विभेद बिरुद्ध अभियान, पुस ११ - ।आफ्नो सीप र कला सिर्जना गर्ने हामी विश्वकर्मा समुदाय कसरी अछुत भयो अछुत त त्यो हो हाम्रो कला र सीपलाई अपहेलना गर्दै छ हाम्रो रगत पसिनामा रजाइ गर्न पल्केकाहरूले अब सोच्ने समय आएको छ ।
आरनमा हसिया बनाउने विश्वकर्मा दाइले घास काट्ने हसिया , खेत खन्ने कोदालि, मात्र बनाउने छैनन् सदियो वर्ष देखि लागेको अछुतको दाग मेट्नको लागि खुकुरि, बन्दुक, बनाउन बाध्य हुने छन् आफ्नो मुक्तिको लागि सडकबाट सदन सम्म हतियारसँग युद्ध गर्न बाध्य हुने छन् ।
आफ्नो कला र सीप सिर्जना गरी दुख परिश्रम गरेर खाने मेरो समुदायलाई अछुत भन्ने पाखन्डि ब्राहमण अब होसियार भए हुन्छ ६५ लाख मेरो समुदाय मुखमा सातु हालेर बस्ने वाला छैनन् ।आफ्नो मुक्तिको लागि मार्न र मर्नकोलागि तयार हुने छन् हतियार बनाउन हरुले हतियार चलाउने छैनन् भन्ने तिम्रो सोच मूर्ख हो तिमी बुझि राख हामी युद्धको अन्तिम चरणमा छौ ।
अन्तरजातिय बिहे गर्दा अजित मिजारलाई मारियो दलित भएकै कारण काभ्रेकि लक्ष्मी परियार दिदीलाई दिशा पिसाब खुवाइ कुटि कुटि मारियो पानी छोएको निहुंमा दिदी बैनी खुल्लेआम पिटिएका छन्, मन्दिर छोएको निहुंमा मन्दिरबाट लखेटिएको छ ।
यति मात्र कहाँ होर मन्दिरको देवता छोएको बापत जरिमाना गरिए को छ । ए पाखन्डि आज मेरो रगत उम्लेर आए को छ । कित सुद्र, हैन भनौ हैन भने छिनाइ दिनेछौ तिम्रो घाटि चेतना भय ।
दमाईले छोएको धजा चल्ने । विश्वकर्माले बनाएको घण्टी,त्रिशुल चल्ने । विश्वकर्माले बनाएको मूर्ती चल्ने । छोरीचेलिको जवानी चल्ने मैले छोएको पानी मात्र नचल्ने ।
ए पाखन्डि हामी त वैज्ञानिक हौ अछुत त तिमि ब्राहमणवाद हो जसले हात थापेर खाने गरेको छ । याद राख कयौँ पटक दक्षिणाको नाम मा मैले तिमी लाई पैसा दियकि छु मेरो पैसा चलि रहेको छ बाँस मेरो हातको पानी मात्र चलेको छैन!!
No comments:
Post a Comment