिडिया सेन्टर, राष्ट्रिय दलित आयोगलगायत संघसंस्थाले गरेको अध्ययन प्रतिवेदनले पुष्टि गर्छ । २०६८ साल माघ १६ मा दास प्रेमिकाको आफन्तबाट मारिएको परिवारको भनाइ छ ।  घटनाको केही दिनअघि वैदेशिक रोजगारीमा रहेका दाजु दीपेन्द्रले शिवशंकरलाई नयाँ मोबाइल  पठाइदिएका थिए । सो मोबाइल उनकी प्रेमिकाले केही दिनका लागि मागेर लगिन् । घरमा कसको मोबाइल भनेर केरकार भयो । शिवशंकरको भनेपछि उनीहरूको प्रेमबारे घरकाले थाहा पाए । उनलाई यातना दिइयो । शिवशंकरलाई फोन गरेर बोलाउन लगाइयो । केटी पक्षकाले हातखुट्टा बाँधेर शिवशंकरलाई विष खुवाएर मारेको विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ । 
संघसंस्थाकै दबाबमा दुई महिनापछि केटी पक्षमाथि मुद्दा चलाइयो । तर हत्यालाई विष खाएर आत्महत्या गरेको भनी प्रहरीले बनाएको मिसिलकै आधारमा चलेको मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदातले सोहीअनुसार फैसला दिए ।तर शिवशंकरका आफन्तले न्यायको आशा मारेनन् । उनीहरू सर्वोच्चमा पुगे । सर्वोच्चबाट कारण देखाउ आदेश जारी भइसकेको छ । ‘मेरौ घर नजिकको घटना हो,’ दलित सेवा संघमा कार्यरत दीपेन्द्र पासवानले भने, ‘उच्च जाति र राजनीतिक संरक्षणमा घटना बंग्याएर जिल्लामा मुद्दा चलाइयो ।’शिवशंकरका बाबु राजकुमारलाई तत्काल शव जलाउन दबाब दिएर प्रहरीको कागजमा सही गराएको गाउँलेले त्यतिबेला बताएका थिए । उनका अनुसार घटना सार्वजनिक भएपछि संसदीय समितिमा समेत छलफल भयो । घरपरिवारले अझै पनि न्यायको आशा नमारेको शिवशंकरका आफन्त बताउँछन् । 
कुटपिटबाट मृत्यु
काभ्रेकै लक्ष्मी परियारलाई २०७३ मंसिर २० गते स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइलीमायाले मलमूत्र खुवाउँदै कुटपिट गरे । आफ्नो भैंसीलाई घाउ बनाइदिएको निहुँमा उनीहरूले लक्ष्मीलाई निर्घात कुटे । त्यसको चार तीन दिनपछि २४ गते उनको मृत्यु भयो । घटना अध्ययन र स्थानीयले भनेअनुसार पतिले पनि त्यस दिन लक्ष्मीलाई कुटेका थिए । उनको हत्या भएको स्थानीय बताउँछन् । हत्या आरोपमा उनका पति मिलन र अन्य दुई आरोपित प्रहरी थुनामा छन् । लक्ष्मीको मृत्युपछि मिलापत्र गरेर उल्टै उसैबाट ६ हजार जरिबानाको निर्णय नेपाल प्रहरीले गरेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको थियो । सरकारले पनि भेदभाव भएको ठानेरै लक्ष्मीका परिवारलाई दस लाख रुपैयाँ शोधभर्ना दिइसकेको छ । 
सार्वजनिक विद्यालयको चौरको पोलमा बाँधेर कुटिएकी लक्ष्मीको हत्याको वास्तविकता पत्ता लगाउन पोलिग्राफी विधिको समेत सहायता लिइएको अधिवक्ता प्रकाश नेपालीले बताए । कर्तव्य ज्यानमै उनको मुद्दा चलेको छ तर दलित भएकैले कुटिएका कारण मृत्यु भयो वा फेरि थप हिंसा भएर मृत्यु भयो भन्नेबारे अन्योल छ । पोलिग्राफी टेस्टले झूटो र साँचो बोलेको छुट्याउँछ, अबको पेसीमा पोलिग्राफी परीक्षण गर्ने अधिकारीहरूको वकपत्र अदालतमा गर्न आदेश भएको छ ।
कानुन कार्यान्वयन फितलो 
राष्ट्रिय दलित आयोगका कसुर अधिकृत रामबहादुर मिजारले कानुन कार्यान्वयनम कडाइ गर्न जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ संशोधन गर्नैपर्ने बताउँछन् । ‘ऐनमा जरिवाना र क्षतिपूर्तिको हद बढाउने प्रयास भइरहेको छ, संशोधन मस्यौदा संसद्मा पुगेको छ,’ उनले भने, ‘ठूला मुद्दाले साना मुद्दालाई छायाँ पार्ने अवस्था ऐन संशोधन भएपछि केही हट्छ ।’उनका अनुसार मानवबेचखिनमा एउटै बयानलाई अन्तिम मानेजस्तै जातीय विभेदका मुद्दामा पनि त्यस्तै गराउन सके विभेद कम हुन्छ । र, अहिलेको तीनवर्षे कैद अवधि पनि बढाउनुपर्ने देखिन्छ । दलित आयोगमा एक वर्षमा पचासको हाराहारीमा जातीय भेदभाव र मानवअधिकार हननका उजुरी पर्ने गरेका छन् । तर  अन्तिमसम्म पुग्दा मुद्दाले अर्कै रुप लिँदा पीडितले अपेक्षित न्याय पाउन सकेका छैनन् । जुन घटना मिडियामा चर्चा हुन्छ, त्यसलाई राज्यले पनि गम्भीर रुपमा लिन्छ तर लुकेका घटना सधैं ओझेलमै पर्छन् । 
संविधान, कानुन र अन्तराष्ट्रिय दस्ताबेजमा के छ ?
नेपालको संविधान, २०७२ को प्रस्तावनामै कुनै प्रकारको विभेद कसैमाथि नगरिने उल्लेख छ । प्रस्तावनाको चौथो हरफमा ...बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गर्दै... उल्लेख छ ।
त्यस्तै मौलिक हकअन्तर्गत धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक भनेर छुट्टै व्यवस्था छ । त्यसको उपधारा १ मा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिनेछैन’ उल्लेख छ । उपधारा २ मा ‘कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु ,सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्रीवितरण वा प्रदान गरिने छैन’ भनिएको छ । उपधारा ३ मा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न नपाइने बेहोरा उल्लेख छ । उपधारा ४ मा जातिय आधारमा कार्यस्थलमा भेदभाव गर्न निषेध गरिएको छ भने  उपधारा ५ ले कुनै पनि प्रकारको छुवाछुत तथा भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराध मान्दै पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।  मुलुकी ऐन २०२० ले पनि जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय मानेको छ । 
संविधान र कानुनमा यस्तो व्यवस्था गरिए पनि सम्मानपूर्वक बाँच्न पाउने हक र समानताको हकबाट दलित समुदाय बञ्चित छन् । मान्छेले मान्छेलाई जातकै आधारमा छुवाछुत र भेदभाव गर्ने कार्यलाईसंयुक्त राष्ट्रसंघको बडापत्रले पनि रोक लगाएको छ । त्यस्तै  सन १९४८ मा जारी  मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा पनि कुनै जात, जाति, वर्ण, धर्मसमेतका आधारमा कसैलाई भेदभाव गर्न नपाइने व्यवस्था छ । सन् १९६५ को जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राािष्ट्रय महासन्धिले पनि मानिस मानिसबीच गरिने भेदभावलाई दण्डनीय मानेको छ । सोही महासन्धि अनुरुप १९६८ देखि  हरेक मार्च २ मा अन्तर्राािष्ट्रय जातीय भेदभाव उन्मूलन दिवस मनाउने गरिएको छ । 
नेपालमा दलित आन्दोलन सात दशकमा उकालो लागे पनि दलितमाथि हुने जातीय भेदभाव हट्न सकेको छैन । 
लोकतन्त्र स्थापनापछि पुनस्र्थापित प्रतिनिधिसभाले मुलुकी ऐनको अदलको महल १० मा भेदभाव गर्नेलाई दण्ड जरिवाना बढाएको थियो । २०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको हो । 
नागरिक अधिकार ऐन २०१२ को दफा ३ मा समानता र कानुनको समान संरक्षणबाट कसैलाई बञ्चित नगरिने भनिएको छ । सोही आधारमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बनेको होे । यस ऐनअन्तर्गतका अपराधलाई सरकारवादी मुद्दा हुने व्यवस्था छ । ऐनको दफा ७ बमोजिम जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जातीय भेदभाव वा छुवाछुत गर्न मद्दत गर्ने, उक्साउने वा त्यस्तो उद्योग गर्नेलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले सो कसुर गरेमा तोकिएको सजायमा थप पचास प्रतिशत सजाय थप हुने व्यवस्था छ । 
तर ऐन कार्यान्वयनमा नीतिगत समस्या रहेको कानुनविद् बताउँछन् । थोरै कैद सजाय तोकेकैले तीन वर्षभन्दा कम सजाय हुने मुद्दामा तारेख वा धरौटीमा छाड्ने व्यवस्थाले गर्दा पनि अभियुक्त थुनछेककै भरमा मुक्त हुने गरेको देखिन्छ ।
जरिवाना तथा क्षतिपूर्ति कानुनमा निकै न्यून छ । यसमा न्यायाधीशलाई स्वविवेकीय अधिकार बढी दिइएको छ । ऐन कार्यान्वयनका लागि सहज तुल्याउन जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धनसम्बन्धी कार्यविधि, २०७३ जारी गरिएको छ । तर पनि दलितका नाममा हुने विभेद कायमै छ । 
 गत पाँच वर्षको तथ्यांक अनुसार ३२ जिल्लामा मात्र भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा परेका छन् । राष्ट्रिय दलित आयोगका कानुन अधिकृत रामबहादुर मिजार जातीय भेदभावका मुद्दामा न्याय पाउने÷नपाउने विषय आरोपित र न्यायाधीशको इमानदारीमा भर पर्ने बताउँछन् । ‘जतिसुकै कठोर कानुन बनाए पनि कार्यान्वयन गर्ने निकाले फितलो निर्णय गरे पीडकले न्यायको अनुभूति गर्न पाउँदैन,’ मिजार भन्छन्, ‘कानुन त्यति कमजोर त हैन तर चलनचल्तीमा कमजोर देखिएको छ । कार्यान्वयन गर्ने निकायले दरिलो निर्णय नगरिदिँदा विभेद कम हुनुभन्दा बढेको देखिन्छ ।’
