Sunday, September 22, 2013

छुवाछूतलाई बढार्नसक्ने झाडु लगाउन आवश्यक छ


दिपकुमार तिमिल्सेना

अनेकौं रुढिवादी प्रथाहरु छन् । मानिसको चेतनालाई माथि उठ्न नदिने अनेकांै कुसंस्कृति छन् । त्यस्तै हाम्रो परिवेशमा सदियौं देखि कहरताको जरा गाडी कहिल्यै र कसैले न उकाल्न सक्ने गरी ठ्याम्मै ठूलो पहाड सरी अठल र अडिग भइ यत्रतत्र बसेको छ छुवाछूत । समाजमा घटिरहेका सम्पूर्ण सामाजिक समस्याहरु यस्तै हुन्छन् तर अति हुँदैनन् । हो † समाज अगाडि बढ्नका लागि समाजमा केही सामान्य समस्या देखिनुपर्छ अनि मानिसहरु काम र कर्तव्यप्रति सजग र क्रियाशील रहन्छन् भनेर समाजवादको सिद्धान्तले भनेको छ तर यसरी प्रत्यक्ष रुपमा मानीय स्वरुप र शैलीलाई नै धरापमा पार्ने समस्या हुनु हुँदैन भनि त्यही सिद्धान्तले स्पष्टोत्ति दर्शाएको छ । उत्त समस्यालाई आध्यात्मिक र भौतिक स्वरुपले यसरी मिलाएर राखेको छ कि जहाँ त्यही कसिंगर छरिए जसरी । नितान्त
अनपढ र समाजका बुझक्कीहरुले छुवाछूतको जग यसरी बसाले कि जो कसैले पनि जीर्ण पार्न सक्ने छैन । सामाजिक मूल्य मान्यताको पराकाष्टाभित्र निहीत रहेर अनायासै कामको आधारमा रुपरंगको आधारमा जसरी वर्णीकरण गरियो त्यो नै नहुनुपर्ने थियो । यति हुँदाहुँदै पनि आफूलाई सर्वश्रेष्ठ मान्न रुचाउने मानिसले त्यही कुरालाई निरन्तरता र स्वअस्तित्व दिंदै आए । कतिपय मानिसका सोचहरु यतिसम्म पनि गिरेका हुँदा रहेछन् कि आफूलाई के ले हानी गर्छ केले फाइदा गर्छ भेउ पाउन सक्दैनन् । यद्यपि, यस्तो प्रकृतिका मानिसले गर्दा त आज समाजमा नाना थरीका कलह मच्चिरहेका छन् । हामी मानिसहरुको भावनाले कहलकिने समावमा बस्ने ठूलो जातका मानिसले सोच्ने अनि त्यही समाजमा नै आफ्नो माथ झुकाएर बाचौं कि मेरो अवस्थालाई चिन्न नसक्ने त्यही पछौटेपन त्यही हेपाहा र त्यही छुवाछूतको लेप लगाइएको मानिसले पनि त केही सोचिरहेका हुन्छन् । तसर्थ, यसरी सबैले सोच्ने अनि त्यही इज्जत र सम्मानको पर्दा ओढ्न चाहने तर पनि एक आपसमा भेदभाव किन ? परिस्थिति र अवस्था अनि गरिबी र अपूर्णताले ठगी सधैं पछि रहेका व्यक्तिहरु समाजमा कसिंगर भन्दा पनि मर्दन गरिएका छन् । हाम्रो समाजमा रहेको विद्यमान छुवाछूतलाई कसरी ठूलो भन्न रुचाउनेहरुले अंगाल्न पुगे । यसै परिधिभित्र निहीत रहेको सानो घटना तल उद्धृत गरिएको छ । कुनै गाउँमा एकजना आशाराम नाम गरेका व्यक्ति बस्दथे । वर्षको एकपटक पर्ने उसका दिवंगत पिताको श्रद्धा गर्दा गाउँबाट बिरालो भ्याइ नभ्याइ खोजेर ल्याउँथ्यो । अनि श्रद्धा स्थल नजिकै बान्थ्यो । यो घटना उसको बुबाले पनि आफ्नो पिताको श्रद्धा गर्दा नियालेको थियो तर त्यो विरालो घरमै पालेको विरालो थियो । जब साम्रगीहरु यज्ञमा राखिन्थे अनि त्यो विरालोले छोएर विटुलो बनाउँथ्यो त्यसले उसले अलि पर लगेर बाँध्थ्यो अनि निश्चिन्त श्रद्धा गर्न थाल्दथ्यो । यद्यपि उसका