Thursday, August 29, 2013

नेपाली दलित आन्दोलनमा गैरदलितहरुको सहभागिता – गणेश परियार सिवा



नेपालमा दलितहरु माथिको भेदभाव हजारै वर्ष देखि हुदै आएको छ । यो हजारै वर्षको अन्तरालमा समाजले, विश्वले धेरै प्रगती गरी सकेको छ । दास युुगमा रहेको झण्डै चार हजार वर्ष अगाडिको विश्व आज विश्वासनै गर्न नसकिने गरि चमात्कारिक पूजीवादको अभ्यास गरिरहेको छ । विज्ञानको चरम विकासले समाजको परम्परागत् व्याख्या लाई पुर्णरुपमा  विस्थापित गरि सकेको छ र यो विचमा संसारमा धेरै परिवर्तन भैसकेका छन । तर त्यही झण्डै चार हजार वर्ष अगाडी हाम्रो समाजमा हिन्दूु धर्मको विकास संगै शुरु
भएको छुवाछूत , जातीय भेदभाव, र उच्च निच्चता अहिले पनि जस्ताका त्यस्तै जरा गाडेर बसेको छ । संसारले यति धेरै प्रगती गरी सक्दा पनि हाम्रो समाज अझै त्यो अमानविय र जंगली रुढिवादबाट बाहिर आउन सकेको छैन । विज्ञान र विचारले यत्रो विकास गरिरहदा हाम्रो देशमा अहिले पनि दिनहु दलित भएकै कारण लाखौ जनताहरुले अपमान र घृणाको शिकार भैरहनु परेको छ ।
नेपालमा दलितहरुमाथि सामाजिक, आर्थिक, धार्मिक, सास्कृतिक र राजनैतिक गरी सवै प्रकारका शोषण र उत्पीडन्बाट थिचिएको छ । समयले धेरै कोल्टे फरि सकेको छ । अढाई सय वर्ष पुरानो राजसंस्था जरै देखि उखेले र फ्याकिसकिएको छ । परम्परागत हिन्दु अधिराज्य नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्म निरपेक्ष राष्ट्र नेपालले विस्थापित गरिसकेको छ । तर पनि यि सवै परिवर्तनहरुले नेपालका चालिसौ लाख उत्पीडित दलित समुदायहरुलाई कुनै राहत दिन सकेको छैन । मुलुकले यति ठूलो परिवर्तन हासिल गरिसक्दा पनि दिनहु पानी, धारा छोइएको निहूमा कुटिनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु,शिक्षा बाट वन्चित हुनु, चरम गरिबीमा जिवन विताउनु , मरेका सिनो फ्याकन लगाउनु , कठोर शारीरिक श्रम गर्न लगाईनु, वोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु गाउ निकाला गरिनु , मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरु लाई बन्देज लगाईनु , दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडि लाई शारिरीक र मानसिक यातना दिनु र हत्या सम्म गराइनु दलितका लागि नियतिनै बनिसकेको छ । यि र यस्तै दलितहरुमाथि हुने दानविय व्यावहारहरुका कारण अहिले सम्म हामिले प्राप्त गरेका सबै उपल्वधीहरु अर्थहिन र महत्वहीन भैसकेका छन । हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले त्यती वेला सम्म सार्थकता पाउन सक्दैन जति वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुुरितीहरु लाई जरै बाट उखेलेर फ्याँक्न सकिदैन । जातीय छुवाछूतका कारण र ईतिहासलाई केलाएर हेर्ने हो भने यो वैज्ञानिकता भन्दा पनि  शुरुमा श्रम विभाजन र पछि समाजका परजीवी प्रवृतिका ठेगदारहरु बाट शोषकी र दासत्व मानसिकताले यसको विकास र संचालन गरेको पाईन्छ । प्रारम्भमा श्रमको सम्मान पूर्ण विभाजनका रुपमा आएको र क्षमता अनुुसारको श्रम गर्ने छुट पनि भएको पाइन्छ । एउटै परिवारमा पनि श्रम अनुुसार विभिन्न वर्णहरु भएको उल्लेख ईतिहास र धर्म शास्त्रहरुमा भएको पाईन्छ । प्रारम्भमा सामाजलाई व्यस्थीत गर्न कामका आधारमा सकारात्मक सोचका साथ शुुरुभएको वर्ण विभाजन नै पछि घिनलाग्दो जाति प्रथा, छुवाछूतमा परिणत भएको पाईन्छ । आफु पछि आफ्नो सन्तान र दर सन्तान सबैले आफु जस्तै सता र श्रोतमा हालिमुुहालि गर्न पाउन भन्ने एकदमै शोषकी विचारबाट यसको विकास भएको पाईन्छ । हिन्दु धर्मको विकास संग संगै स्वर्ग, नर्क, भाग्य, जन्म, ईश्वर, धर्म, मुतिm जस्ता आकास पतालका काल्पनिक कुराहरु बनाएर र ति कुुरा हरुलाई धर्म संग जोडेर, पूूर्व जन्मको कर्म संग जो