जातीय विभेदमा लिखितभन्दा मौखिक प्रमाण बढी  हुन्छ । उनका अनुसार  अदालते लिखित प्रमाणलाई बढी ग्राह्यता दिँदा पनि पीडक सजिलै उम्केर फेरि त्यस्ते घटना गराउन उद्यत हुने गरेका छन् । अर्को कारण  उच्च जाति भन्नेहरूको सत्ता, न्यायधिकारी र प्रहरी प्रशासनमा बढी पहुँच हुन्छ । उनीहरूले त्यस्तो विभेद नभोगेका कारण पीडा महसुस गरेका हुँदैनन् । त्यसले पनि मुद्दा प्रभावित हुन्छ । 
आरडिएनका उपाध्यक्ष गणेश विकका अनुसार सबै निकायमा दलितको प्रतिनिधित्व कम हुँदा पनि न्याय र सुनुवाइमा केही समस्या देखिएको छ । अनुसन्धान गर्ने निकायको दलित समुदायलाई हेर्न दृष्टिकोण नै सकारात्मक हुन नसक्दा पनि विभेदका घटना न्यूनीकरण गर्न नसकिएको उनको अनुभव छ ।
नागरिक दैनिक बाट साभार 

Saturday, July 29, 2017

आमाबुवाले वास्ता गर्न छाडेपछि ५ वर्षीया मुस्कान सार्कीको बिचल्ली

बिभेद बिरुद्ध अभियान - बझाङ, श्रावण १४ - आमाबुवाले वास्ता गर्न छाडेपछि एक बालिका बिचल्लीमा परेकी छन्। बेसहारा बनेकी छान्ना गाउँपालिका ७ की ५ वर्षीया मुस्कान सार्कीको बास केही महिनादेखि बर्खे झरीमा भिज्दै बाटाघाटो र खुला चौर बनेको छ। उनी कसकी सन्तान हुन् भन्ने विषयमा २ परिवारबीच विवाद भएपछि अलपत्र परेकी कान्तिपुरमा समाचार छ |
स्थानीय बमबहादुर सार्की कामका लागि भारत गएका बेला भारतीय महिलासँग दोस्रो बिहे गरेर घर फर्किए। बिहे गरेर आएको केही महिनामै बमबहादुर फेरि भारत गए। उनी भारत गएपछि नेपाली भाषासमेत बोल्न गाह्रो हुने महिलालाई बमबहादुरकी जेठी श्रीमतीले यातना दिन थालिन्।
सौताको यातनाकै कारण आफू नेपालमा बस्न नसक्ने र भारत फर्किन चाहेको भन्दै कान्छीले स्थानीय महिला समूहमा उजुरी हालेकी थिइन्। महिलाले सल्लाह गरेर कामको खोजीमा भारत जान लागेका स्थानीय गोरे सार्कीसँगै उनलाई श्रीमान्कहाँ पठाउने निर्णय गरे। बाटैमा गोरे र उनको प्रेम भयो। भारत गएपछि उनी पहिलो श्रीमान्सँग नगएर गोरेसँगै बस्न थालिन्।
स्थानीय विष्णु थापाका अनुसार गोरेले पनि गाउँमा फोन गरेर ती महिलालाई आफैंले स्विकारेको बताएका थिए। त्यतिबेला उनको पेटमा बमबहादुरको ४ महिनाको गर्भ थियो। त्यही गर्भबाट मुस्कानको जन्म भएको र उनी बमहादुरकै छोरी भएको गोरेको परिवारले दाबी गरेको छ।
भारतमै रहँदा ती महिलाबाट अर्की छोरी जन्मिइन्। छोरी जन्मेको २ वर्षमै ती महिला गोरे र दुवै छोरी छाडेर अर्कै भारतीयसँग गइन्। दुवै छोरी ल्याएर गोरे घर फर्किए। गोरेले पनि बझाङ फर्किएर अर्काे विवाह गरे। ‘बझाङ ल्याएपछि गोरेको परिवारले उनलाई ३ वर्षसम्म पाल्यो, पछि बमबहादुरकी छोरी भनेर अलपत्र छाडे,’ स्थानीय विष्णु थापाले भने, ‘बमबहादुरले पनि आफ्नी छोरी होइन भन्दै उनलाई घरमा पस्न नदिएपछि उनी बिचल्ली परेकी हुन्।’
यतिबेला उनी रातमा समेत सडक किनारमै सुतेकी छन्। बालिका वर्षातमा समेत ओबानो ठाउँमा बस्न नपाउने विष्णुले बताए। गोरे र बमबहादुर दुवैका घरमा जान खोज्दा उनलाई बाटैबाट कुटेर धपाउने गरेका कारण त्रसित रहेको स्थानीय उत्तमकुमार थापाले बताए। बालिकाको उद्धारका लागि महिला तथा बालबालिका कार्यालयमा जानकारी गराउँदा पनि कसैले चासो नदेखाएको उनले बताए।
महिला तथा बालबालिका कार्यालय बझाङकी अधिकृत लीला घलेले दलितका ५ वर्षमुनिका बालबालिकाका लागि सरकारले दिने पोषण भत्ता पाउँदासम्म बालिकालाई पाल्न दुई परिवारबीच झगडा हुने गरेको बताइन्। ५ वर्ष पूरा भएपछि दुवैले पाल्न नचाहेका कारण उनी बिचल्लीमा परेको जानकारी आएको उनले बताइन्।

जगदीशराम लोहार भन्छन मलेशियाको जेलमा प्यास मेटाउन ट्वाइलेटको पानी पिउँदै बाचे

सुरेन्द्र पौडेल- विभेद बिरुद्ध अभियान - साउन १४ –काठमाडौं- वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा ४ वर्ष ५ महिना बिताएर सोमबार (साउन ८ गते) नेपाल फर्कंदा बैतडी गोकुलेश्वर–५ का जगदीशराम लोहारको साथमा सुटकेस थिएन। न त हातमा झोला नै थियो। उनीसँग पर्स, पैसा पनि थिएन। शरीरमा लगाएको सेतो टिसर्ट, हाफपाइन्ट र चप्पलमा थिए। उनले कमाएको र साथमा ल्याएको सम्पत्ति यत्ति थियो । त्यो पनि उनको आफ्नै कमाइले किनेको भने होइन। ६ महिना जेल बस्दा प्रहरीले लगाउन दिएको हो।
म यही (फोटोमा हेर्नुहोस) सेत सर्ट, हाफ पाइन्ट र चप्पल लगाएर आएको हुँ,' सोमबार नेपाल फर्केपछि नयाँ बसपार्कस्थित एक होटलमा भेटिएका लोहार भन्दै थिए, 'रोल्पाको एक दाइ त कट्टु (पेन्टी) मात्र लगाएर मलेसियाबाट काठमाडौंसम्म आउनुभएको थियो। यातनाले गर्दा उहाँको मानसिक स्थिति अलि बिग्रेको छ। विमानस्थलबाट बाहिर निस्केपछि उहाँ कहाँ जानु भयो, थाहा छैन।'
लोहारसँगै सोमबार ४३ जना नेपाली हिमालयन एयरलाइन्समार्फत काठमाडौं आएका थिए। सबैको अवस्था लोहारकै जस्तै थियो। सबैसँग सम्पत्तिको नाममा शरीरमा लगाएको एकसरो कपडा मात्र थियो। मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकट नहुँदा लामो समयदेखि अलपत्र परेका उनीहरूलाई क्वालालम्पुरस्थित नेपाली दूतावासले उद्वार गरी स्वदेश पठाएको हो। साथमा एक पैसा नभएका उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति ९ बजे झरेपछि को, कसरी कता गयो कसैलाई कसैको पत्तो भएन।
'केही साथीले विमानस्थलबाट बाहिरिनेबित्तिकै रुँदै आफ्नो कथा सुनाउँदै बाटोखर्च मागिरहेका थिए,' लोहारले भने। लोहार भने भाग्यमानी थिए, विमानस्थलमा उनलाई रुन परेन। दाइ र भिनाजु उनलाई लिन विमानस्थल पुगेका थिए। तर उनलाई लिन दाइ र भिनाजु आएको पत्तो थिएन। उनको घर परिवारसँग सम्पर्क टुटेको ६ महिनाभन्दा बढी भएको थियो। जब विमानस्थलमा उनले दाइ र भिनाजुलाई देखे तब उनले आफूलाई थाम्न सकेनन्। अँगालो हालेर रोइदिए।
'एकछिन त मैले भाइलाई (जगदीश) चिन्नै सकिन। यहाँबाट जाँदा मोटोघाटो थियो, अहिले निकै दुब्लाएछ,' दाइ जनकले सुनाए।
दाइ र भिनाजुले लोहारलाई विमानस्थलबाट सिधै नयाँ बसपार्कस्थित एक होटलमा लगे। उनले आफ्नो दुःखको कथा सुनाए। त्यसपछि उनी महŒवपूर्ण कामतिर लागे, जसको जिम्मा उनले मलेसियाको घरफिर्ती केन्द्रमा पाएका थिए। त्यहाँ उनलाई दुई साथीले चिठी थमाएका थिए। चिठीमा लेखिएको सन्देश उनले उनीहरूका नेपालमा रहेका परिवारका सदस्यसम्म पुर्‍याइदिनु पर्नेथियो। लोहारले पनि यसैगरी आफू जेलमा रहेको जानकारी आफ्नो परिवारलाई गराएका थिए।
एउटा चिठी थियो महोत्तरी जलेश्वरका राजु मुखियाको। मुखियाले चिठीको साथमा नेपालमा रहेकी  श्रीमतीको मोबाइल नम्बर पनि लोहारलाई टिपाएका थिए। लोहारले दाइको मोबाइलबाट फोन गरे। मुखियाकी श्रीमतीले फोन उठाइन, तर उनले फर्काएको जबाफ लोहारले बुझेनन्। एकछिन पछि पुरुषको स्वर आयो। उनी मुखियाका दाइ थिए।
'भाइ जिउँदै छ कि मरिसक्यो?' लोहारले आफ्नो परिचयसहित फोन गर्नुको कारण भन्न नभ्याउँदै मुखियाको दाइले मुख खोले। 'जिउँदै हुनुहुन्छ,' लोहारले मुखियाको यथार्थ अवस्था बताइदिए। मुखियाका दाइ भक्कानिए।
मुखिया परिवारको सम्पर्कमा नआएको ५ महिना भइसकेको थियो। उनी कहाँ छन्, कस्तो अवस्थामा छन् परिवारलाई पत्तो थिएन। घरफिर्ती केन्द्रमा मुखिया प्रायः लोहारसँग आफ्नो बुबाको विषयमा कुरा गर्थे, उनैको चिन्ता गर्थे। उनले झट्ट मुखियाका बुबालाई सम्झे। 'दाइ बुबा कस्तो हुनुहुन्छ, भाइले मलेसियामा निकै कुरा गर्नुहुन्थ्यो,' लोहारले मुखियाको दाइसँग सोधे।
'बुबा बित्नु भयो,' जबाफ आयो। छोरा सम्पर्कविहीन बनेपछि मुखियाका बुबाको हृदयघातका कारण केही दिनअघि मृत्यु भएको रहेछ। एकछिनसम्म मोबाइलमा सुक्कसुक्क आवाज आइरह्यो, कति बेला फोन काटिएछ लोहारले पनि पत्तो पाएनन्। फेरि दोहोर्‍याएर फोन गर्ने आँटमा उनमा थिएन।
.....