पिताले त्यो विरालो के प्रयोजनका लागि त्यहाँ बाँधेर राखे उसले यो कुरा कहिल्यै पनि सोध्ने र खोज्ने प्रयत्न गरेन । हो ठिक यसरी नै हाम्रो परिवेशमा यही छुवाछूतलाई अन्धानुकरण र अन्धानुशरण गरियो । सूचना र प्रविधिमा धनी भएका हाम्रो सधैंजसो एउटा न एउटा छुवाछूतको समाचार सुनेकै हुन्छौं । यसरी सबै कुरा आइपर्नमा त्यही गरिएको अन्धानुशरण मुख्य पात्र हुन्छ । अतिवाद र घृणावादको भूमरिमा पिल्सिएका तिनै छुवाछूतको खेद खेपिरहेका व्यक्तिलाई कसैले सहयोगको शब्द समेत दिदैंनन बरु उल्टो वर्वरता र प्रताडित पो गर्न तम्सिन्छन् । यसरी एक्काइसौं शताव्दीमा आइपुग्दा पनि आकाश र क्षितिजको कालान्तरमा देखिएका मध्यमाधिन काला उष्तृष्ण जस्तै समाज र राष्ट्रको उत्थानको निमित्त, अग्रगामी र दिगो विकासका निमित्त समाजमा घटिरहेको उधोगतिको सबुत प्रमाण छुवाछूतको निर्मूल गर्न कोही तम्सिएको छैन । कानुन शब्दमा मात्र सीमित छ । यदि हामी मानिसलाई केही कीटाणुले आक्रमणको प्रयास थालनी गर्‍यो भने जसरी थला पर्छौं त्यसरी नै समाजलाई अविकासको दिशातिर आकर्षण गर्ने सामथ्र्य राख्ने छुवाछूत हो । सामाजिक उद्यमता र परिष्कृतका लागि पूर्ण विराम लगाउन त्यही छुवाछूत हो । जब कुनै मानिसले हामी बुझ्ने मानिसको पाउदेखि माथिसम्म आवश्यकता परिपूर्ति गर्छ भने त्यो त्यही छुवाछूतको पोखरीमा डुवेको मानिस हो । जुन व्यक्तिले हाम्रो सास जीवित तुल्याउन खेती किसानी गर्छ भने त्यो त्यही छुवाछूतको सिन्धुमा फालिएको मानिस हो । तथापि छुवाछूतको जड समातेर समाजलाई अगाडि बढाउने निहुँमा सिधैं ओारलो लागि रहेका छौं हामी । हुनत समाजको सार्वंगिता विकास का निमित्त सम्पूर्ण सामाजिक विषय वस्तुसंग मासिएका व्यक्तिले रचनात्मक सहभागिता हुनुपर्छ । मौसुफ र वक्सियोस्को इतिहासदेखि लिएर अहिलेसम्मको परिप्रेक्षलाई बुझ्ने होभने समाजमा अझसम्म पनि छुवाछूतले जरा गाडेको छ । छुवाछूत गरिएका व्यक्तिले समाजमा इज्जत र सम्मान बोक्ने शिर निहुँराएर हिंड्नुपर्ने अवस्था छ । समग्रमा नियाल्नेपर्दा, सर्वांगीण समाजको विकासका अवरोध सिर्जना गर्ने छुवाछूतको अवशेष समेत नराख्नेको लागि गाउँ घरदेखि नै चेतना जागृत गराइ मानवीय भावना अनुसार छुवाछूतको रुढीवादी परम्परा हटाउनु पर्नेमा सबैले यथास्थानबाट हात फैलाउनुपर्छ । छुवाछूत मुक्त राष्ट्रको घोषणा गरेपनि यसलाई ग्रामीण तहदेखि नै व्यवहारमा उतार्नका लागि चेतनाको अभिवृद्धि गर्नु आवश्यक छ । उद्देश्य र प्रेरणााको अभावमा बसिरहेका उत्पीडित वर्गहरुलाई राज्य पक्षले नै सहयोग गर्नु पर्छ । समाजमा कसिंगर झै अडिएर बसेका छुवाछूतलाई बढार्नसक्ने झाडु लगाउन आवश्यक छ । अविकासका अवाञ्छित घर्काहरुलाई निकट ल्याउन सक्ने समाजको कसिंगरको रुपमा रहेको छुवाछूतमा पूर्णविराम नलगाए के समग्र देशको भविष्य नविग्रिएला त ?
साभार : सुर्खेतपत्र

No comments:

Post a Comment