Sunday, September 22, 2013

जातीय प्रथाले दलित समुदायमाथि जातीय हिंसा भइरहेको छ


भक्तबहादुर सुनार
संसारमा मानव उत्पत्तिमा प्राकृति नियम विज्ञान र आध्यात्मिकहरुमा कुनैपनि इतिहासमा ठूलो जात र सानो जात, छूत र अछूत, धनी र गरीब भएर जन्मेको हुँदैन । संसारमा मानव एउटै जात हुन्छ । मावन नै जात हो । तर उपजात हुँदैन । मानव जात नै हो वस्तु । वस्तु नै जात हुन्छ । मानव जातमा प्राकृतिक नियमले छुट्याएका दुई (२) जात हुन् । जसले गर्भ बोकाउँछ, गर्भ बोक्न सक्दैन पुरुष, जसले गर्भ बोक्नसक्छ, गर्भ बोकाउन सक्दैन महिला हुन् । संसारमा दुई जात मात्र छन् । जसले संसारमा बालकहरुलाई स्तनपान गराएर मानव जगतलाई हुर्काएकी छिन् । संसारका महान् नारी हुन् । वीऊ छर्ने किसानले बीऊ छरिदिन्छ । बाली हुर्काउने काम पृथ्वीको हुन्छ । संसारका मुठीभर वर्गहरुले जो बैज्ञानिक हामी नै हुँ भन्नेहरुले फल लाग्ने बेलामा फूल फुलेको अवस्थामा र फल फलेको अवस्थामा नारीहरुलाई लंैगिक असमानता भनिन्छ । लैंगिक असमानताको अन्त्य हुनु पर्छ । संसारका श्रमजीवि वर्ग समुदायलाई कतै जातपातको आधारमा त कतै रंगका आधारमा विभाजन गरी मानवमा छुवाछूत गरी मानवको अपमान गरिएको छ ।
    २१ औं शताब्दीमा पनि जातपात राखेकोले छुवाछूतको अन्त्य हुन सकेको छैन । अब संसारमा दलित मुक्ति होइन जातीय मुक्ति हुनुपर्छ । जातीय मुक्ति नभएर दलित मुक्ति हुँदैन । वा छुवाछूतको अन्त्य हुँदैन संसारमा जातीय प्रथाको अन्त्य हुनुपर्छ । संसारमा केही मुठीभर वर्गहरु अरब खरबपति बन्दैछन् । श्रमजीवि वर्गहरु गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा नपाएर तड्पिएका छन् ।
    संसारमा जातीय अहंकार, लैंगिक असमानता गरिवी असुरक्षाको अन्त्य गर्नको लागि र समग्र मानव मुक्तिको लागि जातीय मुक्ति समाजवादी आन्दोलनको आवश्यकता छ । हाम्रो देश नेपालमा २४० वर्ष राणा नेपाली जनता माथि लाद्दै आएको जातीय प्रथा, धर्मकर्म, भाग्यवादको भ्रमको खेती, धनी गरीब नेपाली जनता माथि जात–पात छुवाछूत सामन्ती ब्राम्हणवाद, एकाधिकारको पूँजीवादी व्यवस्था आज पनि एथास्थितिमा छन् । निरंकुश राजतन्त्रले नेपाली जनतालाई धर्म–कर्म, धनी गरीब, भाग्य, जात–पात बनाएर जनतालाई फुटाएर राज्य गरेको स्थिति आज पनि कायमै छ ।
    सन् १९५० लगायतका असमान सन्धिको विरोध गर्नेहरु आज धमाधम असमान सन्धी गर्दै छन् । हिजोका क्रान्तिकारी देशभक्तहरु आज तस्कर र राष्ट्रघाती बन्दैछन् । हिजोका साम्मेवादी तथा समाजवादीका नारा लगाउनेहरु आज पुरानै एकाअधिकारको पूँजीवादी व्यवस्थामा र जातीयताको राजनीतिक गर्दैछन् । हिजो जनतालाई गास, वास, कपास, शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी दिन्छौं भन्नेहरु आज आफ्नै महल बनाउँनमा व्यवस्त छन् । सहिदहरुका बालबालिकाहरुलाई नि:शुल्क शिक्षा दिनेहरु आज आफ्नै बालबालिकाहरुलाई नि:शुल्क शिक्षा दिंदैनन् । सहिदहरुका बालबालिकाहरु अलपत्र छन् । हिजो भ्रष्टाचारको विरोध गर्नेहरु आज आफै भ्रष्टाचारमा लम्किदैछन् । वि.सं. २००७ सालदेखि वि.सं. २०५२ सालको जनयुद्ध वि.सं. २०६२ को संयुक्त जनआन्दोलन वि.सं. २०६३ को अन्तरिम संविधान पछि बन्ने संविधान नेपाली जनताको प्रतिकूलमा बन्नेछ । मुठीभर वर्गहरुको अनुकूलतामा बन्नेछ । २००७ सालदेखि २०६२ को जनआन्दोलनले सामन्तीवादीको अन्त्यपछि एकाधिकारको पूँजीवादीको जन्म भएको छ । झन् धनी बन्दैनछन् मुठीभर पूँजीवादीहरुको रजाइ भएकै छ ।