लोहार २०६९ फागुन १५ गते मलेसिया उडेका थिए। त्यतिबेला उनी २० वर्ष लाग्नै लागेका थिए। सालले अहिले २४ पुगे। घरमा कमाउने कोही थिएन। परिवारमा आमा, बाबु, दाइ, बहिनी, पत्नी थिए। उनले प्रेम विवाह गरेका थिए। दुई छाक टार्न पनि हम्मेहम्मे पर्ने भएपछि मलेसिया जाने सोच उनमा पलायो। गाउँमै एजेन्ट थिए। एजेन्टले ललितपुरको कुपन्डोलस्थित अल खालिद म्यानपावरमा ल्याएर बुझाइदिए। एक लाख १५ हजार बुझाएपछि म्यानपावरले उनलाई मलेसिया पुर्‍याइदियो।
काठमाडौंबाट उनीसँग चारजना उडेका थिए। मलेसिया जोहरबारु सिडी गार्डेनमा काम लगाइदिने भन्दै  उनीहरूलाई म्यानपावरका कर्मचारीले पठाएको थियो। मलेसिया उड्नुअघि उनीहरूलाई सो म्यानपावर कम्पनीले काम गर्ने बगैंचा यही हो भन्दै निकै सुन्दर बगैंचाको फोटो देखाएका थिए। उनीहरू फोटो हेरेर दंग थिए। काम भने बगैंचामा फुल रोप्ने, गोड्ने, औषधि हाल्ने भनिएको थियो। तलब मासिक १५ सय मलेसियन रिंगिट भनियो। 'यहाँ (देशमा) केही काम पाइनँ, त्यसपछि मलेसिया जाने निर्णय लिएको थिएँ,' दस कक्षा पढेका लोहारले विगत सम्भि्कए।
मलेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा झर्नेबित्तिकै उनका दुःखका दिन सुरु भए। विमान अवतरण भएको १४ घन्टासम्म उनीहरूलाई लिन कोही आएन। १४ घन्टा पानी पनि नपिई उनीहरू विमानस्थलको चिसो छिडीमा बिताए। भोक र प्यासले ब्याकुल बनेका उनीहरूलाई लिन १४ घन्टा बितेपछि बल्ल एक जना झुल्किए। बाटोमा उसैले खाना खुवायो। क्वालालम्पुरबाट गाडीमा चार घन्टा हिँडेपछि काम गर्ने ठाउँमा उनीहरू पुगे। त्यो ठाउँ थियो– जोहरबारु सर्किट। जोहरवार सिटी गार्डेनमा उनीहरूले काम गर्नुपर्ने थियो।
'यही हो तिमीहरू बस्ने कोठा,' चिनियाँ मालिकले ढोका खोल्दै उनीहरूलाई पस्न आग्रह गरे। कोठाभित्र पूरै माकुराको जालो थियो। एक प्रकारको गन्ध आइरहेको थियो। कोठामा राखेको बेड पनि मैलोे थियो। बेडमाथि एकपत्र धुलोले ढाकेको थियो। कोठा डरलाग्दो थियो। ढोकाभित्र पस्न पाइला के अघि बढेको थियो गोमन सर्प खाटबाट बाहिर निस्कियो। उनीहरू तर्सिए र हत्तनपत्त बाहिर भागे। 'सुत्ने कोठामा हामीभन्दा लामो सर्प देखेपछि डराएर रोयौं,' लोहारले पुराना दिन सम्झिएँ।
बगैंचाको चिनियाँ मालिकाले नेपाली नबुझ्ने, उनीहरूले चिनियाँ भाषा नबुझ्ने। दुवैले टुटेफुटेको अंग्रेजीमा आफ्ना कुरा राख्थे। 'नडराउ, सर्पले टोक्यो भने फोन गर, एउटा सुई लगाएपछि ठीक हुन्छ। मरिँदैन,' उनीहरू आत्तिएको देखेपछि मालिकले भन्यो।
'यो ठाउँमा बस्दै बस्दैनौं,' उनीहरूले भने, 'हामीलाई फोन दिनुस् एजेन्टसँग कुरा गर्छौं।'
त्यसपछि मालिकले चिनियाँ भाषामा गाली गर्न थाल्यो।  मुख पनि रातोरातो बनायो, उनीहरूलाई खाउँला झै गर्‍यो। उसले बोलेको उनीहरूले केही बुझेनन्। रिस उठेपछि मालिक चिनियाँ भाषामा बर्बराउने रहेछ। त्यो दिन उनीहरूलाई अलिकति खानेकुरा छोडेर मालिक गयो। उनीहरूलाई त्यही सर्प भएको कोठामा नबसी सुखै भएन। उनीहरूले सर्प धपाएर कोठा सफा गरे।
'हामीलाई कोठा र विस्तारा यस्तो दिएको थियो, जुन भिकारीको पनि त्यस्तो हुँदैन,' लोहारले भनेको आजको नागरिक दैनिकमा खबर छ ।
भोलिपल्ट मालिक आयो। सोध्यो, 'काम गर्ने कि घर जाने?' उनीहरूको एउटै स्वर थियो, 'घर जान्छौं।'
'कम्पनीलाई फाइन तिर्नुपर्छ, त्यसै जान पाइन्छ,' मालिक जंगियो। 'कति तिर्नुपर्छ,' उनीहरू पनि कड्किए। 'अहिले म बताउँदिन, तिमीहरूको एजेन्टसँग कुरा गरेर भन्छु,' मालिकले भन्यो। र, ऊ त्यहाँबाट हिँड्यो।
दुई–तीन हजार रिंगिट मात्र फाइन मागेको भए पनि उनीहरूले तिर्नसक्ने अवस्था थिएनन्। घरबाट ब्याजमा पैसा झिेकर उनीहरू मलेसिया पुगेका थिए। त्यत्रो पैसा घरबाट मगाउन आँट नआएपछि दुःख सुख भोग्दै काम गरौं भन्ने निष्कर्षमा उनीहरू पुगे।
.....
बगैंचामा विभिन्न प्रकारका सर्प आउँथे। सर्प मात्र होइन गोहोरो पनि आउने। उड्ने सर्प पनि आउँथ्यो। उनीहरू बस्ने भुइँतला थियो।  सर्प सजिलै छिर्न सक्ने। त्यो कोठामा पहिला इन्डोनेसियाका कामदार बस्थे रे। तिनीहरू सर्पको डरले कोठा मात्र होइन कामै छोडेर भागेका रहेछन्। लामो समय खाली रहेको उक्त कोठा सर्पको लागि राम्रो आवास बनेको थियो। त्यसपछि लोहार र साथीहरू पुगेका थिए।
'सर्प र गोहोरा अति नै आउन थालेपछि हामीसँगै गएको एक साथी २८ दिनमै घर फर्कियो। उसले सर्प गोहोराको फोटो घर पठाएपछि घरबाट उसलाई तुरुन्त झिकाएका थिए,' लोहारले सुनाए, 'सर्पदेखि डराएर हामीले धेरै रात रोएर बितायौं।'
लोहारलाई नेपालबाट पठाउँदा एजेन्टले बिनाजलान कार्ड (कार्यालयको कार्ड) बाहिर ननिस्कनु भनेको थियो। यो कार्ड साथमा भएपछि प्रहरीले पक्राउ गर्दैनथ्यो। पासपोर्ट त मलेसिया पुग्नेबित्तिकै मालिकले राखे। लोहारलाई ३२ महिना काम गर्दासम्म मालिकले जलान कार्ड दिएन। पासपोर्टको फोटोकपीसमेत दिएन। कार्ड नभए पनि लोहारलाई बाहिर निस्कनुपर्थ्यो। मालिकले नै पठाउँथ्यो। रासन लिन जानुपर्थ्यो। 'हामी डराइडराइ जान्थ्यौं। कहिलेकाहीं बिरामी हुँदा पनि बाहिर जानुपर्थ्यो। धेरै हिम्मत बुटुलेर जानुपर्थ्यो,' लोहारले भने।
साथमा जलान कार्ड नहुँदा दुईपटक प्रहरीले उनलाई पक्राउ गर्‍यो। एकपटक प्रहरीलाई साढे सात सय रिंगिट दिएर उनी उम्के। अर्कोपटक मालिक आएर निकालेका थिए। यस्तो हुँदा पनि मालिकले लोहारलाई जलान कार्ड भने दिएनन्।
लोहार ३२ महिना त्यही कोठामा बसे। सर्प आउँथे, उनीहरू मार्थे। 'सर्प अनगिन्ती मारियो। दिनमा ११–१२ वटा मारिन्थ्यो। ३२ महिनामा कति मारियो होला। यतिधेरै सर्प कहाँबाट आउँथे, हामी छक्क पर्थ्यौं। कहिले हातमै आउँथे। भगवानको कृपाले कुनै पनि सर्पले टोक्न भने भ्याएन,' उनले लामो सास लिए। अहिले पनि उनलाई ती सर्प सम्झँदा डर लाग्छ।
बगैंचामा ठूलठूला रुख ढालिएका थिए। घाँस उर्मेको थियो। त्यसैले पनि सर्पका लागि त्यो बगैंचा बासस्थान बनेको थियो। उनीहरूले त्यहाँ पल्टेका मुढा पन्छाउनु पर्थ्यो। तर मालिकले हातमा लगाउन ग्लोब दिँदैनथ्यो। कहिलेकाहीं मुढा उठाउँदा सर्प समातिन्थ्यो, उनीहरू रुँदै भाग्थे। घुँडासम्म आउने बुटचाहिँ मालिकले दिएको थियो।
उनीहरूलाई नेपालमा भनेअनुसार मलेसियामा काम दिइएन। नेपालमा हुँदा काम गर्ने बगंैचा भनेर जुन ठाउँ देखाइएको थियो उनीहरूलाई त्यहाँ लगिएन। कम्पनी छोडेर भाग्यो भने यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्ने सुनेका उनीहरू जति दुःख पाए पनि त्यहीं काम गरेर बसेका थिए। तीन वर्षको करारमा उनीहरू गएका थिए। जाँदा मासिक एक हजार ५ सय रिंगिट दिने भनिए पनि त्यहाँ पुगेपछि मालिकले ६ सय ५० मात्र दिए। ६ सय ५० रिंगिटमा घर परिवारको खर्चै धानिएन।
'पूरै मलेसियामा ९ सय रिंगिट बेसिक हुँदा पनि  मालिकले हामीलाई महिनाको ६ सय ५० मात्र दिएको थियो। एजेन्सीलाई भन्यौं भने कुट्छु भनेर धम्की दिन्थ्यो। त्यसपछि हामीले हाम्रो पीडा कसैलाई पनि भनेनौं,' लोहारले सुनाए।
बढी बोल्यौ, काम गरेनौं, घर जान्छु भन्यौं भने पासपोर्ट पोलिदिन्छु भनेर मालिकले उनीहरूलाई तर्साउने गर्थ्यो। एजेन्टलाई फोन गर्‍यर्ौं भने पनि यस्तो उस्तो गर्छु भनेर धम्की दिन्थ्यो, त्यसैले एजेन्टलाई समेत उनीहरूले फोन गर्न छोेडेका थिए। बगंैचाको फूल गोड्ने, औषधि हाल्ने, मल हाल्ने, पानी हाल्ने काम उनीहरूको थियो। काम सजिलो थियो तर सर्प र गोहोराको डर थियो।
'सर्पले टोक्ला भन्ने पीरले दिनप्रतिदिन हाम्रो शरीरको रगत घट्दै गएको थियो,' उनले भने। एकपटक किताब राखेको दराजमा समेत गोमन सर्प छिरेछ। त्यसलाई मार्न तीन जना लाग्नुपरेको थियो। मालिक भने मान्छे भएर सर्पसँग डराउने भन्दै उनीहरूलाई नै गाली गर्थ्याे। सधंै उनीहरूलाई सर्पले टोकेर मरिएलाकि भन्ने डर मात्र भयो। सर्पको डरले सँगै गएकामध्ये एकले पुगेको २८ दिनमा, दोस्रोलेे ६ महिना र तेस्रोले १४ महिनामा कम्पनी छोडेका थिए। 
'दुःख धेरै भएको थियो। पैसा पनि कमाइएन, तर ज्यान भने सधै जोखिममा रह्यो।  मेरो घरको अवस्था सारै दयनीय भएर मचाहिँ भाग्न सकिन। लामो समय त्यहाँ एक्लै काम गरे। धेरै रात मैले रोएरै बिताएँ। त्यति हुँदा पनि कम्पनीले पैसा बढाएन। बेसिक ९ सय भनेको थियो तर दिँदैन्थ्यो। 
लामो समयसम्म लोहार सर्प आउने कोठामा एक्लै बसे  त्यहाँ काम गर्न नसक्ने अवस्था भएपछि ३२ महिनामा उनले उक्त कम्पनी छाडेर भागे। उनको पासपोर्ट चिनियाँ मालिकसँगै रह्यो। उनी अवैध बने।
....
