Monday, August 28, 2017

वाक् स्वतन्त्रतामा दोहोरो मापदण्डको उदाहरण सोनुकुमार -- दिवाकर बागचन्द

विभेद बिरुद्ध अभियान - भदौ १३- प्रसङ्ग हो, महामहिम राष्ट्रपतिलाई  गाली  गरेर न्यायिक हिरासतमा राखिएका युवा सोनुकुमार सुनारको । राष्ट्रपति विद्यादेवी भण्डारीले १६ करोड रुपैयाँको गाडी खरिद गर्न लागेको विषयमा फेसबुकमार्फ़त गालीगलौज गरेकोमा अदालतले उनलाई न्यायिक हिरासतमा राखेको छ ।

अहिले फेरी मन्त्री तथा सभासद् मिन विश्वकर्माले कोशी बाँधबारे दिएको अभिब्यक्तिलाई लिएर पनि त्यस्तै खालको अपशब्द र तुच्छ गालीगलौज गरिएको छ । राष्ट्रपतिको सन्दर्भमा गाली गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भनेर काकोहोलो मच्चाउनेहरुले मिनका सन्दर्भमा पनि केही शब्द खर्चेलान्की ? 

कुरा गरौँ वाक स्वतन्त्रताको हो । यहाँ नेपालको संविधानको भाग ३, स्वतन्त्रताको हक अन्तर्गत, २ (क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, अनि धारा १८ मा उल्लेखित समानताको हक अन्तर्गत कानुन बन्ने अनि लागु हुने भन्ने कुरा आकर्षित हुन्छ । संविधानमा ति धाराहरुमा उल्लिखित केहि अपवादहरू यस सन्दर्भमा प्रासंगिक छैनन्।  सोनु कुमारको गल्ति आफ्नो अभिव्यक्ति स्वतन्त्रता अभ्यास गरेको रह्यो ।  उनले महामहिम राष्ट्रपतिलाई तुच्छ शब्द प्रयोग गरि सामाजिक सञ्जाल फेसबुकमा गाली गरेको देखियो । यो सन्दर्भलाई धेरै कोणबाट हेर्न सकिन्छ।

यदि संबिधानको मर्म अनुसार हाम्रो सम्मानित न्यायालयले न्याय गर्ने हो भने जुन कानुन अन्तर्गत सोनु कुमारलाई न्यायिक हिरासतमा राखिएको छ, त्यो सोनु जस्ता सामान्य मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात हो । यो न्यायालयको असमान व्यवहारको सूचक हो । विगतमा ज्यानमाराको आरोप  लागेका अपराधीहरू स्वतन्त्र भएर समाजमा हिंडेका छन्, अझै कतिपय त राम्रै पदमा पनि छन् । यस सन्दर्भमा सोनु कुमारको कार्यलाई अपराध नै मान्ने हो भनेपनि यो अहिंसक (अंग्रेजीमा नन-भायोलेंट) प्रकृतिको अपराध हो । यसले अरु कसैलाई भौतिक रूपमा हानि पुर्याएको छैन । 

नेपाली न्यायिक इतिहासमा यो भन्दा गम्भीर प्रकृतिका मुद्दाहरुलाई पनि सार्वजनिक अपराधको मुद्दा बनाएर सानोतिनो धरौटी सजायमा छाड्ने गरेको उदाहरणहरु छन् । ति ठुला र पहुँच भएकाहरू थिए । अब आयो कुरा सोनुकुमारको । कानुनका ज्ञाताहरुका अनुसार  एक हप्ता भन्दा बढी न्यायिक हिरासतमा राखिएका सोनुकुमारको छुट्ने विकल्पहरू मध्ये ५० हजार देखि १ लाख रुपैयाँसम्मको धरौटीमा छुट्नु हो । जुन रकम एउटा सामान्य गरिब दलित परिवारको मान्छेको लागि तिर्ने क्षमता बाहिरको कुरा हो, नत्र निरन्तर हिरासतमै रहन्छन् ।

यही मुद्दालाई अर्को कोणबाट हेर्दा, विगतमा ठुलो पदमा रहेका नेताहरू सबैलाई गालीगलौज गरिएकै छन् । उनीहरू सबैको खिल्ली उडाइएको छ, कति ठुलो नेताहरूले गालामा झापड खाएका छन् । कति कुटिएका छन्, यि सबै देशको दुर्गतिबाट आक्रान्त जनताहरूको आक्रोशको परिणाम थियो । यस्ता घटनाहरूलाई विगतमा यति ठूलो बनाइएका थिएनन् । पीडित नेताहरूले पनि "भैगो" भनेर ति व्यक्तिहरुलाई छाडिदिएका उदाहरण छन् । 

सोनुकुमार पेशाले एउटा सानो एफएम स्टेशनका पत्रकार हुन् । त्यो भन्दाबढी उनी मुलुकको राजनीतिक अस्थिरता, गरिबी तथा अव्यवस्थाले वाक्कदिक्का भएका हजारौ-लाखौ युवावर्गका प्रतिनिधि पात्र पनि हुन् । त्यो दिन फेसबुकमा उनले अभिव्यक्त गरेको विचार त्यही असन्तुष्टिको अभिव्यक्ति हो । उनले गरिव मुलुकका राष्ट्रपतिले १६ करोड रुपैयाँको गाडी किन्ने विषयलाई लिएर आफ्नो 'फ्रष्ट्रेसन' पोखेका हुन् । विगतमा राजतन्त्रलाई निरङ्कुश भनियो, राजसंस्था गएपछि राष्ट्रपतिलाई गाली गरेको नाममा जुन कारवाहीको शिकार सोनुकुमार भएका छन्, त्यसले अर्को खाले निरङ्कुशता आभास दिलाएको छ । 

सोनुको अभिव्यक्तिमा गालीगलौज थियो, राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिलाई भन्न सुहाउने थिएन । तर, फेसबुकमा राष्ट्रपतिलाई त्यसरी गाली गर्ने उनी एक्ला थिएनन् । अरुले पनि सोनुकुमारले जस्तै गरी राष्ट्रपति भण्डारीलाई गाली गरेका थिए । अझ यस्ता अभिव्यक्ति दिनहुँ फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा छ्याप्छाप्ति आउने गर्छन् । खुला-सञ्चारको यो युगमा यी कुरा सामान्य भइसकेका छन् । कुरा यो होइन,  सोनुकुमारले ठिक गरे । उनले दिएको अभिब्यक्ति निन्दा गर्न लायक छन् । कुरा यति हो, उनले जे कुराको आधारमा जुन अभिब्यक्ति दिए । त्यसमा सोनुकुमार सुनार चाही कारवाहीको भागीदारी हुने अरुलाई चाही उन्मुक्तिको दोहोरो मापदण्ड किन ?

उनले प्रयोग गरेको शब्दकै कुरा गरौं । यस्ता शब्दहरु गाउँ-घरमा प्रयोग हुने गाली-गलौज हुन् । सोनुकुमारको पृष्ठभूमिसंग यस्ता शब्दहरुको मेल खान्छ। यो भन्दा अति-तुच्छ शब्द देवी ज्ञवालीवाला प्रकरणमा प्रचण्ड-पुत्री माथि प्रयोग भएको थियो । त्यसमा चाही के कारवाही भयो त ?  

सोनुकुमारलाई गरिएको कारवाहीसंग उनको जातीय पृष्ठभूमि जोडिएको छैन भनेर कसरी मान्ने ? उनी गरिव परिवारको दलित युाव हुन् । त्यसैले उनलाई यो कारवाहीको प्रकृया लगियो भनेर भन्ने आधार उनले जस्तै राष्ट्रिपतिलाई गाली गर्नेहरुलाई सोधपुछसम्म नगरिनुबाट प्रष्ट हुन्छ । यही प्रस‌ंगमा भर्खरैको मीन विश्वकर्मलाई गरिएको गालीको सन्दर्भ पनि जोडेर हेर्न सकिन्छ । मीनलाइृ फेसबुकमा गरिएका गालीका केही नमुना यस्ता छन्, 'कामीले जात जनायो', 'दलितको दरिद्रपन', 'यहि हो दरिद्र दलित चोर', यतिमा सिमित भएन, मीनकी आमालाई समेत जोडेर छुद्र किसिमका गालीहरु बर्षिए । सोनुकुमारले राष्ट्रपतिलाई ब्यक्तिगत गाली गरेका थिए । यहाँ मिनलाई व्यक्तिगत गाली मात्र गरिएन, पुरै जातीलाई गाली गरियो । तर, यसमा प्रशासनले चासो लिनु परेन किन भने गाली गर्नेहरु उच्च घराना र जातीका थिए ।  

अन्त्यमा हाम्रो न्यायालय प्रगतिशिल छ । यसले केही उदाहरणीय कामहरु गरेका छन् । समलिंगी विवाहदेखि जातीय छुवाछुतमाथिको प्रतिबन्धसम्ममा अदालतले 'प्रोग्रेसिभ भर्डिक' दिएका छन् । अझ प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विषयमा शाहीकालमै पनि अदालतका आदेशहरु जनपक्षीय थिए । सोनुकुमारको सन्दर्भमा पनि अव अदालत मात्र आशाको त्यान्द्रोको रुपमा बाँकी छ । सारा समाज, सरकार र प्रशासन उसले लेखेको फेसबुक स्टेटसका कारण उसलाई 'जघन्य अपराधी' संज्ञा दिएर कारवाही गर्न उद्दत छ । यसको एउटै कारण उनी दलित हुन्, गरिव छन् । नत्र त्यही भाषा र शैलीमा गाली गर्दा अरुले अभिब्यक्ति स्वतन्त्रताको उपयोग गरेको हुने सोनुकुमारले अपराध गरेको ठहरिने हुन्नथ्यो । 

विगत एक दशकदेखि अमेरिका प्रवासमा भएको मेरो अनुभवले सोनुकुमारको स्टेटस उनलाई जेल लैजाने अपराध होइन । लोकतन्त्र र व्यक्तिगत मानहानीबाट संरक्षणका लागि राम्रो कानुनी व्यवस्था भएको अमेरिकामा समेत यस प्रकारको अभ्यास पाइदैन । फेसबुकमा केहि लेखेकै भरमा गिरफ्तार गरेर कानूनी कारवाही गर्नु यहाँ आश्चर्यको विषय हो । हालकै राष्ट्रपति ट्रम्पको बारेमा फेसबुकमा हुने टिका-टिप्पणी, मजाक, हाँसोहरूका बिरुद्ध मुद्दा चलाउने हो भने यहाँ सयौं/हजारौं होइन, लाखौं मान्छेहरू सोनुकुमारको नियती भोग्नु पर्ने हुन्छ । 
कान्तिपुर दैनिक बाट साभार 

