Thursday, August 29, 2013

दलित बनाइएकाहरूले आफना मान्यता स्थापित गर्लान् वा नगर्लान् तर देशले युद्धको सामना गर्नुपर्ने छ

खबरदार ! फेरी एक पटक दलित आन्दोलनलाई कथित मानवअधिकारको ठेकेदार ठान्ने एनजीओको आडमा अपमानमात्र होइन यसलाई ‘रक्सी’सँग तुलना गरिएको छ । मान्छेको आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारलाई खोसिएको छ । र, तमाम नेपाली दलित समुदायमाथि नियोजित रूपमै विभेद गरिएको छ । यस्ता एनजीओको विरुद्ध आज नबोले कहिले बोल्ने ? हामी नबोले कसले बोलिदिने ?
घटनाक्रम र हजार प्रश्नहरू
मंसिर २४ गते बेलुका सिंगो मानव सभ्यतामाथि नै ग्रहण लाग्ने अत्यन्त क्रुर घटना कालिकोटमा भयो । कालिकोट जिल्ला जुविथा गाविस­४ का मनवीर सुनार (३१) त्यहीं होटल चलाएर बस्ने जसबहादुर शाहीको पसलमा मीनबहादुर शाही र दीपबहादुर शाहीले अत्यन्त क्रुर तरिकाले पिट्दा २५ गते बिहान उनको ज्यान गयो ।
मिडियामा चुरोट सल्काउने निहुँमा चुलो छोएको निउँमा दलितको हत्या भनेर समाचारहरू आए । देशव्यापि रूपमा बिरोधका स्वरहरू सुनिए । दलित सभासद्हरूले संसद अवरुद्ध गरे, उनलाई सहिद घोषणा गर्नुपर्ने मागराखे । सरकारले मनवीरको परिवारलाई दशलाख रूपैयाँ क्षतिपूर्ति दिने घोषणा ग¥यो । सहिद घोषणा प्रक्रिया अगाडि बढाउने र घटनाको सत्यतथ्य छानवीन गर्ने जनायो । तर, जब मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एक एनजीओ (इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालय)ले मनवीरको पोस्टमार्टम रिपोर्ट नआउँदै घटनालाई बङ्ग्याउने गरी रक्सी विवादमा कुटपिट हुँदा मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक ग¥यो घटनाले अर्कै मोड लियो । एउटा तप्का मनवीर हत्यालाई रक्सी विवादसँग जोड्न कम्मर कसेर लाग्यो । अर्को तप्का यसको विरोधमा विरोध गर्नेमा केही दलित सङ्घसंस्थाहरू मात्र थिए । धेरैजसो दलित अधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था तथा समूहहरू मौन नै रहे । आफूलाई सबैभन्दा अब्बल ठान्ने केही मिडियाहरू पनि धुरन्धरले दलितहरूका आवाजलाई ओझेलमा पार्दै एनजीओको आवाजलाई प्रवद्र्धन गर्न दौडादौड गरिरहेका छन् । ‘मनवीरले न्याय पाउनु पर्छ’ भनेर लेखिएका पाठक पत्रहरूलाई समेत त्यस्ता मूलधारका मिडियाहरूले ठाउँ दिएका छैनन् । बरू रक्सी विवादलाई नै व्यानर न्यूज बनाइरहेका छन् ।
नेपाली मिडियालाई मनवीर हत्यापछिको पहिलो प्रश्न, जसले उनको नामलाई समेत ‘मनवीरे’ भनेर सम्बोधन गरे । के उनीहरूसँग सम्मानपूर्वक सम्बोधन गर्ने शब्दहरू छैनन् ? यसले नेपाली मिडियामा रहेको ‘विष्ट’ संस्कृतिलाई देखाउँछ । ‘विष्ट’ संस्कृतिमा दलित समुदायका बुढापाकाहरूलाई समेत गैरदलितहरूका साना नानीहरूले दाइ र तिमी भन्ने संस्कार देखिन्छ । यो संस्कार मनवीर हत्याकाण्डमा पनि देखियो । अर्कोकुरा मनवीर हत्याकाण्डको बीस दिन बितिसक्दा पनि दलित समुदायका पत्रकारहरूबाहेक गैरदलित समुदायका पत्रकारहरूले यो जातीय छुवाछुत र दलित समुदायको दृष्टिकोणबाट यो मुद्दालाई उठाउन सकेनन् । यसले नेपाली मिडियामा दलितका मुद्दाहरूलाई बुझ्ने गैरदलित सञ्चारकर्मीहरूको अभाव देखियो ।
