Sunday, November 5, 2017

नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएईको तदर्थ समिति गठन

विभेद बिरुद्ध अभियान -१९ कात्तिक -दुबई  – स्वदेश देखि बिदेश सम्म छरिएर रहेका दलित समुदायको मुक्तिको लागी दलित मुक्तिमोर्चाका केन्द्रिय कार्यालय सदस्य तथा बिदेश बिभाग संयोजक राजकुमार हिङमाङको प्रमुख आतिथ्यमा नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएई गठन गरिएको छ ।

नेपाली जनप्रगतिशील मन्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमले मंचका केन्द्रिय सदस्य गाम बहादुर बिश्वकर्माको संयोजकत्वमा परशुराम नेपाली सहसंयोजक रहने गरि ९ सदस्यिय तदर्थ समिति गठन गरेको हो । जस्मा सदस्यहरु चेत बहादुर रनपाल, गीर बहादुर बिश्वकर्मा, सुर्य परियार, पदम सुन्दास, जीना सुनाम, अशोक बिश्वकर्मा र ज्ञानु कर्मा रहेका छन् ।

बिषेश अतिथीहरु दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य आर्जन कुमार सुनार, नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्रका केन्द्रिय सदस्य हरि नेपाली अतिथीहरु नेपाली जनप्रगतिशील मञ्च युएईका प्रमुख सल्लाहाकार शम्भु वाईबा, प्रेस सेन्टर नेपाल यएईका अध्यक्ष अनिस तामाञ्, प्रगतिशील कलाकार संघ युएईका अध्यक्ष प्रबिन तामाञ्, बिश्वकर्मा समाज युएईका महासचिब रोहन सुनार, समाजकै सारजाह क्षेत्रिय अध्यक्ष सुब्बा बिश्वकर्मा, जनजाति महासंघ युएईका उपाध्यक्ष सुरेन्द्र थिञ्, लगायत युएईबासी नेपालीहरुको उपस्थिती रहेको थियो ।
युएईको दुबई स्थित एक होटलमा सम्पन्न उक्त कार्यक्रममा नवगठित कार्य समितिलाई बधाई तथा सफलताको शुभकामना दिदै अतिथी तथा बिषेश अतिथीहरुले नव गठित कार्य समितिले आगमी दिनहरुमा देश र जनताको हितमा काम गर्नुपर्ने बताए ।

मञ्चका केन्द्रिय सचिब ईन्द्र सिन्चुरीको स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आफ्नो धारना राख्दै प्रमुख अतिथी राजकुमार हिङमाङले दलित आन्दोलनलाई माक्सबादी आन्दोलन संग जोड्दै दलित आन्दोलनलाई अन्तराष्टिय आन्दोलनको रुपमा बिकसीत गराउनु पर्ने बताए । दलित आन्दोलन नबुझी क्रान्तिकारी बन्न नसकिने धाराना राख्दै नव गठित नेपाल प्रगतिशील दलित मुक्ती मञ्चलाई बधाई तथा शुभकामना सन्देश दिएका थिए ।
-उत्तम बिक/ नया प्रभा बाट 

No comments:

Post a Comment