मौलिक पहिचानलाई विश्वभर उजार गर्न मिस विश्वकर्मा : बराइली

बिभेद बिरुद्ध अभियान , भदौ १३  - मिस विश्वकर्मा इन्टरनेश्नल २०१७ काे फाइनल अडिसन भदौ २३ गते कतारकाे राजधानी दाेहामा हुँदैछ। पहिचान, अधिकार र आफूसँग भएको कला क्षमतालार्इ प्रस्फुटन गर्ने उद्देश्यले अायाेजित मिस विश्वकर्मा २०१७ काे फाइलन अडिसनका लागि अाठ जना प्रतियाेगी छनाैट भएका छन्। प्रतियाेगिताकाे अायाेजक मोनाली  इन्टरटेन्मेन्ट रहेकाे छ।
गत वर्ष पूर्वाञ्चल मिस विश्वकर्मा आयोजना गरिए पनि मिस विश्वकर्मा भने पहिलो पटक अायाेजना भएकाे  हाे। मोनाली इन्टरटेनमेन्टका सञ्चालक हुन् गायक दीपक बराइली।  मोरङको पथरी, शनीशरे नगरपालिका ८ मा जन्मिएका बरायलीले माध्यमिक र उच्च माध्यमिक सम्मको शिक्षा भागिरथ उच्चमाध्यमिक विद्यालयमा हासिल गरे।  उनले स्नातक तहको अध्ययन दमक बहुमुखी क्याम्पस, झापामा  व्यवस्थापन संकायमा पूरा गरे। 
उनी सानैदेखि संगीतमा रुचि राख्थे। जसको फलस्वरुप २०६२  सालमा पूर्वाअञ्चल संगीतालयमा जोडिए। त्यसपछि उनले मणीकमल क्षेत्रीसँग संगीत सिके। अहिलेसम्म उनले १० वटा गीत गाइसकेका छन्। 
यसै सन्दर्भमा  बराइलीसँग गरिएकाे कुराकानीकाे सारसंक्षेप
 मिस विश्वकर्मा इन्टरनेश्नल २०१७ किन अावश्यक पर्यो?
हाम्रो देश विविध भाषा जातजातीले भरिएको छ। हरेक जातजातीले आआफ्नो भाषा, संस्कृतिको संरक्षण र सम्बद्धनका लागि यस्ता किसिमका कार्यक्रम आयोजना गर्ने गर्दछन्।  मिस विश्वकर्माले विश्वकर्माको समुदायकाे एकताका लागि काम  गर्ने छ।  हाम्रो समुदायका युवतिमा रहेकाे प्रतिभा प्रष्पाेटन गर्न कार्यक्रम आयोजना गरिएकाे हाे।  
 –मिस विश्वकर्मा इन्टरनेश्नल२०१७ मा कति प्रतियोगि सहभागि थिए?
मिस विश्वकर्मा अन्तराष्ट्रिय हामी पहिलो पटक गर्न लागेका हौं। तर, पनि सहभागीताको भने आशा गरे भन्दा राम्रो नै रह्यो। हाम्रो सूरुमा ३९ जनाले आवेदन दिएका थिए। जुन हाम्रो अडिशन राउण्डबाट बाहिरनु भयो। उहाँहरु कोहि आफ्नो इच्छाले बाहिरएिका थिए भने। कुनै सहभागीहरुको हामीले तोकेको मापदण्डमा नपरेका ले बाहिरीएका थिए।

 –मिस विश्वकर्मा इन्टरनेश्नल के कस्ता मापदण्ड बनाउनु भएको थियो?
प्रतियोगीको न्यूनतम योग्यता एसएलसी पास हुनुपर्नेछ। भने उचाइ कम्तिमा पाँच फिट दुई इन्च हुनुपर्नेछ।  यो मापदण्डका आधारमा हामीले प्रतिस्प्रर्धी छनोट गरेका थियौं।  हामीले नपाल भरीका विश्वकर्मा समुदायका युवती प्रतियोगितामा सहभागी गराएका छौ। विश्वकर्मा समुदायका युवतीहरु शिक्षीत छन। र उनीहरु पनि जुनसुकै प्रतिगोगितामा सहभागी भएर सफल हुन्छन् भन्ने हो।
र सिक्ने कुरा त आफ्नो थर भन्नै अफ्ठ्यारो मान्ने गर्थे। यो प्रतियोगिताबाट  नेतृत्व विकास भएकाे छ। 
–अरू प्रतियोगिता भन्दा यो प्रतियोगितामा के भिन्नता छ?
मिस विश्वकर्मा पनि अरु सौन्दर्य प्रतियोगlता जस्तै हो। फरक यतिमात्र हो हामीले यो विश्वभरीका समुदायलाई विश्वकर्मा पनि कुनै जातl समुदाय भन्दा फरक छनाैं भन्ने हो।  प्रतियोगिता उस्तै हो जसरी अन्य सौन्दर्य हुने गर्दछन्।  निर्णायक टाेली हुन्छ।
–प्रतियोगिताको विजेता कसरी घोषणा गर्दै हुनुहुन्छ?
प्रतियोगिताको विजेता एकदमै निस्पक्षताका आधारमा हुन्छ। निर्णायक मन्डल रहेकाे छ। उनीहरुको निर्णय नै अन्त्तिम हुने छ। निर्णायक मन्डलले नै विजेता घोषणा गर्ने छ। मिस विश्वकर्मा २०१७ विजेता  ताजसहित स्कूटर हात पार्नेछिन्। विजेतालाई स्कूटरसँगै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ, भने सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ।
साथै, मोनाली  इन्टरटेन्टमेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने  र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बराइलीले बताए। सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको  छ।   
–याे प्रतियोगिताबाट समाजमा कस्तो सन्देश जान्छ?
–वर्षौदेखिको कुण्ठीत समुदाय यसरी जाग्नु भनेको नै परिवर्तन हो। विकास हो। विश्वकर्मा समुदायलाई कलाको धनी भन्छौ, विश्वकर्मा पूजा पनि गरिन्छ। जसरी विश्वकर्मा समुदायको पूजाका लागि दिन छुटाइएको छ। त्यसरी नै एक दिन सरकारी तहबाट विश्वकर्मा समुदायका लागि विदाको दिन छुट्याउनु पर्छ। र, हाम्रो समाजको जाति व्यवस्था कामको आधारमा छुटाइएको छ।
तर, अब समाज परिवर्तन भइसकेकाे छ। समाज  शिक्षित भएकाे छ। अहिले विभेदमा कमी भए पनि अन्त्य भने भइसकेकाे छैन। तसर्थ याे प्रतियाेगिताले विश्वकमर्मा समुदायकाे माैलिकता र उनीहरूमा रहेकाे कलालार्इ झल्काउने छ। यसकाे सन्देश सकारात्मक नै हुनेछ।

बुदी सार्कीले स्याउ बेचेर चार छोराछोरीको पढाइ खर्च जुटाउँदै

विभेद बिरुद्ध अभियान - बाजुरा, १३ भदौ । बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन् ।छोराछोरीलाई पढाउनका लागि आर्थिक स्रोत नभएपछि स्याउ बेचेर खर्च धान्नु परेको सार्कीको भनाइ छ । ‘लोग्नेको कृषि पेशाबाहेक अरु कुनै आम्दानी गर्ने ठाउँ नै छैन, यही स्याउ बिक्री गरेर बालबच्चालाई कापी, कलम किनेर लैजान्छु ’।
‘यसवर्ष दुई सय बोट स्याउ लगाएकी थिएँ तर असिनाले फल्न लागेको स्याउको फल लिएपछि अर्काको बारीबाट प्रतिदाना रु १० मा खरिद गरेर सानो स्याउको रु १५ र ठूला दाना स्याउको रु २० मा बिक्री हुने गरेको छ ।घरमा जहान बालबच्चाको पालनपोषण र शिक्षा दिनका लागि जडीबुटी, च्याउ, संकलन गरेर खर्च चलाउँदै आएको सार्कीले बताउनुभयो ।सार्कीसँगै ८ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाम आएकी सोही वडाकी ४० वर्षीया कला सार्कीले पनि स्याउ बेचेर घरका लागि खाद्य सामग्री र बालबालिका लागि पढाइखर्च जोहो गर्ने गर्छिन् । “न्युन आयस्रोत भएका कारण मजदुरी गरेर खानु बाहेकको कुनै विकल्प छैन,” कलाले भनिन् ।यो वेला स्याउको समय भएकाले स्याउ बिक्री गर्न आए, यसपछि जडीबुडी,च्याउलगायत संकलन गर्ने र अरुको भारी र खेताला काम गरेर गुजारा चलाउनुपरेको उहाँको भनाई छ ।
मार्तडी आएर लोकतान्त्रिक चोकमा बसेर दिनभर स्याउ बिक्री गर्दा सात सयदेखि एक हजारसम्म आम्दानी हुने गरेका छन । एक हजार कमाइ भए पनि खाना खाएर ६ सय मात्र लिने गरेकी छु, कलाले भन्नुभयो ।पाण्डुसैनबाट– ८ घण्टाको कष्टकर पैदलयात्राा गरेर ल्याएका स्याउ समयमै बिक्री नहँुदा कहाँ बस्ने भन्ने अर्काे चिन्ता हुने गरेको छ, उनले भनिन्– ‘आएपछि घर कसरी जाने हो चिन्ता आजै लाग्न थालेको छ ।
आफ्नो बारीमा दुई बोट स्याउ लगाएको थिएँ, फलेपनि असिनाले लग्यो, असिना पानीले फलेको स्याउ सखाप गरेपछि स्याउखेती गर्दैआएका व्यापारीबाट साना स्याउको रु पाँच र ठूला दान स्याउको रु १० मा किनेर ल्याएको छु, सार्कीले भनिन्– मार्तडी बोकेर ल्याउँदासम्म रु १५ र २० ले बिक्री गरे पनि बजार पाउन सकेको छैन् ।जिल्लाका उत्तरी भेगका स्वामिकार्तिक गाउँपालिकाको जुकोट, साप्पाटा पाण्डवगुफा गाउँपालिकाको गोत्री, जगन्नाथ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन स्याउखेतीको पकेट क्षेत्रको रुपमा रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ ।
स्याउखेतीका लागि जिल्ला कृषि विकास कार्यालयबाट १२० हेक्टरका लागि स्याउका बोट वितरण गरेको थियो । स्याउ उत्पादन बढेको भए पनि व्यवस्थापन नहँुदा किसान मर्कामा परेका छन् ।

Sunday, August 27, 2017

नागरिक प्रमाणित नभएको एउटा दलित नेपाली

विभेद बिरुद्ध अभियान - भदौ ११  - गुल्मी : उनका वंशज जन्मिए नेपालमा । हुर्किए नेपालकै ग्रामीण वस्तीमा । तर, उनीहरुसँग नेपाली नागरिकता छैन । पिताको नागरिकता नबन्दै निधन भयो । पिताको नागरिकता नहुँदा आमाको बनेन । आमाको नागरिकता नहुँदा छोरा बुहारी र नाती नातिनीको नागरिकता पनि बनेन । तराई मधेसमा नागरिकता नपाएको मुद्दा राष्ट्रिय राजनीतिको केन्द्रमा बहस हुने गर्छ तर पश्चिम नेपालको गुल्मीमा एउटा यस्तो परिवार छ, जसको तीन पुस्तादेखि नागरिकता छैन । शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सामाजिक सुरक्षाको सुविधा पाउने कुरै भएन ।
गुल्मी दरबार गाउँपालिमा १ का ५० वर्षीय गोपाल परियारका पिताको नागरिकता नबन्दै निधन भयो । आमा मंगली परियारको नागरिक बन्न पाएन । माता र पिताको नागरिकता नहुँदा गोपाल र उनकी श्रीमती सीताको नागरिकता बन्न सकेन । गोपाल र सीताका छोराछोरी नागरिकता बनाउने उमेरका भइसके तर उनीहरुको नागरिकता बन्ने उपाय भेटिएको छैन ।‘अहिलेसम्म कसैको पनि नागरिकता बनेको छैन्’, ५० बर्षीय गोपाल परियारले भने,‘ बुवा बितिहाल्नुभयो । आमाको नबनेपछि दाजुभाइ कसैको पनि नागरिकता बनेन् ।’ नागरिकता नभएपछि राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा सेवाबाट यो दलित परिवार बञ्चित छ । श्रीमती सीताको समेत नागरिकता नभएको उनले बताए ।
‘बुबा बितेको १२ वर्ष भइसक्यो’, गोपालले भने, ‘बुबाको निधनपछि दुःखका दिन सुरु भए ।’ बुबाको काजक्रिया गर्दा लागेकै ऋण तिर्न नसक्दा भएको जग्गा जमिन साहुँले लगेको उनले बताए । वृद्ध आमा मंगली परियार धुर्कोट कोरापानीस्थित छोरीको घरमा पाँच वर्षदेखि बस्दै आएकी छिन् ।
नौ वर्षको अवधिमा आठ ठाउँमा सरेर बस्दै आएको श्रीमती सीता परियारले बताइन् । ‘आजभोलि धुर्कोट गाउँपालिकाको काभ्राबोटमा बसिरहेका छौँ’,उनले भनिन्, ‘नजिकै खोला छ । सुतिरहेको बेला बगाएर लैजान्छ कि भन्ने डर हुन्छ । दिनहुँजसो पानी परिरहेको छ । सिमसिमे पानी पर्नासाथ भान्सा र ओछ्यानसम्मै पानी पुग्छ ।’