कुनै पनि अभियान, आन्दोलन तथा पैरवीका लागि लागि मिडिया नभई हुँदैन । तर, पाखा पारिएका लिङ्ग, जातजाति, भाषा, धर्म, क्षेत्रलाई परम्परागत रूपमा र नकारात्मक ढङ्गले प्रस्तुत गर्दासम्म मिडिया नागरिक तहमा भिज्न सत्तैmन । मिडियाले नागरिक आवाजलाई बेवास्ता गर्दासम्म, सबैलाई समान रूपले सम्मान नगर्दासम्म समानता र न्यायका लागि पाखा परिएका र अल्पसङ्ख्यकहरूको आन्दोलन सही रूपमा आमजनतामा पुग्न सत्तैmन । दलित, किसान र मजदुरको पीरमर्का सम्पन्न र बौद्धिक वर्गले नबुझेको पनि हुन सक्छ । मनवीरको घटनामा पनि त्यही प्रवृत्ति देखिएको छ ।
नेपालमा राजनीतिक तथा सामाजिक मुद्दा उठाउने, चर्काउने मिडिया जुन वर्गको हातमा छ त्यसले दलित समुदायको हित बुझ्दैन, बुझे पनि त्यसलाई आवाज दिँदैन र त्यसको मुद्दा कहिल्यै प्राथमिकतामा पर्दैन । यो तथ्य नेपाली मिडियाको अध्ययन गर्नेहरूले देखिसकेका छन् ।
नेपालमा अहिले आएर कर्पोरेट मिडियाको बर्चस्व छ । सरकारी मिडियाहरू राजनीतिक दलका कार्यकर्ता पाल्ने केन्द्रमात्र भएका छन् । ती कार्यकर्ताहरूमा पनि दलित समुदायका व्यक्तिहरू पर्दैनन् । कर्पोरेट मिडियाले प्रस्तुत गर्ने विषयहरू बजारले निर्धारण गरेको छ । यसले सामाजिक हित ओझेलमा पर्छ । दलित समुदायको मुद्दामा पनि नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रको न्यून उपस्थिति देखिनुको कारण यहीँ हो । यसले पत्रकारिताको जनसेवी भावना मर्दै गएको देखिन्छ भने हुनेखाने वर्गको पक्षमा मिडियाहरू काम गरिरहेका छन् ।
नेपालको सामाजिक, राजनीति, सांस्कृतिकलगायत न्याय र समानताका लागि हुने सबै आन्दोलनमा नेपाली कर्पोरेट मिडियाले अबरोध मात्र गरिरहेका छन् । देखावटी रूपमा सहयोग गरिरहेकोजस्तो देखिए पनि वास्तविकता उनीहरूको व्यपारसँगमात्र जोडिएको छ । नेपालमा सामाजिक आन्दोलनमा लागेका दलित आन्दोलनमा लागेका संस्था र समूहहरूले नेपालका मूलधारका मिडियाले उनीहरूको आन्दोलनलाई बेवास्ता गरेको, उचित स्थान नदिएको, मिडियाको स्वामित्व र नीतिनिर्माणको शक्ति केही वर्ग र मिडियाको लोकतन्त्रीकरण र सामाजिक आन्दोलन व्यक्तिमा सीमित भएको, मिडियामा उपेक्षित समुदायका सदस्यको सहभागिता नभएको, उपेक्षित र अल्पसङ्ख्यकहरूको समस्या र सरोकारका कुरा बेवास्ता गरिएको इत्यादि आरोप त्यत्तिकै लगाएका होइनन् । विशेष गरी हिन्दू सामाजिक संरचनाले दलितको सर्वप्रथम अस्तित्व स्वीकार नगर्ने, गरे पनि नेतृत्व स्वीकार नगर्ने सामाजिक मनोविज्ञान बनाइदिएको छ । मनवीर हत्याकाण्ड पनि त्यसैको श्रृङ्खला हो ।