जोहरबारुमा एउटा नेपाली होटल थियो। लोहार त्यहीं पुगे। नेपालीले त्यो होटल चलाएका थिए। उनले होटलका दाइलाई उनले आफ्नो कथा सुनाए। 'अब मलाई काम खोजिदिनुपर्‍यो,' लोहारले भने। होटलवालाले काम खोजिदिए।
लोहारले युनपिङ भन्ने कुखुरा फाराममा काम सुरु गरे। त्यहाँ उनी दुई महिना बढी टिक्न सकेनन्। त्यहाँ पनि मालिकले कबुल गरेअनुसार पैसा दिएन। कुखुरा फाराममा उनलाई जाली र खोर बनाउन लगाइएको थियो। 'मालिकले दुई हजार रिंगिटभन्दा बढी तलब दिन्छु भनेको थियो तर, दिएन,' उनले आफूले भोग्नुपरेको हन्डर सुनाए। मालिकले मात्र महिनाको १२ सय रिंगिट दियो। पुलिसले लिने पैसा उनको तलबबाट काट्छु भनेपछि लोहारले त्यो कम्प्नी पनि छोडे। उनी अवैध थिए। पुलिसले फेला पारे उनी पक्राउ पर्थे।
त्यसपछि जोहरबारुकै कुलवाङ भन्ने ठाउँमा पुगे। त्यहाँ तरकारीबारीमा काम पाए। त्यहाँ विभिन्न तरकारी र मेवा खेती हुन्थ्यो। मालिक चिनियाँ नै थियो। 'काम अन्त नपाउने, झन् अवैध भएपछि जस्ले पनि ठग्न खोज्ने। बाध्य भएर तरकारी फाराममा काम गर्न थालें,' लोहार दुःखका दिन सम्झँदै भने।  त्यहाँ पनि सर्प उत्तिकै आउने। यो कुरा उनलाई पहिल्यै थाहा थियो।  तर उनीसँग अर्को विकल्प थिएन। बाध्य भएर तरकारीखेतीमा एक महिना काम गरे। उनलाई मालिकले १२ सय रिंगिट दिएको थियो। खान र बस्न मालिकले नै दिएको थियो।
'तरकारीबारीमा पनि सर्प यति आउनेकि टिक्नै नसकिने भयो। सबै कामदार आएको एकदुई महिनामा भाग्ने। म पनि एक महिनापछि त्यहाँबाट भागें,' उनले भने।
मलेसिया जाँदा जहाजमा एक नेपालीसँग उनको चिनजान भएको थियो। अचानक एक दिन ती नेपाली एक रेष्टुरेन्टमा भेटिए। उनी सिलिङगर श्रीमाङमामा काम गर्ने रहेछन्। त्यसपछि उनैले लोहारलाई सुँगुर फाराममा काम लगाइदिए। यो फाराममा उनले १५ महिना काम गरे। ९ सय रिंगिट तलब दिएको थियो। ओटी गर्दा १२ सय हुन्थ्यो। 'घर फर्कन पैसा जम्मा गर्न सुगुर फाराममा काम गरेको थिएँ,' उनले भने। सुँगुरलाई दाना दिने, नुवाइधुवाइ गर्ने, औषधि दिने, सुँगुर मार्ने, काट्ने, मासु प्याक गर्ने काम उनले गर्नुपर्थ्यो।
सुँगुर फाराममा काम गर्दा विस्तारै उनलाई रोगले च्याप्न थाल्यो। खुट्टाको मासु दुख्ने रोग। साहुले उपचारमा धेरै सहयोग गर्‍यो। तीनचार ठाउँमा उपचार गर्नसमेत लग्यो। रोग केही देखिएन तर उनलाई पिडा भइरह्यो। 'तँलाई घर जान मन छ भने मलाई नढाँट। अर्को पटक पासपोर्ट बनाएर आइजा,' लोहारको पीडा महसुस गरेपछि मालिकले एक दिन भने। फर्कनका लागि पैसा नभएकाले उनले जबाफ फर्काएनन्।
त्यसपछि घर फर्कने भाडा जुटाउन थप तीन महिना काम गर्ने सोच बनाए लोहारले। औषधिले राम्रो नभएपछि मालिकले उनलाई एकपटक थाई मसाज गरेर हेर्न सुझाए। उनी मसाज केन्द्रमा जान थालेका थिए। पीडा केही हल्का पनि भयो।  एक दिन मसाज गरेर फर्कंदा उनलाई मलेसिया प्रहरीले समात्यो।
'कुन देशबाट आएको,' प्रहरीले सोध्यो।  'नेपाली हुँ,' लोहार भने। प्रहरीले थप सोध्यो, 'पासपोर्ट खोई?' उनले जबाफ दिए, 'कोठामा छ।' मालिकले प्रहरीले पासपोर्ट माग्यो भने कोठामा छ भनेर झुठो बोल्नु भनेर सिकाएको उनले नागरिकलाई सुनाए।  प्रहरीले फेरि सोध्यो, 'कुन कम्पनी हो?' उनले सुँगुर फारामको नाम बताए। प्रहरीले सिधै हत्कडी लगाएर लग्यो।
.....
प्रहरीको गाडी पिडीलुकुढ प्रहरी चौकी पुगेर रोकियो। त्यो दिन सोधपुछमै बित्यो। अर्को बिहान अर्को कोठामा सारियो, जहाँ ४० जनाजति थिए। त्यहाँ १२ दिन राखियो। चौकीमा खाना पेटभर मिल्दैनथ्यो। बाँच्नलाई पुग्ने गरी अड्कलेर खाना दिइन्थ्यो।  राम्रोसँग खान नपाएपछि उनी चक्कर लागेर लड्न थाले। तर प्रहरीले त्यसलाई नाटक सम्झ्यो। प्रहरीले दुईपटक निर्घात पिट्यो।
पटकपटक चक्कर लागरे ढल्न थालेपछि एक दिन प्रहरीले लोहारलाई अस्पताल लग्यो। डाक्टरले शारीरिक रोग केही नभएको मानसिक चिन्ताका कारण चक्कर लागेको बताए। अस्पतालबाट निकालेर उनलाई फेरि प्रहरीचौकीमा पुर्‍याइयो।
चौकीमा लगेको १२ दिनपछि लोहारलाई उच्च न्यायालयमा लगियो। उनलाई न्यायाधीश सामुन्ने राखियो। त्यसपछि सुरु भयो सोधपुछ। 'कति साल भयो मलेसिया आएको?, कम्पनीबाट किन भागेको?'