यसअघि नगरपालिका भित्रका लप्ती, बालुवा, लामडाँडा, उर्लेनीलगायत ठाउँमा बसेको उनले सुनाइन् । ‘त्रिपालले जसोतसो झुपडीलाई ओते पनि ठूलो पानी भित्र पसिहाल्छ’, सीताले भनिन्, ‘धेरैपटक हावा चल्दा उडाएर लग्यो ।’ बर्षातका बेला दिन रात बिताउन धेरै कठिन हुने गरेको उनले बताइन् ।
घरमा भएको पुख्र्यौली सम्पतिजति ऋण तिर्दैमा सकिएपछि सुकुम्बासी बनेको गोपाले बिलौना गरे । दलिथुममा रहेको आफनो थाँतथलो छोडेर नौ वर्षदेखि घर छोडेर हिँडेका परियार जहाँ पुग्यो, त्यहीँ अस्थायी झुपडी बनाएर बस्दै आएका छन् । परियारका ६ जना छोराछोरी छन् । एक छोरा र पाँच छोरीमध्ये साथमा तीन छोरी रहेको उनले बताए । घरमा पालनपोषण गर्न समस्या भएपछि जेठो छोरा १८ वर्षीय सञ्जयलाई होटलमा काम गर्नका लागि काठमाडौं पठाएको उनले बताए । जेठी छोरी मंगली परियार र माइली छोरी गीता परियारले गाउँमै अरुको घरमा काम गर्दै जिविका चलाउँदै आएका छन् ।
साथमा रहेका श्रीमती र तीन छोरीलाई बिहान बेलुका छाक टार्न मुस्किल हुने गरेको छ । ‘सिजनमा काम हुँदा त जसोतसो काममा जान्छु’,परियारले भने,‘काम नपाएपछि खाना जुटाउनै सकिन्न ।’ खुट्टामा पोलिएर घाउँ भएपछि अप्ठ्यारो काम गर्न समस्या हुने गरेको उनले बताए ।
बाँसले बारेको झुपडीलाई त्रिपालले बेरे पनि यसले न पानी छेक्छ, न त घाम नै । झुपडी नजिकै पनाहखोला उर्लिरहेको हुन्छ । पानी पर्दा रातभर निदाउँदैनन् उनीहरु । ‘जसोतसो झुपडी बनाएर जीवन चलेको छ’,गोपालले भने, ‘घरमा सम्पत्ति केही छैन् । दुःख, सुख गरी परिवारलाई दुई छाक जुटाएको छुँ ।’
बर्षातका बेला रोपाँइ हुँदा मेलामा गएर ज्याला मजदुरी गरी जिविकोपार्जन गरे पनि काम नपाउँदा कहिल्यकाँही भोकभोकै बस्नुपर्ने बाध्यतामा छ यो परिवार । ‘नागरिकता नै नभएपछि अरु के होस् र ?’,सीताले भनिन्, ‘घरमा भएजतिको सम्पत्ति ऋण तिर्दैमा सकियो । सुकुम्वासी भएर खोला किनारमा बस्नुपरेको छ ।’
सदरमुकाम तम्घास–धुर्कोट–पुर्कोटदह सडक नजिकै पनाह खोलाको तीरमा छाप्रो बनाएर बसेको धेरैले देख्छन् । जिल्लाको प्रशासनिक, राजनीतिक र सुरक्षाको जिम्मेवारी लिनेहरुले पनि तर यो दलित परिवारको अवस्थाका बारेमा कसैले एक शब्द सोध्दैनन् । ‘नागरिकता बनाउन पाएँ केही राहत पाइन्थ्यो कि भन्ने लागेको छ’, सीताले भनिन,‘भोट हाल्न पाउने भए नेता ज्यूँ पनि आउनुहुन्थ्यो होला । नपाउने भएपछि कसैले हेरेनन् ।’
नागरिकता नभएका कारण मतदाता सूचीमा उनीहरुको नाम पनि छैन । पञ्चायतदेखि नै मताधिकार प्रयोग गर्न सक्ने उमेरका गोपालले ०४६ र ०६३ मा भएका ठूला राजनीतिक परिवर्तन सुनेका छन् । तर उनको जीवनमा ती परिवर्तनले तात्विक भिन्नता ल्याउन सकेको छैन । मुलुकमा भएका संसदीय, स्थानीय, संविधानसभाका निर्वाचन गोपालका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’जस्तै भएका छन् ।
दलित परियारलाई छाप्रो बनाएर निःशुल्क बस्नका लागि रेसुंगा नगरपालिका–६ निन्नीचौरका भोज बहादुर कुँवरले जमिन दिएका छन् । ‘परिवारसहित विचल्लीमा परेको देखेपछि बस्ने ठाउँको बन्दोबस्त मिलाएका हौँ’, स्थानीय खिम बहादुर कुँवरले भने, ‘यस्तो गरिब परिवारलाई सरकारले पनि हेरेको छैन् ।’ चुनाव जितेर आएका जनप्रतिनिधिले बिचल्लीमा परेको परिवारको राहत एवं पुर्नस्थापनाका लागि पहल गर्नुपर्ने उनको आग्रह छ । ‘धन सम्पति भएकालाई समस्या नै हुँदैन’,उनले भने,‘गरिब निमुखा जनताको सेवामा नगरपालिकाका मेयर उपमेयरको ध्यान गएको खोइ ?’ नगरपालिकाभित्रै यसरी जीवन बिताइरहेकाहरुको सेवामा कसैको पनि नजर नपुगेको उनले बताए । यो दलित परिवारलाई सुरुमा नागरिकता बनाउनेतर्फ सबैले चासो देखाउनुपर्ने कुँवरको भनाइ छ ।
साभार : गंगा खड्का /अन्नपूर्ण 

Saturday, August 26, 2017

मुग्लानको ‘निको नहुने घाउ’

विभेद बिरुद्ध अभियान - भाद्र १०, २०७४- भुकम्पले छिन्नभिन्न बनेको घरछेउको टहरामा एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् । उनकी आमा घरी छोराको र्‍याल पुछिदिन्छिन् त, घरी दिसा–पिसाब सोहोर्छिन् । फेरि, टहराभित्र जमेको पानी सोहोर्दै बाहिर फाल्छिन् । छोरालाई कसै गरी सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्ध पति र अचेत (कोमा) अवस्थाको छोरा सम्हाल्ने जिम्मेवारी यिनै ७० वर्षीया माया मगरातीको काँधमा छ । कतिसम्म भने उनी छोराको दाह्री, कपाल आफैं काटिदिन्छिन् । चाँगुनारायण नगरपालिका–४ संगमटोलका ४३ वर्षीय रामकृष्ण सार्की २०६६ फागुनमा परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरे । दुई वर्ष राम्रै कमाइ पनि गरे, बिदामा घर आए । फेरि २०६८ असोजमा साउदी पुगेका उनी फागुनमा एकाएक अस्वस्थ बने । योपटक भने धन कमाउने सपनामा बेस्सरी तुवाँलो लाग्यो । स्वास्थ्यले साथ दिंदै दिएन । ‘विदेशी भूमिमा पनि आफ्नै पेसा (जुत्ता सिलाउने) काम पाएकोमा छोरो खुसी थियो, कमाइ राम्रै थियो,’ उनका बुवा चतुरे सार्कीले भने, ‘तर त्यो खुसी धेरै दिन टिकेन, नसोचेको वज्रपात आइपर्‍यो ।’
दिनभरको ड्युटी सकाएर कोठामा आराम गर्दै गरेका उनी एक्कासि अस्वस्थ भए । एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल पुर्‍याउँदा उनको शरीरका अङ्गले काम गर्न छाडिसकेका थिए । ‘जम्मा २० सेकेन्ड अक्सिजन रोकिएको थियो रे, शरीरले काम गर्नै सकेनछ,’ उनकी आमा मायाले भनिन्, ‘टाउकोको एउटा नसासमेत सुकेको रहेछ ।’ रामकृष्ण करिब चार वर्षयता कोमामा छन् । साउदीमा २ वर्ष कमाएको पैसा तीन महिना उपचार गर्दैमा सकियो । उपचारमा त्यो कमाइले नपुगेपछि उनलाई २०६९ वैशाख १६ मा नेपाल फर्काइयो । कमाउन गएका श्रीमान् कोमामा फिर्ता भएपछि दुई छोरी, छोरा र वृद्धकाय सासू–ससुरालाई छोडेर रामकृष्णकी श्रीमतीले दोस्रो विवाह गरिन् ।
कोमामा शरीर बाँधिएर फिरेकै साता रामकृष्णको पुस्तैनी घर पनि भूकम्पका कारण ‘कोमासरह’ बनिसकेको थियो । त्यही भएर उनको परिवारले कुखुरा पाल्न बनाएको टहरामा कष्टकर जीवन गुजारा गर्न थालेका थिए । ‘सधैंजसो पानी चुहिएर टहराभित्र आहाल बनिरहेको हुन्छ,’ आमा मायाले भनिन् ।
यसैबीच, रामकृष्णको कष्टकर जीवनका बारेमा पत्रिकामा समाचार पढेर पोखरावासी सरिता गुरुङले सामाजिक सञ्जालमार्फत ‘रामकृष्ण सार्की सहयोग’ अभियान थालेकी छन् । अभियानबाट संकलित रकमबाट सार्कीको परिवारलाई घर बनाइदिने योजनासहित घरको नक्सापास प्रक्रिया सुरु भएको छ । यसका लागि सरिताले ७ लाख रुपैयाँ उठाइसकेकी छन् । मेरो कोमामा सास फेरिरहेको छोराले पानी नचुहिने र अलिक न्यानो भरथेग रहने घरमा अबका दिन–रात बिताउन पाउला कि भन्ने आस पलाएको छ,’ बुवा चतुरे भन्छन्, ‘हामी गरिब–दु:खीलाई यति भए पनि सहारा दिने ठूला मन भएका सबैलाई कोटीकोटी नमस्कार छ ।’ 
(शब्द: लीला श्रेष्ठ  / तस्बिर  हेमन्त श्रेष्ठ को  यो लेख आजको कान्तिपुर बाट साभार गरिएको हो।)

Wednesday, August 23, 2017

दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरीद्वारा भोजन र उपचार

विभेद बिरुद्ध अभियान - भदौ ७ -राजविराज-सप्तरीको राजविराज नगरपालिका–१ स्थित डुमरी शिवथानमा रहेको दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरी र नेपाल प्रहरी अस्पताल, काठमाडौँले मंगलबार सामूहिक भोजन तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीले आयोजना गरेको सो सामूहिक भोजनका लागि रेडक्रश सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्दर भगतले आर्थिक सहयोग गर्नुभएको थियो । त्यहाँ रहेका करिब ७५० बाढीपीडित दलित परिवारलाई भात, दाल र तरकारी तथा अचारलगायतका भोजन खुवाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । 
यस्तै, नेपाल प्रहरी अस्पताल काठमाडौँले विभिन्न रोगबाट पीडित ४५० बाढीपीडितलाई परीक्षण गरी झाडापखालाबाट बच्नको लागि औषधिसहित अन्य विभिन्न किसिमका औषधि पनि निःशुल्क वितरण गरिएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो । 

सो शिविरमा नेपाल प्रहरीका तर्फबाट विशेषज्ञ डा आशिष दत्त, डा शिरिष रेग्मी, डा रोशन निरौलासहित सातजनाको टोलीले स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधिसमेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बाढीपीडितका लागि आयोजित सो भोजन कार्यक्रममा राजविराजस्थित राजदेवीटोलमा रहेका भोलेनाथ टेन्ट हाउसले बाढीपीडितका लागि टेन्ट, खाना खाने टेबुल र कुर्सी सहयोग गरेको थियो । 

सो अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा दैवीप्रकोप उद्धार समितिका संयोजक भागिरथ पाण्डे, सगरमाथा अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बलराम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती, पत्रकार चन्दन यादवसहितका स्थानीय बुद्धिजीवीको समेत सहभागिता रहेको थियो । 

मुखियाका परिवारलाई रु दुई लाख 

यसैबीच, करिब दुई हप्ता अगाडि वर्षासँगै आएको बाढीमा डुवेर मुत्यु भएका सप्तरीको बेल्ही चपेनाका कमल मुखियाका परिवारलाई मंगलबार रु दुई लाख हस्तान्तरण गरिएको छ । दैवीप्रकोप उदार समितिका अध्यक्ष तथा प्रजिअ भगिरथ पाण्डेले मुखियाका श्रीमती रामकुमारी मुखियालाई नगद जनही रु दुई लाख प्रदान गरिएको सो कार्यक्रममा सहभागी चन्दन यादवले जानकारी दिनुभयो । 