दोस्रो प्रश्न मानवअधिकारकर्मीहरूलाई । मनवीर हत्याकाण्डले नेपाली मानवअधिकारकै इतिहासमा एउटा गम्भीर प्रश्न उठाइदिएको छ । पहिलो प्रश्न सहभागिताको । मनवीरकै हत्याकाण्ड अध्धयनमा गएको टोलीमा दलित सहभागिता भएको हुन्थ्यो भने हत्याकाण्डलाई जातीय विभेदको कोणबाट हेरिन्थ्यो । तर, दलित समुदायका मुद्दा नबुझेका वा समस्या नभोगेका कथित मानवअधिकारकर्मीहरूले यसलाई रक्सी विवादसँग जोडिदिए । अर्को मानवअधिकारका ठेकेदारहरूमा दलितमुद्दालाई बुझ्ने दृटिकोण देखिएन चाहे ती एनजीओको रूपमा मानवअधिकारको डलरखेती गर्नेहरू हुन् वा राष्ट्रिय मानवअधिकार आयोग नै किन नहोस् । हेर्दै जानुस् यो ढुक्क छ, राष्ट्रिय मानवअधिकार आयोगले पनि मनवीर हत्यालाई घुमाउरो पाराले भएपनि रक्सी विवादसँगै जोड्ने छ । के यस्तो रवैयाले दलित समुदायले न्याय पाउँछन् त ? मनवीर हत्याकाण्डले यो प्रश्नलाई उठाएको छ ।
मनवीर हत्याकाण्ड नेपाली दलित आन्दोलनको इतिहास मै १९९७ पछिको सबैभन्दा महत्वपूर्ण घटना हो । यो घटना दुई किसिमले महत्वपूर्ण र विषेष किसिमले महत्व राख्छ । पहिलो जातीयताकै आधारमा अपमान पूर्ण र कायरता पूर्वक कुटपिट गरेर हत्या गरिएको छ भने अर्को यो हत्यालाई रक्सी विवादसँग जोडिएको छ । भगत सर्वजितले सुरु गरेको नेपाली दलित आन्दोलन यतिबेला सबैभन्दा नराम्रोसँग अपमान गरिएको छ । यस्तो अवस्थामा पनि दलित समुदाय विद्रोहमा उत्रिएनन् भने यो दलित समुदायको दुर्भाग्य नै हुने छ ।
आफूहरुलाई मानवअधिकारकर्मी बताउन रुचाउने एउटा यस्तो तप्का छ, जो मनवीर हत्यालाई रक्सी विवादसँगै जोडेर दलित आन्दोलनलाई समेत रक्सीसँग तुलना गर्न खोज्दैछन् । उनीहरूको दृष्टिमा ‘तँ डुम नोकर त होस् नि’ भन्नु पनि जातीय विभेद हुँदैन । यो हदसम्म पनि हुनसक्छ नेपालमा ? यो कार्यमा कथित मानवअधिकारकर्मीहरू नै सक्रिय भएको देख्दा अबको दिनमा त आशय विभेदलाई समेत जघन्य अपराधको रूपमा स्वीकारिनु पर्ने आवश्यकता देखिन्छ । अर्को के—के शब्दहरूले विभेद जनाउँछन् भनेर मानवअधिकारकर्मीहरूलाई नै सिकाउनुपर्ने देखिन्छ । सतहमा आएका छुवाछुतका जघन्य अपराधहरूलाई त यसरी नियोजित ढंगले लुकाउन खोजिन्छ भने नेपाली समाजमा त्यसमा पनि ग्रामीण समुदायमा हुनेगरेका कति छुवाछुतका घटनाहरू बाहिरै आउन पाएका छैनन् होला ? यो गम्भीर प्रश्न हो । यसको एक मात्र निष्कर्ष के हो भने नेपालको मानवअधिकार क्षेत्रले दलितहरूको भावनालाई सम्मान गर्न सकेको छैन । न त दलित मुद्दालाई उनीहरूकै दृष्टिकोणमा ग्रहण गरेको छ ।
तेस्रो प्रश्न दलित अधिकारकर्मी, संघसंस्था र दलित नागरिक समाजलाई । मनवीर हत्याकाण्ड एउटा व्यक्तिहत्या मात्र होइन दलित आन्दोलनको सिङ्गो हत्या गर्ने प्रयास हो । यो बेलामा उनीहरू किन चुप लागेका छन् । खुलेआम भएको हत्यालाई रक्सी विवादसँग जोडिदा किन उनीहरू एउटा प्रेस विज्ञप्तिसम्म पनि प्रकाशित गर्न सक्दैनन् ? के परिवारलाई दशलाख र मनवीरलाई सहिद घोषणा गर्नु नै समाधान हो ? यसले उनको परिवारलाई तत्काल राहत त देला तर न्याय दिनै सक्दैन । यदि न्याय दिने थियो भने कल्लिकुमारी पछि विभेदका यस्ता अमानवीय घटनाहरू नै सुन्नुपर्ने थिएन ।