उनले सबै कुरा बताए। त्यसपछि न्यायाधीशको फैसला आयो– ६ महिना जेल र एक कोर्रा।
अदालतबाट बाहिर निस्केपछि हत्कडी लगाएर प्रहरीले जेलमा लग्यो। जेल मेलाका सिङगाई उडानमा थियो। उनले त्यो जेलमा १ सय २० दिन बिताए। त्यसपछि उनले दुई महिना घरफिर्ती केन्द्रमा बिताए। 'जेलमा धेरै दुःख भयो। धेरैपटक प्रहरीले कुटे,' उनले सुनाए। 
जेलमा पहिलो दिन अँध्यारो कोठामा राखियो। चिसो भुइँमा सुत्नुपर्‍यो। पानी पिउन एउटा गिलास मात्र थियो। पानी एकपटकमा एक कप मात्र पाइन्थ्योे। २४ घन्टामा तीनपटक। 'उनीहरूले दिएको पानीले प्यास मेट्दैनन्थ्यो, ट्वाइलेटको पानी पिएर तिर्खा मेटाउनु पर्थ्यो। बाँच्नका लागि यो नगरी सुखै थिएन,' लोहारले भने।
ट्वाइलेटको पानी नपिएको कुनै दिन रहेन। अरुको अवस्था पनि त्यस्तै थियो। उनलाई सात दिन अँध्यारो कोठामा राखियो। त्यसपछि अर्को कोठा (सी ब्लक) मा सारियो। त्यहाँ उनलाई कुहिएको माछा, मरेको कुखुरा खान दिइन्थ्यो। त्यो पनि थोरै। 'सी' ब्लकमा विदेशीलाई मात्र राख्ने रहेछन्। ब्लक 'ए' मा स्थानीयलाई राख्ने। तर मान्छे बढी भएकाले सबैलाई भद्रगोल तरिकाले राखिएको थियो। लोकलको दादागिरी चल्ने, उनीहरूले विदेशीलाई धेरै कुट्थे।
'सी ब्लकमा सारेको पहिलो दिन हामीलाई तातो घाममा लुगा खोल्न लगाएर कसरत गर्न लगाए। कसरत यति कडा हुन्थ्यो कि नसकेर बान्ता हुन्थ्यो। तातो घाम त्यसमाथि गिटीमात्र राखेको ठाउँमा नांगो बनाएर कुहिनाले टेकेर घसि्रन लगाइयो। कुहिनाबाट तपतप रगत चुहिन्थ्यो, घसि्रन छोड्यो कि ढाड र टाउकोमा बुट बजारिन्थ्यो। एक सय मिटरको दुरीमा चारपटक ओहोरदोहोर गर्नुपर्थ्यो। ५० गन्दा सय मिटर वारपार गरिसक्नु पर्थ्यो,' मलेसियाली जेलको यातना उनले सुनाए।
अपहरण मुद्दामा ३० वर्ष जेल सजाय पाएका ललितपुरका एकजना त्यहीं जेलमा थिए। मेरो दुःख देख्न नसकेर उनले सम्झाइरहेका थिए। 'हरेस नखाऊ भाइ हामी नेपालीको छोरा हो, हिम्मत गर, विस्तारै विस्तारै गर। अलिकति कुटाइ खाएर मरिँदैन। यो जेलमा यस्तै दुःख छ, म पनि केही गर्न सक्दिनँ, हेर्न मात्र सक्छु,' ती नेपालीले लोहारलाई आँट दिए।
यातना सहन नसकेपछि लोहारलाई पटकपटक बान्ता भयो। पेटमा केही नभएपछि पहेंलो पानी मात्र निस्केको थियो। यस्तो कसरत कसैलाई दुई महिनासम्म त कसैलाई एक महिनासम्म गर्न लगाउँथे। प्रहरीले गिटीमा पचास पटक पुसअप गर्न लगाउँथे।
जेलमा बसेको ५६ दिनमा एउटा सूचना आयो। सूचनामा थियो भोलि कोर्रा खानेको नाम थियो। कोर्रा खाने सबैलाई अघिल्लो दिन नै एउटा कोठामा राखिने रहेछ। कोर्रा हान्दा कसैको त रगत नै बग्छरे। कोही बेहोस हुने। तर औषधि दिइँदैन। कोर्रा लगाउँदा दायाँबायाँ हेर्न पनि दिइँदैन। कम्मर, हात र खुट्टामा बेल्टले बाधिन्छ। टाउको अड्काउने एउटा प्वाल हुन्छ। त्यसमा टाउको अड्काएर बसेपछि पछाडिबाट पुठामा कोरा लगाइन्छ।
'जब मलाई कोर्रा हाने त्यसपछि मैले केही देखिनँ। यति दुख्थ्यो किे वरिपरि पूरै अँध्यारो हुन्थ्यो। कोर्रा लगाएपछि प्रहरीले समातेर मलाई एउटा कोठामा लगेर फ्याँके। त्यहाँ रहेका नेपाली दाजुभाइ दौडिँदै आएर ट्वाइलेटको पानी दिए। त्यसपछि अलि सास आयो,' लोहारले पुठामा कोर्रा हान्दा बनेको डाम देखाए।
मलेसियाको जेलमा दिइने यातना यत्तिमै सकिँदैन। त्यहाँ नांगै बनाएर उठबस गर्न लगाइन्छ। जेल र क्याम्पमा छिरेको पहिलो दिन यस्तो गरिन्छ। जेलका प्रहरीले बिनाकपडा पुसअप, एकअर्काको काँधमा हात राखेर नाच्न लगाउँछन्। नगरे लात हान्छन्। आधा घन्टाभन्दा बढी समय यसरी नै नाच्न लगाउँछ। कुनै प्रहरीले त डेढ घन्टासम्म नचाउँछन् रे। 'लाज त लाग्छ, तर के गर्ने बच्नका लागि गर्नैपर्‍यो। नत्र छाती, पेटमा कुट्छन्,' उनले भने। यस्तो यातना लोकललाई भने दिँदैनन्।
नेपाली र हिन्दुलाई अझ बढी यातना दिने लोहार सुनाउँछन्। हिन्दु भनेर जानेपछि जेलमा जबरजस्ती गाईको मासु खान लगाइन्छ। 'गाईको मासु पनि खान लगाए। खाँदिन भन्दा तेरो बाउँको घर हो भनेर कुटे, अनि खाएँ,' उनका आँखा फेरि रसाए।
जेलमा पाँच दिन माछा, एक दिन अण्डा र एक दिन कुखुराको मासु दिइन्थ्यो। तर मासु कुहिएको कारण गनाएको हुन्थ्यो। ६ महिना जेल बस्दा एक छाक पनि उनले पेटभर खान पाएनन्। एक छाकमा चार गास जति दिन्थे। त्यो पनि एकदम फोहोर। 'एक दिन माछामा किरा भेटेपछि मैलै खान छोडिदिएको थिएँ,' उनले दुःखका क्षण सम्भि्कए।
जेलमा उनले ११ महिनादेखि रहेका नेपाली भेटेका थिए। लोहारले गत अप्रिलमा खोटाङ्का दिलकुमार श्रेष्ठसँग घरमा चिठी पठाएका थिए। श्रेष्ठले नेपाल आएपछि उनको घरमा फोन गरेर चिठी पढेर सुनाइदिएका रहेछन्। त्यसपछि उनी जेलमा परेको परिवारले थाहा पाएका थिए। अर्को पाकिस्तानी साथीलाई पनि फोन नम्बर दिई उनले पठाएका थिए। उनले पनि पाकिस्तानबाट फोन गरेर परिवारलाई जानकारी दिएको रहेछन्। त्यसपछि नेपालमा रहेको उनको परिवारले मलेसियास्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो। उनको दाजु र भिनाजु निरन्तर दूतावासको सम्पर्कमा रहे।
दूतावासका कर्मचारी गत असार २८ गते मेलाकास्थित घरफिर्ती केन्द्रमा पुगेका थिए। ती कर्मचारीले लोहारलाई त्यहीं भेटाएका थिए। 'प्रहरीले अघिल्लो दिन नै भोलि तिमीहरूको दूतावासको मान्छे आउँदै छन्, केही भन्यौं भने राम्रो हुँदैन भनेर थर्काएका थिए। हामीले दूतावासका मान्छेसँग सबै राम्रो छ भन्यौं,' लोहारले भने।
जेल र क्याम्पमा धेरै नेपाली बिरामी अवस्थामा छन्।  बिरामी भएकालाई औषधि पनि दिँइदैन। 'औषधि मागे यो तेरो घर हो, तेरो सरकारले पैसा दिन्छ भन्छन्,' उनले सुनाए। उनका अनुसार त्यहाँ रहेका प्रायः नेपालीलाई गोप्य स्थानमा चिलाउने रोग लाग्छ। जेलमा अहिले ७० जना नेपाली रहेको दाबी उनको छ। 
.....
उनी नेपाल आउँदा दुईजनाको चिठी ल्याएका थिए। एक जनासँग उनको कुरा भइसक्यो। अर्को चिठी श्रीलंकन साथीको छ। उनको नाम हो प्रियनकारा कुमारा हो। लोहारलाई अंग्रेजी आउँदैन, कुमारा परिवारले नेपाली बुझ्दैनन्। यसकारण कुमाराले उनलाई भारतमा बस्ने आफ्नो साथीको नम्बर दिएका छन्। उनले हिन्दी बोल्न जानेका छन् रे। उनले काठमाडौं आइपुगेकै दिन कुमाराले दिएको नम्बरमा कल गरे तर सम्पर्क हुन सकेको छैन।
'फोन लागेदेखि ढुक्कसँग घर (बैतडी) जान हुन्थ्यो,' लोहारले भने। फोन लागेन भने घर नजाने त?
'एक पटक न एकपटक कसो नलाग्ला र,' उनी हाँसे।

अन्तरजातीय विवाह गरेका अर्जुन सार्की पत्नी फिर्ता माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

टेकेन्द्र बस्याल, विभेद बिरुद्ध अभियान -साउन १४ - कोहलपुर- अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिँसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्निलाई छुटाएको भन्दै एक युवा ससुरालीमा अनशन बसेका छन्। बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनसनमा बसेका हुन्। पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका उनको शारिरीक अवस्था समेत नाजुक बन्दै गएको छ। सासुससुराले पत्नि रन्ता दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएर फसाएको उनको आरोप छ।

दैलेख नारायण नगरपालिका ६ घर भएका उनले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए।उनले आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि अनसन बसेका हुन्। पत्निलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको उनले बताए। ‘हामी दुई एकअर्कोमा छुट्न चाहँदैनौ,’ उनले भने, ‘सासुसुराले माईतीघरबाट संगै दैलेख पठाउने बहानामा बीच बाटोबाट भगाए।’ सार्कीको ससुराली बैजनाथ ३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ। पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए। सासुसुराले पत्नि रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उनी बताउँछन् । ससुराली नजिक रहेको खेतको डिलमा उनी पाँच दिनदेखि भोकभोकै रातदिन कटाई रहेका छन् । पानीको सहारामा उनी बाचिरहेका छन्। पत्निलाई उक्साए र दवाव दिएर अन्तै भगाएको र आफूविरुद्ध उल्टो मुद्धा चलाउन लगाएको उनको आरोप छ । उनले ससुरालीमा पत्नि रत्नालाई जसरी पनि आफू  अगाडी ल्याउनुपर्ने अडानमा रहेको नागरिक दैनिकमा खबर छ  ।