यसअघि बाढीमा मन्त्रिपरिषद्को निर्णणअनुसार बाढीबाट मृत्यु भएका कमलु सदा, डोमी यादव र नथुनी रामका परिवारलाई राहत स्वरुप रु दुई ÷दुई लाखका दरले प्रजिअ पाण्डेले उनीहरुको घरमै पुगेर राहत वितरण गर्नु भएको थियो ।

उपराष्ट्रपतिको बुहारीले बाँडिन् मुसहर बस्तीका बाढीपीडितलाई राहत

विभेद बिरुद्ध अभियान - भदौ ७ -चितवन–उपराष्ट्रपतिकी बुहारी जुना घर्ती मगरले चितवनको रत्ननगर नगरपालिका वडानम्बर ५,६ र ७ का मुसहर र दलित बस्तीमा र राहत वितरण गरेकी छन् । उनले सो क्षेत्रमा ९३ घर परिवारलाई चामल,दाल बेसार र तेल वितरण गरेकि हुन् ।
 सो अवसरमा घर्ती मगरले चिकित्सक टोली समेत लगेर पीडितहरुको स्वास्थ्य जाँच गराएकी छन् ।
राहत वितरणपछि पुनले भनिन् ‘बाढीले मुसहर र दलित बस्तीमा खानाको मात्रै होइन स्वास्थ्यको पनि समस्या रहेछ । हामी पुगेपछि धेरै खुशी भए ।’

राहत पाएपछि स्थानीइ मनशान्ता विकले समस्यामा परेका बेला सहयोग पाउदा खुशी लागेको बताइन् । स्वास्थ्य चेकजाँचका क्रममा केहि बालबालिकालाई निमोनिया र टाइफाइडको समस्या देखिएकाले औषधि वितरण गरेको डा.वासुदेव पाण्डेले बताए ।स्वास्थ्य टोलीले सिटामोल लगायतका प्राथमिक उपचारका औषधि वितरण गरेको जनाएको छ । 

भारतमा गाडीले हानेको बिक दाजुभाई जीवनमरणको दोसाँधमा

विभेद बिरुद्ध अभियान - भदौ ७ -दाङ–भारतको लुदियानामा गाडीले हानेर गम्भीर घाईते भएका दुइ नेपाली कसैको सहयोग नपाउदा जिवनमरणको दोसाँधमा परेका छन् । दाङ्ग घोराही उपमाहनगरपालिका वडानम्वर  ८ बुधौरा टोलका १८ वर्षिय सन्तोष बिक र उनका दाजु बिक्रम बिक यस्तो अवस्थामा पुगेका हुन् ।  गत साउन १५ गते साँझ जलान्धरबाट मोटरसाईकलमा सवार उनिहरुलाई लुदियानाको सम्ब्रेला चोकको पुलमाथि एसआर ०६ वाई १२२१ नम्बरको निजी कारले ठक्कर दिँदा दुवैजना गम्भिर घाईते भएका थिए ।

ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएपनि कार मालिकले उपचार खर्च नदिने बताएपछि घाइतेहरु एपोलो अस्पतालको बेड नम्वर ४४७ मा छटपटाइरहेका छन् । उनिहरुमध्ये विक्रमको अवस्थामा सुधारआए पनि भाई सन्तोषको अहिलेसम्म होस खुलेको छैन । दैनिक १५ हजार खर्च लाग्नेभएपनि आफुसँग पैसा नभएको गुनासो दाङ्गमा रहेका घाइतेका दाजु राजु बिकले गरे । 

उनले सहयोग गरी भाईहरुको जिवन बचाईदिन सवैसँग आग्रह समेत गरेका छन् । उनिहरुले सहयोग गर्न चाहानेलाई बैंक अफ ईन्डिया लुदियानाको खातानम्वर ६४०२१०११०००७८९४ मा रकम जम्मा गर्न सकिने बताएका छन् । 

लक्ष्मी परियारको हत्या आरोपीहरु अन्तत : रिहा भए

विभेद बिरुद्ध अभियान , भदौ ७ - । बोक्सी आरोपमा हत्या गरिएकी काभ्रे सानो बाङ्थली – ७ की लक्ष्मी परियारको हत्या आरोपीहरु अन्तत : रिहा भएका छन् ।काभ्रे जिल्ला अदालतले हिजो मंगलबार हत्या आरोपीहरुलाई कैद मुक्त गरेको हो । जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीको इजलाशबाट हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेका हिरा लामा, काइली तामाङ, निरमाया तामाङ र मिलन परियार न्युनतम सजाय पाई रिहा भएका हुन् भने फूलमाया तामाङले सफाई पाएकी छिन् ।
प्रतिवादीहरु मध्ये हिरा लामा र काइली तामाङलाई कर्तव्य ज्यान मुद्दामा जनही ८ महिना कैद र बोक्सीको आरोपमा जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने मिलन परियार र निरमाया तामाङलाई कर्तव्य ज्यानमा ८ महिना कैद सजाय तोकिएको थियो ।काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीका अनुसार प्रतिवादीहरु मंगलबार नै रिहा भएका छन् । ‘प्रत्येकलाई भिन्न भिन्न सजाय भएको छ । तर, उहाँहरु हिजो नै छुट्नु भएको हो ।’ उनले दियोपोस्टसँग भनेको खबर छ  ।
जिल्ला सरकारी वकिल कार्यालय काभ्रेको तर्फबाट सरकारी वकिल राजन हमाल र जाहेरवालाको तर्फबाट अधिवक्ता प्रकाश नेपाली र सिताराम घले परियारले बहस पैरवी गरेका थिए भने प्रतिवादी मिलन परियारको तर्फबाट अधिवक्ता मोहन साशंकर र श्याम विश्वकर्माले बहस गरेका थिए ।प्रतिवादी हिरा लामा, काइली तामाङ, निरमाया र फूलमाया तामाङको तर्फबाट बरिष्ठ अधिवक्ता रमेश प्रसाद मैनाली, राजु प्रसाद धिमाल, सुदर्शन थपलिया र अश्विन कुमार राइले बहस गरेका थिए ।
गत २०७३ मंसिर २० गते काभ्रे सानोबाङथली–७ की लक्ष्मी परियारलाई सुर्योदय माविको प्राङ्गणमा बोक्सीको आरोप लगाई मलमुत्र खुवाइ कुटपीट गरी हत्या गरिएको थियो । उक्त समयमा लक्ष्मीलाई नाम्लोले बाँधेर दाउराको चिरपटले प्रहार गरिएको कुरा उनका छोरा सुमन नेपालीले बताएका थिए । सो घटनाबाट गम्भिर घाइते बनेकी लक्ष्मीलाई उनका श्रीमान मिलन परियारले समेत मंसिर २४ गते कुटपीट गरेको भन्ने सरकारी पक्षको आरोप थियो ।
घटना पश्चात प्रहरीले पीडितको जाहेरी लिन समेत इन्कार गरेको थियो । तर, चौतर्फी दबावपछि जाहेरी लिएपनि जाहेरीमा लक्ष्मीका श्रीमान मिलन परियारलाई समेत दोषी बनाउन प्रहरीले अप्रत्यक्ष दबाव दिएको अधिकारकर्मीहरुले बताएका थिए ।कर्तव्य ज्यान जस्तो गम्भिर मुद्दामा काभ्रे जिल्ला अदालतले न्युनतम सजाय गरेपछि पीडितहरुले न्याय नपाएको महशुस गरेका छन् । यो मुद्दामा लामो समय देखि बहस गर्दै आएका अधिवक्ता मोहन साशंकर अदालतको फैसलालाई निकै गम्भिरतापूर्वक हेरिनुपर्ने बताए ।
‘पहिलो कुरा यो मुद्दामा प्रहरी अनुसन्धान नै कमजोर ढंगले हुन गयो । अर्थात मृतक लक्ष्मीका श्रीमान मिलन परियारलाई मुख्य अभियुक्त बनाउने किसिमले अनुसन्धान गरिएको थियो,’ साशंकरले दियोपोस्टसँग भने,‘यसैले पनि घटनाको मुख्य दोषी उम्कने खतरा देखिएको थियो । सोही आधारमा अदालतले फैसला गर्दा आफ्नो न्यायीक स्वविवेक प्रयोग गर्नसक्ने भएकाले मुख्य दोषीहरुले कम सजाय पाई उन्मुक्ती पाएको अवस्था हो । यद्यपि मिसिललाई सुक्ष्म ढंगले अध्ययन गर्दा मुख्य दोषीले यति कमभन्दा कम सजाय पाउनु पर्ने अवस्था थिएन ।
अधिवक्ता साशंकरका अनुसार चिकित्सकको वक पत्रमा समेत लक्ष्मीको मृत्यु विभिन्न गम्भिर चोटहरुको कारणले भएको भन्ने उल्लेख छ ।सो गम्भिर चोटहरु पु¥याउने मुख्य अभियुक्त हिरा लामा नै हो भन्ने कुरा मिसिलबाट प्रष्ट हुन्छ, यसो हुँदा हुँदैपनि हिरा लामा समेतलाई ८ महिनामात्रै कैद हुनुले हाम्रो न्याय प्रणालीमाथि पीडितले कसरी भरोसा गर्नसक्लान भन्ने प्रश्न उब्जिएको छ । तर, पनि फैसला गर्दा लिएको मुख्य आधारहरु के–के हुन् भन्ने कुरा फैसलाको पूर्णपाठ नआएसम्म भन्न सकिँदैन,’ अधिवक्ता साशंकरले भने ।

Tuesday, August 22, 2017

मिस विश्वकर्मा इन्टरनेशनलको फाइनल कतारमा हुने

विभेद बिरुद्ध अभियान - भदौ ७ -विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आयोजना गर्न लागिएको मिस विश्वकर्मा इन्टरनेशनलको फाइनलका लागी ८ सुन्दरी छानिएका छन् । गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट ८ जना प्रतियोगी छानिएका हुन् । फाईनल यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।
जजहरुबाट सोधिएको प्रश्नमा उत्कृष्ट उत्तर दिनेहरु मध्येबाट जम्मा ८ प्रतियोगी छानिएका हुन् । छानिनेमा निलम गज्मेर, सुजता खाती, सोनु बिश्वकर्मा, सुशिला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनिषा गज्मेर र सिर्जना बिश्वकर्मा रहेका छन् । जज्हरुमा मिस नेपाल २००५ कि सुगारिका केसी, संगीतकार राम सिटौला, नायिका, सुवेक्छा थापा, मोडल, दिवस उप्रेती, अन्तराष्ट्र्रिय मोडल, दिपक घिमिरे, मिडियाकर्मी, सिरोमणी दवाडी र कृष्ण भट्टराई रहेका थिए ।
आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानाकारी अनुसार नेपालबाट ६ सेप्टेम्बरमा आयोजक तथा प्रतियोगीत टिम गरी जम्मा ३० जनाको टिम कतार प्रस्थान गर्नेछ । साथै कतारको सनैयामा हुने गइरहेको यो प्रतियोगीता भब्य र सब्य तरिकाले सम्पन्न हुने बराइलीले जानकारी दिए ।
आयोजकको तर्फबाट सुरु सुनारले पनि अन्तराष्ट्रियस्तरमै पहिलो पटक हुन गइरहेको यो प्रतियोगीता भब्य र सब्य हुने बताइन् । साथै उनले विश्वकर्मा समुदायका युवतीहरुमा भएका प्रतिभा नेपाल मात्र नभएर नेपाल बाहिरसम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको बताइन् । कार्यक्रमको उद्घाटन नेपाल सरकारका वाणिज्य मन्त्री मीन बहादुर बिश्वकर्माले गरेका थिए ।
मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बताइएको छ । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ ।