    जातीय प्रथाले दलित समुदायमाथि जातीय हिंसा भइरहेको छ । नेपालमा जात जातिका संगठन, संस्था, समूह छुट्टाछुट्टै छन् । यसले गर्दा मानवमानवमा फुट आएको छ । नेपालको राजनीतिक पराहिहरुको हातमा छ । नेपाल देश परजिवी बनेको छ । नेपाली जनता रोजगार नपाएर विदेश पलाएन भएका छन् । नेपाल पराहिको हस्तक्षेपले कतिबेला नेपाल भन्न पनि नपाइने हो कि भन्ने भयावह स्थितिमा छ । अर्कोतिर प्रतिगमनकारीहरु भन्छन् । राजतन्त्र गएको छैन गणतन्त्र आएको छैन राजतन्त्रलाई नेताहरुले पो फालेका हुन् । जनताले फालेका छैनन् । राजतन्त्र फाल्नको लागि जनतासंग जानुपर्छ । वा जनमत संग्रहबाट राजतन्त्र फालिनुपर्छ भनेका
छन् । नेपालमा कम्युनिष्ट आन्दोलन पतन भएको इतिहासले र व्यवहारले पुष्टी गरेको छ । कम्युनिष्ट शासन व्यवस्थामा धर्मकर्म, भाग्य, जातपात, छुवाछूत, धनी गरीबको विभेद हुँदैन तर भाषणमा वर्गीय मुक्ति जातिय छुवाछूत मुक्ति र साम्मेवादका नारा लगाउनेहरु आज शासन व्यवस्था एकाधिकारको पूँजीवाद र जातीयवादको शासन चलाइरहेका छन् । यथास्थितिवादीहरु कदापी कम्युनिष्ट हुन सक्दैनन् । २१ औं शताब्दीमा पनि जातीय मुक्ति र समाजवादको प्रस्ताप ल्याउन नचाहानेहरुलाई नेपाली जनताले कसरी कम्युनिष्ट भनेर चिनेको छ । कम्युनिष्टको नामले नेपाली जनतालाई भ्रममा पारेर एउटा शासनको ठाउँमा अर्को शासक बन्न पुगेको इतिहासले पुष्टि गर्दछ । एकाअधिकार पूँजीवाद तथा ब्राम्हणवादी जातीय अहंकारवादका विरुद्धमा गणतान्त्रिक जातीय मुक्ति समाजवादी आन्दोलन बोहक अरु कसैले जनताको मुक्ति गर्न सक्दैन । यो आन्दोलन ब्राम्हणसंग होइन ब्रामहणवादीसंग हो । यो आन्दोलन हतियारको नभइ विचारसंगको लडाईं हो ।
    दक्षिण एसियाको भारतमा डा. अम्वेडकरले गरेको दलित छुवाछूत मुक्ति आन्दोलनले महात्मगान्धी र डा. अम्बेडकर दुवै वीचको सम्झौताले आर्थिकमा सुधार मात्र आउको देखिन्छ । जातपात छुवाछूतको अन्त्य हुन सकेन । आरक्षण दिएर दलित नामाकरण गरेर डा. अम्वेडकरले गल्ती गरेका थिए । धनी दलितले आरक्षण पाएर धनमाथि धनको राश लागेपनि पानी
नचल्ने । गरीब बाहुन गास, बास, कपास नभएता पनि पानी चल्ने यो कस्तो कानुन, गरीब आरक्षण नपाएर जातीय आधारमा झन् गरीब हुँदै जाने र दलित धनी भएर पनि पानी नचल्ने ? किनकि डा. अम्वेडरको राजनीतिक बैचारिक संगठन थिएन ।
    राजनैतिक उच्चता विना मुक्ति असम्भव हुन्छ । दक्षिण एसिया भारत र नेपालका दलित मुक्ति आन्दोलन राजनैतिक उच्चता विना अलपत्र पारेका छन् । जातीय मुक्ति विना दलित मुक्ति असम्भव छ । अब जातीय मुक्ति समाजवादी आन्दोलन नभएर वर्गीय  मुक्ति तथा छुवाछूत मुक्ति असम्भव छ । संसारमा सामन्तवाद र साम्मेवाद भन्दा पनि एकाधिकार पूँजीवाद तथा जातीय अहंकारवाद हावी भएकोले जातीय मुक्ति समाजवादी गणतान्त्रिक आन्दोलन अति आवश्यक छ । आज संसारमा मानव स्वतन्त्र रहन धर्म निरपेक्ष र जातीय मुक्त समाजवादको आवश्यक छ ।
        उत्तरगंगा–२, कोलडाँडा
साभार : सुर्खेतपत्र

No comments:

Post a Comment