रत्नाका बुवा ससीराम दर्लामीले छोरीलाई देलेखबाट नौवस्तामा ल्याउन आफन्त पठाएको र दुई दिनमा आउने बताए। आफू केटाकेटीको घरबार विगार्ने पक्षमा नरहेको बताउँदै छोरीलाई ल्याएर केटाको अगाडी छलफल गर्ने भने। ‘छोरी आएपछि केटासंग बस्ने नबस्ने उसको हातको कुरा हो,’ उनले भने, ‘केटीले चाहे भनि हामी पनि राजी छौ ।’ ससीरामले आफूले छोरी नउक्साएको तर केटाको बानी व्यहारले मुद्दा दर्ताको अवस्था आएको दावी गरे।
आफू दलित भएकै कारण घरेलु हिँसा र सम्बन्ध विच्छेद मुद्दा हालेर अलग बनाउन चाहेको उनको आरोप छ। स्थानीय र आफन्त पीडित सार्कीलाई अनशन तोड्न आग्रह गरेपनि उनले पत्नि आफू सामु नआउँदासम्म र मुद्दा छिनोफानो नहुँदासम्म अनशन जारी राख्ने पक्षमा छन्।

विदेश गएर दुर्गा नेपालीको जस्तो दुर्गति कसैको नहोस्

विभेद बिरुद्ध अभियान - श्रावण १४, २०७४-आफ्नो जीवनका उर्बर सात वर्ष मलेसियामा व्यतित गरेर दुर्गा नेपाली नेपाल फर्केका छन् । मलेसियामा बस्दा रक्सीको लतमा फसेर रित्तिएको जीवनलाई अब उनले पुनर्ताजगी दिनुछ ।आफ्नो र परिवारको सुखद भविश्यका लागि विदेश भासिएका दुर्गा रक्सीकै कारण सडकमा बसेर भिख माग्ने अवस्थामा पुगेका थिए ।
उनलाई केही सहृदयी नेपालीहरुले उद्दार गरेर नेपाल फर्काएका हुन् । अब विदेश जाने सोच त्यागेर आफ्नै देशमा बाख्रापालन गरेर बस्ने योजना बुनेका छन् दुर्गाले । उनी भन्छन्, ‘रक्सीले मलाई भिखारी बनायो, अब रक्सी कहिल्यै छुन्न ।’
दुर्गाको कथा, उनकै शब्दमाः
मेरो घर दाङ जिल्लाको डरुवा गाविस, वडा नं. ७ मा पर्छ । अहिले ४१ वर्षको भएँ । चार भाई मध्येको म साईंलो हुँ । हाम्रो घरको पारिवारीक अवस्था त्यति राम्रो थिएन, त्यसैले मैले पढ्न पाइनँ । वाल्यकाल दुःखैमा बित्यो । सोह्र वर्षको उमेरमा भारत पसेँ । हातमा सीप नभएको केटालाई कसैले पनि राम्रो काम दिने कुरै भएन । सुरुमा मैले होटलमा भाँडा माझ्ने काम गरेँ । त्यतिवेला सात सय भारु दिन्थे । भाँडा माझ्दा-माझ्दै कुकको काम पनि सिक्न थालेँ । पछि मेरो तलव वढेर २ हजारसम्म पुगेको थियो । मैले भारतमा करीव करीव ६ वर्ष बिताएँ ।
नेपाल आएपछि मैले बिहे गरेँ । तर, भाग्य नै खोटो रहेछ । पहिलो श्रीमतीको मृत्यु भयो । अर्को बिहे गरेँ । दोश्रो श्रीमतीले मलाई छाडेर हिँडिन् । अहिलेको श्रीमती मेरी तेश्री हुन् । उनीबाट एउटा छोरा र एउटी छोरी छन् । उनी अहिले अर्कै देशमा काम गर्न गएकी छिन् ।
घरमा छोराछोरी मात्र छन् । नेपालमा हुँदा गाडीमा काम गर्थेँ । सुरुमा खलासीबाट काम सिकेको हुँ । पछि मेरो इमान्दारीता देखेर मलाई कन्डक्टर वनाइदिए । दाङबाट नेपालगञ्ज महेन्द्रनगरसम्म मैले गाडीमा करीव पाँच वर्ष जति कन्डक्टर भएर काम गरेँ । कमाई पनि राम्रै हुन्थ्यो । परिवारलाई राम्रैसँग पालेको थिएँ ।
श्रीमतीको करमा विदेशिएँ
विदेशीने मेरो सोचाई दिएन । तर, श्रीमतीले कर गरिन् । मैले पनि केही समय विदेशमा दुःख गर्दा परिवारको भविश्य सुखद हुने ठानेर सहमति जनाएँ । अनि म्यानपावरलाई १ लाख रुपैयाँ वुझाएर ३५ वर्षको उमेरमा मलेसिया आएँ । म्यानपावरलाई बुझाएको पैसा सवै ऋण हो । ८० हजार पठाउने एजेण्टले नै हालिदियो भने २० हजार दिदीसँग सापट लिएको थिएँ ।
म्यानपावरले मलाई नराम्ररी झुक्यायो । प्लाष्टिकको कम्पनीमा आठ घण्टाको ५ सय ४६ रिंगेट भनेर पठायो । तर, यहाँ आउदा १२ घण्टाको ५ सय ४६ रिंगेट दिइयो । नेपालमा मेनपावरलाई फोन गरेर थर्काएँ । तर, मेरो कुरा के सुन्थ्यो, जे गर्न सक्छस् गर भनेर फोन राखिदियो । मेरो केही गर्ने उपाय थिएन । त्यही कम्पनीमा मैले ९ महिना बिताएँ ।
त्यसपछि त्यो कम्पनी छाडेर म अवैधानिक भएर काम गर्न थालेँ। होटलमा र सेक्युरिटीमा काम गरेँ । तर, वैधानिक हुँदा जस्तो सजिलो अवैधानिक भएपछि नहुँदो रहेछ । कतिपय कम्पनीले त तलब माग्दा पुलिस बोलाएर समाउन लगाउने समेत धम्की दिए । यसरी कैयौं महिनाको तलब त्यसै छाडेर हिँडेको छु ।
म मलेसियामै बसेर मैले नेपालमा केही जोडजाड गरेको थिएँ । छोराछोरी राम्रै स्कुलमा पढाएको थिएँ । यसैविचमा हामी वुढावुढीले नै कमाउने सोचाई बनायौं र श्रीमतीलाई पनि मेरै पहलमा अर्काे देशमा पठाएँ । अहिले उनी बाहिरै छिन् ।
तनाव भुलाउन रक्सीको सहारा
म अहिले तपाईहरुले देखेजस्तो थिइनँ । आठ महिना अगाडि मेरो रुपरंग अर्कै थियो । हेर्दै खाईलाग्दो थिएँ । सबैको प्यारो पनि थिएँ । भयो के भने, मैले काम गरेको ठाउँमा तलब पाइनँ । घरबाट छोराछोरीहरुले ‘बाबा किन पैसा नपठाउनु भएको ?’ भनेर सोध्थे । मैले ‘पठाउँदैछु न आत्तिनु’ भनेर सम्झाउथेँ । आज पनि त्यही भोलि पनि त्यही् कुरा दोहोर्‍याइरहँदा म छोराछोरीलाई नै ढाँट्ने बाउ जस्तो बन्न पुगेँ । काम गरेको ठाउँमा पैसा माग्दा दिँदैनथ्यो, उजुरी गर्न जाने ठाउँ थिएन ।
तनाव वढ्दै गएपछि मैले रक्सि खान सुरु गरेँ । छोराछोरी र श्रीमतीको पनि फोन उठाउन छाडेँ । मेरो संगत पनि त्यस्तै हुँदै गयो । विहान उठेदेखि रातिसम्म रक्सीमै डुबेर बस्न थालेँ । म अर्काे काम खोज्नेतिर पनि लागिनँ । तनाव छ भन्दै रक्सी मात्रै धोकेरै हिँड्न थालेँ । साथीभाइलाई फोन गर्‍यो, आज यता धोक्यो, भोलि उता धोक्यो । यसैगरी चल्न थाल्यो । बिस्तारै साथीभाइले पनि मलाई वोलाउन छाडे ।
त्यसपछि रक्सी खानकै लागि माग्ने धन्दा सुरु गरेँ । यहाँ रहेका नेपालीहरुसँग ‘दुःख परेको छ हजुर, यति पैसा दिनुस न’ भन्दै पैसा बटुल्ने र बटुलेको पैसा रक्सीमै सिध्याउन थालेँ ।
अब, मेरो कुनै बस्ने-खाने ठेगाना थिएन । क्वालालम्पुरको कोतारायमा एउटा सेगिकलेज भन्ने छ । त्यसको बाहिरतिर साँझ-विहान यहाँका ठूला-ठूला मानिसहरुले दुःख पाएकाहरुलाई खानेकुरा र कपडाहरु बाँड्ने गर्छन् । म पनि त्यहीँ गएर माग्न थालेँ । लाइन लागेर अरु मगन्तेहरुसँगै खान्थेँ । सुत्ने ठेगान थिएन । कहिले पुलमुनि, कहिले घरको छिँडीमा, जहाँ मन लाग्यो त्यहीँ सुत्थेँ । नजिकै रहेको चर्चमा गएर बेला-बेलामा नुहाउथेँ । म पागल जस्तै भएको थिएँ । मानिसहरु मलाई देख्दा तर्कन्थे । डुङडुङ गन्हाउने भएकाले कोही छेउ पर्दैनथे ।
यसरी भयो उद्दार
आजभन्दा डेढ महिना अघिको कुरा हो, म कोतारायको एउटा रेमिट्यान्समा गएर ‘मेलै हालेको पैसाको पिन नम्वर खोई ?’ भन्दै रक्सीको सुरमा चिच्याउन थालेछु । त्यहाँका कर्मचारीले मलाई पागल भनेर धपाए । तर, मेरो कृयाकलापलाई रुवेन अधिकारी भन्ने दाइले नियाल्नु भएको रहेछ । उहाँले मलाई एकान्तमा लगेर धेरै कुराहरु सोध्नुभयो । अनि मलाई दिलकुमार मगर र राजु तामाङ सरले नुहाउन लगाउनुभयो र अाफ्नो फेन्सी पसलमा लगेर नयाँ कपडा दिनुभयो ।
उहाँहरुले मलाई खाना खान आफुसँगै लिएर जानुभयो । मलाई आफ्नै परिवारको सदस्य जस्तो गरी राख्नुभयो । श्रीमतीसँग भाइवरमा सम्पर्क गराइदिनु भयो ।
८ महिनापछि श्रीमतीसँग कुरा गर्दा म भावुक भएँ । कुरा त कति हो कति । भर्खरै लव परेको जोडी जसरी दिनभरी कुरा हुँदा फोन नै बिगि्रयो । उहाँहरुले मलाई फोनसमेत दिनुभयो र पीएनसीसी संस्थाका मलेसिया संयोजकसँग सम्पर्क गराइदिनुभयो । खान-बस्न र हवाई टिकट समेत संस्थाले उपलब्ध गराइदियो । उहाँहरु एयरपोर्टसम्मै मलाई पुर्‍याउन आउनुभयो । नेपालमा पनि संस्थाका साथीहरु एयरपोर्टमै लिन आउनु भयो ।
अब बाख्रा पालेर बस्छु
खराब संगतले मानिसलाई कसरी बिगार्दोरहेछ र असल संगतले कसरी सपार्दोरहेछ भन्ने म एक उदाहरण भएको छु । टेन्सन भुलाउने बहानामा रक्सीको लतमा फसेको म सडकमै बस्ने र मागेर खाने भएँ । आज रक्सीको नाम लिँदा पनि एलर्जी भएर आउँछ ।
यदि सबैको साथ नपाएको भए म मलेसियाको सडकमै मर्ने थिएँ । आज म नेपाल आइपुगेको छु परिवार निकै खुशी भएको छ । अब म नेपालमै बाख्रापालन गर्ने योजनामा रहेको अनलाइन खबरमा समाचार छ  । परिवारसँगै आफ्नो जीवन व्यतित गर्छु । मलाई मलेसियाको सडकबाट उठाएर यहाँ आउन सहयोग गर्नेहरुको ऋण सायद कहिल्यै चुक्ता गर्न सक्ने छैन । यति कामना छ, विदेश गएर यो दुर्गेको जस्तो दुर्गति कसैको नहोस् ।

Thursday, July 27, 2017

दलितलाई पढाउँदा मुद्दा !


