Saturday, October 12, 2013

दलितका पुख्यौली पेसा र ब्यबसायीकरणको चुनौती

लेखक :- नवीन अभिलाषी
विज्ञानको बृहत्तर विकास र विस्तारको होड चल्दै गरेको बर्तमान समय परिबेशमा नेपालीहरु त्यसबाट टाढा रहन सकेका छैनन र सक्दैनन् । विद्युत, बाटोघाटो, विद्यालय, यातायात, सुचना तथा सञ्चार, न्यायीक प्रक्रिया, सशक्तिकरण लगाएतका विबिध विषयमा एक पछि अर्को गर्दै हुदै आएको विकास र विस्तार नेपालमा पनि सक्दो रुपमा भैरहेको छ । यसलाई सकारात्मक रुपमा लिदै आगामी दिनमा सरकारी तथा गैरसरकारी निकायको क्षेत्रबाट यस्ता विषयहरुमा सशक्त रुपमा लाग्छ आबस्यक देखिन्छ भने विषेश गरी सरकारीले पनि विश्व भुमण्डलीकारणलाई स्वीकार गर्दै नितिनिर्माणको पक्षलाई बलियो बनाउनु छ ।
नेपालको प्राय जसो देशमा बसोबास गर्दै आएका कथित दलित समुदायका ब्यक्तीहरु विज्ञानको विकास र विस्तारका कारण आफ्नो पुख्यौली पेसालाई निल्नु न ओकल्नु
भएको छ । प्राचिन समयमा आफ्नो गरीखाने बाटोको रुपमा राजामहाराजाले निर्धारण गरेको जातिय विशेषको पेसा बर्तमान समयसम्म आईपुग्दा उनिहरुलाई झन पछाडी धकेल्ने प्रयास भएको बोध हुन्छ । यसका विबिध कारणहरु रहेका छन । सामाजिक विकाशलाई आत्मसाथ गर्दै आएको नेपाली परम्परालाई जगेर्ना गर्न सरकारले सिन्को बाच्न चाहेको छैन भने स्वयम दलितहरु नै यस तर्फ चसेत भएर पनि उनिहरु त्यस तर्फ लाग्न सकेका छैनन् । नेपालका दलितहरुलाई विशेष गरी पहाडी, मधेसी र नेवारी गरी तिन वर्गमा विभाजन गरेको छ । हिमाल, पहाड र भित्री मधेशका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलितहरुलाई पहाडी दलितहरु भनेर चिनिएको छ भने भारतीय मुलबाट नेपालको तराई क्षेत्रमा प्रबेश गरी बसोबास गर्दै आएका दलितहरु मधेशी दलितहरु भनेर चिनिएका छन । त्यस्तै काठमाण्डौ उपत्यकाको तिन जिल्लाका बसोबास गर्दै आएका नेपाली भाषा, रहनसहन, भेषभुषा र सस्कृतिको अबलम्बन गर्दै आएको दलितहरुलाई नेवारी दलितको नामले चिनिएको छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने मधेशी र नेवारी दलितहरुले अबलम्बन गर्दै आएको पेसालाई निक्र्यौल गर्न सकिएपनि उक्त पेसा अन्य जाती र समुदायका ब्यक्तीहरुले पनि गर्दै आएका छन । जस्तो नेवारी दलितहरुले माटोको भाडा बनाउने र बाँसको चोयाबाट डोको नाम्लो आदि ईत्यादी बनाउने पेसा अन्य जातीले पनि गर्दै आएका छन । तर पहाडी दलितहरुले अबलम्बन गर्दै आएको पेसा अन्य जातीयले अहिले अंगाले पनि पहिले त्यो अबस्था थिएन । यहा पहाडी दलितहरुको पेसाको बारेमा मुख्य तथा चर्चा गरएिको छ ।