Monday, August 21, 2017

न्यायालयमा नदेखिएको ‘नेपाल’ - रक्षाराम हरिजन

विभेद बिरुद्ध अभियान - भाद्र ५, २०७४- संविधानमा नेपाललाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता नै समष्टिमा राष्ट्र’ मानिएको छ । तर अदालतमा भने विविध अनुहार वा ‘राष्ट्र’को तस्बिर देख्न पाइँदैन । सबै नेपालीको प्रतिनिधित्वका लागि समानुपातिक समावेशीकरणको मुद्दा उठेको धेरै वर्ष बितिसक्दा पनि न्यायसेवामा त्यसको प्रत्याभूति पाइँदैन ।
महिला, दलित, मधेसी, जनजाति सबैलाई सशक्तीकरण गरी हरेक निकायमा प्रतिनिधित्व गराउनु राज्यको दायित्व होइन ?
समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संवैधानिक संकल्पलाई पुरै ‘डायलुट’ गरिएको छ । उदाहरणका लागि, न्यायपरिषद् सचिवालयको वार्षिक प्रतिवेदन २०७२/७३ अनुसार सर्वाेच्च, उच्च र जिल्लामा ३ सय ७७ न्यायाधीश कार्यरत छन् । उच्च र सर्वोच्च अदालतमा ११ जना अर्थात २.८९ प्रतिशत महिला न्यायाधीश छन् भने दलित समुदायबाट ०.५३ प्रतिशत मात्रै उपस्थिति छ । नेपालमा करिब ५ प्रतिशत जनसंख्या रहेका मधेसी दलित समुदायबाट कुनै न्यायाधीश बनेको भेटिँदैन । मधेसी, दलित, मुस्लिम र थारु समुदायबाट महिला न्यायाधीश बनेको इतिहास छैन । जनजाति समुदायका महिला न्यायाधीश नगन्य छन् । बाहुन–क्षत्री महिलाको संख्या बढ्दो छ ।
राज्यका हरेक निकायमा महिला, मधेसी, दलित, जनजाति, अपांग लगायत पछाडि परेको समुदाय र क्षेत्रलाई समानुपातिक समावेशीकरण गर्ने प्रावधान छ । न्याय सेवामा समानुपातिक समावेशी सिद्धान्तको आधार नियुक्ति गर्ने कानुन बनिसकेको छ । तर स्पष्ट मापदण्ड नहुँदा न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्तलाई बेवास्ता गरिँदैछ ।
जिल्ला, उच्च वा सर्वाेच्च अदालतमा न्यायपरिषद् ऐन, २०७३ तथा न्यायसेवा आयोग ऐन, २०७३ मा न्यायपरिषद्ले संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्त बमोजिम न्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ । संविधानमा पनि राज्यका सबै निकायमा समानुपातिक समावेशीको सिद्धान्त सहभागिताको अधिकारलाई मौलिक हकमा राखिएको छ । तर तिनै प्रावधान कार्यान्वयनमा भने राज्य र न्यायालय उदासीन छन् । न्याय परिषद्ले २०७३ पुस २८ गते अधिकृत ११, जिल्ला न्यायाधीश ३४, तत्कालीन पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश १० र वरिष्ठ अधिवक्ताबाट २५ गरी ८० जनालाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति एवं पदस्थापनका लागि सिफारिस गर्‍यो । त्यसमा समावेशीका नाममा महिला ४, मधेसी ४, जनजाति ८, दलित १, थारु १ र मुस्लिम १ जनालाई मात्रै नियुक्तिका लागि सिफारिस गरियो । त्यतिबेला न्यायपरिषद्को अध्यक्ष पदमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । कानुनी स्पष्टता हुँदाहुँदै पनि महिलाको पक्षमा समानुपातिक समावेशीकरण लागू गरिएन । उच्च अदालतमा न्यायाधीशको रोस्टरमा १ सय ५० जना महिला कानुन व्यवसायीले आवेदन दिएका थिए । यस तथ्यले त्यस पदका लागि महिला अयोग्य नभएको देखाउँछ ।
हुन त न्यायाधीश नियुक्तिमा पनि पार्टीगत चलखेल भयो नै, पार्टीले दिएको नामावलीका आधारमा नियुक्ति भएकाले ठूलै विवाद भयो । रातको करिब १२ बजे न्यायपरिषद्का दुई सदस्यको अनुपस्थितिमा निर्णय गरियो । यसबारे बीबीसीको साझा सवालमा उठेका प्रश्नमा प्रधानमन्त्री शेरबहादुर देउवा त्यत्तिकै मौन भएका होइनन् । न्याय परिषद्ले कानुन विपरीत तथा समानुपातिक समावेशीको सिद्धान्तको खिलापमा गरेको नियुक्ति बदरको माग गर्दै अदालतको ढोकामा पुगियो । तर अदालतले तीन दिनसम्म मुद्दा दर्ता नगरी पेन्डिङमा राख्यो । अन्तत: मुद्दाको औचित्य नै समाप्त हुनेगरी सपथ ग्रहणपछि मात्रै रिट निवेदन दर्ता गरियो । न्याय दिने मामिलामा प्रक्रियागत ढिलासुस्ती गर्ने नियत देखियो । त्यो मुद्दा हालसम्म विचाराधीन छ ।
भारतको नेसनल कमिसन फर सेडुल्ड कास्टले तयार गरेको ‘न्यायालयमा समावेशी’ प्रतिवेदनमा राष्ट्रिय न्यायिक आयोगले हाई कोर्ट वा सुप्रिम कोर्टमा न्यायाधीशको नियुक्ति गर्दा ‘ओबीसी’ २७ प्रतिशत, ‘सेडुल्ड कास्ट’ १५ प्रतिशत र ‘सेडुल्ड ट्रिबुनल’ ७.५ प्रतिशत हुनेगरी कम्तीमा ४९.५ प्रतिशत अनिवार्यमा समावेशीकरण गर्नुपर्ने सुझाव दिएको छ । भारतको संसद्को कानुन तथा न्यायसम्बन्धी संसदीय स्थायी समितिले पनि सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्तिमा आरक्षणको व्यवस्था गर्न सिफारिस गरेको थियो । समितिका अध्यक्ष ईएम सुदर्शन नाचैप्पनका अनुसार कार्यकारिणी र व्यवस्थापिका आरक्षणको दायराभित्र आउँछ भने प्रजातन्त्रको तेस्रो स्तम्भ मानिने न्यायपालिकाले पनि आरक्षणको सिद्धान्तलाई पालना गर्नुपर्छ । नत्र यसले राज्यका तीन अंगमा संदिग्ध अन्तरलाई दर्शाउँछ ।
दक्षिण अफ्रिकाको अन्तरिम संविधानले उच्च अदालतमा नियुक्ति तथा सिफारिसका लागि न्यायिक सेवा आयोग (जेएससी) गठनको व्यवस्था गरेको छ । संविधानको धारा १७४ (२) मा भनिएको छ, ‘दक्षिण अफ्रिकाका उच्च न्यायालयमा न्यायिक अधिकृतहरूको नियुक्ति गर्ने बेला सामुदायिक तथा लैंगिक समिश्रण बृहत रूपमा झल्किनेगरी नियुक्ति गर्नुपर्छ ।’ हुन त नेपालमा पनि २०६७ सालमा सरकारले राष्ट्रिय समावेशीकरण आयोग गठन गरेको थियो, जसको प्रतिवेदन कुन अवस्थामा छ, कसैलाई थाहा छैन । २०६८ सालमा तयार भएको समावेशी विधेयक त दर्तै भएन । विधयेक संसद्बाट पारित गर्न कसले छेकेको छ, थाहा छैन ।
न्यायाधीश नियुक्तिमा महिला, मधेसी, जनजाति, दलितको योग्यता नै नपुगेको अर्थ लाग्ने व्यवहार गर्ने सिलसिला निरन्तर हुँदैछ । न्यायालयका न्यायाधीश हुन एउटै नश्ल, जाति, जात र थरमात्रै योग्य हुने संकेत दिने क्रम जारी छ । महिला, दलित, मधेसी, जनजाति सबै अयोग्य नै छन् भन्ने हो भने उनीहरूलाई योग्य र सक्षम बनाउन संविधान वा कानुनले रोकेको त छैन होला । उनीहरूको सशक्तीकरण गरी हरेक निकायमा प्रतिनिधित्व गराउनु राज्यको दायित्व होइन ? सामाजिक न्याय तथा समताका लागि उच्च स्तरको न्यायालयमा दलित, जनजाति तथा पिछडिएको वर्ग र समुदायका लागि आरक्षणको व्यवस्था गर्नुपर्छ । न्यायालयको संरचनात्मक पुन:संरचनाले मात्रै सबै नागरिकलाई न्यायमा पहुँच पुर्‍याउन सक्दैन । बरु न्यायिक संरचनामा ‘राष्ट्र’को विविधता झल्किनेगरी पुन:संरचना आवश्यक छ । त्यहाँ पनि हरेक समुदाय, जात, वर्ग, धर्म, सम्प्रदायको अनुहार देखिनुपर्छ, जसले न्यायालय र न्यायप्रति नागरिक विश्वास बढाउनेछ ।
यसर्थ न्यायालयमा बृहत् विविधता कायम गर्न न्यायिक आयोग गठनको खाँचो छ । त्यसले न्यायाधीश र न्यायसेवाका उच्च कर्मचारीमा विविधता झल्किने नीति तथा रणनीति बनाउनेछ । र न्यायाधीशको बेन्चलाई पनि समानुपातिक समावेशी बनाउने मापदण्ड बनाउनेछ । यसरी अगामी दिनमा महिला, दलित, मधेसी, आदिवासी जनजाति, थारु, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक लगायत महिला तथा दलितभित्र पनि मधेसी महिला, जनजाति महिला, दलित महिला, मधेसी दलितको समूहलाई समेत विशिष्टीकरण गरी समानुपातिक सिद्धान्तका आधारमा नियुक्ति गर्न राज्य तथा न्यायपरिषद्को ध्यानाकर्षण हुनु जरुरी छ । संविधान तथा कानुनको व्याख्या र कार्यान्वयन गर्ने, कानुनी शासनको स्थापनामा अहम् भूमिका खेल्ने उच्च अदालतको नातासमेत संविधान र कानुनको न्यायोचित कार्यान्वयन गर्नु–गराउनुपर्ने दायित्व पनि न्यायालयकै हो ।
 कान्तिपुरबाट

