रुपन्देही,3 असार
। पछिल्लो समयमा दलितलाई मन्दिर पस्नै दिनहुन्न भन्ने पुजारीहरुको सोचाईमा
परिर्वतन आएको दाबी गरिन्छ । कतिपय ठाउहरुमा दलित र गैरदलितहरुले एकै
ठाउमादसैका जमरा राख्ने परम्पराको समेत शुरुवात गरिसकेका उदाहरणहरु
भेटिन्छन् । । तर बुटवल शहरसंगै जोडिएको शंकरनगर गाविसमा भने एक दलित
महिलाले मन्दिरभित्र नराम्रो ब्यबहार सहनुप¥यो ।
पुजारी र गाउका केहि महिलाहरुले भगवान रिसाउने,अनिष्ट हुने भन्दै सोही ठाउ बस्ने पुनम विकलाई पुजामा रोक लगाएका हुन् । मंगल चौथीको पुजाका लागि सिद्धार्थराजमार्गसंग सटेर रहेको दुर्गामन्दिरमा विहानै पुजाको तरखर हुदै थियो ।‘जब म मन्दिरमा पुगे पुजाको तयारी हुदै थियो’ पुनम विकले भनिन ‘पुजा गर्न बसेका महिलाहरु उठेर मसंग बसेर पुजा गर्न हुदैन भनेर उठे ।’
पुजारी र गाउका केहि महिलाहरुले भगवान रिसाउने,अनिष्ट हुने भन्दै सोही ठाउ बस्ने पुनम विकलाई पुजामा रोक लगाएका हुन् । मंगल चौथीको पुजाका लागि सिद्धार्थराजमार्गसंग सटेर रहेको दुर्गामन्दिरमा विहानै पुजाको तरखर हुदै थियो ।‘जब म मन्दिरमा पुगे पुजाको तयारी हुदै थियो’ पुनम विकले भनिन ‘पुजा गर्न बसेका महिलाहरु उठेर मसंग बसेर पुजा गर्न हुदैन भनेर उठे ।’
गैरदलित महिलाहरुले पुनमसंग पुजा नगर्ने बताउदै अगाडि या पछाडि एक्लै
पुजा गर्न आग्रह गरेपछि केहिबेर विवाद समेत भएको पण्डित जनार्दन ज्ञवालीले
बताए । उनका अनुसार स्थानिय केहि महिलाहरुले पुनम विश्वकर्मा भएकाले उनीसंग
पुजा गर्न नमानेका हुन् । ‘धर्ममा जातभात त हुदैन तर पहिल्यैदेखि चल्दै
आएको परम्परालाई सजिलै छाड्न पनि सकिदैन’ उनले भने ‘तर मैले दलित भनेर
पुजापाठमा रोक चाहि लगाएको छैन ।’
यसअघि गत असार २१ गते पुनम सहितका त्यहाका केहि स्थानिय महिलाहरुले संगै
पुजा गरेका थिए । तर पछि पुनम दलित भन्ने थाहा पाएपछि उनीसंग पुजा गर्न
आफुहरुलाई नै अप्ठ्यारो लागेको घटनामा संलग्न महिलाहरुनै बताउछन् ।
दलितसंग बसेर पुजा गर्दा अनिष्ट हुने भएकाले पुजामा संगै नबसेको
उनीहरुको तर्क छ । ‘पुजा गरिसकेपछि जल घर चढाउनुपर्छ,कुललाई दिनुपर्छ’ सोही
ठाउ निवासि शिवा क्ष्ँेत्रीले भनिन ‘हामीलाई अनिष्ट भयो भने कस्ले
जिम्मेवारी लिन्छ ।’ रुढिवादी परम्परा र विचारका कारण समाजमा अझै पनि यस्ता
घटनाले प्रसय पाएको उनको भनाईले पुष्टि गरेको छ ।
यहाका शिक्षित र सचेत देखिने महिलाहरुबाटै यस्तो घटना हुन लजास्पद भएको
दलित अधिकारकर्मिहरुले टिप्पणी गरेका छन् । शिक्षित भएका महिलाहरुले जातकै
आधारमा संगै पुजापाठ नगरेकोमा पुनमले दुखेसो पोखिन । ‘जात थाहा नहुदासम्म
संगै पुजा गर्न हुने दलित भन्ने थाहा पाएपछि नहुने ? ’विकले भनिन ‘यस्तो
गर्दा कसको मन दुख्दैन ।’
कथित गैरदलित केहि महिलाहरुले दलित भन्ने थाहा पाएपछि पुनमलाई छुट्टयाएर
पुजा गर्ने योजना बनाएको र त्यसमा पण्डितले समर्थन गर्दा समस्या देखिएको
पुनमका श्रीमान एक नारायण विश्वकर्माको भनाई छ । पुजाकै बिषयमा सो मन्दिरमा
केहिबेर झगडा समेत भएको थियो । गाउका केहि महिलाहरुले सामाजिक मान्यताका
आधारमा त्यस्तो ब्यबहार गरेपनि अधिकांश महिलाहरु भने संगै पुजा गर्न सहमत
छन् ।
सार्वजनिक मन्दिरमा यस्ता खालका ब्यबहार हुन लाजमर्दो भएको स्थानिय
बुद्धिजिविहरुको भनाई छ । ‘सार्वजनिक मन्दिरमा जातकै आधारमा विभेद गर्न
हुन्न सबैले समानरुपमा पुजा गर्न पाउनुपर्छ’ स्थानिय हर्ष बहादुर
क्ष्ँेत्रीले भने ।
नेपालको कानुनले सार्वजनिक मन्दिरमा प्रवेश तथा पुजापाठमा जातको आधारमा
विभेद गरे कारवाहि हुने उल्लेख गरेको छ । शंकरनगर रुपन्देही जिल्लामै नमुना
गाविसको रुपमा परिचित छ ।
साभार:- dalitnewshome
No comments:
Post a Comment