डेर लाखौ लाख सोझा सिधा जनताहरु लाई कहिल्यै माथि उठन नसक्ने गरि कुुल , जन्म र जातित्वको जंजिरले वाधिएको जहाँ विभेद हुुन्छ त्यहा विरोध हुुनुु विद्रोह हुुनु स्वाभाविक हो ।  नेपालमा पनि यो कुुप्रथाको विरुद्ध शुरु देखिनै विभिन्न व्यातिmहरुबाट समय समयमा आवाजहरु उठेका छन । स्यमं दलितहरु संगठित रुपमा यो विभेदका विरुद्ध अगाडि आएको छ दशक् भन्दा बढि भै सकेको छ । यो विचमा नेपाली दलित आनदोलनले हजारौ  नेता र लाखौ कार्यकर्ता पाइसकेको छ । शुरुमा निरपेक्ष जातीय विभेदका विरुद्ध संगठित दलितहरु अहिले विभिन्न राजनितीक संगठन र गैर सरकारी संस्थाहरु मार्फत आवाज उठाई रहेका छन । छ दशक लामो यो आन्दोलनले दलितहरुको चेतनामा उल्लेख्नीय प्रगती गर्न सके पनि दलितमाथि हुने विभेदको अन्त गर्न सकेको छैन । दलित आन्दोलनले यति लामो इतिहास बोकेर पनि सामाजिक व्याहारमा महत्वपूर्ण परिवर्तन ल्याउन नसक्नुको मुख्य कारण यो समस्यालाइ केवल दलितहरुको मात्रै समस्याको रुपमा लिइनुनै हो ।

 गैर दलितहरु खुलेर यो समस्यका विरुद्ध अगाडी नआउनु आफ्नो समाज र परिवार भित्र सुधार गर्न नचाहन,ु विस्तारै परिवर्तन हुन्छ भनि सबै कुरा भविष्यलाई मात्र छोडीदिनाले नै हाम्रो समाज यो कुसंस्कारको जालो बाट बाहिर आउन सकेको छैन । त्यसो भन्दैमा गैरदलितहरुबाट केहि पनि प्रयास हुदै नभएका चाहि होइन । तर जुन रुपमा समस्याको संवेदनशिलता लाई गैरदलितहरुले बुझेर परिवर्तनको संवाहक बन्न सक्नु पर्ने थियो त्यो चाहि हुन सकेको छैन । इतिहासमा जे जति गैर दलितहरुबाट समाज सुधारका पहल भएका छन त्यसले समाजमा धेरै सकारात्मक सुधारहरु ल्याएका पनि छन । जातीय छुुवाछूतका विरुद्ध नेपाली धर्तीमा सबै भन्दा पहिले आवाज गौतम वुुद्धले उठाएका हुुन । बुुद्ध मानिसहरुको मुल्याकन उसले गरेका असल कामले हुनु पर्दछ जात वा जन्मले होइन भनि यो पाखण्डी व्यास्थाको विरोध गरेका थिए । साथै बुद्धले आफ्नो बौद्ध संस्थाहरुमा शुद्र र पोडे जातिका भिछुहरुलाई सामेल गराएर तत्कालिक विभेदकारी समाज लाई गतिलो झापड दिएका थिए । त्यस्तै नेपालमा जातिय छुवाछूतका विरुद्ध चर्को आवाज उठाउने अर्का व्यातिm सन्त ज्ञान दिल दास पनि एक हुन । जोसमनी सन्त परम्पराको माध्यम बाट हिन्दु धार्मिक कुसंस्कार र छुवाछूतका विरुद्ध उनले आवाज उठाएका थिए । जोसमनी विश्वासमा कामि, दमाई, सार्कि,राई, लिम्वू, गुरुङु ,मगरहरुलाई समावेश गरी तत्कालिक शामन्ती समाजलाई प्रहार गरेका थिए । उनको यो कार्यवाट रुष्ट व्राहमणहरुले उनलाई जातीच्यूत भएको भनि घोषणा गरेका थिए । जसको बिरोधमा उनले दार्जिलिङ्गमा दिउसै बति बालेर जात खोजेको भन्दै व्यङ्ग गरेका थिए । त्यस्तै जोसमनी सन्तकै राजा रण वहादुर शाहले जगन्नाथको मन्दिर बनाई सहभोजको आयोजना गरेर सामाजिक सुधारका लागि प्रयास गरेका थिए ।  योगमाता कोईराला, जय पृथ्वी वहादुर सिह, भोजपुर दिङ्गलाका वाला गुरु षडानन्द, किरात धर्म गुरु फागुनन्द लिङ्गदेन, इलामका इमान सिंह चेम्जोङ्ग, पदम बहादुर देवान, भोजपुरका नारद मुनि थुलङ्ग, चैनपुरका भक्त बहादुर शाक्य, ताप्लेजुुङ्गका महेश्वर म्याङ्गवा, पाँचथरका डबल सुब्बा, त्यस्तै इलामकै नरहरि प्रसाई , इन्द्र प्रसाद प्रसाई, जनक लाल शर्मा, पूर्ण प्रकास नेपाल यात्री , त्यस्तै पण्डित छवि लाल पोखरेल , माहानन्द सापकोटा , माहाकबि लक्ष्मी प्रसाद देवकोटा, कवि शिरोमणी लेखनाथ पौडयाल, इतिहासकार बाबुराम आचार्य, पोखराका मुक्तिmनाथ शर्मा जस्ता धार्मिक नेता , पण्डित, कवि, लेखक , साहित्यकार , इतिहासकार, वौद्धिक तथा सामाजिक सुधारकहरु वाट जातीय छुवाछूत र भेदभावका विरुद्ध बिभिन्न समयमा आवाज उठाएको पाइन्छ ।

