शान्ति छन्त्याल, बागलुङ भदौ ३१ । भिङगिठे ८ ढाँडखर्कको सुनारटोलमा
एकीकृत नेकपा माओबादी निकट दलितहरुको संगठन दलित मुक्ति मोर्चाको वडा भेला
सम्पन्न भएको छ । दिले दमाईको अध्यक्षतामा भएको भेलामा दलित मुक्ति मोर्चा
जिल्ला सदस्य तथा भिमगिठे दलित समन्वय समितिका संयोजक जितबहादुर सुनारको
प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा एकीकृत नेकपा माओबादी जिल्ला समिति सदस्य कृष्ण भट्टराईको
विशेष उपस्थिति रहेको थियो । भेलाले छविलाल दमाईको अध्यक्षतामा ७५ सदस्यीय
दलित मुक्ति मोर्चाको समिति गठन गरेको छ ।
उपाध्यक्षमा रुन्नता विक सचिवमा देवीसरा दमाई सहसचिवमा भट्टबहादुर दमाई
मनरुपा रसाईली, सहकोषाध्यक्षमा ज्ञानबहादुर दमाईलगायत अन्य सदस्यहरु रहेका
छन् । कार्यक्रमको सञ्चालन एमाओबादी भिमगिठेका सचिव रेशम थापाले गर्नुभएको
थियो ।
यसैवीच भिङगिठेको वडा नं ३ तुनिबोटमा रहेको जनक निमाविमा आज एक
कार्यक्रमका बिच छात्राबृत्ति वितरण गरिएको छ । जसमा आधारभुत दलिततर्फ २६
जनालाई ४ सयका दरले १० हजार ४ सय, आधारभुत महिलातर्फ ८५ जनालाई ४ सयका दरले
३४ हजार वितरण गरिएको विद्यालयले जनाएको छ ।
साथै सोही अबसरमा शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गाराज पाईजाको अध्यक्षतामा ८ सदस्यीय लेखापरीक्षण समिति पनि गठन गरिएको छ ।कार्यक्रम विव्यस अध्यक्ष पन्चविर पाईजाको अध्यक्षता र प्रअ डिल्लीराज अर्यालको सहजिकरणमा सम्पन्न भएको थियो ।source: ebaglung
No comments:
Post a Comment