नेपालका राजनीतिक दलहरूले दलितहरूका समस्यालाई झारपात रूपमा हेर्ने रहेछन् भन्ने अर्को उदाहरण मनवीर हत्याकाण्डमा नै देखियो । उनीहरूका राजनीति घोषणापत्र फोस्रो आश्वासन मात्रै हो । गैरदलितहरूको नेतृत्वले गैरदलितहरूकै आँखाबाट दलित आन्दोलन र मुद्दालाई हेर्छन् भन्ने अर्को उदाहरण हो यो । होइन भने प्रमुख राजनीतिदलहरूले दलको तर्फबाट मनवीर हत्याकाण्डलाई किन सम्बोधन गरेनन् ? यसले दलित समुदायको राजनीतिक नेतृत्वको आवश्यकतालाई अझै जोड दिएको छ ।
मनवीर हत्याकाण्डलाई रक्सीविवादसँग जोड्दा यी दलितको क्षेत्रमा कामगर्ने अधीकारकर्मीहरू चुँसम्म बोल्न सकेनन् । बरु कालीकोटमा रहेका स्थानीय दलित संस्थाहरूले प्रेस विज्ञप्ती जारी गरेर विरोध गरे । यसले एकीकृत दलित विद्रोहविना नेपालको जातीयमुक्ति अभियानलाई यसैगरी रक्सी विवादसँग जोडेर तुहाइने सम्भावना बढाइदिएको छ । सुन्दा तीतो लाग्नसक्छ । तर, समग्र वास्तविकता के हो भने यतिबेला मनवीर हत्यालाई रक्सी विवादसँग जोडिएपछि नेपाली मिडिया मानवअधिकारकर्मी र नेपाली दलित आन्दोलनकर्मीहरू लाश बाहेक अरू केही हुन सकेका छैनन् ।
अब खतराका सङ्केत
हामी यो युगलाई मानव सभ्यताको युग भन्छौं, विज्ञान प्रविधिको उच्चतम विकासको युग भन्छौं, ज्ञानको अपार राशीमाथि मानिसले झन् कति डुबुल्की मारेको छ कति – हामीले गरेका यी दावीहरूलाई मिथ्या सावित गरिदिएको छ ­ कालिकोट घटनाले ।
देशले काँचुली र्फेर्दैछ, नयाँ संविधान बन्दैछ, नयाँ परिवर्तनका अनेकौं आवाजहरू उठ्दैछन्, न्याय, समानता र स्वतन्त्रताको सवाल जोडतोडले उठेको छ । हिंजो हुकुम चलाउने वादशाह आप्mनो सिंहासनबाट हठात् तल झारिएको छ, तर यो सब मनवीरहरूको लागि रहेनछ । २०२० सालमै मुलुकी ऐन जारी गरेर जातिपातिप्रथा अब कसैले मान्ने छैन भनेर घोषणा गरिएको ४८ वर्षबितिसक्दा कथित अछुत बनाइएकाहरूले आ­आप्mना अधिकारको कुरा उठाउÉदैछन् भन्ने कुरा के कालिकोटमा प्रचार हुन सकेन ? तर, त्यसो होइन कजाएकालाई कजाइ राखौं, हेपेकालाई हेपिराखौं, थिचिएकालाई झन् थिच्दा, चरम यातना दिंदा आनन्द आउँछ भन्ने भ्रम एउटा बर्गमा जरैसम्म गडेर रहेको छ ।
कालिकोटका मनवीर सुनारको हत्या ऐतिहासिक महत्व राख्ने प्रतिनिधि घटना हो, मीनबहादुर शाही दीपबहादुर शाही प्रतिनिधि पात्रहरू हुन्, होटल चलाउने पनि यो घटनामा कम जिम्मेवार छैनन् । जातपात­छुवाछुत तथा हत्या अभियोगका दोषी तीनैजना हुन् । होटेलवालाले सार्वजनिक स्थानमा होटल सञ्चालन गरेर नेपाल राज्यको कानून, ऐन नियमलाई ठाडो उल्लंघन गरेका छन् । हेदै जाऔं उनीहरूलाई पनि प्रहरी प्रशासनले केही दिनमै प्रयाप्त आधार नपुगेको भनेर लेनदेनबाट प्रभावित भएर अभियुक्तहरू मुक्त भएको हामी पाउनेछौं ।