               नेपालमा दलित समस्याको दीर्घकालिन सामाधान खोजिरहदा यस समस्या संग सम्वन्धीत ईतिहास, यसका कारणहरु र यस समस्या संग सम्वन्धीत सबै पक्षहरुका बारेमा सुक्ष्म अध्यन गरी विश्लेशन गरिनु पर्ने हुन्छ । कुनै पनि सम्स्या समस्याको रुपमा रहन स्पस्ट रुपमा दुई विरोधीपक्षहरुको उपस्थीती हुन अनिवार्य हुन्छ । दलित समस्याका पनि प्रत्यक्ष रुपमा दुईवटा पक्षहरुको उपस्थीती देखिन्छ । एउटा पिडक्पक्ष र अर्को प्रताडितपक्ष । पिडक पक्ष भन्ने बितिकै स्वाभाविक रुपमा ति सबै समुदाय, जाति,व्यातिm,वर्गहरु पर्दछन जसले निकृष्ट जातीय उच्च निच्चतामा आधारित रुढिवादी सोच राख्दछ । अनि प्रताडितपक्षमा ति सबै जाति, वगर्् समुदाय पर्दछन जसलाई जातीयताकै कारण विभेदको शिकार बनाइएको हुुन्छ । जसरी समस्या उत्पन्न हुन दुइ पक्षहरुको उपस्थीती अनिवार्य हुन्छ त्यसरीनै समस्या सामाधानका लागि पनि दुवै पक्षहरुको सममmदारी र हातेमालोको त्यतीनै आवश्यक् हुन्छ । नेपाली दलित आन्दोलनको सबै भन्दा कमजोर पक्ष भनेकै यहि हो कि अहिले सम्म दलित समस्यालाई केवल दलितहरुको मात्र समस्या हो भनेर बुझिनु  हो । जबकी यो समस्या केबल दलितहरुको मात्र नभएर हाम्रो देशको अनि सम्रग समाजको समस्या हो । वास्तवमा देश बिकासका लागि आमजनताहरुमा एकताको खाँचो हुुन्छ । अनि एकताका लागि विश्वास अनि विश्वासका लागि एक अर्काको आत्म–सम्मान को जरुरी हुुन्छ ।
 हाम्रो समाज गरिब, अविकसित र पछौटे हुुनुुको पछाडी एउटा मुुख्य कारण हाम्रो समाजमा व्याप्त भेदभाव, छुुवाछुुत, र असमानताहरु नै हो । हेर्दा सामान्य लाग्ने यि विषयहरु नै वास्तवमा सम्रग समाज र देश विकासको वाधक तत्वहरु हुुन । जुुन समाज जातका आधारमा, धर्मका आधारमा, भुुगोलका आधारमा, वर्ण र भेष–भुुषाका आधारमा तह–तह ,तप्का–तप्कामा फुुटेको छ , घृणा र  भेदभावको जालोले जेलिएको छ स्वाभाविक रुपमा त्यस समाजमा न त कहिल्यै एक अर्का प्रति सम्मान हुन्छ , न त विश्वास न त एकता र विकास नै । आज बर्षेनी लाखौ युवाहरु अन्धकार भविष्यको पोको पन्तरा वोकेर भारत र खाडीका मरुभुुमिहरुमा रगत र पसिना बगाउन लामबद्ध हुुनुुपर्ने बाध्यताका पछाडि होस या मुुलुुकमा वढदो जातीय आन्दोलनको र त्यस बाट उत्पादन भएको अशान्ती, संकुुचन , घृणाका पछाडी कुुनै न कुुनै रुपमा हाम्रो समाजको जातीय विभाजनको महत्वपूूर्ण भुुमिका रहेको छ । तसर्थ यो समस्या लाई केवल दलितहरुको मात्र समस्याकोरुपमा नहेरी अव राष्टिय समस्याको रुपमा लिईन जरुरी छ । र त्यसका शमुुल अन्तका लागि के ब्राहम्ण, के क्षेत्री, के दलित, के जनजाती , पाहाडे ,मधिसे सबै एकजुुट भएर एकढिक्का भएर अगाडि आउन जरुरी छ । ईतिहास लाई हेर्ने हो भने जातीय छुुवाछुतको विरुद्ध दलितहरु भन्दा गैर दलितहरुबाट गरिएको पहलले गैरदलित समुदायहरुका बिचमा ज्यादा सकारात्मक प्रभाव पारेको देखिन्छ । त्यसो भन्दै गर्दा दलितहरुको अहिले सम्मको आन्दोलन निरर्थक भयो भन्न खोजेको चाहि होइन । यसको आफ्नै महत्व र उपल्वधीहरु छन । तर सामान्य रुपमा हेर्दा पनि दलितहरु माथि हुने विभेदमा गैरदलितहरुको उपस्थीति प्रस्ट रुपमा देखिन्छ । यिनिहरुको सम्वन्ध अचानो र खुकुरी जस्तो छ । जब सम्म खुकुरी लाई रोक्न सकिन्न अचानो ले जतिसुकै कराए पनि पिडा कम हुन सक्दैन । त्यसैले पनि यो उत्पीडनका विरुद्ध दलित र गैरदलित दुवैको समझदारी र हातेमालो आवश्यक छ ।