छोराको निधनपछि बोल्न नसक्ने दलित जोडीको विचल्ली, मन्दिरमा आश्रित

विभेद बिरुद्ध अभियान - बैतडी,भदौ  ५ – आधा जिन्दगी काटिसक्दा पनि बोली फुटेको छैन । उमेरले ५८ वर्ष पुगिसक्नु भएकाहरीराम दमाई  मात्रै होइन, उहाँकी ५६ वर्षीया पत्नी भानादेवी(लिला )  को समस्या पनि उस्तै छ ।बैतडीको दशरथचन्द नगरपालिका–८ का स्थायी बासिन्दा हरिराम र भानादेवी(लिला )को यो समस्या जन्मजात नै हो । बस्ने घर र खाने गाससम्म नभएपछि दुवैजनाले भएको घर छाडेर गाउँ नजिकैको त्रिपुरासुन्दरी मन्दिरको पेटीमा बस्दै आएका छन् ।
वर्षायामको झरी । घरी दर्किने, घरी रोकिने । यस्तै झरीमा हरिराम र भानादेवी  भने एकसरो पालमा कठ्याङ्ग्रिएर रात बिताउँछन । झरी परेपछि हुने चिसोमा शरीरमा लाउने दुवै जनाको कपडा छैन भने ओढ्ने ओछ्याउने कपडाको अभाव पनि उस्तै छ ।
उनीहरुको यो हालत भइसक्दा पनि स्थानीय प्रशासनले हेरेको छैन । प्रशासनले नहेरेपछि आफन्त र स्थानीयले पनि सहयोग गर्न सकेका छैनन् । नागरिकका दुःख पीडा सुनेर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधीको आँखामा समेत पर्न सकेको छैन, यो जोडी । सरकारले अपांगता भएका व्यक्तिलाई दिने भत्ता र सुविधा बाहेक अरु कुनै राहत उनीहरुले पाउन सकेका छैनन् ।
दिनभर पालमुनि बस्ने र रात परेपछि मन्दिरमा गएर सुत्छन दुबै जना । सुत्ने पालको वरिपरी झाडी छ । झाडीमै टाँगिएको पालमा उनीहरुलाई सर्प, किरा फट्यांग्राको डर पनि उत्तिकै छ । तर डर भएपनि मृत्युसँग उनीहरु डराएका छैनन् ।सुरुमा त त्यही पाल पनि थिएन यो जोडीसँग । उनीहरुको समस्या देखेपछि रेडक्रस संस्थाका प्रतिनिधिले पाल दिएका हुन् । पाल भएपछि ओत लाग्न सजिलो भएको स्थानीय सुशील क्षेत्रीले बताउनुभयो ।
‘बुढाबुढी न त कसैले भनेको सुन्छन्, न त बोल्नै आउँछ । उनीहरुको यस्तो हालत देख्दा आफूलाई निकै दया लाग्छ । तर कसैले सहयोग र उद्धार गर्न सकेको छैन’ उहाँले भन्नुभयो ।पालमुनि भोकभोकै बसेको देख्दा स्थानीयलाई दया लागेपनि कसैले सहयोग गर्दैनन् । स्थानीय उद्धव चन्दले भन्नुभयो ‘के गर्नु सरकारले पनि जो धनी उसैलाई हेर्छ । यस्ता दुःखी, गरिबको पीडा कसैले सुन्दैन ।’बोल्न नसक्ने भएपछि उनीहरुलाई मागेरै खान पनि गाह्रो छ भने काम गर्न चाहे पनि कसैले पत्याउँदैनन । अर्थात काम दिँदैनन् ।
छोराको निधनपछि विचल्ली !
११ बर्ष पहिले उनीहरुको एक छोरा जन्मिएका थिए । आफू बोल्न नसक्ने भएपनि बोल्न सक्ने छोरा जन्मियो भन्दै दुवैजना निकै खुशी भए । तर उनीहरुको त्यो खुशी दुई हप्ता पनि टिक्न पाएन ।
लिला सुत्केरी भएको १२ दिनमै छोराको ज्यान गयो । कसरी छोराको ज्यान गयो । त्यो पनि पत्तौ छैन यो जोडीलाई । एकछिनको खुशी पनि जिन्दगीभरको पीडामा परिणत भएपछि दुवै जनाको विचल्ली सुरु भएको हो । खाउँ भने गास र बसुँ भने बास नभएपछि सहाराबिहीन दुवैजना दिनानुदिन कमजोर हुँदै गएका छन् । जन्मिएको छोरा पनि टपक्कै टिपेर कालले लिएपछि दुई बुढाबुढी पनि कुन दिन यो संसार छाड्नुपर्ने हो भनेर भक्कानिन्छन् । भक्कानिँदा आखाँमा आशु आएपनि मुखबाट बोली भने फुट्दैन ।
सिफारिस गर्दा पनि गरिबको सूचिमा नाम अटाएन
घर नभएका गरिब अति विपन्न परिवारका लागि बैतडीमा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउने भन्दै शहरी भवन डिभिजन कार्यालयले पाचँ सयजनाको नाम सिफरिस गर्‍यो  ।
तर ती पाँच सयजनाको सूचिमा उनीहरुको नाम छैन । कारण उनीहरुको समस्या कार्यालयले सुनेन् । बोल्न नसक्ने उनीहरुबाट समस्या नै नसुनेपछि सरकारी कर्मचारीले झन समस्या कसरी बुझ्नु ? जनता आवास कार्यक्रममा आफूले दुईजनाकै नाम सिफारिस गरेपनि सडक डिभिजन कार्यालयले छनौट नगरेको स्थानीय बासिन्दाले बताए । पहुँच भएकालाई छनौट गरेपनि उनीहरुको समस्यासम्म नबुझी दिएपछि स्थानीय पनि सडक डिभिजन कार्यालयका कर्मचारीसँग रिसाएका छन् ।
घर भत्किन लागेपछि मन्दिरमा बास !
उनीहरुको घरै नभएको होइन । घर भएर पनि बस्न सक्ने अवस्था नभएपछि मन्दिरमा बस्न बाध्य भएका हुन् । आफ्ना काकाको घरमा सँगै बस्दै आएपनि उनीहरु बस्ने पुरानो घरको कोठा चुहिएर भत्कन लागेपछि उनीहरु मन्दिरको आश्रय लिन पुगेका हुन् ।
भएको सानो जमीनको लालपूर्जा नभएका कारण पनि समस्या भएको छ । ‘उहाँको नाममा जग्गाको लालपुर्जा नभएर समस्या भएको हो । यो समस्या बुझेका छौँ । व्यवस्थापन गर्ने योजना बनाएका छौँ’ वडाअध्यक्ष सुरेश थापाले भन्नुभयो । तर कहिले उनीहरुलाई सुरक्षित ठाउँमा सार्न सकिन्छ भन्ने जवाफ वडाअध्यक्षसँग पनि छैन । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले उनीहरुको पिडाले आफूलाई पनि दुःख लागेको भन्दै व्यवस्थापनको लागि सहयोग गर्ने बताउनुहुन्छ ।
‘मेलै देखेको छु उनीहरुको समस्या तर अहिलेसम्म केही गर्न सकेको छैन’ दलित जोडीको समस्या बुझेको स्वीकार गर्दै उहाँले भन्नुभयो ‘अब तत्कालका लागि टिनको भएपनि छानो बनाइदिने सोच छ । बोल्न पनि नसक्ने दुवैजना अपांगता भएकालाई अब नगरपालिकाले सहयोग गर्छ ।’ तर कहिलेसम्म भइसक्छ त्यो भने उहाँले नखुलाएको उज्यालो अनलाइनमा खबर छ 

धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै प्रतिक्षा परियारलाई निर्घात कुटपिट

बिभेद बिरुद्द अभियान - तनहुँ, भाद्र ५ – धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै तनहुँमा एक दलित महिला माथि निर्घात कुटपिट भएको छ । शनिबार जिल्लाको साविक क्यामिन गाविस वडा नं ९ हाल व्यास १० निवासी २७ वर्षीय प्रतिक्षा परियार सोही स्थान निवासी ३० वर्षीय रुपा गुरुङद्धारा कुटिएकी हुन् । शनिवार बिहान करिव ६ बजेको समयमा परियारले धारामा बोतल भर्दै गरेको अवस्थामा सोही स्थान निवासी गुरुङले पानी थापिरहेको बोतलमाथि अर्को बोतल थाँप्दा दुई महिलाबीच विवाद भएको रातोपाटीले जनाएको छ ।
दुवै महिलाबीच भनाभन भैरहेको अवस्थामा रुपा गुरुङले एक्कासी परियार कपालको चुल्ठोमा समाएर कुटपिट गरेको पीडित परियारले बताइन् । “पुजा गर्ने पानी दमिनीले छोइदिई भन्दै तथानाम गाली बेइज्जत गर्नुका साथै मुन्टो नै चलाउन नमिल्ने गरी निर्घात कुटपिट भएको परियारले बताइन् ।”यस अघि पनि ती गुरुङ महिलाले दुई पटक सम्म सार्वजनिक स्थलमा गाली गलौज गरेर स्थानीय समाजसेवीहरुको बसेको छलफलले आउँदा दिनमा यस्ता गल्ती नदोहोराउने शर्तमा छाडिएको थियो तर तेश्रो पटक भने पिटाई नै खानु परेकोे पीडित परियारले भनिन् ।
धारामा नुहाउँदै गरेका शेरचन गुरुङ्ले समेत छुट्टाउन नसकेको पीडितको भनाई छ ।  उनले पनि करिब १० मिनेटपछि मात्रै छुटाउन आएका थिए उनले भनिन् ।  “घटना पछि शनिवारै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गर्न आउने भनिएपनि शनिवारको दिन बिदा होला भनेर आइएन परियारले भनिन्”– “तर आइतबार बढि दुख्नुका साथै मुन्टो चलाउन नमिलेपछि प्रहरीमा जाहेरी दिन आएको हुँ ।”
आइतबार जाहेरी लेखेर जिल्ला प्रहरी कार्यालयमा दर्ताको लागि जाँदा प्रहरीले पीडकलाई समाएर ल्याएपछि दर्ता गरौला आज अस्पतालमा स्वास्थ्य परिक्षण गराएर आउनु भनेर पठाएको उनले बताइन् ।ू दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरेर आउनु भनेर प्रहरीले चिठ्ठी समेत लेखेर पठाएको थियो । तर स्वास्थ्य परिक्षणको क्रममा मुन्टो ठाडो र तल गर्न नमिलेको अवस्थामा एक्सरे समेत नगरिएको उनको गुनासो रहेको छ । प्रहरीले घाउ जाँच केस फारम भरी अस्पतालमा     पठाइएको अवस्थामा चिकित्सकले एक्सरे नगरेपनि पुन गर्न सकिने अवस्था रहेको दमौली अस्पतालका प्रमुख डा पवनजंग रायमाझीले जानकारी दिए ।
यस विषयमा थप जानकारी लिदाँ तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले घाइतेको घाउ जाँच केस फारम भरेर प्रहरीले दर्ता प्रक्रिया अघि बढाएको बताए । उनले भने म आफु कार्यालयमा  नभएको अवस्था परेकोले जाहेरी दर्ता हुन नसकेको हो कसैले गर भन्दा गर्ने नगर भन्दा नगर्ने कुरा भएन कुटपीटको तीन महिना सम्म म्याद हुने भएकोले म्याद गुज्रन नसक्ने उनले बताए ।
प्रहरीले घाउँ जाँच केस फारम भरी अस्पतालमा पठाएको हुदाँ दर्ता प्रक्रिया अघि बढेको छ । पीडित परियारका श्रीमान रोजगारीको सिलसिलामा एक वर्ष देखि विदेशमा छन् ।

Sunday, August 20, 2017

एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजद्वारा सोमपाल कामीलाई सम्मान

बिभेद बिरुद्द अभियान - काठमाडौँ, ४ भाद्र । राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् ।एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले नेपालको क्रिकेट क्षेत्रलाई माथि उकास्न विशेष योगदान पुर्‍याएको भन्दै क्रिकेटर कामीलाई सम्मान गरेको हो ।
समाजले शनिबार राजधानीमा आयोजना गरेको१४ औँ वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले कामीलाई सम्मान गर्दै आगामी दिनमा नेपालको क्रिकेट क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा अझ सशक्त उपस्थिति गराउँन डटेर लागि पर्ने विश्वास व्यक्त गरे ।मन्त्री विश्वकर्माले छोटो समयमै नेपाली क्रिकेटले ठूलो फड्को मारेको भन्दै सरकारले क्रिकेट खेलको विकास र विस्तारमा विशेष जोड दिने बताए ।उनले क्रिकेट क्षेत्रको पूर्वाधार विकासमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै मुलपानी लगायतका क्रिकेट मैदान निर्माण सरकारको प्राथमिकताको रहेको बताए ।मन्त्री विश्वकर्माले सरकार संघ र प्रदेशको चुनाव गराएर मुलुकलाई आर्थिक समृद्धिको बाटो तर्फ अघि बढाउन लागिरहेको बताए ।

उनले सरकारले संविधानको सफल कार्यान्वयन मार्फत दलित ,जनजाती , मधेशी , मुस्लिम थारू लगायतका उत्थान र हक अधिकार स्थापित गर्न लागिपरेको बताए ।विश्वकर्माले सरकारको मिसन चुनाव , सुशासन, समृद्धि र संविधान सफल कार्यान्वयन रहेको बताए ।उनले विश्वकर्मा समुदायले बनाउने खुकुरी, सुनका गरगहना लगायतका कलात्मक वस्तुहरुको व्यापारलाई अन्तर्राष्ट्रिय व्यापारको रुपमा विस्तार गर्न पहल गर्ने बताए ।विश्वकर्माले तीज लगायतका चाडपर्वले संस्कृति संरक्षण र राष्ट्रिय एकता मजबुत बनाउएको धारणा राखे । कार्यक्रममा विश्वकर्मा समुदायबाट राज्यको विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्न सफल भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Saturday, August 19, 2017

