Thursday, September 19, 2013

समाजमा शिक्षित भनिएकै मानिसहरु पुरातन सोँचका छन्

‘म सानै छदाँ कहिल्यै म माथि भेदभाव भएको महसुश गरिन । तर आफैलाई परेपछि थाहा भयो समाज जहाँको त्यहिँ रहेछ’–अन्तरजातीय विवाह गरेका मित्र रवि विकको अनुभव हो यो । सराङ्कोटकी ज्योति अधिकारीसँग प्रेम विवाह गर्ने क्रममा उनले धेरै कुरा भोगे । उनलाई ज्यान मार्ने धम्की आयो । ज्योतिका आफन्तले रविको परिवारलाई दिने मनोवैज्ञानिक त्रासको सामना पनि उनले गरे । दुईको प्रेम सम्बन्ध थाहा पाएपछि ज्योतिलाई पनि उनको परिवारले तीन दिनसम्म घरमै बन्धक बनाएर शारिरिक र मानसिक यातना दियो । तर उनी अनेक जुक्ति लगाएर बन्धकबाट मुक्त भइन् । अन्ततः रवि र ज्योतिको असोज २ गते बुधबार विवाह भएरै छोड्यो ।
ज्योतिका बुबा स्वयं वकिल हुन् । उनी अन्यायमा परेकालाई न्याय दिलाउन वहस गर्छन् । तर आफ्नै छोरीको प्रेम सम्बन्धलाई भने स्वीकार्न तयार भएनन् । समाजमा शिक्षित भनिएकै मानिसहरु कति पुरातन सोँचका छन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।
तडकभडक विनै प्रगतिशिल तरिकाले भएको विवाह समारोहमा ज्योतिले ढुक्कसंग भनिन्–‘जस्तोसुकै चुनौतीहरु आएपनि सामना गर्न तयार छु ।’ सलाम छ यो जोडीको साहसलाई र सुखद् दाम्पत्य जीवनको शुभकामना पनि ।
साभार :- DPak Pariyar (Deepak Bardewa)को फेसबुक बाट

No comments:

Post a Comment