मनवीरसँगै तनहुँमा गाग्री छोएको निउँमा कुटपिट गरियो । केही वर्षघि ब्राह्मणको होटलमा चिया पिएर गिलास नधोएको भन्दै प्रहरीसमेतको संलग्नतामा तनहुँमा दुई जना दलितलाई ४१­४१ हजार जरिवाना गरियो । लमजुङमै एकजना गैरदलितकी छोरी विवाह गरेको निहुँमा लखेटी­लखेटी भिरबाट खसालेर मारियो । गैरदलितकी छोरी विवाह गरेको बहानामा कुटपिटमा पर्ने, विस्थापित पर्ने, सम्पत्ति गुमाउने, दलितका छोरीलाई विवाह गर्र्छुुभनेर यौन चाहना मेट्ने, सन्तान जन्माउने र पछि अलपत्र पार्ने घटना नौला होइनन् । सार्वजनिक सभा, समारोह आदिमा अपमान खेप्नु त कथित दलितहरूको नियति नै बनेको छ । सत्ता, धर्म, संस्कार संस्कृतिको ठेक्का लिएकाहरूले आज महसुस नगर्न सक्छन् भोलि जब देश खोव्रmो हुनेछ, त्यतिबेला कोकोहोलो मच्चाएर केही हुनेछैन । कालिकोटमा जसबहादुर शाही, मीनबहादुर शाही र दीपबहादुर शाहीले गरेको हिम्मत त्यत्तिकै आएको होइन । यसका गर्भमा थुप्रै रहस्यहरू छन् । जब राज्यसत्ताले अपराधीहरूको पक्ष लिने निश्चय भयो तब उनीहरू अत्याचार गर्न हौसिए । यो बबुरो कामीको पक्षमा बोलिदिने को छ र भन्ने लागेर नै उनीहरू त्यो आँट गरेका हुन् । दलितहरूको पक्षमा बोलिदिने माओवादी सहर पसेपछि शाहीहरूको यो आँट आएको हो । अव यस्ता प्रवृत्ति भएकाहरूलाई दलितहरूको एकीकृत विद्रोहमार्फत् छानीछानी ठोक्नुपर्छ । यस्ता कार्यमा हौसाउने कथित मानवअधिकारवादीहरूलाई पनि एकएक हिसाब खोज्नुपर्छ ।
आज मनवीर सुनार मारिंदा त्यो मेरो वा अमूक जातिको सरोकारको विषय होइन भनी ठान्नेहरूलाई अर्को कुनै बहानामा अन्याय नपर्ला भन्न सकिन्न । अनाहकमा ज्यान गुमाएका मनवीर सुनारका परिवारलाई राज्यले क्षतिपूर्तिमात्र होइन न्याय दिनुपर्छ । अपराधीहरूको सम्पूर्ण चलअचल सम्पत्ति राज्यले हरण गर्नुपर्दछ । मीनबहादुर शाही र दीपबहादुर शाहीलाई आजीवन जेल सजाय वा मृत्यु दण्ड नै दिनुपर्छ मृत्युदण्डको कानुन बाएर ताकि अर्को कसैले यो तहको अपराध गर्न हिम्मत नगरोस् ।
अलिकति पनि मानव सभ्यताप्रति समवेदना भए उनीहरू कसैलाई कानुनी उपचारको सहयोग नगरियोस । काानूनको धज्जी उडाउन खोज्नेहरूलाई कानुनी उपचारको हकबाट समेत वञ्चित पारिनुपर्छ । उनीहरूले कानून उल्लंघन मात्र गरेका छैनन्, मानव जातिले आर्जन गरेको सभ्यतामाथि धावा बोलेका छन् । त्यसैले उनीहरूलाई सजाय दिनु अमूक जाति, वर्ग, वर्ण वा सम्प्रदायको अहितमा हुनेछैन । हाम्रो मुलुकमा अन्यायमा परेकाहरूले थुप्रै पटक सहेका छन् । यस्तो धैर्य गर्नुु भनेको अन्यायलाई मलजल गर्नु हो । अब नेपालका ६१ लाख कथित दलित बनाइएकाहरूको अब यो घटनाले शान्तिपूर्ण आन्दोलनको औचित्य समाप्त भइसकेको देखाउँछ । दलित बनाइएकाहरूले हतियारबाट आप्mना मान्यता स्थापित गर्लान् वा नगर्लान् तर देशले युद्धको सामना गर्नुपर्ने छ ।
Source : bankailas.wordpress.com

No comments:

Post a Comment