हामीलाई किन विभेद गरिन्छ ? - गोपाल शिवा

विभेद बिरुद्ध अभियान , भदौ ४ -  बर्षौँ देखिको सामन्ति समाज ब्यवस्था बाट पिल्सिएका दलितहरू यो बिपत्तिमा पनि हरेक ठाउँमा अपमानित हुनुपरेको छ ।नेपाली समाजले  दलित भनेर थाहा पाए पछी कति सम्म तल झरेर कस्तो ब्यबहार र आचरण गर्छ भने कुरा हामीले दिनहु नेपाली समाजमा देख्दै भोग्दै सुन्दै आएका छौ । बिपत्तिको घडीमा न कुनै क्षेत्र,वर्ण र जात हेरिन्छ, न त कुनै पार्टी , न त धर्म नै हेरिन्छ ।तर बिपत्तिमा पनि नेपाली समाज दलितहरुलाइ सामाजिकरुप ले हेपुवा चेपुवामा पारेर आफु ठालु र चोखो बनि रहन्छन ।छुवाछूत र जातीय विभेदको अन्त्यका लागि सयौँ बहस भए, कानुनहरु बनाइए र कानुनद्वारा नै अन्त्य नि गरिएको घोषणा गरिएको छ  । तर दलित समुदायमाथि अरु बेला होस् कि बिपत्तिमा परेको बेला होस् उत्पीडन हुने क्रमचाहिँ रोकिएको छैन  ।  कुप्रथा समाजमा जरा गाडेर बसिरहेको छ र समाज झनै अमानविय बन्दै गएको छ ।

केहि बर्ष अघि विनासकारि भूकम्पले घरबार बिहीन भएकि मनिता विश्वकर्माले भोगेको दु:ख पिडा र विभेद मिडियामा भाइरल बन्यो । मनभित्रको व्यथा मनिताको थियो । वातावरणसँग तिरस्कृत हुनुको यथार्थ र आफू जस्तै मान्छे बाट विभेद गरिनुको पिडा थियो मनिताको बाल मस्तिस्कमा  ।त्यहि भएर उनले प्रश्न गरिन 'काट्दा सबैको रगत रातो आउछ। सबै समान हुन् केही फरक छैन तर हामीलाई किन विभेद हुन्छ ? उनि जन्मनु भन्दा अघि जातीय भेदभाव मुक्त नेपाल भनेर घोषणा गर्ने राज्यको सरोकारवाला पनि उनको बाल मस्तिस्कले सोधेको जवाफ दिन कोहि पुगेनन्  ।अनि आफूलाई लोकतान्त्रिक भने यो समाजले भोलिका कर्णधार मध्ये एक मनिताको सवाललाई लाजै पचाएर कथित दलित भएकै कारण हेपिनु,न्युन स्तरको ब्यबहार गरिनु अपराध हो, बिभेद हो , अन्याय हो भन्ने हिम्मत समेत गर्न सकेन। बरु मनिताको विचार सुनेर मनकारी  राजेश पायल राई र दिनेश डिसिको टोलिले घर निर्माण गरि दिए। बाल मस्तिस्कले सोधेको जवाफलाई मनिता कै घर परिवारको हातबाट पानी पिँउदै छुवाछुत र जातीय विभेद छैन भन्दै सामाजिक विकृतिहरूका विरुद्ध सांकेतिक जवाफ दिए।

यसै साता जातीय विभेद र छुवाछूतको संस्कृतिले भित्रैदेखि जरो गाडेर बसेको हाम्रो समाजमा मानवता कै उपहास गर्ने गरि विपत्तिको अर्को अवस्थामा सप्तरीमा फेरी अर्को अमानविय घटना घटाए । सप्तरीको तिलाठी, कोइलाडीमा कथित उच्चजातीय भुइँहार समुदायले आफ्नो जमिन अपवित्र हुने कारणले भूमीहीन मुसहर परिवारका मृत बालक कमलु सदालाई गाड्न तीन बाइ दुई फिटको जमिन समेत दिन मानेनन् । त्यसपछी बाध्यतावस मृत बच्चालाई नदीमा बगाउन बाध्य भए । मृत बालक लाइ नदीमा बगाएको नरेन्द्र श्रेष्ठले खिचेको यो हृदयबिदारक फोटो एकाएक भाईरल बन्यो । शुरुमा सवै तिर बाढीले गर्दा होला मृत बालकलाइ गाड्न जमिन नभएको भन्ने बुझाइ सवैको भयो तर बास्तबिक जातीय विभेद र छुवाछूत रहेको पछिला दिनमा मिडियाकर्मीले उजागार गरे पछी कथित दलित भएकै कारणले मर्दा पर्दा सम्म साथ नदिने नेपाली समाजमा दलितले कति उत्पिडनमा बस्नु परेको छ भन्ने कुरा सवै सामु प्रस्ट राखी दिएको छ ।

केहि बर्ष अघि कान्तिपुरको साप्ताहिकमा बेचन मरिक बाबा भूतनाथ कसरि बने भन्ने कुराको उजागर गर्दै   अन्तर्वार्तामा यस्तै प्रकृतिको पीडाको पोको खोलेर सार्वजनिक गरेका थिए । उनको अनुसार २०१७ सालमा उपचार गर्ने क्रममा बिहारको दरभङ्गास्थित लोहरियासराय अस्पतालमा निधन भएका आफ्ना पितालाई खर्च  अभाबमा उतै कोसी नदी किनारमा दाहसंस्कार गर्ने निधो गरेका बेचन मरिक र उनका आमालाई दागबत्ती दिने बेला पण्डितले बेचनकी आमासँग मृतकको गोत्र सोधे । जसै उनी डोम भएको थाहा भयो, ती पण्डितले बेचनकोे बुबाको लासलाई लात्तले हानेर चिताबाट तल झारिदिए । त्यतिले नपुगेर आमा छोरामाथि पहिले नै जात किन नभनेको भन्दै कुटपिट समेत गरेछन् । जातिकै कारण जन्मैदेखि तिरस्कार भोग्दै आएका बेचन मरिक (डोम) त्यो घटनाले बेचन ज्यादै मर्माहत भए पछी म एकदिन यस्ता कथित बाहुनहरूलाई घुँडा टेकाएरै छाड्छु भनेर कसम खाएछन । डाक्टर रामनाथ अघोरीसँग भेट भए पछी अघोरीले सिकाएको साधना र मार्गमा लागेर आज उच्चकोटीको योगी बनेर बेचन मरिक अहिले हजारौं व्यक्तिले खुट्टामै ढोग्ने बाबा भूतनाथ भएका छन् ।थाहा छैन फुदन सदाले पनि मनमा यस्तै ईख राखेर मृत छोरो बगाउन बाध्य पार्ने यो समाजको घुँडा टेकाउछन कि टेकाउदैनन  ।

तर यति थाहा छ आफ्नै आँखाको अगाडि मृत भाईलाई समाजले बगाउँन बाध्य पारेको दृश्य देख्नेका भोलिका कर्णधार मध्ये अर्को एक लालकु सदाले यो विभेद देखेर केहि त महसुस गर्दै होलान । सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली भनेर स्कुलमा सधै पढ्ने बाल मस्तिस्त्कमा दलित र गरिब चै यो समाजमा र राष्ट्रमा कुन फुल हो भनेर कति प्रश्न गरेको होलान । यहि प्रश्न कालान्तरमा बिद्रोहको आगो नबन्ला भन्न सकिन्न ।एक्काइसौँ शताब्दीमा आएर पनि अझै पनि पानी छोएको निहुँमा दलितलाइ पिट्ने अपराधि वा साइतको बेलामा देखियो भनेर थूक्ने तथा बिपत्तिको बेला समेत जात धर्म  हेरेर तिरस्कृत गर्ने दुष्ट मानबहरुको जमात सहितको जबसम्म हाम्रो समाज यथावत रहन्छ तब सम्म यहि जातपात र उत्पीडनको कुराले देशलाइ आत्मस्वभिमानको अर्को जनयुद्ध तिर जान उन्मुख गराई रहन्छ।   त्यसैले  दलित वर्ग शोषित र पीडित नै भएर बस्न बाध्य हुनु र जातकै कारण विभेद गरिनु दुःखको कुरा हो त्यसैले समय रहदै मानव बनौँ। छुवाछूत र जातीय विभेद बाट माथि उठौँ। नत्र समाजले अपहेलना गरेर कथित दलितहरुले योगी बन्न बाध्य हुनु पर्ने मात्र हैन बन्दुक उठाउन बाध्य हुनुपर्ने समय आउन सक्छ । 

सदा परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनको आर्थिक सहयोग


विभेद बिरुद्ध अभियान -राजविराज,  भदौ २ गते । बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो ।
बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोशी नदीमा शव बगाएका थिए ।पैसा नभएर मर्कामा परेका रामको परिवारलाई आफ्नो व्यक्तिगततर्फबाट रु २० हजार सहयोग गरेको पुनले बताउनुभयो । साथै पीडित परिवारलाई उहाँले दाल, चामल, नून, तेललगायतका खाद्यान्न सहयोग गर्नुभयो ।
त्यसैगरी बालक कमलु सदाका परिवारलाई सरकारको तर्फबाट राहत स्वरुप २ लाख नगद उपलब्ध गराइएको छ । मृतक बालकका परिवारलाई नेपाल तरुण दलले पनि किरिया खर्चबापत रु २५ हजार प्रदान गरेको छ । तरुण दल केन्द्रीय सभापति जितजङ बस्नेतले पठाएको सो रकम एक कार्यक्रमबीच तरुण दलका जिल्ला सभापति अर्जुनकुमार यादवले मृतकका बुबा फुदन सदा र आमा विमली सदालाई प्रदान गरेको बताइएको छ ।