बिभेद बिरूद अभियान , साउन १२ - अछामकी दुर्गा विक गत साता काठमाडौंमा भेटिइन्। करिब दुई वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा झेलिरहेकी उनी यसपटक तारिख धान्न आइपुगेकी थिइन्।
तारिख सर्यो। दुर्गाको झमेला झन् तन्कियो।
सर्वोच्चमा दुई वर्ष र पुनरावेदनमा तीन वर्ष गरी दुर्गाले यो मुद्दा खेप्न थालेको पाँच वर्ष बित्न आँट्यो। पुनरावेदनमा त उनले जितेकी थिइन्। तर, विपक्षीले सर्वोच्चमा रिट हाल्यो।
यो मुद्दा कहिले छिनिने हो, दुर्गालाई थाहा छैन। यत्ति विश्वास छ, न्याय उनकै भागमा पर्नेछ।
यो मुद्दा दुर्गाको व्यक्तिगत कारणसँग सम्बन्धित छैन। प्रत्यक्ष रूपमा उनीमाथि मुद्दा लागेको पनि हैन। उनी पनि त्यसलाई आफ्नै मुद्दा ठान्दै ‘लडाइँ’ को नाम दिन्छिन्। यस्तो लडाइँ, जुन विभेदविरुद्ध छ। पुरातन सोचविरुद्ध छ। भ्रष्टाचारविरुद्ध छ।
‘मुद्दा मलाई लागेको हैन,’ दुर्गा भन्छिन्, ‘तर पनि यो मेरै मुद्दा हो। मेरो समानताको लडाइँविरुद्ध परेको मुद्दा।’
अछामको सदरमुकाम मंगलसेनदेखि ३० किलोमिटर पर बेलखेतमा एउटा स्कुल छ, जहाँ सबै दलित विद्यार्थी पढ्छन्। यहाँ विद्यालय व्यवस्थापन समितिका सदस्य पनि सबै दलित छन्। शिक्षकसमेत दलित छन्। दलितकै पहल र दलितकै श्रमदानबाट खुलेको यो स्कुल सम्भवतः नेपालकै पहिलो स्कुल हो, जहाँ विद्यार्थी, व्यवस्थापन समितिदेखि शिक्षक सबै दलित छन्।
र, यो मुद्दा त्यही दलित स्कुलविरुद्धको हो।
दुर्गा नौ दिदी–बहिनीमध्ये सातौं हुन्। उनीपछि दुई बहिनी र एक भाइ जन्मिए। दुर्गाअघि कुनै पनि दिदीहरूले स्कुल जान पाएनन्। कारण थियो, आर्थिक अवस्था र ‘अर्काको घर जाने जात (छोरी) ले पढ्नुपर्दैन’ भन्ने मान्यता।
जब दुर्गापछि एक भाइ जन्मिए, उनका बाबुले उनलाई स्कुल पठाउन थाले। ‘छोरीले पढ्नुपर्छ भन्ने चेत आएर हैन, घरमा अक्षर चिनेको कोही नहुँदा भाइलाई घरमै पढाउनुपर्छ भन्ने लागेर बुवाले मलाई स्कुल पठाउनुभएको थियो,’ दुर्गाले सुनाइन्, ‘भाइ जन्मिनाले मात्र मैले पढ्न पाएँ।’
स्कुलका दिनहरू दुर्गाका लागि सहज थिएनन्। कक्षाभरीमा उनी एक्लो दलित छात्रा थिइन्। हुन त गैरदलित नै भए पनि छात्राको संख्या बढीमा पाँच जना हुन्थ्यो। पाँचै छात्राले एउटै बेन्चमा बस्नुपर्ने बाध्यता थियो। एक्ली दलित छात्रा दुर्गाको भाग जहिल्यै बेन्चको छेउमा पथ्र्यो। बीच र कुनामा बस्ने छात्राहरू ठेलमठेल गर्थे। बेन्चको छेउको धारिलोले उनको पछाडिको भागमा जहिल्यै तिखो र लामो डाम बस्थ्यो। दलित भएकै कारण आफू अन्यायमा परेको थाहा पाउन उनलाई धेरै समय लागेन।
दुर्गा तब खुसी हुन्थिन्, जब कोही एउटा छात्रा गयल हुन्थ्यो।
विभेद कक्षा र बेन्चमा मात्र थिएन, शिक्षकहरूबाट समेत खेप्नुपर्थ्यो। त्यो समय साक्षरता दर बढाउन छात्र–छात्रा दुवैलाई लिटो र छात्राका लागि तेल बाँडिन्थ्यो। गाडी पुग्ने ठाउँसम्म लगेर छाडिएको तेल र पिठो बोक्न शिक्षकहरूले विद्यार्थीलाई खटाउँथे। गैरदलितको भागमा तेल र दलित विद्यार्थीको भागमा पिठोको बोरा पथ्र्यो। दलितले तेल बोक्न त के छुनसमेत पाउँदैनथे।
दुर्गा ६/७ कक्षातिर पढ्थिन्। एकदिन पिठो बोक्न जाँदा उनलाई अचाक्ली रिस उठेछ। शिक्षकहरूबाट समेत विभेद खेप्नुपरेपछि एकदिन पिठो बोकेर हिँडिरहँदा गैरदलित साथीले बोकेको तेलको भाँडो छोइदिइन्।
तेल बोक्नेहरूले उनलाई कुटेछन्।
‘कुटाई खाँदा मलाई साह्रै चित्त दुख्यो,’ दुर्गा भन्छिन्, ‘तर, त्योभन्दा बढी मलाई आँट मिल्यो। म त्यसबेला पहिलोपटक समानताका लागि आफैं लडेको थिएँ। त्यो मेरो पहिलो विद्रोह थियो। त्यो घटनाले मलाई विद्रोह गरिराख्ने प्रेरणा मिल्यो।’
आठ कक्षा पढ्दासम्म उनी गाउँकै सबैभन्दा धेरै पढ्ने महिला भइसकेकी थिइन्। उनको टोलमा त त्यतिसम्म पढेका गैरदलित महिलासमेत थिएनन्। धेरै पढेको महिला भएकाले ‘जिटिजेड’ नामक संस्थाबाट उनले एउटा तालिम लिने अवसर पाइन्। तालिम सकिएपछि गाउँका प्रौढ महिलाहरूलाई पढाउनुपथ्र्यो। उनको कक्षामा गाउँका ठकुरी महिलाहरूको बाहुल्य हुन्थ्यो।
दुर्गाको काम अक्षर चिनाउने मात्र थिएन, सिकाईलाई गराईमा उतार्ने पनि थियो। दुर्गाले बालविवाह, महिलामाथि हुने घरेलु हिंसा, महिला र पुरुषलाई समान कामको समान ज्यालाजस्ता मुद्दामा गाउँभरका महिलालाई लिएर अभियानै चलाइन्। सरसफाइको काममा लगाइन्।
१५/१६ वर्षकी हुँदी हुन्, एक दिन त उनले प्लेकार्डमा यस्तै विषयका नारा लेखेर सबै महिलालाई गाउँ डुलाइन्। महिलालाई ‘घुम्टोभित्रै देखिराखेको समाज’ ले त्यो सहन सकेन।
बेलुकी ठकुरीहरू दुर्गाको घर घेर्न आए। ‘बदिनी’, ‘पार्तिनी’जस्ता अपशब्द प्रयोग गर्दै उनीमाथि जाइलागे। कतिले त लौरोको झटारोसमेत हान्न खोजे। तर, ठकुरी महिलाहरूले रोके।
यो उनको दोस्रो ठूलो विद्रोह थियो।
उनको तेस्रो ठूलो विद्रोह थियो, दलितहरूको सामूहिक मन्दिर प्रवेश। उनले सजिलै यो विद्रोह गरेकी होइनन्।
आठ कक्षासम्म मात्रै पढ्दा पनि गाउँभरीकै सबैभन्दा धेरै पढेकी महिला भएकाले उनले प्रौढ शिक्षाको काम पाएकी थिइन्। प्रौढ शिक्षाको ढाडमा टेकेरै उनी महिला अधिकारको नारा लगाउन सक्ने भइन्।
यी अभियानपछि उनलाई नौ डाँडा पारीसम्मका मान्छेले चिन्न थाले। गाउँमा बन्ने समूहमा महिला सहभागिता अनिवार्य भएपछि दुर्गाको नाम निर्विकल्प हुन थाल्यो। उनी सदरमुकाम मंगलसेनदेखि बेलखेतसम्मको ३० किलोमिटर बाटोको उपभोक्ता समितिको कोषाध्यक्ष बनिन्।
तर, अधिकारशून्य।
यसपछि समितिभित्र उनको द्वन्द्व चर्कियो। ‘अध्यक्षले मनोमानी गर्थे,’ दुर्गाले सुनाइन्, ‘पैसा निकाल्नु परे मलाई केही नभनी खाली चेकमा जबर्जस्ती हस्ताक्षर गराउँथे। जब उनले रकम हिनामिना गरिरहेका छन् भन्ने थाहा भयो, मैले झगडा गर्न थालेँ। गाउँलेलाई सुनाएँ।’
यस्ता विद्रोहले दुर्गा थोरैका आँखामा कसिंगर, धेरैका आँखामा चस्मा बनिन्। तालिम, सेमिनारका सहभागिताले उनलाई चलाख पनि बनाउँदै लगेको थियो। पहिले सडक उपभोक्ता समितिको मात्र कोषाध्यक्ष बनेकी उनलाई गाउँलेले सामाजिक परिचालकमा चुने। त्यसपछि त सडक उपभोक्ता समितिसमेत उनको निर्देशनमा चल्ने भयो। पहिले ‘मनलागी’ गर्ने अध्यक्ष उनीभन्दा ‘जुनियर’ भए।
सामाजिक परिचालक हुँदा उनी विभिन्न पाँचवटा परियोजना हेर्थिन्। मंगलसेन–बेलखेत सडकखण्ड उनकै निरीक्षणमा तयार भएको हो। उनी महिला मञ्च, दलित अधिकार मञ्च लगायत संस्थाकी संयोजकसमेत थिइन्। विभिन्न परियोजना आफ्नै नेतृत्वमा आएपछि उनले महिला र पुरुषको ज्याला बराबरी हुनुपर्ने माग उठाइन्।
मंगलसेन–बेलखेत सडकखण्ड निर्माण हुँदै गर्दा पुरुष र महिलाले उही काम गरे पनि ज्याला भने बराबरी थिएन। लामो घर्षणपछि त्यो लागू पनि भयो। करिब सात वर्ष सामाजिक परिचालक रहँदा उनले महिलाहरूको प्रजननसम्बन्धि समस्या र दलित अधिकारका क्षेत्रमा काम गरिन्। उनी गाविसभरकै सक्रिय महिलामा गनिइन्।
यसैबीच हो, उनले दलितहरूलाई सामूहिक मन्दिर प्रवेश गराएको।