वास्तवमा छुवाछूतका कारण जसरी बयसले के दलित, के गैरदलित, सम्रग समाज, देशको भाईचारा, एकता र विकासमा वाधक बनेर तेर्सिएको छ । जातीय विभेद र छुवाछूत जस्ता कुरितीका विरुद्ध अब सम्रग मुलुक एक ढिक्का भएर अगाडी आउन अत्यावश्यक भैसकेको छ । लामो समयको विभेदका कारण नेपालका दलितहरुको सामाजिक, आर्थिक, र राजनैतिक उपस्थीतीको अवस्था एकदमै दयनिय वनेको छ । तिनलाई सम्वोधन गर्न राज्यले आरक्षण, समावेशीकरण र विशेष आर्थिक उन्नती र पहुचका कार्यक्रमहरु ल्याउन जरुरी छ । छुवाछूका विरुद्ध कडा कानुनी उपचार सहित राज्यले विषेश निगरानी राख्ने व्यस्था हुनु पर्दछ ।

 त्यस्तै समाजका विकृति र विसंगतीहरुका विरुद्ध राज्यको प्रत्यक्ष लगानी, निर्देशन र उपस्थीतीमा समाजका लब्ध प्रतिष्ठत व्यातिmहरु, धार्मिक व्यातिmत्वहरु , पण्डित, कवि, लेखक , साहित्यकार, नागरीक समाज, युवा , विधार्थीहरु , इतिहासकार, वौद्धिक व्यातित्वहरु, राजनितिज्ञ तथा सामाजिक सुधारकहरु लाई सास्कृतिक रुपान्तरणका लागि विषेश परिचालन गर्नै पर्छ ।  अब गैरदलितहरुले योसमस्यालाई  केवल दलितका समस्याका रुपमा मात्र नहेरी समस्याको एउटा पाटो आफु पनि भएको स्वीकार गरी यस समस्याको दिर्धकालिन सामाधानका लागि आफु आफ्नो परिवार र समाजलाई सुधार गर्न पहल गर्नै पर्छ । अनिमात्र हामिले सोचेको नयाँ शान्त समृद्ध अनि समतामुलक नेपाल निर्माण हुनेछ ।( comment:- yr_ganesh@yahoo.com)

No comments:

Post a Comment