सार्की ः नेपालको पहाडी तथा तराईका विभिन्न भागमा पनि बस्दै आएका विभिन्न थरले चिनिने यो जातीले प्राय जुत्ता निर्माण गर्न कार्य पुर्खा देखि नै गर्दै आएको छ । प्राचिन समयमा कथित उपल्लो जातको घरमा चौपाया म¥यो भने त्यो सार्किले नै फाल्नु पर्ने हुकुम थियो । त्यसरी फाल्दा मात्रै गाउमा दुर्गन्ध फैलने भएका कारण त्यसलाई काटेर मासु भोजनको रुपमा छाक टार्ने गरीदै आईएको छ भने छाला काटेर जुत्ता निर्माण गरीदिने र त्यसको ब्यापार गर्दै आएको आम्दानीले जिवन निर्बाह गर्दै आएको पाईन्छ ।
कामी ः विशेष गरी विश्वकर्मा, लोहार, सुनार लगाएतका विभिन्न थरले परिचित कामी जातीले फलामबाट विभिन्न भाडा निर्माण गरी आएको आम्दानीले जिवनयापन गरेको ईतिहास छ भने बर्तमानमा समेत यो कायमै रहेको छ । सुनारलाई बर्तमानमा फरक जातीको रुपमा स्थापित हुदै आएको भनिएपछि त्यो कामी समुदायमै भएका हुनेखानेहरु सुनचादीको काम गर्दा गर्दैै छुट्टीएको फरक धारले चलेको पाईएको छ । करिब १० वर्ष पहिले सम्म यो पेसा बालीदारी रुपमा गरीदै आईएको छ ।
दमाई ः साहु महाजनको कपडा सिलाउन खटिएको यो जाती पनि नेपालको सम्पुर्ण भागमा पाईन्छ । केही वर्ष पहिले सम्म यो पेसा पनि बालीदारी रुपमा हुदै आएको थियो तर पछिल्लो समयमा ब्यापारीकरण संगै दलितहरु तथा गैरदलितहरु पनि टेलरर्सको रुपमा काम गर्दै आएका छन ।
गन्धर्ब ः केही दशक पहिले सम्म सुचना र सञ्चारको भुमिका वा पत्रकारको भुमिका निर्बाह गर्दै आएको यो जातीलाई तत्कालिन शासकहरुले मनोरञ्जनको रुपमा लिदै आएका थिए । सुचना तथा सञ्चारका माध्यम र साधनहरु नभएको अबस्थामा विभिन्न घटनाहरु तथा कार्यक्रमहरुको बारेमा गित मार्फत प्रत्येक घरघरमा गाउदै हिड्ने जाती गन्र्धब जाती हो । गन्धर्ब जातीलाई साहुमहाजनले सौक र रमाईलोको लागि गितसगित गाउन उत्प्रेरित गरीएको जाती जस्ले गित गाए बाफत सुन्नेहरु सन्तुष्ट भएर स्वच्छाले दिएको खाएर जिवन निर्बाह गर्दै आएको जातीको रुपमा हामीले चिन्दै आएका छौ भने केही मात्रमा अझै पनि यो पेसा रहेको छ ।
बादी ः दलितका विभिन्न समुदायहरु मध्य सबै भन्दा पिडित र शोषीतको रुपमा यो जातीलाई लिईएको छ । नैतिक रुपमा नै यो जातीलाई शोषण गरीएसंगै उनिहरुको सम्मानजनक पुर्नस्थापना हुन नसककोे अबस्था छ । यो जाती विशेष गरी नेपालको मध्य तथा सुदुरपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुमा बस्दै आएको पाईन्छ र पश्चिमाञ्चलका केही जिल्लामा पनि पछिल्लो समयमा बसेको तथ्याङकले देखाएको छ । यो जाती करिब करिब १८ औ शताब्दीमा भारतबाट नेपाल प्रबेश गरेको ईतिहासले देखाएको छ । त्यो जाती प्राचिन समयमा राजा रजौटाहरुको दरबारमा नाच्नको लागि राखिए पनि पछि उनिहरु राजाहरुबाटै यौन दुब्र्यबहारमा पर्दै आएको र केही दशक पहिले सम्म उनिहरु देहब्यापारमा संलग्न हुदै आएको पाईन्छ । तर सरकारले २०६० सालमा उनिहरुलाई पुर्नस्थापनाको लागि पहल गर्ने सहमतीसंगै उनिहरुले देहब्यापार छोडेको स्थिती छ ।