पछि उनी महिला अधिकार मञ्च, अछामकी जिल्ला संयोजकमा चुनिइन्। दलित अधिकारसम्बन्धि विभिन्न संस्थामा पनि उनको संलग्नता रह्यो। यी सबै काम गर्न दुर्गाका लागि सहज समय भने थिएन। कामकाजका लागि जिल्ला सदरमुकाम धाइरहनुपथ्र्यो। सशस्त्र द्वन्द्व चर्किरहेका बेला माओवादी र सेना दुवै पक्षबाट उत्तिकै केरकार खेप्नुपथ्र्यो। माओवादीमा गएका उनकै गाउँका एक जना दाइलाई सेनाले मारेपछि उनलाई माओवादीले सुराकीको आरोपसमेत लगायो।
करिब एक वर्ष उनी सदरमुकाम लुकेर बसिन्। उनी संलग्न संस्थाले जिल्लामै बस्ने व्यवस्था मिलाइदिएको थियो।
दुर्गा परिवर्तन चाहन्थिन्, जुन परिवर्तन गाउँबाहेक अन्त बसेर सम्भव थिएन। फेरि माओवादी पनि उनी र उनीजस्ता हेपिएकाहरूको पक्षमा लडाइँको नारा लिएर जंगल पसेको थियो। सदरमुकाम बस्दा उकुसमुकस भएपछि उनलाई एकदिन झोंक चल्यो, ‘मरे मर्छु, एकचोटि गाउँ जान्छु।’
उनी लुकेर गाउँ पुगिन्। सुटुक्क आफैं माओवादीलाई भेट्न गइन्। त्यतिबेलासम्म माओवादीको अनुसन्धानले गाउँका दाइको मृत्युमा दुर्गाको कुनै हात नरहेको पत्ता लगाइसकेको रहेछ।
त्यसको केही समयमै उनले दलित अधिकारसम्बन्धि काम गर्ने संस्थामा जागिर पाइन्। त्यसका लागि सदरमुकाम नै बस्नुपथ्र्यो।
यति नै बेला गाउँमा एउटा घटना भयो, जसले दुर्गामा ‘दलित पाठशाला’ को सोच आयो।
‘म सदरमुकाममै थिएँ,’ उनले भनिन्, ‘सँगै पढेका मेरो गाउँका एक जना दलित दाइ आफ्नो भतिजको रिजल्ट चित्त नबुझेपछि प्रधान्याधापकलाई भेट्न गएछन्। ती दाइ गाउँभरमै एसएलसी पास गर्ने पहिलो दलित थिए। रिजल्टबारे सोध्दा हेडसरले भनेछन्– तँ कामीको छोरो हामीमाथि शंका गर्ने? केही दिनमै मलाई यो खबर आयो। म गाउँ गएँ। ती शिक्षकले भनेको कुरा सुन्दा मलाई निकै चित्त दुखेको थियो। तर, त्यही घटनाले नयाँ सोच जन्मायो।’
त्यो सोच थियो– गाउँमै छुट्टै स्कुल खोल्ने।
दुर्गाको गाउँमा तीस घर दलित परिवारको थियो। एउटा विद्यालयका लागि आवश्यक विद्यार्थी उनको गाउँबाटै पुग्थ्यो। त्यो राति दुर्गाले गाउँका सबै दलितलाई एक ठाउँमा भेला गराइन्। सल्लाह गरिन्। गाउँमै स्कुल खोल्ने प्रस्ताव राखिन्। सबैले सहमति जनाए। स्कुलको नाम राखियो– नवदुर्गा प्रावि। गाउँलेले उनको सम्मानकै लागि ‘दुर्गा’ जोडेका थिए।
गाउँका सबै दलित मिलेर भवन बनाए। तीन कक्षासम्म पढाइ सुरु भयो। अछामका एक दलित सभासदसँग २५ हजारबाहेक उनले कसैसँग सहयोग लिएनन्। सरकार या अन्य कुनै गैरसरकारी संस्थाको मुख ताकिनन्। बरु सबैको श्रमदानले दुईकोठे भवन ठड्याइन्।
स्कुल त ठडियो, तर विद्यार्थीदेखि स्कुलका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी पनि दलित भएपछि समाजलाई पाच्य भएन। शिक्षकलाई तलब खुवाउने पैसाधरि पाइनन्। यही भेदभावका कारण झंकार बिकले निःशुल्क पढाउन थाले। कतैबाट सहयोग मिलिहाले, नुनतेल खर्चस्वरुप ५/१० हजार पाउँथे।
गाउँमै स्कुल खुलेपछि पहिले विभेदका कारण स्कुल नजाने बालबालिका पनि जान थाले। गाउँको साक्षरता दर उकालो लाग्न थाल्यो।
‘अहिले हाम्रो समयको जस्तो विभेद त छैन,’ दुर्गा भन्छिन्, ‘विभेद हुँदै नभएको होइन। गैरदलित विद्यार्थीसँग सहज तरिकाले बस्न अझै पनि पाउँदैनन्। अझै पनि भाँडाको पानी सारेर खान पाइँदैन। त्यसकारण दलित बालबालिका स्कुल जान मान्दैनथे। गाउँमै स्कुल खुलेपछि त्यो समस्या हरायो।’
यसले त झन् फरक समुदायसँगको अन्तरघुलन घटाउँछ नि?
‘हो, यसमा हामी सचेत थियौं,’ सेतोपाटीको प्रश्नमा दुर्गाको उत्तर यस्तो थियो, ‘कोही एक कक्षामा पढ्ने दलित विद्यार्थीमाथि कसैले विभेद गर्यो भने त्यो उमेरमा ऊसँग लड्ने सामर्थ्य हुँदैन। चार कक्षामा पुग्दासम्म ऊ लड्ने भइसकेको हुन्छ। हाम्रो स्कुलमा पढाउने मात्र हुँदैन, विभेदसँग कसरी लड्ने भन्ने पनि सिकाइन्छ। चार कक्षामा पुग्दा ऊ विभेदसँग लड्न तयार भइसक्छ। हामी गर्वसाथ भन्छौं– नवदुर्गा प्रावि कखग पढाउने स्कुल होइन, विभेदविरुद्धको ‘स्कुलिङ’ पनि हो।’
स्कुल स्थापनाको केही समयपछि दुर्गा सुर्खेत सरुवा भइन्। सुर्खेत हुँदा पनि उनी स्कुलको खर्च जुटाउन सक्रिय हुन्थिन्। त्यतिबेला उनको मुख्य ध्येय स्कुलमा तलबमा एउटा शिक्षक राख्नु थियो। जो, दलित नै होउन्।
‘स्कुलमा दलित विद्यार्थी मात्र भर्ना गर्ने भन्ने होइन,’ दुर्गा भन्छिन्, ‘तर, दलित गाउँको बीचमा स्कुल भएकाले दलित विद्यार्थी मात्र हुन्थे। दलितको मात्र सक्रियतामा स्कुल खुलेकाले शिक्षक पनि दलित नै हुनुपर्छ भन्ने हाम्रो माग थियो। ताकि, कुनै दलित विद्यार्थीले हामीले पहिले गैरदलित शिक्षकबाट भोगेको विभेद भोग्नु नपरोस्। सबै विद्यार्थी दलित भएकाले दलित शिक्षकसँग मात्र विद्यार्थी खुल्न सक्छन् भन्ने हाम्रो मान्यता थियो।’
सुर्खेत छँदै उनले पल्लो गाउँको स्कुल गणपत प्राविको खबर सुनिन्, ‘विद्यार्थी कम भएकाले एउटा राहत कोटा कटौति हुने भयो।’
दुर्गा तुरुन्तै गाउँ हान्निइन्। तुरुन्तै अभिभावकहरूसँग सल्लाह गरिन्। उनको भनाइ थियो, ‘कोटा काट्नुभन्दा जहाँ शिक्षक छैनन्, त्यो कोटा शिक्षक नभएको ठाउँमा सार्न लगाउनुपर्छ। जुनसुकै हालतमा त्यो कोटा हाम्रो स्कुलमा पार्नुपर्छ, ताकि हामी सधैं एउटै समस्याबाट जुधिरहनु नपरोस्।’
विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालयमा उक्त विद्यालयको कोटा नवदुर्गा प्राविमा सार्न निवेदन दियो। जिल्ला शिक्षा कार्यालयले निर्देशन त दियो, तर दलित शिक्षक दिएन। पहिले गणपत प्राविमा पढाउँदै आएका शिक्षकलाई नै नवदुर्गामा सरुवा गर्ने जिल्ला शिक्षा कार्यलयको निर्देशन थियो। तत्कालीन जिल्ला शिक्षा अधिकारीले घुस खाएर गैरदलित शिक्षकलाई राहत कोटा उपलब्ध गराएको भन्दै दुर्गा लगायतले पुनरावेदनमा मुद्दा हाले।
‘सरकार या कुनै संस्थासँग एक रुपैयाँ पनि नलिई दलितकै पसिनाले खुलेको स्कुलमा पढ्ने, पढाउनेदेखि सञ्चालकसम्म सबै दलित भएकाले हाम्रो स्कुललाई धेरैले नमूना स्कुल भन्थे,’ दुर्गा भन्छिन्, ‘यसरी सबै दलितको पसिना परेको स्कुललाई सरकारले सहयोग गर्नुपर्दैन? हामीले त तलब पाउने गरी एउटा दलित शिक्षक चाहिएको भनेका न हौं। अरू के नै मागेका थियौं र? फेरि जो व्यक्ति हाम्रो स्कुलमा शिक्षक भएर आउनेवाला थिए, ती हाम्रो गाउँका पनि थिएनन्। गैरदलित नै भए पनि हाम्रै गाउँको भए मान्न सक्थ्यौं। त्यसैले हामीले मुद्दा हालेका हौं।’
जागिरका कारण दुर्गा तारिख धाइरहन सक्थिनन्। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबै निरक्षर भएको फाइदा उठाउँदै विपक्षीले फसाउन सक्ने ठानेर दुर्गाले प्रति तारेख पाँच हजार दिएर वकिललाई मुद्दा लड्न लगाइन्। करिब तीन वर्षपछि पुनरावेदनले जिल्ला शिक्षा अधिकारीले भ्रष्टाचार गरेको फैसला गर्यो।
‘उनले आफ्नो जागिर जोगाउन सर्वोच्चमा हामीलाई उल्टै मुद्दा हाले,’ दुर्गा भन्छिन्, ‘विश्वास छ, न्याय हाम्रै भागमा पर्नेछ।’
दुर्गा तारिख धाएको धायै छिन्। तर, उनी यसलाई दुःख मान्दिनन्। ‘समानताको संघर्षमा यत्तिकोलाई के दुःख मान्नु? यो त हामीले निरन्तर गरिरहनुपर्ने काम हो,’ दुर्गा भन्छिन्।
आजको सेतोपाटी बाट……