Friday, August 18, 2017

प्रथम दलित सगरमाथा अाराेही विजय घिमिरे विश्वकर्माकाे अनुभव

विभेद बिरुद्ध अभियान - भदौ २- विजय घिमिरे दलित समुदायको तर्फबाट सगरमाथा आरोहण गर्ने प्रथम व्यक्ति हुन् । उनले १० बर्ष लामो समय लगाएर आफ्नो सगरमाथा आरोहण गर्ने सपना अघिल्लो महिना मात्र पूरा गरेका छन् । उनको सगरमाथा यात्रा २०७४ जेठ ८ गते अर्थात मे २२ मा सम्पन्न भएको हो । विजय घिमिरे दलित समुदायको तर्फबाट सगरमाथा आरोहण गर्ने प्रथम व्यक्ति हुन् । उनले १० बर्ष लामो समय लगाएर आफ्नो सगरमाथा आरोहण गर्ने सपना अघिल्लो महिना मात्र पूरा गरेका छन् । उनको सगरमाथा यात्रा २०७४ जेठ ८ गते अर्थात मे २२ मा सम्पन्न भएको हो ।
सोलुखुम्बु जिल्लाको गार्मा गाविसमा वि.सं २०४७ मा जन्मिएका विजय घिमिरेले आफ्नो सगरमाथा आरोहणको सपना पुरा निकै लामो सङ्घर्ष गर्नुपर्याे। तर यो नै उनको अन्तिम सपना भने होइन । आकंक्षाहरु त थपिइ नै रहन्छन । घिमिरे अब केही बर्षमा नै दलित समुदायकी महिलालाई पनि सगरमाथा आरोहण गराई सँगै आफूले पनि पुःन सगरमाथा आरोहण गर्ने योजना बनाएका छन् । लामो समय देखि पर्यटन क्षेत्रमा जोडिएका घिमिरे सगरमाथा आरोहण गर्ने आफ्नो सपना पूरा गर्नको निम्ति निकै सङ्घर्ष गर्नुपर्यो । राज्य पक्षबाट निरन्तर सहयोगको निम्ति आग्रह गर्दा पनि उनलाई सहयोग प्राप्त हुन सकेन । सगरमाथा आरोहणमा जाने निश्चित नै भएपश्चात् आफूलाई राज्यपक्षबाट नेपालको झण्डा र ब्यानर मात्र सहयोग भयो । नेपाल सरकार अन्तरगतको राष्ट्रिय दलित आयोग पनि आफूलाई सहयोग गर्न तयार नभएको घिमिरेको अनुभव छ । यद्यपि उनलाई नेपालमा दलितको लागि काम गर्दै आएका केही संस्थाहरुले भने सक्दो सहयोग गरे । यस मध्ये सोलुखुम्बु विश्वकर्मा समाज र एकीकृत विश्वकर्मा सेवा समाज  लगायतका संस्थाहरु अगाडि आउँछन् । अन्य सहयोग व्यक्तिगत सहयोग नै हो । राज्यले राज्यकोषसँग प्रत्यक्ष जोडिएका केही व्यक्तिहरुलाई सगरमाथा आरोहणकै निम्ति ३ करोड सम्म रकम निकासा गरेको कुरा नजिकबाट नियालेका घिमिरे राज्य पक्षबाट आफुप्रति भएको दुव्र्यवहार प्रति निकै नै असन्तुष्ट छन् । विगत लामो समयदेखि ट्रेकिङ गाईड र क्लाइम्बरको रुपमा काम गर्दै आएका घिमिरेका अनुसार एक पटक सगरमाथा आरोहणको क्रममा करिब ३०–४० लाख रकमको आवश्यकता पर्छ । त्यति ठूलो रकम सगरमाथा आरोहणको क्रममा ज्यानलाई जोखिममा राखेर जुटाउनु मध्यम र निम्न आय भएका परिवारको निम्ति आफैंमा निकै नै गाह्रो कार्य हो ।
विल्डिङ कन्स्ट्रक्सनको क्षेत्रमा ठेकेदारको रुपमा समेत काम गर्दै आएका घिमिरेले भू–कम्पको समयमा सहुलियत रुपमा स्थानीयको घर बनाउने क्रममा पनि केही रकम सङ्कलन गर्न सफल भएका थिए । उक्त रकम अहिले सगरमाथा आरोहणको निम्ति मुख्य मेरुदण्ड बन्न पुग्यो ।सङघर्षपुर्ण यात्रामा घिमिरे ःविजय घिमिरेको यात्रा निकै नै सङ्घर्षपूर्ण छ । ऊहाँ दलित समुदायको लागि मात्र नभएर सम्पूर्ण नेपाली युवाहरुको निम्ति आगामी दिनमा मार्गदर्शकको भूमीका निर्वाह गर्नुहुनेछ । सेतोघर सँगको कुराकानीको क्रममा पनि उनले अब आगामी दिनमा आफूले समाजसेवामा समय बिताउने बताएका छन् ।युवाहरुको निम्ति काम गर्ने उनको धोको छ । आगामी दिनमा घिमिरेको यात्रा निकै नै सफलतापूर्वक सम्पन्न हुन सक्ने अवस्था पनि आउन सक्छ । आगामी दिनमा नेपालमा आफूले जुन अवस्थाको कारण कष्ट व्यहोर्नुपर्यो, त्यो कष्ट अरुले व्यहोर्न नपरोस् भन्ने मान्यताको साथ उनको आगामी यात्रा अघी बढ्नेछ ।
घिमिरेको निकै लामो सङ्घर्ष पश्चात् मात्र विजय उत्सव सफल भएका हो । यस भन्दा पहिले भूकम्पको समयमा पनि सगरमाथा आरोहणको ठूलो अभिलाषा लिएर सगरमाथा क्षेत्रमा लम्किनुभएका घिमिरे भूकम्पको कारण यात्रालाई बीचैमा रोक्नुप¥यो ।पछिल्लो समय सगरमाथा आरोहणको क्रममा सहयोग गर्ने ट्रयाक नेपाल एक्सपिडिसन ट्रेक्स नामक संस्थाले घिमिरेलाई निकै ठूलो सहयोग गर्यो । घिमिरेलाई सगरमाथा आरोहणको निम्ति झण्डै १५ लाख रकम यस संस्थाले सहयोग गरेको कारण आफूलाई विजय उत्सव मनाउन सम्भव भएको सगरमाथा विजयी घिमिरेको अनुभव छ ।
सगरमाथा आरोहणको निम्ति अघिल्लो पटक प्रयाश गर्दा र यसपटक गरी घिमिरेको करिब नेपालमा विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका र स्वदेशमा नै अवसरको खोजी गरिरहेका नेपालीहरुलाई घिमिरेको एउटै आग्रह छ, ‘मैले सगरमाथा आरोहणको निम्ति निरन्तर १० बर्ष प्रयाश गर्दा आफ्नो सपना साकार भएको छ, तपाईंहरु पनि सबैभन्दा पहिले आफूले कुनै शुभकार्यको निम्ति भित्रै देखि लागेको काममा जुनसुकै हालतमा पनि सफल हुनैपर्छ भन्ने प्रण गर्नुस् ।’
काम गर्ने क्रममा अथक साधना र आत्मविश्वासले महत्वपूर्ण भूमीका निर्वाह गर्दछ । सबैभन्दा पहिले आफूलाई चिन्ने हो भने मात्र सफल हुन सकिन्छ । त्यसैकारण आफूले लिएको बाटो जति कठिन भएपनि त्यो बाटोबाट नडगमगाउनुस् । ढिलोछिटो विभिन्न आरोहअवरोह पार गर्दै तपाईंको यात्रा अवश्य पनि सफल हुनेछ ।हामी देशको माया भएका मान्छेहरु जति दुःख भएपनि आफ्नो देशको अवस्था माथि उठाउनको निम्ति नेपालमा नै रहेर काम गर्नुपर्छ । हाम्रो देश बनाउने भनेको हामी आफैंले नै हो । दलित समुदायका प्रथम सगरमाथा आरोही घिमिरे आगामी दिनमा नेपालमा रहेका विभिन्न क्षेत्रका दलितहरुको उद्धारको निम्ति आफूलाई अग्रसर बनाउने प्रण गरेका छन् । अब समय र परिस्थितिले साथ दिएसम्म सक्दो छिटो ‘प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्मा प्रतिष्ठान’ नामक संस्था स्थापना गर्ने योजनामा छन् घिमिरे । नेपालमा रहेर पर्यटनको क्षेत्रमा लाग्न चाहने युवाहरुलाई घिमिरेको यस संस्थाले विशेष सहयोग गर्नेछ ।
पछिल्लो हप्ता घिमिरे जागरुक युवाहरुबाट युवाहरुको हकहितको निम्ति स्थापित युवा शशक्तिकरण राष्ट्रिय अभियान’ नामक संस्थामा समेत जोडिएका छन् । हाल घिमिरे यस संस्थामा सल्लाहकारको भूमीकामा छन् । आफ्नो तर्फबाट युवाहरुलाई स्वदेशमा नै श्रम गर्नको निम्ति गर्न सकिने विभिन्न गतिविधिहरुमा आफू सक्रिय तवरले लाग्ने उनी बताउँछन् । विभिन्न क्षेत्रमा असफल तथा वेरोजगार युवाहरुको निम्ति घिमिरेको प्रयाश र सफलता निकै उपयोगि हुने अभियानको विश्वास छ । अभियानमा जोडिएसँगै सेतोघरले घिमिरेसँग गरेको कुराकानीको क्रममा घिमिरेले ग्रामीण क्षेत्रमा भएका युवाहरुलाई पर्यटनको क्षेत्रमा आउने क्रममा आधारभूत तालिम दिएर पर्यटनको क्षेत्रमा ल्याउन पहल गर्नुपर्ने बताएका छन् ।
राज्य प्रति कटाक्ष :
करिब १० बर्ष लामो समय लगाएर सगरमाथा आरोहण गरेका घिमिरे यस भन्दा पहिले भारी बोकेरै ४ नम्बर क्याम्प सम्म पुग्न सफल भएका थिए । जुन ८ हजार मिटर उचाईमा पर्छ । यसपटक भने सगरमाथाको चुचुरोमा नै पुुगेका घिमिरे आफूलाई राज्य पक्षबाट गरिएको वेवास्ता प्रति निकै चिन्तित छन् । भन्छन्, ‘प्रचण्डको छोरा सगरमाथा आरोहण गर्ने क्रममा ३ करोड रकम राज्यकोषबाट निकास गर्ने राज्यपक्ष गरीबको छोरालाई भने त्यही सगरमाथा आरोहण गर्ने क्रममा भने किन कुकुर विरालो जसरी वेवास्त गरिन्छ ?’ घिमिरेको यस प्रश्नमा जनताका सामान्य नागरिक प्रति राज्यपक्षको पूर्णत वेवास्ता रहेको कुरा झल्कन्छ । नेपाली जनताहरु प्रति राज्यको कुनै चासो नै नहुनु दुखद कुरा हो ।

घिमिरेको सगरमाथा आरोहण कसरी सफल भयो ?

विगत १० बर्ष देखि सगरमाथा आरोहणको अभियान शुरु गरेका घिमिरे वि.सं २०७१ देखि भने सगरमाथा आरोहणको निम्ति पूर्णतः समर्पित रहे । सगरमाथा आरोहणको निम्ति उनले ‘देशको गौरव मुलुकको सान, दलितहरुको सगरमाथा आरोहणको महान् अभियान’ भन्ने नारा तय गरे । विभिन्न संस्थाहरुलाई सहयोगको निम्ति आग्रह गरे । नेपाल पर्यटन वोर्ड, राष्ट्रिय दलित आयोग लगायतका सम्बन्धित क्षेत्रको निम्ति नै भनेर यथेष्ट बजेट छुट्याइएका नेपाल सरकार मातहतका कार्यालयलाई आग्रह गर्दा पनि कहीँकतैबाट साथ पाउन सकेनन् ।
राज्यले न त सगरमाथा आरोहण पहिले सम्मान गर्न सक्यो, न त फर्के पश्चात् नै सम्मान समेत गर्न भ्याएको छ । यद्यपि राम्रो उद्धेश्यले शुरु गर्न लागेको कार्य जसरी पनि सफल भने हुँदो रहेछ । घिमिरेको सगरमाथा आरोहणले यही सिकाउँछ । घिमिरेलाई सगरमाथा आरोहणको क्रममा धरान, इटहरी, काकडभिट्टा लगायतका केही कार्यालयबाट थोरै–थोरै रकम प्राप्त त भयो, जुन निकै न्यून थियो ।
यी कार्यालयहरुबाट प्राप्त अधिकतम रकम १५ हजार थियो । व्यक्तिगत पहलमा पनि केही रकम सङ्कलन भयो । अन्य व्यक्ति वा समूहलाई जस्तो क्याम्पियन नै गरेर रकम सङ्कलन गर्नको निम्ति घिमिरेलाई अनुकुलता मिल्न सकेन । उनलाई साथ दिने व्यक्तिहरु पनि निकै कम रहे । सगरमाथा आरोहणको क्रममा घिमिरे सहित ६ जना व्यक्तिहरुको समूह थियो ।
बेलुका ७ बजे क्याम्पबाट निस्केका घिमिरे सहितको समूह भोलि पल्ट विहान ५ बजेर ५ मिनेट जाँदा सगरमाथा चुचुरोमा पुग्न सफल भएको थियो । उनको समूहमा टेण्डी शेर्पा, पासाङ शेर्पा, सुमन गुरुङ, ग्याल्जे शेर्पा र एकजना उदा नामकी विदेशी महिला थिए । सगरमाथाको चुचुरोमा घिमिरेले नेपालको झण्डाको अलावा दलित समुदायबाट निर्माण गरिएको खुकुरी पनि सँगै लगेका थिए । सगरमाथाको चुचुरोमा १ घण्टा बिताएको यो समूह सोही दिन नै २ नम्बर बेस क्याम्पमा फर्कन सफल रह्यो ।
सगरमाथाको चुचुरोमा पुगेको बखत आफूलाई निकै खुसी लागेपनि पुःन सुरक्षित अवतरण गर्नु अर्को चुनौती रहेको कारण निकै जोखिम समेत रहेको तैपनि सुरक्षितपुर्वक फर्कन सक्नुमा भाग्यले समेत साथ दिएको घिमिरेको विश्वास छ ।
सगरमाथा आरोहणको क्रममा शरीरको तौल :
अक्सिजन : ३ सिलिण्डर–              १२ किलो
पानी : १ लिटर                                   १ किलो
केही चक्लेटहरु
नेपालको झण्डा र खुकुरी
जुत्ता (१ जोर)                                 ५ किलो
ज्याकेट (एउटा)                               ८ किलो
हेल्मेट, चुम्बर लगायत अन्य          १० किलो 
सेतोघर बाट