मुख्य तथा कामको आधारमा नेपालको पहाडी दलितको रुपमा चिनिदै आएको ५ जातीहरु सामाजिक विकासको आधार हुदा हुदै पनि उनिहरुको आयआर्जनको राम्रो स्रोत कुनै पनि क्षेत्र बनेको छैन । जस्ले गर्दा उनिहरु झनपछिझन पछाडी पर्दै गएको अबस्था छ । सिलाईकटाई, भाडाबर्तन, गरगहना निर्माण, जुत्ता निर्माण जस्ता कामहरु पछिल्लो समयमा अन्य समुदायका ब्यक्तीहरुले ठुलो लगानी गरेर ब्यबसायीक रुपमा काम गर्दै आएका छन । त्यती मात्र हैन तिनै दलितहरुलाई कामदारको रुपमा प्रयोग गरी ब्यबसाय गर्दै आएका छन । दलितहरु आफ्नै पेसालाई ब्यबसायीक रुपमा लैजान आबस्यक त छ तर उनिहरुले विबिध कारणले गर्दा त्यसो गर्न सकिरहेका छैनन ।
दलितहरुले आफ्नो पेसालाई ब्यबसायीक बनाउन नसक्नुका कारणहरु ः
  •  लगानीको कमी ।
  •  ब्यबसायीक शिक्षाबाट बन्चित हुनु ।
  •  आफ्नो पेसालाई बयबसायीक बनाउने शैली निर्माण गर्न सक्नु ।
  •  छुवाछुत गरेर दलितमा हिनताबोध गराउनु ।
  •  राज्यको निति निर्माणमा दलितहरुको सहभागिता नहुनु ।
  •  राजयले दलितका पेसा ब्यबसायीक बनाउन सहयोग नगर्नु ।
  •  दलितहरुले अग्राधिकार लिन नसक्नु ।
  •  दलितहरु आफैमा शसक्त नहुनु र एक जुट हुन नसक्नु ।
यसअर्थ विबिध कारणले नेपालका दलितहरुको पेसा गैरदलितबाटै उटिदैछ भन्दा फरक पर्दैन । हिजो सम्म दलितहरु जुन पेसा गरेकै कारण उनिहरु दलित भएर राज्यको मुलधारमा आउन सकेनन् । आज त्यही काम सम्मानित त भएको छ तर ब्यक्तिहरु भने अझै अपमानजन्य ब्यबहार पाउदै आएका छन । भने सामाजिक अपराध जस्तो विषयको भागिदार भएर आफ्नो भाग्यलाई धिर्कार्दै बस्दै छन । दलितका पेसा अन्य समुदायले अंगाल्नु दलित आन्दोलनको मुख्य उपलब्धी पनि हो तर दलितहरु नै बञ्चिन हुने गरी भने होईन । दलितहरुलाई आफ्नै पेसालाई ब्यबसायीक रुपमा काम गर्नको लागि राजयले जुन प्रकारले सहयोगको भावना राख्नु पर्ने थियो त्यो हुन सकेको छैन । त्यसकारण उनिहरु आफ्नो पेसालाई निरन्तरता दिने या दिने भन्ने बारेमा अन्यौलमा पर्दै आएका छन । ब्यबसायीक रुपमा विकास हुदै गएका त्यस्ता पेसाहरु अहिले पनि दलितहरुले परम्परागत रुपले काम गर्दै आएका कारण उनिहरु अगाडी बढ्न सकेका छैन । दलितहरुलाई बलियो बनाउन र राज्यको मुलधारमा ल्याउनको लागि दलितहरुलाई ब्यबयासीक बनाउन सरकारले महत्वपुर्ण कदम चाल्नु पर्ने देखिएको छ ।
साभार:-जागरण मिडिया

 

No comments:

Post a Comment